Sunday, January 7, 2024

Terrifying Postmodernism Part 15

 उत्तर आधुनिक युगको त्रासदी

१५

ब्यापार नैतिकता

पूर्वका देशहरू खासगरी भारत, पाकिस्तान, बङ्लादेश, नेपालमा ब्यापार नैतिकताबारे कमै चर्चा हुन्छ। ब्यापार नैतिकता प्रयोगमा आएको त झन शून्य बराबर छ। संसारको सर्वाधिक ठूलो बजार मध्येको एक चीनमा पनि ब्यापार नैतिकताप्रति ध्यान दिइएको पाइँदैन।

पश्चिमका देशहरूमा भने ब्यापार नैतिकताप्रति ब्यापारीहरू सजग रहेको पाइन्छ। ब्यापारिक जगत्मा ब्यापार नैतिकता प्रयोगमा समेत ल्याइन्छ। अमेरिकी कलेज एवं विश्व विद्यालयहरूमा त पाठ्यक्रममा नै ब्यापार नैतिकता विषय समाविष्ठ गरेर पढाइन्छ नै।

ब्यापारिक नैतिकता के हो?

ब्यापार नैतिकता भनेको ब्यापार गर्दा कुनै पनि ब्यापारी वा ब्यापारिक संस्थाले के गर्नु उचित हो, के गर्नु अनुचित हो भनी स्वयंले सोंच्नु हो। र सोही अनुरुप ब्यवहार गर्नु हो। आफूले गरेको कार्यलाई आफ्नै विवेकको कसीमा राखेर स्वयं र सर्वप्रथम आफैले हेर्नु हो। गर्न थालेको कुनै कार्य आफूलाई अनुचित लागे नगर्नु र उचित लागे गर्नु हो।

यो विषयलाई यसरी बुझौं। कुनै पनि ब्यापारी आफ्नो वस्तुको मूल्य कति निर्धारण गर्ने भनी निर्धारण गर्न स्वतन्त्र छ। तर उसले यो सोंच्छ कि मैले अत्यधिक मूल्य निर्धारण गरेर ग्राहकलाई क्षति पुग्छ। ग्राहक ठगिन्छ। त्यसकारण म आफ्नो वस्तुको मूल्य निर्धारण गर्न स्वतन्त्र भएता पनि मैले उचित किसिमले वस्तुको मूल्य निर्धारण गर्नु पर्छ। कुनै पनि ब्यापारीले आफ्नो वस्तुको मूल्य निर्धारण गर्दा यसरी सोंच्नु, उचित मूल्य निर्धारण गर्नु, उसले ब्यापारिक नैतिकताको पालना गर्नु हो। ब्यापार नैतिकता भनेको ग्राहक वा सेवाग्राहीलाई आफ्नो फाइदाको लागि नठग्नु हो।

अर्को उदाहरणमा। कुनै एक रेष्टुरेन्टको संचालक आफूले बिक्री गर्ने खाद्य सामाग्री कसरी पकाउने हो वा निर्माण गर्ने सम्बन्धमा ती खाद्य सामाग्रीमा के के कच्चा पदार्थहरू मिसाउने भनी निर्धारण गर्न पूर्ण स्वतन्त्र छ। उसले खाना पकाउँदा के के र कस्ता कस्ता सामाग्रीहरू मिसायो भनेर कोही हेर्न पनि आउँदैन। उसले खाद्य सामाग्री स्वादिलो पार्न, स्वादिलो पारेर ठूलो मात्रामा बिक्री गर्न, ठूलो मात्रामा बिक्री गरेर अधिक मुनाफा आर्जन गर्न सक्छ। तर उसले त्यस्तो नगरेर मैलै मुनाफाको लागि लोभी भएर उपभोक्ताहरूलाई अस्वस्थ्यकर खाद्य सामाग्री बिक्री गर्नु हुँदैन भनी सोंच्दछ भने उसले ब्यापारिक नैतिकता पालन गरेको ठहर्छ।

ब्यापार नैतिकता भनेको ब्यापार गर्ने व्यक्ति स्वयं न्यायाधीश हुनु हो। आफैले आफूलाई सही कार्य गर्न प्रेरित गर्नु हो। आफूले खराब कार्य गरेमा आफूले आफैलाई दण्डित गर्नु हो।

ब्यापारिक नैतिकताको महत्व

कुनै राष्ट्रिय वा अन्तरार्ष्ट्रिय कानूले कुनै व्यक्ति वा ब्यापारीलाई हरपल पछ्याइ रहेको हुँदैन। निगरानी गरिरहेको हुँदैन र निगरानी गर्न सम्भव पनि छैन। त्यसकारण कुनै एक ब्यापारी कानूनबाट होइन स्वयं आफ्नै स्वविवेकबाट सही कार्य गर्न प्रेरित हुन ब्यापारिक नैतिकता पालन गर्नु हो। ब्यापरिक नैतिकताले प्रत्येक ब्यापारी तथा ब्यापारिक संस्थालाई इमान्दर वा नैतिकवान् हुन प्रेरित गर्दछ। कानूनबाट होइन आफ्नै नैतिकताद्वारा असल गर्न प्रेरित हुन ब्यापारिक नैतिकताको ज्ञान हुन आवश्यक छ।

ब्यापारिक जगत्मा ब्यापारिक नैतिकतालाई कसरी ब्याख्या गरिएको छ त?

“Business ethics studies appropriate business policies and practices regarding potentially controversial subjects, including corporate governance, insider trading, bribery, discrimination, corporate social responsibility, fiduciary responsibilities, and much more. The law often guides business ethics, but at other times business ethics provide a basic guideline that businesses can follow to gain public approval.”

                                                                                                            Investopedia

अब मूल विषयमा प्रवेश गरौ। उत्तर आधुनिक युगमा ब्यापारिक नैतिकताको स्थिति कमजोर हुनेछ। अधिकांस ब्यापारी एवं ब्यापारिक संस्थाहरूले ब्यापारिक नैतिकताको पालना गर्नै छैनन। अमेरिका, युरोपतिर पनि ब्यापारिक नैतितकता पालना गर्नु पर्छ भन्ने भावनामा कमी आउने छ।

ब्यापारिक नैतिकता पालना गर्ने कार्यमा एशिया र अफ्रिकता देशहरू निकै पछाडि उहिलेदेखि रहँदै आएको कुरा नया होइन। खासगरी दक्षिण एशियाका देशहरू, चीन, अफ्रिकका देशहरूमा ब्यापारिक नैतिकता चरम किसिमल ह्रास हुनेछ।

ब्यापार नैतिकताले कम महत्व पाउनुको मूल कारण हुनेछ मुनाफा भन्ने विषयले अधिक महत्व पाउनु। अर्थात मुनाफा अधिक गर्ने सुरमा ब्यापारी एवं ब्यापारी संस्थाहरू अनैतिक कार्य गर्न समेत हिचकिचाउने छैनन। मानिसमा नैतिकता हराउँदै गएको हुनाले मानिसको मनमा  अनैतिक सोंचले घर बनाउने छ।

उत्तर आधुनिक युगमा ब्यापारीहरूले बढी मूल्य तोक्ने, कमजोर वस्तु निर्माण गर्ने, खाद्य वस्तुमा अखाद्य वस्तु मिसाउने, रेष्टुरेन्टहरूले खानाम राम्रो स्वाद ल्याउन अस्वस्थ्यकर खाद्य वस्तु मिसाउने, अस्तरीय वस्तु उत्पादन गर्ने, वस्तुको निमार्णवारे झूठो विवरण पेश गर्ने जस्ता अनैतिक कार्यहरू गरेर ब्यापार नैतिकताको उपहास गर्ने छन्।  

No comments:

Post a Comment