Monday, March 30, 2015

Geeta Chapter 18 (Last)


भागवत गीता अध्याय १८

अर्जुन उवाच
संन्यासस्य महाबाहो तत्त्वमिच्छामि वेदितुम्।
त्यागस्य च हृषीकेश पृथक्केशिनिषूदन।।१।।
अर्जुन बिन्ति गर्छन
(हे महाबाहो, हे हृषीकेश-चेतनाहरुका स्वामी, हे केशिनिषूदन-केशि राक्षसको बधकर्ता, सन्यास र त्यागको तत्वलाई म पृथक पृथक किसिमले जान्न चाहन्छु।)


श्रीभगवानुवाच
काम्यानां कर्मणां न्यासं संन्यासं कवयो विदु:
सर्वकर्मफलत्यागं प्राहुस्त्यागं विचक्षणा:।।२।।
भगवान श्रीकृष्ण आज्ञा गर्नुहुन्छ
(काम-भौतिक इच्छाहरुसँग सम्बन्धित रहेका कर्महरुको परित्यागलाई निपूर्ण पण्डितहरु सन्यास भन्दछन तर विद्वानहरु भने समस्त कर्मफलहरुको पूर्ण परित्यागलाई त्याग भन्दछन्।)


त्याज्यं दोषवदित्येके कर्म प्राहुर्मनीषिण:।
यज्ञदानतप:कर्म न त्याज्यमिति चापरे।।३।।
(केही शाख्यवादी मनिषि-दार्शनिकहरुले भने कर्महरु मात्र दोषयुक्त छन् त्यसकारण यिनीहरुको परित्याग गर्नु पर्दछ भनी भन्दछन् तर मिमांशकहरु भने यज्ञ, दान र तपस्या परित्याग गर्नपर्ने किसिमका कर्महरु होइनन् भनी भन्दछन्।)

नोट: न्याय, वैसेषिक, सांख्य, योग, मिमांस र वेदान्त गरी छ (६) प्रकार वा प्रणालीका परम्परावादी दर्शनहरु छन्।  न्याय गौतम, वैसेषिक कन्दन, सांख्य कपिल, योग पतञ्जली, मिमांस जैमिनी, र वेदान्त बदरायन वा वैष्य ऋषिले विकास गरेका हुन।


निश्चयं शृणु मे तत्र त्यागे भरतसत्तम।
त्यागो हि पुरुषव्याघ्र विविध: सम्प्रकीर्तित:।।४।।
(हे भरतश्रेष्ठ, अब त्यागबारे मेरो निश्चयात्मक धारणा सुन जुन म सक्षिप्त म भन्ने छु। हे मनुष्यहरुमा बाघ, त्याग तीन किसिमको हुन्छ भनी भनिएको छ।)


यज्ञदानतप:कर्म न त्याज्यं कार्यमेव तत्।
यज्ञो दानं तपश्चैव पावनानि मनीषिणाम्।।५।।
(यज्ञ, दान र तपस्या रुप कर्महरु परित्याग गर्नु हुँदैन बरु नि:सन्देह गर्नु पर्दछ किनभने यिनीहरुले व्यक्तिहरुको चित्तलाई पवित्र पार्ने कार्य गर्दछन्।)


एतान्यपि तु कर्माणि संगं त्यक्त्वा फलानि च।
कर्तव्यानीति मे पार्थ निश्चितं मतमुत्तमम्।।६।।
(हे पार्थ, यी सबै कर्महरु कर्तापनको अभिमान र कर्मफलको आशा त्यागेर गर्नु नै कर्तव्य हो। यो मेरो निश्चयात्मक उत्तम सल्लाह एवं आदेश पनि हो।)


नियतस्य तु संन्यास: कर्मणो नोपपद्यते।
मोहात्तस्य परित्यागस्तामस: परिकीर्तित:।।७।।
(तर नित्यकर्म-जीवन निर्वाहका लागि गरिने कार्यहरु को त्याग गर्नु आवश्यक छैन। मोहमा परेर गरिने ती कर्महरुको परित्यागलाई तामसी भन्ने गरिन्छ।)


दु:खमित्येव यत् कर्म कायक्लेशभयात्तजेत्।
स कृत्वा राजसं त्यागं नैव त्यागफलं लभेत्।।८।।
(जो व्यक्तिले दु:खदायी मानेर शारीरिक कष्टको डरले कर्मको परित्याग गर्दछ उसले राजस त्याग गर्दछ। त्यस्तो व्यक्ति त्यागको फलबाट बञ्चित हुन पुग्छ।)


कार्यमित्येव यत् कर्म नियतं क्रियतेSर्जुन।
संगं त्यक्त्वा फलं चैव स त्याग: सात्तिवको मत:।।९।।
(हे अर्जुन, कर्तापनको घमण्ड र कर्मफलको इच्छा परित्याग गरेर नित्य कर्म गर्नु कर्तव्य हो भन्ने संझेर गरिने कर्म नै सात्विक त्याग हो भनि कहिएको छ।)


न द्वेष्टयकुशलं कर्म कुशले नानुषज्जते।
त्यागी सत्त्वसमाविष्टो मेधावी छिन्नसंशय:।।१०।।
(जो व्यक्ति दु:खदायी कार्यहरुबाट दु:खी हुँदैन र सुखदायी कार्यहरुमा असक्ति राख्दैन ऊ सत्वशील, शंसयरहित एवं बुद्धिमान हो र ऊ नै त्यागी हो।) 

न हि देहभृता शक्यं त्यक्तुं कर्माण्यशेषत:।
यस्तु कर्मफलत्यागी स त्यागीत्यभिधीयते।।११।।
(देहधारी-मनुष्यहरुले पूर्णरुपले कर्महरुको परित्याग गर्न सक्तैनन र यो सम्भव पनि छैन। त्यसकारण ती व्यक्तिहरु जसले कर्मफलहरुको इच्छा राख्दैनन् र परित्याग गर्छन्, त्यस्ताहरुलाई त्यागीको रुपमा लिने गरिन्छ।)


अनिष्टमिष्टं मिश्रं च त्रिबिधं कर्मण: फलम्।
भवत्यत्यागिनां प्रेत्य न तु संन्यासिनां क्वचित्।।१२।।
(पहिले वर्णनन् गरिएका त्याग नगर्ने व्यक्तिहरुको मृत्यु भएपछि उनीहरुले पुन: तीन किसिमका फलहरु प्राप्त गर्छन जुन यस प्रकार छ- नारकीय, देवत्व र मनुषत्व। तर सन्यासीको लागि भने कहिले पनि यस्तो हुँदैन।)


पञ्चैतानि महाबाहो कारणानि निबोध मे।
सांख्ये कृतान्ते प्रक्तानि सिद्धे सर्वकर्मणाम्।।१३।।
हे महाबाहो, वेदान्तमा भनिएका पाँच कारणहरु, जसले सबै कर्महरुको सिद्धिका लागि कर्महरुलाई समाप्त पार्छन्, ती अब मबाट सुन।)


अधिष्ठानं तथा कर्ता करणं च पृथग् विधम्।
विविधाश्च पृथक् चेष्टा दैवं चैवात्र पञ्चमम्।।१४।।
(देह-क्रिया हुने स्थान, कर्ता, इन्द्रियहरु तथा विभिन्न किसिमका चेष्टा-प्रयासहरु एवं पञ्चम स्थानमा रहेको सर्वप्रेरक अन्तरयामी-आत्मा गरी वेदान्तमा यी पाँच कारण भनिएको छ।)


शरीरवाङ्मनोभिर्यत् कर्म प्रारभते नर:।
न्याय्यं वा विपरीतं वा पञ्चैते तस्य हेतव:।।१५।।
(मनुष्यले शरीर, वाणी र मनले शास्त्र-धर्म अनुसार वा शास्त्र विपरित जे जति कार्यहरु गर्दछ ती कार्यहरुका कर्ता ती पाँच कारणहरु नै हुन।)


तत्रैवं सति कर्तारमात्मानं केवलं तु य:।
पश्यत्यकृतबुद्धित्वान्न स पश्यति दुर्मति:।।१६।।
(तर जसले यो तात्विक कुराहरुलाई बुझ्दैनन् र केवल आत्मालाई नै सबै कर्महरुको कर्ताको रुपमा देख्छन ती अपूर्ण बुद्धि हुने अविवेकीहरुले सही किसिमले बुझ्दैनन्। वस्तुहरु जस्तो छन् त्यस्तै किसिमले तिनीहरुले देख्न सक्तैनन्।)


यस्य नाहंकृतो भावो बुद्धिर्यस्य न लिप्यते।
हत्वापि स इमालँ लोकान्न हन्ति न निबध्यते।।१७।।
(जुन व्यक्तिमा कर्तापनको घमण्ड छैन र जसको बुद्धि कर्मको फलमा आसक्त छैन त्यस्तो व्यक्तिले यदि समस्त प्राणीहरुको हत्या गेर पनि यथार्थमा हत्यारा ठहर्दैनन् र  ऊ त्यो कर्म फलसँग जोडिंदैनन् पनि।)

ज्ञानंम ज्ञेयं परिज्ञाता त्रिविधा कर्मचोदना।
करणं कर्म कर्तेति त्रिविध: कर्मसंग्रह:।।१८।।
(ज्ञान, ज्ञानको अन्तरवस्तु र ज्ञाता ती तत्वहरु हुन जसले कर्महरु गर्न उत्प्रेरित गर्छन। इन्द्रियहरु, क्रिया र कर्ता क्रियाका आश्रयहरु हुन।)


ज्ञानं कर्म च कर्ता च त्रिधैव गुणभेदत:।
प्रोच्यते गुणसंख्याने यथावच्छृणु तान्यति।।१९।।
(गुणहरुको भिन्नताले गर्दा ज्ञान, कर्म र कर्ता गरी सांख्यशास्त्रमा तीन किसिमले भनिएका छन जुन तिमी यथावत रुपमा सुन।)


सर्वभूतेषु येनैकं भावमव्ययमीक्षते।
अविभक्तं विभक्तेषु तज्ज्ञानं विद्धि सात्त्विकम्।।२०।।
(जुन ज्ञानले प्रत्येक विभिन्न देहधारीको शरीरमा रहेको आत्मालाई एक अखण्ड र अमर देख्दछ त्यो सात्विक ज्ञान हो भन्ने बुझ।)


पृथक्वेन तु यज्ज्ञानं नानाभावान् पृथग् विधान्।
वेत्ति सर्वेषु भूतेषु तज्ज्ञानं विद्धि राजसम्।।२१।।
(जुन ज्ञानले सम्पूर्ण देहधारीमा फरक फरक किसिमको जीव अस्तित्व रहेको देख्दछ त्यो राजसिक ज्ञान हो।)

यत्तु कृत्स्नवदेकस्मिन् कर्मे सक्तमहैतुकम्।
अतत्त्वार्थवदल्पं च तत्तामसमुदाहृतम्।।२२।।
(र जुन ज्ञानले स्नान, भोजन आदि जस्ता दैहिक कार्यहरुलाई पूर्ण मानेर ती कार्यहरुमा समाविष्ट गराउँछ, जुन युक्ति र तत्व अर्थ नभएको एवं पशु समान तुक्ष्य छ त्यसलाई तामसिक ज्ञान भन्ने गरिन्छ।)


नियतं संगरहितमरागद्वेषत: कृतम्।
आफलप्रेप्सुना कर्म यत्तत्सात्त्विकमुच्यते।।२३।।
(जुन नित्य कर्म शास्त्रले व्यवस्था गरे अनुरुप तथा फलको आसक्ति र इच्छा त्यागेर एवं राग तथा द्वेष नराखि कुनै व्यक्तिद्वारा गरिन्छ भने छ त्यो कर्मलाई सात्विक कर्म भन्ने गरिन्छ।)


यत्तु कामेप्सुना कर्म साहंकारेण वा पुन:।
क्रियते बहुलायासं तद् राजसमुदाहृतम्।।२४।।
(तर अति क्लेष-परिश्रमपूर्ण तथा कर्मफलको इच्छा सहति अहंकारी व्यक्तिद्वारा गरिएको कर्मलाई राजसिक कर्म भनिएको छ।)


अनुबन्धं क्षयं हिंसामनपेक्ष्य च पौरुषम्।
मोहादारभ्यते कर्म यत्तत्तामसमुच्यते।।२५।।
(अरुलाई घात एवं धर्म तथा ज्ञानको नोक्सानी हुने किसिमबाट आफ्नो कार्य क्षमताको कुनै ख्याल नगरी, कर्मको भावि परिणामलाई बेवास्ता गर्दै भ्रम एवं मोहमा परेर कुनै व्यक्तिद्वार गरिएको कर्मलाई तामसिक कर्म भनिएको छ।)


मुक्तासंगोSनहंवादी धृत्युत्साहसमन्वित:।
सिद्ध्यसिद्धयोर्निर्विकार: कर्ता सात्त्विक उज्यते।।२६।।
(घमण्ड एवं फलको लालसाशून्य भएर दृढ निश्चय एव उत्साहका साथ तथा सफलता एवं असफलतालाई समान सम्झेर कर्म गर्ने कर्ता नै सात्विक कर्ता हो।)

रागी कर्मफलप्रेप्सुर्लुब्धो हिंसात्मकोSशुचि:।
हर्षशोकान्वित: कर्ता राजस: परिकीर्तित:।।२७।।
(विषय भोगहरुमा आसक्ति राख्ने र कर्मफलहरुको चाहना गर्ने,  लोभी, हर्षित र शोकाकूल हुने तथा हिंसागर्ने र आचरण अपवित्र राख्नेहरुलाई राजस भन्ने गरिन्छ।)


अयुक्त: प्राकृत: स्तब्ध: शठो नैष्कृतिकोSलस:।
विषादी दीर्घसूत्री च कर्ता तामस उच्यते।।२८।।
(अनुचित कार्य गर्न रुचाउने, स्वभावको अनुसार इच्छा राख्ने अनुशासनहीन, मूर्ख, घमण्डि, अल्छि, शोकमग्न र कार्यमा विलंबगर्नेलाई तामसी भन्ने गरिन्छ।)

बुद्धेर्भेदं धृतेश्चैव गुणतस्त्रिविधं शृणु।
प्रोच्यमानमशेषेण पृथक्त्वेन धनञ्जय।।२९।।
(हे धनञ्जय-धनको विजय गर्ने, सात्विक, राजसिकि र तामसिक यी तीन भौतिक स्वभावको अनुसार बुद्धि र दृढता पनि फरक फरक हुन्छ। अब म तिनीहरुको बारेमा भन्दैछु, सुन।)


प्रवृत्तिं च निवृत्तिं च कार्याकार्ये भयाभये।
बन्धं मोक्षं च या वेत्ति बुद्धि: सा पार्थ सात्त्विकी।।३०।।
(हे पार्थ, जुन बुद्धि-ज्ञान द्वारा एक व्यक्तिले कर्म र सन्यासको मार्गलाई बुझ्छ, उचित र अनुचित कार्य छुट्याउन सक्छ, भय र भयशून्यता जान्दछ, जन्म र मृत्युको बन्धन र मोक्ष बारे थाहा पाउँछ त्यस्तो किसिमको ज्ञान सात्विक  बुद्धि हो।।)


यया धर्ममधर्मं च कार्यं चाकार्यमेव च।
अयथावत्प्रजानाति बुद्धि: सा पार्थ राजसी।।३१।।
(हे पार्थ, जुन बुद्धिद्वारा धर्म र अधर्म तथा कार्य र अकार्यलाई सही किसिमले बुझ्न सकिंदैन त्यस्तो बुद्धि राजसी बुद्धि हो।)


अधर्मं धर्ममिति या मन्यते तमसावृता।
सर्वार्थान् विपरीतांश्च बुद्धि: सा पार्थ तामसी।।३२।।
(हे पार्थ, त्यो बुद्धि जुन अज्ञानतले भरिएर अधर्मलाई धर्म मान्दछ तथा असत्यलाई सत्य भनी अनुभूत गर्दछ भने त्यो बुद्धि तामसी बुद्धि हो।)


धृत्या यया धारयते मन:प्राणेन्द्रियक्रिया:।
योगेनाव्यभिचारिण्या धृति: सा पार्थ सात्त्विकी।।३३।।
(हे पार्थ, त्यो धृति- धारणा जो अडिग छ, योग अभ्यासाद्वारा दृढ रुपमा कायम गरिएको छ र यी विषेशताहरुले युक्त भएर मन, जीवन र इन्द्रियहरुका कार्यहरुलाई नियन्त्रित गर्दछ भने त्यस्तो धारणालाई सात्विक धारणा भनिएको छ।)


यया तु धर्मकामार्थान् धृत्या धारयतेSर्जुन।
प्रसंगेन फलाकाङ्क्षी धृति: सा पार्थ राजसी।।३४।।
(तर हे अर्जुन, आसक्त भएर फलको कामना गर्दै कुनै व्यक्तिले त्येही किसिमको धारणद्वारा धर्मका कार्यहरु, इन्द्रिय सुखका क्रियाहरु र अर्थको आर्जन गर्दछ भने, हे पार्थ, त्यो धारणा राजसी हो।

यया स्वप्नं भयं शोकं विषादं मदमेव च।
न विमुञ्चति दुर्मेधा धृति: सा पार्थ तामसी।।३५।।
(हे पार्थ, जुन धारणाद्वारा एक मूर्ख व्यक्तिले सपना, भय, चिन्ता, उदासी, र घमण्ड परित्याग गर्दैन त्यो धारणा तामसी हो।)


सुखं त्विदानीं त्रिविधं शृणे मे भरतर्षभ।
अभ्यासाद् रमते यत्र दु:खान्तं च निगच्छति।।३६।।
(र अब, हे भरतर्षभ, म बाट तीन किसिमका प्रशन्नता बारे सुन जुनद्वार शरीर धारण गरेको आत्मा पुन: पुन:को अभ्यासद्वारा आनन्दित हुन्छ र सांसारिक दु:खको समाप्ति भएको अनुभूति समेत गर्न सक्छ।)


यत्तदग्रे विषमिव परिणामेSमृतोपमम्।
तत्सुखं सात्त्विकं प्रोक्तमात्मबुद्धिप्रसादजम्।।३७।।
(त्यो प्रशन्नता सात्विक हो जुन प्रारम्भमा विषको समान तर अन्त्यमा-परिणाम भने अमृतमय हुन्छ र जुन व्यक्तिमा आत्मविषय निर्मलता- स्वज्ञानबाट उत्पन्न हुन्छ।)

विषयेन्द्रियसंयोगाद्यत्तदग्रेSमृतोमम्।
परिणामे विषमिव तत्सुखं राजसं स्मृतम्।।३८।।
(इन्द्रियहरुले भोगगर्दा प्राप्त हुने प्रशन्नता-सुख जुन प्रारम्भमा अमृतमय हुन्छ तर त्यसको परिणाम-असर भने विषयुक्त हुन्छ भने त्यो प्रशन्नता राजस हो।)


यदग्रे चानुबन्धे च सुखं मोहनमात्मन:।
निद्रालस्यप्रमादोत्थं तत्तामसमुदाह्रतम्।।३९।।
(निद्रा, आलस्य र भ्रम-गैरजिम्बेबारीपनबाट उत्पन्न भएको प्रशन्नता जसले जीवधारीलाई प्रारम्भमा पनि भ्रममा राख्छ र अन्त्य-परिणाममा पनि भ्रममा राख्दछ भने त्यस्तो प्रशन्नतालाई  तामसी प्रशन्नता भन्ने गरिन्छ।)

न तदस्ति पृथिव्यां वा दिवि देवेषु वा पुन:।
सत्त्वं प्रकृतिजैर्मुक्तं यदेभि: स्यात् त्रिभिर्गुणै:।।४०।।
 (पृथ्वीमा रहेका देहधारी वा स्वर्गमा वा देवताहरुमा नै पनि त्यस्ता कोही पनि प्राणीहरु छैनन् जो प्रकृतिबाट उत्पन्न यी तीन गुणहरुबाट मुक्त हुन।)


ब्राह्मणक्षत्रियविशां शूद्राणां च परन्तप।
कर्माणि प्रविभक्तानि स्वभावप्रभवैर्गुणै:।।४१।।
(हे परन्तप, ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्रहरुको कर्म-कार्य उनीहरुको स्वभावजन्य गुणहरुका अनुसार-आधारमा विभाजन गरिएको छ। यो विभाजन जन्मको आधारमा गरिएको होइन।)

नोट: धेरै विद्वानहरुले यो स्लोकको अर्थ उल्लेख गर्दा ब्राह्मण, क्षेत्रिय, वैश्य र शूद्र जन्मको आधारमा होइन व्यक्तिको कार्यको आधार वा उनीहरुमा देखिने प्रवृतिको आधारमा गरिएको भनी प्रष्ट ‍पारेका छन्।)

शमो दमस्तप: शौचं क्षान्तिरार्जवमेव च।
ज्ञानं विज्ञानमास्तिक्यं ब्रह्मकर्म स्वभावजम्।।४२।।
(शान्त, स्व-नियन्त्रण, तपस्या, शुद्धता, सहनशीलता, इमान्दारी, ज्ञान, विद्वता, धर्मपरायणता यी सबै ब्राह्मण- स्वभावबाट उत्पन्न हुने कर्महरु हुन।)

नोट: शान्त, स्व-नियन्त्रित, तपस्या गर्ने, शुद्ध रहने, सहनशील, इमान्दार, ज्ञानी, विद्वान, र धर्मपरायण स्वभावका व्यक्तिहरु ब्राह्मण हुन।)


शौर्यं तेजो धृतिर्दाक्ष्यं युद्धे चाप्यपलानम्।
दानमीश्वरभावश्च क्षात्रंम कर्म स्वभावजम्।।४३।।
(वीरता, तेजमय-शक्तिशाली, धैर्यता, चातुर्यता, युद्धकुशल-रणभूमिबाट डराएर नभाग्ने, दानशील, स्वाभिमानी-लोक नेतृत्वकर्ता यी क्षत्रिय स्वभावका कर्महरु हुन।)

कृषिगोरक्ष्यवाणिज्यं वैश्यकर्म स्वभावजम्।
परिचर्यात्मकं कर्म शूदस्यापि स्वभावजम्।।४४।।
(कृषि कार्य, गौरक्षा-पालन, व्यापार संचालन आदि वैश्य स्वभावका कर्महरु हुन। सबै समुदायका व्यक्तिहरुको सेवा गर्नु शूद्रहरुका लागि स्वभाविक कर्म हो।)

नोट: माथिको स्लोकको अर्थ, वैश्यहरुको जीवन आधार व्यापार एवं कृषि र शूद्रहरूको श्रम रहेको भनी, लगाउन सकिन्छ। निर्धन, केवल कोरा श्रम गरेर खाने वर्गका व्यक्तिहरु शूद्र हुन।)


स्वे स्वे कर्मण्यभिरत: संसिद्धिं लभते नर:।
स्वकर्मनिरत: सिद्धि यथा विन्दति तच्छृणु।।४५।।
(जन्मजात पाएका गुणहरु अनुरुप आफ्नो आफ्नो कर्म गर्ने व्यक्यिहरुले परमसिद्धि प्राप्त गर्छन। आफ्ना तोकिएका कर्महरु गरी व्यक्ति कसरी सिद्ध हुन्छ त्यस बारे भने अब मसंग सुन।)


यत: प्रवृत्तिर्भूतानां येन सर्वमिदं ततम्।
स्वकर्मणा तमभ्यर्च्य सिद्धिं विन्दति मानव:।।४६।।
(जसबाट सम्पूर्ण प्राणीहरुको उत्पत्ति भएको छ र जो यस जगत् मा सर्वत्र व्याप्त छन् उनको पूजा व्यक्तिहरुले आ-आफ्नो धर्म- कार्यहरु अनुसार गरे सिद्धि प्राप्त गर्दछन्।)


श्रेयान् स्वधर्मो विगुण: परधर्मात् स्वनुष्ठितात्।
स्वभावनियतं कर्म कुर्वन्नाप्नोति किल्बिषम्।।४७।।
(उत्तम आचरणद्वारा गरिएको अरुको धर्मभन्दा उत्तम आचारणद्वारा नगरिएको भए पनि आफ्नो धर्म नै श्रेष्ठ हुन्छ। आफ्नो जन्मजात गुण-स्वभाव द्वारा निर्धारित कर्महरु गर्नाले पापको भागी हुनु पर्दैन।)

सहजं कर्म कौन्तेय सदोषमपि न त्यजेत्।
सर्वारम्भा हि दोषेण धूमेनाग्निरिवावृता:।।४८।।
(हे कौन्तेय, दोषयुक्त भएपनि आफ्ना स्वभाविक कर्महरुको परित्याग गर्नु हुँदैन किनभने सम्पूर्ण कर्महरु दोषद्वारा त्यसरी नै बेरिएका छन् जसरी आगो धूँआद्वारा बेरिएको हुन्छ।)


असक्तबुद्धि: सर्वत्र जितात्मा विगतस्पृह:।
नैष्कर्म्यसिदधिं परमां संन्यासेनाधिगच्छति।।४९।।
(तिनीहरु, जसको बुद्धिले कतै पनि आसक्ति राख्दैन, जसले आफ्नो मनमाथि नियन्त्रण कायम गरेको छ, र योग अभ्यासको बलद्वारा जसले इच्छाहरुबाट मुक्ति पाएको छ, ले मोक्षको उच्च सिद्धि प्राप्त गर्छन्।)

सिद्धिं प्राप्तो यथा ब्रह्म तथाप्नोति निबोध मे।
समासेनैव कौन्तेय निष्ठा ज्ञानस्य या परा।।५०।।
(हे कौन्तेय, सिद्धि प्राप्त गरेको व्यक्तिले जुन तरिकाबाट ब्रह्म प्राप्त गर्दछ र जुन ब्रह्म ज्ञानको उच्च गति पनि हो, त्यस तरिका बारे मबाट संक्षेपमा सुन।)


बुदध्या विशुद्धा युक्तो धृत्यात्मानं नियम्य च।
शब्दादीन् विषयांस्त्यक्त्वा रागद्वेषौ व्युदस्य च।।५१।।

विविसक्तसेवी लध्वाशी यतवाक्यायमानस:।
ध्यानयोगपरो नत्यं वैराग्यं समुपाश्रित:।।५२।।

अहंकारं बलं दर्पं कामं क्रोधं परिग्रहम्।
विमुच्य निर्मम: शान्तो ब्रह्मभूयाय कल्पते।।५३।।
५१-५३
(शुद्ध बुद्धिले युक्त भइ सात्विक धारणाद्वारा अन्त: करण आफ्नो नियन्त्रणमा गरेको,  शब्द आदि विषयहरुलाई परित्याग गरेको, द्वेषहरुलाई नष्ट पारेको, निर्जन एकान्तबासी, अल्पआहारी, वाणी र शरीर माथि विजय प्राप्त गरेको, निरन्तर ध्यान योगमा निष्ट भएर वैराग्य प्राप्त गरेको, घमण्ड, काम, क्रोध र सञ्चयलाई त्याग गरेको, ममता रहित एवं शान्त अन्त:करण भएको पुरुष ब्रह्ममा मिल्न योग्य हुन्छ।)


ब्रह्मभूत प्रसन्नत्मा न शोचति न काङ्क्षति।
सम: सर्वेषु भूतेषु मद्भक्तिं लभते पराम्।।५४।।
(ब्रह्ममा अवस्थित प्रशन्न चित्त भएको व्यक्तिले न त कसैको लागि शोक गर्दछ न त कुनै कुराको आकांक्षा नै गर्दछ। सम्पूर्ण प्राणीहरुलाई समभावले हेरेर उसले प्रेमले भरिएको मेरो भक्ति प्राप्त गर्दछ।)

भक्त्या मामभिजानाति यावान् यश्चास्मि तत्त्वत:।
ततो मां तत्त्वातो ज्ञात्वा विशते तदनन्तरम्।५५।।
(म जुन किसिमले विभूतिसम्पन्न छु र मेरो जुन स्वरुप छ भन्ने कुरा कसैले भक्तिद्वारा तत्वले जान्न सक्दछ। अनि जसले भक्तिद्वारा यो कुरा जान्दछ, यसरी मलाई जानेर ऊ मेरो लिलामा प्रवेश गर्दछ, ममा बिलिन हुन्छ।)


सर्वकर्माण्यपि सदा कुर्वाणो मद्व्यपाश्रय:।
मत्प्रसादादवाप्नोति शाश्वतं पदमव्ययम्।।५६।।
(सँधै सबै किसिमका कार्यहरुमा संलग्न भएता पनि मेरा अनन्य भक्तहरुले मेरो नै संरक्षणकत्वमा मेरो आशिर्वादले गर्दा अव्यय-अविनासी बैकुण्ठधाम प्राप्त गर्दछन्।)


चेतसा सर्वकर्माणि मयि संन्यस्य मत्पर:।
बुद्धियोगमुपाश्रित्य मच्चित्त: सततं भव।।५७।।
(मनले सम्पूर्ण कर्महरुलाई ममा समर्पण गर्दै मत परायण बुद्धियोगको प्रयोग गरेर नित्य ममाथि चित्त लगाउने होऊ।)


मच्चित: सर्वदुर्गाणि मत्प्रसादात्तरिष्यसि।
अथ चेत्त्वमहंकारान्न श्रोष्यसि विनङ्क्षसि।।५८।।
(यदि तिमी ममाथि चित्त लगाउने भएमा मेरो कृपाले सम्पूर्ण बाधा एवं संकटहरुलाई पार गर्नेछौ तर यदि अहंकारी भयौ र यी कुराहरु सुनेनौ भने चाँहि संसाररुपि नाश प्राप्त गर्नेछौ।)


यदहंकारमाश्रित्य न योत्स्य इति मन्यसे।
मिथ्यैष व्यवसायस्ते प्रकृतिस्त्वां नियोक्ष्यति।।५९।।
यदि तिमी अहंकारमा परी यो मैले युद्ध गर्नु उचित छैन भन्ने निश्चय गर्छौ भने तिम्रो त्यो निश्चय मित्थ्या प्रमाणित हुनेछ किनभने प्रकृति (रजोगुणि मेरो माया) ले तिमीलाई युद्ध गर्न निर्दैशित गर्ने छ नै।)

स्वभावजेन कौन्तेय निबद्ध स्वेन कर्मणा।
कर्तुं नेच्छसि यन्मोहात् करिष्यस्यवशोSपि तत्।।६०।।
(हे कौन्तेय, मोहमा परेर अहिले जुन कर्म तिमी गर्न चाहिरहेको छैनौ त्यो कर्म पनि तिमीले  आफ्नो स्वभावको कर्म अनुरुप बाँधिएर विवश भएर गर्नेछौ।)


इश्वर: सर्वभूतानां हृद्देशेSर्जुन तिष्ठति।
भ्रामयन् सर्वभूतानि यन्त्रारुढानि मायया।।६१।।
(हे अर्जुन, ईश्वर सम्पूर्ण प्राणीहरुको हृदमा बास गर्नु हुन्छ र शरीररुपि यन्त्रमा आरुढ भएर ती प्राणीहरुलाई आफ्नो मायाले संसार-चक्रमा भ्रमण गराउनु हुन्छ।)


तमेव शरणं गच्छ सर्वभावेन भारत।
तत्प्रसादात्परां शान्तिं स्थानं प्राप्स्यसि शाश्वतम्।।६२।।
(हे भारत, सम्पूर्ण भावहरुले ती ईश्वरको नै शरणमा जाऊ। उनका कृपाले तिमीले उच्च शान्ति र नित्य धाम-स्थान पाउने छौ।)


इति ते ज्ञानमाख्यातं गुह्याद् गुह्यतरं मया।
विमृश्यैतदशेषेण यथेच्छसि तथा कुरु।।६३।।
(यस किसिमले मैले यो गोप्य भन्दा पनि महा गोप्य ज्ञान तिमीलाई सुनाएको छु। यस ज्ञान माथि विश्लेषण सहित पूर्ण विचार गर अनि तिमीलाई जे गर्ने इच्छा लाग्छ त्येही गर।)


सर्वगुह्यतमं भूय: शृणु मे परमं वच:।
इष्टोSसि मे दृढमिति ततो वक्ष्यामि ते हितम्।।६४।।
(मेरो यो गोप्य भन्दा पनि अति गोप्य तथा सबैको तुलनामा सर्वश्रेष्ठ वचनहरु तिमी पुन: सुन। तिमी मेरो अति प्रिय भएकोले तिम्रो हितका लागि यसलाई फेरि दोहर्याउँदैछु।)


मन्मना भव मद्भक्तो मद्याजी मां नमस्कुरु।
मामेवैष्यसि सत्यं ते प्रतिजाने प्रियोSसि मे।।६५।।
(तिमी आफ्नो चित्त ममा समर्पण गर, मेरो नाम, रुप, लिला आदिबारे सुन र तिनको किर्तन गरेर मेरो अनन्य भक्त होउ। मेरो पूँजा गर्ने होऊ। मलाई नमस्कार गर्ने होउ। यस प्रकार गरेर तिमीले मलाई नै प्राप्त गर्नैछौ। यस्तो हुनेछ भनी म तिमीलाई सत्य-अडिग प्रतिज्ञा गर्दैछु किनभने तिमी मेरो परम मित्र पनि होउ।)


सर्वधर्मान् परित्यज्य मामेकं शरणं व्रज।
अहं त्वां सर्वपापेभ्यो मोक्षयिष्यामि मा शुच:।।६६।।
(वर्ण, आश्रम आदि सम्पूर्ण शारिरीक तथा मानसिक धर्महरुलाई परित्याग गरेर तिमी केवल मेरो मात्र शरणमा आऊ। तिमीलाई म सबै पापहरुबाट मुक्ति दिनेछु। तिमी शोक नगर।)


इदं ते नातापस्काय नाभक्ताय कदाचन।
न चाशुश्रूषवे वाच्यं न च मां योSभ्यसूयति।।६७।।
(मैले तिमीलाई भनेको यो गीताशास्त्र-गोप्य ज्ञान तपस्या नगर्ने अभक्त एवं सुन्न इच्छुक नभएका व्यक्तिहरुलाई तथा ती व्यक्तिहरु जसले मेरो निन्दा र द्वेष गर्दछन तिनीहरुलाई समेत पनि कहिले पनि नसुनाउनु।)


य इदं परमं गुह्यं मद्भक्तेष्वभिधास्यति।
भक्तिं मयि परां कृत्वा मामेवैष्यत्यसंशय:।।६८।।
(जसले मेरा अनन्य भक्तहरुलाई यो अति गोप्य ज्ञान-गीताशास्त्रको शिक्षा दिन्छन् तिनीहरुले महान प्रेममय कार्य गर्नेछन्। त्यस्तो गर्नेहरु नि:सन्देह ममा प्राप्त हुनेछन्।)


न च तस्मान्मनुष्येषु कश्चिन्मे प्रियकृत्तम:।
भविता न च मे तस्मादन्य: प्रियतरो भुवि।।६९।।
(मनुष्यहरुमा गीताको वर्णनन् गर्ने जति मेरो लगि प्रिय कार्य गर्ने अरु कोही पनि छैन र सम्पूर्ण जगत् मा ऊ भन्दा मेरो लागि अधिक प्यारो हरु कोही हुन सक्तैन पनि।)


अध्येष्यते च य इमं धर्म्यं संवादमावयो:।
ज्ञानयज्ञेन तेनाहमिष्ट: स्यामिति मे मति:।।७०।।
( र जो व्यक्तिहरुले हामी दुईका यी धर्ममय वार्ताहरु सुन्ने, पढ्ने र मनन् गर्नेछन् तिनीहरुले मलाई अवश्य पनि ज्ञानयज्ञले पूजा गर्नेछन्। यस्तो मेरो विचार छ।)


श्रद्धावाननसूयश्र्च शृणुयादपि यो नर:।
सोSपि मुक्त शुभालँ लोकान् प्राप्नुयात् पुण्यकर्मणाम्।।७१।।
(विश्वासका साथ र इर्षारहित भएर केवल यो ज्ञान-गीतशास्त्रको श्रवण मात्र गरे पनि त्यस्तो गर्नेहरुले पापहरुबाट मुक्ति पाएर पून्यकर्मीहरुलाई प्राप्त हुने शुभलोक प्राप्त गर्दछन्।)


कच्चिदेतच्छुतं पार्थ त्वयैकाग्रेण चेतसा।
कच्चिदज्ञानसम्मोह: प्रणष्टस्ते धनञ्जय।।७२।।
(हे पार्थ, तिमीले यो उपदेश-गीताशास्त्र अतिध्यानपूर्वक सुन्यौ त? हे धनञ्जय, यो सुनेर अज्ञानताबाट उत्पन्न भएको तिम्रो मोह के समाप्त भयो?


अर्जुन उवाच
नष्टो मोह: स्मृतिर्लब्धा त्वत्प्रसादान्मयाच्युत।
स्थितोSस्मि गतसन्देह: करिष्ये वचनं तवं।।७३।।
अर्जुन बिन्ति गर्छन्
(हे अच्युत-कहिले नहार्ने, हजूरको कृपाले मेरा सम्पूर्ण भ्रमहरु समाप्त-ज्ञानहरुद्वारा विस्थापित भएका छन्। ज्ञानहरुले मेरा मनका आँखाहरु उघारी दिएका छन्। अब म हरेक किसिमको संकाबाट मुक्त भएकोले यथा ज्ञान अवस्थित हुनु पुगेको छु। अब हजूरको निर्दैशन अनुसारको कार्य गर्न पूर्णतया राजी छु।)


सञ्जय उवाच
इत्यहं वासुदेवस्य पार्थस्य च महात्मन:।
संवादमिममश्रौषमद्भुतं रोमहर्षणमम्।।७४।।
सञ्जयले भने
(मैले यसप्रकार महात्मा वासुदेव र पार्थका बीच भएका ज्यादै रोमांचित गराउने एवं अद्भुत सम्वादहरु सुने।)


व्यासप्रसादाच्छुतवानेतद् गुह्यमहं परम्।
योगं योगेश्वरात्कृष्णात्साक्षात्कथयत: स्वयम्।।७५।।
(श्री व्यासजी देवको कृपाले गर्दा मैले यो अति गोप्ययोग-गीताशास्त्र साक्षात भइ भन्नु भएका योगेश्वर-योगका स्वामी श्रीकृष्णबाट सुन्ने औसर पाएँ।)


राजन् संस्मृत्य संस्मृत्य संवादमिममद्भुतम्।
केशवार्जुनयो: पुण्यं हृष्यामि च मुहुर्मुहु:।।७६।।
(हे राजन-धृतराष्ट्र, श्रीकेवश र अर्जुन बीच भएका पुन्यकारी एवं अदभुत यी सम्वादहरु पटक पटक संमरण गरेर म पटक पटक हर्षित हुँदैछु।)


तच्च संस्मृत्य संस्मृत्य रुपमत्यद्भुतं हरे:।
विस्मयो मे महान् राजन् हृष्यामि च पुन: पुन:।।७७।।
(हे राजन्, श्रीहरिको त्यो अति नै अद्भुत रुप पनि पटक पटक मेरो संमरणमा आएर म सीमाहीन किसिमले आश्चर्यचकित भइरहेको छु र पटक पटक हर्षित एवं रोमांचित हुँदैछु।)


यत्र योगेश्वर: कृष्णो यत्र पार्थो धनुर्धर:।
तत्र श्रीर्विजयो भूतिर्ध्रुवा नीतिर्मतिर्मम।।७८।।


(जहाँ योगेश्वर श्रीकृष्ण हुनुहुन्छ, जहाँ धनुर्धर पार्थ छन् त्यहाँ नै श्री-अन्त्यहीन समृद्धि, विजय, ऐश्वर्यवृद्धि, न्याय र त्यसको पालना पनि छ। यो मेरो दृढ विचार हो। 

श्रीमद् भगवद् गीता सम्पूर्ण समाप्त





Friday, March 27, 2015

Geeta Chapter 17


भागवत गीता अध्याय १७

अर्जुन उवाच
ये शास्त्रविधिमुत्सृज्य यजन्ते श्रद्धयान्विता:।
तेषां निष्ठा तु का कृष्ण सत्त्वमाहो रजस्तम:।।१।।
अर्जुनले बिन्ति गरे
(हे कृष्ण, जसले शास्त्रको विधिलाई अवलम्वन नगरेर केवल श्रद्धायुक्त भइ भजन गर्दछन् भने त्यस्ताहरुको निष्ठा वा स्थिति कस्तो हुन्छ? तिनीहरु सात्विक, राजसी वा तामसी कस्तो हुन्छन्?)

श्रीभगवानुवाच
त्रिविधा भवति श्रद्धा देहिनां सा स्वभावजा।
सात्त्विकी राजसी चैव तामसी चेति तां शृणु।।२।।
भगवान श्रीकृष्णले आज्ञा गर्नु भयो
(प्रत्येक व्यक्ति प्राकितिक विश्वास-श्रद्धाका साथ जन्म लिएको जुन्छ। त्यो प्राकृतिक विश्वासलाई सात्विक, राजसिक र तामसिक गरी तीन वर्गमा विभाजित गरिएको छ। तिनलाई तिमी अब सुन)

सत्त्वाSनुरुपा सर्वस्य श्रद्धा भवति भारत।
श्रद्धामयोSयं पुरुषो यो यच्छ्द्ध: स एव स:।।३।।
(हे भारत, सबैको सद्धा आ-आफ्नो अन्त:करण-स्वभावको अनुरुप हुने गर्दछ। त्यक्ति उसको श्रद्धाद्वारा जानिन्छ। कुनै व्यक्तिले जस्तो कुरामा श्रद्धा राख्दछ उसको चित्त पनि त्यस्तै किसिमको हुन्छ।)

यजन्ते सात्त्विका देवान् यक्षरक्षांसि राजसा:।
प्रेतान् भूतगणांश्चान्ये यजन्ते तामसा जना:।।४।।
(सात्विक गुण भएका व्यक्तिहरु देवताहरुको पूजा गर्दछन्। राजसिक गुण भएका व्यक्तिहरुले यक्ष र राक्षसहरुको पूजा गर्छन। अन्य जो तामसिक गुण भएका व्यक्तिहरु छन् उनीहरुले भने भूत र प्रेतहरुको पूजा गर्दछन्।)

अशास्त्रविहितं घोरं तप्यन्ते ये तपो जना:।
दम्भाहंकारसंयुक्ता: कामरागबलान्विता:।।५।।

कर्षयन्त: शरीरस्थं भूतग्राममचेतस:।
मां चैवान्त:शरीरस्थं तान् विद्ध्यासुरनिश्र्चयान्।।६।।
५-६
(जो व्यक्तिहरु घमण्ड र अहंकारको वसिभूत भएर केवल काम एवं आशक्तिको बलमा कठिन तपस्या त गर्छन तर शास्त्रको विरुद्ध भएर गर्दछन् र आफ्नो शरीरमा रहेको पञ्चमहाभूतको समूहलाई एवं अन्त:करण रहेको मलाई कष्टदिन्छ, त्यस्ता व्यक्तिहरुलाई अज्ञानी एवं आसुरी प्रवृतिको जान।)

आहारस्वत्वपि सर्वस्य त्रिविधो भवति प्रिय:।
यज्ञस्तपस्तथा दानं तेषां भेदमिमं शृणु।।७।।
(जसरी तीन किसिमाका आहारहरु सबैलाई प्रिय हुन्छन् त्यसैगरी यज्ञ, तपस्या र दान पनि तीन किसिमका हुन्छन्। तीनीहरुको फरकलाई यसप्रकार थाहा पाऊ।)

आयु:सत्त्वलारोग्यसुखप्रीतिविवर्धना:।
रस्या: स्निग्धा: स्थिरा हृद्या आहारा: सात्त्विकप्रिया:।।८।।

कट्वम्ललवणात्युष्णतीक्ष्णरुक्षविदाहिन:।
आहारा राजसस्येष्टा दु:खशोकामयप्रदा:।।९।।

यातयामं गतरसं पूति पर्युषितं च यत्।
उच्छिष्टमपि चामेध्यं भोजनं तामसप्रियम्।।१०।।
८-१०
(आयु, उत्साह, बल, आरोग्य, सुख तथा प्रीति बढाउने रसिलो, चिल्लो, पौष्टिक र हृदयलाई आनन्द दिने आहारहरु सात्विक व्यक्तिहरुलाई प्रिय हुन्छ। तितो, अमिलो, नून बढी, बढी तातो, तेज, रुखो, पोल्ने एवं दु:ख, शोक र रोगहरु उत्पन्न गराउने आहारहरु राजसिक व्यक्तिहरुलाई प्रिय हुन्छ। यसैगरी जुन राम्रोगरी पाकेको छैन, रसिलो छैन, दुर्गन्धले भरिएको छ, बासी, जूठो र अपवित्र पनि छ त्यस्तो आहारहरु तामसी व्यक्तिहरुलाई प्रिय हुन्छ।)

अफलाकाङ्क्षिभिर्यज्ञो विधिदिष्टो य इज्यते।
यष्टव्यमेवेति मन: समाधाय स सात्त्विक:।।११।।
(यज्ञको अनुष्ठान गर्नु कर्तव्यको पालना गर्नु हो भन्ने ठानेर मनलाई एकत्रित गरी फलको कामना नराखेर व्यक्तिहरुद्वारा गरिने यज्ञ सात्विक हो।)

अभिसन्धाय तु फलं दम्भार्थमपि चैव यत्।
इज्यते भरतश्रेष्ठ तं यज्ञं विद्धि राजसम्।।१२।।
(हे भरतश्रेष्ठ, तर, दम्भले युक्त भइ एवं फलको उद्देश्य राखी गरिने यज्ञ राजसिक हो।)

विधिहीनमसृरष्टान्नं मन्त्रहीनमदक्षिणाम्।
श्रद्धाविरहितं यज्ञं तामसं परिचक्षते।।१३।।
(शास्त्रीय विधिहरुको पालना नगरिएको, अन्न दान नगरिएको, मन्त्रको प्रयोग नभएको, दक्षिणा नदिइएको र श्रद्धाबिहीन भइ गरिने यज्ञ पण्डितहरुको मतमा तामसी हो।)

देवद्विजगुरुप्राज्ञपूजनं शौचमार्जवम्।
ब्रह्मचर्यमहिंसा च शारीरं तप उच्चते।।१४।।
(शुद्धता, सरलता, ब्रह्मचर्य र अहिंसाद्वारा देवता, ब्राह्मण, गुरु र विद्वानहरुको गरिने पूजा शारीरिक तप हो)

अनुद्वेगकरं वाक्यं सत्यं प्रियहितं च यत्।
स्वाध्यायाभ्यसनं चैव वाङ्मयं तप उच्यते।।१५।।
(उद्वेग उत्पन्न नगर्ने, सत्यले भिरएका, शिष्ट तथा हितकारी वचनका साथै वैदिक पाठको अभ्यास  नै वाचिक तप हुन।)

मन: प्रसाद: सौम्यत्वं मौनमात्मविनिग्रह:।
भावसंशुद्धिरित्येतत् तपो मानसमच्यते।।१६।।
(प्रशन्न मन, शान्तभाव, मौनधारण, संयमित चित्त र व्यवहारमा निष्कपटता, यीनीहरु मानसिक तप हुन।)

श्रद्धा परया तप्तं तपस्तत् त्रिविधं नरै:।
अफलाकाङ्क्षिभिर्युक्तै: सात्त्विकं परिचक्षते।।१७।।
(निष्कामी व्यक्तिहरुद्वारा फल प्राप्तिको उद्देश्य नराखि श्रद्धापूर्वक एकाग्र चित्तले गरिएका यी तिनै प्रकारका तपहरुलाई सात्विक तप भन्ने गरिन्छ।)

सत्कारमानपूजार्थं तपो दम्भेन चैव यत्।
क्रियते तदिह प्रोक्तं राजसं चलमध्रुवम्।।१८।।
(जुन तप सत्कार, मान प्रतिष्ठा एवं पूजाको लागि घमण्डले गरिएको हुन्छ त्यसलाई अनित्य एवं अनिश्चित राजसिक तप भन्ने गरिन्छ।)

मूढग्राहेणाSSत्मनो यत् पीडया क्रियते तप:।
परस्योत्सादनाSर्थं वा तत्तामसमुदाहृतम्।।१९।।
(जुन तप मूर्खतापूर्वक आफू स्वयंले नै पनि कष्ट उठाउने तथा अरुको विनाश गर्ने उद्देश्यले गरिएको छ भने त्यस्तो तपलाई तामस भन्ने गरिन्छ।)

दातव्यमिति यद्दानं दीयतेSनुपकारिणे।
देशे काले च पात्रे च यद्दानं सात्त्विकं स्मृतम्।।२०।।
(बदलमा कुनै लाभ प्राप्त गर्ने उद्देश्य नराखेर दान दिनु कर्तव्य हो भन्ने भाव राखि उपयुक्त-दानपाउन योग्य व्यक्तिलाई उचित समय-पुन्यकाल र उचित स्थान-तीर्थस्थलमा दिइने दान सात्विक दान हो।)

यत्तु प्रत्युपकारार्थं फलमुद्दिश्य वा पुन:।
दीयते च परिक्लिष्टं तद्दानं राजसं स्मृतम्।।२१।।
(तर पछि पश्चाताप गर्ने/अनिक्षाका साथ वा बदलमा केही प्राप्त गर्ने उद्देश्य राखेर अथवा केही फल पाउने आशाका साथ गरिएको दान राजसिक दान हो।)

अदेशकाले यद्दानमपात्रेभ्यश्च दीयते।
असत्कृतमवज्ञातं तत्तामसमुदाहृतम्।।२२।।
(जुन दान अयोग्य समय र स्थान-पिरस्थितिमा कुपात्रलाई अनादर एवं अवेज्ञापूर्वक गरिन्छ त्यस्तो दानलाई तामस दान भन्ने गरिन्छ।)

ऊँ तत्सदिति निर्देशो ब्रह्मणस्त्रिविध: स्मृत:।
ब्राह्मणास्तेन वेदाश्च यज्ञाश्च विहिता: पुरा।।२३।।
(ब्रह्मको तीन किसमको निर्दैशक नाम रहेको छ। ओम तत् र सत्। ओम, तत् र सत् द्वारा नै आदिकालमा  ब्रह्मण-पुरोहितहरु, वेदहरु र यज्ञहरु निर्मित भएका हुन।)

तस्माद् ऊँ इत्युदाहृत्य यज्ञदानतप:क्रिया:।
प्रवर्तन्ते विधानोक्ता: सततं बह्मवादिनाम्।।२४।।
(प्रभोमा प्राप्त हुनका लागि यो कारणले गर्दा नै ब्रह्मवादीहरुको शास्त्रयुक्त यज्ञ, दान र तप-तपस्याका कार्यहरु सँधै ओम उच्चारण गरेर प्रारम्भ हुन्छ।)

तदित्यनभिसन्धाय फलं यज्ञतप:क्रिया:।
दानक्रियाश्र्च विविधा: क्रियन्ते मोक्षकाङ्क्षिभि:।।२५।।
(मोक्ष चाहनेहरु कर्मफलको इच्छा नराखी तत् सत् शब्दको उच्चारण गरेर अनेक किसिमका यज्ञ, दान, तप आदि कार्यहरु गर्दछन्।)

सद्भावे साधुभावे च सदित्येतत् प्रयुज्यते।
प्रशस्ते कर्माणि तथा सच्छब्द: पार्थ युज्यते।।२६।।
(हे पार्थ, ब्रह्मत्व र ब्रह्मवादित्वमा सत् को प्रयोग हुन्छ। यसै किसिमले अशल कर्म गर्दा पनि सत् शब्दको प्रयोग गरिन्छ।)

यज्ञे तपसि दाने च स्थिति: सदिति चोच्यते।
कर्म चैव तदर्थीयं सदित्येवाभिधीयेते।।२७।।
(यज्ञ, दान र तप तथा यी कार्यहरु गर्नका लागि निश्चित स्थानहरुमा पनि पनि सत् शब्दको प्रयोग हुन्छ। परमेश्वरका लागि गरिएका कार्यहरुलाई नै सत् भनिएको हो।)

अश्रद्धा हुतं दत्तं तपस्तप्तं कृतं च यत्।
असदित्युच्यते पार्थ न च तत्प्रेत्य नो इह।।२८।।

(हे पार्थ, श्रद्धहीन भएर गरिएको हवन, दिइएको दान र गरिएको तपस्या वा गरिएको जुनसुकै कर्म त्यो असत् हो। असत् कर्मले न त यस लोकमा न त मरेपछि नै लाभ प्राप्त हुन्छ।)

सत्रौं अध्याय समाप्त