Monday, October 31, 2011

Happy Halloween 2011


Happy Halloween 2011

To all

Monday, October 31, 2011

Ujari - Story - 7 Bahaliya


उजरी


नरोकिएर जतिखेर पनि पिसाब बगिरहने रोग लागेको हुनाले सुखलीलाई उसैकै घरका व्यक्तिहरुले गाउँबाट निष्कासन गरे अनि ओलारको छेउमा एउटा झुपडी बनाई दिए। जिउबाट पिसाबको दुर्गन्ध आउने हुनाले गाउँमा पस्न सुखलीलाई पूर्ण रुपमा प्रतिबन्ध थियो। पहिलो सन्तानलाई जन्म दिँदा नै त्यस्तो भएको हुनाले परिवार मात्र होइन लोग्ने समेतको पनि रिस पोखिएको थियो सुखली माथि। सुत्केरी बेला एक पटक लोग्नेले भेट्न आएकोसम्म याद छ त्यसपछि आफू छेउ त के टाढाबाट मात्र पनि हेरेको थाहा छैन सुखलीलाई । केही वर्ष पछि सुखलीको लोग्नेको सर्पले टोकेर मृत्यु भएपछि गाउँभरिकै घृणा र क्रोध पोखिएको थियो उमाथि।
गाउँले हरुले यी सबै दुर्घटनाहरुका लागि सुखलीलाई दोषी बनाएर उसको नाम नै परिवर्तन गरिदिएका थिए। उसको नयाँ नामाकारण भएको थियो – उजरी। अर्थात सबै थोक उजाड भएको। यो हो उजरीको संक्षिप्त इतिहास।
आमाले उजरी भएको ठाउँमा आएर भेट्ने गरेता पनि उजरीले भने आमाको घरमा जानु पर्दा राती लुकी छिपी जानु पर्दथ्यो। राती रक्सीले मात्तिएका एक दुई जना अधबैंसे लाग्ने मान्छेहरु उजरीको झुपडीमा प्रवेश गर्दा वाध्यता वा स्वेच्छामा उसले तिनीहरुसँग कहिले कांही रात बिताउनु पर्ने वाहेक अन्य कुनै पुरुष वा स्त्री उजरीको झोपडीमा प्रवेश गरेको कहिले देखिएन। उजरीको जन सम्पर्कको विवरण पनि यत्ति नै हो।
उजरीलाई आज किन हो एकदमै छटपटी भइरहेको छ। छाति पोलेको छ। टाउको भारी छ। केही गर्न पटक्कै मन लागेको छैन। जिलेविया, सिलेविया, सुनरी र अरु थुप्रै उसका साथीहरु लोग्नेको घरमा मज्जासँग बसेको देख्दा उसको छाती पोल्छ। भिजेको तिघ्रा पुछी। केही बेर आमालाई पनि गाली गरी – निर्दयीको घरमा बिहे गरेर पठाई दिएको भनेर। ‘घरका मानिस त निर्दयी छन् नै गाउँलेहरु पनि उस्तै’ फेरि फतफताई। गाउँमा लागेको एक दिने मेलामा जान नपाएर छटपटी भएको थियो।
झुपडी देखि केही पर ओलारको दक्षिण पट्टिको छेउमा बडो धुमधामको मेला लागेको थियो। केही महिना पहिलेदेखि नै त्यो गाउँमा मेला लाग्दैछ भनी मुखिया साहेबले गाउँ गाउँमा डंका पिटाएका थिए। उजरी त्यो मेला हेर्न जाने पनि कसरी? कतै गयो कि नाक थुनेर लखेट्न थाल्छन्। टाढैबाट मेलाको दृश्य अबलोकन गरिरहेकोमा उसको ध्यान एक्कासी गाउँबाट मरेको बैल ल्याउँदै गरेको दृश्यतिर केन्द्रित भयो।
मरेको एउटा बुढो बैलालाई ठूलो बाँसमा तीन जनाले एकतिर तथा बाँकी तीन जनाले अर्कोतिरबाट काँधमा झुन्ड्याएका थिए र स्याँ स्याँ गर्दै लम्कदै थिए ओलारको उत्तरपट्टिको छेउतिर, सिमलको रुख नजिक।
बैल बोक्ने मध्येको एक युवकले मुखको पसिना गम्छाले पुछ्दै क्रोधित मुद्रामा बोल्यो ‘साले मुखिया, जवान हुनञ्जेलसम्म जोत्नु जोत्यो यो बैललाई, बूढो भएर थला परे पछि घाँस पानी दिन छाड्यो। खान नपाए पछि बुढो बैल मर्दैन’।
प्रस्तुत मन्तव्य प्रति सबै सहमत भए।
एउटाले थप्यो पनि ‘जवान बैललाई सबैले पाल्छन बूढो भएपछि भगवान भरोसे! जवानीमा यो बैल कम बलियो थियो? जङ्गलबाट कति मोटा मोटा काठ ओसारेको छ यसले बैलगडीमा’। यो सम्बाद पछि मरेको बैल भूइँमा राख्ने कार्य सम्पन्न भयो। उजरीले त्यो दृश्य सुरुदेखि समाप्तिसम्म हेरि रही।
त्यो मरेको बैल नजीक केही पुरुष तथा केही महिलाहरु आए। दुई पुरुषहरुले बडो कुशलतापूर्वक त्यो बैलको छाला झिके। दुबैको बीचमा सम्बाद भएको सुनियो। ‘यो छालाको खुब बलियो नारन होला जस्तो छ, है? पहिलो व्यक्तिले बोल्यो । ‘हो’ दोस्रो व्यक्तिले बोल्यो। पहिलो व्यक्तिले पुन बोल्यो ‘चारबटा नारन बनाएर समनपुर बजारमा लगी बेच्नु पर्छ। फगुआको खर्च पनि त झिक्नु पर्यो नि?’
केही बेर पछि आएका दुई महिलाहरुले त्यो बैलको शरीरबाट केही मासु झिके। त्यो दृश्यले गर्दा बैलको अन्तेष्टि हेर्ने उजरीको इच्छा पहिले भन्दा झनै तिब्र भयो। त्यो बैलको आँखा फोड्ने कार्यमा केही कागहरु ब्यस्त देखिए। गाउँका कुकुरहरुले मासुको गन्ध पाएता पनि कुन दिशाबाट त्यो गन्ध आएको हो पत्ता लगाउन नसकेको हुनाले गन्ध कताबाट आएको हो भनी थाहा पाउन ती कुकुरहरु कहिले यो कहिले त्यो दिशामा कुद्न थाले। कुकुरहरुको आगमन नभएकोले कागहरुले निर्धकतापूर्वका बैलको जीउबाट आफूलाई मन पर्ने मासु झिक्दै थिए तर शान्तिपूर्वक भने होइन। युद्ध उनीहरुको बीचमा पनि चल्दै थियो, बढी भन्दा बढी मन परेको ठाउँको मासु झिक्न। युद्ध गर्न सक्ने क्षमता अनुसार नै मासु हात पार्दै थिए, कागहरुले।
कुकुरहरुले एकै साथ धावा बोले, बैलको मासु माथि। अघिदेखि आकाशमाथि भौतारीरहेका गिद्धहरु पनि तल झरे। मासु तान्न कुकुर र गिद्धहरुको बीचमा द्वन्द चल्न थाल्यो, भयानकसँग। पूर्वतिरबाट कुकुरहरुले र पश्मिततिरबाट गिद्धहरुले मोर्चाबन्दी गरेका थिए। मासु तान्न गरिएको खिचातानीको क्रममा बैलको शरीर कहिले कुकुरहरुको कहिले गिद्धहरुको शिविरमा जाने दृश्य घृणा र मनोरञ्जन मिश्रित थियो। कुनै बेला गिद्धहरुले  कुकुरहरुलाई भने कुनै बेला कुकुरहरुले गिद्धहरुलाई लखेटेर धेरै टाढासम्म पुर्याउँदथे। केही गिद्धहरु रुखमाथि बसेका थिए। उजरी त्यो दृश्य कौतुहलतापूर्वक हेर्दै थिई। कुकुर वा गिद्धले जित्ने हो भन्नेमा उसको उत्सुकता केन्द्रित भयो। लामो समयसम्म दुबै पक्षहरु बीच भएको युद्ध पछि बैलको शरीरबाट मासु नै रित्तियो। बाँकी थियो भने केवल हाड र सिङ्ग। कुकुरहरु भुक्दै गाउँतिर कुदे अनि गिद्धहरु आकाशतिर उडे। उजरीको दृष्टि कहिले कुकुर कहिले गिद्धतिर केन्द्रित भएको देखियो।
गाउँमा लागेको एक दिने मेला समाप्त भइसकेको थियो। सूर्य उदाउनु भन्दा पहिले नै पसलेहरु अर्को मेलामा जाने यात्र आरम्भको तयारीमा जुटे। मेलाको अवशेष अवलोकन भन्दा किन हो त्यो बैलको अन्तेष्टि हेर्न नै उजरी उत्सुक भई। उसको आँखा त्यो सिमलको रुख नजीक रहेको त्यो बैलको हाडतिर केन्द्रित भयो। उजरीले हेर्दा हेर्दै एउटा बैलगडी त्यहाँ आइपुग्यो। बहलियाले आफ्नो सहायकलाई आदेश दियो ‘हाल, त्यो बैलको हाड गडीमा। छिटै गर, अरु गाउँहरुमा पनि जानु पर्छ। ठेकेदारलाई पूरा गडी हाड बुझाउन पाए आजै पैसा पाइन्थ्यो’।
बहलियाको व्यग्रता मिश्रित आदेश सकिए पछि सहायकले सोध्यो ‘यो हाडको के हुन्छ, भैया?’
‘ए ससुर, यति पनि थाहा छैन, यसको खाद बन्छ। खेतमा हाल्ने खाद। त्यो खाद खेतमा छरे पछि धान खुब फल्छ’ बहलियाले उत्तर दियो।
पशुको हाड निकै काम लाग्ने तथ्य सहायकले थाहा पाएर आफ्नो मुहारमा सन्तुष्टि अनि प्रसन्नता पनि प्रदर्शित गर्यो।
मेला सकिएको तेस्रो दिनको रातमा उजरीलाई निद्रा आइरहेको थिएन। कहिले आफ्नो लोग्ने, कहिले गाउँका मानिसमा ध्यान केन्द्रित हुन पुगिरहेको थियो, उसको। कहिले भने आमामा कहिले भने जिलेबिया सिलेबियामा। कहिले भने मेला हेर्न पाएको भए त्यसबाट पाउन सकिने अकल्पनीय अति आन्नदमा। कहिले मरेको त्यो बैल ल्याउँदै गरेको तथा कहिले त्यसको मासु झिक्दै गरेको अतीतको दृश्यतिर। बैलालाई गाउँबाट ल्याउँदै गरेको दृश्य उजरीको मानसपटलमा धेरै बेरसम्म रह्यो। कुन बेला निद्रा पर्यो उसले थाहा पाउन सकिन। आँखा खुलेपछि विहान भइसकेको थाहा पाई र राती राम्रो गरी निद्रा नपरेको पनि महसूस गरी।
मेला सकिएको चौथो दिनको रातमा चटाईमा ढल्किने वित्तिकै आँखा लोलाउन थालेको उजरीले चाल पाइन। उजरीको मन पूर्णतया स्थिर भइसकेको थियो। कोठी माथि राखिएको डिबिया पनि निभाउन भ्याइन उसले छिटै निद्रा परेको हुनाले। धेरै बेरसम्म डिबिया बलेको हुनाले तेल सकियो र बत्तिहर मात्रै बल्यो केही बेरसम्म। धुआँ छरियो यत्र तत्र। उजरी मस्त निद्रा मै थिई। राती ढिलोसम्म उजरीको झुपडीमा बत्ति बलेको हुनाले भठ्ठीबाट दारु पिएर फर्किने अधबैँसे दरुआहाहरुले उजरी तिनको प्रतीक्षा बसेको अनुमान गरे।


विश्वराज अधिकारी

Sunday, October 30, 2011

Happy Chhath 2011


छठ २०६८ को शुभ कामना
Happy Chhath 2011
to all
On November 1, 2011 
Worship of the Sun, god of light

The Economics - Fiction of the Week 9


The Economics

A father and a son were going shopping from Birganj to Raxaul in a carriage pulled by a horse. The son asked a question to his father embedded with some details “Dad, look a very weak horse is pulling such a big carriage. It has seven people riding on it. The horse has the blinds on the side of its eyes to make it see forward and decrease distractions. The poor horse is pulling the carriage very slow because it is over loaded. On the contrary the driver of the carriage is beating the horse repeatedly with a stick to make it walk faster. Humans are cruel, aren’t they?”
The father felt sorry after listing his son who had recently started college. Father replied “yes my son, humans are cruel indeed. The humans have developed themselves by exploiting others who are weaker.”
After shopping at Raxaul both the father and the son saw the same carriage on which they came. The carriage was ready to go back to Birganj. The driver of the carriage was motivating people to ride his carriage. Seeing the same carriage the son requested his father “We should not ride the carriage, Dad.”
The father listened to his son and replied in hurry “I know the driver of the carriage very well. He charges cheaper than the taxi and if I bargain the driver may lower the price.” After he said that, the father held his son’s hand and got on the same carriage.
   

Bishwa Raj Adhikari 

Saturday, October 29, 2011

Poem of the Week - 3 Selling the Dream


सपनाको बजार

गरीबीको बजारमा
जहिले पनि
सपना किन्नेहरु
सपना बेच्नेहरु
जम्मा हुन्छन्
सपना किन्ने र बेच्ने दुवैथरीबाट
मोलतोल हुन्छ
रगत, पसिना र ज्यानै बेचेर पनि
सपना किन्न खोज्छन् एकथरी
सपना पनि ज्यादै ठूलो, महत्वाकांक्षी होइन
केवल दुई छाक ढुक्कसँग
खान पाउने
वर्षभरि आङ्ग छोप्न पाउने
घाम पानी बाट जोगिन छत ठड्याउने, मात्र
मायावी रुप लिएर प्रस्तुत हुन्छन
सपना बेच्नेहरु, अर्कोथरी,
कहिले नेता बनेर
कहिले मानव ओसार पसार गर्ने व्यापारी बनेर
कहिले के बनेर कहिले के बनेर
कहिले पुर्याउँछन् युद्ध मैदानमा
कहिले पुर्याउँछन् मलेसिया,कतार हुँदै
इराकको समसानमा
सपना बेच्छन्
ज्यादै राम्रो मूल्यमा
थोक अनि खुद्रामा
उनीहरुको रगत पसिना लिएर
सपना किन्नेहरुले
मिठो सपना किन्न पाउने आशमा
कहिले खेत बेचे
कहिले घर बेचे
कहिले कसैको झण्डा बोके
कहिले कसैको डण्डा बोके
सपनाको बजारमा
सपना किन्नेहरु
सपना बेच्नेहरु
दुबै थरिको आउने क्रम भने
रोकिएको छैन
आइनै रहेका छन्
आइनै रहेका छन्
आइनै रहने छन्।

विश्वराज अधिकारी


Thursday, October 27, 2011

Economic Integration - 8 Poverty and Economics

आर्थिक एकीकरण



अति अस्तित्व बोध गरेर, वा आफ्नो राष्ट्रलाई एउटा छुटै आर्थिक एकाईको रुपमा मानेर भन्दा बिभिन्न राष्ट्रहरुसँग मिलेर एउटा उपयोगी साझेदारीद्वारा देशको विकास गर्ने हो भने त्यसरी गरिएको साझेदारीले देशमा आर्थिक समृद्धि ल्याउनुका साथै विकास पनि दिगो किसिमले हुने यथार्थलाई स्वीकार गर्दै यूरोपका थुप्रै देशहरु अहिले तिब्र रुपमा आर्थिक साझेदारी वा भनौ आर्थिक एकीकरणको दिशा तर्फ लागेका छन्। यूरोपिएन यूनिएन (European Union) त्येही आर्थिक एकीकरणको रुप हो। आर्थिक एकीकरणले अहिले पर्मरागत भौतिक वा राजनैतिक रुपमा रहेको दुई वा विभिन्न  देश हरुबीचको सीमानालाई केवल नाम मात्रको रुपमा रहने स्थितिमा पुर्याइ दिएको छ। आर्थिक किसिमले भन्ने हो भने पर्मपरागत रुपमा रहेका देशहरु बीचका सीमाहरु भत्किदै छन, दुई जर्मनी बीचको पर्खाल भत्के झै। हुन त दुई जर्मनी बीचको पर्खाल पनि राजनैतिक भन्दा बढी आर्थिक कारणले गर्दा नै भत्किएको थियो। त्यसकारण अहिलेको युग भनेको साझेदारीको युग हो। यो वा त्यो कारणले गर्दा, यो वा त्यो देशसँग राम्रो सम्बन्ध हुन सक्दैन भन्ने युगको समाप्ति हुन थालेर आर्थिक रुपमा कुन देशसँग राष्ट्रिय स्वार्थ मिल्छ त्यो देशसँग मिलेर कार्य गर्ने युगको प्रारम्भ भएको छ र त्यसको उदाहरण हो चिन। कुनै समयमा केही राष्ट्रहरुलई पूँजीवादी भनेर उनीहरुसँग सम्बन्ध बढाउन नाक खुमच्याउने चीन अहिले तिनै राष्ट्रहरु सँग काँधमा काँध मिलाएर काम गर्दै छ। काम गर्ने मात्र हो, उनीहरुसँगको साझेदारीले गर्दा आर्थिक प्रगति हासिल गरेर विश्वको आर्थिक महाशक्ति बन्ने सपना साकार पार्न खोज्दै छ। देशमा व्याप्त गरिबीलाई विभिन्न देशहरुसँग गरिएको आर्थिक साझेदारीद्वारा कम पार्न सकिन्छ भन्ने उदाहरण चीनले राम्रो रुपमा प्रस्तुत गरेको छ। भारतको आर्थिक समृद्धिलाई पनि आर्थिक साझेदारीको परिणामको रुपमा लिन गरिन्छ। नेपालमा पनि आर्थिक साझेदारीको उपयोग गर्न सकिन्छ। र आर्थिक साझेदारीद्वारा देशमा व्याप्त गरबीलाई कम पार्न सकिन्छ पनि। भारत र चिनसँगको  नेपालको आर्थिक साझेदारी उपलब्धिमूलक हुने मात्र होइन देशमा व्याप्त गरिबी कम पार्नमा सहायक सिद्ध हुन सक्छ पनि।
आर्थिक साझेदारीको धारणा नौलो भने होइन। दोस्रो विश्व युद्धको समाप्ति भएदेखि नै  यसको प्रयोग भएको पाइन्छ। दोस्रो विश्व युद्धले विश्वका धेरै राष्ट्रहरुलाई आर्थिक रुपमा क्षत विक्षत पारेको थियो। दोस्रो विश्व युद्धबाट युरोपका राष्ट्रहरु भने अति नै नराम्रो गरी प्रभावित भएको थिए। यूरोपका राष्ट्रहरुले जुनबेला आर्थिक संकट भोगिरहेको थिए त्यतिनै बेला अमेरिकाले भने आर्थिक प्रगतिको लामो र कठिन यात्रा शुरु गरि सकेको थियो।
दोस्रो विश्व युद्ध पछि, युरोपलाई आर्थिक संकटले घेरेको बेलामा, युरोपका विभिन्न राष्ट्रहरु मिलेर काम गर्नु पर्छ भन्ने भावनाको विकास पनि भइरहेको थियो। यूरोपका विभिन्न राष्ट्रहरु मिलेर काम गर्ने हो भने युरोपका राष्ट्रहरुलाई समृद्धिको दिशातर्फ डोर्याउन सकिन्छ भनी चिंतकहरुले आफ्नो धारणा राख्न थाले। र अहिलेको यूरोपिएन यूनियन त्यस्तै सोँचाईको उपज हो। अहिलेको यूरोपियन यूनियन स्थापनाको श्रेयता फ्रान्सका तत्कालिन विदेश मंत्री रोबर्ट सोमा ( Robert Schuman) l लाई जान्छ। उनले सन् १९५० मा कोइला र स्टिल उद्योगको राम्रो उपयोग गर्न यूरोपेली राष्ट्रहरुले मिलेर काम गर्नु पर्छ भन्ने प्रस्ताव राखे। यसै सन्दर्भमा यूरोपियन कोल एण्ड स्टिल कम्युनिटीको विकास भयो। पेरिस सन्धिद्वारा यूरोपियन कोल एण्ड स्टिल कम्युनिटीको स्थापना भयो जसका सदस्य राष्ट्रहरु थिए – बेल्जियम, पश्चिम जर्मनी, फ्रान्स, इटली, लग्जेमवर्ग र निदरलैड्स। सन् १९९३ मा भएको मास्ट्रिच सन्धिले भने यूरोपियन यूनियनको सह कार्य क्षेत्रलाई झनै फराकिलो पार्यो।
हाल यूरोपियन यूनियनका सदस्य राष्ट्रहरुको संख्या २७ रहेको छ। शुरुमा ६ सदस्य राष्ट्रहरु रहेको यूरोपियन यूनियनमा सन् १९७३ मा डेनमार्क, आयरलैण्ड र संयुक्त आधिराज्यले प्रवेश गरे। ग्रिसले सन् १९८१ र स्पेन तथ पोर्चुगलले सन् १९८६ मा प्रवेश गरे। यसै गरी अष्ट्रिया, फिनलैण्ड तथा स्विडेनले सन् १९९५ मा प्रवेश गरे। सन् २००४ मा भने साइप्रस, चेक रिप्लिक, इस्टोनिया, हन्गेरी, लाटभिया, लिथुआनिया, माल्टा, पोलैन्ड, स्लोभाकिया र स्लोभानिया गरी धेरै राष्ट्रहरुले प्रवेश गरे। सन् २००७ मा बलगेरिया तथा रोमानियाले प्रवेश गरे। क्रोएसिया, मेसेडोनिया ( former Yugoslav Republic of Macedonia)  तथा टर्की यूरोपियन यूनियनमा प्रवेश गर्न तयारीमा छन।
स्वतन्त्रताको सिद्धान्त, प्रजातन्त्र, मानवाधिकार, आधारभूत स्वतन्त्रता र कानूनको शासनप्रति सम्मान देखाउने कुनै पनि यूरोपेली राष्ट्र यूरोपियन यूनियनको सदस्य हुने पाउने प्राब्धानले यूरोपियन यूनियनको सदस्य पाउने स्थितिलाई  निकै सजिलो तुल्याई दिएको पाइन्छ।

विश्वराज अधिकारी

Wednesday, October 26, 2011

Laxmi Pooja 2011 D


Laxmi Pooja 2011 C


Laxmi Pooja 2011 B


Laxmi Pooja 2011 A


Story 15 - Karyabahi


कार्यबाही

म जान्छु जस्तो लागेको छ तिमीहरुलाइ? त्यस्तो लागेको छ भने फालिदेओ आफ्नो त्यो भ्रम। तिमीहरुले जति उचाले पनि म जानेबाला छैन अरब सरब। भाइको यस्तो भनाइ सुनेर जेठो र माहिलो दुवै दाइ हाँसे। जेठोले हाँस्दै ब्यङ्ग गर्यो  ‘अरे, पढा फारसी बेचा तेल, देख भाइ करमका खेल ……। पढेलेखेको मूर्ख यस्तैलाइ भन्छन।  मैले यो जति पढेको भए, गुमाउथे यस्तो मौका? यहाँ काम पाउन यति गार्हो छ। त्यहाँ भने खाइलाइ घरको किराया उराया  सवै काटेर महिनाको चौद पन्ध्र हजार बचत। मैन पामँर बालाले भनेको। चौद पन्ध्र हजार सानो रकम हो? पाँचै महिनाको तलबले एक कठ्ठा जमिन हुन्छ। त्यो पनि धनहर। नाहरको नजिक’।
जेठोको यो भनाइमा माहिलोले थप्यो ‘यसले अकिल दिएको छ धुन। यो जस्तो अंग्रेजी मैले जानेको भए, भोलि नै जान्थे मैन पामँर बाला कहाँ,  आ पर्सि हिडि दिन्थे अरब। कम हो, असलसी पास गरेको छ यसले। अंग्रेजी बुज्छ र अलि अलि बोल्न सक्छ पनि’।
 आमा मङरीलाई जेठो र माहिलोका यी भनाइ मन परेन। छोराहरुको कुरालाइ छोट्याउने मनसाय दर्शाउदै भनि ‘बढी न उचाल। उसको मनको कुरा हो। जान मन छैन भने जाँदैन। कुनै करकाप छैन। बरु जान्छ बीरगंज , खोज्छ उतै कुनै कामधाम’।
आमाको ओत पाएर कान्छोले भन्यो आ, जान्न म अरब सरब। मर्नु छैन मलाइ इराकमा जस्तो। बरु बीरगंज जान्छु। कुनै कल कारखानामा काम खोज्छु। दोकानमै पाए पनि कुनै काम गर्छु। कुनै कामै नपाए रिक्सा नै भए पनि चलाउँछु। आफ्नो पेट त पाल्न सकिन्छ कमसे कम, रिक्सा चलाएर। त्यस्तो गर्यो भने बाँकि रहेको तिन कठ्ठा जमिन त बेच्नु पर्दैन, अरब जान। त्यहाँ जान कम पैसा लाग्छ? दुइ लाख भन्दा कम लाग्दैन। खेत सेत सव जान्छ अरबको लागि पैसा जुटाउनमा। थोरै भए पनि दुइ छाकको जुन बाटो बनेको छ  खेतले गरेर, त्यो पनि समाप्त हुन्छ सदाको लागि। जेही छ एउटा घर, त्यो पनि पर्छ बन्धकि, घेँट कटाइ ब्याजमा।
बाबु ,बिफाइ मौन थियो । कान्छो अरब जाने सन्दर्भमा उसको बिचार कस्तो छ प्रस्ट पारेको थिएन। अघिदेखि आमा र छोराहरुबिच चलिरको बादबिबादमा सामेले हुँदै भन्यो  छोटकालाइ कर नगर तिमीहरु। उसकै इच्छा माथि छाडि देओ। मन छ भने जान्छ, छैन भने जाँदैन। तर जाने मन भए चाहि खुलेर भन्नु पर्यो जान्छु भनेर। जाने हो भने म इन्तजाम गरिदिन्छु पैसाको। कसैले चिता लिनु पर्दैन। हामी सँग बचे खुचेको जुन खेत छ, बेचीदिन्छु किन्नेले भनेकै दाममा, आ घरलाइ पनि राखिदिन्छु  बन्धकी। उताबाट कमाएर ल्याए भने जति पनि किन्न सकिन्छ त्यस्तो खेत। असर्फिको छोराले एक बिघा खेत किनेको थियो एक बरिषमा, उताबाट कमाएर ल्याएको पैसाले।
आफूलाइ अरब पठाउने बारे बाबुको भूमिका अस्पष्ट देखिएपनि करकापले होइन छोरा स्वेच्छाले गइदिए हुन्थो जस्तो बाबुले खोजेको हो कि भन्ने अनुमान गर्यो कान्छोले र अरब न जान खोज्नुको औचित्य पेस गर्यो बाबु , अरबमा पैसा नै फल्छ भन्ने छैन। इमनदारीपूर्वक पैसा कमाउन यो दुनिया मा जहाँ पनि गार्हो नै हुन्छ। त्यो पनि अरुको देशमा। न हावा पानी मिलोस न खान पिन। न समाज न भाषा । न रिति न थिति। फेरि, कुन देशमा जाने हो? कुन तरिकाले जाने हो?  कानुनि गैर कानुनि? केही थाहा छैन ।कति देशमा त लडाइ झगडा चलिरहेको छ रे, अहिले ।
कान्छो रोकिएन, फेरि भन्यो दुइ चार अक्षर भए पनि पढेको छु मैले। गाउँकै स्कूल भए पनि दुइ चार कुरा सिकाएर आँखा खोलिदिएको छ यसले मेरो। तै पनि भन्नु हुन्छ भने तयार छु म अरब जान। मैन पावर बालाहरुलाइ भन्ने हो भने एकै हप्तामा उता तिर जाने व्यवस्था मिलाइ दिन्छन्। के साच्चै जाउ त?
कान्छोको  बिचार नजानेमा केन्द्रित भएको देखेर बाबुले आफ्नो मनसाय अघिभन्दा अलि प्रष्ट पार्यो यहाँ के शान्ति छ र ? सधैको लडाइ झगडा । आफ्नै आफ्नैमा काटा काट।  हिजो यो कुराले झगडा त आज त्यो कुराले। दश पन्ध्र बरिषदेखि शान्ति छैन यो देशमा। एउटाको खुनको प्यासा अर्को भएको छ। कहाँ गयो दया मया? यस्तो पहिले कहिले पनि देखेको थिएन। भाइ भाइ भएर बसेकाहरु अहिले एक अर्कोको दुस्मन भएका छन। के भएको होला यस्तो? यो देशमा……..?
केहि छिन रोकियो बिफाइ । अघिदेखि  हातमा माडिरहेको खैनी मुखमा हाल्यो। छेउमा राखिएको फोहरको थुप्रोमा थुक्यो पिच्च …. अनि फेरि भन्न सुरु गर्यो मेरो बिचारमा त अरब गए हुन्छ। बरु धेरै न बस्नु , तिन चार बरिष बसेर आउनु। देश दुनिया पनि देखिन्छ, आफ्नै आँखाले। बहिर जति निस्यो त्येति नै होसियार होइन्छ। सोझिया हरुकालागि रहेन अब  यो दुनिया। कि कसो …….?
चौतर्फि दबाब झेल्न कान्छोलाई गार्हो भएको देखेर आमाले पतिलाइ आग्रह गरी अब यो कुरा छोटकामै छाडौ। जान मन लागेको छ भने जान्छ, मन लागेको छैन भने जादैन, तर बढि करकाप चाहिँ नगरौ। अहिले खाने पिउने उमर छ यसको। यै उमरमा परदेस न गए पनि हुन्छ। भुखले रहम सुखलेमे रहम। कोइ न भए पनि भगवान छन् हामीलाइ हेर्ने।
अघिदेखि केहि सोचेर सान्त बसेको कान्छो केहि बोल्न खोजे झै देखियो। आमाको कुरालाई पुरा हुन न दिइ कनै भन्यो ठिक छ , दुइ चार दिन सोँच छु। तर भित्रि मनले भन्ने हो भने जाने इच्छा चाहि पट्टकै छैन मेरो।
कान्छोको कुरा सुनेर आमा बाहेक सवै सन्तुष्ट देखिए। माहिले दाइले आफ्ने मन्तब्य पोख्यो  'तरक्कि गर्न अलिकति खतरा पनि मोल्नु पर्दछ। घरमै बसि बसि त कहाँ पाइन्छ। म पनि जान्छु पंजाब। उतातिर कमाइ पनि ठिक्कै छ आ लडाइ झगडा पनि छैन।
कुनै सूचन खबर नदिइ कान्छोले गरेको   अप्रत्यसित बहिर गमनले चिंतित मात्र तुल्यएन पीडाको भुमरिमा घचेटि दियो परिवारका सवै दस्यहरुलाइ। सबैको मुखमा एउटै प्रस्न दोहरियो कसैलाइ केहि भनि खि  छोटका गयो कहा?
  घरका मानिसले कुनै भेयो पाउन सकेनन्।     छेउका गाउँतिर पनि खोजी भयो तर कतैवाट पनि कुनै सकारात्मक खबर आएन। कान्छो गएको एक हप्ता बित्यो तर स्थिति यथावत नै रह्यो।
दिनहरु, हप्ताहरु बित्न थालेपछि एकदिन परिवारका सबै सदस्यहरुको सहमतिमा निर्णय लिइयो पहिले छेउछाउक गाउँहरुमा खोज्ने, नभेटिएपछि बीरगंज जाने तर अब ढिलो नगर्ने खोज्न।
जेठोले आफ्नो योजना सुनायो त्यसै पनि मान्छेहरु बेपत्ता पारिँदै छन….. ठाउँ ठाउँमा …….। के ठेकान छोटकालाइ पनि ………..? म त आजै हिँडछु खोज्न। सव भन्दा पहिले ममहरा जान्छु, समनपुर, त्यता गएको छ कि् रिसाएर, छोटका?
छोराको योजनामा सन्तुष्ट हुँदै आमाले थपी फर्किदा बलुआ पस्नु , फुआ कहाँ बसेको छ कि? फुफासंग खुब कुरा मिल्छ त्यसको। बालचनपुरमा पनि खोज्नु, बलुआबाला फुफाको भाइको दोकान छ त्यहाँ, कहिँ त्यसैमा त काम गर्न थालेन त्यसले?
एक महिनाको खोजीमा कहिँ कतै कान्छो नभेटिएर रुमलिएर बसिरहेकै बेला बीरगंजबाट आएको मुनिया महराले भने सबैलाइ अनौलको घेराबाट सहजै बाहिर ल्यायो। मुनियाले कान्छो बीरगंजमा रहेको प्रष्ट पार्यो। मुनियाले अझै स्पष्ट पार्न  हाँस्दै भन्यो कुनै सुर्ता लिनु पर्दैन बिफाइ काका, तपाँईको छोरा , छोटका मजाले रिक्सा चलाइ रहेको छ बीरगंजमा। तपाँइलाइ थाहै छ म पनि त्यहा रिक्सै चलाउँछु्। छोटकालाई रिक्सा मैले नै दिलाएको हो। मैले एउटा गैरेजबालालाई चिनेको छु ,उसैसंग दिलाइ दिए। गैरेजबाला पनि यतैतिरको हो, गौरको कुनै आसपासको गाँऊको। गाँउमा बस्न नसकेर बिरगंजमा गैरेज खोलेको रहेछ, उसले।
एक महिना बित्यो, दुइ महिना बित्यो। तिन महिन पनि बित्यो तर कान्छो घर फर्केन। आमा बाबुले पनि कान्छो बीरगंजमा ठिकै  रहेको अनुमान गरि गाउँमा बोलाउने चाँसो देखाएनन्। आमाले भनि पनि भलै भयो, ठुलो शहरमा छ, केहि त्यस्तो …..यस्तो उस्तो हुन पाउदैन त्यहाँ। गाउँमा त बसि सक्नु  छैन । दुस्मनिको त सोझै अबार लागेको छ, यहाँ।
मुनिया यो पटक भने पाचँ छ महिना पछि घर आयो। यति पछि घर आउँदा पनि उसको  मुहारमा भने खुसीको भाव झल्किएको थिएन। उ सरासर बिफाइको घर गयो। बिफाइलाइ देख्ने बितिक्कै उसको मुखवाट झ्बाट्ट निस्को बिफाइ काका, खबर बहुत खराब छ। छोटकालाइ गोली लागेर अस्पतालमा भर्ना गरेको छ । बीरगंजको सरकारी अस्पतालमा लगेका छन्, देख्नेहरुले। मैले बाटोमा सुनेको। बीरगंजमा सुनेको भए उतै  जान्थे। तर के गर्नु चन्द्रनिगाहपुर आएपछि मात्र थाहा पाए, त्यस्तो घटनाको बारेमा।
मुनियाले सुनाएको यो खवरले बिफाइको घरमा दुख:को बाढीनै ल्यायो। पुरै घरलाइ डुबायो एक छिन मै त्यो बाढीले। सबै रुन थाले। गाउँका मानिसहरु पनि जम्मा भए। जम्मा भएकाहरु मध्ये पनि केहि रुन थाले। जम्मा भएकाहरुका बिचबाट एउटाले सल्लाह दियो रोएर मात्र हुँदैन , समय बर्बाद नगरौ, बरु बीरगंज जाओ , म पनि जान्छु, सहयोग गर्ने भनेको यस्तै बेलामा त हो नि।
प्रस्तुत सल्लाहमा सबै तत्काल सहमत भए। कान्छोको जेठो दाजु तयार भयो बीरगंज जान। जेठोको साथमा जान माहिलो पनि तयार भयो।  एक छिमेकीले पनि जाने तत्परता देखायो।
बीरगंज पुग्दा साँझ परिसकेको थियो। बसपार्कबाट तिनै जना रिक्सालिएर अस्पताल पुगे। धेरै बेरको सोधखोज पछि कसैले उनिहरुलाइ एउटा कोठामा पुर्यायो। कोठामा पुगेपछि उनिहरुले ट्रलिमा कान्छोलाइ सुताएको देखे। कान्छोलाइ देखेर तिनै जना रुन थाले। कान्छोको नाम बिन्देसरबाट अब लास बनेको थाहा पाउन उनिहरुलाइ धेरै समय लागेन।
कान्छोको जेठो दाजुले बिलौना गर्यो कसको के बिगारेको थियो यो  मेरो सोझिया भाइले। यस्तो सिधा साधा ……..। कहिलै कुनै दुर बचन बोलेर कसैको मन दुखाएन यसले। कसैलाइ ठगेन। झुठ बोलेन। बरु आफूले दुख: सह्यो तर अरुलाइ दुख: दिएन।
कान्छोको माहिलो दाजु पनि बिलौना गर्न थाल्यो। रुने क्रम चलिनै रह्यो। केही मानिसहरु जम्मा पनि भए, त्यहाँ।
कान्छोका दाजुहरु रोइ रहेकै बेला छेउका मानिसहरुले कुरा गरेको सुनियो-
 बिचारा सिधा साधा रिक्साबाला, यसले के त्यस्तो गरेको थियो , गोलि खाने काम?
होइन, यसलाई भनेर गोली हानेको होइन रे।
अनि कसलाइ भनेर हानेको त?
कुनै एरिया कमान्डरलाइ भनेर हानेको रे।
अनि यसलाइ कसरी लाग्यो त गोली?
गोली हान्ने झुक्कियो रे। यो रिक्साबाला को अनुहार र जुन एरिया कमान्डरलाइ मार्न खोजेको हो त्यसको अनुहार गोली हान्नेलाइ उस्तै उस्तै लाग्यो रे।
अनि कसरी थाहा भयो यो रहस्य?
फलानो एरिया कमाण्डरको हत्योको जिम्मेवारी हामी लिन्छौ। हाम्रो पार्टी जिम्मेवारी छ, त्यो घटनाको, भन्यो एउटा पार्टिले, रे। तर त्यो पार्टीले केहि घण्टा पछि दुख:पनि प्रकट गर्यो रे- एउटालाइ गोली हान्न खोजेको हाम्रो एरिया कमाण्डरले तर झुक्किएर अर्कोलाइ लागेको छ। उस्तै उस्तै अनुहार भएकोले त्यस्तो हुन गएको रे। 
यी कुराहरु कसरी बाहिर आए?
आजको पत्रिका हेर्नु भएन?
छैन।
पत्रिका पढनुहोस।
ए!

विश्वराज अधिकारी

Tuesday, October 25, 2011

Shabda Jal (Nepali Short Fiction) 14 Abhinaya


शब्द जाल

कक्षा सञ्चालन गरिरहेकै क्रममा दर्शनशास्त्रका एक प्रध्यापकले विद्यार्थीहरुलाई प्रसङग् परिवर्तन गर्दै एक असान्दर्भिक प्रश्न गरे कुन जालमा परे पछि निस्कन गार्हो हुन्छ?
सोधिएको त्यो प्रश्नको उत्तर कसैले पनि दिन नसकेपछि ती प्राध्यापकले एक राजनेताले आफ्ना अनुयायीहरुको सामु भाषण गर्दै गरेको र अनुयायीहरुले ताली बजाउँदै गरेको दृश्य देखिने त्यो कक्षाको एक झ्यालतिर हेर्दै भने शब्दजाल
प्राध्यापकले अझै थपे शब्दजाल भित्र थुनिए पछि व्यक्ति बाहिर आउन सक्तैन र त्यो भन्दा पनि आश्चर्यजनक कुरा त के छ भने शब्दजाल भित्र पर्नेलाई आफू जाल भित्र पर्न थालेको थाहा नै हुदैन। र त्यो जाल अति नै बलियो हुन्छ, फलामभन्दा पनि।

विश्वराज अधिकारी

Monday, October 24, 2011

Murkha Jagana - Story 6 - Bahalia



मूर्ख जगना 

त्यो गाउँको सबैभन्दा ठूलो मूर्ख को हो भनी कसैले पनि सोधेमा बालक-बृद्ध जो सुकैले होस् सजिलैसँग भन्ने गर्दथ्यो जगना। जगनाले त्यो गाउँको अब्बल दर्जाको मूर्खको उपाधि पाएको थियो।
केहीले राम्रो गरी बोल्न नजानेकोमा उसलाई मूर्ख भनेका थिए भने केहिले सँधै मैलो लगाएको र फोहरी भइ बसेकोमा। जसले जे काम लगाइदिए पनि केही नबोली गर्ने हुनाले उसलाई धेरैले बेरोजगारको संज्ञा समेत दिएका थिए।
केहीले उसकी श्रीमती उसँग बसिन् र बिहे गरेर ल्याएको एक महिना मै भागी भन्ने कुरालाई आधार बनाएर, मूर्ख मात्र होइन नामर्द समेत भनेका थिए, जगनालाई।
दिनभरि अरु कुनै काम नगरी केवल माछा मारेर हिँड्ने गरेको हुनाले पनि केहीको नजरमा ऊ मूर्ख बनेको थियो।
यसरी सबैसँग आ-आफ्नो किसिमको तर्क थियो जगनालाई मूर्ख भन्नका लागि।
अन्य कुराहरुमा गाउँका मानिसमा मत भिन्नता भएता पनि उसलाई मूर्ख भन्नमा भने मतैक्य थियो। मत भिन्नता पटक्कै थिएन।
गाउँका सबै मानिसको नजरमा ऊ मूर्ख भन्दा बढी केही होइन भन्ने कुरा जगनालाई पनि राम्रो गरी थाहा थियो। कहिले काँहि कुनै कुरामा चर्को विवाद चल्दा आफ्नो तर्क कमजोर भएको थाहा पाएर जगनाले स्वभाविक ढङ्गमा भन्ने गर्दथ्यो म जस्तो मूर्खले यति  गहिरो, गंभिर र महत्वपूर्ण कुरा कसरी थाहा पाउने?’ र यसरी उसले सहज किसिमबाट आफ्नो हार स्वीकार गरेपछि विवादको अन्त्य हुन्थ्यो। विवादमा विजय प्राप्त गर्नेहरुले आफूलाई आफैले जान्ने, बुझ्ने मात्र होइन, विद्वान समेत पनि घोषणा गर्दथे अनि प्रफुल्लित हुन्थ्ये।
एक दिनको घटना हो माछा मार्न निस्केको जगना रित्तो हात फर्क्यो। चैत वैशाषको तालु पोल्ने चर्को घामले गर्दा खोला र पोखरीहरु रित्तिन थालेका थिए। पानी नै नभएपछि कहाँको माछा र के मार्नु?  दखिनवारी सरेह (दक्षिणतिरका खेतहरु), जङ्गलतर, डवरा, लौकट्टी चारैतिर घुम्यो तर कतै माछा फेला पार्न सकेन उसले। दिउँसो भरि भोक्यै बस्यो। राती पनि पेटभरि खान पाएन। हिजो भुटेको मकैको दुइ मुठ्ठी ठेटना बाँकी थियो राती त्यै मात्र खाएर छाक टार्यो। छिमेकी बिल्टु बनिया (पसलबाला) को दोकानबाट एक पाउ चामल उधारोमा ल्याएर पकाउन सक्थ्यो तर त्यस्तो गरेन उसले। उसको स्वाभिमानले रोक्यो, थप उधारो माग्न। ऊ स्वाभिमानी कति थियो भने नभएको बेलामा बरु भोकै बस्दथ्यो तर कसै कहाँ माग्न भने जाँदैन्थ्यो। यो कारणले गर्दा पनि गाउँका मानिस उसलाई मूर्ख जगना भन्ने गर्दथ्ये। उसको काकाको छोरा बिगनाको आर्थिक हैसियत जगनाको जस्तै भएता पनि भोकै बस्नु पर्ने दिन कहिले देख्नु परेन उसले। बरु सार्है चतुर भएको हुनाले जिम्दार मालिकको हबेलीमा दोस्रो दर्जाको जिरतिया थियो।
एक दिनको कुरा हो, जिम्दार मालिकको बैठकमा बीसौ जना बसेर निरर्थक कुरालई सार्थक बनाउन बहस् गरिरहेका थिए। बेर्हिको पटरीको एउटा छेउमा बसेर जगना पनि त्यहाँ चलेको तर्क वितर्क सुन्नमा तल्लिन थियो। कुराकानीको क्रममा भिखरले जगनालाई हेर्यो अनि ज्यादै खुसी भयो। भिखर जगनाको खोजीमा नै थियो किनभने उसको बहादुरीको प्रमाणको लागि साक्षीको रुपमा पेश गर्नु पर्ने व्यक्ति जगना वाहेक अरु कोही पनि उपयुक्त थिएन, भन्ने यथार्थ भिखरलाई भलिभाँति थाहा थियो। भिखरले जगनातिर हेर्दै भन्यो जगना तेरी स्वास्नी त हिँडी है? बिहे भएको एक महिना मै उढरी (पोइल गई)? तँ महान् लाछी होस्। म जस्तो हुनु पर्छ। मैले पल्लो गाउँको हटवेको स्वास्नीलाई भगाएर ल्याएको छु।
एकपटक जगना फेरि निर्विवाद रुपमा पटमूर्ख भएको प्रमाणित भयो। उता भिखरले शिषर पुरुषको दर्जा पायो। उपस्थित सबै व्यक्तिहरुले आश्चर्य मिस्रित नजरले भिखरलाई धेरै बेरसम्म हेरे। उसको बहादुरीमा इर्षा पनि गरे।
जगना बस्ने टोलमा एउटा मात्र इनार थियो। टोलभरिका मानिस तथा पशु सम्मका लागि खाने पानीको स्रोत त्यही एउटा साझा इनार थियो। सबैको पानीको आवश्यकता पूर्ति गर्ने त्यो इनार भेटघाट गर्ने सार्वजनिक थलो मात्र थिएन,  बेला बेलामा झगडा गर्ने उपयुक्त स्थानको रुपमा पनि स्थापित हुन पुगेको थियो।
एक दिन, एउटी महिला काखमा शिशु लिएर माटाको गाग्रीमा पानी लिन त्यो इनारमा आइन। जगना इनारको एउटा छेउमा बसेर दतुवनले दाँत माज्दै थियो। ती महिला इनारबाट डोलले पानी तान्न तल्लिन भइ रहँदा उनको काखे बालक कुन बेला त्यो इनारको डिलमा पुग्यो थाहा पाउन सकिनन् उनले। छोरा डिलबाट इनारमा पस्न खोजेको दृश्य देख्नासाथ ती महिला ज्यादै भयभीत हुँदै छोरालाई हातले रोक्न खोजिन, तर अति नै अत्तालिएर। अति नै अत्तालिएको हुनाले उनको खुट्टा चिप्लिएर शरीर असन्तुलित हुन पुग्यो। शरीर असन्तुलित भएको अवस्थामा ती महिलाले आफ्नो छोरालाई इनारको डिलबाट हटाउन खोज्दा  उनको हातले प्रहार भएर उल्टो उनको छोरा इनार भित्र खस्न पुग्यो। ती महिला अर्ध बेहोसीको अवस्थामा गुहार गुहार  भन्दै रुन थालिन्। छोराको दद्धार गर्न इनारमा हाम फाल्न पनि खोजिन्, तर त्यहाँ भेला भएका मानिसहरुले त्यस्तो गर्न दिएनन् उनलाई।
इनारको छेउमा मानिस थुप्रिन क्रम शुरु भयो तर केवल रमितेको रुपमा। त्यो बालकलाई कसरी इनारबाट बाहिर झिक्न सकिन्छ भन्ने विषयमा केवल तर्क बितर्क हुन थाल्यो कोही इनार भित्र पसेर उद्दार गर्नुको साटो।
एउटा बृद्ध बोल्यो यो इनार त सार्है गहिरो छ। चार मनुष भन्दा के कम होला यसको गहिराई। कसरी पस्ने यो भित्र? हामी त बृद्ध छौ। शरीरमा शक्ति पनि त्यति छैन। कुनै जवान व्यक्तिले प्रयास गर्नु पर्छ।’
त्यो बृद्ध व्यक्तिको कुरा सुनेर एक युवकले उत्तेजित स्वरमा जवाफ दियो यो इनार त भुताहा छ। भित्र पसेपछि इनार भित्रको भूतले समातेर मान्छेलाई बाहिर आउन दिदैन
पहिले यो इनारमा एउटा ठूलो बाँस हाल, विद्यार्थीहरु हो, तिमीहरु पसेर झिक्नु पर्छ,  डुबेको बालकलाई, कसैलाई कसरी उद्दार गर्ने भन्ने तालिम पनि हुन सक्छ यो अभ्यास तिमीहरुका लागि।
ती शिक्षकले दिएका त्यो आदेशको पालना हुन थालेको देखेर त्यहाँ उपस्थित एक भूतपूर्व मुखिया बौलाहा जस्तो भएर चिच्याए किन विद्यार्थीहरु यो इनार भित्र पस्ने? यो गाउँको चौकिदारलाई बोलाउनु पर्छ। ऊ नै पस्छ, यो इनारमा। चौकिदारले तलब केका लागि खाएको हो? थाहा छैन तिमीहरुलाई, यस्तै कामका लागि त उसले तलब पाउने हो नि। इनार भित्र पस्न सुरसार कस्ने विद्यार्थीहरु मध्ये एउटा विद्यार्थी भूतपूर्व मुखियाका छोरा थियो।
इनारको छेउमा केवल वादविवाद तर्क वितर्क र एक किसिमले भन्ने हो भने वाकयुद्ध मात्र चल्यो, केवल कसरी उद्दार गर्ने बारे। उद्दार गर्ने ठूला ठूला योजनाहरु पनि बने, तर केवल कुरामा मात्र सीमित भए, व्यवहारमा कार्यान्वयन नहुने गरी। इनार भित्र कोही पसेन।
अचम्म भयो। सबै मानिस हेर्या हेर्यै भए, आश्चर्य चकित भएर। जगना हत्तारिँदै दौडिएर आयो हातमा लामो मोटो नरियलको डोरी लिएर। इनारको छेउमा रहेको एउटा रुखमा डोरीको एका तिरको भागले  बलियो गरी बाँध्यो अनि त्येही डोरीको अर्को भाग समातेर ऊ इनार भित्र पस्यो। सबै मानिस अत्तालिएर जगनालाई हेर्दै थिए। इनार भित्र पसेर जगनाले डुबेको त्यो बालकलाई काँधमा राख्यो अनि पानी बाहिर आयो। अघिदेखि तर्क वितर्क गर्ने व्यक्तिहरुमध्ये कसैले एउटा ठूलो बाँस इनारमा खसालेर र भन्यो ल, जगना, अब बाहिर आइज। मैले हालेको बाँसले गर्दा तँलाई बाहिर आउन सजिलो हुनेछ।’ उसले अझै थप्यो ‘मैले यो बाँस हालेको हुनाले जगना सजिलै आउन सक्छ। यो बाँस नहालेको भए जगना इनार बाहिर आउन असम्भव थियो। मेरो आइडियाले गर्दा नै यो बच्चा अब बाहिर आउने छ। यो बच्चाको ज्यान जोगिने छ।
जगना इनार बाहिर आयो, डुबेको बालकलाई काँधमा राखेर। उसको मुहारमा गर्वको ज्योति होइन बरु सन्तुष्टिको भाव फैलिएको थियो। यो पटक पनि उसले आफू मूर्ख बनेको हो कि भन्ने अनुमान गरी उपस्थित व्यक्तिहरुको मुखतिर हेर्दै भन्यो के गर्नु एउटा बालक मर्न थालेको दृश्य देख्न सकिन, मेरो मन रोयो। उसलाई बचाउन झ्वाट्ट इनारमा पसी हाले, अगाडि पछाडि केही नसोँची। म मान्छे नै मूर्ख, धेरै कुरा नसोँचेर नै गर्छु।
उपस्थित सबैले उसको कुरा ध्यानपूर्वक सुने तर उसलाई, जगना तँ मूर्ख होस भन्ने हिम्मत भने कसैमा भएन, त्यति खेर, त्यो दिन, त्यो स्थितिमा। शिक्षक र भूतपूर्व मुखियाले सुँइकुच्चा ठोकिसकेका थिए त्यहाँबाट, डुबेको बालकलाई उद्दार गर्ने अभियानमा भाग सम्म पनि न लिएर।
जगनालाई भने अझै अचम्म लागि रहेको थियो कसैले उसलाई जगना तँ मूर्ख होस न भनेको मा।

विश्वराज अधिकारी


Happy Dipawali 2011 (2068)

Happy   Dipawali   2068

The Festival of Light and Wealth

Sunday, October 23, 2011

Swami Maharaj - Fiction of the week - 8

Swami Maharaj

'I never did hurt any one. I was always good with people. Nobody ever blamed me for unpleasant words. Rather, people always respected me for being impartial with them!' a statesman addressed the mass gathered to listen his speech with full of pride. A follower of that statesman reacted immediately, 'Our Guru Swami Maharaj is great and completely impartial!'
One person who was present there to listen to the speech did not like the words of the follower of that Swami Maharaj, particularly about the claim of impartiality. He said to Swami Maharaj 'Swami, you did not favor any person. But, tell me the truth; were all the people who came to you good? No, not all of them were good. Certainly some of them were bad. But you did not tell them that they were bad. You did not want to upset them. And this way you favored yourself. Hence you always favored yourself. How then are you impartial?'
None of the people who were present there could understand the question raised by the person. However, Swami Maharaj seemed to understand as the question left him in deep thinking.

Bishwa Raj Adhikari 

Friday, October 21, 2011

How The World Leaders Are Going To Address This Issue - Article 15


विश्वका नेताहरुले कसरी सम्बोधन गर्ने हुन यो समस्या


एक महिना जति पहिले वाल स्ट्रिटबाट शुरु भएको संस्थागत लोभ ( Corporate greed) , बढ्दो आर्थिक असमानता विरुद्धको  प्रदर्शन संसार भरि फैलिँदै रहँदा विभिन्न थरिका विचारहरु आउन थालेका छन, आर्थिक जगतमा। विश्वव्यापी रुपमा भइरहेको यस किसिमको प्रदर्शनलाई एक थरिले पूँजीवादको असफलताको रुपमा विश्लेषण र व्याख्या गरि रहेका छन र त्यस्तो भन्नेहरुको तर्क के छ भने पूँजीवादले यस्तो अवस्थाको सृजना गर्दछ कि जसले गर्दा राज्यको कुल सम्पत्तिमाथि केवल ज्यादै थोरै व्यक्तिहरुको स्वामित्व कायम हुन पुग्दछ। उदाहरणका लागि राष्ट्रको कुल सम्पत्ति मध्ये ९० प्रतिशत सम्पत्ति माथि केवल केवल १०  प्रतिशत जनताको स्वामित्व हुन पुग्दछ र बाँकी रहेको १० प्रतिशत राष्ट्रिय सम्पत्ति माथि मात्र बाँकी सामान्य जनताको स्वामित्व हुन्छ। राष्ट्रिय आय वितरणमा भएको यो असामान्य असन्तुलनले गर्दा धनीहरु झन झन धनी हुँदै जान्छन भने गरिबहरु झन झन गरिब। गरिबहरुको जिवन यापन कष्टकर हुँदै जान्छ। गरिब परिबारहरुको दैनिक आम्दानी दैनिक खर्च भन्दा  कम भएर उनीहरु ऋणमा डुब्ने स्थिति उत्पन्न हुन्छ। यस्तो स्थिति विकासशील राष्ट्रहरुमा मात्र होइन धनी राष्ट्रहरुमा पनि आउन सक्छ यदि राष्ट्रिय आयको वितरण दीर्घकालसम्म यसै गरी असन्तुलित रहि नै रह्यो भने। अहिले भने राष्ट्रिय आयको असन्तुलित वितरणले गर्दा विकासशील राष्ट्रहरु मात्र होइन विकसित राष्ट्रहरुमा समेत निम्न मध्य वर्गिय र निम्न वर्गियहरुको जिवन यापन लागत महँगो हुँदै गइ रहेको छ एकतिर भने अर्कोतिर उनीहरुले पाएको रोजगारी समेत कुन बेला गुमाउनु पर्ने हो, कुनै निश्चितता छैन। जिवन यापन लागतमा वृद्धि र बढदो बेरोजगारी समस्याले गर्दा नै विकसित राष्ट्रहरुका जनताहरु समेत सडकमा आएर प्रदर्शन गर्न बाध्य भएका छन।
खास गरी ठूला ठूला बैक, वितीय संस्थाहरुको विरोधमा संसार भरि नै भइ रहेको यस किसिमको प्रदर्शनलाई पूँजीवादको असफलताको रुपमा नहेर्नेहरुको जमात पनि ठूलै छ। यस किसिमको प्रदर्शन पूँजीवादको असफलताको परिणामस्वरुप आएको होइन भन्नेहरुको तर्क के छ भने पूँजीवादले राष्ट्रिय आय वितरणलाई असन्तुलित बनाउने नभइ सरकारको नीति तथा नियमहरुले राष्ट्रिय आय वितरणलाई असन्तुलित बनाउने गर्दछन। नीति नियमहरु गरिबहरुको पक्षमा बनाउने कार्य सरकारको हो त्यसकारण देशका सरकारहरुले प्रभावकारी वितीय एवं मौद्रिक नियमहरु निर्माण गरेर गरिबहरुको जिवन यापन सरल तुल्याउने कार्य गर्नु पर्दछ। पूँजीवादका पक्षधरहरुको विचारमा पूँजीले उत्पादनका बाँकी साधनहरु- संगठन, श्रम र भूमीको उत्पादकत्वमा व्यापक वृद्धि ल्याउने गर्दछ। पूँजीवादले उद्यमीहरुका लागि अनुकूल व्यापारिक  वातावरण सृजना गरि दिन्छ र वातावरण त्यस किसिमको अनुकूल भएको कारणले गर्दा नै उद्यमीहरु आफ्नो रचनात्मक सोँचहरुको प्रयोग गरेर बढी मुनाफा गर्न वा ठूलो पूँजी निर्माण गर्न सक्षम हुन्छन। पूँजीवादले राष्ट्रको आर्थिक विकासको गतिलाई तिब्र पार्दछ। त्यस कारण अहिलेको यो स्थित- खास गरी ठूला ठूला बैंक एवं वितीय संस्थाहरुको बिरोधमा भइ रहेको विश्वव्यापी प्रदर्शन पूँजीवादको असफलताको परिणामको रुपमा देखा परेको होइन।
विश्वव्यापी रुपमा भइरहेको यस्तो प्रदर्शनको मुल कारण खोज्ने काम जारी नै रहँदा वाल स्ट्रिट घेराउ आन्दोलन भने विस्तार हुँदै छ। चालु अक्टुबर महिनाको तेस्रो हप्ताको मध्यतिर आइ सक्दा वाल स्ट्रिट घेराउ (Occupy Wall Street)  आन्दोलन शुरु भएको एक महिना भन्दा बढी भएको छ। न्युयोर्क स्थित वाल स्ट्रिटको जुकोटी पार्क (Zuccotti Park)  बाट शुरु भएको प्रदर्शनको प्रभाव विश्व भरि परेको छ र संसारका ठूला ठूला सहरहरु –  सिडनी, मेलबोर्न, टोकियो, जकार्ता, टोरन्टो, लन्डन, रोममा लगाएत अन्य विभिन्न शहरहरुमा बढ्दो गरिबी, सरकारद्वारा सार्वजनिक खर्चमा कट्टौति, संस्थागत शक्ति (Corporate power),  संस्थागत लोभ (Corporate greed) को बिरुद्धमा प्रदर्शनहरु भएका छन। विश्वका अन्य शहरहरुमा विरोध प्रदर्शन शान्तिपूर्ण भएता पनि रोममा भने प्रदर्शनका क्रममा केही तोडफोड र हिंसक घटनाहरु समेत पनि भएको समाचारहरुमा उल्लेख गरिएको छ। जर्मनीमा प्रहरीले निषेधित क्षेत्र तर्फ बढ्ने केही प्रदर्शनकारीहरुलाई रोक्न उनीहरु माथि खोर्सानी मिस्रित फोहारा प्रयोग गरेका पनि समाचारमा उल्लेख छ।
यसरी भइहरेको जन प्रदर्शनलाई रोक्न वा प्रदर्शनकारीहरु द्वारा उठाइका समस्याहरुलाई प्रभावकारी किसिमले संबोधन गर्न विभिन्न राष्ट्रका सरकारहरुले के कस्ता आर्थिक नीतिहरु ल्याउने हुन त्यो चाँहि अझै प्रतीक्षाको  विषय हुन पुगेको छ। संसार भरि फैलिन थालेको यस किसिमको प्रदर्शनले विश्व भरि लाखौ लाख जनताको समर्थन पाउने क्रम भने बढ्दो छ। यो तथ्यलाई दृष्टिगत गर्दै के प्रष्ट हुन आउँछ भने सूचना प्रविधि, अध्ययन एवं अनुसन्धान, यातायात, वितीय बजार आदिमा भएको अभूतपूर्व किसिमको विकासले राष्ट्रिय एवं अन्तरार्ष्ट्रिय व्यापारलाई सरल तुल्याई ठूला ठूला उद्योगपति एवं ब्यापारीहरुलाई धनी हुन जति सजिलो तुल्याइ दिएको छ त्यही मात्रामा धनी र गरिबहरु बीचको दूरीलाई झनै बढाएको छ। यस परिप्रेक्ष्यमा, गरिब र धनीहरुको बीचको बढदो दूरीलाई कम पार्न र गरिबहरुको जिवनलाई आर्थिक रुपमा थप कष्टकर हुनबाट जोगाउन विश्वका सरकारहरुले ठोस एवं प्रभावकारी आर्थिक नीतिहरु ल्याउन आवस्यक छ। यो समस्या विश्वको कुनै एउटा सरकारको मात्र नभएर सबै सरकारहरुको साझा समस्या हनु पुगेकोले सबै सरकारहरु मिलेर यो साझा समस्याको समाधान खोज्नु वर्तमान समयको माग भएको छ।
खास गरी सूचना र प्रविधिको विकासले धनी र गरिबहरु बीचको दूरी बढाउनमा महत्वपूर्ण भूमिका खेलेको छ। सूचना र प्रविधिको अभूतपूर्व विकासले गर्दा विकासशील राष्टहरुमा धनी र गरिब बीचको दूरी त पहिले देखि नै बढ्ने क्रममा थियो नै तर यो समस्या अब भने विकसित मुलुकहरुमा पनि गंभिर संकटको रुपमा देखा पर्न थालेको छ। विश्वव्यापी रुपमा गरिबी र धनीहरु बीचको बढ्दो दूरीलाई पूँजीवादसँग जोड्नु भन्दा विश्वका सरकारहरुको आर्थिक नीति नियमहरु सँग जोड्नु उपयुक्त देखिन्छ। विश्वमा बढ्दो स्थितिमा रहेको गरिबी र बेरोजगारी कम पार्न नया नया आर्थिक नियमहरुको निर्माण गर्न विश्वका सरकारहरुले अब ढिलो गर्नु भने हुँदैन।

विश्वराज अधिकारी
http://www.prateekdaily.com/2011/10/blog-post_261.html


published in prateekdaily.com on Friday, October 21, 2011
  

Thursday, October 20, 2011

Competitive Advantage-7-Poverty and Economics


 प्रतिस्पर्धात्मक लाभ

वर्तमान प्रतिस्पर्धात्मक व्यापारिक युगमा व्यापार गर्ने परम्परागत पद्धतिले व्यापारमा सफलता प्राप्त गर्न गार्हो हुने मात्र होइन संगठनको अस्तित्व जोगाउन समेत कठिन हुने स्थिति सृजना भएको छ। कुशल श्रमको प्रगोग र पूँजीको मात्रमा व्यापक वृद्धि गरी ठूलो परिणामा उत्पादन गरेर बढी मुनाफा आर्जन गर्न सकिने स्थिति छैन अब। त्यसकारण अहिलेको युग भनेको पूँजीको युग होइन ज्ञानको युग हो। बढी मुनाफा गर्न धनी राष्ट्रहरुमा व्यापारीहरुले अहिले पूँजीमा होइन ज्ञानमा जोड दिइरहेका छन।
ज्ञानद्वारा नै प्रतिस्पर्धात्मक लाभ (Competitive advantage) प्राप्त गर्न सकिन्छ। र प्रतिस्पर्धात्मक लाभलाई आज भोलि व्यवसायिक सफलताको साँचो मान्न थालिएको छ। प्रतिस्पर्धात्मक लाभ भनेको व्यवसायीमा रहेको त्यस्तो खास किसिकमको ज्ञान वा अवस्था हो जसको प्रयोग गरेर उसले बजारमा रहेको आफ्नो प्रतिस्पर्धीलाई जित्न सक्छ।
माइकल पोर्टरले मुख्य रुपमा दुई कुराहरुलाई प्रतिस्पर्धात्मक लाभको रुपमा मानेका छन। ती दुई कुराहरु हुन –() लागत लाभ ( Cost advantage () भिन्नता लाभ (Differentiation advantage).
प्रतिस्पर्धीले विक्री गरिरहेको जस्तै वस्तु वा सेवा उभन्दा कम मूल्यमा बिक्री गर्न सक्नु लागत लाभ प्राप्त गर्नु हो। यसै गरी आफ्नो वस्तुलाई प्रतिस्पर्धीको वस्तुभन्दा फरक र खास किसिमको तुल्याउनु भिन्नता लाभ प्राप्त गर्नु हो। प्रतिस्पर्धात्मक लाभद्वारा ग्राहकहरुलाई प्रतिस्पर्धीले भन्दा खास किसिमको लाभ प्रदान गरेर सन्तुष्ट पार्न सकिन्छ भने मुनाफा पनि बढी आर्जन गर्न सकिन्छ।
प्रतिस्पर्धात्मक लाभद्वारा व्यवसायीले आफ्नो वस्तु वा सेवालाई प्रतिस्पर्धीको भन्दा खास किसिमको विशेषताहरुले युक्त तुल्याउन सक्छ भने उसको प्रतिस्पर्धात्मक क्षमतालाई प्रतिस्पर्धीहरुले सजिलै नक्कल गर्न सक्तैनन्। केही अवस्थाहरुमा त नक्कल गर्नु सम्भव पनि हँदैन।
संक्षेपमा भन्ने हो भने प्रतिस्पर्धात्मक लाभ प्राप्त गर्न सक्ने क्षमता हुनु भनेको त्यस्तो सिप, ज्ञान, स्थिति वा विशेषताहरुले युक्त हुनु हो जुन प्रतिस्पर्धीहरुमा हुँदैन। प्रतिस्पर्धीहरुले ठूलो प्रयत्न गरेर पनि ती तत्वहरुको आफूमा विकास वा नक्कल गर्न गार्हो हुन्छ।
नेपालको सन्दर्भमा भन्ने हो भने व्यवसायीहरुले प्रतिस्तपर्धात्मक लाभ प्राप्त गर्न सक्ने धेरे अवसर र स्थितिहरु छन्। हिमाल, पहाड र तराईमा जता ततै छन्। उदाहरणका लागि प्रतिस्पर्धात्मक लाभ प्राप्त गर्न सकिने क्षेत्रको रुपमा, तराईमा र खास गरि बीरगंजमा ,भोजपुरी फिल्महरुको निर्माणलाई लिन सकिन्छ। बीरगंजलाई केन्द्र मानेर यहाँ भोजपुरी फिल्महरुको निर्माण हुने हो भने यस क्षेत्रमा निर्माण भएका भोजपुरी फिल्महरुले राष्ट्रिय बजार मात्र होइन वैदेशिक बजारमा समेत आफ्नो राम्रो पहुँच जमाउन सक्ने स्थिति देखा पर्दैछ। र त्यस्तो स्थिति देखा पर्नुको मुख्य कारण यस क्षेत्रमा निर्माण हुने फिल्महरुले प्रतिस्पर्धात्मक लाभ पाउन सक्ने अवसर रहनु हो। यस क्षेत्रमा निर्माण हुने फिल्मका निर्माता र सम्वद्ध पक्षहरुले लागत र वस्तु भिन्नता (Product differentiation)  दुवै किसिमको प्रतिस्पर्धात्मक लाभ पाउने सक्ने स्थिति देखिएको छ। यस क्षेत्रमा निर्माण हुने फिल्महरु अन्य क्षेत्रहरुको भन्दा कम लागतमा निर्माण हुन सक्छन। कम लागतमा निर्माण भएकोले कारणले गर्दा राष्ट्रिय एवं अन्तरार्ष्ट्रिय बजारमा ती फिल्महरुलाई सजिलै बिक्री – बितरण गर्न सकिन्छ। यसै गरी यस क्षेत्रमा निर्माण भएका फिल्महरुले नेपालका विभिन्न बजार (काठमाडौ, नेपालगंज, जनकपुर, बिराटनगर) हरुका साथै बिहार, यूपी लगाएत भारतका अन्य शहरहरुमा पनि राम्रो ठाउँ पाउन सक्छन। नेपालको तराई क्षेत्रको परिवेश, जिवनशैली, सामाजिक समस्या, अनुभूतिका पद्धतिहरु विहार र यूपीसँग मिल्ने हुनाले ती क्षेत्रहरुमा भोजपुरी फिल्महरुको राम्रो माग हुन सक्छ। भोजपुरी भाषाका फिल्महरु मैथिली, अबधि, हिन्दी भाषीहरुले बुझ्न सक्छन पनि र केही भागहरुमा नबुझ्ने स्थिति आएमा हिन्दीमा नै डब गरेर प्रदर्शन गर्न सकिन्छ। यसरी भोजपुरी फिल्मलाई धेरै भाषा भाषीहरुले ( परिवेश आदिमा समानता भएको कारणले) मन पराउनुलाई यस क्षेत्रसँग सम्वद्ध व्यवसायीहरुको प्रतिस्पर्धात्मक लाभको रुपमा लिन सकिन्छ।
नेपालको तराई क्षेत्रको आफ्नै किसिमका मौलिक विशेषताहरु छन। सामाजिक जिवन, भौगोलिक अवस्थिति, जिवन पद्धति, विश्वास, अनुभूति, पर्मपरा, मूल्य मान्यता, चलन आदिमा तराईले परापूर्वकालदेखि विशिष्ट पहिचान बनाउँदै आएको छ। तराईको भाषा, संस्कृति आदिलाई (गरिबी बाहेक) आधार मानेर तुलना गर्ने हो भने कुनै पनि विकसित मुलुकको दाँजोमा तराई स्थान कम देखिदैन। तराईका मौलिक विशेषतहरुलाई समावेस गरेर निर्माण गरिएको फिल्ममा फिल्म निर्माणसँग सम्वद्ध व्यसवायीहरुले वस्तु भिन्नता ( product differentiation)  द्वारा प्रतिस्पर्धात्मक लाभ प्राप्त गर्न सक्छन। त्यस किसिमको प्रतिस्पर्धात्मक लाभ कसरी प्राप्त हुन्छ भने नेपालको तराई क्षेत्रको मौलिकताको उपयोग फिल्ममा केवल यस क्षेत्रका व्यक्तिहरुले राम्रो गरी गर्न सक्छन किनभने उनीहरुले यस क्षेत्रको विशेषता (भौगोलिक सुन्दरता, परिवेश, सामाजिक जिवन आदि) हरुको राम्रो उपयोग गर्न सक्छन। र यस्ता विशेषताहरु केवल नेपालको तराई क्षेत्रमा मात्र पाइन्छ पनि। त्यस कारण यी विशेषतहरुको समूहलाई वस्तु भिन्नताद्वारा प्राप्त गर्न सकिने प्रतिस्पर्धात्म लाभको रुपमा लिन सकिन्छ।
बीरगंजलाई केन्द्र बनाएर तराईमा भोजपुरी फिल्महरुको निर्माण हुने हो भने त्यस क्षेत्रमा एक अति नै फाइदाजनक उद्योग, फिल्म निर्माण उद्योग, को विकास एकतिर हुन्छ भने अर्कोतिर हजारौको संख्यामा रोजगारीका नयाँ नयाँ अवसरहरु सृजना हुन सक्छन। यस किसिमको सेवा उद्योको विकास एवं विस्तार गरेर तराईमा रहेको कृषी क्षेत्रमाथिको अति निर्भरतालाई कम पार्न सकिन्छ। तराईको भौगोलिक अवस्थिति, जनघनत्व, बढदो शहरीकरण आदिलाई दृष्टिगत गर्दा यहाँको खेतियोग्य जमिनको रक्षा गर्न र जमिनको उत्यादन एवं उत्पादकत्व दुवैमा वृद्धि गर्न यस क्षेत्रमा सेवा उद्योगहरु स्थापनामा बढी जोड दिनु आवस्यक छ पनि। अर्कोतिर, परम्परागत कृषि पद्धति  उत्पादक (कृषक) र श्रकिम दुवै पक्षका लागि खासै लाभदायक हुन सकेको छैन। श्रमिकहरुको लागि त केवल जिवन निर्वाह गर्ने स्थिति मात्र दिएको छ कृषि क्षेत्रले, त्यो पनि गार्हो गरी। जमीनका स्वामीहरुको संख्या पनि ज्यादै नै भएकोले जमिन खण्डीकरणको समस्या पनि उत्तिकै छ र यो समस्याले गर्दा जमिनको उत्पादकत्व र उत्पादन क्षमतामा उलेख्य वृद्धि गर्न सकिएको छैन। कुनै एक व्यक्तिले धेरै व्यक्तिहरुको जमिन भाडा  (Lease)मा लिएर खेति गर्ने चलनको थालनी नेपालमा अझै भइसकेको छैन। यस्तो परिप्रेक्ष्यमा, तराई क्षेत्रमा सेवा उद्योगको विस्तार हुनु आवस्यक नै छ पनि।
भारतको आर्थिक वृद्धि दर अहिले पहिले भन्दा निकै राम्रो मात्र होइन विश्व अर्थ व्यवस्थामा यसको भूमिका महत्वपूर्ण मान्न थालिएको छ। विहारको आर्थिक वृद्धि दरले त झन सबैलाई चकित पारेको छ। यहाँ भारतको आर्थिक विकासको प्रसंग किन उल्लेख गर्न खोजिएको हो भने आम भारतीयहरुको बढदो क्रय शक्ति र खास गरी बिहार र यूपीका जनताहरुको बढदो आर्थिक सम्मपन्नताले नेपालका भोजपुरी फिल्महरुका लागि आफ्नो क्षेत्रमा राम्रो बजार उपलब्ध गराउन सक्छ। भारत जस्तो ठूलो बजारको हामीले उपयोग गर्न सक्छौ पनि। वर्तमानको विश्व अर्थ व्यवस्था (एक देशको व्यापारीक सम्बन्ध अनेक देशसँग हुनै पर्ने बाध्यात्मक स्थिति) लाई मध्य नजर गर्दै हामीले अनेक राष्ट्रको बजारहरुलाई त्यहाँ उपलब्ध हुने औसरहरुको आधारमा तिनको उपयोग गर्न आवश्यक छ पनि। अमेरिका र भारत बीच साँस्कृतिक रुपमा निकै भिन्नता भए पनि बजारको राम्रो अवसर देखेर अमेरिका जस्तो सम्मपन्न राष्ट्रले भारतमा आफ्नो बजारको विस्तार गर्ने पर्याप्त अवसरहरु देखिरहेको परिप्रेक्ष्यमा भारतसँग निकै साँस्कृतिक समानता राख्ने नेपाले भारतका बजारहरुको कुसलता पूर्वक उपयोग गरेर राम्रो आय आर्जन गर्न सक्छ र गरिबी कम पार्न सक्छ पनि। भारतिय सीमवर्ति बजारहरु  नेपालको तराई क्षेत्रको गरिबी कम पार्नमा महत्वपूर्ण साबित हुन सक्छन पनि यदि तिनीहरुको राम्रो उपयोग गर्न सकियो भने।


विश्वराज अधिकारी

Wednesday, October 19, 2011

Story 14 - Egypt Tateko Athar Din


इजिप्ट तातेको अठार दिन

म बिदा मनाउन कायरो पुगेको थिएँ सन् २०११ को जनवरी २५ मा। यस्तो बेलामा पुगियो, के भन्नु सारा इजिप्ट तात्न थालेको थियो राष्ट्रपति होस्नी मुबारकको शासनकालबाट क्रुद्ध भएर। बिरोधको केन्द्र बिन्दु बनेको थियो काइरो शहरको तहरिर स्क्वाएर, जहाँ लाखौको संख्यामा प्रदर्शनकारीहरु जम्मा हुने क्रम शुरु भएको थियो, होस्नी मुबारकको बिरोध गर्दै, उनको राजिनामाको माग गर्दै। म तहरिर स्क्याएरबाट केही पर रहेको एउटा अपार्टमेन्टमा थुनिएको थिए। त्यो अपार्टमेन्टमा बस्ने व्यवस्था मेरा एक काइरो निवासी मित्रले मिलाई दिएका थिए, खासमा म उनैको निमन्त्रणमा त्यहाँ पुगेको थिएँ। एउटा समस्या माथि अर्को समस्या थपिएको थियो, र त्यो थपिएको समस्या थियो, म पुगेको दिन देखि केही दिनसम्म मात्र मेरा ती मित्रसँग सम्पर्क भई रह्यो। तर फ्रेब्रुअरीको १ तारिखदेखि भने उनीसँग मेरो सम्पर्क पूर्ण रुमपमा टुट्यो।
एक पटक मात्र मेरा ती मित्रसँग कुराकानी भएको थियो त्यस पछि उनीसंग सम्पर्क हुन सकेको थिएन। फोनमा समेत पनि। काइरोमा बिरोधको थालनी  २०११, जनवरी २५ देखिनै शुरु भइसकेको थियो। तर विस्तारै साम्य होला भन्ने आशमा म त्यता लागेको थिएँ। के साम्य हुनु उल्टो चर्किदो थियो। बैंक पसलहरु अथवा भनौ बजार लगभग बन्दै जस्तो नै थियो। केवल जता हेर्यौ उता मान्छेको भिड, बिरोध प्रदर्शन। करिब तिस वर्षदेखि सत्तमा बसेका मुबारकलाई सत्ता जोगाउन हम्मे हम्मे परिरहेको थियो। म बसेको भवनको छेउमा बस्ने एक व्यक्ति जो इजिप्सियन नै थिए, उनले नै मलाई सुनाउँथे के के भइरहेको छ भनेर। उनले आफ्नो नाम साइद भनेका थिए। अंग्रेजी गार्हो गरी बोलेता पनि वर्तमानको समय र उनले भनेका कुराहरुलाई जोड्दा के भन्न खोजेका हुन थाहा हुन्थ्यो। उनीले नै मलाई सतर्क गराएका थिए, बाहिर सडकतिर ननिस्किनु भनेर। उनले घरको बाहिर समेत ननिस्किनु भनेका थिए, त्यै पनि म कुनै बेला कोठा बाहिर आएर कुनै बेला घर बाहिर आएर हेर्थ्ये, सडकमा भइरहेको गतिविधिहरु। साइद भने बेला बेलामा तहरिर स्क्वाएर पुग्थ्ये। फर्के पछि उत्साहित हुँदै सुनाउँथे। एक दिन उनीले दंग पर्दै भनेका थिए ‘आज करिब १० लाख जति मानिसले भागलिए बिरोध प्रदर्शनमा। खाडी राष्ट्रहरुको आधुनिक इतिहासमा यो पहिलो ठूलो प्रदर्शन हो। ताहरिर स्क्याएरमा पनि २ लाख भन्दा बढि मान्छे जम्मा भएका थिए, मुबारक-शासनको बिरोध गर्न। सेनाले बल प्रयोग नगर्ने प्रतिबद्धता व्यक्त गरेको छ।’
साइदले नै भनेर मैले थाहा पाएको थिएँ- देश भरि फैलिएको बिरोधमा तिन सयभन्दा बढी व्यक्तिहरुको ज्यान गइसकेको छ। तैपनि प्रदर्शनकारीहरु पछि हटेका छैनन्। मुबारकको सांकेतिक शव-बाकस बोकेर   प्रदर्शन गरेका छन्। महिलाहरु पनि  पुरुषहरुसंग हातमा हात समातेर उभिएको देखिन्छन रे त्यो विसाल प्रदर्शनमा। साइद कुराबाट प्रष्ट गरी थाहा हुन्थ्यो उनी मुबारक-शासनको बिरोधी हुन भनेर।
एक दिन मैले सडकमा उट र घोडाहरु दौडेको देखेको थिएँ, म बसेको भवनबाट सडकतिर हेर्दा। साइदलाई भेट भए पछि मैले सोधें किन त्यसरी सडकमा उट र घोडाहरु दौडेको भनेर। ती उट र घोडहरु त प्रदर्शनकारीहरुलाई कुट्न, घाइते पार्न प्रगोग गरिएको रहेछ। उट र घोडामा चढेर सरकारद्वारा पठाइएका व्यक्तिहरुले प्रदर्शनकारीहरुमाथि तरबार र लठ्ठी बर्साएका थिए। प्रदर्शनकारीहरु माथि गरिएको त्यस किसिमको आक्रमणमा परेर १५०० भन्दा बढी व्यक्तिहरु घाइते भए जस मध्ये केही अवस्था चिन्ताजनक थियो। यी सबै कुराहरु मैले साइदले भनेर थाहा पाएको थिएँ।
साइद पेसाले एक टेक्सी ड्राइभर थिए। उमेरले ८० वर्ष पुगिसकेका मुबारकको एकलौटी शासनको अन्त्य गरी देशमा प्रजातन्त्र ल्याउन साइद निकै उत्साहि देखिन्थ्ये। एक दिन साइदले मलाई भनेका थिए ‘ ३० वर्ष सम्म इजिप्टको राज्य सत्ता हाथमा लिएर पनि मुबारक थाकेका छैन सक्ताबाट। सत्ताको मोह ज्यादै हुँदो रहेछ, नेताहरुमा। तर उनको शासनकालमा इजिप्टमा गरिबी र भष्टाचार बढ्नु बाहेक केही पनि हुन सकेको छैन। हामी जस्ता गरिबहरु झन झन गरिब हुँदै गएका छन। हामी जस्ता गरिबलाई बाँच्न झनै कठिन भएको छ’।
 साइदले मलाई सुनाएका थिए राष्ट्रपति मुबारकले सत्ता छोड्ने कुनै संकेत दिएका छैनन् भनेर। मुबारक देश छाडेर जाँदैछन भन्ने हल्ला पनि उनैले सुनाएका थिए। फेरि उनैले सुनाएका थिए मुबारकले इजिप्ट छाडेर नजाने, आफ्नै माटोमा मर्ने इच्छा व्यक्त गरेका छन रे।
सइदले जहिले पनि मलाई तहरिर स्क्याएर तिर नजान सचेत गराउँथे। मलाई पत्रकार वा अन्य त्यस्तै कुनै विदेशी तर पदर्शनकारीहरुलाई सघाउने भन्दै मुबारक समर्थकहरुले सडकमा लछार पछार गरेर निर्घात कुटलान, होस गर्नु है भन्थ्ये। पत्रकारहरुलाई सरकार समर्थकहरुले निर्घात कुटेका पनि थिए रे।
मुबारक युगको समाप्ति पछि इजिप्टको विकास हुने र उनी जस्ता गरिबलाई पनि बाँच्न सजिलो वातावरण श्रृजना हुनेमा साइद ढुक्क थिए। त्येही आशाले घरि घरि तहरिर स्क्वाएरमा पुर्याउँथ्यो साइदलाई।
साइद इजिप्ट बाहिर कतै गएको, संसार र राजनीतिलाई बुझेका झै प्रतीत हुन्थेन्न उनको कुरा गराईबाट। उनलाइ यति मात्र विश्वास थियो कि इजिप्टमा परिवर्तन भएर होस्नी मुबारकको ठाँउमा अर्को कुनै व्यक्ति आएमा देशको आर्थिक प्रगति हुने छ र उनी जस्तो गरिबले अहिलेको जस्तो कष्टकर जिवन विताउन बाध्य हुने पर्ने छैन। उनलाई लाग्थ्यो समस्याको जड भनेको होस्नी मुबारक मात्र हुन। राजनीतिको धागो ज्यादै अल्झेको हुन्छ भन्ने कुरा उनलाई थाहा भए जस्तो लाग्थ्येन उनको सरल किसिमको कुरा गराईबाट।
परिवर्तन प्रतिको साइदको चाहना देखेर मलाई भने आफ्ने देशको र २०४६ सालको जन आन्दोलनको स्मरण हुन्थ्यो। जसरी साइदले देशमा मुबारक युगको समाप्ति पछि इजिप्टमा विकासको लहर दौडेर गरिबीको अन्त्य सदाका लागि हुने ठानेका थिए त्यसै गरी नै आम नेपालीले ३० वर्षे लामो निरंकुस पंचायत शासनको अन्त्य भइ नेपालमा गरिबी समाप्त हुने र खुसहाली छाउने विश्वाश गरेका थिए ४६।४७ सालको जन आन्दोलनमा। तर त्यस्तो भएन, नेपाल झन गरिबीको दल दलमा फस्यो।  ४६ सालको जन आन्दोलान पछि नेताहरुमा सत्ता केन्द्रित व्यवहार देखियो। देश र जनताको विकास गर्न कार्यलाई बिर्सेर मन्त्री र प्रधान मन्त्री बन्ने दौडमा लागे, उनीहरु। राजनैतिक दलहरु बिच सत्ताका लागि संधै जसो कलह र संघर्ष हुन थाल्यो। सरकार कहिले स्थिर हुन सकेन। बन्द र हडताल चुलियो। भष्टाचारमा कुनै नियन्त्रण हुन सकेन। देशका विभिन्न शहरहरुमा वस्तु उत्पादन गर्न उद्योग स्थापना हुनुको साटो मान्छे अपहरण गरेर मोटो रकम फिरौति लिने उद्योगहरु स्थापना भए। जबर जस्ति चन्दा असुल्ने र नदिनेलाई मार्ने जस्ता कार्यले व्यापकता पायो। आपराधिक गिरोहहरुले राजनीतिको रामनामी चादर ओढेर हिँसा मचाउन छुट पाए। देशमा बढेको बेरोजगारीले, खास गरी नेपाली युवाहरुलाई, यति बढी हतोत्साहि तुल्यायो  निरास मनोविज्ञान र उदेक लाग्दो गरिबीबाट छुटकारा पाउन कष्टकर र जोखिमयुक्त भए पनि लाखौको संख्यामा नेपालीहरु विदेशतिर हान्निए, जागिर पाउने आशामा। रोजगारीका लागि विदेश पुगेका हजारौ नेपालीहरु मध्ये केहीले त्यहाँका रोजगारदाताहरुको यातना सहन नसकेर आत्म हत्या गरे। कतिपय नेपाली महिलाहरु रोजगारदाताहरुबाट बलात्कृत भए।  सयौको संख्यामा नेपाली चेलीहरु यौन हिंसाको सिकार भएर विक्षिप्त जिवन विताउन बाध्य भए, स्वदेश फिरेर। दुर्घटनामा परेर, काम जोखिमपूर्ण भएर, मौसमको प्रतिकूलता सहन नसकेर, क्षमताभन्दा बढी काम गर्नु परेर पनि हजारौ नेपालीहरुले ज्यान गुमाए विदेशी भूमिमा। र यी सबै ४६।४७ को जन आन्दोलन पछि नै भए। भन्ने हो भने एक किसिमले  नेपाल २०४६।४७ साल पहिलेको स्थिति भन्दा पनि खराब अवस्थामा पुग्यो, सामाजिक र आर्थिक दुबै किसिमले, ४६।४७ को जन आन्दोलन पछि। सामप्रदायिकता, क्षेत्रियता, जतीयताका चर्का चर्का नाराहरु पनि निस्के ४६।४७ को आन्दोलन पछि। देश नै टुक्र्याउने नाराहरु समेत पनि निस्किन बाँकी रहेनन, ४६।४७ को आन्दोलन पछि। जबकी त्यो जन आन्दोलन भएको थियो राजनैतिक, आर्थिक स्वतन्त्रताका लागि। भयो उल्टो, त्यो के भने जनता राजनैतिक दल र नेताहरुको हतियार बन्न पुगे।
र यस्तै इजिप्टमा पनि हुने हो कि भन्ने डर हुन्थ्यो मलाई। मेरो त्यस्तो डरको खास कारण थियो र त्यो खास कारण के थियो भने नेताहरु प्राय: सबै देशमा उस्तै हुन्छन, महत्वाकांक्षी अनि सत्ताको लोभी। खास गरी गरिब राष्ट्रहरुमा त नेताहरुले राजनीतिलाई सक्ति र धन उत्पादन गर्ने उद्योग नै ठान्छन।  देशमा जति बढी अशान्ति मच्चियो त्यति नै बढी मात्राम नया नया शक्तिहरुको जन्म हुन्छ। र ती शक्तिहरुले सामान्य जनताको हितमा काम गर्ने उदघोष गर्छन। जनताको लागि काम गर्ने उदघोष गरेता पनि काम भने केवल आफू र आफ्नो परिवारका लागि गर्छन। जनतालाई केवले माध्यम मात्र बनाउँछन, आफ्नो स्वार्थ पूर्ति गर्ने। गरिब राष्ट्रहरुमा नेताहरुलाई आफ्नो महत्वाकांक्षा पूरा गर्न सजिलो हुन्छ पनि किनभने देशको कानून व्यवस्थामा जनताको होइन नेताहरुको नियन्त्रण हुन्छ। त्यति मात्र हो र, नियम कानूनको निर्माणमा पनि उनीहरुकै हाली मुहाली हुन्छ।
बुधवार, फेब्रुअरी ९, २०११ को कुरा हो साइद निरास मुद्रामा देखा परेका थिए। मतिर हेर्दै उनले भनेका थिए ‘विसाल विरोध प्रदर्शन शुरु भएको आज १६ दिन भइ सक्यो परिवर्तनको कुनै संकेत देखिएको छैन। प्रदर्शनमा भाग लिनेहरु थिकित र भयभित देखिन थालेका छन। बिरोध लामो समयसम्म चलेको हुनाले थकित देखिएका छन। आन्दोलन सफल भएन, सरकार बलियो भएर आयो भने प्रदर्शनकारीहरुलाई  सरकारका मान्छेहरुले खोजी खोजी थुन्ने छन र यातना पनि उत्तिकै दिने छन भनी भयभित भएका छन, प्रदर्शनकारीहरु। प्रदर्शनकारीहरुलाई पछि सरकारले समात्ने भय यस कारणले छ, किनभने सादा पोसाकमा रहेका पुलिसहरुले प्रदर्शनकारीहरुले नथाहा पाउने गरि उनीहरुको फोटो खिचिरहेका छन् पछि गिरफ्तार गर्नका लागि। अहिले काइरोमा निकै अस्त व्यस्तको स्थिति छ। विदेशीहरुले धमाधम इजिप्ट छाड्दैछन र जो बसेका छन उनीहरु पनि ज्यादै भयभित छन, कुन बेला के हुने हो भन्ने पीरले। सरकारले वार्ता गर्ने भनेता पनि प्रदर्शनकारीहरुलाई अलमल्याएर आन्दोलन सिथिल पार्ने रणनीति लिएको छ।‘
सुक्रवार, फेब्रुअरीको १० तारिख कुरा हो, दिउँसो साइद मेरो नजिक हाँस्दै आइपुगे। म घर बाहिर निस्केको थिएँ, बाहिरको दृश्य हेर्नका लागि। उत्साहित हुँदै उनले भने ‘ देशको विभिन्न ठाउँहरुमा हजारौ कामदारहरु काममा गएनन्, हडताले गरे। र यसरी हडताल गर्नेहरुमा रेल र बसका कामदारहरु छन। राज्यका विद्युतका कर्मचारीहरु छन। यसै गरी स्वेज क्यानलका प्राविधिक सेवाका कामदारहरु अनि कपडा, स्टिल र अरु कारखानकाका कामदारहरु पनि छन। कसै कसैले त भन्छन् अस्तपतालका कर्मचारीहरु पनि हडतालमा उत्रेका छन रे। आउने शुक्रवार त ठूलो बिरोध प्रदर्शन हुने भएको छ र अझै धेरै जनाले हडताल गर्ने हल्ला छ।’
‘राष्ट्रपति होस्नी मुबारकका परिवारहरुले थुपै धन जम्मा गरेका छन। लगभग दसौ बिलियन डलर जम्मा पारेका छन, जबकी इजिप्टको करिब आधा जनसंख्या गरिबीको रेखामुनी पर्दछन। प्रदर्शनकारीहरुले नारा लगाए- भन मुबारक, ७० बिलियन डलर कहाँबाट आयो।’
साइदले यो पनि सुनाए कि उपराष्ट्रपति ओमार सुलेइमानले चेताबनी दिंदै भनेका छन नागरिक अवज्ञा गर्न भन्नु समाजका लागि घातक हो र यो हामी हुन दिन्नौ। उनको यो चेताबनीलाई मानिसले इजिप्टमा मार्शल ल लागु हुन सक्ने संकेतको रुपमा लिएका छन। उपराष्ट्रपतिले यो चेतावनी पनि दिएका थिए- मौजुदा स्थिति बिग्रेर गयो भने देशमा कु पनि हुन सक्छ। वार्तामा न आएर बिरोध मात्र गर्ने हो भने देशमा कु हुन सक्ने चेताबनी उपराष्ट्रपतिले दिए पछि प्रदर्शनकारी हरु झनै क्रुद्ध भएका छन र अब झन चर्को नारा लगाउँदैछन – हामीले छाडदैनौ जब सम्म मुबारकले छाडदैनन्।
दिउँसो मसँग भेट भए पछि साइद तहरिर स्क्वाएर पुगेका थिए। तहरिर स्क्याएर पुगेर सांझ फर्के पछि उनले सुनाएका थिए ‘राष्ट्रपति होस्नी मुबारक सार्म अल सेइख स्थित रेड सि रिसोर्टमा छन। सार्म अल सेइख काइरोदेखि २५० माइल पर छ। तर पदर्शनकारीहरु भने तहरिर स्क्याएरमा जम्मा हुंदै छन र राष्ट्रपति भवन र स्टेट टि भि बिल्डिङ्गतिर बढ्दैछन। मुबारकले आफ्ना धेरै अधिकारहरु उपराष्ट्रपति ओमार सुलेइमानलाई दिएको घोषणा गरेका छन तर पछाडि हटने संकेत भने देखाएका छैनन्। सेनाले पहिले प्रदर्शनकारीलाई समर्थन गरेको जस्तो भान पारेका थिए तर त्यस्तो होइन रहेछ, सेनाले आफ्नो समर्थन राष्ट्रपतितिर रहेको देखाएका छन। अहिले तहरिर स्क्वाएरमा करिब दुई लाख पचास हजार प्रदर्शनकारी काँधमा काँधमा मिलाएर मुबारकको बिरोध गरिरहेका छन। यति ठूलो प्रदर्शन इजिप्टको इतिहासमा पहिलो हो, भन्दै छन् धेरै जनाले।
यता मेरो हालत पनि नाजुक बन्दै गइरहेको थियो। कतै निस्कन पाइरहेको थिन। तर म बसेको ठाउँ सुरक्षित भएकोले त्यस्तो डराएर भाग्नु पर्न स्थिति थिएन। म रोकिएर बसेको थिए काइरोमा र यो आशमा थिएँ कि सरकार र प्रदर्शनकारीहरुको बीचमा सम्झौता भएर प्रदर्शन शान्त होला अनि म इजिप्टका बिभिन्न ठाउँहरु घुम्न जान पाउँला। तर इजिप्टको जनताले शुरु गरेका आन्दोलनले १८ दिन पार गर्दा पनि राष्ट्रपति मुबारकले प्रदर्शनकारीको कुरा सुनेको जस्तो देखिन्थ्येन।
२०११, फेब्रुअरी ११ तारिख, शुक्रवार राति, यस्तै नौ वा दस बजेको हुनु पर्दछ, साइद मेरो कोठा अगाडि उभिएर कराए मिस्टर सुधिर। म हत्तारिँदै बाहिर निसक्ये। म बाहिर निस्किनासाथ उनले मसंग हात मिलाउँदै भने ‘मुबारक- युग समाप्त भएको छ। इजिप्ट अब स्वन्त्र भएको छ।’ मैले साइदलाई सोधे- कुनै नया घोषणा भयो? उनले भने ‘हो, भयो उपराष्ट्रपति ओमार सुलइमानले टि भिमा आज भने- राष्ट्रपति मुबारकले आफ्नो अधिकार सेनालाई सुम्पेका छन र आफ्नो पदबाट राजिनामा गरेका छन। बिरोधको केन्द्र (epicenter) बनेको तहरिर स्क्वाएरमा अहिले धुमधामसँग खुसियाली मनाइदैछ। हामीले सत्तालाइ झुक्न बाध्य पारेऔ, हामीले सत्तालाई झुक्न बाध्य पारेऔ भनि तहरिर स्क्वाएरमा मनिसहरु नारा लगाई रहेका छन। अभूतपूर्व खुसियाली छाएको छ त्यहाँ। मानिसहरु सडकमा उफ्रिंदै छन् खुसीले। इजिप्टको सेनाले सत्ता आफ्नो हातमा लिएको छ र सत्ता कसरी हस्तान्तरण गर्ने बारे बताउने भनेको छ। इजिप्टका उपराष्ट्रपतिले यसरी घोषणा गरेका थिए "In these grave circumstances that the country is passing through, President Hosni Mubarak has decided to leave his position as president of the republic,"
(Suleiman said. "He has mandated the Armed Forces Supreme Council to run the state. God is our protector and succor.")
‘मानिसहरु भन्दै छन्- यो इजिप्टको इतिहासमा सबैभन्दा ठूलो दिन हो र यस्तो फेरि दोहरिने छैन। यो देशको फेरि जन्म भएको छ। यहाँका जनताहरुको पनि फेरि जन्म भएको छ र यो इजिप्ट नयाँ इजिप्ट हो।’
साइद निकै प्रफुल्ल देखिन्थ्ये। उनले मेरो हात समातेर भने ‘जाउँ, तरहरिर स्क्वाएरमा खुसियाली मनाउन।’ म साइदको पछि पछि लाग्दै हिँडे, तहरिर स्क्याएरतिर।
१८ दिन सम्म चलेर समाप्त भएको थियो जनताको बिरोधको आँधी । त्यो बिरोधको आंधीले मुबारकलाई जनताको मनबाट निकै टाढा पुर्याएको थियो। तानाशाहहरुले ढिलै गरि भएता पनि तर सत्ता छाड्नै पर्छ एक दिन भन्ने उदाहरण देखाएको थियो इजिप्टको जन आन्दोलनले। 

विश्वराज अधिकारी

published in meroreport.net on Friday, October 14, 2011