Tuesday, January 9, 2024

 उत्तर आधुनिक युगको त्रासदी

१८

बिषयुक्त खाद्यान्न

आजभोलि हामी आफूलाई आवश्यक पर्ने खाद्यान्न आफैले उत्पादन गर्दैनौ। थोरै मात्रामा भए पनि उत्पादन गर्दैनौ। औसर र फुर्सत भए पनि त्यस्तो गर्न चाहँदैनौ। दैनिक उपभोग गर्ने फलफूल, सातपात, तरकारी आदि सम्म पनि उत्पादन गर्दैनौ। यी सम्पूर्ण कुराहरू हामी बजारबाट खरिद गर्छौ। तर यी कुराहरू हाम्रो स्वास्थ्यको लागि कति उपयोगी छन वा छैनन भन्ने कुराको परीक्षण कहिले गर्दैनौ र गर्न सक्ने स्थिति पनि छैन। साधन पनि छैन।

बजारमा उपलब्ध कुनै पनि खानेकुरा हाम्रो स्वास्थ्यको लागि कति उपयोगी छ वा हानिकारक छ भनी थापा पाउन हामीले प्रयोगशालामा वैज्ञानिक परीक्षण गर्नु पर्छ। र त्यसरी परीक्षण गर्न आवश्यक पर्ने मेसिन, औजार, सामाग्री एवं प्रविधि हामी, एक व्यक्ति विशेषले, ले खरिद गर्न सक्ने आर्थिक हैसियत राख्दैनौ। छोटकरीमा भन्ने हो भने बजारमा जे कुराहरू उपलब्ध छन ती खरिद गर्न हामी बाध्य छौ। बजारमा उपलब्ध भएका खानेकुराहरू बिनापरीक्षण खान बाध्य छौ। अर्कोतिर खाद्य उत्पादन र विक्री गर्ने संस्थाहरू आफूखुसी खाद्य पदार्थ उत्पादन र बिक्री गर्न स्वतन्त्र छन्।  

केही अपवादलाई छाडेर, बजारमा अहिले दुई किसिमका खाद्यान्न, खानेकुरा, फलफूल, माछामासु आदि उपलब्ध छन। पहिलो: बजारमा उपलब्ध रहेका पहिलो खानेकुराहरूको अनुवांशिक सुधार (जेनेटिकली मोडिफाइड) गरिएको हुन्छ। दोस्रो: उपलब्ध हुने दोस्रो खानेकुराहरूमा उत्पादनको क्रममा तिनलाई किटाणुहरूबाट जोगाउन र उत्पादन सुनिश्चित पार्न विषादी (pesticide) मिसाइएको हुन्छ।

जेनेटिकली मोडिफाइ कसरी गरिन्छ त्यसबारे छोटो जानकारी लिऔ। वैज्ञानिक भाषामा नभएर, सामान्य भाषामा भन्ने हो भने कुनै पनि जीव वा जीवनको अनुवांशिक पदार्थमा परिवर्तन ल्याउनु हो। फरक पारिदिनु हो। अर्को जीव वा जीवनको अनुवांशिक पदार्थ मिसाइ दिनु हो। डिएनए परिवर्तन गरिदिनु हो। अर्थात कुनै पनि जीव वा जीवनको अनुवांशिक पदार्थमा अर्को जीव वा जीवनको अनुवांशिक पदार्थ मिसाएर फरक किसिमक अनुवांशिक पदार्थ निर्माण गर्नु अनुवांशिक सुधार वा जेनेटिक मोडिफिकेसन हो।

अनुवांशिक सुधार (Genetic Modification) किन गरिन्छ त्यसबारे चर्चा गरौं। उत्पादकत्व वृद्धि गर्न वा कम श्रम, पूँजी, साधन आदि प्रयोग गरेर बढी उत्पादन गर्न तथा छोटो समय वा यत्नमा धेरै उत्पादन गरेर अत्यथिक मुनाफ आर्जन गर्न जीव वा वनस्पतीको आनुवांशिक सुधार गरिन्छ। उत्पादन व्यवस्थामा अनुवांशिक सुधार गर्दा एउटा ब्यापारी वा उत्पादकले निकै मुनाफा आर्जन गर्न सक्छ। आफ्नो लगानी सुरक्षित पार्न वा प्रतिस्पर्धीहरू भन्दा बढी आर्जन गर्न वा कम समया अत्यधिक धनी हुन अनुवांशिक सुधार गरिन्छ।

आलु, गोलभेंडा, फर्सी आदि आदिको आकार सानो छ भने तिनको अनुवांशिक सुधार गरेर ठूलो आकारको तुल्याउन सकिन्छ। यसैगरी पशुपक्षी, जसको मासु खाने गरिन्छ तिनको शरीरको आकार समान्य वा प्राकृतिक अवश्यामा जुन किसिमले वृद्धि हुन्छ त्यो भन्दा दोब्बर, चौबर किसिमले बृद्धि गराउन पनि पशुपक्षीहरूको अनुवांशिक पदार्थमा परिवर्तन गरिन्छ।

अनुवांशिक परिवर्तन विधिको प्रयोग गरेर छोटो समयमा बढी वजनका पशुपक्षी आदि उत्पादन गरेर ब्यापारीहरूले ठूलो मुनाफ हात पार्न सक्ने हुनाले आजभोलि उत्पादन प्रणालीमा अनुवांशिक सुधारको बढी प्रयोग गरिएको पाइन्छ।

अहिले बजारमा पाइने सामाग्रीहरू मध्ये धेरैको जेनेटिक मोडिफिकेसन गरिएको हुन्छ। अर्थात अनुवांशिक पदार्थमा परिवर्तन गरिएको हुन्छ। अमेरिकी बजारहरूमा पनि अनुवांशिक सुधार गरिएका खाद्य वस्तुहरूको ठूलो मात्रामा आपूर्ति हुन्छ।

अनुवांशिक सुधार गरिएका खाद्य पदार्थ खाएमा कस्तो किसिमको स्वास्थ्य समस्याहरू हुन सक्छ त्यसबारे चर्चा गरौ। हाम्रो स्वास्थ्यलाई के कस्ता क्षतिहरू पुर्याउन सक्छ त्यसबारे चर्चा गरौं। अमेरिकामा गरिएको अध्ययन अनुसार अनुवांशिक सुधार गरिएका खानेकुराहरू खाएमा प्रजनन क्षमता प्रभावित हुने, इम्युन समस्या हुने, उमेर भन्दा पहिले वा कम उमेरमा बुढो देखिने, इन्सुलिन सम्बन्धी समयस्या हुने, शरीरका अङ्गहरूमा परिवर्तन आउने, गैस्ट्रोइन्टेसटाइनल प्रणाली अनियमित हुने जस्ता समस्याहरू उत्पन्न हुने देखिएको थियो।

छिटै कपाल सेतो हुने, छाला लत्रिने, छालामा दागहरू देखिने, छाला अति सुख्खा हुने, कपाल झर्ने जस्ता अनेक समस्याहरू पनि अनुवांशिक सुधार गरिएका खानाहरूसङ्ग सम्बन्धित रहेको पाइएको छ। यसैगरी अनुवांशिक सुधार गरिएका खानाहरूले गर्भवती महिला एवं शिशुहरूलाई अति जोखिममा पार्ने देखिएको छ।

अनुवांशिक सुधार गरिएका घाँसहरू खाएर भारतको हरियाणा राज्यमा पशुहरू र मुख्यगरी भैंसीहरू नराम्रो गरी प्रभावित भएको एक अध्ययनले देखाएको थियो। अनुवांशिक सुधार गरिएका कपासका बिउँहरू खाएका भैंसीहरूमा समय भन्दा पहिले बच्चा जन्मिने, गर्भ पतन हुने, बाँझोपन हुने, आँग खस्ने जस्ता अनेक समस्याहरू देखिएको थियो।

वहुसंख्यक अमेरिकीहरू अनुवांशिक सुधार गरिएका खाद्य पदार्थहरूको प्रयोगबाट अनेक स्वास्थ्य समस्याहरूबाट पीडित भएकोले अमेरिकी चिकित्सकहरूले अनुवांशिक सुधार नगरिएका खानाहरू खान विरामीहरूलाई सल्लाह समेत दिएका छन।

अमेरिकामा मकै, भटमास, कपास, टमाटर, आलू, अल्फाल्फा, कनोला,मेबा, फर्सी, स्याउ आदिमा अनुवांशिक सुधार गरिएको पाइन्छ। तर मकैकमा भने अनुवांशिक सुधार विधिको प्रयोग सर्वाधिक गरिएको पाइन्छ।

बङ्लादेस, चीन, क्यानाडा, संयुक्त राज्य अमेरिका, ब्राजिल, अर्जेन्टिना लगायत विश्वका अनेक राष्ट्रहरूमा अनुवांशिक सुधार गरिएका खाद्य वस्तुहरू ठूलो परिमाणमा उत्पादन गरिन्छ। युरोपका देशहरूमा भने ज्यादै कम मात्रामा अनुवांशिक सुधार गरिएका खाद्य वस्तुहरू उत्पादन गरिन्छ। बिक्री पनि ज्यादै कम मात्रामा हुन्छ।

बालीलाई सुरक्षित पार्न र अन्न सग्रह गर्न उगयोग गरिने बिषादीले पनि हाम्रो स्वास्थ्यलाई ठूलो क्षति पुर्याउने गर्दछ। बिषादी प्रयोग गरिएका खाद्य वस्तुहरू खाएर मानवीय स्वास्थ्यमा ठूलो क्षति भएको देखाएको छ। बिषादी प्रयोग गरिएका खानाहरू खाँदा अनेक किसिमका विरामीहरू हुने देखिएको छ। क्यान्सरका बिरामीहरूको संख्यामा भइरहेको ब्यापक वृद्धि र अन्न उत्पादन र संग्रहमा गरिने विषादी प्रयोगक बिच गहिरो सम्बन्ध रहेको धेरै अध्ययनहरूले देखाएका छन।

बाली हुर्काउन र तिनलाई अनेक रोगहरूबाट जोगाउन तिनमा विषादी प्रयोग गर्दा प्रयोगकर्ता वा विषादी हाल्ने ब्यक्तिहरू समेतको पनि स्वास्थ्य नराम्रो गरी प्रभावित भएको अध्ययनहरूले देखाएका छन। उनीहरूलाई छला सम्बन्धी अनेक समस्याहरू भएको एवं क्यान्सर नै पनि भएको देखिएको छ।  

मुनाफालाई सर्वोपरि देख्ने र मुनाफाको वरिपरि नै सम्पूर्ण मानव समाज घुम्ने यो उत्तर आधुनिक युगमा खाद्यान्न विषाक्त हुने सम्भावना होइन, निश्चित छ। हामी विषाक्त कुराहरू खान अभिषप्त हुने छौ। विषाक्त खाना मानव सभ्यताका लागि उत्तर आधुनिक युगले दिने ठूलो उपहार हुने छ।

No comments:

Post a Comment