Friday, December 30, 2016

Should Mahendra's Nationalism Be Criticized?Article-137

आर्थिक विकास र महेन्द्रको राष्ट्रवाद

अत्यन्तै कुख्याति कमाएका युगान्डाका राष्ट्रपति मिल्टन ओबोटे देशभित्र अत्यन्तै अलोकप्रिय भएका थिए। सन् १९६२ मा प्रधानमन्त्री भए देखि नै उनको महत्वाकांक्षा बढेर गएको थियो। सत्ताको दुरुपयोग गर्न  थालेपछि भने उनको विरोध ह्वात्तै बढेर गयो। ओबोटेले सुनको तस्करी गरेको आरोपमा संसदले छानविनको माग गर्यो। छानविनमा उपस्थित हुनुको साटो उनले संसद नै विघटन गरि दिए। आफूलाई (सन् १९६६ मा) राष्ट्रपति घोषणा गरे। उनले आफूलाई पूर्ण शक्ति सम्पन्न मात्र पारेनन, युगान्डामा आपतकाल (Emergency) लागू पनि गरे। आफ्ना धेरै विरोधीहरूलाई जेलमा बन्द गरे। ओबोटेको कुशासनको बिरोध युगान्डाभरि हुन थाल्यो। हुन पनि, पूर्ण शक्ति आफ्नो हातमा लिन उनले संविधान नै परिवर्तन गरिदिए।  आफूलाई राष्ट्रपति घोषणा गरे। सबै अधिकारहरू राष्ट्रपतिमा केन्द्रित गरेर आफू अति शक्तिसाली बने।
तर ओबोटेको शक्तिक-यात्राले निरन्तरता पाउन सकेन। सन् १९७१ मा कमनवेल्थको सम्मेलनमा भाग लिन उनी सिंगापुर गएको बेलामा उनकै विश्वास पात्र एवं सेना अधिकारी इदि अमिनले सैनिक विद्रोह (Coup) गरेर ओबोटेलाई सत्ताच्यूत गरि दिए। इदि अमिन आफू राष्ट्रपति भए।
भनिन्छ इदि अमिनले शासन आफ्नो हातमा लिएको दिन वा ओबोटेको पतन भएको दिन युगान्डाको जनताले ठूलो हर्ष मनायो। नागरिकहरूले राजधानी कम्पाला तथा वरपरका स्थानहरूमा अनेक बत्तिहरू बालेर त्यसरी नै दिपावली मनाए जसरी काठमाण्डौमा २०४६ साल पञ्चायतको पतन भए पछि मनाइएको थियो। युगान्डाबासीहरूले सडकमा नाचगान गरे, खुसी साटासाट गरे। ओबोटेको पतन र अमिनको आगमनमा अति नै हर्षित भए।
मिल्टन ओबोटेको पतनपछि युगान्डाबासीको खुसी अझै बढेर जानु पर्ने थियो किनभने उनीहरूले निरंकुश शासक (मिल्टन ओबोटे) बाट मुक्ति पाएका थिए। अर्कोतिर नया राष्ट्रपति (इदि अमिन) को स्वागत गर्ने मौका पाएका थिए। नया राष्ट्रपतिमा निकै सम्भावनहरू देखेका थिए। तर इदि अमिनको शत्तारोहण सँगै जनताको निराशाको क्रम तिब्र गतिमा अगाडि बढ्न सुरु भयो। अमिनले जनतालाई निराश मात्र पारेनन्, पीडित एवं भयभित पनि पार्न थाले। अमिनले आफ्नो नौ वर्षे शासन (सन् १९७१-१९७९) कालमा करिब ५ लाख युगान्डाबासीहरूको हत्या गरे। पाँच महिलाहरूसँग विवाह गरेका वहुस्त्रीगामी अमिनको ४३ सन्तानहरू रहेको अनुमान गरिन्छ। इदि अमिनको “सिल्ली व्यवहार” विश्व प्रशिद्ध छ।
अमिन भन्दा पहिलेका राष्ट्रपति ओबोटे निरंकुश मात्र थिए, इदि अमिन जस्तो सिल्ली, सन्की एवं विवेकशून्य थिएनन। ओबोटेले सत्ताको दुरुपयोग मात्र गरे, नेपालमा पञ्चायतकालमा राजा लगायत  नेताहरूले सत्ताको दुरुपयोग गरे जस्तो। तर अमिनले आफ्नो शासन कालमा युगान्डालाई “जंगलराज” नै बनाइ दिए, जसरी अहिले प्रजातन्त्रवादी र गणतन्त्रवादी नेताहरूले नेपाललाई बनाइ दिइका छन्। अमिनले आफ्नो विरोधीहरूको तत्काल, बिना कुनै न्यायिक सुनवाइ, हत्या गर्न गर्न लगाए।  आफू विरुद्ध षणयन्त्र गरेको आशंका गर्दै उनले, यहाँसम्म कि, एक पटक आफ्नो एक महिला निजी सचिवको हत्या गरेर उनको मुटु, कलेजो पकाउन लगाएर खाए रे। अमिनका उत्पात र आतंकका अनेक कथाहरू छन। ती सबै यो सानो आलेखमा समाबेस गर्न सकिंदैन। केही उदाहरणहरू मात्र हेरौ।
अमिनले धेरै किसिमका मान पदवीहरूको स्थापना र प्रदान गरेको घोषणा गरे। मान पदवी सहितका अनेक पदक र तक्काहरू आफैले लिए। त्यसरी प्राप्त गरेका तक्माहरू कोटमा माथिबाट तलसम्म भिरेर हिंड्ने गर्थ्ये, दादा इदि अमिन, नेपालका अहिलेका गणतन्त्रवादी नेतालहरूले जथाभावि बोलेजस्तो। नेपालको अस्मितालाई आँच पुर्याए जस्तो।
इदि अमिन, एकपटक एक सानो होचो छाप्रोमा एक कुर्सी राखेर बसे अनि कम्पालामा रहेका विदेशी कुटनितिज्ञहरूलाई भेट्न बोलाए। विदेशीहरू अग्लो र अमिन बसेको छाप्रो होंचो भएकोले भेट्न जाने सबैले उनीसँग हात मिलाउन छाप्रो भित्र पस्दा निहुरिनु पर्ने भयो। यस किसिमको दृश्यतिर देखाँउदे अमिनले आफ्ना सहयोगीहरूलाई भने, “हेर, म कति विश्व प्रसिद्ध र ठूलो मान्छे हुँ, मसँग हात मिलाउन सबै मेरो अगाडि निहुरिरहेका छन्।”
इदि अमिनका यस्ता शिल्ली र क्रूर कार्यहरूबाट दिक्क भएक युगान्डाबासीहरूले उनीबाट मुक्ति पाउन निर्वाचनमा पुन: ओबोटको पार्टीलाई धेरै मत दिएर बिजयी गराए।
नेपालमा पनि युगान्डाको स्थित देखिंदैछ।
पञ्चायती व्यवस्थालाई नेपाली जनताले २०४६ सालमा समाप्त पार्यो। यो व्यवस्थाको समाप्तिको खुसियालि देशभरि दिपावली मनाएर गर्यो। प्रजातन्त्रको आगमन र पञ्चायती व्यवस्थाको पतन भएकोमा जनता अत्यन्तै हर्षित थयो। तर जनताको त्यो हर्ष लामो समयसम्म रहन सकेन। शेरवहारदु देउवा- सरकारको आकार र क्रियाकलाप तथा माओवादी संघर्षसँगै, २०५२ सालदेखि, जनताको हर्ष ओर्हालो लाग्न थाल्यो। अहिले स्थिति यस्तो भएको छ कि नेपालीहरूले राजा आउ देश बचाउ भन्न थालेका छन्, युगान्डामा इदि अमिनलाई सत्ताच्यूत गर्न जनताले पुन: मिल्टन ओबोटेको दललाई विजयी गराए जस्तो गरी।
जनताको अनुभव र विश्लेषण अनुसार पञ्चायत वा राजतन्त्र हुँदा देशको अस्मिता दाउमा लगाउने जस्तो घृणित कार्य भएको थिएन। राजाहरू जनतासँग डराउँथे। भ्रष्टाचार नियन्त्रण गर्थ्ये। शक्ति केन्द्र केवल एक राजदरवार थियो। तर अहिले देश अनुशानहीन भएको छ। नेताहरू आफ्नो स्वार्थका लागि देशको अस्मिता नै दाउमा लगाएर हिंडिरहेका छन्। सत्ता र शक्तिको लागि नेताहरू जस्तो सुकै कार्य गर्न पनि तयार छन। देश भित्र जहिले पनि कलह छ। कलहरू एक पछि अर्को गरि जन्म लिइ रहेका  छन्। पहिले एउटा मात्र राजा दिए, अहिले नेपालमा थुप्रै राजाहरू छन्। केही राजाहरूले नेपाल टुक्र्याइ दिन्छु भन्दै धम्कि पनि दिइरहेका छन्।
तर नेपालका यी अनेक राजाहरूले पञ्चायत काल र राजाहरूको आलोचना गर्ने “नैतिक वजन” गुमाइ सकेका छन्। पञ्चायत काल भन्दा पनि स्वच्छ व्यवस्था यी गणतन्त्र एवं प्रजातन्त्रवादी नेताहरूले दिन सकेको भए यिनीहरूले आलोचना गर्ने “ठाउँ” हुन्थ्यो।
अहिलेका नेताहरूले राजा महेन्द्रलाई सत्तो सराप गरेको झनै उदेक लाग्दो छ। यी नेताहरूले आफ्नो र महेन्द्रको शासन कालको तुलना गरे हुन्छ। नेपालको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको एवं पूर्वका जनतालाई पश्चिमको जनतासँग जोड्ने महेन्द्र वा पूर्व-पश्चिम राजमार्गको निर्माण राजा महेन्द्रको पालामा नै भएको थियो। पथलैया, नारायणघाट, निजगढड, चन्द्रनिगाहपुर, लालबन्दी, ढल्केवर, लहान जस्ता नव निर्मित बजारहरूको विकासमा महेन्द्र राज मार्गले महत्वपूर्ण योगदान पुर्यायो। अहिलेको नयाँ पुस्ताहरूलाई थाहा छैन होल, सडकको अभावमा नेपालीहरू नेपालकै स्थानहरूमा जान भारतीय भूमि भएर जानु पर्थ्यो। उदाहरण, वीरगञ्जबाट गौर, मलंगवा, सिरहा, जनकपुर, विराटनगर जान रक्सौल हुँदै रेल चढेर जानु पर्थ्यो। महेन्द्र राजमार्ग निर्माण पछि यो ससम्या समाधान भयो। विरगञ्जको आर्थिक विकासमा महेन्द्रको ठूलो योगदान छ।
आर्थिक विकासको एक अर्को उदाहरण। मधेसका धेरै नेताहरूले राजा महेन्द्रलाई सत्तो सराप मात्र गर्दैनन्, साथै “महेन्द्रीय राष्ट्रवाद” भन्दै उनलाई मधेसको शत्रुको रुपमा चित्रित गर्छन। केही नेताहरुले यस्तो गर्नु स्वभाविक हो किनभने यस्तो गरेर मात्र उनीहरूले आफ्नो राजनैतिक जीवनलाई दीर्घ तुल्याउन सक्छन। हुन पनि केही गर्न नसक्नेले अरुको मात्र बढि आलोचना गरेर राजनीति गर्छ। तर मधेसी जनताले यो पत्याउनु दु:ख लाग्दो कुरा हो। यस तथ्यका केही उदाहरणहरू: महेन्द्रले मधेसको आर्थिक विकास गर्न जचुकाली, वीरगञ्ज चीनी कारखाना, कृषि औजार कारखाना आदिको स्थापना गरे। विभिन्न समुदायको बसोबास भएको क्षेत्रको द्रुततर गतिमा आर्थिक विकास हुन्छ भन्ने “अमेरकी आर्थिक मोडेल” को प्रयोग गर्दै महेन्द्रले मधेसको आर्थिक विकास गर्न यहाँ विभिन्न जात जाति एवं समुदायहरूको वसोबास गराए। अहिलेको पुस्तालाई थाहा नहुन सक्छ, आजभन्दा पचास साठ्ठी वर्ष पहिले मधेशमा हैजा, मलेरिया लागेर बस्न सक्ने स्थिति थिएन। तर यस क्षेत्रमा “मलेरिया उन्मुलन” कार्य महेन्द्रको पालामा नै भएको हो। जमिन्दार वा बढी जग्गा हुनेहरूबाट जमिन लिएर गरिब परिवारहरूमा बाड्न एवं तराइमा भूमि व्यवस्थापनालई आधुनिक पारेर कृषि उत्पादन बढाउन महेन्द्रले नै २०२१ सालमा “भूमि सुधार” लागू गरे।
नेपालको आर्थिक एवं राजनैतिक विकास यो मुलुक असंलग्न रहनुमा नै छ, यो मुलुकको सार्भौमसत्ता र स्वतन्त्रता असंलग्नताबाट नै जोगाउन सकिन्छ भन्ने उद्देश्यबाट प्रेरित भएर महेन्द्रले असंलग्न अभियान (Non-Aligned Movement) मा सक्रिय भाग लिए। असंलग्न अभियानको स्थापना सन् १९६१ मा बेलग्रेडमा, जवाहरलाल नेहरू, सुकार्नो, गमाल अब्देल नासेर, वामे क्रमाह र जोसिप ब्रोज टिटो को अगुवाइमा भएता पनि, उनीहरूको नाम बढी चर्चामा आएता पनि, यो अभियानको स्थापना र विकासमा महेन्द्रले निकै महत्वपूर्ण योगदान पुर्याएका थियो। महेन्द्रले यो अभियानमा भाग नलिएर, नेपाललाई अन्तरार्ष्ट्रिय जगत्मा परिचित नगराएको भए, भारतले नेपाललाई उहिले सिक्किम बनाइ सक्थ्यो। अहिलेका नेताहरूको व्यवहारले गर्दा भारतले नेपाललाई भुटान त बनाइ नै सकेको छ।  नेपाल र खास गरी तराइको आर्थिक विकासमा महेन्द्रको यति ठूलो योगदान हुँदा हुँदै पनि केही नेताहरूले “महेन्द्रीय राष्ट्रवाद” भन्दै यिनको सत्तो सराप गर्छन्। तर यी नेताहरूले बुझ्ने पर्ने हो, राजा महेन्द्रले नेपालको सार्भौमसत्ता नजोगाएको भए, नेपाल भारतमा सिक्किम जस्तो विलय भएको भए, राजा महेन्द्रको आलोचना त के नेपाली हुँ भन्न पाउने औसरबाट पनि बञ्चित हुने थिए। २०१७ सालमा महेन्द्रले गरेको कार्य निश्चय पनि अशोभनीय एवं दु:खद थियो। तर त्यस्तो समय आउनुमा तत्कालीन राजनीतिको पनि दोष थियो, जस्तो कि अहिलेको राजनीतिबाट दिक्क भएर जनताले राजा आउ देश बचाउ भन्ने स्थिति भए जस्तो।
राजनीतिमा को कति कम तानाशाह र निरंकुश छ भनी हेर्न तुलना गरिन्छ, इदि अमिनको मिल्टन ओबोटेसँग तुलना गरिए जस्तो। नेपालको सन्दर्भमा, को इमान्दार राष्ट्रवादी देखियो भनी प्रजातन्त्रवादी, गणतन्त्रवादीहरूको तुलना महेन्द्र वा पञ्चायती व्यवस्थासँग गरिए जस्तो।
मधेसको आर्थिक विकासम महेन्द्रको राष्ट्रवादले महत्वपूर्ण भूमिका खेलको तथ्यलाई अस्वीकार गर्नु पूर्वाग्रह मात्र हुनेछ।


विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, December 30, 2016

Friday, December 23, 2016

Nepalese Economy Not Growing Under Indian Shadow-Article-136

भारतीय छायाले नफष्टाएको नेपाली अर्थव्यवस्था

एक ठूलो वृक्षको तल रहेको अर्को एक सानो विरुआको विस्तार एव विकास हुन सक्दैन। यो एक अकाट्य प्राकृतिक नियम हो। सानो बिरुआको लागि चाहिने घाम, पानी र हावा ठूलो वृक्षले छेकि दिने हुनाले त्यो सानो बिरुआ सुकेर जान्छ वा सप्रिनका लागि त्यसले ठूलो संघर्ष गर्नु पर्दछ। नेपालको अर्थव्यवस्थाको विकास एवंम विस्तारमा यो नियमले अत्यधिक काम गरेको छ। र यो कारणले गर्दा नै नेपालको आर्थिक विकासको गति ज्यादै सुस्त हुन पुगेको हो।  भारतको विशाल अर्थतन्त्रको छायामा नेपालको  बिरुआ आकारको अर्थतन्त्रले प्रगति गर्न सकिरहेको छैन। नेपालको अर्थव्यवस्थाको गति सुस्त हुनुमा यो कारणलाई प्रमुख मान्न सकिन्छ। भारतीय छायामा सप्रिन नसकेको नेपाली अर्थव्यवस्थाले सबै भन्दा बढी प्रतिकूल प्रभाव भने मधेसका बासिन्दाहरूलाई परको छ। यो कारणले गर्दा नै नेपालका उद्योगहरू दक्षिण मधेस (भारतको नजिक रहेका नेपाली बजारहरू) तिर विस्तार हुन सकेका छैनन्। बरू केही मात्रामा भए पनि उत्तर मधेसमा केही व्यापारिक गतिविधिहरू सन्तोषजनक किसमले विस्तार भएका छन्। मधेसलाई गरिब पार्नमा भारतसितको खुला सिमाना र व्यापारप्रतिको अति निर्भरता अधिक जिम्मेबार छ, मधेसी नेताहरूले यो कटु सत्यलाई नस्वीकार गरेता पनि।
संसारका दस ठूला अर्थव्यवस्थाहरूमा, कुल गार्यहस्थ उत्पादनको आधारमा, भारत अहिले संसारको तेस्रो ठूलो अर्थ व्यवस्था हुन पुगेको छ। एक र दुई नम्बरमा रहेका क्रमश: संरा अमेरिका र चीनसँग बराबर हुन यसले प्रतिस्पर्धा गरिरहेको छ। कुनै बेलाका हस्ती अर्थ व्यवस्थाहरू: बेलायत, फ्रान्स, जर्मनी र जापानलाई भारतले उछिनि सकेको छ। कुल गार्यहस्थ उत्पादनलाई आधार मानेर क्रयशक्ति संग तुलना गर्दा भारत अहिले विश्वको तेस्रो ठूलो अर्थ व्यवस्था हो। यो मुलुकको कुल गार्यहस्थ उत्पादन $ . ट्रिलियन रहेको छ।  भारत अहिले दक्षिण एशियामा अघोषित आर्थिक र राजनैतिक उपनिवेस विस्तारमा लागेको छ।  आर्थिक रुपमा सबल भएर छिमेकीहरूलाई प्रभाव क्षेत्र भित्र राख्न खोजिरहेको छ। भुटानलाई उहिलेदेखि नै राख्दै आएको छ, नेपाललाई पनि राख्न खोजिरहेको छ। धेरै नेपाली नेताहरूले यो तथ्य बझ्न सकेका छैनन्, वा बुझेर पनि आफ्नो स्वार्थ सिद्धितिर लागेका छन्।
अहिले विश्वका नौ राष्ट्रहरूसँग आणविक (न्युक्लियर) हतियार छ र ती नौ राष्ट्रहरू मध्ये भारत पनि  एक हो। भारतले पहिले नै आणविक हतियारको परिक्षण सन् १९७४ मा नै गरिसकेको थियो भने पाकिस्ताने बल्ल सन् १९९८ गर्यो।  युद्ध-हतियारमा सर्वाधिक खर्च गर्ने  दस राष्ट्रहरूमा भारतको स्थान नौ नम्बरमा पर्दछ। अत्यधिक गरिबहरूको बसोबास भएता पनि भारतले सेना वा सुरक्षामा प्रति वर्ष लगभग ५०  बिलियन खर्च गर्छ। र यो खर्च कुल गार्यहस्थ उत्पादनको २.५ प्रतिशत जति हुन  आउँछ। एशियामा अहिले चीन र भारत बालियो सामरिक क्षमता भएको देश बन्न पुगेका छन। आफ्नो देशभित्र हुने कुनै पनि किसिमको पृथकताबादी आन्दोलन वा उपद्रव सजिजै दबाउन सक्ने स्थितिमा छन्।
आर्थिक विकासमा नेपालसँग भारतको तुलना गर्दा भारत नेपाल भन्दा निकै बलियो रहेको यथार्थ तर्कहरूले होइन, तथ्यांकहरूले नै पुष्टि गर्छन। भारतको जनसंख्या १ अरब २९ करोड ३० लाख ५७ हजार भएता पनि, धेरै गरिब परिवारहरूको बसोबास भएता पनि, प्रति व्यक्ति आय अमेरिकी डलरमा ६ हजार ६ सय ६४ रहेको छ। यसै गरी कुल गार्यहस्थ उत्पादन $ . ट्रिलियन रहेको छ। नेपालको जनसंख्या भारतको तुलनामा ज्यादै कम, केवल २ करोड ६४ लाख ९४ हजार ५०४ भएता पनि, तुलनात्मक रुपमा कम ब्यक्तिहरूको बसोबास भएता पनि, प्रति व्यक्ति आय मात्र $२ हजार ५ सय ७३ रहेको छ। नेपालको गार्यहस्थ उत्पादन केवल $ ७४.०२० बिलियन रहेको छ।
तर भारतको बलियो अर्थ व्यवस्थाले नेपालका दुई क्षेत्रहरू- उद्योग र व्यापारलाई निकै नै प्रतिकूल प्रभाव पारेको छ। भारत अहिले ‘इकोनोमिज अफ स्केल’ (Economies of Scale) को स्थिति प्राप्त गर्ने दिशातर्फ अग्रसर छ। इकोनोमिज अफ स्केल कुनै पनि  अर्थ व्यवस्थामा त्यो अवस्था हो जस अन्तरगत ठूलो संख्यामा उत्पादन गरिएको वा उत्पादनमा उन्नत मेसीन र प्रविधिको प्रयोग गरिएकोले प्रति इकाइ उत्पादन लागत कम भएर जान्छ। भारतले यो स्थितिल प्राप्त गर्न थालेकोले अहिले भारतमा उत्पादित सामाग्रीहरू विश्व-बजारमा अति नै सस्तो हुन पुगेका छन् र यो सस्तो  भएको कारणले गर्दा नै भारतका सामानहरू अहिले युरोप, अमेरिका, अफ्रिका सम्म निर्यात भइरहेका छन्।
आर्थिक स्थिति ज्यादै बलियो भएको कारणले गर्दा भारतले सस्तोमा उत्पादन गरेर विश्वको जुन सुकै बजारमा पनि समानहरू पुर्याएर बिक्री गर्न सक्ने क्षमता राख्छ। अर्कोतिर, नेपाल, आर्थिक विकासको प्रारम्भिक अवस्थामा पनि नभएकोले यहाँ उत्पादित सामाग्रीहरू सस्तो हुन सकेका छैनन्। आर्थिक दुरावस्थाको कारणले नेपालले कतिपय सामाग्रीहरू, महँगोमा नै भए पनि, उत्पादन गर्न सक्तैन। यसरी दुई कारणहरू- १. नेपालमा उत्पादन गर्दा अति नै महँगो हुने, र २. नेपालमा उत्पादन गर्न नसकिने स्थितिहरूले गर्दा नेपाल भारतबाट ठूलो परिमाणमा सामग्रीहरू आयात गर्न बाध्य हुन पुगेको छ। नेपाल भारतको एक भरपर्दो, नियमित र राम्रो बजार हुन पुगेको छ। यो स्थिति भारतसितको खुला सिमाना र भारतीय नीतिले गर्दा भएको हो। र यस्तो स्थिति नेपालमा सर्वकालिन रुपमा रहोस भन्ने भारत चाहन्छ पनि। नेपालसँगको व्यापारमा भारतलाई निकै फाइद हुन्छ पनि, किनभने नेपाल ज्यादै नजिक रहेको ले भारतले नेपालमा निर्यात गर्दा यातायात र भण्डार  लागतमा बढी खर्च गर्नु पर्दैन। यसरी, आर्थिक कारणले पनि नेपालमा स्थिरता नहोस, आर्थिक विकास पनि नहोस र नेपाल सँधैभरि  आफ्नो एक भरपर्दो बजार रहिरहोस भनी भारत चाहन्छ। चीन र रूसले नेपालमा विभिन्न उद्योगहरूको स्थापना गरेता पनि भारतले त्यस्तो नगरेको आम नेपालीहरू समक्ष प्रष्ट छ। कारण के होला भनिरहनु पर्दैन।
भारतले उद्देश्यपूर्ण किसिमले नेपालमा राजनैतिक स्थिरता हुन नदिनुको कारण नेपाललाई सँधै आफ्नो एक बलियो बजारको रूपमा राख्न खोज्नु पनि हो। भारतको यस्तो नीतिले गर्दा नेपाल, उद्योगको क्षेत्रमा निकै पछाडि परेको हो। र यो स्थितिले नेपालको मधेस भने अति नै प्रभावित हुन पुगेको छ। अति नै प्रभावित कसरी हुन पुगेको छ त्यसबारे छोटो चर्चा गरौ।
प्राकृतिक सौन्दर्य (हिमाल, पहाडि चुचराहरू, सगरमाथा, जलवायु, ताल, तलैया, पदयात्रा, पर्वतारोहण, गन्तव्य) हरू, धार्मिक महत्व (पशुपतिनाथ, मनकामना, मुक्तिनाथ, स्वंभू, स्वर्गद्वारी) का स्थानहरू, प्रचीन संस्कृतिहरू आदि नेपालको पहाडि क्षेत्रमा भएको हुनाले पहाडि क्षेत्रमा ऊद्योगकको अवस्था राम्रो नभएता पनि त्यस क्षेत्रका बासिन्दहरूले माथि वर्णनन् गरिएका स्रोतहरूबाट अर्थात पर्यटनबाट राम्रो आम्दानी प्राप्त गर्छन। उदाहरणका लागि, काठमाडौले पर्यटकहरूबाट जति आम्दानी प्राप्त गर्छ वीरगञ्ज वा जनकपुरले त्यति गर्न सक्तैन। स्थिति एकातिर यस्तो छ भने अर्कोतिर संघीयताको लागि प्रदेशको विभाजन गर्दा केवल मधेसलाई मात्र समाबेस गरेर एक वा दुई छुट्टै प्रदेस बनाउन मधेसी नेताहरूले जोडदार रुपले माग गरिरहेका छन्। यदि त्यस्तो भएमा, त्यो स्थिति मधेसी जनताको लागि दूर्भाग्यको कुरा हुनेछ र मधेसका नागरिकहरू झन झन गरिब हुने अवस्था सृजना हुनेछ। मधेसमा गरिबी बढ्ने छ। उपरोक्त किसिमले प्रदेशको विभाजन गर्दा नेताहरूको स्वार्थ पूरा होला तर मधेसका बासिन्दाहरू झन झन गरिब हुँदै जानेछन। रोजगारीका लागि विदेश जानेहरूको संख्या बढेर जानेछ।
एक अर्को उदाहरण। मधेसका कृषकहरूलाई, र खास गरी गरिब कृषकहरूलाई सरकारले सस्तो (Subsidized price ) मा मल, बिउ आदि दिएर सहयोग गर्न खोजेमा ती सामाग्रीहरू (सस्तोमा उपलब्ध भएको कारणले) महँगोमा बिक्री गर्न भारतीय बजारहरूमा पुर्याइन्छन। भारतीय बजारहरू ज्यादै नजिक रहेको र खुला सीमाना भएको कारणले गर्दा ती सामाग्रीहरू भारत पुर्याउन तस्करहरूलाई अति सजिलो हुन्छ पनि। खुला सिमाना र भारतप्रतिको अति निर्भरताले गर्दा नेपालका मधेसी कृषकहरूले आफूलाई प्राप्त भएको सहयोगको उपयोग गर्न पाउँदैनन्। यस्ता उदाहरणहरू धेरै छन्।
माथि बयान गरिए अनुरुप नेपालमा उत्पादित सामाग्रीहरू भारतीय सामानहरूको तुलनामा महँगा हुन्छन। अर्कोतिर खुला सिमाना भएको कारणले नेपाली उपभोक्ताहरू जो सीमाना नजिक रहेका छन्, उनीहरूलाई भारतीय बजारहरूमा पुगेर सस्तोमा सामानहरू खरिद गर्न सजिलो र सस्तो हुन्छ। यसप्रकार नेपालामा उत्पादित सामाग्रीहरू नेपालमा बिक्री हुने प्रतिकुल अवस्थाको कारण नेपाली उद्योगहरू फष्टाउन पाउँदैनन। भारतीय सिमा नजिक बस्ने नेपाली उपभोक्ताहरूलाई खुला सिमानाको कारणले गर्दा नेपाली सामाग्री हरू खरिद गर्न बाध्य पार्न सकिंदैन। उपभोक्ताहरूको यस्तो व्यवहारले सिमा नजिक रहेका नेपाली बजारहरू सुक्न थालेक छन। भारतीय मुद्रा बैंकहरूबाट सटही गरेर ठूलो संख्यामा नेपालीहरू भारतीय बजारमा पुगी सामान खरिद गरेको हामीले देखे भोगे का कुराहरु हुन। तर यो कार्यले नेपालका मधेसका बजारहरू रूग्ण स्थितिमा पुगेका छन्।
यसरी भारतको छायामा नेपालको अर्थ व्यवस्था फष्टाउन सकिरहेको छैन र यो स्थितिले सबै भन्दा बढी मधेसलाई असर पारेको छ। भारतीय छायाले गर्दा मुलुको आर्थिक राजधानी मानिने वीरगञ्जले आर्थिक सबलता गुमाउँदै गएको। भारतसँग “बेटीरोटी” सम्बन्ध छ भन्ने नेताहरूले नेपालको यो आर्थिक समस्यालाई कहिले बुझ्ने हुन?

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, December 23, 2016

Saturday, December 17, 2016

"Fearism", The Philosophy Coined by Desh Subba

Desh Subba is a prominent philosopher with a high intellectuality. He is internationally famous for his “Fearism”, a philosophy that he coined, describes the importance of fear in our daily life. His philosophy “fearism” has aroused interests of thousand of reader to know what the fearism is and its significance in different social settings.  He has written several books on the philosophy “fearism “. Subba is noble and very friendly. He describes complex terminologies, related with fearism so simply that readers can easily understand. 

A Few weeks ago, I met him in a literary program organized by the Bhutanese community in Irving, Texas, US.  Subba was invited in that program as a chief guest. In my meeting, I requested him for an interview and he kindly accepted it. Here is his interview. 

What is fear?
Fear is a kind of consciousness, it comes after knowledge.  In Fearism, there is formula: life-conscious-knowledge-fear.  Some people use as synonyms of consciousness. In fearism, I say, consciousness and knowledge differs. Knowledge cannot be without consciousness but conscious can be without knowledge. Zika Virus was within us from long time. We did not have knowledge of it. When we start to know, meantime we start to fear. In east we believe of nine tastes among it is one kind. Taste theory is developed by Acharya Bharat. Some believe fear as human temperament.
 
What is fearism per your view?
Fearism is a philosophy which deeply and widely explains fear. Fearism thinks fear is central of human activities and development. It has quotation “life is conducted, directed and controlled by fear.” Fear is normal, when it change into fearism it looks fear universe.

How will you differentiate between the fear and the fearism?
Fear is normal/simple as used since ancient time. It is not developed by us (Michael Fisher and Desh Subba). Fear does not look steps of effect. They used as negative/harmful factor. Fearism is invented by us (Michael Fisher and Desh Subba). It is a philosophy. It is a tool which helps us to dephilosophy previous philosophies.   

How the fear/fears has/have shape our lives?
Fear is very useful in every steps in our daily life. It starts from wake up to sleep, birth to death. When we wake up in the morning we fear to be late to go to work. Fear is everywhere in human life. If we don’t fear of rules and regulations, culture, society we cannot control family, society and country. Fear is the main factor to hold us. It does not mean that controls our freedom. Fear of law, court, and police means control our self. If there is no power to create fear we cannot maintain law and order. To keep happier and successful life, every society must need positive fear. Fear is a creator, developer and protector. It has many definitions. Civilizations are based upon fear, like invention of stone- weapons, caves, and worship of nature (or god).

What is/are the significance of fear/fears in our daily lives?
Fear is very important in our life. We don’t afraid for only this world, we also afraid of hell/heaven too. Nobody wants to go to hell. Fear of going hell, we used to pray. We know what happens if our students are not feared of examination. Similarly, if drivers, pilots, captains not feared of accident, there must be accidents. More or less, both amount of fear is harmful. We need to keep moderate fear for success in any social setting. We are driving our life and country. If we don’t keep necessary fear, result will be worse.  

What are the negative and positive fears per your view?
In fact there is no negative and positive fear. Fear is same. Only it differs in understanding and utilization. Murders, kidnappers, violence creators, terrorists, thieves, corrupt people are misusing fear. Nowadays we have many depression, mental disorder, Schizophrenia patients. Some of them are taking fear negatively. Many people commit suicides due to negative fear they carry. Who takes fear in positive way; they will have prosperity, happy and joyful life.  

How can we minimize the negative fears and maximize the positive fears in a social set up to live the better and peaceful lives?
It depends on source of fear. There are many sources to create fear in our mind. Some of them can be minimized, some can be stopped and some keep continue. Mostly, negative and harmful fear must be reduced; otherwise it changes into mass destruction. Positive fear need to keep continue. Fear started from doubt, conspiracy, illusion, lie, blame can be minimized. These considered as negative fears.

Are the leaders (political/social/religious/opinion etc.), using different kinds of fears to fears us and achieve their selfish goals?
Yes, right, leaders (political/social/religious/opinion etc.) are using different kinds of fears to fear us and achieve their selfish goals. In post modernism, there some critics by Michael Foucault-discourse, Antonio Gramsci – Hegemony and Louis Althusser-Ideology. These thinkers clearly showed this kinds picture. In practical, it happens in all society.  Political, social, cultural, religious fear shows to marginal’s, famines, subalterns, transgender and colonial countries. They always exploit by showing fear to achieve their selfish goal. Still there are some remnants of such character in our country. Without using such fear no people stay calm.

Are people in the developing countries living in many fears than people in developed countries? Example: people in developing countries fear about social symbol, social status, dauri, expenses in wedding etc.
Overall I said developed countries have more fear than developing countries. It is in our book “Philosophy of Fearism- A first east west dialogue.” Once Dr. R. Michael Fisher asked me this question, According to formula, it is life-consciousness-knowledge-fear. It says more knowledge has more fear. It traced back from ancient civilization to now. But in developing society like Nepal, India, Bangladesh still there are some traditional and superstition based culture. This culture was established by higher class and male dominated mentally. There is major role of cultural fear. Cultural fear is basically explained by Dr. R, Michael Fisher.

What are new thing you have included in Fearism?
According to my understanding there are many new things which we never read them before, because this concept (fearism) was not coined. When Fearism came in this world, then we started to see it with a new perspective. New perspective with powerful logic surely shows new world and universe. Concept of dephilosophy, meaning verse meaning, fear patient (feariatrict), treatment centre ( Fear cure Hospital) and fear doctor (feariatrist) these are first time introducing. It before such concept was not using by anybody.   

Do you want to say something to our readers?
Fearism is a new philosophy. It is in beginning stage. We can see our world, universe, studies, philosophies and life through this new philosophy we (Subba and Fisher) described. There are lots of new space for writing, critics, philosophy and medical sector. If some of we try to do work, on it, it will give us a new height to see human behavior.
Bishwa Raj Adhikari



Interviewed by Bishwa R Adhikari
Friday, December 16, 2016

Friday, December 16, 2016

Cuba: The Leadership Made it Poor-Article-135

क्युबा: क्यास्ट्रोले गरिब बनाएको देश

केही दिन पहिले (२०१६ नोभेम्बर २५ मा) दिवंगत भएका क्युवाका भूतपूर्व राष्ट्राध्यक्ष फिडेल क्यास्ट्रोको मृत्युको समाचारले नेपालमा निकै चर्चा पाएता पनि पश्चिमी जगत्मा भने यो समाचारले खासै महत्व पाउन सकेन। सञ्चार माध्यमहरूमा औपचारिक किसिमका समाचारहरू आए, गए पनि। नेपालमा कम्युनिष्टहरूको प्रभाव बढी भएर हो कि विश्वले एक महान नेता गुमाएको झै गरेर क्यास्ट्रोको निधनको खबरलाई अति महत्वपूर्ण समाचारको रूपमा विभिन्न माध्यमहरूमा सम्प्रेषण गरिएको पाइयो। हुन त एक नेताको दु:खान्त मृत्युको खबर सम्प्रेषण हुनु राम्रो हो। त्यस्तो हुनु पनि पर्दछ। तर उनलालई जुन किसिमले महान बनाउने कार्य भयो त्यो भने आवश्यक थिएन। क्यास्ट्रोलाई महान नेता भन्नु भन्दा पहिले उनले क्युबामा पचास वर्षसम्म निरंकुश शासन गरे भन्ने यथार्थ स्मरण गर्न आवश्यक छ। उनको कार्यकालमा मानव अधिकार हननका घटनाहरू स्मरण गर्न आवश्यक छ। नेपालमा छिटै कसैलाई देवत्वकरण गर्ने र कसैलाइ छिटै दानवत्वकरण गर्ने चलन नया होइन।
विदेशमा बसोबास गरिरहेका क्युबालीहरूले पनि आफ्नो एक महान नेताको देहावसान भएको रुपमा लिएनन्। क्युवा भित्र पनि अपेक्षा गरिए भन्दा कम व्यकिहरूले गहिरो शोक व्यक्त गरे। क्यास्ट्रोको निरंकुश शासनबाट उन्मुक्ति पाउन विदेशमा र खास गरी सं रा अमेरिकामा बसोबास गरिरहेका केही व्यक्तिहरूले  उनको मृत्युको खबरप्रति प्रतिक्रिया दिंदै भने “क्युबामा अब आर्थिक विकासको सुरुवात र मानव अधिकारको स्थितिमा सुधार आउने आशा गर्न सकिन्छ।” क्युबा अब स्वतन्त्रतातर्फ उन्मुख हुनेछ भन्नेहरू पनि धेरै थिए। “जसको कारण हामी विदेशमा निर्वासित जीवन बाँच्न बाध्य भएका थियो उसको मृत्युले हामी स्वदेश फर्कने सम्भावना बढेर गएको छ” भन्नेहरू पनि कम थिएनन्। अमेरिकाको फ्लोरिडा राज्यमा ठूलो संख्यामा आप्रवासी क्युबालीहरू बसोबास गर्छन्।
५० वर्ष (सन् २०५९-२००८) सम्म क्युबामा शासन गरेका क्यास्ट्रोले धेरैको मन जित्न सकेनन। पचास वर्षसम्म ‘काउन्सिल अफ स्टेट’ र ‘काउन्सिल अफ मिनिष्टर’ भएर सरकार प्रमुख र राष्ट्र पमुख दुबै पदमा आसिन रहेका क्यास्ट्रोले ती पदमा आउन एक पटक पनि स्वतन्त्रतापूर्वक चुनाव गराएनन। लोकतान्त्रिक निर्वाचन बिधि प्रयोग गरेनन। केवल मनोनित हुँदै सर्वोच्च पदमा रहे। एकछत्र शासन गरे। कम्युनिष्टहरूको प्रमुख विषेशतालाई कायम गरे।
निरंकुश शासन प्रणालीका लागि विवादमा रहेका क्यास्ट्रोको निजी जीवन पनि विवादित नै रह्यो। उनको वहु स्त्रीगामी (Womanizing) स्वभाव क्युवाको सञ्चार व्यवस्थामा सरकारको कडा नियन्त्रण भएको  कारणले गर्दा बाहिर आउन पाएन। क्युबामा, धैरैको कान भित्र पुगेता पनि मुख बाहिर भने त्यो भेद आउन सकेन। कानूनी रूपमा दुई महिलासँग उनको विवाह भएता पनि “भित्रिनी” हरू धेरै थिए। उनका दुई अवैध सन्तानहरू अहिले सं रा अमेरिकामा बसोबास गर्छन। उनकी बहिनी ओनिता पनि अमेरिकामा नै बसोबास गर्छिन। यौनको मामिलामा कम्युनिष्ट नेताहरू विवादित र चर्चित रहँदै आएको नौलो कुरा भने होइन। कम्युनिष्ट व्यवस्थाले नै उनीहरूलाई त्यस्तो हुन सघाउ पुर्याउँछ। उदाहरण, नेपालमा पनि यस्ता घटनाहरू धरै देख्न सकिन्छ।
क्यास्ट्रो राजनैतिक कारणले भन्दा आर्थिक कारणले भने अति नै आलोचित र विवादित रहे। उनको शासन कालमा क्युवाको आर्थिक स्थित दुरावस्थामा पुग्यो। क्युवालाई यदि कफि, सिगार र चीनीको व्यापारले सहयोग नगरेको भए यो देशको स्थिति अफ्रिकाको कुनै अति निर्धन राष्ट्र जस्तो हुन्थ्यो होला। यसैगरी तत्कालीन सोभियत रूसले आर्थिक सहयोग नगरेको भए क्युबाली झनै समस्याग्रस्त हुन्थे होला। रूसले क्युबालाई धेरै आर्थिक सहयोग गर्यो।
क्युबामा आर्थिक विकासको अनेक सम्भावनाहरू नभएका होइन। कफि, आलु, चामल, चीनी, सूर्ति र फलफुलको उत्पादनमा यो देश धेरै अगाडि छ। खास गुणको सूर्ति र सिगार उत्पादनमा संसारभरिमा नै एक नम्बरमा छ। र सर्वाधिक महत्वपूर्ण कुरा त संसारकै सबैभन्दा ठूलो अर्थ व्यवस्था, सं रा अमेरिका, क्युबाबाट केवल ३३० माइल मात्र टाढा छ। भौगोलिक रूपमा, मेक्सिको, क्यानाडा गरी अमेरिकाका दश नजिकका छिमेकीहरूमा क्युबा सातौ नजिकको छिमेकी हो। भौगोलिक रूपमा यति अनुकूल (नजिक) हुँदा हँदै पनि क्युबाले धनी अमेरिकी बजारबाट फाइदा उठाउन सकेन। क्यास्ट्रोको “बन्द अर्थ नीति” ले क्युबालीहरूलाई बाहिरी विश्व कस्तो छ भनेर हेर्न दिएन। सन् २००८ भन्दा पहिले सम्म, क्यास्ट्रोको भाइ राउल क्यास्ट्रो सत्ताम आउनु भन्दा पहिलेसम्म पनि, अमेरिकाको आर्थिक प्रगतिबाट फाइदा लिनुको साटो फिडेल क्यास्ट्रोले अमेरिकालाई गाली मात्र गरिरहे। बरू नजिकको अर्को छिमेकी मेक्सिकोले अमेरिकाको आर्थिक समृद्धिको निकै फाइदा उठायो, अहिले पनि उठाइ रहेको छ। मेक्सिको, अमेरिका र क्यानाडा मिलेर एक साझा बजार (NAFTA-North  American Free Trade Agreement/1994) को स्थापना गरेका छन्। अमेरिकाले मेक्सिकोमा निर्यात गरे भन्दा बढी आयात गर्छ। सन् २०१५ मा अमेरिकाले मेक्सिकोमा २३६ बिलियन डलर बराबर सामानहरू निर्यात गरेको थियो भने २९५ बिलियन डलर बराबर आयात गरेको थियो। अमेरिकाबाट ठूलो मात्रामा मेक्सिको तर्फ रेमिट्यान्स जान्छ। यस बाहेक बैध र अबैध तरिकाबाट अमेरिका पसेर रोजगार र व्यापार गर्ने मेक्सिकनहरूको संख्या हजार होइन लाखौं छ। अमेरिकासँगको निकटताले गर्दा नै मेक्सिकोले यति  अर्थिक प्रगति गर्न सकेको हो। लागु औषधका बादसाह (Drug Lords) हरूको नियन्त्रणमा रहेको मेक्सिको , अमेरिकाको नजिक नभएको भए, अमेरिकासँग सुमधुर सम्बन्ध न भएको भए, आज कुन स्थितिमा हुने थियो होला, भन्न गार्हो छ। अमेरिका र क्यानाडा पछि, मेक्सिको दक्षिण अमेरिकाको सबै भन्दा ठूलो अर्थ व्यवस्था हो। मेक्सिकोले अमेरिकाबाट आर्थिक फाइदा लिए जस्तो क्युबाले लिन सकेन बरू सँधै भरि बक्र दृष्टिले अमेरिकालाई हेर्यो मात्र। अमेरिका र बाँकि विश्वलाई हेर्ने फिडेल क्यास्ट्रोको ‘बक्र दृष्टि’ ले गर्दा नै क्युवा आर्थिक रुपमा बलियो हुन सकेन, अनेक सम्भावनाहरूको बाबजुत पनि। अहिले पनि क्युवाबमा व्यापक गरिबी छ। यसरी एक साधन सम्पन्न राष्ट्रलाई गरिब तुल्याउनमा क्यास्ट्रोको ठूलो हात छ। उनको निरंकुश शासन व्यवस्थाले उनलाई लामो समयसम्म सत्ताको कुर्सीमा राख्यो तर क्युबाका जनतालाई भने गरिब तुल्यायो। क्युवालाई निर्धन पार्यो। विश्वभरिका कम्युनिष्टहरूले उनलाई महान नेता  भनेता पनि।
सन् २००८ तिर फिडेल क्यास्ट्रो अति नै बिरामी हुन थाले पछि उनले सत्ता हस्तान्तरण आफ्नो भाइ राउल क्यास्ट्रोलाई गरे। राउल आफ्नो दाजु भन्दा केही उदार रहेको र क्युबा झन झन गरिब हुँदै गएकोले उनले क्युबामा केही सुधार गर्ने संकेतहरू दिए। सुधार गर्न बाध्य भए पनि। र पछि केही सुधारका कार्यक्रमहरूको घोषणा पनि गरे। अमेरिकासँगको सम्बन्ध सुधारमा चाँसो देखाए। क्युबामा पचास वर्ष पछि, पहिलो पटक अमेरिकी दूतावास स्थापना गर्ने अनुमति  सन् २०१५मा  दिए। अर्कोतिर अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि क्युबासँग रहेको “अमिलो सम्बन्ध” सुधारमा सुभेच्छा देखाए। सन् २००८ पछि, अहिले, क्युबामा ठूलो मात्रामा अमेरिकाबाट गएको रेमिट्यान्स पुगिरहेको छ। सन् २०१५ मा क्युबामा अमेरिकाबाट ३,३५४.१ मिलियन डलर रेमिट्यान्स पठाइएको थियो। राउल क्यास्ट्रोले सुधारका कार्यक्रमहरू नल्याएको भए, दाजु फिडेल क्यास्ट्रो जस्तो आर्थिक नीति अबलम्वन गरेको भए, क्युबाको आर्थिक हालत तेलको भाउ घटेर भनेज्युएलाको जस्तो जर्जर हुने थियो। अहिले लैटिन अमेरिकन देशहरूमा बढी रेमिट्यान्स भित्र्याउनेमा क्युबा पनि एक पर्छ।
केलव १ करोड १२ लाख ३९ हजार जनसंख्या (सन् २०१५) भएको क्युबाको प्रति व्यक्ति आय अमेरिकी  डलरमा ७, २७४ (सन् २०१४) छ भने ११ करोड ९५ लाख ३० हजार (सन् २०१५) जनसंख्या भएको मेक्सिकोको प्रति व्यक्ति आय अमेरिकी डलरमा १० हजार १७४ (सन् २०१५) छ। यसबाट पनि क्युबाको गरिबीको अन्दाज गर्न सकिन्छ।
क्युबालाई जसरी फिडेल क्यास्ट्रोको निरंकुशस कम्युनिष्ट व्यवस्थाले गरिब पार्यो त्यसै गरी नेपाललाई पनि जडसुत्रवादी वा अव्यवहारिक कम्युनिष्टहरूको नीतिले गरिब पार्यो र अहिले पनि गरिब पार्ने कार्य गरि रहेको छ। नेपाललाई गरिब तुल्याउनमा नेपालका कम्युनिष्टहरूको ठूलो हात छ। अझै, माओवादीहरूले त भरखर फुल्न थालेको नेपालको अर्थ व्यवस्थाको मुन्टो नै भाँच्ने काम गरे। दस वर्षसम्म अनेक किसिमका आतंकहरू मच्चाएर, भौतिक संरचनाहरू नष्ट पारेर माओवादीहरूले आर्थिक विकास हुने वातावरण नै नष्ट पारे। माओवादीको कारणले गर्दा (भारतको पहलमा भएको एघार बंदे सम्झौताले गर्दा) नै नेपालको आर्थिक स्थिति झन झन कमजोर हुन थाल्यो। नेपाल भारतको एक बलियो बजारको रूपमा रुपान्तरित हुन थाल्यो। नेपालको आन्तरिक उत्पादन घट्ने क्रम प्रारम्भ भयो। क्रमश: नेपालले एक स्वतन्त्र र बलियो बजारको स्थिति अति भारतीय प्रभावले गर्दा गुमाउँदै गयो। अहिले नेपाल भारतको एक बलियो प्रान्तीय बजार हुँदै गएको छ। एक दिन मात्र पनि भारतबाट नेपालतर्फ सामान आउन रोकिने हो भने नेपाल बिना पेट्रोलको कार जस्तै स्थिर हुन पुग्छ। नेपाललाई यो स्थितिमा ल्याउनमा माओवादीहरू ठूलो हात छ। उनीहरूले भारतको प्रभाव नेपालमा बढाउनमा खास भूमिका खेले। प्रम पुष्पकमल दहाल अहिले पनि भारतलाई खुस पार्नमा व्यस्त छन्।

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, December 16, 2016

Saturday, December 10, 2016

Basis of Getting Literary Awards: A Review Part 4 (Last)

नेपालमा कृति वा कृतिकार उत्कृष्ट भनी निर्धारण गरिने केही आधारहरू

८ पुरस्कार दिन निर्णय गर्ने निर्णयकर्ताहरूले सम्पूर्ण पाठकहरूको मनोभावलाई प्रतिनिधित्व गर्दैन:

नेपाली साहित्यिक जगत्मा रहेको एउटा अर्को विडम्वनामाथि चर्चा गरौ। पूर्वमा चर्चा गरिए अनुसार कुनै एक कृति वा कृतिकारले पुरस्कार पाउने वित्तिकै उक्त कृति वा कृतिकारको चर्चा र लोकप्रियता नेपाली “पुस्तक बजार” मा ह्वातै बढेर जान्छ। पुरस्कार पाउने कृतिकारको बारेमा अनेक प्रशंसा सहित अन्गिन्ति लेखहरू लेखिन थाल्छन, प्रकाशित हुन थाल्छन। कृतिकारका अन्तर्वार्ताका जुलुसहरू पत्र पत्रिका, रेडियो, टिभीहरू देखिन थाल्छन। पुरस्कृत कृतकारलाई विभिन्न कार्यक्रममा प्रमुख वा विशेष अतिथि बनाउने सिलासिल जोडतोडका साथ शुरू हुन्छ। त्यसपछि शुरू हुन्छ, पुरस्कृत कृतिकारको कृति पढे, अति मन पर्यो, गज्जबको प्रस्तुति भन्दै ‘फेसबुक’ को भित्ता-भर्ने कार्य। पुरस्कृत कृतिकारको कृति पढ्नु विशेष इज्जतमा रुपान्तरित हुन पुग्छ। कतिपय पढे, अति मन पर्यो भन्नेहरूले यथार्थमा पुरस्कृत कृति पढेका पनि हुँदैनन्। केवल आफूलाई पृथक (अध्ययनशील) वा खास देखाउनका लागि पनि पढे भनी उल्लेख गरेका हुन्छन। यो कस्तो विडम्बना?
कृतिभित्र के कस्ता विषयहरू छन् भन्ने कुरा थाहा नपाएर पनि केवल चर्चाको भरमा पाठकहरूले त्यो कृति जोडतोडले खरिद गर्न आरम्भ गर्छन। तर सिक्काको अर्को पाटो पनि हेर्यौ। कुनै पनि पुरस्कार दिने समूह वा संस्थामा दुई वा सो भन्दा बढी पुरस्कार दिने भनी निर्णय गर्ने निर्णयकर्ताहरू हुन सक्छन। अनि उक्त पुरस्कार दिने संस्थामा “पुरस्कार पाउँ” भनी एक सय कृतिहरू प्रस्तुत भएका हुन सक्छन। अब मानौ, यदि पुरस्कार दिने भनी निर्णय गर्ने संस्थमा चार जना निर्णयकर्ताहरू छन् र तिनीहरूले “२०७४ सालको लागि यो कृति उत्कृष्ट” र “यो कृतिलाई पुरस्कार दिने” भनेर निर्णय गरे रे। अब प्रश्न उठ्छ, ती चार जनाले निर्णय गरेको भरमा एक सय पुस्तक मध्ये त्यो एउटा पुस्तक उत्कृष्ट र बाँकि उनान्सय कृतिहरू सामान्य वा अर्थहिन हुने हो त? नेपालको सन्दर्भमा, ती चार जना निर्णय कर्ता (पुरस्कार दिने भनी निर्णय गर्ने व्यक्तिहरू) ले तीन करोड नेपाली पाठकहरुको रुचिको प्रतिनिधित्व गर्छन त? चार जना निर्णयकर्ताले कुनै खास कृति राम्रो छ भनेको भरमा अरूले पनि त्यो कृति राम्रो छ भनी मान्नु पर्ने? अति त्यो कृति राम्रो मानेर पढ्नु पर्ने? अझै, कुनै संस्थामा म त केवल एक वा दुई जनाले यो कृतिको कृतिकारलाई पुरस्कार दिने भनी घोषणा गर्ने गर्छन्। के त्यसरी केवल दुई जनाले गरेको मूल्यांकनलाई आधार मान्दै, हामीले पनि उनीहरूको मूल्यांलनलाई उत्कृष्टताको मानक मान्दै सो कृति पढ्ने?
नेपालमा पुरस्कृत कृतिहरू मात्र उत्कृष्ट हुन्छन भन्ने आम धारणा रहेको हुनाले यो प्रशंग कोट्याएको हुँ। यसको अन्यथा अर्थ नलगाइयोस।
तर दु:ख लाग्दो यथार्थ के पनि छ भने केवल पुरस्कृत कृतिलाई राम्रो मान्ने चलन नेपाली साहित्य जगतमा ज्यादै बलियो गरी स्थापित छ।
अफगान मुलका अमेरिकी नागरिक खालिद हुसेनीद्वारा लिखित उपन्यास “द काइट रनर” जुन नौलो वा बाहिरी दुनियाका सामन्य पाठकहरूले थाहा नपाएका विषयहरूमा आधारति रहेर लेखिएको छ, कुनै समयमा अति नै चर्चामा थियो। अहिले पनि उत्तिकै चर्चामा छ। चर्चामा कमी आएको छैन्। ‘रिभरहेड बुक्स’ द्वारा सन् २००३ मा प्रकाशित यो पुस्तक अमेरिकामा मात्र ७० लाखप्रति बिक्री भइसकेको छ। अफगानी राजसंस्था (जहिर शाह) को पतन, तत्कालीन सोभियत रूसको अफगानिस्तानमा सैनिक हस्तक्षेप, पाकिस्तान र संयुक्त राज्य अमेरिकामा अफगान शर्णार्थीहरूको ओइरो र क्रुर तालिबानी शासकहरूको उदय जस्ता समयलाई पृष्ठभूमि बनाएर लेखिएको यो पुस्तकले ती कालमहरूमा अफगानीस्तानमा भएका उथल पुथलको स्थितिलाई यथार्थ किसिमले दर्शाएको छ।
विभिन्न विषयका पुस्तकहरू पढ्ने रुचि अमेरिकीहरूमा नभएको भए, अफगानिस्तानको विषय-वस्तुमा, अफगानीमुलका व्यक्तिद्वारा लेखिएको यस किसिमको पुस्तक लगभग एक करोडको संख्यामा बिक्री हुने थिएन। संसारभरिमा हुने अनेक किसिमका घटना, विचार, समस्या आदिमा लेखिएका पुस्तकहरू अमेरिकीहरू रूचिका साथ किनेर पढ्छन।   
पश्चिममा वा विकसित मुलुकहरूमा केवल पुरस्कृत कृतिलाई मात्र राम्रो मानेर पढ्ने चलन छैन। सबै किसिमका कृति वा पुस्तकहरू पढ्ने चलन छ। यस क्षेत्रका पाठकहरूले कृतिकारको कृतिमा नौलो कुरा खोज्छन्, रोचक कुरा खोज्छन, मौलिक कुरा खोज्छन। इतिहास, भुगोल, राजनीति, संस्कृति, दर्शन, धर्म आदि आदिमा लेखिएका सर्वाधिक नौलो कुराहरूको खोजि गर्छन।
तर सर्वाधिक महत्वपूर्ण कुरा हो, पाठकको रुचि र मनोविज्ञान। अमेरिकामा व्यक्तिहरू अति नै पढ्ने गर्छन। अमेरिकीहरू नौलो वा रोचक विषयमा लेखिएका पुस्तक खोजी खोजी पढ्छन्। पुस्तक पढ्ने केवल एउटा ढर्रा मात्र छैन। इतिहास, भूगोल, साहित्य, मनोविज्ञान, स्वास्थ, कल्नरी, तरकारी खेति, बागवानी, शिशु स्यहार, गर्वाअवस्थामा स्याहार, आदि आदि विषयमा लेखिएका विभिन्न पुस्तक खोजि खोजि पढ्छन्।
कसै कसैको त पढ्ने बानी नै जस्तो हुन्छ र बडो रुचिका साथ पढ्छन्। र यहाँसम्म कि कतिपय पुस्तक पसलमा लामो समयसम्म बसेर पढ्न कै लागि भनेर मेच वा सोफहरू राखिएका हुन्छन। अमेरिकामा हरेक साना ठूला सहर वा गाउँ (नगर) मा पुस्तकालय हुन्छ नै। यसैगरी “इ-बुक” वा “किन्डल” नै लिएर हिंड्छन र बाटो वा यात्रामा पढ्न रुचाउँछन, अमेरिकीहरू।
कुनै किताब वा कृतिलाई लोकप्रिय तुल्याउनमा पाठकहरूमा विविध क्षेत्रहरूमा लेखिएका कृतिहरू पढ्ने रुचि हुन नितान्त आवश्यक छ।

र निष्कर्षमा, पुरस्कार पाउनु मात्र कुनै कृति उत्कृष्ट हुनका लागि मानक होइन। पुरस्कार पाउँदैमा कुनै कृति उत्कृष्ट छ भन्नु अन्य कृतिकारहरू माथि अन्याय हो। चार जना (पुरस्कार दिने व्यक्तिहरू) ले कुनै कृति राम्रो वा उत्कृष्ट छ भन्दैमा त्यो कृति कदापि पनि उत्कृष्ट हुँदैन।

यस श्रृङ्खलाको अन्तिम भाग

(c) विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Saturday, December 10, 2016

Friday, December 9, 2016

Should We Continue All The Traditions?-Article-134

संस्कृति र परम्पराहरू पनि आर्थिक विकासका बाधक हुन सक्छन


अर्थशास्त्रको मान्यता अनुसार शिक्षित, सुसंस्कृत र परिश्रमी जनता पनि देशको सम्पत्ति हो, राम्रो हावापानी वा मौसम अर्को महत्वपूर्ण सम्पत्ति भए जस्तै। अर्थशास्त्रले देशको आर्थिक विकासका लागि धन सम्पत्ति, रुपियाँ पैसा, प्रशस्त जग्गा, खानीहरूलाई मात्र महत्वपूर्ण तत्व मान्दैन। पूँजी वा धन सम्पत्ति आदिले आर्थिक प्रगति गर्न सघाउ पुर्याउने मात्र हो, आर्थिक विकासको आधारशिला नागरिकहरूको व्यवहार नै हो भनी तर्क गर्ने अर्थशास्त्रीहरू धेरै छन् ।
   
आर्थिक विकास गर्ने इच्छा शक्ति बलियो र अटुट भएमा जस्तै कठोर बाधा भए पनि त्यसलाई पराजित गरेर जनताले आर्थिक विकास गर्छ, भौगोलिक आकारमा ज्यादै सानो भए तापनि बलियो इच्छा शक्तिले गर्दा इजराइलले चमत्कारी आर्थिक विकास गरेझैं। इजराइलका शत्रु मुलुकहरू चारैतिबाट ऊतिर बन्दुक तेस्र्याएर बसे तापनि, बन्दुक तेस्र्याउनेहरू नै हारेका छन्। इजराइल जहिले पनि जितेको छ।
   
इजराइलको ठीकविपरीत अफ्रिकाका अनेक मुलुकहरूसँग प्रशस्त जग्गा, खानी (तेल, सुन, कोइला) एवं अन्य विभिन्न किसिमका प्राकृतिक सम्पत्तिहरू भए तापनि यथेष्ट आर्थिक विकास गर्न सकेका छैनन्। कतिपय अहिले पनि गरिबीको जाँतोमा थिचिएका छन्। अफ्रिकाका धेरै राष्ट्रहरू अहिले पनि जातीयता, सामुदायिक पहिचान, धर्म, संस्कृति आदि जस्ता विषयहरूमा अल्झेका छन्। यी विषयहरूलाई प्रमुख मुद्दा बनाएर डरलाग्दा युद्धहरू लडिरेहका छन्। लाखौको ज्यान जाने गरी रवान्डामा भएको नरसंहारको मुख्य कारण जातीय (हुटु र टुट्सीबीचको) कलह थियो। सुडानको विभाजन पनि धार्मिक कारणले नै भएको हो।
   
त्यसकारण जनता शिक्षित, शान्ति प्रेमी र सुसंस्कृत हुनु देशका आर्थिक विकासको लागि अत्यावश्यक तŒव रहेको अर्थशास्त्रीहरूद्वारा मानिएको छ। नेपालमा भने यी तŒवहरूको सर्वथा अभाव छ। नेपालमा जनता गएको दुई दशकदेखि संस्कृति, पहिचान, समुदाय, परम्परा आदिको नाममा सङ्घर्षरत छ। आर्थिक विकासजस्तो प्रमुख मुद्दालाई बिर्सेर झिनामसिना कुराहरूमा अल्झेको छ। जनताको लागि आर्थिक विकासका मुद्दाहरू अहिले गौण हुन पुगेका छन्। परम्परा र पहिचान जोगाउन जनता अहिले कम्मर कसेर लागेको छ, अरू कुराहरूलाई बिर्सेर। पहिचानको ठूलो भूत सवार भएको छ। लाग्छ, नेपाली जनतालाई पहिचानले नै रोजगार, आम्दानी र आर्थिक खुशहाली दिन्छ।
   
तर कटु यथार्थ के हो भने समाज गतिशील हुन्छ। समाजको सोंच र विचार पनि गतिशील हुन्छ। समाज गतिशील भएको कारणले नै, यसमा आएको परिवर्तनसँगै पहिचान, संस्कृति र परम्परा पनि परिवर्तन हुँदै जान्छ। उन्नत समाजले असल र मानव उपयोगी पहिचान एवं परम्परालाई सबल तुल्याउँदै जान्छ भने खराब, अस्वस्थ, खर्चिलो, अव्यावहारिक पहिचान एवं परम्परा परित्याग गर्दै जान्छ ।
   
नेपालको मधेसी एवं पहाडी, दुवै समुदायका केही वर्गले धोतीलाई आफ्नो मौलिक पहिचान मान्दछ र त्यसको संरक्षण गर्नुपर्छ भन्ने कुरामा सर्वाधिक जोड दिन्छ। कुनै एक हावापानी तथा भूगोलमा रहँदा यो पहिचान कायम गर्न सकिएला। तर सार्वकालिक र सबै भूगोलको लागि  यो पहिचान के सम्भब छ ? यदि कुनै नेपाली परिवार जसले धोतीलाई आफ्नो पहिचान मान्दछ, तर त्यो परिवार पेशाको कारण क्यानाडाको अति जाडो हुने शहर मोनट्रिएल पुगेको छ भने त्यस परिवारले धोती मेरो पहिचान हो भन्दै त्यो जाडो ठाउँमा धोती लगाएर बाँच्न सक्छ ? यदि लगाउँछु भन्दै अठोट कस्छ भने प्यान्ट वा कुनै न्यानो किसिमको पाइजामामाथि धोती लगाउनुपर्छ। त्यस्तो पहिरन कस्तो देखिएला?
   
जुन बेला केवल कपडा बुन्ने सीपको मात्र विकास भएको थियो र सिलाइ मेसिनको आविष्कार भएको थिएन, त्यो बेला धोती लगाउनुपर्ने बाध्यता थियो। तर अहिलेको स्थिति पृथक छ। अहिले दस मिनेटमा प्यान्ट वा सर्टको सिलाइ हुन्छ।
   
सबै परम्परा र पहिचानका कुराहरूलाई गर्वको विषय बनाएर त्यसलाई कायम गर्न सकिंदैन। ती विषयहरूलाई मूल मुद्दा बनाएर सङ्घर्ष गर्नु व्यावहारिक पनि हुँदैन। आर्थिक र सामाजिक विकास गरेर जीवन निर्वाहलाई सरल र सुखमय तुल्याउन विभिन्न अव्यावहारिक संस्कृति, परम्परा, पहिचान आदि समाप्त पार्दै लग्नुपर्छ।
   
एउटा त्यस्तै त्याग्नुपर्ने अव्यावहारिक संस्कृति, संस्कार वा परम्पराको यहाँ चर्चा गरौं।
   
अफ्रिकी मुलुक मलावीको समाजमा एउटा अनौठो धार्मिक (Ritual) संस्कार छ जस अन्तर्गत भरखरै विधवा भएकी महिलालाई पवित्र (Cleansing) पार्नका लागि भाडामा ल्याइएको पुरुषसँग यौन सम्पर्क गर्न लगाइन्छ। वा उक्त स्थितिको महिलाले पवित्र हुनका लागि कुनै पुरुषसँग सहवास गर्नुपर्छ। भाडामा ल्याइएको वा पेशेवररूपमा त्यो कार्य गर्ने व्यक्तिले प्रस्तुत विधवा महिलासँग यौन सम्पर्क गरेपछि ती महिला पवित्र हुन्छिन्  र उनको ग्रह दशा समाप्त भएको विश्वास गरिन्छ । यदि भरखर विधवा भएकी महिलाले पवित्र हुन त्यो संस्कार नगरेमा उनको भाग्य खराब हुने, बिरामी पर्ने वा तत्काल मृत्यु हुने पनि हुन सक्छ। यति मात्र होइन, ती विधवा महिलाको वंशले नै पछि निरन्तर दुःख, कष्ट पाउने हुन सक्छ। यस्तो अन्धविश्वासले मलावी समाजमा बलियोगरी जरा गाडेको छ।
   
विधुवासँग सम्भोग गर्न तयार हुने व्यक्तिले पेशेवररूपमा त्यो कार्य गर्छ र उसलाई विभिन्न परिवारहरूले भाडा वा पारिश्रमिक भुक्तान गरेर त्यस्तो कार्य गर्न बोलाउने गर्छन्। पारिश्रमिक लिएर सम्भोग गर्ने व्यक्तिलाई मलावीको खास समाजमा हाइना’ (ब्वाँसो) भन्ने गरिन्छ ।
   
यसैगरी पहिलो महिनावारी भएकी बालिकालाई पूर्ण वयस्क भएको भनी धार्मिकरूपमा मान्नका लागि पनि कुनै पुरुषसँग यौन सम्पर्क गर्न लगाइन्छ। र त्यस्तो गरेपछि ती बालिकाले पूर्णरूपमा स्त्रीत्व प्राप्त गरेको विश्वास गरिन्छ। यो अनिवार्य सम्पन्न गर्नुपर्ने सामाजिक संस्कार हो, त्यो खास समाजमा।
   
यस्तै किसिमको पुरुषतर्फको धार्मिक विश्वास पनि अनौठो छ। यदि कुनै पुरुष भरखरै विधुर भएको छ भने उसले पनि आफूलाई पवित्र पार्नका लागि कुनै महिलासँग सम्भोग गर्नुपर्छ। हुनत सरकारले यस्ता संस्कारहरूमाथि प्रतिबन्ध लगाएर त्यस्तो गर्नु वा गराउनुलाई अपराध घोषणा गरेको छ तर पनि जनताले यस्ता संस्कारहरूलाई निरन्तरता दिंदै आएको छ।
   
माथि वर्णित मलावीका सामाजिक संस्कार वा धार्मिक चलनहरूले भन्दा एउटा फरक मुद्दाले अहिले मलावीको सरकारको टाउको दुखाइरहेको छ। हाइना’ (पारिश्रमिक लिएर विधवाहरूसँग सम्भोग गर्ने पुरुष) ले अहिले धेरैको ध्यान आफूतिर आकृष्ट गरेका छन्। धेरैलाई घोर चिन्तामा डुबाएका छन्। हाइनाभएर काम गर्ने मलावीका एकजना एरिक अनिभाले १०४ जना महिला एव बालिकाहरूसँग पनि धार्मिक संस्कारका लागि सम्भोग गरेको स्वीकार गरेका छन्। अनिभाले केवल १२ वर्षकी बालिकासँग पनि सम्भोग गरेको स्वीकार गरेका छन्।
   
तर ज्यादै टाउको दुखाइ र अत्यधिक चिन्ताको विषय भने झन् अर्को छ। अति डरलाग्दो र दुःखद पनि  छ। एरिक अनिभा एचआइभी सङ्क्रमित हुन् । आफूलाई एड्स लागेको थाहा पाउँदा पाउँदै पनि एरिक अनिभाले १०४ जना महिला र किशोरीहरूसँग असुरक्षित यौन सम्पर्क गरेका थिए। मलावीको समाजमा व्याप्त अन्धविश्वासले अहिले सयौंको ज्यान जाने स्थिति सृजना गरिदिएको छ। जनतामा चेतनाको स्तर उच्च हुनु आर्थिक विकासका लागि सर्वाधिक अनुकूल स्थिति हो। 
   
नेपालमा जनताको चेतनाको स्तर उच्च भएको भए आर्थिक विकासका महत्वपूर्ण मुद्दाहरू परित्याग गरेर नागरिक नेताहरूको पछाडि हिंड्ने स्थिति उत्पन्न हुने थिएन। नेताहरूले आफ्नो स्वार्थका लगि जनतालाई आफ्नो पछि पछि दौडाउने स्थिति हुने थिएन। नेपालीहरू विभाजित मनस्थितिबाट ग्रसित भएर समुदाय, पहिचान, जातजाति, प्रदेश, क्षेत्र आदिको पछि लागेर आर्थिक विकासका अवसरहरू प्रयोग गर्नबाट वञ्चित भएका छन्। मुलुकमा विभिन्न किसिमका बौद्धिक, प्राकृतिक एवं अभौतिक साधन (मनोरम दृश्य, ऐतिहासिक स्थल) हरू भए तापनि आर्थिक विकास हुन सकिरहेको छैन। कारण महाभारतकालीन (निरन्तर युद्ध गर्ने र युद्धबाट नै समस्याको समाधान खोज्ने) मनोविज्ञानबाट हामी नेपालीहरू बाहिर आउन सकिरहेका छैनौं। त्यसकारण के विश्वास गर्न कर लाग्छ भने हामी पूर्वेलीहरू बौद्धिकताको स्तरमा पश्चिमेलीहरूभन्दा निकै पछाडि छौं। यो क्षेत्रको आर्थिक विकास हुन नसक्नु प्रमुख कारण पनि यो नै हा


विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशति Friday, December 09, 2016