Saturday, March 31, 2012

The Path-Poem of the week-23


बाटो

म बाटो हुँ
म केवल देख्न सक्छु
तर केहि गर्न सक्तिन

म माथि उफ्रेर मला प्रहार गर्नेहरुला
मला भत्क्याएर बेरुप बनाउनेहरुला
म केहि गर्न सक्तिन

म विवश छु किनभने म बाटो हुँ
सधै अरुद्वारा उपयोग हुनु मेरो नियति हो

म माथि बुट बजाउनेहरु
गोली चलाउनेहरु
म माथि उफ्रिदै
आफ्नो गन्तव्यमा पुग्नेहरु
स्वार्थी भएको देखेको छु
म साक्षी छु तिनको धूर्तताको
तर पनि म केहि गर्न सक्तिन

म विवस छु
किनभने म बाटो हु

तर साबधान!
तिम्रो अत्याचारले सिमा नाघे पछि
म उठ्ने छु
पहाड झै
अनि थिच्ने छु तिमीलाइ
तिम्रो अस्तित्व समाप्त पार्न

विश्वराज अधिकारी

Friday, March 30, 2012

Cuba Towards Process of Change-Article-36


परिवर्तनको दिशा तर्फ उन्मुख क्युबा

गएको तीस वर्षमा निकै परिवर्तनहरु भएका छन, खास गरी अर्थ – राजनीतिको क्षेत्रमा। गएको तीस वर्षमा, सोभियत संघले साम्यवादी व्यवस्था परित्याग मात्र गरेन साथै अनेक राष्ट्रमा विभाजित समेत हुन पुग्यो। कम्युनिज्मको बढी व्यवहारिक प्रयोग गर्ने देश चिनले केन्द्र नियन्त्रित अर्थ व्यवस्था परित्याग गरी पूँजीवादी अर्थ व्यवस्था अंगाल्यो। यूरोपका धेरै राष्ट्रहरु- पोलैन्ड, बल्गेरिया, हन्गेरी, रोमानिया, चेकोस्लाभाकिया (तत्कालिन), अल्बेनिया, युगोस्लाभाकिया (तत्कालिन) आदिले कम्युनिज्म व्यवस्था परित्याग गरे। यसै गरी एशियाली राष्ट्रहरु- अफगानिस्तान, कम्बोडिया, मंगोलिया, भियतनाम आदिले पनि साम्यवादी वा केन्द्र नियन्त्रित अर्थ व्यवस्था परित्याग गरे। भारतले सामाजवादी नारा त्यागेको एक दसक भन्दा बढी भइ सक्यो। भारतका धेरै अर्थसास्त्रीहरु मुलुकले चमत्कारी किसिमले आर्थिक प्रगति गर्नुको प्रमुख कारण राष्ट्रले खुला र उदार अर्थतन्त्र अंगिकार गर्नु हो भनी विश्वास गर्छन्। यसै गरी नेपालमा पनि नेपाली कांग्रेसले समाजवादी अर्थ नीति परित्याग गरी सकेको उसको व्यवहारबाट देखिएको छ। 
अहिलेको युग भनेको लोकतान्त्रिक युग हो र लोकतन्त्रको प्रयोग राजनीति भन्दा पनि अर्थ नीतिमा बढी भइ रहेको छ। केन्द्र नियन्त्त्रित अर्थ व्यवस्था वा साम्यवादी अर्थ व्यवस्थाबाट दुत्ततर गतिमा मुलुकको आर्थिक विकास सम्भव नहुने वर्तमान विश्व परिस्थितिमा कुनै मुलुकको नेता वा सरकारले नियन्त्रित अर्थव्यवस्था द्वारा राष्ट्रको आर्थिक प्रगति गर्छु भन्नु त्यस देशको जनतालाई झुक्याउनु मात्र हो, परिस्थितिले त्यस्तै देखाएको छ। मौजुदा विश्व परिस्थितिमा आफ्नो राष्ट्रको आर्थिक विकास गर्न कुनै पनि मुलुकले अनिवार्य रुपमा विश्व अर्थव्यवस्थामा आफूलाई आवद्ध गर्नु नै पर्छ। विभिन्न राष्ट्रहरुको, र खास गरी खुला बजारका हिमायती राष्ट्रहरुको गतिविधिबाट निर्मित यो विश्व परिस्थिति, अन्य मुलुकहरूका लागि एक किसिमको अवसर पनि हो भने यो परिस्थितिलाई स्वीकार गर्नु पर्ने स्थिति बाध्यता पनि हो। अवसर यस कारण हो कि आफ्नो देशमा उपलब्ध स्रोत तथा साधनहरुको लाभदायक किसिमले व्यापक उपयोग गर्न विश्व अर्थव्यस्थासँगको आवद्धताले निकै सहयोग पुर्याउँछ। र आफ्नो मुलुकको आर्थिक विकास गर्न विश्व अर्थ व्यस्थामा आवद्ध हुनु नै पर्ने, अनेक मुलुकसँग आर्थिक मितेरी कायम गर्नु नै पर्ने चाहिँ वाध्यता हो, कुनै पनि राष्ट्रका लागि।
विश्व अर्थ व्यवस्थामा आफ्नो मुलुकलाई आवद्ध नगराई राष्ट्रको आर्थिक प्रगति हुन गार्हो रहेछ भन्ने यथार्थ अहिले विश्वमा रहेका केवल दुई कम्युनिष्ट राष्टहरु- उत्तर कोरिया र क्युवा मध्ये क्युवाले बुझ्न शुरु गरेको संकेत दिन थालेको छ।  सुयुक्त राज्य अमेरिकाबाट केवल ९० माइल मात्र टाढा रहेको टापु मुलुक क्युबा कम्युनिष्ट साशित मुलुक हो। करिबियन मुलुक क्युबाको उत्तरमा संयुक्त राज्य अमेरिका पर्दछ भने पश्चिममा बहमाज र मेक्सिको पर्दछन। दक्षिणमा केमन आइलैण्डस् र जमैका पर्दछन। यसै गरी हैटी र डोमनिकन रिपब्लिक दक्षिण पूर्वमा पर्दछन। सन् २०१० को अनुमान अनुसार क्युबाको जनसंख्य १ करोड १२ लाख ४१ हजार ८९४ रहेको छ। १,०९, ८८४ वर्ग मिटरमा फैलिएको क्युबा करिबियन राष्ट्रहरुमा सबै भन्दा बढी जनसंख्या र क्षेत्रफल भएको मुलुक हो। टापु मुलुक भएकोले समुन्द्री मार्गको भरपुर उपयोग गर्ने सक्ने स्थिति भएता पनि क्युबाले द्रुततर गतिमा आर्थिक प्रगति गर्न सकेको छैन र त्यस किसिमबाट आर्थिक प्रगति गर्न नसक्नुको मुख्य कारण जानकारहरु क्युबाको एक तन्त्रिय कम्युनिष्ट शासन व्यवस्था हो भन्दछन।
क्युबा अहिले चर्चामा छ र चर्चामा हुनुको कारण छ पोप बेनेडिक्ट XVI द्वारा क्युबाको भ्रमण। पोपले कम्युनिष्ट राष्ट्र क्युबाको भ्रमण गरेका छन। पोप, सोमबार ( March 26, 2012)  क्युबा आइ पुगेका थिए। त्रि दिवसिय आफ्नो भ्रमणको पहिलो दिन, सोमबार, पोप क्युबाको दक्षिण पूर्वी शहर सान्टियागो डि क्युबा पुगेका थिए, जहाँ उनको स्वागत क्युबाका राष्ट्रपति राउल काष्ट्रोले गरेका थिए। पोप मंगलबार क्युबाको राजधानी हवाना पुगेका थिए। पोपको क्युबा भ्रमणलाई धार्मिक सम्बन्ध र सद्भाव विस्तारको रुपमा उल्लेख गरिए तापनि उनको यो भ्रमणले क्युबालाई राजनैतिक र आर्थिक सुधारका लागि दबाब दिने अनुमान गरिएको छ। क्युबामा अहिले धार्मिक स्वतन्त्रता छ भनी उल्लेख गरिए तापनि विभिन्न क्षेत्रहरुमा धार्मिक गतिबिधिहरु गर्न रोक लगाइएको छ। केही दशक पहिले मात्र नै पनि सरकारले धार्मिक प्रभाव कम पार्न चर्चहरुको सम्पत्ति कब्जा गर्नुका साथै धर्ममा आस्था राख्ने कामदारहरुलाई कामबाट हटाएको थियो। हुन त अहिले पनि क्युबामा थुप्रै आस्थाका बन्दीहरु जेलमा रहेका छन भनी उल्लेख गरिएको पाइन्छ तर पनि पछिल्ला दिनहरुमा क्युबामा सुधारका केही कार्यहरु पनि सँग सँगै भइ रहेको देखिएका छन। जानकारहरुका अनुसार राष्ट्पति राउल काष्ट्रोले सुस्त गतिमा नै भए पनि सुधारका केही कार्यहरु अगाडि बढाएका छन। हुन त, त्यस्तो गर्नु पर्ने, बाध्यात्मक स्थितिले गर्दा पनि हुन सक्छ। तर पनि क्युबामा सुधारका संकेतहरु देखिएका छन। पोपको यो भ्रमणलाई, क्युबामा सुस्त गतिमा नै भए पनि जारी रहेको राजनैतिक र आर्थिक परिवर्तन प्रतिको समर्थनको रुपमा पनि हेरिएको छ, तर खास गरी भने धार्मिक क्षेत्रमा।
क्युबाको राजनीतिमा प्रभाव पार्न सक्ने केही व्यक्तिहरुले क्युबा राजनैतिक रुपमा यथा स्थितिमै रहने, केवल आर्थिक क्षेत्रमा मात्र केही परिवर्तन गर्ने मनस्थितिमा रहेको उल्लेख गरेता पनि क्युबाले राजनैतिक र आर्थिक दुबै क्षेत्रमा सुधार वा परिवर्तन गर्नु पर्ने बाध्यत्मक स्थिति सृजना भएको छ, मौजुदा विश्व परिस्थितिले गर्दा। धरै राष्ट्हरुसँग छुट्टिएर एक्लो अलग्गिएर बस्न गार्हो छ पनि, यो मौजुदा विश्व बजारीकरणको स्थितिमा। यो यथार्थलाई क्युबाले बुझ्न थालेको छ, अर्को कम्युनिष्ट राष्ट्र उत्तर कोरियाले नबुझेको वा नबुझेको जस्तो गरेता पनि।
क्युबामा अहिले पनि सोभियत-मोडेल अर्थतन्त्रको प्रभाव कायम नै छ। राष्ट्रिय अर्थतन्त्रमा राज्यको नियन्त्रण छ। उत्पादनका साधनहरु प्राय: राज्यको स्वामित्वमा छन् र राज्यद्वारा नै संचालित छन। कामदारहरुको नियुक्ति पनि प्राय: राज्यद्वारा नै हुन्छ। तर यस क्षेत्रमा केही सुधारका कार्यहरु पनि भएका छन, हालैमा। केही सीमित क्षेत्रहरुमा निजी स्वामित्वलाई पनि काम गर्न दिइएको छ। स्वरोजगारको रुपमा केही खुद्रा भंडार संचालन गर्न तथा हलुका उद्योग चलाउन निजी क्षेत्रलाई अनुमति दिइएको छ। निजी क्षेत्रले सन् २००६ मा २२ प्रतिशतलाई रोजगारी दिएको थियो जबकी १९८१ मा केवल ८.२ प्रतिशतलाई रोजगारी दिएको थियो। यसबाट पनि, यो देखिन्छ कि क्युबाको अर्थतन्त्र सुधार तर्फ उन्मुख छ। तर अहिले पनि पूँजी लगानी गर्न सरकारबाट अनिवार्य रुपमा अनुमति भने लिनु पर्दछ।
वर्तमान राष्ट्रपति राउल मोडेस्टो काष्ट्रो रुज सन् २००८ मा क्युवाका राष्ट्रपति भएका हुन। हुन त उनी सक्तिमा भने सन् २००६ मा नै आइ सकेका थिए। उनी सन् २००६ मा कार्यवाहक राष्ट्रपति भएका थिए,  दाजु र त्यसबेलाका राष्ट्रपति फिडेल काष्ट्रो बिरामी भएको कारणले गर्दा। फिडेल काष्ट्रो भने सन १९५९ देखि १९७६ सम्म क्युबाको प्रधान मंत्री तथा सन् १९७६ देखि २००८ सम्म क्युबाका राष्ट्रपति रहेका थिए।
स्वतन्त्र रुपमा बिचार अभिव्यक्त गर्न अझै पनि रोक लगाइएको क्युबामा राजनैतिक र आर्थिक सुधारका कार्यक्रमहरु कसरी अगाडि बढ्ने छ त्यो त आउने समयले नै देखाउने छ। तर एउटा सत्य के हो भने जुन सुकै किसिमको गतिमा होस क्युबाले सुधारका कार्यक्रमहरु अगाडि बढाउनु नै पर्छ, मौजुदा विश्व बजारीकरणको स्थितिमा, राष्ट्रको आर्थिक विकास गर्न।

विश्वराज अधिकारी

Sunday, March 25, 2012

Truth of the Truth-Fiction of the week-29

Truth of the Truth

The professor in his philosophy class said “There is a close relationship between the truth and the power. Whatever the power says, it becomes the truth. A person who possesses the power bears the capacity of changing untruth into the truth. The professor continues “Actually there is neither truth nor untruth in the world. Truth is something that can be proved as a truth with logics. Common people also accept them as the truth. Likewise, untruth is something that can be proved as untruth with logics.
Most of the students couldn’t understand what the professor said. One of the students seemed interested when he asked “You mean there is no truth. How is this possible, professor?”
The professor replied immediately “Yes, there is no truth.” The student asked again “The sun gives light. Is it not the truth?”
The professor gave explanation of his answer. He said “The truth that the sun gives light is absolute truth until the sun gives light by burning itself. But when the sun stops burning and gets cold then the truth that the sun gives light would be untruth. So the sun gives the light is truth only until it burns but when it stops it would be untruth.”
After listening to the professor’s explanation the student asked “You mean the truth has life time. Isn’t it?”
The professor said “Yes, truth has life. And not only the truth has life but it is relative term also. The truth differs from place to place, time to time, and person to person.”
With a confused face the student asked the professor “Tell me how is it possible?”
The professor laughed and said “If someone believes something as a truth in one place that may not be the truth in another place. Truth is something that is perceived as a truth by the people. If someone says to the people living in the desert region that the deadly floods can kill thousands of surrounding people, nobody of that region will believe.  They might not have ever seen the flood and that is why they would not believe. In the same way, if someone says to the people living near the river that the flood cannot take the life of people then no one would believe that. The people who live near the bank of a great river might have witnessed deadly floods that have killed thousands of people.” 
The professor laughed again and said “people do things that are done by the majority of people. What all the people believe as the truth, is the truth.”
Although the professor had a lot of explanations about the truth he stopped his speech because he could see the hint of disinterest in the face of his students. 

Bishwa Raj Adhikari

Saturday, March 24, 2012

The God-Poem of the week-22

भगवान

तिमी भगवानमा विश्वास गर्देनौ
तर म भगवान बाहेक कसैमा पूर्ण विश्वास गर्दिन
मेरो लागि भगवान जिवनको स्रोत  हुन
भगवानबाट जीवन आरम्भ हुन्छ
समाप्त हुन्छ भगवानमा नै

तर तिम्रो लागि भगवानको जन्म तिम्रो उच्च आकांक्षाबाट हुन्छ
र भगवानको अन्त हुन्छ पनि तिम्रो उच्च आकांक्षाको अन्त बाट
तिमीले भगवानलाई चर्को नसा मानेका छौ अफिम भन्दा पनि
तर म भगवानलाई जीवन द्रष्टा र रक्षक मान्दछु

तिम्रो लागि तिम्रो शक्ति नै भगवान हो
मेरो लागि केवल भक्ति भगवान हो
तिमी कतै भगबान देख्दैनौ
म चारैतिर भगवान देख्दछु
म माटोमा भगवान देख्छु
म हावामा भगवान देख्छु
म पानीमा भगवान देख्छु
म प्रकाशमा भगवान देख्छु
म आकाशमा भगवान देख्छु

तिमी खोज्छौ त्यसैले भगवान देख्दैनौ
मैल भगवान खोज्नै पर्दैन अनुभूत मात्र गरे हुन्छ
म माया र प्रेममा भगवान देख्छु
म सद्भाव र विश्वासमा भगवान देख्छु
म त्याग र सुकर्ममा भगवान देख्छु

मेरो भगवान विध्वंस होइन मेरो भगवान सृजना हो
मेरो भगवान द्वन्द होइन शान्तिको कामना हो
मेरो भगवान सबैको मंगल चाहना हो
म युद्धमा केवल घमण्ड र मृत्यु देख्छु
तिमी युद्धमा केवल विजय देख्छौ

घमण्डको आँखाले होइन
महत्वाकांक्षाको आँखाले होइन
भक्तिको आँखाले हेर 
जता हेर्यो उतै
आँखा नपुग्ने ठाउँ पनि
चारै तिर
भगवान देक्ने छौ

विश्वराज अधिकारी

Friday, March 23, 2012

Are Public Used Only?-Article-35


जनता केवल उपयोग भएका हुन त?

चिनले अहिले चमत्कारी किसिमले आर्थिक प्रगति गरि रहेको छ। श्रम लागत सस्तो भएकोले सस्तोमा सामान उत्पादन गरेर चिनले अन्तराष्ट्रर्यि बजारमा आफ्नो वर्चश्व मात्र कायम गरेको छैन साथै पूँजी निर्यात गर्न समेत सफल भएको छ। संयुक्त राज्य अमेरिका पछि विश्वको सर्वाधिक दोस्रो ठूलो अर्थतन्त्र हुन सफल चिनले ३० वर्ष यता गरेको आर्थिक उपलब्धी हो यो। चिनको आर्थिक वृद्धि दर १० प्रतिशत भन्दा माथि छ।
चिनको राष्ट्रिय राजनीति र खास गरि अर्थतन्त्रमा साम्यवादी दर्शनको मजबुत पकड जब ढिला हुन शुरू भयो चिनमा आर्थिक जागरणको युगको सुत्रपात भयो। चिनको राजनैतिक क्षेत्र र सामाजिक जिवनमा साम्यवादको अवशेष अहिले केहि मात्र बाँकी रहेता पनि अर्थतन्त्रमा भने पटक्कै बाँकी छैन। चिनले केवल उदघोष गर्न मात्र बाँकी छ उसले साम्यवादी अर्थतन्त्र परित्याग गरी पूँजीवादी अर्थतन्त्र अवलम्वन गरेको यथार्थ। उसको राष्ट्रिय अर्थ नीतिको व्यवहारिक प्रयोग र उसले अन्तराष्ट्रिर्य बजारमा कामय गरेको वर्चश्वले, चिनले पूँजीवादी अर्थतन्त्र पूर्ण रुपमा अवलम्वन गरेको स्पष्ट रुपमा थाहा हुन आउँछ।
चिनले पूँजीवादी अर्थतन्त्र अँगाल्यो भन्ने कुरा यहाँ उल्लेखनीय विषयको रुपमा प्रस्तुत गर्न खोजिएको होइन, र यो नौलो विषय पनि होइन। उल्लेखनीय विषयको रुपमा प्रस्तुत गर्न खोजिएको विषय हो- साम्यवादी अर्थतन्त्रले देशको आर्थिक विकास सम्भव छैन, न त साम्यवादी अर्थतन्त्रद्वारा विकासशील मुलुकमा व्याप्त रहेको कहाली लाग्दो गरिबी नै कम पार्ने सकिन्छ, भन्ने यथार्थ। अहिले सम्मको व्यवहारले बरु के देखाएको छ भने साम्यवादी अर्थतन्त्रले गरिबहरुको आर्थिक जिवनमा खुसहाली ल्याउन त सकने बरु साम्यवादको नारा दिएर केही महत्वाकांक्षी व्यक्ति र उसका आसेपासेहरु शक्ति र सत्तामा लामो कालसम्म बस्न सक्षम भए। र त्यो क्रम अहिले पनि चलि नै रहेको छ। महत्वाकांक्षीहरु जनताको गरिबीलाई भर्याँग बनाएर आफ्नो स्वार्थको सिखर चढि नै रहेका छन, साम्यवादी दर्शनको आडमा। यो यथार्थलाई उत्तर कोरियामा भइ रहेका घटनाक्रमहरुले त अझै बढी प्रष्ट्याएका छन। उत्तर कोरियाको राजकिय सत्तामा लामो समयसम्म केवल एउटै परिवार (बाबु- किम इल सुङ्ग १९४८-१९९४, छोरा- किम जोङ्ग इल १९९४-२०११, र नाति- किम जोङ्ग –उन २९ डिसेम्बर २०११-हालसम्म) को पकडले साम्यवादको प्रयोग महत्वाकांक्षीहरुका लागि चिरकालसम्म सत्तामा बसाई राख्ने औजारको रुपमा भएको भनी निष्कर्ष झिक्न कुनै दुविधा हुँदैन। नेपालका अधिकांस बामपन्थी नेताहरुको व्यवहारले त यो यथार्थ अझै बढी प्रष्ट भएर आउँछ। नेपालका बामपन्थी नेताहरुको वर्तमान व्यवहारको समिक्षा गर्दा उनीहरु जनतामा व्याप्त गरिबी कम पार्न क्रियाशिल हुनुको साटो सत्ता प्राप्तिका लागि अनके दाउपेंच खेल्ने र धन प्राप्त गरेर जिवनलाई विलासी बनाउने तर्फ सक्रिय रहेको देखिन्छ। नेपालका वामपन्थी नेताहरुले जनतामा व्याप्त गरिबीलाई केवल सक्ति र सत्ता प्राप्तिको माध्यम मात्र बनाएको सेतो सत्य लुकाउन गार्हो छ, उनीहरुले  अति नै वजनदार र नया नया किसिमका तर्कहरु दिएता पनि।
जनताको गरिबीलाई सक्ति र सत्ता प्राप्तिको माध्यम बनाउने यो मोडेल अब भने पुरानो हुन थाल्यो। जनताले बिस्तारै बुझ्न थाले उनीहरुको गरिबीको केवल उपयोग मात्र भएको छ, उनीहरुको गरिबी निवारणका लागि ठोस प्रयास भएको छैन, वामपन्थी दर्शन प्रयोग गर्ने सरकार र नेताहरुबाट। यो यथार्थलाई बुझेर नै होला पश्चिम बंगाल (भारत) का जनताले लामो समय देखि सत्तामा रहेको कमनिष्ट सरकार र कम्युनिष्ट नेताहरुलाई सत्ताबाट बाहिर पठाए।
अब भने नेता वा महत्वाकांक्षीहरुले जनताको गरिबीलाई होइन जनताको जात, जातियता, क्षेत्रीयता, साम्प्रदायिकतालाई शक्ति र सत्ता प्राप्तिको माध्यम बनाउन थालेका छन, शक्ति र सत्ता प्राप्त गर्न अर्को नया मोडेलको प्रयोग गर्न थालेका छन। जनताको गरिबीलाई कम पार्न विभिन्न किसिमका आर्थिक मोडेलहरुको खोजी गरेर र तिनको व्यवहारिक प्रयोग गर्नुको साटो पहिचानलाई मुल मुद्दा बनाएर जनतालाई अनावश्यक किसिमको पहिचान युद्धमा धकेली रहेका छन। जनता पनि थाहा नै नपाइ पहिचान युद्धमा होमिंदै छन।
विश्वका अनेक मुलुकमा जातिय वा पहिचानका मुद्दाहरुलाई उठाइ रहेका छन, त्यस किसिमका व्यक्तिहरुले। नेपालमा त यो मुद्दा झनै ज्यादै चर्को रुपमा उठाइको छ , मुलुकमा सदियौदेखि व्याप्त रहेको डर लाग्दो गरिबीलाई कसरी हटाउन सकिन्छ भन्ने विषयलाई मुल मुद्दा बनाउनुको साटो।
मननयोग्य कुरा के छ भने विकासशील मुलुकका जनता र खास गरी नेपाल जस्तो गरिब मुलुक, जहाँ बेरोजगारीको समस्या कहाली लाग्दो किसिमले व्याप्त छ, वर्ष भरि दुई छाक सम्म खान पनि नपाउने परिवारहरुको संख्या लाखौमा छ, सुद्ध खाने पानी समेतको अभाव छ, यो अति आधुनिक एकाइसौं सताव्दिमा पनि घरमा टुकी, लालटेन बाल्नु पर्ने स्थिति छ, मा पहिचान होइन आर्थिक विकास मुल मुद्दा बन्नु पर्ने हो। सबै जात जाति, समुदायका मानिसहरु संगै बसेर आर्थिक विकासमा हाते मालो गर्दै अगाडि बढ्ने वातावरण सृजना हुनु पर्ने हो। अहिले वहुसंख्यक नेपाली, जसले ढुक्कसँग दुई छाक खान पनि पाएका छैनन्, त्यति मात्र होइन क्रुर गरिबीको पीडा सहन नसकेर केहीले आत्महत्या समेत पनि गरेका छन, लाई पहिचान होइन डरलाग्दो गरिबीबाट मुक्ति चाहिएको छ। दुइ छाक ढुक्कसँग खान पाउने स्थितिको सुनिश्चितता चाहिएको छ।
खासमा भन्ने हो भने पहिचान आम नेपालीको मुल मुद्दा नै होइन। नेपालमा पहिचानको मुद्दा जुन किसिमले उठाइदै त्यसबाट प्रष्ट हुन्छ पहिचानको नारा महत्वाकांक्षी वा नेताहरु लागि शक्ति र सत्ता प्राप्तिका लागि माध्यम बन्न थालेको यथार्थ।
पहिचानका लागि गरिने संघर्ष वा आन्दोलनले कुनै वा केही व्यक्तिहरुलाई शक्तिशाली तुल्याउन सक्छ होला, सत्तारोहण गराउन सक्छ होला, यसै गरी कुनै खास समूहमा चर्चित नेताको रुपमा स्थापित गराउन सक्छ होला तर आम नेपालीलाई कहाली लाग्दो गरिबीको खाडलबाट बाहिर ल्याउन सक्दैन। पहिचानको मुद्दा केवल एक भावनात्मक कुरा हो र यसले महत्वाकांक्षासँग मात्र सरोकार राख्छ, गरिबी निबारणसँग सम्बन्ध राख्दैन। गरिबी निबारणका लागि त सामुहिक प्रयास चाहिन्छ, सबै किसिमका मानिसहरु एक साथ मिलेर बस्ने भावना चाहिन्छ। नेपालको सन्दर्भमा, यो यथार्थ बारे गहिरिएर सोंच्न ढिलो हुन थालि सक्यो, विश्वका विभिन्न राष्ट्रहरुले अन्य ग्रहमा समेत बस्ती बसाउन सकिन्छ कि भनी कल्पना र योजना गरि रहेको परिप्रेक्ष्यमा।

विश्वराज अधिकारी

Saturday, March 17, 2012

The Rally-Poem of the week-21

जुलुस


जुलुस देखि ज्यादै डर लाग्छ उसलाई
जुलुसले उसको धेरै शोषण गरेको छ
धेरै दौडेको छ ऊ जुलुसमा

जुलुसको कान हुँदैन
आँखा हुँदैन
चिन्तन गर्ने चेतना हुदैन
हुन्छ केवल खुट्टा दौडिनका लागि
त्यसैले जुलुस दौडिन्छ केवल अरुको इसारामा

जुलुसला धेरैले दौडाएका छन्
आफ्नो पछि पछि लगाएका छन्
आफ्नो महत्वाकांक्षाको सिखर छुन
धेरैले जुलुसलाई भर्याङ्ग बनाएका छन
तैपनि जुलुस आँखा बिना कान बिना केवल दौडिरहेको छ
अझै दौडिने छ
कहिले सम्म दौडिने छ?
भन्न सकिदैन 
त्यसैले उसलाई जुलुसदेखि डर लाग्छ

जुलुस दौडिदा आफन्तहरुला नै ढालेको छ जुलुसले
तिनला लाश बना कुल्चेको छ
लासहरु बढदै गएमा बाटो बलियो भएको विश्वास गरेको छ
अनि आफूलाई दौडाउनेको पछि लागेर
कहिले नपुगिने गन्तव्यमा दौडिएको छ जुलुस
त्यसैले उसलाई जुलुसदेखि डर लाग्छ

विश्वराज अधिकारी


Sunday, March 11, 2012

A Tall Building and a Small Building-Fiction of the week-28

A Tall Building and a Small Building

There was a tall building with more than seven stories, in a busy commercial city. There was also a small building next to the tall building. The small building was only one storied and had only one room. The owner of the tall building was Seth Girdharilal and small’s was Rama- Ramanand Jha.
Once there was an earthquake in the city. It destroyed the city very badly. The deadly earthquake destroyed nearly all the buildings of the city. The next day, one of the magazines published the news in its front page.

Big surprise
By the reporter
The owner of the tallest building and the richest person of the city Mr. Girdharlal died in the earthquake. The deadly earthquake did not leave a single person from his family. Even finding a dead body was quite impossible because of the number of rooms and the size of the building. The rescue members couldn’t go through all the rooms of the building in a short period of time. But the building which is close to the tall building had very low impact of the earthquake because of its size. Only a small part of its roof is broken. All persons staying in the building at the time of earthquake were rescued and are out of danger. It was possible only because the building was small and easy to make rescue efforts. This is one of the big surprises which were observed in yesterday’s earthquake.
After reading the news Mr. Jha looked at his building for a long while. The tall building of inferiority that had been constructed in his heart because of his small house next to that tall building also got destroyed in that earthquake.

Bishwa Raj Adhikari

Saturday, March 10, 2012

The Light-Poem of the week-20

 उज्यालो

उज्यालो देखि डर लाग्छ उसलाई
उज्यालो देखि धेरै ठगिएको छ ऊ
धेरैले अन्ध्याँरोमा पुर्याए उसलाई
उज्यालो भन्दै

उज्यालो देखेको थिएन पहिले
त्यसैले पत्यायो पनि उसले
जे देखेको त्यो उज्यालो हो भन्दै
तर देख्न नसके पछि थाहा पायो
ऊ अन्ध्याँरोको चक्र ब्यूहमा परेको

सत्रुहरुबाट घेरिएको अभिमन्यू जस्तै
अन्ध्याँरोको चक्र ब्यूहबाट
बहिर आउन सकि रहेको छैन ऊ
चारै तिर यता उता अध्यारो छ
त्यसैले उसलाई डर लाग्छ
उज्यालो देखि

विश्वराज अधिकारी

Friday, March 9, 2012

Putin's High Ambitions-Article-34


पुटिनको बढ्दो महत्वाकांक्षा

कुनै बेला विश्वका दुई महा शक्ति राष्ट्रहरु मध्ये एकको हैसियत राख्ने र विश्व राजनीतिलाई ज्यादै नजिकबाट प्रभावित गर्न सक्ने सोभियत रुस अहिले क्षेत्रीय शक्तिको हैसियत राख्न सक्ने स्थितिमा पनि छैन। रुस विभाजित हुनु भन्दा पहिले विज्ञान र प्रविधिको क्षेत्रमा जति अगाडि थियो अहिले त्यतिकै पछाडि परेको छ। यी कुराहरु धेरै रुसी जनतालाई मन परेको छैन। उनीहरु पहिलेको स्थितिमा नै रुसलाई हेर्न चाहन्छन। यस किसिमको चाहना राख्ने रुसीहरु मुलुकमा त्यस्तो नेताको नेतृत्व होस जसले रुसी राजनीतिलाई स्थिरता दिनुका साथै आर्थिक रुपमा पनि बलियो तुल्यायोस भन्ने इच्छा राख्छन। र त्यस्तो चाहना राख्नेहरुले भ्लादिमिर पुटिन जस्तै महत्वकांक्षी नेतालाई मन पराउँछन। भ्लादिमिर पुटिन जस्तो नेतालाई मन पराउने व्यक्तिहरु मध्ये धेरै निम्न आय वर्गमा पर्दछन र उनीहरुको बसोबास साना शहर र गाउँहरुमा बढी छ। भ्लादिमिर पुटिनले त्यस्ता जनताको मतको उपयोग गरि रहेका छन, राष्ट्रियताको नारा दिएर उनीहरुलाई खुसी तुल्याउँदै छन। जहिले पनि रुसी राजनीतिको केन्द्रमा रहि नै रहने आफ्नो महत्वाकांक्षा पूरा गर्दै छन। गत आइतवार ( March 4, 2012)  राष्ट्रपतिका लागि भएको निर्वाचन, जसमा उनले ६० प्रतिसत जति मत ल्याएर विजय हासिल गरे अनि तेस्रो पटक राष्ट्रपति हुने मौका पाए, ले उनको त्यो मत्वाकांक्षालाई झनै निरन्तरता दिएको छ। यो विजयले जहिले पनि शक्तिसाली भएर बस्ने उनको महत्वाकांक्षा झनै चुलिएको छ। दुई पटक राष्ट्रपति र एक पटक प्रधान मंत्री समेत भएका पुटिनको शक्ति केन्द्रमा रहेको (सन् २००० देखि हालसम्म) समयलाई जोडने हो भने उनले १२ वर्ष वर्षदेखि निरन्तर रुपमा रुसको राजनीतिमा बलियो पकड कायम गरेको देखिन्छ। उनका बिपक्षीहरुको चिन्ताको विषय पनि यही नै हो। उनका बिपक्षीहरु भन्छन ‘पुटिनको शासन धेरै भयो’  ‘अब उनले सन्यास लिनु पर्दछ’। पुटिनको सत्ता माथिको पकड जति सबल हुँदै जान्छ र जति लामो समयसम्म उनी शक्तिमा रहन्छन रुसमा प्रजातनत्र सोहि अनुरुप कमजोर हुँदै जाने चिंता उनका विपक्षीहरुले व्यक्त गर्दै छन। रुसको प्रजातान्त्रिक संरचनालाई कमजोर तुल्याएर केवल आफू बलियो हुने काम गरेको र आफूलाई राजनैतिक रुपमा चुनौति दिन सक्ने व्यक्तित्वको विकास अन्य नेताहरुमा हुन न दिएको आरोप पनि विपक्षीहरुले लगाएका छन, हालै निर्वाचित राष्ट्रपति पुटिन माथि। हुन पनि गत चुनावमा, राष्ट्रपतिका अन्य चर्चित उम्मेदवारहरु– गेन्नादी ज्युगानोभ, मिखाइल प्रोखोरोभ, भ्लादिमिर झिरिनोभ्सकीमा निर्वाचित राष्ट्रपति पुटिनलाई चुनौति दिन सक्ने क्षमताको अभाव देखिएको थियो। रुसी राजनीतिलाई बलियो गरि प्रभाव पार्न सक्ने क्षमता उनीहरुमा देखिएन। गेन्नादी ज्युगानोभले त तिन वटा राष्ट्रपतिय चुनावमा भाग लिएर पनि विजय हासिल गर्न सकेका थिएनन्।   
मुलुकको राजनीतिमा जहिले पनि बलियो पकड कायम राखि नै राख्ने पुटिनको उच्च महत्वाकांक्षालाई मन नपराउनेहरुको जमात पनि ठूलो छ, रुसमा। ठूला शहरहरुमा बस्ने र खास गरि मध्यम वर्गियहरुको माझ पुटिन लोकप्रिय छैनन्। पुटिन-प्रशासन निष्पक्ष हुन न सकेको,  कर्मचारीतन्त्र बढेको, संचार माध्यमहरुमा नियन्त्रण कायम गरेको जस्ता आरोपहरु उनका विरोधीहरुले लगाउँदै आएका छन, पुटिन माथि। यसै गरी प्रजातान्त्रिक संरचनाहरु भत्काएको, आफूलाई निरन्तर शक्तिसाली राख्न शक्ति केन्द्र तयार पारेको जस्ता आरोपहरु पनि उनी माथि लाग्दै आएको छ। यति मात्र होइन गत डिसेम्बरदेखि नै उनको बिरोधमा प्रदर्शन हुँदै आइ रहेको छ। गत राष्ट्रपतिय निर्वाचन निष्पक्ष नभएको र मत दानको क्रममा निकै अनियमितताहरु भएको आरोप उनका विपक्षीहरुको रहेको छ।   
पहिले के. जि. बि. को अफिसर रहि सकेका, ५९ वर्षिय कानूनका विद्यार्थी पुटिन राजनीतिका चतुर खेलाडि मानिन्छन। टाइम प्रत्रिकाद्वारा घोषणा गरिने Person of the Year ( Man of the Year )  अन्तरगत सन् २००७ का लागि Person of the Year घोषित पुटिन जनतालाई कसरी रिझाउने भन्ने कलामा निपूर्ण छन् पनि। गत राष्ट्रपतिय निर्वाचनमा, आफ्नो प्रचार प्रसारको क्रममा, यदि आफू राष्टपति निर्वाचित भएमा पेन्सन वृद्धि गर्ने, संचार माध्यमहरुलाई अझै निष्पक्ष पार्ने, सेवा निवृतिको उमेरमा एक रुपता ल्याउने, र समग्रमा रुसी जनताको आर्थिक जिवन स्तर माथि पुर्याउने भनी पुटिनले आफ्ना समर्थकहरु माझ बाचा गरेका थिए। सोहि अनुरुप निर्वाचनमा विजय हासिल गरे पछि निकालिएको उनको विजय उत्सव जुलुसमा उनका समर्थकहरुले ‘पुटिन- हाम्रो राष्ट्रपति’, ‘हामी पुटिनमा विश्वास गर्छौ’ जस्ता नाराहरु लगाएका थिए। यसै गरी पुलिस र सेनाको समर्थन र सहयोग पाउन हालै उनीहरुको तलब वृद्धि गरेका थिए, पुटिनले।
पुटिनले वल प्रयोगद्वारा आफ्नो लोकप्रियता बढाएको, गत चुनाव पनि व्यापक धांधली गरी जितेको, कानून व्यवस्थालाई निष्पक्ष पार्न नसकेको भनी आरोप लगाउनेहरुलाई पुटिनले यो पछिल्लो राष्ट्रपतिय कार्य काल पूरा गर्न सक्लान भन्ने कुरामा संका छ। संका गर्नेहरु भन्छन पुटिनको लोकप्रियता खस्किंदो क्रममा छ।
पुटिन राष्ट्रपति निर्वाचित भए पछि उनको समर्थन र विरोधमा जुलुस प्रदर्शनहरु भएता पनि पुटिनको विजयले, साम्यवादी व्यवस्थाको प्रभाव अझै पनि रुसी समाजमा रही नै रहेको परिप्रेक्ष्यमा, रुसमा प्रजातन्त्र बलियो हुन नसकिरहेको प्रष्ट गरी संकेत गर्दछ। पुटिन १२ वर्षदेखि शक्ति केन्द्रमा हुनु, तिन पटक राष्ट्रपति र एक पटक प्रधान मंत्री भएर राज्य सक्ति केवल आफ्नो नियनत्रणमा राख्नुले एकातिर पुटिनमा शक्तिसाली हुने महत्वाकांक्षा झनै प्रवल हुँदै गएको प्रष्ट हुन्छ   भने अर्कोतिर रुसको प्रजातन्त्र तर्फको यात्रा आउँदा दिनहरुमा झनै कष्टकर हुँदै जाने देखिन्छ।
८३ वटा फेडरल सब्जेक्ट (Constituent entities) भएको रुसी महा संघ उत्तरी यूरेसियामा पर्दछ। यसको उत्तर र दक्षिणमा नरबे, फिनलैण्ड, इस्टोनिया, लाटभिया, लिथुआनिया, पोलैन्ड, बेलारुस, युक्रेन, जर्जिया, अजरबाइजान, काजाखस्तान, चिन, मंगोलिया र उत्तर कोरिया पर्दछन। १ करोड ७० लाख ७५ हजार ४०० वर्ग किलोमिटरमा फैलिएको रुसी महा संघ विश्व कै सबै भन्दा ठूलो राष्ट्र हो। जन संख्या (१४,३०,३०,१०६ जनवरी १, २०१२) को हिसाबले भने विश्वको आठौ ठूलो राष्ट्र हो। बजार अर्थ तन्त्र अंगालेको रुस सर्वाधिक तेल उत्पादन गर्ने राष्ट्रहरुको पंक्तिमा एक नम्बरमा पर्दछ। संसार भरि मै रुससँग धेरै खानी र सक्ति स्रोत (Energy resources) छ। यसै गरी प्राकृतिक गैस उत्पादनमा पनि विश्वमा दुई नम्बरमा छ। वन सम्पदामा पनि रुसको विश्वमै एक नम्बर स्थान छ। रुसका तालहरुले विश्व कै लगभग एक तिहाई स्वच्छ पानी संग्रह गरेको विश्वास गरिन्छ। रुस विश्वको १० औ   ठूलो अर्थ तन्त्र हो भने क्रय शक्तिको हिसाबले छैठौ। रुसको आर्थिक वृद्धि दर ७ प्रतिसत भन्दा माथि छ भने प्रति व्यक्ति आय (अमेरिकी डलरमा, सन २०१० अनुसार) १९,८४० रहेको छ।
सिरियाली राष्ट्रपति बसार असादलाई पछि हट्न दबाब दिने सन्दर्भमा संयुक्त राष्ट्र संघले ल्याएको प्रस्ताबमा रुस सहमत भएको थिएन र विपक्षमा मतदान गरेको थियो, भिटो प्रयोग गरेको थियो। यसै गरी रुस ब्रिक (BRIC- Brazil, Russ, India, China) राष्ट्रहरु मध्येको एक हो। रुसका यी क्रियाकलापहरुले रुस पुन: आफ्नो पुरानो महा शक्तिको छविलाई ल्याउन खोज्दै छ भन्ने कुराको संकेत गर्दछ। पुरानो छवि ल्याउने रुसको महत्वाकांक्षालाई पनि राष्टपति निर्वाचित पुटिनले आफ्नो लोकप्रियता बढाउने माध्यमको रुपमा प्रयोग गरेको देखिन्छ। 

विश्वराज अधिकारी

Sunday, March 4, 2012

The Beggar-Fiction of the week-27


The Beggar

The senior officer ordered his assistant “Chase these beggars from the sidewalk of the busy road. They never follow the order of making the side walk clear and clean. They have not only made the side walk narrow but also very dirty.” After giving the order the officer waited for the implementation of his order.
The assistant started chasing the beggars using his administrative and physical power.  One of the beggars defied the order and stood still. Instead of running away he approached  the officer.  He did not care about the severe action that the officer and his assistant could take. The beggar had courage and boldness in his voice,and he said “Sir, if we beg inside the street instead of the side walk of the busy road the leaders who have promised us that they would take care of us would never see our needs and poverty. Those leaders never go through inside the street rather they chose the busy roads which are wider and clean.  Their long cars cannot pass through  the narrow  street . To make them recall the promises they have made to us we need to beg in the busy road’s side walk instead of going inside the street."
After listening to the beggar the officer looked at the wider and  the clean road for a long time.Then he looked the dirty and narrow streets. The assistant was still chasing the beggars from the side walk of the busy road.  

Bishwa Raj Adhikari

Saturday, March 3, 2012

Heart; The swiftest-Poem of the week-19

तेज मन

वायु भन्दा तेज गतिमा दौडिन्छ मन
एक पलमा सात समुन्द्र पार पुगि दिन्छ मन

फैलिन्छ वरि परि चारै तिर कता कता यता उता मन
बाँध्न सकिँदैन डोरीले स्वतन्त्र सुगन्ध झै मन

कठोर भइ दिन्छ कहिले ढुङ्गा जस्तो मन
नौनी झै कोमल कहिले बनिदिन्छ मन

भरिएर कहिले छताछुल्ल भइ पोखिइन्छ मन
कहि भने थोपा हुन्न रितिन्छ मन

माया प्रेममा आँखा भरि फुलिदिन्छ मन
तिरस्कारमा दन दनी बलिदिन्छ मन

बुझ्न गार्हो भयो अति मनको मन
जति बुझ्यो नबुझे झै लाग्ने झन झन मनको यो मन

विश्वराज अधिकारी

Friday, March 2, 2012

Economic Problems are Mounting in Portugal-Article-33


पोर्चुगलको आर्थिक संकट

अहिले नेपाल र पोर्चुगलको आर्थिक समस्यामा केही समानता देखिएको छ। यी दुवै देशमा बेरोजगारी उल्लेखनीय किसिमले बढेको छ। जसरी नेपालमा बेरोजगारी बढेर निरास जनता रोजगारीका लागि अरब, मध्यपूर्व, अफ्रिका, युरोप, उत्तर अमेरिका, दक्षिण अमेरिका, अष्ट्रेलिया पुग्दै छन त्यसै गरी पोर्चुगलका जनता देशमा बेरोजगारी बढेर इङ्लैण्ड, ब्राजिल, अन्गोला, चिन तिर लागि रहेका छन। पोर्चुगलमा बेरोजगारी बढेर अहिले १४ प्रतिशत पुगेको छ। युवाहरुको बेरोजगारी त झन ३० प्रतिशत पुगेको छ। मुलुकको अर्थ तन्त्रमा ३ देखि ६ प्रतिशतले गिराबट आउने  अनि २० लाख मानिस गरिबीको रेखामा पुग्ने अनुमान गरिएको छ। सम्बन्धित क्षेत्रका विज्ञहरु पोर्चुगल पनि ग्रिसको जस्तै आर्थिक संकटको स्थितिमा पुग्न सक्ने अनुमान गर्दै छन। ग्रिसले झै पोर्चुगलले पनि बढ्दो ऋणलाई कम पार्न सकेको छैन, कडा आर्थिक अनुशासनका नियमहरु लागु गर्दा पनि। राष्ट्रिय ऋण र आर्थिक घाटा ठूला समस्याहरुका रुपमा प्रस्तुत भइ रहेका छन, पोर्चुगलको अगाडि।
धेरै पोर्चुगिजहरुलाई यूरोपियन यूनियनद्वारा लागू गरिएको आर्थिक अनुशासन योजना (Austerity plans) मन परेको छैन। उनीहरुको विचारमा त्यस्तो योजनाले पोर्चुगललाई ग्रिसको जस्तो स्थितिमा पुर्याउन सक्छ। कतिपय पोर्चुगिजहरु आफ्नो मुलुक यूरोपियन यूनियनमा आवद्ध भए पनि त्यो आवद्धताबाट लाभांदित हुन नसकेको विश्वाश गर्छन। बरु दक्षिण अमेरिका, अफ्रिका, भारत र चिनसँगको व्यापारलाई बढी महत्व दिनु पर्दछ भन्ने तर्फ जोड दिरहेका छन।
आर्थिक संकट र खास गरि बेरोजगारीले अहिले पोर्चुगललाई यति सताएको छ कि देशका प्रधान मंत्री, पेद्रो पासोस कोल्हो, ले देशबासीलाई रोजगारी वा खुसहालीका लागि विदेशतिर जान सल्लाह दिंदै छन। तर कुनै समय यस्तो पनि थियो जुन बेला संसारका अनेक मुलुकहरुमा पोर्चुगलले आफ्नो उपनिवेश खडा गरेको थियो। पोर्चुगलको साम्राज्यलाई पोर्चुगलको विदेशी सामाज्य वा पोर्चुगलको औपनिवेशिक साम्राज्य पनि भन्ने गरिन्थ्यो। पोर्चुगलको साम्राज्यलाई, विश्व इतिहासमा, संसार भरि फैलिएको पहिलो साम्राज्य मान्ने गरिन्थ्यो। त्यति मात्र होइन, यूरोपियन साम्राज्यहरु मध्ये  पोर्चुगलले सबैभन्दा लामो समय, अर्थात ६०० वर्षभन्दा बढी समय सम्म साम्राज्य कामय गरेको थियो। पोर्चुगलको साम्राज्य खडा गर्ने अभियान सन् १४१५ बाट शुरु भएको थियो। सन् १९९९ मा मकाउ हस्तान्तरण गर्दासम्म र सन् २००२ मा पूर्वी टिमोरको सार्भौमसत्तालाई स्वीकार गर्नु पूर्वसम्म पोर्चुगलको औपनिवेशिक युग चलि रहेको थियो। पोर्चुगलले उपनिवेश खडा गरेका क्षेत्रहरु अहिले ५३ वटा स्वतन्त्र राष्ट्रका रुपमा उदाएका छन। पोर्चुगलका भास्को ड गामा सन् १४९८ मा भारत पुगेका थिए। पोर्चुगलले भारतको गोवामा उपनिवेश समेत खडा गरेको थियो। भारतले सन १९६१ मा गोवा आफ्नो अधिनमा लिनु भन्दा पहिलेसम्म गोवा पोर्चुगलको उपनिवेश थियो। गोवा  ४५० वर्ष सम्म पोर्चुगलको उपनिवेश रहेको थियो।
अहिले भने समय फेरिएको छ। कुनै बेला पोर्चुगलले उपनिवेश बनाएको देशहरुले अहिले द्रुततर गतिमा आर्थिक प्रगति गरि रहेका छन। रोजगारीका लागि पोर्चुगिजहरु अहिले अंगोला, ब्राजिल पुग्दै छन। अंगोला र ब्राजिल पुर्चुगलका उपनिवेश रहि सकेका मुलुकहरु हुन।
पोर्चुगल आफैमा पनि एक सम्पन्न राष्ट्र हो। प्राकृतिक स्रोतहरुको प्रचुरता र आफ्ना उपनिवेश रहि सकेका राष्ट्रहरुसँगको अशल सम्बन्धलाई पोर्चुगलले राम्रो गरि उपयोग गरेर खस्किंदो आफ्नो आर्थिक स्थितिमा सुधार ल्याउन सक्छ। कतिपय पोर्चुगिजहरु खस्किंदो स्थितिमा रहेका युरोपका बजारहरु भन्दा तेजिलो भएर उदाउन थालेका एशियाका बजारहरुतिर पोर्चुगल लाग्नु पर्ने तिर जोड दिइ रहेका छन। र उत्पादन बढाएर राष्ट्रिर्य ऋण र आर्थिक घाटा कम गर्न सकिन्छ भनि रहेका छन।
दक्षिण पश्चिम यूरोपमा अवस्थित पोर्चुगलको पश्चिम दक्षिणमा एटलान्टिक ओसन पर्दछ भने उत्तर पूर्वमा स्पेन पर्दछ। ९२,०९० वर्ग किलोमिटरमा फैलिएको पोर्चुगलको जनसंख्या (सन् २०११ को जन गणना अनुसार) १,०५,६१,६१४ रहेको छ। यसै गरि कुल गार्यहस्थ उत्पादन र प्रति व्यक्ति आय (सन् २०११ को अनुमान अनुसार), Purchasing Power Parity को आधारमा क्रमश: $२२९.३३६ बिलियन र $२२,६९९ रहेको छ।
अहिले यूरोपका धेरै मुलुकहरु आर्थिक संकटको सामना गरि रहेका छन तर अर्कोतिर एशियाका नव धनाड्य हुन खोजि रहेका मुलुकहरु, खास गरी चिन, भारत, दक्षिण कोरिया आदिले द्रुततर गतिमा आर्थिक प्रगति गरि रहेका छन। एशियाका यी राष्ट्रहरुले द्रुततर गतिमा आर्थिक प्रगति गर्नुको पछाडि विभिन्न कारणहरु छन। ती विभिन्न कारणहरु मध्ये मुख्य कारण भनेको यी राष्ट्रहरुमा श्रम लागत कम हुनु र जनसंख्या धेरै भएको हुनाले स्वदेश मै पनि राम्रो बजार पाउनु हो। यो लाभ वा सुबिधा यूरोपका राष्ट्रहरुलाई प्राप्त हुन सकि रहेको छैन। यूरोपका राष्ट्रहरु भौगोलिक र जनसंख्याको आधारमा पनि तुलनात्मक रुपमा साना भएका हुनाले आर्थिक समृद्धि हासिल गर्न अनिवार्य रुपमा अन्य राष्ट्रहरुमा भर पर्नु नै पर्ने स्थिति छ। यो समस्यालाई सम्वोधन गर्न नै यूरोपियन यूनियनको स्थापना भएको हो। हाल २७ राष्ट्रहरु सदस्य रहेको यूरोपियन यूनियनले यसका सदस्य राष्ट्रहरुको आर्थिक समस्यालाई सम्बोधन गर्न सकि रहेको छैन। यूरोपियन यूनियनको उद्देश्य यूरोपका राष्ट्रहरु मिलेर एउटा वृहत् बजारको स्थापना गर्ने र सो बजारद्वारा एक अर्काको आर्थिक हित अभिवृद्धि गर्ने भएता पनि त्यस्तो हुन सकि रहेको छैन। अहिले यूरोपका बजारहरु भन्दा एशिया, अफ्रिका, दक्षिण अमेरिकाका बजारहरु आर्थिक विकासका बढी सम्भावनाहरुले युक्त छन, मानव स्रोत, प्राकृतिक स्रोत एवम् पूँजी र प्रविधि सहितले। यूरोपेली राष्ट्रहरुले, खास गरि आर्थिक संकटको सामना गरि रहेका राष्ट्रहरुले, यूरोपका बजारहरुमा भन्दा लाभदायक नया बजारहरुको खोजिमा लाग्नु पर्ने देखिन्छ र ती लाभदायक नया बजारहरु एशिया, अफ्रिका र दक्षिण अमेरिकाका क्षेत्रहरु देखा पर्दै छन।

विश्वराज अधिकारी