Friday, April 28, 2017

Measures To Check Trade Deficit With India-Article-154

भारतसँग व्यापार घाटा: नियन्त्रणका उपायहरू

भारतसँग हुने व्यापारमा नेपालले वर्षौंदेखि घाटा बेहोर्दै आएको छ। अर्थात् भारतसँग नेपालको व्यापार अति नै असन्तुलित छ। नेपाल–भारत व्यापार भारतको पक्षमा मात्र छैन, नेपालसँग रहेको व्यापारको आप्mनो बलियो स्थितिलाई राजनैतिक सौदेबाजीको अचुक तिरको रूपमा पनि प्रयोग गर्दै आएको छ। नेपालको राष्ट्रिय एवं केन्द्रीय राजनीतिमा दबाब सृजना गर्न वा नेपालले गर्ने ठूला–ठूला आन्तरिक वा बाह्य निर्णयमा प्रत्यक्षरूपले हस्तक्षेप गर्न पनि भारतले आप्mनो बलियो व्यापारिक स्थितिलाई प्रयोग गरिरहेको छ। हामीले ऊर्जा, औषधी र खाद्यान्न नेपाललाई नदिने हो भने नेपालीहरू यातायातविहीन भएर, भोकभोकै बसेर, बिमारीले छटपटिनु पर्नेछ भनी भारतले प्रत्येक पल नेपालका नेताहरूलाई बोध गराइरहेको हुन्छ। र बेलाबेलामा, मधेस आन्दोलनको बहानामा, यी वस्तुहरूको आपूर्ति बन्द पनि गर्दै आएको छ। २०४७ सालपछिको स्थितिमा त नेपालका नेताहरूले केन्द्रीय राजनीतिमा आप्mनो स्थान बलियो बनाउन, सत्ता प्राप्त गर्न, चुनाव जित्न र शक्तिमा निरन्तर बसिरहन भारतको शरणमा जानुपर्ने भएको छ। नेपालका नेताहरूले भारतीय शक्ति केन्द्रहरूलाई दाम राखेर ढोग्नुपर्ने समेत भएको छ। र यो नयाँ स्थितिको सृजना नेपालका नेताहरूको कमजोरीकोले गर्दा भएको हो। अर्को किसिमले हेर्ने हो भने नेपालका नेताहरूलाई भारतीय कूटिल रणनीतिले कमजोर पारेको हो।

    हुन पनि नेपालको भारतसँगको व्यापार घाटा चिन्तनीय स्थितिमा छ। नेपालले एक सय रुपियाँ बराबरको वस्तु वा सेवा भारतलाई निर्यात गर्दा भारतले नेपाललाई एक हजार रुपियाँ बराबरको वस्तु वा सेवा निर्यात गरिरहेको छ। यो भिन्नता ज्यादै ठूलो हो। तर प्रश्न ठूलो भिन्नताको मात्र छैन, मूल प्रश्न के छ भने के नेपाल सधैंभरि भारतको बजार बन्ने र जीवन निर्वाहका लागि आवश्यक पर्ने प्रत्येक वस्तु (ऊर्जा, औषधि, खाद्यान्न आदि) का लागि भारतको शरणमा पर्ने?

    नुन, तेल, चामल, दाल, फलपूm, तरकारीजस्ता आधारभूत आवश्यकताका वस्तुहरू राष्ट्रिय खपतका लागि चाहिने परिमाणमा समेत पनि नेपालले उत्पादन गर्न सक्तैन। यस किसिमका वस्तुहरू निरन्तर भारतबाट ठूलो परिमाणमा आयात गर्नुपरिरहेको छ। हुनत अर्थशास्त्रका नया मान्यताहरू अनुसार कुनै पनि मुलुकले आपूmलाई आवश्यक पर्ने सम्पूर्ण वस्तु एवं सेवा स्वयंले उत्पादन गर्न सक्तैन र लागत एवं स्रोत (Resources) का दृष्टिकोणले त्यस्तो गर्न सक्नु सम्भव पनि हुँदैन। यो आधुनिक व्यापारिक युगमा संसारका लगभग सम्पूर्ण राष्ट्रले विदेशी बजारबाट विभिन्न वस्तु र सेवा खरिद गर्नुपर्छ र गरिरहेका छन्। अमेरिकाजस्तो धनी देशले समेत आप्mनो मुलुकलाई आवश्यक पर्ने सम्पूर्ण वस्तु एवं सेवा उत्पादन गर्न सक्तैन र विभिन्न वस्तु एवं सेवा विदेशबाट खरिद (आयात) गर्छ। तर नेपालको स्थितिमा भने निकै ठूलो अन्तर छ। नेपालले स्वदेशमा सस्तोमा उत्पादन गर्न सकिने वस्तु तथा सेवासमेत उत्पादन गर्दैन। भारप्रतिको अति निर्भरता कम गर्न चाहँदैन। यो स्थिति ल्याउन नेपालका नेताहरू मात्र होइन, सामान्य नागरिक पनि जिम्मेवार छन्। यो समस्यालाई जनताले सरकारको समस्या भन्दै पन्छिदै आएको छ। र सरकारले वास्ता गरेको छैन, गम्भीरतापूर्वक लिएको छैन।
    नेपाल सरकार एवं नागरिकहरूले जनस्तरमा नै भारतसँग व्यापार घाटा कम गर्ने अठोटका साथ ठोस प्रयास गर्ने हो भने यो कहालीलाग्दो व्यापार घाटा कम पार्न सकिन्छ। भारतसँगको व्यापार घाटा कम पार्न सकिने नेपालसँग एक, दुई होइन अनेक सम्भावनाहरू छन्। यी सम्भावनाहरूको उपयोग नेपालले दीर्घकालीन योजना बनाएर, वचनबद्धताका साथ गर्ने हो भने आउने वर्षहरूमा अवश्य पनि व्यापार घाटा कम पार्न सकिन्छ।

    भारत विश्वकै आर्थिक महाशक्तिको रूपमा उदाइरहेको वर्तमान अवस्थामा, नेपालले भारतलाई सामान्य किसिमका वस्तु एवं सेवाहरू निर्यात गरेर व्यापार घाटा कम पार्न सक्तैन। र सामान्य किसिमका वस्तु एवं सेवाहरू उत्पादन एवं निर्यात गरेर भारतसँगको व्यापार घाटा कम पार्न सकिन्छ भनी सोंच्नु पनि ‘दिवास्वप्न’ मात्र हुनेछ। भारतसँगको व्यापार घाटा कम पार्न नेपालले विशेष किसिमका योजनाहरू ल्याउन जरुरी छ । अर्थात् नेपालले खास किसिमका वस्तु एवं सेवा उत्पादन गर्न आवश्यक छ।
    अहिले सन् २०१७ मा प्रकाशित तथ्याङ्क अनुसार सं रा अमेरिका, चीन, जापान, जर्मनी, संयुक्त अधिराज्य, फ्रान्स, भारत, इटली, ब्रजील र क्यानाडा क्रमशः एकदेखि दशौं (विश्वका) बृहत् अर्थ व्यवस्था हुन पुगेका छन्। अमेरिका सन् १८७१ देखि नै विश्वको सर्वाधिक बृहत् अर्थ व्यवस्था (Largest Economy) रहँदै आएको छ। तर पछिल्लो समयमा भारतले भने आर्थिक विकासको क्षेत्रमा नयाँनयाँ उदाहरणहरू र कीर्तिमान कायम गर्दै चमत्कारी किसिमले आर्थिक प्रगति गरेको छ। सूचना प्रविधिको क्षेत्रमा सस्तो उत्पादन गर्नमा त भारत विश्वमा नै अग्र स्थानमा  छ। भारत अहिले विश्वको सातौं ठूलो अर्थतन्त्र मात्र हुन पुगेको छैन, आप्mनो वार्षिक कुल गार्हस्थ्य उत्पादनलाई लगभग ९ ट्रिलियन डलर (On the basis of Purchasing Power Parity) तुल्याएर गार्हस्थ्य उत्पादन सर्वाधिक हुने विश्वको तेस्रो ठूलो देश हुन पुगेको छ। जनसङ्ख्याको हिसाबले विश्वको दोस्रो ठूलो देश भए तापनि भारतको प्रतिव्यक्ति गार्हस्थ्य उत्पादन वार्षिक ७,१९७ अमेरिकी डलर छ भने नेपालको प्रतिव्यक्ति गार्हस्थ उत्पादन २५७३ अमेरिकी डलर छ। भारतले युरोपियन राष्ट्रहरूले जस्तै आप्mनो कृषिप्रतिको अति निर्भरतालाई क्रमिक रूपमा कम पार्दै लगेको छ। र सेवा उत्पादनको क्षेत्रमा भने अति नै प्रगति गरेको छ। भारतको कुल गार्हस्थ्य उत्पादनमा कृषि १७, उद्योग २६ र सेवा क्षेत्रको ५७ प्रतिशत योगदान रहेको छ। यो तथ्याङ्कले सेवा उत्पादनको क्षेत्रमा भारत तीव्र गतिमा अगाडि बढिरहेको छ भन्ने कुराको पुस्टि हुन्छ।
    भारतसँगको व्यापारमा नेपालले निरन्तर भोग्नुपरिरहेको व्यापार घाटा कम पार्न सरकार एवं जनताले तीन कुरामा ध्यान पु¥याउनुपर्ने देखिएको छ। १. परिमाणद्वारा प्राप्त बचत (-Economy of Scale), २. तुलनात्मक फाइदा (Comparative Advantages) र ३. निरपेक्ष फाइदा (Absolute Advantages)। सर्वप्रथम यी तीन कुरा के हुन् त्यसबारे जानकारी राखौं।

परिमाणद्वारा प्राप्त बचत
    कुनै पनि वस्तु ठूलो परिमाणमा उत्पादन गर्दा प्रतिएकाइ उत्पादन लागत क्रमशः कम भएर जान्छ। त्यस्तो किन हुन्छ भने ठूलो परिमाणमा उत्पादन गर्दा प्रतिएकाइ स्थिर लागत (Fixed Costs) कुल उत्पादनमा वृद्धिका साथै घटदै जान्छ । अर्थात् उत्पादन परिमाणमा वृद्धि र स्थिर लागत प्रतिएकाइ बीच विपरीत सम्बन्ध हुन्छ। जुन किसिमले उत्पादन एकाइ बढदै जान्छ त्यसै अनुरूप प्रतिएकाइ स्थिर लागत घटदै जान्छ। यसरी ठूलो परिमाणमा उत्पादन गर्दा प्रतिएकाइ उत्पादन लागत एकातिर घटदै जान्छ भने अर्कोतिर सस्तोमा उत्पादन गर्ने कार्य सम्भव भएकोले बिक्री मूल्य सस्तो हुन पुग्छ। बिक्रय मूल्य सस्तो भयो भने जुनसुकै बजारमा प्रतिस्पर्धीहरूलाई पराजित पार्दै आप्mनो वस्तु बिक्री गर्न सकिन्छ। भारतले ठूलो परिमाणमा वस्तुहरू उत्पादन गर्न सक्नुले उसले सस्तोमा वस्तुहरू बिक्री गर्न सकेको छ। र यो कारणले गर्दा भारतीय वस्तुहरू संसारभरि सस्तो हुन पुगेको छ। यो कारणले गर्दा नै नेपाली वस्तुहरूले भारतीय वस्तुहरूसँग प्रतिस्पर्धा गर्न सकिरहेका छैनन्।

तुलनात्मक फाइदा
    तुलनात्मक फाइदा त्यो स्थितिमा प्राप्त गर्न सकिन्छ जब प्रतिस्पर्धीहरूभन्दा सस्तोमा उत्पादन मात्र होइन वितरण र बिक्रीसमेत गर्न सकिन्छ। अर्थात् बजारमा रहेका प्रतिस्पर्धीहरूभन्दा सस्तोमा आप्mनो वस्तु वा सेवा बिक्री गर्न सक्नु तुलनात्मक फाइदा प्राप्त गर्नु हो। दक्ष उत्पादनका साधन
(Fबअतयचक या उचयमगअतष्यल), कुशल उद्यमशीलता, उच्च प्रविधि, खास किसिमका प्राकृतिक साधन आदि जस्ता तŒवको सहयोगले गर्दा तुलनात्मक फाइदा प्राप्त गर्न सक्ने स्थितिमा पुग्न सकिन्छ। न्यून ‘अवसर लागत’ का कारण तुलनात्मक फाइदा प्राप्त हुन्छ

निरपेक्ष फाइदा
    आप्mना प्रतिस्पर्धीहरूको तुलनामा असल वा उत्कृष्ट वस्तु एवं सेवाहरू उत्पादन तथा बिक्री गरेर निरपेक्ष फाइदा प्राप्त गर्न सकिन्छ। निरपेक्ष फाइदा भनेको वस्तु वा सेवाको उत्पादनमा प्रतिस्पर्धीहरूलाई पराजित गर्न सकिने खास किसिमको क्षमता, विशेषता, ज्ञान, शक्ति राख्नु हो। यस अन्तर्गत वस्तुलाई सस्तो होइन, वस्तुलाई प्रतिस्पर्धीहरूको भन्दा उत्कृष्ट तुल्याउन खोजिएको हुन्छ।

क्रमशः

Bishwa Raj Adhikari

Published in Prateekdaily: Friday, April 28, 2017

Saturday, April 22, 2017

Interview With Sanjay Mitra-Interview 3

अन्तर्वाता: सञ्जय मित्र

बज्जिका भाषाके विकास आ विस्तारमे सञ्जय मित्र निस्वार्थ रूपसे लागल छथिन्। बज्जिका भाषाप्रतिके हिनकर मोह राजनीति नहए बलकी माटीप्रतिके स्नेह हए। बज्जिका भाषाके विकासमे जौन हिसाबसे मित्रके समय, श्रम आ साधन खर्च होरहल हए ऊ हिसाबसे बज्जिकाभाषी हिनकर ऋणी होएके परी। प्रस्तुत हए विश्वदर्पणके लेल विश्वराज अधिकारीद्वारा मित्रसे लेलगेल अन्तर्वार्ताः

१. बज्जिका भाषाके भविष्य केहन देखैछी?
सबसे पहिले सादर प्रणाम। हम कौनो अन्तर्वार्ताके लायक नछी। एहीसे अपनेके सभी प्रश्नके उत्तर देबेके क्षमता भी हमरा नहए। हमरा बुझाइमे बज्जिकापर हमरासे तनिको कम अपनेके लगानी नहए। लेकिन तइओ सामान्य अभिरुचि बज्जिकापर हमरो होएलासे जे अपनासे बुझाइ, ओहन जबाब देबेके प्रयास हम करम।
बज्जिकाके भविष्य बहुत सुन्दर हए। बज्जिकापर चाहे बज्जिकामे नेपालके साथे विश्वके अन्य देश जैसे अमेरिका, ओमान, कतार, मलेसिया, दुबई, भारतसमेतमे विभिन्न परिवेशमे कलम चलाबेबाला लोग पहुँचके मातृभाषाके चेतना विस्तारमे हृदयसे लागल छथिन। जब कौनो अपनेआपसे परिचित होजाइअ तब हुनका दोसराके बीचमे भुलाएके सम्भावना नरहइअ। बज्जिका अपन डगहर बनबइत जारहल हए।

२. बज्जिका भाषाके विकासमे अपने जौन किसिमसे लागल छी, ऊ हिसाबसे अपनेके बज्जिका भाषाके भीष्म पितामह कहल जासकैय?
सर्वप्रथम त हम कौनो उपाधिके लायक नछी। हमरा नजरमे विश्व बज्जिकाके भीष्म पितामह प्रा.डा. अवधेश्व अरुण छथिन।

३. नेपालके कौन कौन जिलामे ई भाषा प्रचलनमे हए?  संख्याके आधारपर ई भाषा सम्पर्क भाषा आ मातृभाषके रुपमे केतना लोग बोलैय?
बज्जिका भाषा नेपालके पछिलका राष्ट्रिय जनगणनाके अनुसार एक सय तेइस भाषामे सातमा स्थानपर रहल लमहर भाषा हए। कहेके मतलब देशके सबसे लमहर दश भाषामे सातमा स्थान बज्जिकाके हए। सम्पर्क भाषाके रुपमे देशके छठा भाषाके रुपमे बज्जिकाके सम्मान मिलल हए। जिलागत अवस्था देखलापर बारा, रौतहट, सर्लाही आ महोत्तरी जिलाके लोग मूलरुपसे बज्जिका मातृभाषी हए।  धनुषा जिलाके भी सम्भ्रान्त जाति आ अन्य जातिके कथ्यगत मैथिलीमे एकरुपता नहए। अन्य वर्गके लोगद्वारा बोले जाएबाला भाषा मैथिलीसे बेसी बज्जिका हए। यदि दाबी ही कएलजाए त नेपालके दुसरका चाहे तिसरका स्थानपर बोलेजाएबाला लमहर भाषा बज्जिका रहल दाबी भी कुछ लोगके रहल हए।

४. कौनो भाषाके लेके जेतना राजनीति होई, ओतना ऊ भाषाके विकासमे बाधा परी?  ई यथार्थके मानैछी?
भाषाके लेल राजनीति आ राजनीतिके लेल भाषा दुनुमे समानता आ भिन्नता भी हए। ई बातके मानहीके परीके कौनो भी भाषाके लेके जहाँ एकरुपता नहए आ राजनीति होरहल हए त भाषाके विकासमे नकारात्मक प्रभाव जरुर परी।
हमर विचारमे कौनो भाषाके विकास लागि ऊ भाषाके माया, दया करेबाला लोग होएके चाहिँ मुदा ऊ भाषाके माध्यम बनाके राजनीति करेबाला लोगसे विकास नहोसकी।

५. ई बात सत्य हए कि असत्य?
सत्य हए

६. कौनो भाषाके विकासके लागि ऊ भाषामे बजारके भाषा बोलेके क्षमता होएल जरुरी हए । बजारके भाषाबाला भाषा दीर्घजीवन प्राप्त करसकैय। उदाहरणके रुपमे अंग्रेजीके देखू। आजु संसारके बहुत देशमे लोग अंग्रेजी बोलैय। कारण ई भाषा बोलालसे नोकरी मिलेमे आसानी होइछै। ई भाषा बेपार, पर्यटन व्यवसाय आसान बनदेइछै। फारसी भाषा कौनो समयमे बहुत जोड पकडले रहे मुदा अखुनी ठण्डा परगेल हए। यी यथार्थके केना देखैछी?
बज्जिका भाषाके बजारीकरण अत्यन्त जरुरी हए। अन्य स्थानीय मातृभाषाके तुलनामे बज्जिकाके बजारीकरण कुछ आगे हए लेकिन सन्तोषजनक अवस्था नहई । प्राथमिक तहमे पठनपाठन, स्थानीय दर्जनसे बेसी एफएममे बज्जिका ही मूल माध्यम भाषाके रुपमे प्रसारणमे रहनाइ, वेबसाइट सञ्चालन, पोस्टर पम्प्लेट बज्जिकामे निकले लगनाइ, सामाजिक सचेतनामूलक वाल पेन्टिङ लगायतके काम बज्जिकामे होनाइ बजारीकरणके प्रारम्भिक नमूना होसकइअ। अइसही पूर्वप्रधानमन्त्री माननीय माधवकुमार नेपाल बज्जिकामे ही विभिन्न जिलामे मन्तव्य देबेके, पूर्वमन्त्री माननीय प्रभु साह लगायतके लोग भी बज्जिका भाषाके मञ्चपर स्थान देनाइ बज्जिकाके भविष्यके रास्ता फैली बनरहलके उदाहरण होसकइअ।

७. बज्जिका भाषाके विकासके लागि ई भाषाके पाठक आ पाठ्य सामग्री (उपन्यास, गीत, कविता, कहानी आदि) दुनुके संख्या अधिक होएल जरुरी है। पाठ्य सामग्रीके प्रकाशनके लागि स्रोत (पैसा) के व्यवस्था केना करेके विचार कैलेछी?
साहित्यिक कृति प्रकाशनके ओर सम्बन्धित लेखकके भूमिका ही अभितक निर्णायक देखलगेल हए। पत्रिका प्रकाशन करेबाला लोग भी अपने व्यवस्थापन कररहल छत। रौतहटके कुछ साथीके कृति प्रकाशन ला हम टाइप कके सहयोग करदेइछी। हमरा किताबमे कुछ लोग आंशिक लगानी कएले छत। मूलतः कृतिकारके भूमिका ही निर्णायक हए। लेकिन कृति प्रकाशनके लेल स्थायी कोषके व्यवस्था होनाइ जरुरी हए।

८.कौनो समय एहन रहे बज्जिका भाषामे साहित्य मिलनीहार मुश्किल रहे । अखुन मिल रहल हए । ई अवस्थाके देखके खुसी लगैय?
जी बहुत । बज्जिकाके औपचारिक चर्चा २०५१ सालमे हम महिमा साप्ताहिक (काठमान्डुसे प्रकाशित)मे कएले रही । ओकरा एक दशकबाद २०६१ मे पहिल बज्जिका कृतिके रुपमे हमर कविता संग्रह प्रकाशित भेल रहे । वर्तमान अवस्थामे हर साल विभिन्न विधाके कृति प्रकाशनमे आरहल हए । कौनो भी बज्जिकासेवी आ शुभचिन्तकके लेल ई सुखद पक्ष हए ।

९. बज्जिका भाषा मैथली आ भोजपुरीसे कैसे पृथक हए?
इतिहास, स्वरुप आ व्यवहार सभी दृष्टिसे ई तिनु भाषा अपनेआपमे स्वतन्त्र हए। संस्कृतसे अपभ्रंश होइत अर्धमागधीसे उत्पन्न तिनु भाषाके मूल भौगोलिक आधार गंगासे उत्तर आ चुरिया पहाडसे दखिन रहल हए। अइसन तुलनात्मक अध्ययनपर विभिन्न विद्वानलोग पिएचडी भी करइत स्पष्ट पारले छत, दर्जनो कृति प्रकाशित हए।

१०. ई भाषामे अडियो, भिडियो एलबम बनरहल है। केवल बनलासे मातर कुछ नहोसकैय। यी सामग्रीके किन्निहार भी होएके चाहिँ। किन्निहार देखैछी?  बज्जिका साहित्यके भी किन्निहार भी देखैछी?
जहाँ पठन संस्कृति नहए, उहाँ एकर विकास करनाइ जरुरी होई। देशके सर्वाधिक निरक्षर रहल जिला रौतहट हए। साथे बारा, सर्लाही आ महोत्तरी जिलामे भी कृति पठनके संस्कृति खासे नहए। अइसन अवस्थामे कुछ कृतिके बिक्री होरहल हए। पत्रिका प्रकाशन रुकलापर पत्रिकाके माग होनाइ, नयाँ कृतिके चाहना बढनाइ जइसन अवस्थाके देखलापर पठनके ओर कुछ शिक्षित लोगके मन पनपरहल हए। हमनीके अभीके प्रयास एकरे आउरो जगाबेके हए। नाफा कमाएके नहए। दोसर बात, अडियो भिडियोके बननाइ आधुनिक दृष्टिसे बहुत सकारात्मक हए। एई क्षेत्रके विषयमे हमरा खासे जानकारी नहोएलासे हम कुछो कहम त अन्हारमे तिर मारनाइ होई।

११.ई भाषाके विकासमे कुछ कहे चाहैछी?
विश्वके प्रथम गणतन्त्र वैशालीके पतनके बाद बज्जिका जब कभी भी पराजितके भाषा रहल। नेपालके इतिहासे स्वर्ण युग कहाएबाला लिच्छवि शासनकालके सम्पूर्ण शासक बज्जिका मातृभाषी ही रहे लेकिन बादमे इतिहासके तोरमरोड कएलगेल। समृद्ध तिरहुतके शासके भाषा भी बज्जिका ही रहे लेकिन एकजने मन्त्री कवि मैथिली भाषाके रहे सम्भवतः। आज भी तीन करोडसे बेसीके मातृभाषा बज्जिका हए लेकिन भाषिक चेतनाके विकास अत्यन्त न्युन देखलजारहल हए। अशिक्षा, बेरोजगारी, गरिबी जइसन राक्षससे बज्जिकाभाषी क्षेत्र घेराएल हए। जैसे ई तिनु राक्षसके पराजित करइत युग अगाडि बढी, अपनत्वके पहिचानके भूखसे बज्जिकाके विकास होइजाई। पछिलका कुछ बरिसके बज्जिका चेतना एकर उदाहरण होसकइअ। अपनेजइसन विद्वानलोगके ध्यान आकर्षित भेल हए, भाषा आयोगसे लेके त्रिवि भाषाविज्ञान विभागतक बज्जिका पहुँचल हए। बज्जिका स्वतन्त्र भाषा रहल अनुसन्धानसे निष्कर्ष आएल हए। अन्य परोसी मातृभाषाके तुलनामे बज्जिकाके साहित्य, पत्रकारिता, गीत–संगीतके विकासके ओर अपनेआप कदम बढरहल हई। संस्थाके स्थापना होरहल हए। प्रोत्साहनके लेल धमाधम पुरस्कारके स्थापना भी होरहल हए।

बज्जिकाके आधुनिक नेपाली साहित्य प्रारम्भिक अवस्थामे होएलासे साहित्य सिर्जना करइत बज्जिकाके इतिहासमे अपन स्थान सुरक्षित करेला विभिन्न मातृभाषी साहित्यकार लोगके हम अपनातरफसे हार्दिक निवेदन करइछी।


Saturday, April 22, 2017

Friday, April 21, 2017

Nepalese President's India visits: Impacts in Nepalese Economy-Article-153

राष्ट्रपतिको भ्रमण: आर्थिक विकासको मुद्दा

गत सोमवार वैशाख ४ देखि अति चर्चा, बहस र विवादसहित शुरु भएको राष्ट्रपति विद्यादेवी भण्डारीको चार दिवसीय भारतको राजकीय भ्रमण अहिले पनि जारी छ। भण्डारी भारतको लागि प्रस्थान गर्दा नै उनले प्रस्थान गर्ने र फर्किने दिन नेपालमा सार्वजनिक बिदा दिने भनी सरकारले गरेको निर्णय ज्यादै आलोचित हुन पुगेको थियो। त्यसरी अति नै आलोचित हुने दुईटा कारण थियो। पहिलो–नेपालमा गणतन्त्र आउनु भन्दा पहिले राष्ट्राध्यक्ष विदेश भ्रमणमा जाँदा र फर्कंदा बिदा दिने चलन भए तापनि त्यो चलनलाई नेपालको पहिलो राष्ट्रपति रामवरण यादले तोडेका थिए। यादव भारत, चीन र कतारको भ्रमणमा जाँदा बिदा दिइएको थिएन। दोस्रो– व्यापार–व्यवसायका लागि बिदा उपयुक्त नहुने भएकोले यस क्षेत्रसँग सम्बन्धित पक्ष दुई दिन बिदा दिने सरकारी नीतिबाट रुष्ट भएका थिए। साथै सामान्य नागरिकलाई पनि दुई दिन बिदा दिने निर्णय मन परेको थिएन। तर हालै सरकारले आउने दिन घोषणा गरेको बिदा रद्द गरेको छ।

    भण्डारी भारत पुगेपछि पनि उनको राजकीय भ्रमण चर्चा र विवादमुक्त भने हुन सकेन। तर भारत पुग्दा उनको भ्रमण भारतीय पक्षको कारणले गर्दा विवादित हुन पुगेको थियो। नेपालको राष्ट्राध्यक्ष भएर राजकीय भ्रमणमा भारत पुग्दा भण्डारीलाई स्वागत गर्न नयाँ दिल्लीस्थित इन्दिरा गाँधी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सरकारकी महिला तथा बालबालिका विकास राज्यमन्त्री कृष्णा राज पुगेकी थिइन् र राजले स्वागतको क्रममा केही कूटनैतिक मर्यादा बिर्सेकोजस्तो देखिएको थियो। उनको त्यस्तो व्यवहार जानाजानी थियो वा बिर्सेर भन्ने कुराको जवाफ दिने काम भारतीय पक्षको हो, तर शिष्टाचार र मार्यादा अनुसार कुनै पनि मुलुकमा विदेशी पाहुनाको स्वागतार्थ पाहुनासँग हात मिलाउँदा, एउटा हातमा मोबाइल लिएर अर्को हात मिलाउने काम गर्दैन र देखिएको पनि छैन। राज्यमन्त्री कृष्णाले त्यस्तै गरेकी थिइन्। कृष्णाले भण्डारीसँग हात मिलाउँदा अर्को हातमा मोबाइल फोन बोकेको चित्र सामाजिक सञ्जालहरूमा ‘भाइरल’ भएको थियो। कृष्णाको त्यस्तो व्यवहारलाई भारतीय नेताहरूको ‘हेपाहा’ प्रवृत्ति भनी धेरैले टिप्पणी गरे। यथार्थमा भारतीय नेताहरूमा वर्गीय स्वभावको कारण हेपाहा प्रवृत्ति देखिने पनि गर्छ। यो प्रवृत्ति जवाहरलाल नेहरू, राजीव गाँधी, लालु यादव हुँदै निरन्तर यात्रामा छ। भारतीय नेताहरूमा म मालिक तँ सेवक भन्ने भावना झनै झाङ्गिएर गएको छ र यसको छनक प्रम नरेन्द्र मोदीमा पनि कहिले काहीं देखिने गर्दछ। भारतका प्रायः नेताहरू धनी परिवारबाट आएका हुनाले पनि त्यस्तो भएको हुन सक्छ।

    हात मिलाउँदा कृष्णाले गरेको त्यस किसिमको व्यवहारप्रति नेपालीहरूले सामान्य चित्त दुखाए तर भारत सरकारले नेपालको राष्ट्रपतिलाई स्वागत गर्न केवल एक राज्यमन्त्रीलाई विमानस्थल पठाएकोप्रति भने निकै चित्त दुखाए। नेपाल र नेपालीको अपमान भएको भन्दै ‘मेडिया’मा रोष पनि प्रकट गरे।

    विदेशी पाहुना भारत आउँदा स्वागत गर्न कसलाई पठाउने भनी निर्णय गर्ने अधिकार भारत सरकारको हो। सो कार्य गर्न भारत सरकारले आफ्नो स्वेच्छा उपयोग गर्न सक्छ। तर प्रचलन र मर्यादाको कुरा गर्ने हो भने कुनै एक देशको भ्रमणमा जाँदा भारतका सरकार प्रमुख वा राष्ट्राध्यक्षले जस्तो किसिमबाट उक्त देशमा सम्मान पाएको हुन्छ, त्यसै अनुसारको सम्मान सो देशको राष्ट्राध्यक्ष वा सरकार प्रमुख भारत आउँदा दिनुपर्छ। नीतिले यही भन्छ। र भारतले यस्तो गर्दैन भने उसले सामान्य शिष्टाचारको पनि ख्याल नगरेको ठहर्छ। भारतका उच्च नेताहरू नेपाल आउँदा कस्तो–कस्तो र को–कोबाट कति सम्मान पाए भन्ने कुराको हेक्का भारतले राख्नुपर्ने हो।

    भारतीय राष्ट्रपति (हालै आएका प्रणव मुखर्जी) नेपाल भ्रमणमा आउँदा उनको स्वागतार्थ नेपालका राष्ट्रपति र प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका आफ्नै आँखाले देखेका नेपालीहरूले भारतले पनि त्यस्तै उच्च सम्मान नेपाललाई पनि देओस् भनी कामना र माग गर्नु के अर्थहीन हो? नेपालको कूटनैतिक क्षेत्रमा यो अहिले, यक्ष प्रश्न बनेको छ।

    भारतका उच्च नेता एवं प्रशासकहरूलाई राजनीतिको क्षेत्रमा, उदार मानिंदैन। उदाहरण, कश्मीर र बाबरी मस्जिदको घटनालाई लिन सकिन्छ। अर्को उदाहरण, भारतले नेपालीमुलका भुटानी शरणार्थीहरू प्रति देखाएको व्यवहारलाई पनि लिन सकिन्छ। शरणार्थीहरू सम्बन्धी अन्तरार्ष्ट्रिय मान्यता अनुसार कुनै पनि शरणार्थीले टाँस्सिएको छिमेरकी मुलुकमा प्रवेश गरेर शरण लिन पाउँछ। त्यसै मान्यता अनुसार अहिले सिरियालीहरू टाँस्सिएको छिमेकी मुलुक लेबनान र टर्कीमा प्रवेश गरेर शरण लिइ रहेका छन र लेबनान र टर्कीले शरण दिएका छन्। तर भारतले आफू टाँस्सिएको छिमेकी हुँदा पनि नेपाली मुलका भुटानी शरणार्थीहरुलाई भारतमा शरण लिन दिएन। आफ्नो देशको सिमानाबाट खेदेर नेपाली मुलका शरणार्थीहरूलाई निर्दयी भएर नेपालतिर गाइ गोरू जस्तो गरी धपायो।

अङ्ग्रेजको जमानाको सोच अहिले पनि भारतीय नेताहरूको मस्तिष्कमा ‘ह्याङओभर’ को रूपमा छ। अङ्ग्रेजहरूले जसरी आफूलाई शासक र बाँकीलाई प्रजा मान्दथे, भारतीय नेताहरू अहिले त्यही अङ्ग्रेजी दृष्टिकोण राख्छन् र छिमेकीहरूलाई दबाएर राख्न चाहन्छन्। देशभित्रै आफ्ना राजनैतिक प्रतिद्वन्द्वीहरूप्रति त्यस किसिमको दृष्टिकोण राख्छन्। यस कुराको उदाहरण धेरै पुरानो पनि छैन। गाँधी परिवारकी बुहारी भएर दशकौं पहिले भारत आएकी सोनियाँ गाँधीलाई भारतका अनुदार नेताहरूले कुनै पनि हालतमा भारतको प्रधानमन्त्री बन्न दिएनन्। सोनियालाई प्रम हुन नदिन अभियान नै चलाउनेमा वर्तमान प्रम नरेन्द्र मोदी अग्रपङ्क्तिमा थिए। विदेशी मूलकी भएको कारण सोनिया गाँधीलाई भारतीय काङ्ग्रेसको अध्यक्षको रूपमा हेर्न नरुचाउनेहरूको सङ्ख्या भारतभित्र अहिले पनि ज्यादै ठूलो छ। नेहरू खानदानको विरासत सोनियाले नपाएको भए उनको उठिबास सञ्जय गाँधीको मृत्युसँगै हुन्थ्यो। उनी भारतीय राजनीतिबाट विलुप्त भइसकेकी हुन्थिन्। हुन पनि भारतीय नेताहरूले भारतीय नागरिकता लिएका विदशीहरूलाई राष्ट्रिय राजनीतिमा पटक्कै आउन दिएका छैनन्। साथै विदेशी मूलका तर भारतमा जन्मेकाहरूलाई पनि भारतीय नेताहरूले मूलधारको राजनीतिमा आउन दिएका छैनन्। अर्को महत्वपूर्ण कुरा, भारतको केन्द्रीय राजनीतिमा, सन् १९४७ देखि नै, उत्तर प्रदेश, पश्चिम बङ्गाल, दिल्ली र बिहारको बोलबाला रहँदै आएको छ। आसाम, त्रिपुरा, मणिपुर, नागाल्यान्ड, अरुणाचल प्रदेश, मेघालय, सिक्किम, जम्मु र कश्मीरजस्ता राज्यको भारतको केन्द्रीय राजनीतिमा प्रभाव शून्य बराबर छ।

    भारतीय मूलका नागरिकहरूले विदेशी भूमिमा पुगेर सक्रिय राजनीति गरेको उदाहरण भने सयौं होइन, हजारौं छ। भारतीय मूलका नागरिकहरूले सुरिनाम, मलेसिया, सिंगापुर, मरिसस जस्ता मुलकहरूमा पुगेर राजनीति गरेका त छन् नै क्यानाडा र अमेरिकाजस्तो धनी र विकसित देशमा पनि त्यहाँको मूलधारको राजनीतिमा प्रवेश गरेका छन्, उच्च पदमा पुगेका छन्। यस्ता उदाहरण थुप्रै छन्। यहाँ केवल दुई प्रतिनिधि उदाहरण मात्र प्रस्तुत गरौं। संयुक्त राष्ट्र सङ्घका लागि संयुक्त राज्य अमेरिकाको राजदूतको रूपमा नियुक्त निक्की हेली (परिवारिक वा जन्म नाम: नम्रता रन्धवा) भारतीय मूलका अजित सिंह रन्धवा र राज कौर रन्धवाकी छोरी हुन्। निक्की हेलीको जन्म अमेरिकाको साउथ केरोलाइना राज्यमा भए तापनि उनका मातापिता भारतको अमृतसर, पञ्जाबबाट अमेरिका आएका थिए। निक्की हेली अमेरिकाको साउथ केरोलाइना राज्यको गभर्नर (सन् २०११(२०१७) पनि भइसकेकी हुन्।

    अर्को उदाहरण, पियुस बबी जिन्दल वा बबी जिन्दल संयुक्त राज्य अमेरिकाको लुजियाना राज्यका गभर्नर (२००८–२०१६) थिए। उनी युयस, काङ्ग्रेसम्यान र रिपब्लिकन गभर्नर एशोसिएशनका उपप्रमुख पनि भइसकेका छन्। लुजियाना राज्यको बेटन रूज शहरमा जन्मेका बबी जिन्दलकी माता रजनी गुप्ता र पिता अमर जिन्दल पञ्जाब, भारतबाट प्रवासीका रूपमा अमेरिका आएका थिए। बबी जिन्दलले अमेरिकी राजनीतिमा गहिरो प्रभाव राख्छन्।
    अमेरिका र क्यानडामा राजनीति उदार छ र यो तथ्य माथिको उदाहरणले प्रस्ट पार्छ। भारतका नेताहरू उदार छैनन् र यो तथ्यको थप पुष्टि सोनिया गाँधी प्रकरणले गर्छ। भारतीय नेताहरूको उदारता केवल शब्दमा सीमित छ, व्यवहारमा देखिएको छैन।

    यस लेखको उद्देश्य भने राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणले नेपालको आर्थिक विकासमा कुन किसिमको प्रभाव पार्नेछ भन्नेबारे चर्चा गर्नु हो। तर भण्डारीको भारत भ्रमणले नेपालको आर्थिक विकासमा पर्ने प्रभावको चर्चा गर्नुपूर्व भारतीय राजनीतिको विश्लेषण गर्नु आवश्यक हुन आउँछ। र सो विश्लेषणले गर्दा राजनीति विषयको केही बढी चर्चा हुन पुगेको हो। भारतीय राजनीतिको छोटो चर्चा गर्न अति आवश्यक किन छ भने नेपालको आर्थिक विकासलाई भारतीय राजनीतिको परम्परा र भारतीय नेताहरूको मनोविज्ञान र त्यसबाट निर्देशित व्यवहारले अत्यधिक प्रभाव पार्ने गर्दछ।

    हुनत भारत–भ्रमणको समयमा राष्ट्रपति भण्डारीले त्यहाँका उद्योगपति एवं व्यापारीहरूलाई नेपालमा लगानीका लागि उपयुक्त वातावरण रहेको उल्लेख गर्दै नेपालमा लगानी गर्न आग्रह गरिन्। आफूले मात्र उच्च आर्थिक विकास गरेर छिमेकीलाई आर्थिक विकास गर्न सहयोग नपुर्याउने कार्य असल छिमेकीले गर्दैन भन्ने कुरा पनि उनले घुमाउरो पाराले भारतीय नेताहरू सामु राखिन्। नेपालमा दर्ता भएका विदेशी कम्पनीहरूले नेपालमा स्वतन्त्रतापूर्वक जग्गा खरिद गर्न पाउने कानुनी प्रावधान रहेको पनि उल्लेख गरिन्। यस्तो भनेर  नेपालमा विदेशीहरूलाई लगानी गर्न सहज पारिदिएको एक किसिमको प्रमाण पनि पेश गरिन्।

    भण्डारीले आफ्नो भ्रमणकालमा उठाएको एउटा विषय भने अति नै महत्वपूर्ण थियो। भारत, नेपालको ठूलो व्पापारिक साझेदार हो र यो कारणले पनि भारतले नेपालको (भारतसँगको) व्यापार घाटा कम पार्न खास पहल गर्न आवश्यक छ भन्दै भारतलाई यसतर्फ गम्भीर हुन भण्डारीले आग्रह गरिन्। नेपालले अहिले, सामान्य किसिमले हेर्दा, भारतबाट रु १० खर्ब बराबरको सामग्री आयात गरिरहेको छ भने भारततर्फ केवल रु १ खर्ब बराबरको सामग्री निर्यात गरिरहेको छ। यसरी नेपालको भारतसँग निर्यात–आयात अनुपात १:९.७ रहेको देखिन्छ। व्यापारिक हिसाबले यो नेपालको ठूलो कमजोरी र भारतको ठूलो सबलता हो।

    माथि उल्लेख गरिएका आर्थिक मुद्दाहरू नेपालका लागि सामान्य हुन्। भारतसँगको सम्बन्धमा, नेपालका लागि एउटा विषय मात्र अत्यधिक उच्च मुद्दाको रूपमा रहिआएको छ, त्यो के हो भने भूअवस्थितिले गर्दा, नेपालले समुद्रसम्म पुग्न भारतको भूमि प्रयोग गर्नुलाई नेपालको सर्वाधिक कमजोरी र आफ्नो सर्वाधिक ठूलो बल (Bargaining Power) को रूपमा भारतले लिंदै आएको छ। भारतले समुद्री मार्ग हुँदै, नेपाललाई तेस्रो मुलुक सजिलै पुग्न नदिने र बेलाबेला भारतबाट नेपालतर्फ हुने निकासीलाई मधेस आन्दोलनको नाममा नियन्त्रित गर्दै आएको छ। यी दुई कार्य अब उप्रान्त नगर्ने वाचा कोसेलीको रूपमा राष्ट्रपति विद्यादेवी भण्डारीको हात भारत सरकारले पठाइदिए नेपालीहरूले भारत साँच्चीकै असल मित्र भएको अनुभव गर्न पाउने थिए।    


विश्वराज अधिकारी

प्रतीक दैनिकमा प्रकाशित Friday, April 21, 2017

Monday, April 17, 2017

Review of "Antim Nirnaya", A Collection of Short Stories by Bishwa R Adhikari

मधुपर्कमा प्रकाशित समीक्षा
“विदेशी परिवेशका लघुकथा”
समिक्षक: पुष्करराज भट्ट

                विश्वराज अधिकारी (२०१५) साठीको दशकदेखि नेपाली लघुकथाका क्षेत्रमा निरन्तर कलम चलाइरहेका प्रतिबद्ध लेखक हुन्। हाल संयुक्त राज्य अमेरिकाको बासिन्दा भइसकेका अधिकारीका सूर्य (लघुकथा, २०५४) एवम् अभिनय (लघुकथा, २०६०) कृति प्रकाशित भइसकेका छन्। हालसालै प्रतीक प्रकाशन प्रा.लि., विरगञ्जले उनको अर्को लघुकथा कृति अन्तिम निर्णय (२०७३) प्रकाशित गरेको छ। अधिकारीको अघिल्लो लघुकथा कृति सूर्यमा एकातिर मानिसका विवशताको चित्रण पाइन्छ भने अर्कोतिर साधनसम्पन्न एवम् चलाख वर्गले कसरी समाजमा आफ्नो प्रभुत्व स्थापना गर्दछन् र मुर्ख र अनपढ मानिसमाथि कसरी आफ्नो प्रभुत्व स्थापना गर्दछन् भन्ने विषयमा विश्लेषण गरिएको छ। यी लघुकथामा धर्म र राजनीतिको आड लिएर कसरी अन्धविश्वास एवम् अन्धआस्था फैलाइन्छ र सामूहिक रूपमा एक सिँगो समाजलाई कसरी अनुगामी बनाइन्छ भन्ने देखाइएको छ। उनको अभिनय लघुकथा कृतिमा वर्तमानको मानिसको स्वार्थपरायणताका साथै मानिसले आफू अघि सम्पूर्ण मर्यादा, आदर्श, नाता सम्बन्ध, मित्रता, स्वाभिमानको समापन गर्ने  र लाभका लागि दौडिने गरेको सन्दर्भको प्रस्तुति पाइन्छ। उनका यी लघुकथामा वर्तमानको उपभोक्तावादी समाजको प्रतिनिधि तस्वीर आएको छ।

                विश्वराज अधिकारीको अन्तिम निर्णय लघुकथा कृतिमा अघिल्ला दुई कृतिका तुलनामा फरक विषयवस्तु  एवम् परिवेशलाई प्रस्तुत गरिएको छ। यस कृतिमा रहेका अन्तिम निर्णय, जता गए पनि, सम अनुभूति, मेरो त्यो मित्र, दिदी अब यतै बस्ने होइन?, चित्राजी,  इजरायल–गाजा सङ्घर्ष, मारिया, आमार सोनार बाङ्गला, म गरिब मेरो देश धनी, म त फर्के फेरि विदेशमै, परिचय, बोल्न पनि भुलिसकेको थिएँ, आबी लघुकथामा विदेशी परिवेशलाई चित्रण गरिएको छ। यी कथामा विदेशी भूमिमा रहेका नेपाली नागरिकको निजी जीवन अनुभूतिका साथै अन्य देशबाट आएका नागरिकसँगको सम्बन्धलाई व्यक्त गरिएको छ। विदेशी भूमिमा रहेका नागरिक एकातिर त्यो ठाउँको सुख सुविधाप्रति मुग्ध छन् भने अर्कोतिर विदेशी भूमिमा रहँदा आफ्नो भूमि एवम् आफन्तजनबाट विछोड हुँदा पीडाको अनुभूति गरिरहेका छन। यी कृतिमा विदेशमा रहेका नेपाली नागरिक स्वदेश फर्कँदा आफन्तजनको दवाबमा फेरि विदेश फर्कनु परेको, आफ्नो देशमा बस्न चाहेपनि बस्न नपाएको, विदेशमा दुःख पाएर स्वदेश फर्केको जस्ता घटनाहरू वर्णनन् गरिएको छ। उनीहरू विदेशी भूमिमा अन्य देशबाट आएका नागरिकसँग आफ्ना अनुभूति एवम् सम्वेदनाको साटफेर गर्ने कार्यलाई विषयसन्दर्भका रूपमा अघि सारिएको छ। यी लघुकथामा संसारका विभिन्न ठाउँमा धर्म एवम् राजनीतिका नाममा भएका हिंसात्मक दङ्गाका कारण मानिसहरूले भय एवम् त्रासमा बाँच्नु परेको, देश छोडेर जानु परेको, परिवार एवम् आफन्तजनसँग बिछोडिनुपरेको देखाइएको छ। यसरी यी लघुकथामा सुखसुविधाको खोजमा विदेश पलायन भएका नागरिकको जीवनका पीडा, असन्तुष्टि एवम् आक्रोशलाई स्वर प्रदान गरिएको छ।

                विश्वराजका लघुकथामा राजनीतिक विषयसँग सम्बन्धित रचनाको साथै व्यक्तिगत जीवन अनुभूति एवम् सामाजिक घटनालाई पनि विषय बनाइएको छ। उनका परिवर्तन, दङ्गा राजनीति, नेताको आत्मा, मलाई रिस उठेन, तानाशाही जस्ता कथामा राजनीतिक विषय सन्दर्भको उठान गरिएको पाइन्छ। त्यस्तै दुःखदायी सफलता, दोष, त्यो तस्वीर, पीरको भारी, बिचरा प्रोफेसर यादव, म त माइती नै पुगेँ दाइ लगायतका लघुकथामा व्यत्तिगत जीवनका घटनाको प्रस्तुति छ भने कस्तो स्वार्थी?, स्वाभिमान, प्रवृत्तिहरू लगायतका लघुकथामा सामाजिक विषय सन्दर्भ आएको छ। उनका लघुकथामा एकातिर नेपालको राजनीतिक अस्थिरता, नेताहरूको गलत व्यवहार एवम् स्वार्थी प्रवृत्तिको चर्चा पाइन्छ भने अर्कोतिर संसारका विभिन्न देशमा भएका राजनीतिक दङ्गा एवम् जातीय विभेदका कारण समाजको विघटन एवम् नागरिकको जीवनमा आएको सङ्कटलाई व्यक्त गरिएको छ। अधिकारीका लघुकथामा व्यक्तिको महत्वाकांक्षाले उसको जीवनमा पार्ने असरलाई देखाइएको छ। व्यक्ति स्वयं सफलताको नाममा पारिवारिक बिछोड एवम् बिघटनको जाँदा पीडाको अनुभूति गरिरहेको छ भने अर्कोतिर विदेशी भूमिमा आफन्तको खोजीमा भौँतरिरहेको घटनाको प्रस्तुति पाइन्छ। यसरी नै उनका लघुकथामा समाजमा भएको उत्पीडनजन्य घटना, भावनात्मक सम्बन्ध, सुविधाभन्दा परिवारलाई प्रिय ठान्ने प्रवृत्ति आदिलाई समेत विषय बनाइएको पाइन्छ।

                विश्वराज अधिकारीको यस लघुकथा कृतिमा विषयवस्तुको छनौट जति सशक्त छ, प्रस्तुति सबल बन्न सकेको छैन। कुनै पनि रचना विषयवस्तुको सपाट प्रस्तुतिले मात्र सबल बन्न सक्दैन। उनका लघुकथा शिल्पका दृष्टिले कमजोर बन्दै गएका छन्। कुनै पनि लघुकथामा पाठकमा नवीन जिज्ञासा उत्पन्न गर्ने सामर्थ्य हुनैपर्दछ। यदि यसो भएन भने त्यो घटना वर्णनमा सिमित रहन्छ। लघुकथाको अन्त्य प्रभावकारी एवम् सन्देशमूलक हुनु आवश्यक मानिन्छ। नेपाली लघुकथाको लेखनमा लामो समयदेखि लागिरहेका स्रष्टा अधिकारीले कृति निकाल्ने हतारो भन्दा कृतिको गुणस्तर एवम् प्रभावकारिता तर्फ ध्यान दिएर प्रकाशनमा गएको खण्डमा कृतिको प्रभावकारितामा वृद्धि हुने देखिन्छ।


मधुपर्क २०७३ फाल्गुण