पूँजीवाद
पूँजीवादको व्याख्या विभिन्न किसिमबाट गरिएको पाइन्छ।
त्यसकारण पूँजीवादको व्याख्यामा एकरुपता पाउन गार्हो पर्दछ। तर पूँजीवादको
व्याख्या फरक फरक कसिमबाट गरिएता पनि यसका केही आधारभूत कुराहरुमा भने व्याख्या गर्नेहरु
बीच मतैक्यता रहेको पाइन्छ। मतैक्यता के हो भने पूँजीवादको व्याख्या गर्ने सबैले
पूँजीवादमा सम्पत्तिमाथि सरकारको होइन व्यक्तिको नियन्त्रण हुन्छ। बजारमा वस्तुको
मूल्य निर्धारण माग र आपूर्ति बिचको अन्तरक्रियाद्वारा हुन्छ । के वस्तु कुन
परिमाणमा र कहाँ उत्पादन गर्ने भन्ने कुराको निर्णारण सरकारले होइन उपभोक्ताको
मागद्वारा हुन्छ। उत्पादनका साधनहरु- भूमि, श्रम, पूँजी र उद्यमशीलता माथि निजी
स्वामित्व र नियन्त्रण हुन्छ जस्ता कुरा उल्लेख गर्दछन्।
पूँजीवादी अर्थ व्यवस्थामा कुन किसिमको वस्तु उत्पादन गरेर बजारमा
बिक्री गर्ने भन्ने कुरा सरकारको निर्दैशन होइन बजारको माग एवं मुनाफाको आधारमा
निर्धारित हुन्छ।
पूँजीवादलाई बुझ्न मुद्राले धेरै सहयोग पुर्याउने हुनाले
पूँजीवादको विस्तृत व्याख्या भन्दा पहिले मुद्राको विकास र प्रयोग बारे चर्चा
गर्नु सान्दर्भिक देखिन्छ। पूँजीवादको उत्पत्ति र विकासमा मुद्राको महत्वपूर्ण
भूमिका रहेको छ पनि। मुद्रालाई एक त्यस्तो उर्वर भूमिको रुपमा लिन सकिन्छ जसमा
पूँजीवादले उम्रिने र झाँगिने मौका पायो। त्यसकारण पनि पँजीवादको चर्चा गर्दा
मुद्राको चर्चा पहिले गर्नु आवश्यक हुन आउँछ।
मुद्रा के हो?
मुद्रा विनियम गराउने एक माध्यम मात्र हो। यसले मुख्य रुपमा
वस्तु-वस्तु बीच वा वस्तु-सेवा बिच मिनिमय गराउने कार्य गर्दछ। तर आधुनिक अर्थ
व्यवस्थामा मुद्राले केवल विनिमय गराउने कार्य मात्र गर्दैन अन्य थुप्र किसिमका
कार्यहरु पनि गराउँछ। जस्तै, मुद्रा, आधुनिक अर्थ व्यवस्थामा आफै पनि किनबेच हुने
वस्तु हुन पुग्दछ। बजारमा अन्तराष्ट्रिर्य मुद्राहरुको वस्तुको रुपमा किनबेच हुने
गर्दछ।
संसारमा भएका विभिन्न आविष्कारहरु मध्ये तीन आविष्कारहरुलाई
अति नै महत्वपूर्ण मानिन्छ। ती तीन आविष्कारहरु हुन- आगो, पाङ्ग्रा (चक्का) र बैंक
(मुद्रा)।
आगोले मानव जिवनलाई विभिन्न किसिमका सुरक्षाहरु प्रदान
गर्यो। आगोले गर्दा मानिसलाई स्वथ्यकर (पकाएको) खाने कुरा खान पाइने अवस्था सृजना
भयो र आगोको प्रयोग गरेर जंगली जनावरहरुबाट जिवन रक्षा गर्न सजिलो पनि भयो। आगोले
गर्दा मानव सभ्यताको विकासमा तिव्रता आयो।
पाङ्ग्राले मानव जिवनलाई गति प्रदान गर्यो। खुट्टाले सुस्त
गतिमा चल्ने मान्छे पाङ्ग्राको प्रयोग गरेर तिब्र गतिमा एक ठाउँबाट अर्को ठाउँ जान
सक्ने स्थितिमा पुग्यो। पाङ्ग्राको प्रयोगले कृषि र व्यापारको क्षेत्रमा अकल्पनिय
किसिमबाट विकास भयो।
मुद्रा वा वैंकले त मानव सभ्यताको विकासमा मान्छेले
सोंचेभन्दा पनि बढी योगदान पुर्यायो। मुद्राले वस्तु-विनिमय युगका कठिनाई र पीडाहरुलाई
समाप्त नै पारिदियो। वस्तु विनिमय भनेको आफूसंग भएको वस्तु दिएर आफूलाई आवश्यक
पर्ने वस्तु साट्नु वा विनिमय गर्नु हो। मुद्राको उत्पत्ति हुनु भन्दा पहिले कुनै
वस्तु प्राप्त गर्न आफूसंग भएको वस्तु दिनु पर्थ्यो। अथवा वस्तुद्वारा वस्तु
साटासाट गर्नु पर्थ्यो।
वस्तु-विनिमयका अनेक समस्याहरु थिए। उदाहरणका लागि, सुन्तला
उत्पादन गर्ने व्यक्तिलाई सुन्तला विक्री गरेर स्याउ किन्नु पर्ने थियो भने उसले
त्यस्तो व्यक्तिको खोजी गर्नु पर्थ्यो जसले उसंग भएको सुन्तला खरिद गरेर उसलाई
आफूसंग भएको स्याउ देओस। यस्तो स्थितिमा सुन्तला लिएर स्याउ दिने व्यक्ति फेला परे
त वस्तु विनिमय गर्न सजिलो हुन्थ्यो तर स्याउ भएको व्यक्तिले स्याउ दिए बापत
सुन्तला लिन नमाने समस्या उत्पन्न हुन्थ्यो। अर्थात वस्तु साटा हुनका लागि दुवै
थरि एक अर्कासंग भएको वस्तु साटासाट गर्न इच्छु हुनु पर्ने बाध्यता थियो। जुन हरेक
अवस्थामा सम्भव थिएन। दोहरो आवश्यकताको मिलान गर्न जहिले पनि समस्या हुन्थ्यो।
अर्को उदाहरणमा, कुनै व्यक्तिले आफूसंग रहेको दुइवटा भैंसी
मध्ये एउटा भैंसी दिएर दुईवटा बाख्रा किन्ने (साटासाट) इच्छ गर्यो। उसले, उसंग
रहेको भैंसी लिएर बाख्रा दिने मान्छे फेला त पर्यो तर बाख्रा पाल्नेले केवल एउटा
मात्र बाख्रा दिन सक्ने अवस्था रहेको बतायो। यस्तो अवस्थामा एउटा भैंसी दिएर दुईवटा
बाख्रा खरिद गर्न खोज्ने व्यक्तिले, केवल एउटा मात्र बाख्रा पाए बापत भैंसीलाई टुक्रा
पारेर दिन सक्थ्यो होला त?
यसै गरी एउटा अर्को उदाहरणमा, कुनै व्यक्तिले खोला तरेर
अर्को गाउँमा जानु पर्यो र खोला तर्नका लागि डुङ्गाको प्रयोग गर्नु पर्ने थियो र
माझीको सहयोग पनि आवस्यक थियो भने खोला तर्ने व्यक्तिले आफूसंग भएको धान टाउकोमा
बोकेर खोलासम्म जानु पर्ने हुन्थ्यो। तर
माझीले खोला तारे बापत धान होइन गहुँ माग गर्दा फेरि समस्या उत्पन्न हुन्थ्यो। र
खोला तर्ने व्यक्तिले डुङ्गा चढ्नु भन्दा पहिले आफूसंग भएको धान कसैलाई दिएर गहुँ
साट्नु पर्ने बाध्यता हुन्थ्यो। गँहु ल्याएमा मात्र उसले डुङ्गा चढ्न पाउँथ्यो। तर मुद्राको आविष्कार एंव प्रयोगले यस्ता सबै
किसिका समास्याहरु अन्त्य गरिदियो। मुद्राले विनिमयलाई अति नै सरल तुल्याई दियो।
मुद्राले मानव जिवनमा मान्छेले सोंचे जस्तो सरलता मात्र
ल्याएन साथै अनेक थरिका समस्याहरु पनि ल्यायो। र सबै भन्दा ठूलो समस्या त के
ल्यायो भने मुद्राको प्रयोगले गर्दा मानिसलाई धनी हुन सजिलो भयो। मुद्राको
प्रयोगले गर्दा मानिसलाई धनको संग्रह गर्न, लगानी गर्न र ठूलो पूँजीको निर्माण
गर्न ज्यादै सजिलो भयो। मुद्राले गर्दा गरिब र धनी प्रष्ट गरी बिभाजित हुने अवस्था
सृजना भयो।
मुद्राले मानिसलाई धनी हुन कसरी सहयोग पुर्यायो त?
मुद्राको विकास नभएको भए मानिसलाई धनी हुन अहिलेको जस्तो
सजिलो हुने थिएन। एक किसिमले भन्ने हो भने धनी हुन असम्भव नै हुने थियो। उदाहरणका लागि,
मानौ, मुद्राको उत्पत्ति भएको थिएन र कुनै व्यक्तिसंग एक हजार गाई, दुई हजार
भैंसी, पाँच हजार बाख्रा, एक लाख कुखुरा, पाँच हजार क्विन्टल धान, एक हजार क्विन्टल
गहुँ र एक हजार क्विन्टल मकै थियो भने के उक्त व्यक्तिले यी सबै कुराहरु सजिलैसँग
राख्न सक्थ्यो होला त? अवश्य पनि सक्थेन। किनभने यी सबै कुराहरु राख्न सर्व प्रथम
त ज्यादै ठूलो ठाउँ चाहिन्थ्यो, दोस्रो यी सबै कुराहरु हेर्नका लागि सहयोगीहरुको
आवश्यकता पनि उत्तिकै पर्थ्यो। र अर्को ठूलो समस्या त उक्त व्यक्तिलाई के पर्थ्यो
भने आफूसँग भएका सामानहरु समयमा साटासाट गर्न नसके अन्नहरु कुहिएर जाने र जिवित
कुराहरु मर्ने वा तिनलाई जोगाउन कठिन हुन्थ्यो। धनलाई वस्तु र प्राणीको रुपमा ठूलो
संख्या र परिमाणमा राख्न असम्भव नै हुने थियो होला। तर मुद्राको प्रयोगले मानिसका
यस्ता समस्याहरुलाई समाधान मात्र गरेन साथै
जस्तो सुकै सम्पत्तिलाई पनि मुद्रामा परिणत गरेर राख्न सजिलो पारिदियो।
त्यति मात्र होइन आफूसंग रहेको सम्पत्तिलाई मानिसले मुद्रामा परिणत गरेर आफूले
चाहेको स्थानमा सजिलैसंग लग्न सक्ने स्थिति पनि सृजना गरिदियो। मुद्रा नभएको भए
मानिसलाई आफूसंग ज्यादै ठूलो परिमाणमा रहेको सम्पत्ति ( गाई, भैंसी, धान, मकै आदि)
एक ठाउँबाट अर्को ठाउँ पुर्याउन वा आफूले चाहेको ठाउँमा लग्न लगभग असम्भव नै हुने
थियो होला। मुद्राको प्रयोगले मानिसलाई सम्पत्ति एक ठाउँबाट अर्को ठाउँ लग्न सजिलो
पारिदियो। अथवा भनौ, कुनै व्यक्तिले
सम्पूर्ण सम्पत्ति बिक्रेर गरेर अर्को स्थानमा गई व्यापार गर्न सजिलो पारिदियो।
यसरी मुद्राले मानिसलाई धनी हुन सजिलो तुल्याई दियो।
ठूलो परिमाणमा धन थुपार्न मुद्राले गर्दा मानिसलाई अति नै
सजिलो भयो। ज्यादै गरिब र ज्यादै धनी भनी बिभाजन रेखा कोर्ने काममा पनि मुद्राले
महत्वपूर्ण भूमिका खेल्यो। यसै गरी, मुद्राले धनको प्रयोग (लगानी) गरेर पुन:धनको सृजना
(मुनाफा र ब्याजको रुपमा) गर्न सजिलो हुने वातावरण पनि बनायो। त्यसकारण पूँजीवादको
बिरोध गर्नेहरुले पूँजीवादको बिरोध गर्नु भन्दा पहिले मुद्राको बिरोध गर्नु पर्ने देखिन्छ।
मुद्राले मुख्य रुपमा निम्न चार कार्यहरु गर्दछ-
१ विनिमयको
माध्यम (Medium of exchange)
२ मूल्यको मापन
(Measure of value)
३ समयान्तर
भुक्तानीको मापदण्ड (Standard of
deferred payment)
४ मूल्यको
संग्रह (Store of value)
विश्वराज अधिकारी