गरिबी: द्वन्द र संघर्षको प्रमुख कारण
संघर्ष र
द्वन्दको भुमरीबाट नेपाल कहिले बाहिर आउने होला? यो प्रश्न जति महत्वपूर्ण छ
त्येतिकै महत्वपूर्ण प्रश्न छ नेपालमा किन द्वन्द र संघर्ष हुन्छ? यो प्रश्नको
उत्तर खोज्न अति आवश्यक छ। गत चैत्र १५ गते काठमाडौको तिनकुनेमा सरकार र संघर्ष
पक्षधर बिच भएको द्वन्दले यो प्रश्नको उतर खोज्न झनै आवश्यक पारिदिएको छ।
हामी दुई
दसकसम्म पनि शान्तिपूर्वक बसेको इतिहास छैन। कुनै न कुनै कारण झिकेर हामी द्वन्द
गर्न रुचाउँछौ। अविरल रुपमा गर्न रुचाउँछौ। कहिले राजतन्त्र समाप्त गर्न संघर्ष
गर्छौ। कहिले राजतन्त्र ल्याउन संघर्ष गर्छौ। यसैगरी, कहिले गणतन्त्र ल्याउन
संघर्ष गर्छौ। कहिले गणतन्त्र फाल्न संघर्ष गर्छौ? हाम्रो स्वभाव र प्रकृति किन
यस्तो भएको होला? हाम्रो स्वभाव यस्तो हुनुको प्रमुख कारण गरिबी हो। हामीलाई
हाम्रो गरिबीले शान्तसङ्ग बस्न दिइरहेको छैन। आशान्त परिरहेको छ। हाम्रो गरिबीले
हामीलाई जहिले पनि कुनै निहुँ झिकेर संगर्घ गर्न प्रेरित गरिरहेको हुन्छ।
गरिबीको असर
वहुपक्षीय हुन्छ। गरिबीले सर्वप्रथम मानिसमा निरासा उत्पन्न गराउँछ। भविष्य
अन्धकार देख्न लगाउँच। अनि मानिस जब निरास हुन्छ उसको मनोविज्ञान बिद्रोही हुन
पुग्छ। बिद्रोही मात्र होइन समय र परिस्थिति अनुसार हिंसक पनि हुन पुग्छ।
केही दसक यता
भारतमा माओवादी बिद्रोहीहरुको हमला कम भएर गरएको छ। माओवादीहरूले विभिन्न
स्थानहरूमा भारतीय सुरक्षकर्मी एवं अन्य व्यक्तिहरूको घेरा हालेर, आक्रमण गरेर, हत्या
गरेको समाचार कम सुनिएको छ। भारतमा माओवादी हमला कम हुनुको प्रमुख कारण अहिले भारत
आर्थिक प्रगतिको दिशातर्फ उन्मुख हुनु हो। त्यहाँ गरिबी पहिले भन्दा निकै कम हुनु
हो। कुनै बेला सोभियत रुसको आर्थिक सहयोग र सुरक्षामा अति निर्भर हुन बाध्य रहेको
भारत अहिले विश्वको पाँचौ ठूलो अर्थ व्यवस्था हुन पुगेको छ। एशियाको तेस्रो ठूलो
अर्थ व्यवस्था हुन पुगेको छ। भारतको अर्थ व्यवस्था अहिले ४,२७० ट्रिलियन डलरको
रहेको छ। भारतको प्रति व्यक्ति आय अहिले २,६९८ रहेको छ। भारतको प्रति व्यक्ति आय
नेपालको भन्दा लगभग दोब्बर छ। नेपालको प्रति व्यक्ति आय १,४३६ रहेको छ।
नेपालमा २०४७
सालमा ठूलो राजनीतिक परिवर्तन भयो। प्रजातन्त्रको पुर्नबहाली भयो। तर राजनीतिक दल
र नेताहरूको सत्ता स्वार्थ र कुर्सी मोहले गर्दा देशमा राजनीतिक स्थिरता आउन सकेन।
मुख्य गरी नेपाली कांग्रेस र नेकपा एमाले बिचको सत्ता संघर्षले गर्दा देशमा गरिबी
जनताको अपेक्षा अनुसार कम हुन सकेन। जनतामा चरम निराशा देखियो। गरिबीबाट उत्पन्न
भएको जनताको त्यो चरम निराशलाई माओवादी केही नेताहरूले आफ्नो स्वार्थ सिद्धिका
लागि उपयोग गर्न सकिने सुनौलो औसरको रुपमा देखे। अनि २०५२ सालमा केही महत्वकांक्षा
नेताहरूको नेतृत्वमा माओवादीले अति रक्तपातपूर्ण संघर्ष आरम्भ गर्यो। माओवादी
संघर्षको मुख्य कारण गरिबी नै थियो। नेपालका अति गरिबहरूको बसोबास रहेको पश्चिमी
भाग रुकुम, रोल्पा जस्ता स्थानहरूबाट माओवादी बिद्रोह आरम्भ हुनुले यस तथ्यको
पुष्टि गर्दछ। माओवादीका केही नेताहरूले चरम गरिबाट थिचिएका र निरास भएका युवा
यवुतीहरूको गरिबीबाट मुक्ति पाइने मनोविज्ञानको प्रयोग गरेका थिए।
देशको आर्थिक
स्थिति राम्रो छ। सर्व सुलभ रुपमा रोजगारी पाउने स्थिति छ। तलव एवं ज्याला दर उच्च
छ। आर्थिक जीवन सरल छ। यदि स्थिति यस्तो छ भने काम गर्दा राम्रो आम्दानी पाउने औसर
छोडेर कुनै व्यक्ति पनि सडकम ढुंगा हिर्काउँन जाँदैन। कुनै पर्दशनको हिंसा बन्दैन।
कुनै दल वा नेताले आह्वान गरेको आन्दोलनमा भाग लिन बस चढेर वीरगंज, जनकपुर वा अन्य
स्थानहरूबाट काठमाडौ पुग्दैन। यसको विपरित जनतासङ्ग रोजगारी छैन। आम्दानी छैन।
आर्थिक जीवन कष्टकर छ। र यी कारणहरूले गर्दा जनता चरमा निरासाको स्थितिमा छ भने
जतना अवश्य पनि बिद्रोही हुन पुग्छ। जुन सुकै दलले आह्वान गरेको आन्दोलनमा भाग लिन
सक्रिय हुन्छ। उसले आफ्नो गरिबीको प्रमुख कारण सरकारलाई देख्छ। सरकारमाथि ढुंगा
प्रहार गर्न उध्दत हुन्छ।
कुनै पनि देश,
केही अपवाद बाहेक, जातीय दंगा बाहेक, यसरी निरन्तर संघर्षमा लागेको देखिएको छैन।
तर हाम्रो देश, नेपाल, जहिले पनि संघर्षको मैदान हुन पुगेको छ। सरकारले पनि,
प्रतिपक्षी वा संघर्षरत पक्षको बिरुद्धमा प्रदर्शन गर्ने, जुलुश पर्दशन गर्ने,
जस्तो अचम्मको स्थिति केवल हाम्रो देशमा मात्र देख्न पाइन्छ।
जनता अहिले अति
निराश छ। धेरै मनिसको विश्वास हुन सक्छ वा होला नेपालीहरूले विदेशबाट पठाएको
रेमिट्यान्सले नेपालीमा केही हर्षको स्थिति देखिएको छैन। तर स्थिति त्यस्तो छ।
वैदेशिक रोजगारमा, नेपाली युवा युवतीहरू परदेशिनु पर्ने स्थितिले, नेपालमा रहेका
परिवारका सदस्यहरूमा ठूलो निराशा उत्पन्न गराएको छ। वेदेशिक रोजगारबाट,
रेमिट्यान्सबाट, नेपालमा रहेका त्यस्त परिवारहरू जसका सदस्यहरू विदेशमा छन्, खुसी
छैनन। सन्तुष्ट छैनन। उनीहरू चाहन्छन, स्वदेशमा नै रोजगार उपलब्ध होस। हाम्रा
परिवारका सदस्यहरू हामीसङ्गै स्वदेशमा नै बस्न पाउने स्थिति होस्।
वैदेशिक
रोजगारले, युवा युवतीहरू रोजगारीका लागि विदेश जानु पर्ने स्थितिले, नेपालमा अहिले
सामाजिक अपराधमा बढोत्तरी भएको छ। पति वा पत्नी परदेशमा रहेको स्थिति यौन अपराधमा
पनि बृद्धि भएको छ। जसका परिवारका सदस्यहरू अहिले रोजगारीको क्रममा विदेशमा छन्,
उनीहरू पनि सरकर (हरू) वा दल (हरू) को क्रियाकलापबाट सन्तुष्ट छैनन। आफ्ना
सन्तानहरू विदेशिने स्थिति यी दल र नेताहरूले सृजना गरेको विश्वास गरिरहेका छैन।
त्यस्ता परिवारका सदस्यहरू पनि, सरकार वा दलहरूबाट रुष्ट भएर सडक प्रदर्शनमा
पुगिरहेका छन। सरकारको विरुदध्मा हुने जुन सुकै प्रदर्शनको हिस्सा हुन पुगिरहेका
छन्।
नेपालमा संघर्ष
निरन्तर रुपमा हुनु, कहिले यो दलले संघर्ष गर्ने त कहिले अर्को दलले संघर्ष गर्ने
स्थिति देखिनुको प्रमुख कारण गरिब हो। नेपालमा आर्थिक विकासको गतिमा तिब्रता आउने
हो भने कहिले राजतन्त्र ल्याउन त कहिले राजतन्त्र फाल्न संघर्ष हुँदैन। प्रदर्शनमा
जन धनको क्षति हुँदैन। हालै काठमाडौको तिन कुनेमा जन धनको क्षति भए जस्तो। माओवादी
संघर्ममा १७ हजार व्यक्तिहरुको हत्या भए जस्तो।
नेताहरूले केवल
सक्ति र सत्ताको लागि संघर्ष गरेर, त्याग र मेल मिलापको भावना परित्याग गरेर केवल
आफ्नो हितको मात्र ख्याल गर्ने हो भने नेपालमा गरिबीमा पटक्कै कमी आउँदैन। गरिबी
झन झन बढेर जानेछ। गरिबी जुन स्तरमा बढ्ने छ जनतामा बिद्रोही भाव पनि सोही स्तरमा
बढ्ने छ। देश झनै र थप अशान्त हुने छ। देशको अस्तित्व नै संकटमा पर्ने छ। देशको
अस्तित्व नै संकटमा परे पछि नेताहरूले कहाँ र कसरी राजनीति गर्ने होलान? नेताहरूले
नै जानुन।
तर एउटा कुरा
भने पक्का छ। नेपालमा शान्ति र स्थिरता ल्याउन हामीले गरिबी कसरी कम पार्ने तर्फ
गम्भीरतापूर्वक सोंच्न आवश्यक छ।
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशि: Friday, April 04 ,
2025