Sunday, February 26, 2012

The Perception-Fiction of the week-26

The Perception

Standing at the corner of Ratna Park some boys were saying, “How foolish the person was? He didn’t notice when we picked his pocket up.”
“Stupid.”
“Silly.”
“Seems, he just came from a village.”
“But his dress up seems as if he from a city.”
“Any way, I picked up Rs. 5,000 from his pocket very skillfully.”
“I covered you with my body taking high precaution so that nobody could see you while you were putting your fingers in his pocket. If someone would have seen that you might have been beaten ruthlessly.”
 “My part was also crucial. I had engaged those people who were around.”
“Listen, I cut his pocket. That job requires skill and is risky too. That is why I will take 3 thousand Rupees first then you all divide the rest equally.” 
An old person was standing little far from the boys. He stepped close to them and said “I was hearing your arguments  from the place I was standing. I am not so stupid to allow you to take my wallet from my pocket. The money you stole is my one month’s salary. I could have shouted and told people that you are stealing my money. Even I could have beaten you ruthlessly. But I didn't do so. Do you know why I did so? I was trying to protect you from the severe punishment. If I would have shouted and informed people that you are stealing my money many of them would have  started breaking your hands and legs. My silence was to protect you. My silence is not outcome of foolishness. I am not a stupid person. And, please, you three people take the money equally. The money you have stolen is not five thousand Rupees, it is fifteen thousand. And lastly, don’t tell me stupid. Don’t give the name stupid to my gentleness.”
After listening to the old person the boys ran away in different directions. But they met at the same place after few days. One of them said, “In such a selfish world there are still some people who act foolish to help poor people like us and give something to other making themselves empty.  

Bishwa Raj Adhikari 

Friday, February 24, 2012

Power Greed Threat for Poverty Alleviation-Article-32


सत्ता लिप्सा गरिबी निवारण लागि खतरा

अफ्रिकी र अरब राष्ट्रका जनतामा आएको प्रजातन्त्र र थप स्वतन्त्रताप्रतिको चाहनाले ती क्षेत्रका  नाताशाहहरुलाई विस्तारै सत्ताच्युत गरि रहेको छ। ट्युनिसिया, लिबिया, इजिप्टमा ठूला ठूला परिवर्तनहरु नै भए। केवल सक्तिका लागि मात्र भोका नेताहरुलाई जनता सत्ताको कुर्सीमा लामो समयसम्म हेर्न चाहि रहेका छैनन, अब। लामो समयसम्म सत्तामा बसेर देश र जनताका लागि के गर्यौ, त्यसको हिसाब किताब खोजि रहेका छन जनताले नेताहरु सँग। नेताहरुले सक्तिको उपयोग केवल आफू र आफ्नो परिवारका लागि गरि रहेका छन भन्ने यथार्थबाट अब जनताहरु अनभिज्ञ छैनन। राष्ट्रलाई गरिब पार्नमा नेताहरु जिम्मेबार रहेको कुरा बुझ्न थालेका छन, जनताले। अनेक बहानामा नेताहरुले जनतालाई ठग्ने दिनको समाप्ति अब हुन थालेको संकेत मिल्न थालेको छ अफ्रिक्री र अरब राष्ट्रहरुमा भएका परिवर्तनहरुलाई मध्य नजर गर्दा।  
लिबियाका, तानाशाह, सन्की र लहडीको उपनाम समेत पाएका मुआम्मर गद्दाफी, जसले लिबियाको राज्य सत्ता ४२ वर्षसम्म आफ्नो हातमा लिएर मुलुकमा निरंकुश शासन चलाए, लाई जनताद्वारा संचालित आन्दोलनले सत्ताच्युत मात्र गरेनन् साथै उनको ज्यानै पनि लियो। मनोमानी ढंगले शासन गर्ने गद्दाफीले केवल सत्ता टिकाउने तिर मात्र आफ्नो ध्यान केन्द्रित गरे तर राष्ट र जनताको गरिबी कम पार्नेतिर ध्यान दिएनन।
सिरियामा झन्डै एक वर्षदेखिको संचालित जन आन्दोलनले असाद परिवारको हुकुमी शासनलाई यति कमजोर पारि सकेको छ कि अब केवल ढल्न मात्र बाँकी छ। चार दसकदेखि सिरियाको शासन व्यवस्था केवल असाद परिवारको हातमा मात्र सीमित रहँदै आएको छ।
यसै गरि अर्का तानाशाह, इजिप्टका राष्ट्रपति होस्नी मुबारकले ३० वर्षभन्दा बढी समयसम्म इजिप्टको शासन व्यवस्था केवल आफ्नो हातमा मात्र सीमित राखे। मुबारकले पनि देशमा बिद्यमान गरिबी कम पार्न ध्यान केन्द्रित गर्नु भन्दा आफ्नो शासन कसरी लामो समयसम्म टिकाउन सकिन्छ भन्ने तर्फ मात्र ध्यान केन्द्रित गरे। तर पनि मुबारकमा अरु तानाशाही शासन चलाउन खोज्ने नेताहरु भन्दा केही पृथक देखिए। यिनको बिरोधमा जनताको आबाज बुलन्द हुन थाले पछि शक्ति हस्तान्तरण गरे। मुबारक भने गद्दाफी र असादले जस्तो जनताको आबाजलाई केवल दमनद्वारा नै ठीक पार्छु भन्ने तिर लागेनन।
लगभग इजिप्ट, लिबिया र सिरियामा भएको जस्तै स्थिति देखिएको छ पश्चिमी अफ्रिकी देश सेनेगलमा। हुन त सेनेगल अफ्रिकी मुलुकहरु मध्ये बढी प्रजातान्त्रिक देश मानिन्छ। सेनेगलमा सेनाले सत्ता आफ्नो हातमा लिएको इतिहास पनि छैन। सेनेगलको शासन व्यवस्था अहिले राष्टपति (पहिलो पटक सन् २००० मा निर्वाचित) अब्दुलाइ वादको हातमा छ। राष्टपति वाद पनि अन्य राष्ट्रका ती नेता (शासक) हरु जस्तो देखिन थालेका छन, जसले आफ्नो शासन काल लम्ब्याउन जनताको बिरोधको बेवास्ता र दमन गरे। सत्ताको लागि बढी भोको देखिन थालेका छन, वर्तमान राष्टपति वाद। दुई पटक राष्टपति भइ सकेका ८५ वर्षिय वाद पुन: राष्ट्रपति निर्वाचित हुनका लागि चुनाव लड्दै छन, आगामी आइतबार हुने चुनावमा कस्सिएर भाग लिँदै छन। तर जनता उनको उम्मेदबारीबाट पटक्कै प्रशन्न छैनन। उनको उम्मेदबारीको बिरोधमा राजधानी डकारमा व्यापक प्रदर्शन गरि रहेका छन।
सेनेगल अहिले अशान्त छ। हुन त राष्ट्रपति वादको शासन व्यवस्थाको बिरोध पहिलेदेखि नै हुँदै आइ रहेको छ। यस वर्ष भरिमा उनको बिरोधमा भएका प्रदर्शनहरुमा ६ जनाको ज्यान गइ सकेको छ। गत आइतबार पनि एक जनाको ज्यान गएको छ, उनको बिरोधमा भएको प्रदर्शनमा।
सेनेगलका जनताले राष्ट्रपति वादको उम्मेदवारीको व्यापक बिरोध गरि रहेका छन। राजधानी डकार तनावग्रस्त छ। दंगा नियन्त्रण गर्ने प्रहरीमाथि प्रदर्शनकारीहरुले ढुंगा हानि रहेका छन। सेनेगलको जनतामा व्यापक असन्तोष छ, राष्ट्पतिका वाचालाई लिएर। उनले मुलुकको गरिबी कम पार्न ध्यान केन्द्रित गर्ने छु, स्वास्थ्य र शिक्षाको क्षेत्रमा व्यापक सुधार गर्ने छु भनी चुनावताका जनतासँग वाचा गरेका थिए। र वाचाको आधारमा राम्रो समर्थन पाएका थिए पनि जनताबाट। तर उनले आफ्नो वाचा पुरा गर्ने तर्फ ध्यान दिएनन बरु छोरालाई राजनीतिमा बढी सक्रिए गराउने आधार भूमि तयार पारे आफ्नो यो १२ वर्षे कार्यकालमा। जनताले यस्ता किसिमका आरोपहरु लगाइ रहेका छन उनी माथि। जनतालाई, उमेरले ८५ वर्ष पुगेका वाद राजनीतिमा सक्रिय हुन सक्तैनन भन्ने पनि लागेको छ र यो कुरालाई पनि बिरोधका स्वरहरु मध्ये एउटा बनाएका छन। फ्रान्स लगाएत अन्य राष्ट्रहरुले राष्ट्रपति वादलाई राजनीतिबाट सन्यास लिन दवाब दिइ रहेका छन तर उनले अन्तरार्ष्ट्रिय दबाबतिर कान दिएका छैनन। अहिले संकटको स्थितिमा छ, सेनेगल।
लिबिया, सिरिया, इजिप्ट, सेनेगलमा नेताहरुले सत्ता प्रति देखाएका आशक्ति केवल प्रतिनिधि उदाहरणहरु मात्र हुन नेताहरुको जसरी पनि सत्तामा बस्ने मनोवृतिको। विश्वका अन्य विभिन्न राष्ट्रहरुमा शासक हुन पुगेका त्यस्ता धेरै नेताहरु छन जसले सत्ता छोड्न चाहेका छैनन। अनेक किसिमका दाउपेंचहरु लगाएर सक्तामा पुगेका छन र सक्तामाथिको आफ्नो पकडलाई बलियो बनाएका छन। जनतालाई विभिन्न किसिमका नारा दिएर आफ्नो पक्षमा पारेका छन र जनतालाई गुमराह गरेर सदाकाल सक्तामा बस्ने आफ्नो लोभी इच्छा पुरा गरेका छन, गरि रहेका छन र भविष्यमा पनि गरि नै रहने छन। प्रजातन्त्रको लागि ठूलो खतरा हुन पुगेको छ, अहिलेको यो समयमा, नेताहरुको जसरी पनि सक्तिमा रहि रहने प्रवृति। खास गरि विश्वका गरिब मुलुकहरुमा, कसरी गरिबी कम पार्ने कुरा झन झन चुनौतिपूर्ण हुँदै गइ रहेको छ, नेताहरुको सत्ता लिप्सा प्रवृतिलाई हेर्दा। पहिले राजा, महाराजाहरुले मुलुकको शासन व्यवस्थालाई आफ्नो सम्पत्ति मानेर आफ्ना सन्तानहरुमा हस्तान्तरण गर्दथ्ये, अब नेताहरुले मुलुको शासन व्यवस्थालाई आजिवन उपयोग गर्न र आफ्ना प्रिय पात्र र नातेदारहरुमा हस्तान्तरण गर्न खोजि रहेका छन, पहिलेका राजा महाराजाहरुले झै। यो तथ्य नेपालमा झनै प्रष्ट गरि देखिन थालेको छ।
तर एउटा सुखद पक्ष के पनि देखिन थालेको छ भने अब जनताले नेताहरुको सत्ताप्रतिको मोहलाई बुझ्न थालेका मात्र छैनन् त्यसको व्यापक विरोध पनि गर्न थालेका छन। नेताहरुले जातीयता, क्षेत्रीयता, सामप्रदायिकता, राष्ट्रियता जस्ता संवेदनशील विषय उठाएर जनताको समर्थन प्राप्त गर्ने र त्यो समर्थनको उपयोग आफ्नो स्वार्थको पक्षमा गर्ने खेल अब जनतामा प्रष्ट भएको छ। नेताहरुले सत्ताका लागि गर्ने यस्ता जाल झेललाई प्रष्ट संग बुझ्न थालेका छन, जनताले। अब जनताहरुले त्यस्ता नेताहरुको खोजिमा ध्यान दिन थालेका छन जसले आफ्नो छविलाई सँधै स्वच्छ राखुन, देश र जनताको सेवा गरुन र आफ्नो कार्यकाल पूरा गरे पछि राजनीतिबाट सन्यास लिउन तर राजनीतिलाई व्यापार नबाउन। न त राजनीतिलाई सँधै भरि शक्ति र सत्तामा रहि रहने माध्यम नै।

विश्वराज अधिकारी 

Sunday, February 19, 2012

The Successful Candidate-Fiction of the week-25


The Successful Candidate

The interview which was set to select a marketing manager ended. The chief of the company who was also in the chair of the interview committee said ‘The last candidate whom we interviewed little in depth than others seemed to have the skill and ability we are looking for. He can sell the new product launched by our company very successfully. So we need to select the last candidate. My view about him is appropriate I guess.”
The view expressed by the chair put in a great surprise to the rest of the members of the interview committee. All the members had heard the most of the answers given by the last candidate were gone wrong. One could see the anger in their faces; it showed their unhappiness on the selection.
The chair tried to justify his decision. He said “the answers given by the young man, I meant the last candidate were mostly wrong. I knew that fact very well. The last candidate was giving wrong answers so confidently as if they were correct ones. His strong confidence was making wrong answers look correct. The last candidate could make the wrong seem right. He is a very smart guy. These days the society likes people like the last candidate, and not only that they trust them as well. The second candidate was very knowledgeable and talented too. He gave all the answers correctly and very gently. But the way he gave the answers was making them as if they were wrong. Now a day’s people don’t like that approach and never believe as well. That is why I can say that the last candidate can sell the new product of our company. I have no any doubt and I am fully confident on his ability. He is hundred percent appropriate. But how you all think about him? I meant the last candidate.”
All the members of the committee laughed at a time after listened to the chair’s concluding remarks. The members saw each other’s face meaningfully too. All the members said at a time in a similar tone "Sir, you are correct. Your decision is unanimous and as per time’s need."

Bishwa Raj Adhikari  



Saturday, February 18, 2012

The Curse-Poem (song) of the week-18


श्राप भएँ म 

उज्यालो नभएको दिन म
जुन नभएको रात म
सुन्न नचाहने कसैले
कस्तो भएँ बात म

परिस्थितिको आँधिमा उडेर म
नचाहेर कता कता पुगें म
आफ्नो एउटा थलो नभएको
सुकेको भएँ पात म

यसको लागि त्यहाँ पुगे म
त्यसको लागि कहाँ कहाँ पुगें म
मतलब पुगे पछि तर
छोडिएको भएँ साथ म

ऊ हाँस्दा हाँस्ने म
ऊ रुँदा रुने म
उसको लागि स्वर्ग नै धरतिमा ल्याउँदा पनि तर
नजरमा उसैको भोग्नु पर्ने कस्तो भएँ श्राप म

विश्वराज अधिकारी

Friday, February 17, 2012

Problem in Syria Getting Complicated-Article-31


जटिलाता तिर उन्मुख सिरियाको संकट

सिरियामा जारी रक्तपातपातपूर्ण जन आन्दोलनका विभिन्न कारणहरु मध्ये एक कारण त्यहाँ बढदो गरिबी र बेरोजगारी पनि हो। सिरियाको राजनीतिमा लामो समयसम्म पडक जमाएको असाद परिवारले देशमा आर्थिक विकासको गतिलाई तिब्र पार्दै आफ्नो परिवारमा सीमित रहेको राज्य सक्ति जनतामा हस्तान्तरण गरेको भए राष्ट्रपति बशार अल- असाद बिरुद्धमा अहिलेको जस्तो तिब्र बिरोधको स्थिति उत्पन्न हुने थिएन। प्रजातन्त्रको विकासमा ठोस योगदान पुर्याएको भए त झन जनतामा लोकप्रियता समेत कमाउने थिए, राष्ट्रपतिले। तर भयो उल्टो। पिता (तत्कालिन राष्ट्रपति हाफेज अल-असाद) र छोरा (वर्तमान राष्ट्रपति  बशार अल-असाद)  दुबै सत्तामा बसेको समयलाई जोड्दा ४० वर्ष भन्दा बढी हुन्छ। यो ४० वर्षमा सिरियालाई समपन्न पार्नमा कुनै ठोस आर्थिक नीति तथा कार्यक्रमहरु आएनन। राज्यद्वारा अर्थतन्त्रमा बढी नियन्त्रणका कारण देशमा आर्थिक विकासले गतिले तिब्रता लिन सकेन। जनतामा असन्तोष बढ्दै गयो। र त्यो असन्तोषले रक्तपातपूर्ण आन्दोलनको रुप लियो। ११ महिनादेखि जारी सिरियाली जन आन्दोलनमा ६ देखि ७ हजार व्यक्तिहरुको ज्यान गइ सकेको छ। बितेको यो ११ महिनामा सरकारले आन्दोलनकारीहरुसँग वार्ता गरेर जारी आन्दोलनको समाधान खोज्ने तर्फ चांसो देखाएको छैन बरु उल्टो जन दमनको चक्रलाई झनै तिब्र पारेको छ। बिद्रोहलाई दमनद्वारा नै नियन्त्रण गर्ने निर्णयमा पुगेका राष्ट्रपति बसार अल-असाद र उनको सरकार मध्य मार्ग प्रयोग गर्ने मनस्थितिमा देखिएका छैनन्। आन्दोलन चर्किएर सत्ताबाट बाहिर जानु परे पछि जस्तो स्थिति आई पर्छ त्यसको सामने गर्ने वा आन्दोलनलाई बल पूर्व दबाउने टुङ्गोमा पुगेको देखिन्छ राष्ट्रपति असादको जारी आन्दोनल प्रतिको दृष्टिकोणलाई हेर्दा।
अरब राष्ट्रहरुमा आएको प्रजातन्त्रको लहरले जति छिटो लिबिया र इजिप्टमा परिवर्तन ल्यायो त्यही गतिमा सिरियामा पनि किन परिवर्तन ल्याउन सकेन? यो प्रश्न आफैमा ज्यादै महत्वपूर्ण छ। सिरियाको राजनैतिक संकटको समाधानमा केही जटिलता देखिएको छ। जटिलता के हो भने विश्व राजनीतिमा सिरियाको स्थितिले धेरै महत्व राख्दछ। त्यसै कारण सिरियाको संकट समाधानमा वा राष्ट्रपति असादको सत्ता बहिर्गमन हुनु पर्नेमा विश्वका सरकारहरु एकमत हुन सकि रहाका छैनन। सरकारहरु दई पक्षमा विभाजित छन। एक पक्षले वर्तमान सरकारलाई समर्थन गर्नुका साथै सिरियामा हुने कुनै पनि राजनैतिक परिवर्तनमा वर्तमान सरकारको पहल र सहमतिमा होस भन्ने चाहन्छ भने अर्को पक्षले आन्दोलनकारीहरुको आवाज राष्ट्रपति असादले सुन्नु पर्ने मात्र होइन यदि सत्ताबाट बाहिर जानु परे पनि बाहिर जान तयार रहनु पर्ने चाहि रहेको छ। सिरियाको संकट समाधानमा विश्वका सरकारहरु विभाजित भएको स्थितिले सिरियाली सरकारलाई जन विद्रोह सक्तिद्वारा दमन  गर्न थप बल मिलेको छ। सिरियाली सरकारको मौजुदा कार्यशैली प्रति चीन र रुसको समर्थनले त झनै सरकारको आत्मबल बढेको छ। उता, अर्कोतिर सरकारद्वारा भइ रहेको जन बिद्रोहको दमनको मात्र झन झन बढ्दो छ, कम हुने संकेत देखिएको छैन। यो स्थितिले गर्दा नै सिरियाको राजनैतिक संकट समाधानको सट्टा झनै जटिला तिर अग्रसर हुँदैछ जुन कुनै पनि किसिमले देश र जनताको हितमा छैन। आन्दोलन जति लम्बियो रक्तापातपूर्ण हिंसामा झनै वृद्धि हुँदै जाने छ। जतना आर्थिक विकासको मामिलामा झनै पछाडि पर्दै जाने छन।
हुन त राष्ट्रपति असादको बहिर्गमनले सिरियामा शान्ति बहाली होला र द्वन्दरत सबै पक्षहरु मिलेर राष्ट्रको विकासमा अगाडि बढ्ने छन भन्ने कुराको कुनै सुनिश्चितता छैन किनभने द्वन्दरत पक्षहरु वर्तमान सरकारको बिरोधमा एकमत जस्तो देखिएता पनि द्वन्दको समाप्ति पछि उनीहरुको बीचमा एकता हुने स्थिति छैन। आम जनताको सरकारप्रतिको बिरोध थप प्रजातन्त्र र आर्थिक विकासका लागि भएता पनि अन्य द्वन्दरत पक्षहरुका आ-आफ्ना स्वार्थहरु छन र त्यही स्वार्थका लागि आन्दोलन गरि रहेका छन वर्तमानमा एक आपसमा मिलेर हिंडेको जस्तो देखिएता पनि। यसै गरि विश्वका सरकारहरुको पनि आफ्नै किसिमका चांसोहरु छन सिरियामा हुने कुनै पनि किसिमको राजनैतिक परिवर्तन प्रति। त्यसकारण उनीहरु सिरियाको राजनीतिमा हुने कुनै पनि किसिमको राजनैतिक परिवर्तनलाई आफ्नो पक्षमा कसरी उपयोग गर्न सकिन्छ भन्ने तर्फ बढी ध्यान दिरहेका छन। यसरी विभिन्न आन्तरीक र वाह्य पक्षहरुको आ-आफ्नो चांसोले गर्दा भविष्यमा सिरियामा हुन सक्ने कुनै राजनैतिक परिवर्तनले आम जनताको पक्षमा काम गर्ला भन्ने कुरामा संका छ। यस्तै स्थिति नेपालमा पनि भएको हो। आर्थिक विकास र प्रजातन्त्रका लागि आम जनताले नेपालमा ४७ र ६३ सालमा आन्दोलन गरेता पनि आम जनताको त्यो चाहना पुरा हुन सकेन किनभने आन्दोलनका बेलामा आन्दोलनको नेतृत्व गर्ने पक्षहरु एकमत जस्तो देखिएता पनि आन्दोलन पछि एकमत हुन सकेनन। त्यस्तो हुनु स्वभाविक पनि थियो किनभने आन्दोलनको अगुवाई गर्ने पक्षहरुको आ- आफ्नै स्वार्थहरु थिए आन्दोलन गर्नका लागि। प्राय जसो यै तथ्य गांस्सिएको हुन्छ कुनै पनि जन आन्दोलनसँग। जन आन्दोलन सामान्य जनताको सक्रिएता र सहभागितामा भएता पनि जन आन्दोलनको उपलब्धिको उपयोग भने बाहिरी र भित्री पक्षहरुले आफ्नो हितमा गर्न थाल्छन।
सिरियाको जन आन्दोलनलाई सम्बोधन गर्न उद्देश्यले नया संविधानका लागि जनमत संग्रह गराइने भनी समाचारहरुले हालै उल्लेख गरेका छन। यही फेब्रुअरी महिनाको २६ तारिखमा नया संविधानका लागि जनमत संग्रह गराइने घोषणा राष्ट्रपतिद्वारा भएको राज्यद्वारा संचालित सिरियाली समाचार संस्था साना (SANA)ले उल्लेख गरेको छ। नया संविधानका लागि जनमत संग्रह गराउने राष्ट्रपतिको प्रतिवद्धताले मात्र दिन प्रति दिन चुलिंदै गएको आन्दोलन मथ्थर होला भन्ने तर्फ धेरैलाई शंका छ।  
सत्ता परिवर्तन सँग सम्बन्धित वा सत्ता परिवर्तनलाई प्रभावित तुल्याउने एउट स्वार्थी तर महत्वपूर्ण पक्ष छ र त्यो पक्ष हो सत्ताको नेतृत्व गर्ने व्यक्ति बाट अधिकत्म फाइदा उठाउने मानिसहरुको समूह। सत्ताको नेतृत्व गर्नेको वरि परि बसेर अधिक्तम फाइदा लिने त्यो समूहले सत्ताको नेतृत्व गर्नेलाई जहिले पनि उसको बिरोधमा हुने जन बिद्रोहलाई सक्तिद्वारा दबाउन सल्लाह र दबाव दुबै दिने गर्छ, शान्तिपूर्ण किसिमको समाधान खोज्नुको सट्टा। आफूहरु वरि परि रहेको सक्ति केन्द्र सक्तिहीन भएमा आफूहरु अधिक फाइदा उठाउनबाट बंचित हुने हुँदा त्यो समूहले सक्ति केन्द्रलाई उसको बिरोधमा हुने आन्दोलनलाई कठोरताका साथ दबाउन उत्प्रेरित गर्दछ। यो समूह दुबै स्थितिमा फाइदामा रहन्छ। आफूहरु वरि परि रहेको सक्ति केन्द्रबाट सके जति फाइदा उठाउँछन र यदि त्यो सक्ति केन्द्र ढलेर उसको बिरोधमा जनताको आबाज चर्केमा ती वरि परि बस्नेहरुले जनताको आबाजमा आफ्नो आबाज मिसाउँदै नयाँ सक्ति केन्द्रको गुणगान गाउन थाल्छन र भएका जति पनि नराम्रा कामहरुका लागि ढलेको सक्ति केन्द्रलाई दोष दिन्छन। कुनै पनि मुलुकमा जनताद्वारा नरूचाइएको सक्ति केन्द्रको विरुद्धमा जनताले आन्दोलन गर्दा सक्ति केन्द्रको वरि परि बस्नेहरुले यस किसिमबाट दोहरो भूमिका खेल्ने गर्दछन, केवल आफ्नो स्वार्थका लागि, देश र जनताको हितलाई बिर्सेर। सिरियाली राष्ट्रपति सक्ति केन्द्रको वरि परि बस्नेहरुको सल्लाह र दबाबमा परेको हुन सक्ने सम्भावनालाई नकार्न सकिने स्थिति छैन, त्यहाँ लम्बिएको जन आन्दोलनलाई हेर्दा। तर राष्ट्रपति बशार अल- असादले दमनको बाटो छाडेर जनताको बिरोधको शान्तिपूर्ण तरिकाले उचित समाधान खोज्न भने ढिलो हुँदै गइ रहेको छ।


विश्वराज अधिकारी

Thursday, February 16, 2012

Functions of Money-Poverty and Economics-24


 मुद्राका कार्यहरु

मुद्राले निम्न कार्यहरु गर्दछ। १ विनिमयको माध्यम (Medium of exchange): मुद्रा विनिमयको माध्यम हो। यसले भुक्तानीको माध्यमको कार्य पनि गर्दछ। वस्तु वा सेवा विनमय गर्ने एक सर्व स्वीकार्य माध्यमको रुपमा मुद्रालाई लिने गरिन्छ। अर्थात मुद्राले सर्व स्वीकार्यता प्राप्त गरेको हुन्छ। आजभोलि प्रचलनमा भने बढी मात्रामा कागजी मुद्रा रहेको पाईन्छ। कागजी मुद्राको आफ्नो मौलिक मूल्य नभएकोले यसको विश्वसनियतालाई सुनिश्चित गर्न केन्द्रिय सरकार कागजी मुद्राको मूल्यका लागि जमानत बसेको हुन्छ। इतिहासका विभिन्न काल खण्डहरुमा अनेक किसिमका वस्तुहरुलाई मुद्राको रुपमा प्रयोग गरिएको पाइन्छ। माटो, कौडी, कछुवाको हाड, गाई, गोरु, सुंगुर, घोडा, भेंडा, चिया, सुर्ति, ऊन, नून, फलाम, तामा, काँस, चाँदी, सुन, पित्तल, कागज, छाला, तास आदिलाई मुद्राको रुपमा प्रयोग गरिएको पाइन्छ। २ मूल्यको मापन (Measure of value): मुद्राद्वारा वस्तुको विनिमय मूल्य मापन गरिन्छ। कुनै पनि वस्तुको विनिमय गर्दा त्यो वस्तुको विनिमय मूल्य कति हो वा विनिमय गर्दा त्यो वस्तु दिए वापत अर्को वस्तु कति (परिणाम वा इकाईमा) प्राप्त गर्न सकिन्छ भन्ने कुराको निर्धारण मुद्राद्वारा हुने गर्दछ। उदाहरणका लागि, यदि कुनै एक कलमको मूल्य दस रुपियाँ छ भने त्यस कलमको विनिमय मूल्य मुद्राको दस इकाई हो भनी बुझ्न सकिन्छ। यसै गरि, यदि एउटा कुनै पुस्तकको मूल्य बीस रुपैयाँ छ भने त्यो पुस्तक र कलमको विनिमय गर्दा त्यो पुस्तको मूल्य दुई कलम बराबर हो भनी बुझ्न सकिन्छ। मुद्राको आफ्नै मूल्य स्थिर रहेको अवस्थामा मुद्रालाई वस्तु वा सेवाको उपयोगिता मापन गर्ने एक माध्यमको रुपमा लिने गरिन्छ। ३ समयान्तर भुक्तानीको मापदण्ड (Standard of deferred payment): मुद्राले भविष्यमा गरिने भुक्तानीको मापदण्डको कार्य पनि गर्दछ। वर्तमानमा गरिएको खरिदको भुक्तानी भविष्यमा गर्दा कति गर्ने, वर्तमानमा लिएको ऋणको भुक्तानी भविष्यमा कत्ति गर्ने जस्ता कुराहरुको निर्धारण गर्ने कार्य मुद्राले गर्दछ। उदाहरणका लागि, यदि कुनै व्यक्तिले वर्तमानमा कसैसँग एक हजार रुपैयाँ लिएको छ भने एक वर्ष पछि उक्त व्यक्तिले ऋण दिनेलाई कत्ति फर्काउने भन्ने कुराको निर्धारण मुद्राले सजिलो पारिदिन्छ। कुनै पनि सम्पत्तिको मूल्य भविष्यमा कम बढी हुन सक्छ।
 त्यस्तो मूल्यान्तरलाई मुद्रामा आंकलन गर्न सकिन्छ। 
४ मूल्यको संग्रह (Store of value): मुद्राले मूल्य अथवा क्रय शक्तिलाई संचित गर्ने कार्य पनि गर्दछ। अर्थात मुद्राद्वारा वस्तु वा सेवाको मूल्य संचित गर्न सकिन्छ। वस्तुहरु संचित गर्न सकिंदैन किनभने ती नाशवान हुन्छन। तर तिनको मूल्यलाई मुद्रामा रुपान्तरण गरेर मुद्राको रुपमा राख्दा तिनको मूल्यलाई सजिलै गरी संचित गर्न सकिन्छ। उदाहरणका लागि, यदि कुनै श्रमिकले कुनै तरकारी उत्पादकको खेतमा एक दिन काम गरे बापत दस किलो काउली ज्यालाको रुपमा पाएमा उक्त श्रमिकले आफ्नो एक दिनको परिश्रमको मूल्यको रुपमा पाएको दस किलो काउली केही दिन मै उपभोग गर्नु पर्ने बाध्यता हुन्छ किनभने काउली नाशवान वस्तु हो। तर मुद्राको पयोगले गर्दा उक्त श्रमिकले आफ्नो उक्त एक दिनको परिश्रमको मूल्य मुद्रामा प्राप्त गरेर उसले आफ्नो श्रमको मूल्य सजिलै गरी संचित गर्न सक्छ।
मुद्राका विषेशताहरु
मुद्राका विषेशताहरु निम्न अनुसार रहेको पाइन्छ। टिकाउ: मुद्रा टिकाउ हुन्छ। यसलाई लामो समयसम्म संचित गरेर राख्न सकिन्छ। कुनै खास कारणले गर्दा सरकारले खारेज गरेको अवस्था बाहेक मुद्रामा जुन बेला पनि त्यसको तोकिएको मूल्य बराबरको विनिमय गर्ने क्षमता रहेको हुन्छ। विभाजन: मुद्रालाई विभाजित गर्न सकिन्छ। ठूलो इकाई ,सानो इकाई गरी विभिन्न इकाईमा मुद्रालाई विभाजन गरिएको हुन्छ। मुद्रालाई विभाजन गरिएको हुनाले नै विभिन्न मूल्यका वस्तुहरुको भुक्तानी मुद्राद्वारा सजिलै गर्न सकिन्छ। स्थानान्तरण: मुद्रालाई सजिलै एक ठाउँबाट अर्को ठाउँ पुर्याउन सकिन्छ। कुनै वस्तु वा सेवाको मूल्यको रुपमा रहेको मुद्रा सजिलैसँग एक ठाउँबाट अर्को पुर्याउन सकिने हुनाले यसको प्रयोगमा व्यापकता आएको हो। नक्कल गर्न नसकिने: केही अपवादलाई छाडेर कुरा गर्ने हो भने, मुद्राको कसैले सजिलैसंग नक्कल गर्न सक्तैन। कसैले घरमा मुद्रा छाप्न सक्तैन। अर्कोतिर, मुद्रा छाप्ने कार्य सरकारमा सुरक्षित हुन्छ र यो कार्य सरकार बाहेक अरुले गर्न निषेधित गरिएको हुन्छ। व्यापक प्रयोग: मुद्राको प्रयोग व्यापक मात्रामा भएको पाइन्छ। आधुनिक अर्थ व्यवस्थाको यो एक अति महत्वपूर्ण आधार स्तम्भ हो। त्यस कारण हरेक राष्टले अनिवार्य रुपमा मुद्राको प्रयोग गरेको पाइन्छ।  
आधुनिक अर्थ व्यवस्थामा मुद्राले सर्वधिक सहयोग भने पूँजीलाई पुर्याएको देखिन्छ। मुद्राले गर्दा पूँजी निर्माण गर्न, पूँजी वृद्धि गर्न, पूँजी स्थानान्तरण गर्न, पूँजीको वहुपक्षिय प्रयोग गर्न सजिलो भएको छ। यसै गरी मुद्राले राष्ट्रिय एवं अन्तरार्ष्ट्रिय व्यापार पनि ज्यादै सजिलो पारिदिएको  छ।

विश्वराज अधिकारी

Sunday, February 12, 2012

The Gentleman-Fiction of the week-24



The Gentleman


Until I reached Hetauda the seat next to me was unoccupied, might be due to lack of passengers. But when I crossed Hetauda, one person got in the bus, in a hurry. He sat in the seat next to me. In his initiative we introduced each other and became co-passenger very quickly.
We started talking. I was really impressed by the point of view of that newly introduced friend. He gave me long and interesting details of those who were engaged in corruption and also with the proof. On the basis of his talking and proof about corruption I drew a conclusion immediately that this person is very honest.
His honesty made me regret on myself for being selfish. Being highly educated my effort was so less to contribute something for the nation. I thought it would have been better if I had provided free tutoring to the students.  Being embarrassed, I carefully tried not to bring it up while talking. I still remember what he said during the conversation very clearly. I still remember the lights of truth and confidence in his eyes. With full confidence he had said “Joint efforts of the youths like us can change the face of the country by alleviating the terrible poverty.”
 
I was also happy to get such a honest person by me, as it was a night bus, and it would mean I could catch some sleep without worrying about my luggage or theft. I felt the journey up to Kathmandu in that night bus would be safe. At about midnight, our bus reached Narayanghat and stopped for a while to drop some passengers off. The stopping of the bus woke me up. I looked up immediately to the seat next  to me. My new friend was not there in his seat.
At first I got little upset as he didn’t even tell me goodbye when he left. I became little confused too. I recalled he had told me that he was going all the way to Kathmandu.  As I get frequent headaches, I tried to open my bag to get the medicine. I couldn’t find my bag. I did not see my bag which was under my seat. I yelled- hey, where is my bag? Has someone seen my bag?  
The helper of the bus asked me surprisingly ‘what type of bag……..? Was that blue color? Unlocked……..? The bag under your seat? Was that yours?’
The helper said again ‘That bag…………the man who was sitting next to you took it. When he was getting off in Bharatpur I saw the bag in his hand. He was in a hurry. I assumed that was his bag, and also could not suspect him because you both looked very close friends from the way you were talking. I thought you knew each other.
I had no words to say him. I was speechless. Seeing me in such a situation the helper asked me ‘was he not your friend, really? For sure?’ Didn’t you know each other?’
I replied reluctantly- no, I don’t know him.


Bishwa Raj Adhikari 

Saturday, February 11, 2012

He Had Said-Poem of the week-17


उसले भनेको थियो

उसले भनेको थियो
मला मेरो
जात न सोध्नु
समुदाय नसोध्नु
परम्परा नसोध्नु
भाषा नसोध्नु
संस्कृति नसोध्नु
क्षेत्र नसोध्नु
म यी सवैबाट मुक्त छु
मैले यिनला घेरा सम्झेको छु
धेरैला बाहिर आउन न दिने

उसले भनेको थियो
मला मेरो
सिध्दान्त नसोध्नु
बाद नसोध्नु
कसैप्रतिको अन्धविश्वस नसोध्नु
म यी सवैबाट मुक्त छु
मैले यिनला डोरी सम्झेको छु
धेरैला बाँधेर आफ्नो पछि हिँडाउने

उसले भनेको थियो
मला मेरो
योग्यता नसोध्नु
विद्वता नसोध्नु
म यी सवैबाट मुक्त भइसकेको छु
मैले यिनला
अंकुस सम्झेको छु
धेरैला आफूतिर तानेर
स्वतन्त्रतापूर्क वाँच्न नदिने

उसले भनेको थियो
मैले भन्नु नै परे
म भन्छु
मेरो बाद स्वतन्त्रता हो
मेरो सिध्दान्त क्षमा र सहनसिलता हो
मेरो योग्यता सबैलाइ माया गर्नु हो
हरेक व्यक्तिलाई बन्धु देख्नु हो

उसले भनेको थियो
आजभोलि म संकटमा छु
धेरै सत्रु जन्माएको छु मैले
कुनै पनि बेला मृत्यु हुन सक्छ मेरो

धेरै बर्ष भयो उसला नदेखेको
धेरै बर्ष भयो उसला नभेटेको

उसले भनेको थियो
म मरेर पनि बाँच्ने गर्दछु
त्यसैले मला विश्वास छ
ऊ एक दिन अवश्य आउने छ

उसले भनेको थियो
कसैले जतिसुकै छेके पनि
जतिसुकै रोके पनि
कसैले थाहा नै नपाउने गरी
म आउने छु

उसले भनेको थियो
चमत्कारी वा पराक्रमी बनेर होइन
साधारण मानिसनै
बनेर आउने छु
तर आउने छु

विश्वराज अधिकारी

Friday, February 10, 2012

Poverty and Identity Crisis-Article-30


पहिचानको संकट र गरिबी

राज्यमा व्याप्त गरिबीका लागि को जिम्मेबार हुन्छन त भनी कसैले प्रश्न गर्ने हो भने सबैले सजिलै गरी दिने उत्तर हो, सरकार। गरिबीका लागि सरकार नै दोषी हो भन्नका लागि धेरै चिन्तन र विश्लेषण पनि गर्नु पर्दैन, सजिलै भन्न सकिन्छ। हुन पनि धेरैले यो विषयलाई यसरी नै बुझेका छन पनि। तर के सरकार मात्रै जिम्मेबार हुन्छ त त्यस किसिमको समस्या (गरिबी) देशमा भित्र्याउन र विस्तार गर्नका लागि? यो विषय वर्तमानको समयमा ज्यादै गंभिर हुँदै गएको छ र त्यसकारण पनि सबैले यो विषयलाई ज्यादै महत्व दिएर हेर्नु पर्ने भएको छ।
देशलाई गरिब तुल्याउनमा सरकारको भूमिका महत्वपूर्ण हुन्छ नै र यसमा दुई मत हुन सक्तैन तर सरकारलाई मात्र यसका लागि पूर्ण रुपमा जिम्मेबार ठहर्याउन सकिंदैन। सरकारलाई प्रभावित गर्ने विभिन्न तत्वहरुको पनि उत्तिकै ठूलो भूमिका हुन्छ राष्ट्रलाई गरिब तुल्याउनमा।
सरकारलाई प्रभावित गर्ने विभिन्न तत्वहरु मध्ये अहिले भने जातीयता, साम्प्रदायिकता, क्षेत्रीयताको नारा चर्काएर देशलाई जहिले पनि अस्थिरताको स्थितिमा राख्न खोज्ने स्थानीय, क्षेत्रीय वा राष्ट्रिय नेतृत्वको चर्चा गर्न खोजिएको हो। यस किसिमका नेतृत्वहरुले आफ्नो लाभका लागि मुलुकमा ल्याएका त्यस किसिमका नाराहरुले उनीहरुलाई त फाइदा हुन्छ तर देशबासीहरुले त्यसको मूल्य आफ्नो जिवनकालसम्म चुकाएर मात्र पुग्दैन आउने पीढीले समेत चुकाउनु पर्ने हुन्छ। ज्यादै ठूलो रक्तपातको स्थिति भोगेर तथा गरिबीको डर लाग्दो दलदलमा भास्सिएर लामो समयसम्म त्यसको मूल्य चुकाउनु पर्दछ। र अहिले त्यस किसिमको मूल्य अफ्रिका महादेशका धेरै राष्ट्रहरुले बढी चुकाउनु परि रहेको छ र कहिलेसम्म चुकाउनु पर्ने हो भन्न सकिने स्थिति समेत छैन। अफ्रिका महादेशका धेरै राष्ट्रहरु झन झन गरिबीको दलदलमा भाँस्सिंदै छन, ती राष्ट्रहरुमा साधन र स्रोतहरुको प्रचुरता भएता पनि। विकासका सम्भावनाहरु उच्च भएता पनि।
अफ्रिकी मुलुक सुडानमा क्षेत्रीयताको नारा यति जोडले घन्क्यो कि मुलुकले त्यसलाई थाम्न सकेन, र  सुडान टुक्रियो। देशबासीले सिंगो मुलुकलाई दुई भागमा विभाजित गरेर क्षेत्रीय वैमनष्यताको मूल्य चुकाउनु पर्यो। हालै नाइजेरियामा भएको रक्तपात पूर्ण जातीय दंगाले धेरै दिनसम्म मानिसको ध्यान आकर्षित गरेको थियो। सिरियाको राजनीति कुन दिशा तर्फ लाग्ने हो? त्यहाँका राष्ट्रपति बसार अल-असद सत्ताबाट बाहिर जाने छन वा उनी सत्तामा रहेर नै कुनै नया किसिमको समिकरणको निर्माण भएर त्यहाँ जारी हिंसापूर्ण आन्दोलन मथ्थर होला अहिले भन्न सक्ने स्थिति आइ सकेको छैन तर जातीय कलहका संकेतहरु भित्र भित्र देखा पर्न थालि सकेका छन। रवान्डाले करिब ८ लाख मानिसको ज्यान दिएर जातीय वैमनष्यताको मूल्य चुकाउनु परेको थियो। 
जातीयता, क्षेत्रीयता, साम्प्रदायिकताका नाराहरु वन डढेलो जस्तो ज्यादै छोटो समयमा चारैतिर फैलिने मात्र होइन त्यस किसिमका नाराहरुले मानिसलाई हिंसा गर्न समेत उक्साउने गर्दछन। विभिन्न समुदाय बीच समन्वय कायम गरी बसेको समाज छोटो समयमा नै द्वन्द ग्रस्त हुन पुग्दछ। के कस्ता कुराले समाजलाई फाइदा वा बेफाइदा हुन्छ भन्ने सोंच्ने तर्फ नलागि व्यक्ति छिटै प्रतिसोधको मनस्थितिमा पुग्दछ, क्षेत्रीयता, जातीयता, साम्प्रदायिकता जस्ता मनोविज्ञानले आक्रान्त भए पछि। व्यक्तिले आफ्नो गरिबी वा शोषणको लागि जिम्मेवार अर्को समुदायलाई देख्न थाल्छ र त्यो समुदायसँको व्यवहारलाई सत्रुतामा रुपान्तरीत गर्दछ।  समाजिक सद्भाव डर लाग्दो गरि खल्बलिन्छ। छोटकरीमा भन्नु पर्दा, समाजिक समन्वय खल्बलिए पछि, अति शान्त स्वभावको व्यक्ति पनि हिंसा गर्न उत्प्रेरित हुन्छ। मानवीय यो कमजोरीलाई नेतृत्व वा  अगुवाहरुले बुझेका हुन्छन र त्यसकारण त्यस्ता नारा हरुलाई आफ्नो हितमा घन्क्याउन थाल्छन। जबकी त्यस किसिमका नाराहरुले आम गरिबहरुको जिवनलाई सुखमय बनाउनमा कुनै किसिमको भूमिका खेल्दैनन्। लामो समयको द्वन्द र कलहले गरिबहरु झन झन गरिब हुँदै जान्छन। द्वन्दग्रस्त देशले विकास गरेको उदाहरण बिरलै भेट्न सकिन्छ। बरु द्वन्दग्रस्त देशका जनता डरलाग्दो भोकमरीको सिकार हुन वा  शरणार्थी बनेर अर्को देशमा जान बाध्य भएका छन। यसरी, जनतालाई झन झन गरिब बनाउने कारक तत्वको रुपमा जातीयता, क्षेत्रीयता, साम्प्रदायिकताको भावन स्थापित हुँदैछ। 
विश्लेषकहरुले के भन्न थालेका छन भने अब आउने समयमा यो विश्वलाई अशान्त पार्ने, वैमनष्यताको भुमरिमा धकेल्ने र युध्द गर्न उकास्ने यदि कुनै तातो विषय छ भने त्यो हो जातीयता, सामप्रदायिकता, क्षेत्रीयताका नाराहरु, अर्थात पहिचानका मुद्दाहरु। यी नारा वा मुद्दाहरुले मानिसहरुलाई छिटै उमाल्ने कुशलता र क्षमता दुबै राख्दछन। मानिसहरुले चालै नपाइ त्यस किसिमका नाराहरुद्वारा सृजना गरिएका द्वन्दमा आफूलाई सामेल गराउने छन। मानिसहरुले समन्वयकारीको समाजको स्थापनामा भन्दा तिमी यो जातिको म त्यो जातिको, तिमी यो समुदायको म त्यो समुदायको, तिमी यो क्षेत्रको म त्यो क्षेत्रको भन्ने मुद्दालाई बढी जोड दिने छन र परिणाम स्वरुप राष्ट्रहरु ताजा द्वन्दमा प्रवेश गर्ने छन एकतिर भने अर्कोतिर वहुसंख्यक व्यक्तिहरु निरपेक्ष गरिबीको रेखा भन्दा झनै तल झर्ने छन। यी मुद्दाहरुबाट सृजना भएका द्वन्दहरुले गर्दा विकासशील राष्ट्रहरु डर लाग्दो गरिबीको भूमरिमा पर्ने छन।
यो विश्वमा एउटा त्यस्तो समय थियो जुन बेला राजा महाराजाहरु आफ्नो राष्ट्रको सीमाना विस्तार गर्न युद्ध गर्थ्ये र त्यस्ता युद्धको मूल्य लाखौ जनताले आफ्नो ज्यान दिएर चुकाउनु पर्थ्यो। त्यस पछि एउटा अर्को त्यस्तो समय आयो जुन समयमा एउटा राष्ट्रका नेताहरुले आफूलाई विश्व रंगमंच मा शक्तिसाली देखाउन अर्को राष्ट्र माथि आक्रमण गर्थ्ये। र त्यस्तो युद्धको मूल्य पनि लाखौ मानिसले आफ्नो ज्यान दिएर चुकाउनु पर्थ्यो। फेरि अर्को एउटा त्यस्तो समय आयो जुन समयमा  विश्वका विभिन्न राष्ट्रहरु सिद्धान्तका आधारमा दुई खेमामा बिभाजित भए। एक थरि प्रजातान्त्रिक खेमामा बसे भने अर्को थरि समाजवादी वा वामपन्थी खेमामा। विश्व यसरी विभाजित भएर बसेको समयमा पनि ठूला ठूला रक्तपातपूर्ण द्वन्दहरु भए।   ती द्वन्दहरुका असरको रुपमा करोडौ मानिसहरुको ज्यान गयो।
अब, वर्तमानको समयमा भने, लाखौ मानिसलाई युद्धमा धकेल्ने शक्तिको रुपमा पहिचानको संकट देखिन थालेको छ। जातीयता, क्षेत्रीयता, सामप्रदायिकता जस्ता विषयहरु, जुन पहिचानसँग सम्वन्धित छन, ले समन्वय कायम गरेर बसेको समाजलाई द्वन्दतिर लाग्न उत्प्रेरित गरि रहेका छन्। के कस्ता तरिकाहरु अवलम्वन गरेर गरिबीबाट मुक्ति पाउन सकिन्छ भन्दा पनि पहिचानको मुद्दालाई समाजले महत्व दिन थालेको छ। तर एउटा कुरा निश्चित के छ भने, जुन सुकै समाजमा पनि, जनतालाई गरिबीको दलदलबाट बाहिर निकाल्ने कुनै शक्ति छ भने त्यो हो द्वन्दरहीत समाज, समन्वकारी समाज। पहिचानको संकट र गरिबीको बीचमा कुनै सम्बन्ध छैन। पहिचानको संकटको सम्वन्ध केवल मनोविज्ञानसँग मात्र छ, अर्थतन्त्रसँग छैन। अहिले आम गरिबहरुलाई चाहिएको हो, डर लाग्दो गरिबीबाट उन्मुक्ति। परिवारका सबै सदस्यहरु सँगै बसेर, शान्तिपूर्वक दुई छाक ढुक्क खान सँग पाउने स्थितिको सुनिश्चितता।

विश्वराज अधिकारी

Thursday, February 9, 2012

Capitalism-Poverty and Economics-23


पूँजीवाद


पूँजीवादको व्याख्या विभिन्न किसिमबाट गरिएको पाइन्छ। त्यसकारण पूँजीवादको व्याख्यामा एकरुपता पाउन गार्हो पर्दछ। तर पूँजीवादको व्याख्या फरक फरक कसिमबाट गरिएता पनि यसका केही आधारभूत कुराहरुमा भने व्याख्या गर्नेहरु बीच मतैक्यता रहेको पाइन्छ। मतैक्यता के हो भने पूँजीवादको व्याख्या गर्ने सबैले पूँजीवादमा सम्पत्तिमाथि सरकारको होइन व्यक्तिको नियन्त्रण हुन्छ। बजारमा वस्तुको मूल्य निर्धारण माग र आपूर्ति बिचको अन्तरक्रियाद्वारा हुन्छ । के वस्तु कुन परिमाणमा र कहाँ उत्पादन गर्ने भन्ने कुराको निर्णारण सरकारले होइन उपभोक्ताको मागद्वारा हुन्छ। उत्पादनका साधनहरु- भूमि, श्रम, पूँजी र उद्यमशीलता माथि निजी स्वामित्व र नियन्त्रण हुन्छ जस्ता कुरा उल्लेख गर्दछन्।   
पूँजीवादी अर्थ व्यवस्थामा कुन किसिमको वस्तु उत्पादन गरेर बजारमा बिक्री गर्ने भन्ने कुरा सरकारको निर्दैशन होइन बजारको माग एवं मुनाफाको आधारमा निर्धारित हुन्छ।
पूँजीवादलाई बुझ्न मुद्राले धेरै सहयोग पुर्याउने हुनाले पूँजीवादको विस्तृत व्याख्या भन्दा पहिले मुद्राको विकास र प्रयोग बारे चर्चा गर्नु सान्दर्भिक देखिन्छ। पूँजीवादको उत्पत्ति र विकासमा मुद्राको महत्वपूर्ण भूमिका रहेको छ पनि। मुद्रालाई एक त्यस्तो उर्वर भूमिको रुपमा लिन सकिन्छ जसमा पूँजीवादले उम्रिने र झाँगिने मौका पायो। त्यसकारण पनि पँजीवादको चर्चा गर्दा मुद्राको चर्चा पहिले गर्नु आवश्यक हुन आउँछ।
मुद्रा के हो?
मुद्रा विनियम गराउने एक माध्यम मात्र हो। यसले मुख्य रुपमा वस्तु-वस्तु बीच वा वस्तु-सेवा बिच मिनिमय गराउने कार्य गर्दछ। तर आधुनिक अर्थ व्यवस्थामा मुद्राले केवल विनिमय गराउने कार्य मात्र गर्दैन अन्य थुप्र किसिमका कार्यहरु पनि गराउँछ। जस्तै, मुद्रा, आधुनिक अर्थ व्यवस्थामा आफै पनि किनबेच हुने वस्तु हुन पुग्दछ। बजारमा अन्तराष्ट्रिर्य मुद्राहरुको वस्तुको रुपमा किनबेच हुने गर्दछ।
संसारमा भएका विभिन्न आविष्कारहरु मध्ये तीन आविष्कारहरुलाई अति नै महत्वपूर्ण मानिन्छ। ती तीन आविष्कारहरु हुन- आगो, पाङ्ग्रा (चक्का) र बैंक (मुद्रा)।
आगोले मानव जिवनलाई विभिन्न किसिमका सुरक्षाहरु प्रदान गर्यो। आगोले गर्दा मानिसलाई स्वथ्यकर (पकाएको) खाने कुरा खान पाइने अवस्था सृजना भयो र आगोको प्रयोग गरेर जंगली जनावरहरुबाट जिवन रक्षा गर्न सजिलो पनि भयो। आगोले गर्दा मानव सभ्यताको विकासमा तिव्रता आयो।
पाङ्ग्राले मानव जिवनलाई गति प्रदान गर्यो। खुट्टाले सुस्त गतिमा चल्ने मान्छे पाङ्ग्राको प्रयोग गरेर तिब्र गतिमा एक ठाउँबाट अर्को ठाउँ जान सक्ने स्थितिमा पुग्यो। पाङ्ग्राको प्रयोगले कृषि र व्यापारको क्षेत्रमा अकल्पनिय किसिमबाट विकास भयो।
मुद्रा वा वैंकले त मानव सभ्यताको विकासमा मान्छेले सोंचेभन्दा पनि बढी योगदान पुर्यायो। मुद्राले वस्तु-विनिमय युगका कठिनाई र पीडाहरुलाई समाप्त नै पारिदियो। वस्तु विनिमय भनेको आफूसंग भएको वस्तु दिएर आफूलाई आवश्यक पर्ने वस्तु साट्नु वा विनिमय गर्नु हो। मुद्राको उत्पत्ति हुनु भन्दा पहिले कुनै वस्तु प्राप्त गर्न आफूसंग भएको वस्तु दिनु पर्थ्यो। अथवा वस्तुद्वारा वस्तु साटासाट गर्नु पर्थ्यो।
वस्तु-विनिमयका अनेक समस्याहरु थिए। उदाहरणका लागि, सुन्तला उत्पादन गर्ने व्यक्तिलाई सुन्तला विक्री गरेर स्याउ किन्नु पर्ने थियो भने उसले त्यस्तो व्यक्तिको खोजी गर्नु पर्थ्यो जसले उसंग भएको सुन्तला खरिद गरेर उसलाई आफूसंग भएको स्याउ देओस। यस्तो स्थितिमा सुन्तला लिएर स्याउ दिने व्यक्ति फेला परे त वस्तु विनिमय गर्न सजिलो हुन्थ्यो तर स्याउ भएको व्यक्तिले स्याउ दिए बापत सुन्तला लिन नमाने समस्या उत्पन्न हुन्थ्यो। अर्थात वस्तु साटा हुनका लागि दुवै थरि एक अर्कासंग भएको वस्तु साटासाट गर्न इच्छु हुनु पर्ने बाध्यता थियो। जुन हरेक अवस्थामा सम्भव थिएन। दोहरो आवश्यकताको मिलान गर्न जहिले पनि समस्या हुन्थ्यो।
अर्को उदाहरणमा, कुनै व्यक्तिले आफूसंग रहेको दुइवटा भैंसी मध्ये एउटा भैंसी दिएर दुईवटा बाख्रा किन्ने (साटासाट) इच्छ गर्यो। उसले, उसंग रहेको भैंसी लिएर बाख्रा दिने मान्छे फेला त पर्यो तर बाख्रा पाल्नेले केवल एउटा मात्र बाख्रा दिन सक्ने अवस्था रहेको बतायो। यस्तो अवस्थामा एउटा भैंसी दिएर दुईवटा बाख्रा खरिद गर्न खोज्ने व्यक्तिले, केवल एउटा मात्र बाख्रा पाए बापत भैंसीलाई टुक्रा पारेर दिन सक्थ्यो होला त?
यसै गरी एउटा अर्को उदाहरणमा, कुनै व्यक्तिले खोला तरेर अर्को गाउँमा जानु पर्यो र खोला तर्नका लागि डुङ्गाको प्रयोग गर्नु पर्ने थियो र माझीको सहयोग पनि आवस्यक थियो भने खोला तर्ने व्यक्तिले आफूसंग भएको धान टाउकोमा बोकेर खोलासम्म जानु पर्ने हुन्थ्यो।  तर माझीले खोला तारे बापत धान होइन गहुँ माग गर्दा फेरि समस्या उत्पन्न हुन्थ्यो। र खोला तर्ने व्यक्तिले डुङ्गा चढ्नु भन्दा पहिले आफूसंग भएको धान कसैलाई दिएर गहुँ साट्नु पर्ने बाध्यता हुन्थ्यो। गँहु ल्याएमा मात्र उसले डुङ्गा चढ्न पाउँथ्यो।  तर मुद्राको आविष्कार एंव प्रयोगले यस्ता सबै किसिका समास्याहरु अन्त्य गरिदियो। मुद्राले विनिमयलाई अति नै सरल तुल्याई दियो।
मुद्राले मानव जिवनमा मान्छेले सोंचे जस्तो सरलता मात्र ल्याएन साथै अनेक थरिका समस्याहरु पनि ल्यायो। र सबै भन्दा ठूलो समस्या त के ल्यायो भने मुद्राको प्रयोगले गर्दा मानिसलाई धनी हुन सजिलो भयो। मुद्राको प्रयोगले गर्दा मानिसलाई धनको संग्रह गर्न, लगानी गर्न र ठूलो पूँजीको निर्माण गर्न ज्यादै सजिलो भयो। मुद्राले गर्दा गरिब र धनी प्रष्ट गरी बिभाजित हुने अवस्था सृजना भयो।
मुद्राले मानिसलाई धनी हुन कसरी सहयोग पुर्यायो त?  
मुद्राको विकास नभएको भए मानिसलाई धनी हुन अहिलेको जस्तो सजिलो हुने थिएन। एक किसिमले भन्ने हो भने धनी हुन असम्भव नै हुने थियो। उदाहरणका लागि, मानौ, मुद्राको उत्पत्ति भएको थिएन र कुनै व्यक्तिसंग एक हजार गाई, दुई हजार भैंसी, पाँच हजार बाख्रा, एक लाख कुखुरा, पाँच हजार क्विन्टल धान, एक हजार क्विन्टल गहुँ र एक हजार क्विन्टल मकै थियो भने के उक्त व्यक्तिले यी सबै कुराहरु सजिलैसँग राख्न सक्थ्यो होला त? अवश्य पनि सक्थेन। किनभने यी सबै कुराहरु राख्न सर्व प्रथम त ज्यादै ठूलो ठाउँ चाहिन्थ्यो, दोस्रो यी सबै कुराहरु हेर्नका लागि सहयोगीहरुको आवश्यकता पनि उत्तिकै पर्थ्यो। र अर्को ठूलो समस्या त उक्त व्यक्तिलाई के पर्थ्यो भने आफूसँग भएका सामानहरु समयमा साटासाट गर्न नसके अन्नहरु कुहिएर जाने र जिवित कुराहरु मर्ने वा तिनलाई जोगाउन कठिन हुन्थ्यो। धनलाई वस्तु र प्राणीको रुपमा ठूलो संख्या र परिमाणमा राख्न असम्भव नै हुने थियो होला। तर मुद्राको प्रयोगले मानिसका यस्ता समस्याहरुलाई समाधान मात्र गरेन साथै  जस्तो सुकै सम्पत्तिलाई पनि मुद्रामा परिणत गरेर राख्न सजिलो पारिदियो। त्यति मात्र होइन आफूसंग रहेको सम्पत्तिलाई मानिसले मुद्रामा परिणत गरेर आफूले चाहेको स्थानमा सजिलैसंग लग्न सक्ने स्थिति पनि सृजना गरिदियो। मुद्रा नभएको भए मानिसलाई आफूसंग ज्यादै ठूलो परिमाणमा रहेको सम्पत्ति ( गाई, भैंसी, धान, मकै आदि) एक ठाउँबाट अर्को ठाउँ पुर्याउन वा आफूले चाहेको ठाउँमा लग्न लगभग असम्भव नै हुने थियो होला। मुद्राको प्रयोगले मानिसलाई सम्पत्ति एक ठाउँबाट अर्को ठाउँ लग्न सजिलो पारिदियो।  अथवा भनौ, कुनै व्यक्तिले सम्पूर्ण सम्पत्ति बिक्रेर गरेर अर्को स्थानमा गई व्यापार गर्न सजिलो पारिदियो। यसरी मुद्राले मानिसलाई धनी हुन सजिलो तुल्याई दियो। 
ठूलो परिमाणमा धन थुपार्न मुद्राले गर्दा मानिसलाई अति नै सजिलो भयो। ज्यादै गरिब र ज्यादै धनी भनी बिभाजन रेखा कोर्ने काममा पनि मुद्राले महत्वपूर्ण भूमिका खेल्यो। यसै गरी, मुद्राले  धनको प्रयोग (लगानी) गरेर पुन:धनको सृजना (मुनाफा र ब्याजको रुपमा) गर्न सजिलो हुने वातावरण पनि बनायो। त्यसकारण पूँजीवादको बिरोध गर्नेहरुले पूँजीवादको बिरोध गर्नु भन्दा  पहिले मुद्राको बिरोध गर्नु पर्ने देखिन्छ।
मुद्राले मुख्य रुपमा निम्न चार कार्यहरु गर्दछ-
१ विनिमयको माध्यम (Medium of exchange)
२ मूल्यको मापन (Measure of value)
३ समयान्तर भुक्तानीको मापदण्ड (Standard of deferred payment)
४ मूल्यको संग्रह (Store of value)

विश्वराज अधिकारी

Tuesday, February 7, 2012

The Expropriation-Nepali short story-Abhinaya-28


मुआब्जा

 यस ठाउँका केही पुराना घरहरु भत्किएपछि यो ठाउँको विकास मात्र होइन यो सडक पनि पहिलेभन्दा ज्यादै फराकिलो हुनेछ। तीनवटासम्म कार जीपहरु एकै पटक कुद्न सक्ने छन् यो सडकमा। तर तपाँइहरु ज-जसको घर यो सडक फराकिलो पार्न भत्काइनेछ, ले प्रशस्तै क्षतिपूर्ति पाउनुहुनेछ। अर्थात अधिग्रहण गरिएको जग्गाको मुआब्जा बढी भन्दा बढी दिइनेछ कार्यालय अगाडि उभिएकाहरुतिर हेर्दै एक सरकारी अधिकारीले यस्तो घोषणा गरे अनि मुआब्जा पाउनेहरुको सकारात्मक प्रतिक्रियाको प्रतीक्षा गर्न थाले।
सरकारी अधिकारीको यस्तो घोषणा सुनेपछि मुआब्जा पाउने मध्येको एकले अप्रशन्न हुँदै ती अधिकारीलाई प्रश्न गर्यो सर, मेरो घर पनि भत्किने भएको छ यो सडक चौडा गर्ने क्रममा। मेरो घर भत्किए पछि म यहाँबाट अवस्य पनि विस्थापित हुनेछु। शहरको मुटु मानिने अति व्यस्त व्यापारिक यो ठाउँबाट उठेर पुछार तिर घर बनाउनु पर्नेछ मैले, यो शहरको। शहरको मध्य भागबाट उठीबास भएर पुछार तिर जानुलाई विकास भएको कसरी मानौ मैले? अनि यो ठाउँको विकासबाट कसरी मेरो विकास भयो र? अर्को कुरा, यो स्थानमा रहेको मेरो घर भत्किए पछि शहरको मुटु मानिने ठाउँबाट मेरो बास सदाका लागि उठ्ने छ। यति मात्र होइन, यो शहरको मुटुमा मेरो घर छ भनी मैले भन्न पाउने अधिकार पनि समाप्त हुनेछ सदाका लागि। मेरो घर शहरको मुटुमा छ भनी मैले भन्न पाउने अधिकार मैले प्राप्त गर्ने मुआब्जा भन्दा धेरै बढी मात्र होइन अमूल्य नै छ। त्यसकारण मैले कसरी क्षतिपूर्ति बढी पाएँ? मेरो यो क्षतिको पूर्ति कहिल्यै हुन सक्तैन। होइन त? कि मैले बुझ्न नसकेको हो?
मुआब्जा दिइने घोषणाबाट अप्रशन्न भएको त्यो व्यक्तिको भनाइ सरकारी अधिकारी तथा मुआब्जा पाउने अन्यहरुले पनि बुझेको जस्तो भने देखिएन।


विश्वराज अधिकारी

Sunday, February 5, 2012

The Serious Disease-Fiction of the week-23


        The Serious Disease

The chief of the hospital suggested to the people who were taking care of a patient, “this patient has been discharged. He does not have any serious disease. He just got sick of not having any food for a couple of days. That was the main cause of his illness. Please get him out of the hospital; otherwise other patient may not get bed due to high occupancy. If we cannot provide a bed to the needy ones, it may cost them their lives from not getting the care on time.”
     “This patient does not have any relatives or anyone responsible for him. Where should we take him? We brought him to the hospital from the street where he was lying unconscious,” the people who were taking care of that patient replied.
     The chief of the hospital said, “You people have to solve this problem at any cost. Our responsibility is to cure the disease and we fulfilled that. But we don’t have any treatment for the poverty which he is suffering from.” The chief of the hospital got angry but he concealed his anger to show himself as calm and polite. The patient looked confused. The patient was not sure what to do; be happy for getting cured from the physical disease or be sad for the social disease from which he was suffering. 

Bishwa Raj Adhikari

Saturday, February 4, 2012

The Life-Poem of the week-16


जीवन

कहिले गतिहीन पहाड
कहिले सागर छाल
जिवन एक गीत
अनिश्चित सुर ताल

कसैको भागमा जोड्ने मन्त्र
कसैको भागमा केबल घट्ने जन्त्र
जिन्दगी राज्यमा
धेरै  धेरै तन्त्र

जिवन गणित
समाधान गर्ने आफ्नै आफ्नै सुत्र
जस्तो जस्तो जोगी
उस्तै उस्तै मन्त्र

चाँदीको छतमुनी सुनको डस्नामा
जीवन मायाको प्रेंमपत्र
सीमाहीन गरिबीमा जिवन
केवल निर्जिब यन्त्र

विश्वराज अधिकारी