Saturday, January 6, 2024

Terrifying Postmodernism Part 12

 उत्तर आधुनिक युगको त्रासदी

१२.

गरिबीमा व्यापक वृद्धि

उत्तर आधुनिक युगमा गरिबीमा कमी आउने छ। व्यक्तिहरू पहिले भन्दा बढी खुसी देखिनेछन। उनीहरूले उपभोग गर्ने वस्तु एवं सेवाहरूको संख्या र गुणमा पनि वृद्धि हुनेछ। तर यी कुराहरू भन्ने आधार के छ त?

उत्तर आधुनिक युगमा शिक्षा र प्रविधिमा भएको उच्च विकासले मानिस पहिले भन्दा झन बढी ज्ञानी हुनु पर्ने हो। दयालु हुनु पर्ने हो। एक व्यक्तिले अर्को व्यक्तिको भावनाको सम्मान गर्नु पर्ने हो। तर भइरहेको छ उल्टो। यही उत्तर आधुनिक युगमा ठूला ठूला युद्धहरू भइरहेका छन। ठूला ठूला नरसंहार भइरहेका छन। हमास र इजराइलीहरु युद्धरत छन। अक्टुबर ७, २०२३ का दिन हमासले इजराइलका सर्वसाधारणहरू माथि पासविक किसिमले हमला गरेर करिब २ हजार सर्वसाधरणको अति निर्दयी किसिमले हत्या गर्यो। ३ सय जति व्यक्तिहरूलाई बन्दी बनायो। इजराइलले पनि हमाससँग बदला लियो। फिलिस्तिनीहरूको गाँजा क्षेत्रेमा इजराइलले शैनिक कार्यवाहीहरू गरेर २० हजार भन्दा बढी फिलिस्तिनीहरूको हत्या गर्यो। समाचारहरूमा उल्लेख गरिए अनुसार इजराइलले गाजा क्षेत्रमा हमला गर्दा सार्वजनिक अस्पतालसम्ममा पनि बम प्रहार गर्यो।

यस किसिमका युद्धहरूले मानिसको शान्तिसङ्ग बस्न पाउने अधिकार खोस्छन। यस्तो स्थितिमा मानिसहरु कसरी धनी हुने? कसरी गरिबी घट्ने? उल्टो मानिसहरू गरिब हुन्छन। युद्ध, गृह युद्ध, पर्वारवणमा विनास, मानिसहरू नैतिकताको उच्च ह्रास, केन्द्रमा मुनाफा जस्ता समस्याहरूले गर्दा उत्तर आधुनिक युगमा गरिबमा अति बृद्धि हुने स्थिति देखिन्छ।  नेताहरूमा जसरी पनि सत्तामा बस्नु पर्छ भन्ने लोभले अनेक किसिका युद्धहरू हुनेछन। पुटिनले आफ्नो सत्ता लम्ब्याउन युक्रेनमा हमला गरेझै अन्य राष्ट्रहरूले पनि आफ्ना साना छिमेकी राष्ट्रहरू माथि हमला बढाउने छन। विश्वलाई असान्त पार्ने छन। गरबी बढाउने छन।

यो उत्तर आधुनिक युगमा पर्यावरणमा हुने विनासले अनियमित वर्षा, बाढी, पैरौ, खडेरी जस्ता समस्याहरू ल्याउने छ। परिणामस्वरूप कृषि क्षेत्र नराम्रो गरी प्रभावित भएर उत्पादनमा ह्रास आउने छ। उत्पादनमा आएको ह्रासले गरिबी बढाउनमा सहयोग पुर्याउने छ।

कृषिमा परेको कुप्रभालाई कम पार्न धनी देशहरू सक्षम भएता पनि गरिब देशहरू भने सक्षम हुने छैनन। र गरिब देशको कृषि नराम्रो गरी प्रभावित भएर उत्पादनमा ठूलो ह्रास आउने छ। यसरी गरिब देशाका गरिबहरु झनै गरिब हुने खतरा हुनेछ।

उत्तर आधुनिक युगले राष्ट्रिय आय वितरण (national income distribution)  लाई पनि नराम्रो गरी प्रभावित गर्ने छ। कसरी? यसरी। उत्तर आधुनिक युगमा उत्पादन क्षेत्रमा, कारखानाहरूमा मानव श्रमको प्रयोग कम र मेसिनको प्रयोग बढी हुनेछ। उत्पादन एवं बिक्री कार्यमा मेसिनको प्रयोग ब्यापक मात्रामा गर्दा उत्पादक तथा बिक्रेताहरूलाई बढी मुनाफ हने भएकोले उनीहरूले उत्पादन एवं बिक्रीमा मेसिनको प्रयोग अत्यधिक मात्रामा गर्ने छन। श्रमिकहरुको प्रयोग कम गर्ने छन। यसले गर्दा बेरोजगारी बढ्ने छ। आर्टिफिसियल इन्टेलिजेन्सले मानव श्रमको प्रयोगमा कमि ल्याएर हजारौंको रोजगारी खाइ दिने र हजारौं लाई गरिब तुल्याउन चिन्ता ब्यक्त गर्न थालिएको छ।  

उत्तर आधुनिक युगमा निम्न कारणहरूले गर्दा  गरिबी झनै बृद्धि हुनेछ।

१ मेसीन तथा रोबोट: उत्पादन लागत घटाउन र मुनाफ अभिबृदधि गर्न उत्पादक तथा बिक्रेताहरूबाट मेसीन तथा रोबोटको अत्यधिक प्रयोग हुनेछ। र यो कार्यले गर्दा मानवीय श्रमको कम उपयोग हुनेछ। मानवीय श्रमको कम उपयोगको कारणले गर्दा रोजगारीमा कमी आएर गरबी बढ्न सक्नेछ। आजभोलि उत्पादन मात्र होइन बिक्रीमा पनि मेसीन तथा रोबोटको अत्यधिक प्रयोग हुने गरेको हामीले अनुभव गरेको कुरा नै हो। स्वास्थ्य, शिक्षा, सञ्चार, कृषि, यातायात जस्ता क्षेत्रहरूमा मानवीय श्रम विस्थापित भएको पनि हामीले भोगेकै कुरा हो।

२ युद्ध: दुई देशहरू बिच हुने युद्धको संख्यामा वृद्धि हुने छ। युद्धले गर्दा उत्पादन र वितरण व्यवस्था नराम्रो गरी प्रभावित भइ गरिबी बृद्धि हुने वातावरण सृजना हुनेछ। नेताहरूको ब्यक्तिगत स्वार्थको कारण युद्धहरू हुने, युद्धहरू लम्बिने उच्च खतरा छ।

३ गृह युद्ध: उत्तर आधुनिक युगमा विभिन्न देशहरू गृह युद्ध हुने सम्भावना उच्च छ। भारत, चीन, स्पेन, सुडान, इथिओपिया, पाकिस्तान, अफगानीस्तान जस्ता देशहरू गृह युद्धको उच्च जोखिममा छन भन्ने तथ्य ती देशहरूको स्थितिले नै दर्शाउँछ। अनेक देशहरू मिलेर बनेका देशहरू जस्तै भारत, चीन आदिले गृह युद्ध समस्या भोग्नु पर्ने सम्भावन उच्च छ।  

४ परोक्ष युद्ध: परोक्ष युद्धवारे यस पुस्तकमा धेरै चर्चा भइनै सकेको छ। यस वारे थप नभएर विषय प्रवेश गर्नु नै उत्तम होला। उत्तर आधुनिक युगमा परोक्ष युद्धमा वृद्धि हुनेछ। आफू (आफ्नो देश) ले युद्ध नगर्नु पर्ने र अर्को देशको नागरिकहरूलाई युद्धमा प्रयोग गर्न पाइने हुने नेताहरूले आफ्नो फाइदाको लगि परोक्ष युद्धहरूको प्रयोग अति नै गर्नेछन। इरानका नेता (मुख्य गरी अयातुल्लाहरू), रसियाका तत्कालीन राष्ट्रपति पुटिन, युरोपका नेताहरू, अरब देशका प्रभावशाली नेताहरू, अफ्रिकी देशका शक्तिसाली नेताहरू आदि आदिले आफू सरकार र शक्तिमा रहन परोक्ष युद्धको निकै प्रयोग गर्नछन। परोक्ष युद्धले गरिब देशहरूको मात्र होइन धनी देशहरूको अर्थ व्यवस्था पनि गम्भीर रुपमा प्रभावित भएर विश्वभर गरिबी विस्तारमा सहयोग पुग्ने छ। येमनमा भएको इरान र साउदी अरेबियाको परोक्ष युद्धले येमनलाई गरिब पारेको हामीले देखेकै कुरा हो।

५ नैतिकता: उत्तर आधुनिक युगमा नैतिकतामा ठूलो क्षय हुनेछ। अर्थात सबै ब्यक्तिहरूले केवल पैसामा जोड दिने हुनाले हरेक कार्य मुनाफा केन्द्रित हुनेछ। अर्कोतर, केही ब्यक्तिहरू मात्र अति धनी हुने अवस्था सृजना हुनेछ। कसरी? नैतिकतामा ह्रास भएकोले बहुसंख्यकलाई गरिब तुल्याएर केवल केही ब्यक्तिहरू मात्र धनी हुनेछन। यो कारणले गर्दा राष्ट्रिय आय वितरण प्रणाली अति ने असन्तुलित भएर गरिबहरूको संख्या बढ्ने अवस्था सृजना हुनेछ।  

६ लोभ: यो सृष्टिमा ८४ लाख योनीहरू छन। अर्थात जीवधारीहरूको संख्या ८४ लाख छ। तर अचम्मको कुरा त के छ भने ८४ लाख प्राणीहरू मध्ये केवल मनुष्यले मात्र धनको सृजना, सञ्चय र वृद्धि गर्दछ। यी सबै कार्य मानिसले लोभको कारणले गर्दछ। मानिस लोभी प्राणी हो। तर पनि सामाजिक नियमले गर्दा मानिसले आफ्ना कतिपय लोभलाई थिचेर राखेको हुन्छ। प्रकट हुन दिएको हुँदैन। तर उत्तर आधुनिक युगले मानिसलाई उसङ्ग भएका सम्पूर्ण लोभहरू प्रकट गर्न र प्रयोग गर्न उत्प्रेरित गर्ने छ। छुट दिनेछ। लोभले गर्दा मानिसले अरुको भाग मार्न पनि हिचकिचाउने छैन। नैतिक पतन भएको समयमा हिचकिचाउने कुरा नै हुँदैन। लोभले गर्दा अन्य लाखौंको भाग केही ब्यक्तिहरूले खोसेर, फकाएर, झुक्याएर खाइ दिन सक्ने स्थितिले गरिबिलाई हुर्किन सहयोग गर्नेछ।    

७ साधन र श्रोत: उत्तर आधुनिक युगमा, जुन सुकै राष्ट्रमा पनि, त्यस देशमा उपलब्ध भएका स्रोत र साधनहरू केवल केही व्यक्तिहरूको हातमा हुनेछ। मुख्य गरी चतुर नेता र बेइमान ब्यापारीहरूको हातमा हुनेछ। उनीहरूले देशमा उपलब्ध भएका स्रोत र साधनहरूको ब्यापक उपयोग केवल आफ्नो हितका लागि गर्नेछन, आफू धनी हुनका लागि गर्ने छ। देश भित्र उपलब्ध रहेका स्रोत एवं साधनहरू केही व्यक्तिहरूको नियन्त्रणमा पर्न गइ गरिबीमा झनै बद्धि हुनेछ।

८ डिजिटल युग: उत्तर आधुनिक युग डिजिटल युग हो भन्ने कुरा हामी सबैलाई भलिभाँति थाहा छ। तर डिजिटल युगले थोरै यत्न र कम समय प्रयोग गरेर  धेरै उत्पादन गर्न सक्ने स्थिति सृजना गरिदिएको छ। अर्थात केही अवस्थामा, डिजिटल प्रणालीको प्रयोगले, दस जनाले गर्ने काम एक जनाले गर्न सक्ने अवस्था सृजना गरिदिएको छ। यसरी दस जनाले गर्ने काम एकजनाले गर्न सक्ने अवस्था भएर नौ जना बेरोजगार हुने स्थिति उत्पन्न भएको छ। कुनै पनि ब्यक्ति बेरोजगार हुनुको अर्थ हो ऊ गरिब हुने वातावारण तयार हुनु हो।

डिजिटल युगले छापामा ठूलो प्रभाव परेर अहिले केवल अनलाईन प्रत्रिकाहरूमा बजारमा बाँच्न सक्ने तर छापाखानाहरू मर्न पर्ने वा वातावरण तयार भएको छ। छापा प्रेसहरू बन्द भएर धेरैले रोजगारी गुमाएका छन्। यस्तो स्थिति केवल गरिब देशहरूमा मात्र छैन, धनी देशहरूमा पनि छ। डिजिटल प्रणालीले उत्तर आधुनिक युगमा गरिब बृद्धि गराउने छ, त्यो पनि ठूलो मात्रामा।

उत्तर आधुनिक युगले सुख र समृद्धि ल्याउने आधारहरू देखिएको छैन।     


No comments:

Post a Comment