नेपाल अर्को सिरिया हुने खतरा
कुनै समय शान्त रहेको मध्यपूर्वको देश सिरिया अहिले कुरुक्षेत्र भएको छ।
सन् २०११ मा केवल राष्ट्रपति बशर–अल–असदको निरङ्कुश शासन व्यवस्थाको विरोध र राजनैतिक स्वतन्त्रताको माग गर्न
सञ्चालन गरिएको साधारण किसिमको स्थानीय विरोधले अहिले भीषण गृहयुद्धको रूप लिएको
छ। गृहयुद्ध पनि यति भयानक र हृदयहीन हुन पुगेको छ कि भर्खर बामे सर्न थालेका
बालबालिका समेतलाई पनि युद्धरत पक्षले छाडेको छैन। तिनीहरूमाथि पनि बम वर्षा
गरिरहेका छन्। निर्मम किसिमले बालबालिकहरूको पनि हत्या गरिरहेका छन् ।
सन् २०११ मार्चमा दारा भन्ने ठाँउमा सानो जन प्रदर्शनबाट शुरु भएको विरोधले अहिले भीषण गृहयुद्धको रूप त लिएको छ नै, साथै संसारभरिका राजनैतिक शक्तिहरूलाई सिरियामा पसेर आप्mनो ताकत देखाउन र राजनैतिक फाइदा उठाउन बाटो पनि खोलिदिएको छ। कट्टर जातीय सङ्गठन, इस्लामिक स्टेट, (क्ष्कबिmष्अ क्तबतभ) जसले यो संसारलाई नै एउटा इस्लामिक राष्ट्र बनाउने उद्देश्य राख्दछ र त्यसको लागि धर्मयोद्धाहरूलाई जीवन बलिदान गर्न प्रोत्साहित र निर्देशित गर्दछ, लाई जातीय चरम अत्याचार गर्न सजिलो पारिदिएको छ। इस्लामिक स्टेटका धर्मयोद्धाहरूले धर्मको नाममा, अन्य धर्ममा आस्था राखेको कारण हजारौं मानिसको निर्मम हत्या गरिसकेका छन् र त्यो सिलसिला अहिले पनि जारी छ। इराक भित्र पसेर, गैरइस्लामिक समुदाय र मुख्य गरी यजिदीहरूको ठूलो सङ्ख्यामा हत्या गरेका छन्, इस्लामिक स्टेटका धर्मयोद्धाहरूले। इस्लामिक स्टेटका धर्मयोद्धाहरूले अहिलेसम्म १५ हजारभन्दा बढी व्यक्तिहरूको हत्या गरिसकेको अनुमान गरिएको छ। उनीहरूले निर्दाेष नागरिकको हत्या गरेर लाशलाई सामूहिक किसिमले पुरेको सयौं चिहान फेला परेका छन्।
अहिले सिरियामा भएको गृहयुद्धमा युद्धरत पक्षहरूले अन्तर्राष्ट्रिय युद्ध नियमको पनि चरम उल्लङ्घन गरिरहेका छन्। मान्छेलाई जनताको अगाडि काट्ने, जलाउनेजस्ता मानवता विरोधी कार्य विद्रोहीहरूले गरिरहेका छन्। यो कार्य खासगरी इस्लामिक स्टेटले गरिरहेको छ।
सातौं वर्षमा प्रवेश गर्न थालेको सिरियाको गृहयुद्धमा बितेको छ वर्षमा ४ लाख ७० हजार भन्दा बढी नागरिकको हत्या भइसकेको छ। युद्धबाट अति प्रभावित ४१ लाख नागरिक सिरिया छाडेर अन्य मुलुकमा शरण लिन बाध्य भएको छ। यसैगरी ६५ लाख नागरिक घर छाडेर सिरियाभित्रै अनेक स्थानमा विस्थापित हुन पुगेको छ। सरकारी सेना र विद्रोहीबीच हुने दोहरो भीडन्तमा कुन बेला ज्यान जाने हो सिरियालीहरू हरदम त्रसित रहनुपर्ने स्थिति छ। कहीं पनि, कुनै बेला पनि, भीषण हवाई हमला हुने स्थिति छ।
सिरियाभित्र अहिले अनेक विद्रोही सङ्गठनहरू राष्ट्रपति असदको शासन व्यवस्था पतन गराउन सक्रिय छन् तर अचम्म १ यी विद्रोही सङ्गठनहरूबीच नै एकता छैन र उनीहरूबीच पनि युद्ध हुने गर्दछ। अहिले सिरियामा विभाजित अल–कायदाका दुई सङ्गठन– इस्लामिक स्टेट र अल–नुस्रा फ्रन्ट, यसैगरी कुर्दिस समूह, जातीय सङ्गठनहरू, हेजबुल्ला, फ्रि सिरियन आर्मीजस्ता अनेक सरकार विद्रोही सङ्गठनहरू युद्धरत छन्। सिरियाको ठूलो भाग अहिले पनि जातीय सङ्गठन इस्लामिक स्टेटको नियन्त्रणमा छ।
सिरियामा अहिले मध्य पूर्वका दुई शक्तिसाली राष्ट्र– इरान र साउदी अरेबियाले परोक्ष युद्ध (एचयहथ धबच) गरिरहेका छन्। यी राष्ट्रहरूको लगि सिरिया अहिले शक्ति प्रदर्शन गर्ने स्थान बनेको छ। कतार, इजराइल, लेबनान, फ्रान्स, संयुक्त अधिराज्य, जोर्डन, अमेरिकाजस्ता राष्ट्रहरू सिरियाको गृहयुध्दमा अप्रत्यक्षरूपमा संलग्न भएका छन् । रूस र टर्की त प्रत्यक्षरूपमैं संलग्न भएका छन्। निरङ्कुश एवं अति महŒवाकाङ्क्षी रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सिरिया अहिले आप्mनो मसल देखाउने र युरोप र अमेरिकालाई तर्साउने माध्यम बनेको छ। रूसले असदको सरकारलाई सहयोग गर्न सन् २०१५ को सेप्टेम्बर महिनामा लताकिया नजिक रहेको सैनिक क्षेत्रमा युद्ध–बिमान, हेलिकप्टर, सतहबाट आकाशमा प्रहार गर्ने मिसाइल का साथै दुई हजार सेना सम्बद्ध कर्मचारीहरू तैनाथ गरेको थियो । सिरियाली गृहयुद्धमा परोक्ष वा प्रत्यक्ष संलग्न राष्ट्रहरूलाई सिरियाली नागरिकको चिन्ता छैन, चिन्ता छ भने केवल आफ्नो स्वार्थको।
असदको पतन गराउन वा असदका विरोधीहरूलाई सहयोग गर्न वा धर्मयुद्ध (जेहाद) मा भाग लिन विश्वभरिबाट अहिले ३० हजारभन्दा बढी धर्मयोद्धाहरू सिरिया पुगेका छन्। ट्युनिसिया, साउदी अरेबिया, रूस, जोर्डन, टर्की, फ्रान्स, बेलायत, मोरक्को, लेबनान, इजिप्ट, जर्मनी, अफगानिस्तान, पाकिस्तान लगायत विश्वका अनेक राष्ट्रबाट जेहादीहरू सिरिया पुग्ने क्रम जारी छ।
सिरियालीहरू अहिले दोहोरो प्रहारमा परेका छन्। एकातिर उनीहरूलाई असदको सेनाले दुःख दिरहेको छ भने अर्काेतिर विद्रोही सङ्गठनका लडाकूहरूले। यी दुई शक्तिको चेपमा परेर लाखौं निर्दाेष सिरियालीको ज्यान गइरहेको छ। सिरियाली गृहयुद्ध अहिले यस्तो पेंचिलो समस्या बनेको छ जसको समाधान टाढा टाढासम्म देखिएको छैन। यो गृहयुद्धमा यति धेरै किसिमका देशी–विदेशी स्वार्थहरू पसेका छन् कि उनीहरूबाट सिरियालाई टाढा लगेर सिरियाली जनतालाई सुरक्षा प्रदान गर्नु दिवास्वप्न हुन पुगेको छ।
सिरियालाई यस्तो स्थितिमा कसले पु¥यायो?
यो प्रश्न आफैमा जटिल छ र यसको उत्तर दिन त्यति सजिलो छैन। मध्यपूर्वका देशहरूमा प्रजातन्त्र फस्टाउन सकेको छैन र प्रायःजसो मुलुकहरूमा दृश्य वा अदृश्य रूपमा निरङ्कुशतन्त्र हावी छ। इरान, साउदी अरेबिया, जोर्डन, टर्की, येमन जस्ता मुलुकहरूले ठीकसँग प्रजातन्त्र देख्न पाएका छैनन्। कुनै समयमा अति उदार मानिने इरान अहिले कट्टरपन्थीहरूको हातमा छ भने टर्की पनि विस्तारै निरङ्कुशताको दिशातर्फउन्मुख छ। यस्तो स्थितिमा सिरियाभित्र प्रजातन्त्रको माग गर्नु विदेशी शक्तिहरूलाई सिरियाको मामिलामा हस्तक्षेप गराउनु हुन पुग्यो। यस दृष्टिकोणबाट हेर्दा सिरियालाई यो स्थितिमा पु¥याउन सिरियाली नागरिक नै जिम्मेवार देखिन्छन्।
सिरियालाई यो स्थितिमा पु¥याउन राष्ट्रपति असदको सरकारको भने ठूलो भूमिका छ। असदको सरकारले घर भित्रको कलह शान्तिपूर्ण किसिमले समाधान गरेको भए, विदेशी शक्तिहरूको प्रवेश नगराएको भए स्थिति यस्तो हुने थिएन। सिरियाभित्र फैलिएको असद विरोधी आन्दोलन दबाउन सरकारले अति बल प्रयोग गरेको र राजनैतिक समाधान नखोजेको हुनाले नै स्थिति यस्तो भयावह हुन पुगेको हो। असद सरकारभन्दा पनि असद सरकारबाट फाइदा उठाउने व्यक्तिहरूको यसमा ठूलो हात छ, सिरियालई यो स्थितिमा पुर्याउन। असदको पतनमा आप्mनो अहित देख्नेहरूले असदलाई थप निरङ्कुश हुन उक्साए।
अक्षम नेता र उनीहरूलाई सघाउने राजनैतिक सङ्गठन र ती सङ्गठनका कार्यकर्ता एवं सम्बद्ध व्यक्तिहरूको अदूरदर्र्शी क्रियाकलापले गर्दा नेपाल पनि सिरिया हुने हो कि भन्ने चिन्ता हुन थालेको छ। नेपालमा हुने विभिन्न किसिमका सङ्घर्षहरूले नेपाल र नेपालीलाई सबल तुल्याउने नभएर विदेशी शक्तिहरूलाई नेपालभित्र प्रवेश गरेर नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न सजिलो हुने स्थिति निर्माण गरिदिइएको छ। नेपालमा हुने जातीय एवं क्षेत्रीय आन्दोलनले त नेपालभित्र विदेशी शक्तिहरूलाई पस्न झनै अनुकूल स्थिति उत्पन्न गरिदिएको छ। विगतमा भएको मधेस आन्दोलनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न भारत र चीनलाई अति सरल तुल्याइदिएको सबैले अनुभव गरेकै कुरा हो।
नेपालको आन्तरिक मामिलामा भारतले प्रत्यक्ष हस्तक्षेप गरे तापनि, माइक्रो मैनेजमेन्टमा सक्रिय भाग लिए तापनि, चीनले भने अहिलेसम्म प्रत्यक्ष हस्तक्षेप गरेको देखिएको छैन। यसैगरी अन्तर्राष्ट्रिय शक्तिहरूले नेपालको राजनीतिलाई अप्रत्यक्षरूपले प्रभावित पारे तापनि, प्रत्यक्षरूपले भने प्रभावित पारेको देखिएको छैन। तर नेपालमा विभिन्न बहानामा अनेक सङ्घर्षहरू यसै किसिमले भएमा, सरकार अस्थिर हुँदै गएमा, कर्मचारीतन्त्र जनतामुखी नएर पार्टी र नेतामुखी हुँदै गएमा, नेताहरू स्वार्थ केन्द्रित भएमा र राजनैतिक दलहरूले राष्ट्रिय समस्याको समाधान शान्तिपूर्ण तवरले देशभित्र नखोजेर दिल्ली एवं बेजिंग दौडेमा, नेपाल सिरिया हुन बेर लाग्नेछैन। नेपाल सिरियाजस्तो हुन पुगेमा नेपालीहरूले कुन स्तरसम्मको दुःख पाउने छन् भन्ने यथार्थ सिरियाको गृहयुद्ध हेरेर सजिलै अनुमान गर्न सकिन्छ। नेपाल, भारत र चीनको परोक्ष युद्ध गर्ने स्थल भएमा नेपालीहरूको स्थिति कस्तो हुने हो? कल्पना गर्दा पनि डर लाग्छ। पञ्चायतकालमा नेताहरूले नेपाललाई परोक्ष युद्ध हुने स्थल हुन दिएका थिएनन्। छिमेकी अफगानिस्तानमा अमेरिका र सोभियत रूसबीच परोक्ष युद्ध भए तापनि नेपालमा परोक्ष युद्ध हुन पाएको थिएन किनभने त्यति खेर पञ्चायतका नेताहरूले आफ्नो व्यक्तिगत स्वार्थका लागि भारतप्रति अति भक्ति देखाएका थिएनन्। नेपालभित्र विदेशी हस्तक्षेप हुने स्थिति सृजना गरेका थिएनन्, प्रजातन्त्र फस्टाउन नदिए तापनि। तर अहिले नेताहरूले गरिरहेका छन्। नेपाललाई भारतपरस्त बनाउन पुष्पकमल दहालको ठूलो भूमिका छ।
तर अब यो नयाँ परिस्थितिमा, नेपाललाई सिरिया हुन नदिन जनता र नेता दुवै पक्षले गम्भीरतापूर्वक सोच्न आवश्यक छ। बैलेमा नसोचेमा नेपालको बर्बादीको साक्षी नेपालीहरू नै हुनुपर्नेछ। विदेशी शक्तिहरूले त नेपालमा हुने अस्थिरतामा केवल आप्mनो स्वार्थ मात्र देख्नेछन, सहयोगको हात बढाउने छैनन्। नेपालका सबै राजनैतिक दलका नेताहरूले यो यथार्थ बुझिदिए हुनथ्यो।

विश्वराज अधिकारी
(प्रतीक दैनिकमा प्रकाशितिFriday,
September 2, 2016)
No comments:
Post a Comment