ज्ञान
नै पूँजी
ज्ञान
नै पूँजी हो। ज्ञानले नै उत्पादनका साधनहरू (भूमि, श्रम, पूँजी
र सङ्गठन) को उच्च प्रयोग गर्दछ। ज्ञानको कमी छ भने माथि उल्लेख गरिएका उत्पादनका
साधनहरूको प्रचुरता भएपनि कुनै मुलुकले आर्थिक विकास गर्न सक्तैन। यसकारण कुनै पनि
मुलुक गरीब हुनु त्यहाँ धन सम्पत्तिको अभाव भएर हो भन्ने मान्यता पूर्णतया प्रचीन
हो। अमेरिका र युरोपेली राष्ट्रहरूले गरेको आर्थिक प्रगतिले यस तथ्यको स्पष्ट
किसिमले पुष्टि गर्दछ। यी भूखण्डहरूमा ज्ञानको विकासमात्र भएन, त्यसको व्यवस्थापन र प्रयोग पनि
प्रभावकारी किसिमले भयो। ज्ञानको अभिलेखीकरण पनि व्यवस्थित किसिमले भयो।
तर हामी दक्षिण एशियालीहरू ज्ञानको क्षेत्रमा
सर्वदा पछाडि रहेका छौं। अहिले पनि ज्ञानप्रति हाम्रो भोक तीव्र हुन सकेको छैन।
अहिले पनि हामी परम्परागत सोंचमा अल्झेकामात्र छैनौं, त्यसलाई त्याग्नसमेत तयार छैनौं। अहिले
पनि हामी भूत, प्रेत, बोक्सी आदिमा विश्वास गर्छौं। दाइजो, तिलक लिनुदिनु आफ्नो कुलको
मर्यादा सम्झेर गर्व गर्छौं। माथिल्लो जाति र तल्लो जाति भनी भेद गर्छौं। जुन
जातीय प्रथाले दक्षिण एशियालीहरूलाई अति निर्धन तुल्याउनमा केन्द्रीय भूमिका
निर्वाह गर्यो, त्यसमा हामीलाई गर्व छ। त्यसलाई शिरमा
राखेर बाँच्न सदा तत्पर छौं। तर त्यसै जातीय प्रथाले हाम्रो बौद्धिक विकास उच्च
स्तरमा पुग्न दिएन भन्ने कुरा हामीले कहिले सोचेनौं। यसले गर्दा बौद्धिक विकासमा
हामी जहिले पनि पछाडि पर्न गयौं। जति पनि नयाँ खोज, आविष्कार, अनुसन्धान
भए, पश्चिमा राष्ट्रहरूले गरे। हामीले केवल
अनुसरण गर्यो। आफैंले कुनै नयाँ आविष्कार गरेनौं ।
विज्ञानले भन्छ–जुन समाज जातीय रूपमा विभाजित
छ, त्यहाँ जन्मेका व्यक्तिहरूको दिमाग, जुन समाज जातीयरूपमा विभाजित छैन, त्यसका व्यक्तिहरूको दिमागभन्दा पछाडि
हुन्छ। यस्तो किन हुन्छ? एउटा
जातिको व्यक्तिको बिहेबारी अर्को जातिको व्यक्तिसँग भयो भने त्यस जोडीबाट जन्मेको
सन्तान तुलनात्मकरूपमा (सजातीय
भन्दा) तीक्ष्ण दिमागको हुन्छ। विज्ञानले यही भन्छ र व्यवहारले पनि। यै कारण हो
अमेरिकी र युरोपेलीहरू विश्वका अन्य मुलुकका नागरिकभन्दा तीक्ष्ण दिमागका छन्।
यस्तो अमेरिकी र युरोपेली समाज जातिहीन भएर हो।
दक्षिण एशियाली समाज विभिन्न जातिमा विभाजित
मात्र छैन, यो समाजमा बिहेबारी पनि पूर्णरूपमा
सजातीयसँगमात्र हुन्छ। ब्राह्मणको ब्राह्मण, यादवको यादव, कोइरीको कोइरी, मण्डलको मण्डल, मगरको मगर, लिम्बूको
लिम्बूसँग मात्र बिहेबारी हुन्छ। यसरी एउटा वंशको मिश्रण अर्को वंशसँग हुन पाउँदैन
र तेस्रो वंश वा वर्णशङ्करको सृजना हुन पाउँदैन। व्यवहारले भने वणशङ्करबाट
जन्मेकाहरू तीक्ष्ण दिमागका हुन्छन् भन्ने देखाएको छ। यै भएर फ्रेन्च, अङ्ग्रेज, स्पेनिसहरूले संसारभरि साम्राज्य खडा
गरे किनभने उनीहरूको दिमाग हाम्रो दिमागभन्दा तीक्ष्ण थियो र अहिले पनि छ।
उनीहरूको दिमाग तीक्ष्ण, उनीहरू
जातिविहीन समाजमा जन्मेको कारणले भएको थियो। वर्णशङ्कर भएर भएको हो।
कुनै समय दक्षिण अमेरिकाको लगभग सम्पूर्ण
राष्ट्रमा स्पेनको उपनिवेश फैलिएको थियो। त्यसको असरस्वरूप अहले पनि दक्षिण
अमेरिकाका लगभग सबै राष्ट्रमा स्पेनिस (भाषा) बोल्ने गरिन्छ। यसैगरी कुनै समयमा
अफ्रिकाका अनेक राष्ट्रहरूमा फ्रान्सको उपनिवेश फैलिएको थियो। अफ्रिकामा फ्रेन्च (भाषा) बोल्ने राष्ट्रहरू अहिले पनि धेरै
छन्। अङ्ग्रेजहरूले अफ्रिका र एशिया, दुवैतिरका राष्ट्रहरूमा उपनिवेश खडा गरेका थिए। हाम्रो छिमेकी भारतमा
नै अङ्ग्रेजहरूले सयौं वर्ष शासन गरे। भारतबाट अहिले अङ्ग्रेजहरू गए तापनि
अङ्ग्रेजी (भाषा) गएको छैन। अहिले पनि बहुसङ्ख्यक भारतीयहरू हिन्दी वा आफ्नो प्रान्तीय
भाषा बोल्नुभन्दा अङ्ग्रेजी बोल्न गर्व गर्छन्। अङ्ग्रेजी बोलेर आफू शिक्षित वा
उच्च वर्ग भएको प्रभाव पार्न खोज्छन्।
स्पेन, फ्रान्स, बेलायतले
के संसारभरि हतियार वा शक्तिको भरमा उपनिवेश खडा गरेका थिए? होइन, यी
राष्ट्रहरू उपनिवेश खडा गर्न विभिन्न मुलुकहरूमा प्रवेश गर्दा खाली हात पसेका थिएस
नितान्त खाली हात। साथमा केही पनि थिएन, केही थियो भने ज्ञान। उनीहरू केवल ज्ञान लिएर पसेका थिए।
सन् १६०० तिर अङ्ग्रेजहरू भारतीय
उपमहाद्वीपमा प्रवेश गर्दा उनीहरू त्यहाँ प्रवेश गर्नुको प्रमुख उद्देश्य केवल
व्यापार गर्नु थियो। दक्षिण एशियामा व्यापार गर्नका लागि अङ्ग्रेजहरूले एउटा
व्यापारिक संस्था स्थापना गरेका थिए जसको नाम थियो ‘इस्ट इन्डिया कम्पनी’। भारत
आउनुपूर्व अङ्ग्रेजहरू बर्मा (म्यान्मा) पुगेका थिए। पछि भारतको वैभव (धन, सम्पत्ति) ले लोभ्याएपछि उनीहरू
बर्माबाट भारत आएका थिए र दक्षिण एशियामा शासन गर्नका लागि भारतलाई केन्द्र बनाएका
थिए।
तत्कालीन भारतीय समाजभन्दा अङ्ग्रेजहरू अति
तीक्ष्ण दिमागका थिए। यो कारणले गर्दा उनीहरूले आप्mनो आर्थिक विकास गर्दा भारतीयहरूको पनि विकास गरिदिए। उनीहरूले
दार्जिलिङसम्म पुग्ने रेलसेवा निर्माण गर्दा, संसारमैं नयाँ र जटिल प्रविधि भएकोले, निकै चर्चा पाएको थियो। किनभने त्यो भन्दा पहिले उच्च पहाडी भूभागमा
पुग्ने रेलसेवाको विकास भएको थिएन। भारतभरि रेलसेवाको विस्तार गर्ने श्रेय ङ्ग्रेजहरूलाई
नै जान्छ। त्यति मात्र होइन, अङ्ग्रेजहरूले उद्योगको बलियो जग पनि भारतमा खडा गरे। भारत अहिले पनि
‘कमनवेल्थ’ को सदस्य छ। कमनवेल्थ, त्यो संस्था हो जसका सदस्यहरू कुनै समय, प्रत्यक्ष वा अप्रत्यक्ष, बेलायती उपनिवेश थिए।
भनिन्छ भारतीय समृद्धि र इतिहासलाई विश्वसामु
ल्याउन अङ्ग्रेजहरूको ठूलो हात छ। कौटिल्य वा चाणक्यको थिए भन्ने कुरा आम
भारतीयलाई थाहा थिएन। अङ्ग्रेजहरूले चाणक्यबारे अनेक खोज र अनुसन्धान गरेर
सार्वजनिक गरे पछि आम भारतीयले चाणक्यबारे थाहा पाए। चाणक्य मात्र होइन, चन्द्रगुप्त मौर्यबारे पनि
अङ्ग्रेजहरूले धेरै अनुसन्धान गरे। सिन्धुघाटी सम्भयताको विकास भारतीय
उपमहाद्वीपमा भएको थियो भन्ने कुरा पनि अङ्ग्रेजहरूले नै पत्ता लगाएका हुन्।
चन्द्रगुप्त मौर्यको प्रभाव प्राचीन ग्रीसमा फैलिएको थियो भन्ने खोज पनि
अङ्ग्रेजहरूले नै गरेका हुन्।
निष्कर्षतिर लागौं। कुनै पनि राष्ट्रको
आर्थिक समृद्धि त्यस राष्ट्रको जनताको बौद्धिकस्तरमा भर पर्छ। त्यस राष्ट्रमा
उपलब्ध बहुमूल्य स्रोत एवं साधन आदिमा भर पर्दैन। स्रोत एवं साधनमा भर पर्ने भएको
भए चारैतिरबाट शत्रुहरूले घेरिएको र प्राकृतिक स्रोत र साधनको अभाव रहेको इजराइलले
यस किसिमको आर्थिक विकास गर्ने थिएन।
हामी दक्षिण एशियालीहरू ज्ञानको विकास, प्रयोग र व्यवस्थापनभन्दा केवल फुस्रो
गर्व गर्नमा रुचि राख्छौं। हामी जातीयता, क्षेत्रीयता, वर्ग, कुल, वंश, साम्प्रदायिकता, पहिचान आदिमा गर्व गर्छौं। र यसरी गर्व गर्ने आफ्नो त्यो
मनोविज्ञानलाई सांस्कारिक र महान् ठान्छौ। ‘महाभारतकालीन मानसिकता’ बाट बाहिर आउन
सकिरहेका छैनौं। मतभेद, झगडा, नासमझी, अविश्वास, खिचातानी, द्वन्द्वको मनोविज्ञानबाट हामी मुक्त
हुन सकेका छैनौं। केवल कलहको विषय खोज्न व्यस्त रहन्छौं। यस्तो स्थितिले आर्थिक
विकास सम्भव हुँदैन।
अब समय फेरिएको छ। यो फेरिएको समयमा हामीले
हाम्रो पुरातन सोचमा परिवर्तन गर्नुपर्छ। देश र समाजको विकास गर्न बौद्धिक (ज्ञान)
पूँजीको भरपूर प्रयोग गर्नु पर्छ। यो समयको माग हो।
Bishwa R Adhikari
Published in Prateekdaily on Friday, August 24, 2018
No comments:
Post a Comment