Monday, June 11, 2018

The Formulas of Success Part 12


सुत्र १२

संगीत सुन्नु र अध्ययन गर्न


(क) संगीत सुन्नु

संगीतले मानिसलाई आनन्द दिने मात्र होइन, अनेक किसिमका पीडाहरूबाट छुटकारा पाउन पनि सहयोग गर्दछ। त्यसकारण मनलाई आन्दित पार्न र आनन्दित मनबाट जीवन-ऊर्जा पाउन नियमित रूपमा संगीत श्रवण गर्नु राम्रो हुन्छ। नियमित रूपमा संगीत सुन्ने किसिमबाट दिनचर्या बनाउ राम्रो हुन्छ। खासगरि मानसिक तनाव उत्पन्न भएको बेलामा संगीत श्रवण गर्दा मानसिक तनाव घट्छ। राम्रो र मिठो संगीतले हाम्रो चेतन, अर्ध चेतन र अचेतन मस्तिष्कलाई सकारात्मक किसिमले प्रभावित गर्दछ। 

आफूलाई मन पर्ने गीतकार, गायिका एवं गायकहरूको गीत एवं विभिन्न किसिमका संगीतहरूको संकलन राख्नु राम्रो हुन्छ। आजभोलि आफूले प्रयोग गर्ने मोबाइल फोनमा पनि गीतहरू राख्न सकिन्छ। यसैगरी अन्य विभिन्न स्रोत (रेडियो स्टेसन, युट्युब) हरूबाट पनि गीत, संगीतहरू सुन्न सकिन्छ। दिनभरिएको समयमा आधा घण्टा (कम्तिमा) वा हप्ता भरिमा तीन घण्टा गीत संगीत सुन्नु राम्रो हो। यसले औषधी सरह काम गर्दछ। सफल हुन स्वस्थ्य शरीर, मन र विचारको हुन आवश्यक रहेकोले गीत, संगीतको महत्वलाई स्वीकार्नु पर्दछ।

(ख) तानसेन

भनिन्छ महान् गायक तानसेनले ‘दीपक राग’ गाउँदा छेउका दियोहरू आफै बल्दथे। अर्थात उनले गाएको दीपक रागले आगो बाल्ने क्षमता राख्थ्यो। त्यसैगरी उनले ‘मेघ मल्हार राग’ गाउँदा वर्षा हुन्थ्यो। यो प्रशङ्ग यहाँ गीत संगीतमा कति ठूलो क्षमता हुन्छ भन्ने तथ्य दर्शाउन प्रस्तुत गरिएको हो।

महान गायक तानसेनको गीत गायनमा यस्तो क्षमता थियो।

  तानसेन र मुगल सम्राट अकबर  (सन् १५४२-१६०५) को जीवन-काल एउटै रहेको पाइन्छ। तानसेन अकबरको दरबारमा रहेका नौ रत्न मध्ये एक रत्न थिए। सन् १५५६ मा तानसेन अकबरको दरवारमा पुगेका थिए। तर दरबारभित्र रहेका अन्य भारदारहरू तानसेनको प्रतिभा, प्रसिद्धि र गायन क्षमताबाट खुसी थिएनन्। उनीहरू निकै इर्षा गर्थे। एक पटक उनीहरूले तानसेनलाई मार्ने योजना बनाए। उनीहरूले तानसेनमा रहेको उत्कृष्ट गायन क्षमताको व्यापक प्रचार यस उद्देश्यका साथ गरे कि अकबरको कानमा यो कुरा पुगे पछि  उत्सुकताबस उनले तानसेनलाई दीपक राग गाउन दबाब सहितको आग्रह गर्ने छन। तानसेनले अकबरको आग्रह टाल्न नसकेर दीपक राग गाउने छन। र त्यो रागले पहिले उनकै शरीरमा आगो उत्पन्न गरेर तानसेनाई जलाउने छ। 
भारदारहरूले सोंचे अनुसार नै भयो। अकबरले तानसेनलाई दरबारभित्र दीपक राग गाउन बलवपूर्वक बोलाए। तानसेनले बाध्यतमा गाउनु पर्ने भयो।

तानसेनले अकबरको दरबारमा दीपक राग गाउन आरम्भ गरे। दीपक राग गाएको केही क्षणमा नै तानसेनलाई आगोले छोप्न थाल्यो। तानसेन जल्न थाले।
तर अचम्म! त्यही क्षण वर्षा हुन थाले। तानसेनको शरीरमा बलिरहेको आगोलाई वर्षाले निभाउन थाल्यो। वर्षा कसरी भयो?

भारदारहरूले आफूलाई मार्न गरेको षडयन्त्र तानसेलाई थाहा थियो। त्यसकारण उनले आफ्नो छोरीलाई ‘मेघ मल्हार राग’ राग राम्रो गरी सिकाएर पहिले देखि नै तयार पारेका थिए। जब तानसेनको शरीरमा आगो सल्किन थाल्यो उनकी छोरीले तत्काल मेघ मल्हार राग गाउन थालिन। तानसेनले मेघ मल्हार गाए पछि वर्षा हुन्थ्यो। वर्षा भयो। तानसेनको शरीरको आगो फैलिन पाएन। तानसेन यसरी जोगिए। यो कथा काल्पनिक एवं सत्य नहुन पनि सक्छ। तर पनि यो कथाले गीत संगीतमा कति शक्ति हुन्छ भन्ने कुरा राम्रो गरी दर्शाउछ।  यो कथा श्रुति र स्मृतिमा आधारित कथा हो।

(ग) विलियम सेक्सपियर

गीत संगीतको शक्तिबारे प्रसिध्द साहित्यकार विलियम सेक्सपियरले आफ्नो कविता मार्फत यस किसिमले बयान गरेका छन्।

“In sweet music is such art”

By: William Shakespeare
Orpheus, with his lute, made trees,
And the mountain-tops that freeze,
Bow themselves when he did sing;
To his music plants and flowers
Ever sprung, as sun and showers
There had made a lasting Spring.
Every thing that heard him play,
Even the billows of the sea,
Hung their heads, and then lay by.
In sweet music is such art,
Killing care, and grief of heart—
Fall asleep, or, hearing, die!

सेक्सपियरका शब्दहरूबाट पनि अनुमान लगाउन सकिन्छ कि संगीतमा कति शक्ति हुन्छ भन्ने कुरा। सेक्सपियरले त पहाड, रूख, झर्ना, समुन्द्र आदिले पनि संगीतको आनन्द लिन्छन भनेका छन्। संगीतले हृदय छिया छिया पारिदिने दु:ख पनि समाप्त पारिदिने भनेका छन्।

(घ) अरफियस

संगीतको महत्वबारे ग्रीस साहित्यमा एउटा लोककथा निकै प्रचलित छ।

प्रचीन ग्रिसको लोक कथा अनुसार अरफियस ज्यादै प्रख्यात संगीतकार, गायक, कवि एवं भविष्यवक्ता थिए। उनकी पत्नीको नाम युरिडाइस थियो। युरिडाइस ज्यादै सुन्दर थिन र अरफियसको प्राण-प्यारी पनि। अरफियसको कथा अहिले ग्रिस मात्र होइन, पूरै पश्चिमी जगतमा लोक प्रिय दन्तकथाको रूपमा प्रख्यात छ।

एक दिन युरिडाइसलाई अति विषालु सर्पले टोक्छ र उनको मृयु हुन्छ। त्यसबेलाको जन विश्वास अनुरूप आफ्नो मृत्युपछि मानिसहरू मृतलोक वा नर्क (underworld) मा जान्छन भन्ने थियो। सबै मानिसहरूले मृत युरिडाइसलाई फर्काएर जीवलोक (the  world of the living) मा ल्याउन अरफियसलाई सल्लाह दिन्छन।

अरफियस मृतलोकतर्फ प्रस्थान गर्छन। उनलाई बाटोमा कसैले रोक्ने, छेक्ने काम गर्दैन किनभने जीव र निर्जिव, सबै अरफियसको संगीत सुन्ने बित्तिकै सुत्थे वा ढुंगा सरह हुन्थे। अरफियस मृत लोक पुगे। आश्चर्य!  मृतलोकको बाटो उनलाई कसैले रोकेन किनभने उनले ‘लिर’ (भाइलिन वा सितार जस्तो कुनै वाद्य यन्त्र) बजाएकोले त्यो सुनेर सबै सुत्न पुगेका थिए। यहाँसम्म मृतलोकको मुख्य स्थानमा पुगेपछि पनि कसैले रोकेन। त्यस्तो किन भयो भने अरफियस मृतलोकको मुख्य स्थानमा पुगे पछि त्यहाँ रहेका मृत आत्माहरू निदाए। मृतआत्मका प्रमुख ‘सर्बेरस’ पनि निदाए। सबै अरफियसको संगीत सुनेर लठ्ठिएका थिए।

पछि, अरफियसबाट अति प्रभावित भएर मृतलोकका प्रमुख ‘सर्बेरस’ अरफियसको पत्नी फर्काउन सहमत हुन्छन तर अरफियस समक्ष एउटा सर्त पनि राख्छन। सर्त के हुन्छ भने अरफियसले आफ्नी पत्नी युरिडाइसलाई फर्काएर जीवलोक लग्दा उनकी पत्नी फर्काइएकी छिन वा छैनन भनी अरफियसले हेर्न नपाउन। यदि हेरे भने उनकी पत्नी पुन: मृत लोकमा फर्किने।
अरफियसले सर्त मान्छन। पत्नी पाउँछन। पत्नी साथमा लिरए, लिर बजाउँदै जीव लोकतिर लाग्छन। तर केही काल पछि अरफियसको मनमा संका उत्पन्न हुन्छ। उनले संका मान्दै, पत्नी आफ्नो पछि छन कि छैनन् भनी पछडि फर्केर हेर्छन। अरफिसले आफ्नी पत्नीलाई सँगै आउँदै गरेको देख्छन। तर अरफियसले सर्त भंग गरेको हुनाले उनकी पत्नी पुन: मृत लोकमा फर्किन्छिन। निर्धारित स्थानमा पुगेपछि मात्र अरफियसले पत्नीलाई हेर्न पाउने  कडा सर्त थियो। 
अरफियसको कथाले संगीतमा कत्ति बढी ताकत हुन्छ भन्ने कुराको पुष्टि गर्छ। मृत व्यक्तिलाई पनि संगीतको सहयोगमा जिवित तुल्यान सकिने कुराको प्रमाण दिन्छ।

(ङ) अर्थपूर्ण गीतहरू सुन्नु

हामीले सुन्ने गीतहरूले केवल मनोरञ्जन मात्र प्रदान गर्दैनन् साथै विभिन्न किसिमका अति महत्वपूर्ण सन्देशहरू पनि दिन्छन। कुनै समयसमा पिल्सिरहेको बेला वा कुनै घटना वा परिस्थितिले सताइ रहेको बेला गीतहरूले तिनको समाधान पनि दिन्छन। किनभने गीतहरू आफैमा गीतकारहरूको अनुभवहरू हुन भने समाजमा घटेका वा घट्न सक्ने विभिन्न घट्नाहरूको दस्ताबेज पनि हुन। त्यसकारण गीतहरूले मार्गदर्शन गराउँछन। यो कारणले गर्दा नियमित रूपमा गीतहरू सुन्नु ज्यादै राम्रो कुरा हो। यसरी गीतहरूले शिक्षा दिने मात्र होइन लक्ष्य प्राप्तिका लागि व्यक्तिको शरीर (विचार ) मा उत्साह भर्ने कार्य गर्दछ। व्यक्तिहरूलाई उत्प्रेरित गर्ने कार्य गर्दछ। असल गीतहरूले कस्ता कस्ता सन्देश दिन्छन भन्ने प्रमाणका लागि केही गीतहरू प्रस्तुत गरेको छु।  
    
एक बंजारा गाए

एक बंजारा गाए जीवन के गीत सुनाए
हम सब जीने वालों को जीने की राह बताए
एक बंजारा गाए
एक बंजारा गाए जीवन के गीत सुनाए
हम सब जीने वालों को जीने की राह बताए
एक बंजारा गाए

जमाने वालो किताब-ए-गम में
खुशी का कोइ फसाना ढूँढो
जमाने वालो किताब-ए-गम में
खुशी का कोइ फसना ढूँढो
अगर जीना है जमाने में तो
हसीं का कोई बहाना ढूँढो
आँखों में आँसू भी आए
तो आकर मुस्काए
एक बंजारा गाए जीवन के गीत सुनाए
हम सब जीने वालों को जीने की राह बताए
एक बंजारा गाए

सभी का देखो नहीं होता है
नसीबा रौसन सितारों जैसा
सभी का देखो नहीं होता है
नसीबा रौसन सितारों जैसा
सयाना वो है जो पतझड में भी
सजाले गुलशन बहारों जैसा
कागज के फूलों को भी
जो महका कर दिखलाए
एक बंजारा गाए जीवन के गीत सुनाए
हम सब जीने वालों को जीने की राह बताए
एक बंजारा गाए।

माथिको गीतले जीवन कसरी बाँच्ने भन्ने कला सिकाउने प्रयास गरेको देखिन्छ। यस गीतको प्रेत्येक पङ्क्तिमा सन्देशहरू छन्। 

यसै गरी जीवनलाई उदेश्यमूलक बनाउने एक अर्को अति नै चर्चित नेपाली गीत पनि राख्न चाहन्छु।

भूल हो तेरो

भूल हो तेरो भागी हिंड्नु जीवनदेखि डराएर
यहाँ जिउनेहरूले सब थोक पाउँछन मर्नेहरू सबै फालिन्छन
भूल हो तेरो
संसार सँगै त घुम्दै  जा अनि सारा संसार तेरै हो
संसार सँगै त घुम्दै  जा अनि सारा संसार तेरै हो
उड्दै उड्दै
उड्दै छुन सकिस भने जूनतारा सम्म तेरै हो
जूनतारा सम्म तेरै हो
भूल हो तेरो अडान खोज्नु यात्रा देखि थाकेर
यहाँ चढ्नेहरू नै टाकुरा पुग्छन अडिनेहरू सबै फालिन्छन
भुल हो तेरो
हारहरूको जुत्ता लगाउ जीतहरूको टोपी
हारहरूको जुत्ता लगाउ जीतहरूको टोपी
आशहरूको माला लगाउ
निराशाहरूलाई छोपी
निराशाहरूलाई छोपी
भूल हो तेरो दया खोज्नु आँखाहरूलाई भिजाएर
यहाँ बढ्नेहरूले सब थोक पाउँछन
झुक्नेहरू  सबै नासिन्छन।
भूल हो तेरो ।
(संगीत र शब्द: गोपाल योञ्जन। स्वर किरण प्रधान)
माथिको गीतले बाँच्नको लागि साहस र धैर्य सिकाउँछ।

(च) अध्ययन गर्नु

आफ्नो जीवनकालमा विचारवान् व्यक्तिहरूलाई खोजि खोजि भेट्न सकिन्छ तर पनि यो खोज्ने काम गार्हो छ। सजिलो भने छैन्। तर पुस्तकको माध्यमबाट यी विचारवान् वा विद्वान व्यक्तिहरूलाई भेट्न सजिलो छ। उनीहरूल लेखेका पुस्तकहरू पढ्नु उनीहरूलाई भेटे सरह हो।
आफ्नो सोंच, विचार, चिन्तन, दृष्टिकोण, अनुभूति आदिलाई परिष्कृत तुल्याउन अध्ययन आवश्यक हुन्छ। अध्ययनबाट विभिन्न व्यक्तिहरूको विचार सजिलै थाहा पाउन सकिन्छ। कतिपय पुस्तकहरूले बाँच्नका लागि साहस, उत्साह, ऊर्जा आदि प्रदान गर्छन। पुस्तकहरू असल मित्र सरह हुन।
चर्चित पुस्तकहरू पढ्ने बानी बसाल्नु पर्दछ। प्रत्येक पुरष्कृत पुस्तक असल हुन्छ भन्ने छैन। आफूले छानेर वा पुस्तकहरू बारे निष्पक्ष धारणाहरू थाहा पाएर पनि कुन पुस्तक आफ्नो लागि उपयोगी हो भनी थाहा पाउन सकिन्छ।
विभिन्न भाषा, संस्कृति, विचार, सिद्धान्तका पुस्तकहरू पढ्नु ज्यादै उपयोगी हुन्छ। नियमित किसिमले पढ्ने बानी बसाल्नु राम्रो कुरा हो। यसैगरी समाचारहरू पढ्नु वा सुन्नु पनि राम्रो हो।
तल केही विश्व चर्चित पुस्तकहरूको नाम समावेस गरेको छु। यी पुस्तकहरू सर्वाधिक चर्चित एक सय पुस्तकहरू मध्ये क्रमश: एक देखि दस पुस्तकहरू हुन। 

(1) In Search of Lost Time by Marcel Proust

(2) Don Quixote by Miguel de Cervantes

(3) Ulysses by James Joyce

(4) The Great Gatsby by F. Scott Fitzgerald

(5) Moby Dick by Herman Melville

(6) Hamlet by William Shakespeare

(7) War and Peace by Leo Tolstoy

(8) The Odyssey by Homer

(9) One Hundred Years of Solitude by Gabriel Garcia Marquez

(10) The Divine Comedy by Dante Alighieri

(छ) लोलिता

कतिपय लेखकहरूले हाम्रो सामाजिक व्यवहारमा भएका विशेष किसिमका तर हाम्रो ध्यान नपुगेका, चर्चा नगरिएका, वा समाजिक मान्यता अनुसार चर्चा गर्न उपयुक्त नमानिएका मुद्दाहरूलाई आफ्नो पुस्तकमा उठाएका हुन्छन। उदाहरणका लागि, हाम्रो जन्म नै यौन-क्रियाबाट हुन्छ। हामी प्रत्येक व्यक्ति यौन-क्रियामा अनिवार्य रूपमा संगल्न हुन्छौ, सँधै खाना खाएझै। यौनले गर्दा नै जोडी (विवाह हुन्छ) निर्माण हुन्छ। यौन न हुँदो हो त विवाह शब्दाको प्रयोग त के उत्पत्ति पनि हुने थिएन। यौनले गर्दा प्रेमको जन्म हुन्छ। यति हँदा हुँदै पनि हामी परिवारमा, समाजमा यौन बारे खुलेर कुरा गर्न सक्दैनौ। खुला रूपमा हामीले यौन बारे कुरा गर्न किन नसकेको होला? सबैले अनिवार्य रूपले गर्ने कार्यलाई लज्याको विषय बनाएर किन गोप्य राख्न खोजिएको होला? यौनलाई घृणित कार्यको रूपमा किन लिइएको होला? यी यस्ता प्रश्नहरू हुन जसको उत्तर हामी कोहीसँग पनि छैन। यी प्रश्नहरूको उत्तर आउँदौ हजारौं वर्ष सम्ममा पनि आउन कठिन छ।

यौन विषयलाई अति नै विवादास्पद किसिमले उठएका अनेक पुस्तकहरू मध्ये एक हो ‘लोलिता’। लोलिता आफ्नो जमानामा र अहिले पनि अति चर्चामा रहेको छ।

 लोलिता उपन्यास सन् १९५५ मा रसियन अमेरिकन उपन्यासकार भ्लादमिर नाबोकोभ (जन्म २२ अप्रिल १८९९ मृत्यु २ जुलाई १९७७ ) दवारा लेखिएको हो। यो उपन्यास (कथा) का मुल पात्र,  प्रौढ उमेरका, साहित्यका प्रोफेसर हम्बर्ट हम्बर्ट एक १२ वर्षीय नव युवती लोलिता (उपन्यासमा उनको वास्तविक नाम डोलरेस हेज हुन्छ), को प्रेममा दिवाना भएका हुन्छन। उनी स्वभावत: रसिक र नवयुवती, जसको केवल पहिलो वा दोस्रो पटक रजस्वाला भएको छ (९ देखि १४ वर्ष उमेरका), लाई मन पराउने हुन्छन। उनले एक पटक लोलितालाई देख्छन र उनलाई प्राप्त गर्न लम्पट हुन्छन। त्येतीखेर विधुवा आमा, सारलेट, ले लोलिता (डोलरेस हेज) लाई हुर्क्याइ रहेकी हुन्छन। लोलिता आफै पनि “यौन लत” प्रति आकर्षित भइ सकेकी हुन्छिन। आर्थिक हिसाबले सम्पन्नता प्राप्त गरेका हम्बर्ट हम्बर्टले लोलिता प्राप्त गर्ने एक उपाय निकाल्छन अर्थात लोलिताको आमा, सारलेट, सँग बिहे गर्छन। त्यसपछि अधबैंसे हम्बर्ट हम्बर्ट र अति कलिलो उमेरकी लोलिताको प्रेम प्रारम्भ हुन्छ। दुबैको बीचमा पटक पटक यौन सम्पर्क हुन्छ। लोलिताको कलिलो उमेरलाई हेर्दा हम्बर्ट हम्बर्टले लोलिताको यौन दुर्व्यसन ( sex abuse) गरेको ठहर्छ।

यौन विषयलाई केन्द्रमा राखेर, एक पौढ उमेरको व्यक्ति (जस्तै हम्बर्ट हम्बर्ट) कसरी विकृत यौन मनोविज्ञान (केवल अति कम उमेरकी युवतीहरूसँग यौन सम्पर्क राख्न चाहने) को सिकार हुन्छ र एक अति कलिलो उमेरकी युवती (जस्तै लोलिता) कसरी यौन दुर्व्यसनको मनोविज्ञानबाट ग्रसित हुन पुग्छिन भन्ने कुराहरू यो पुस्तककमा उल्लेख भएकोले यो पुस्तकालाई सभ्य किसिमको नग्न साहित्य (pornography) भन्नेहरूको संख्या पनि कम छैन। यति हुँदा हुँदै पनि, यो पुस्तकलाई बिबिसीले सन् २००३ मा अति मनपराएका २०० पुस्तकहरू मध्ये लोलिता १७८ औ स्थानमा रहेको भनी जनाएको थियो। अहिलेसम्म कुन कुन पुस्तकलाई पाठकहरूले सर्वाधिक रुचाए भनी थाहा पाउन बिबिसीले २००३ मा वेबसाइट, यसएमयस, फोनद्वारा बेलायतभरि मत संकलन गरेको थियो। एक नम्बरमा भने जे. आर. आर. टोल्लिनदवारा लिखित ‘द लर्ड अफ द रिंग्स’ परेको थियो।

लोलिताको लोकप्रियता बढ्दै गयो। लोलिताको कथालाई आधार बनाएर सन् १९६२ मा स्टेन्ले कबरिकले एक फिल्मको निर्माण गरे। यसैगरी सन् १९९७ मा एड्रिएन लिनले पनि एक फिल्म निर्माण गरे। लोलिता कैयौ पटक मञ्चन (stage) भइ सकेको छ। यसै गरी ओपरा (opera) र बेले (ballet) हरूमा पनि लोलिता देखाइएको छ।  
 
टाइम’ पत्रिकाले लोलितालाई सन् १९२३ देखि २००५ सम्ममा प्रकाशित भएका अंग्रेजी भाषाका उत्कृष्ट एक सय उपन्यासहरूको सूचीमा राखेको थियो। नर्वे स्थित बोक्लुबेन विश्व पुस्तकालय (Bokklubben World Library) ले लोलितालाई इतिहासमा नै अति चर्चित पुस्तकहरूको संग्रहमा राखेको छ।
(ज) मुना मदन

हामी कहाँ लगत राख्ने भरपर्दो व्यवस्था छैन र कतिपय कुरा अन्दाजको भरमा भन्नु पर्ने हुन्छ। त्येही अन्दाज प्रयोग गरेर भन्नु पर्दा नेपलामा सर्वाधिक रूचाइएको, सर्वाधिक (पाठकबाट) खरिद भएको, सर्वाधिक (पुस्तक पसलबाट) बिक्री भएको र सबै उमेरका व्यक्तिहरूले पढेको, सर्वाधिक (अनेकौ संस्करणहरू) छापिएको पुस्तक ‘मुना मदन’ हो। लक्ष्मीप्रसाद देवकोटाले लेखेको यो पुस्तकलाई नेपालको एक वौद्धिक सम्पत्तिको रूपमा लिने गरिन्छ। रचनाकारको मृत्यु (२०१६) भएको अनेकौ वर्ष भएता पनि यसको प्रकाशन जारी छ। र लगभग प्रत्येक वा केही वर्ष बिराएर छापिने गर्छ।  रोजगारीका लागि विदेशिएका (तिब्वत, ल्हास) युवक मदन र घर (काठमाडौ) मा पति वियोगमा छटपटिएकी युवती मुना बीचको हृदयस्पर्शी प्रेमले अति नै कारुणिक किसिमले यस पुस्तकमा दर्शाएको छ।

त्यसकालमा रोजगारीका लागि पतिहरू विदेशिनु पर्ने वाध्यता र पत्नीहरू वियोग खपेर बस्नु पर्ने अनिवार्यता, स्त्री-पुरुष बीचको प्रेम, पत्नीप्रतिको प्रेम आदिलाई मुना मदन मार्फत देवकोटाले अति विशिष्ठ किसिमले दर्शाएका छन्। आफ्नो जीवनकालमा देवकोटाले कतै यस्तो भनेका थिए, “मेरो सबै कृति जलाए पनि मुना मदन चाहिँ नजलाउनु है।”
प्रस्तुत छ मुनामदन बारे छोटो जानकारी 

(झ) सेतो बाघ

आज भन्दा २० वर्ष जति पहिले, तलेजु प्रकाशनका प्रवन्ध निर्दैशक जयदेवकृष्ण श्रेष्ठले आयोजना गर्नु भएको एक रात्री भोजमा ‘सेतो बाघ’ पुस्तकका लेखक डाइमन्ड शम्सेर राणालाई मैले भेट्दा उहाँले भन्नु भएको एक कुरा मेरो स्मरणमा अहिले पनि ताजै छ। उहाँले भन्नु भएको थियो, “मेरा पुस्तकहरूको बिक्रीबाट आएको पैसाले मलाई राम्रो गरी खान बस्न मात्र पुगेको छैन साथै संसारका विभिन्न मुलुकहरू घुम्न पनि पुगेको छ। सेतो बाट मलाई राम्रो प्रतिफल प्राप्त भएको छ।”
लेखकले नै पारिश्रमिक पाउने गरी सर्वाधिक बिक्री भएको र लेखकलाई आम्दानी गराउने पुस्तक हो, सेतो बाघ। सेतो बाघ देश भित्र र बाहिर अति नै रुचाइएको पुस्तक हो। यस पुस्तकलाई आधार बनाएर नेपाली फिल्मको निर्माण नै भएको छ।
 सन् १९७० मा प्रकाशित सेतो बाघ (उपन्यास) का लेखक डाइमन्ड शम्शेर राणाको जन्म ५ जुलाई १९१८ मा तानसेन दरबार पाल्पामा भएको थियो। उनको देहान्त, ९२ वर्षको उमेरमा, ११ मार्च २०११ मा काठमाडौमा भएको थियो। उनले लेखेको अर्को उपन्यास बसन्ती पनि ज्यादै लोकप्रिय उपन्यासको श्रेणीमा पर्दछ। यस बाहेक उनले अनिता, गृह प्रवेश, सतप्रयास (उपन्यास) पनि लेखेका थिए। राजनीतिमा पनि सक्रिय रहेका राणा सन् १९५४ देखि १९८७ सम्म नेपाली कांग्रेसको सदस्य थिए। नेपालमा सत्ताको आनन्दलिने वंशको सदस्य भएता पनि राणा विपक्षी राजनीतिमा लागेका थिए। प्रजातन्त्र रुचाउने प्रकृतिका थिए। सन् १९४८ मा उनले लेखेका राणा विरोधी उपन्यास ले उनलाई जेलसम्म पुर्यायो।

(ञ) सेतो बाघ किन ज्यादै लोकप्रिय भयो?

त्यसबेला (खास गरी जंगबहारदुरको शासन काल-15 September 1846 देखि 1 August 1856) को दरबार र पछिल्लो समयको दरबार (राजा बीरेन्द्रको वंश विनाससम्मको समय) बीचको कालखण्ड आम जनताको लागि अति नै चाँसोको विषय यस हुनाले थियो कि दरबार भित्र सत्ताका लागि अनेक दाउपेंच चल्ने मात्र होइन दरबारमा हुने कुराहरू पनि अति गोप्य हुन्थे, षडयन्त्रकारी हुन्थे। नेपाली राजदरबार बेलायतको दरबार झै खुला थिएन। दरबारमा पारिवारिक वातावरण भन्दा अनावश्यक औपचारिक मान्यताहरूले प्रश्रय पाएका थिए। दरवार भित्र दुई सत्ता (राजासँग रहेको एउटा सत्ता र राजाविरोधी खेमासँगको रहेको अर्को सत्ता) हरू समानान्तर रूपमा चल्थे। दरभित्र हुने लगभग सम्पूर्ण कुराहरू जनताको कान सम्म पुग्थेन। हेर्न पाउनु त सपनाको कुरा थियो। यो कारणले गर्दा पनि नेपाली दरवार र यस भित्र हुने गतिविधिहरू जान्न नागरिकहरू हरपल उत्कट इच्छा राख्थे। कहिले काँहि त दरबारको कुनै कारिन्दाले दरबार भित्रबाट ल्याएको विशेष सनसनीपूर्ण र गोप्य कुरा काठमाडौ र बाहिर (देशभरि) चर्चाको प्रमुख विषय बन्थ्यो। नागरिकहरूले डराइ डराइ एकले अर्कालाई त्यो कुरा सुन्ने र सुनाउने गर्थै। सुन्नु र सुनाउनुमा पनि आनन्द लिन्थे।

परिस्थिति यस्तो रहेकोमा नेपाली दरबार भित्र हुने सत्ता संघर्षलाई आधार बनाएर डाइमन्ड शम्शेर राणाले सेतो बाघको रचना गरे। सेतो बाघमा राणाले दरबार भित्रका घटनाहरूलाई यसरी तथ्यपूर्ण र रोचक किसिमले बयान गरे कि यस पुस्तकका पाठकलाई पुस्तक पढिरहँदा लाग्थ्यो वा लाग्छ ऊ स्वयंले नै दरभित्र बसेर अनेक घटनाहरू हेरि रहेको होस। पुस्तकको यो विशेषता पुस्तकको उत्कृष्टता हो। र खासमा जनताले जे जान्न खोजेका थिए, त्यो कुरा विवरणात्मक रूपमा प्रस्तुत गर्न राण सेतो बाघ मार्फत अति सफल भए। सेतो बाघ पश्चिमी परिवेसमा र अंग्रेजी भाषामा लेखिएको भए यसले साहित्यका लागि नोवेल पुरस्कार लगायत अनेक पुरस्काहरू पाउने थियो।

नेपाली दरबार भित्र हुने सत्ता-संघर्ष, प्रेम, घृणा, प्रतिसोध, अन्धविश्वास, प्रतिष्ठा, सम्पत्ति प्राप्ति आदि सम्बन्धी घटनाहरूलाई रूचिकर र पत्यार लाग्ने किसिमले यस पुस्तकमा वर्णनन् गर्नुले पुस्तकलाई झनै रुचिकर तुल्याएको छ। यो पुस्तक पढिरहँदा पाठकलाई पठ्यार लाग्दैन, अहिलेको सन्दर्भमा भन्ने हो भने, पुस्तक मोटो भएता पनि। यो पुस्तक कालजयी त छ नै साथै यसले नेपालको इतिहासलाई पनि वर्णनन् गर्छ, खास गरी सत्ता संघर्षका अनेक रहस्यहरू उद्घाटित गर्छ।



No comments:

Post a Comment