कसरी हासिल गर्यो चीनले ठूलो आर्थिक उपलब्धि?
कुनै समयमा चीनमा ठूलो गरिबी थियो। करोडौ
व्यक्तिहरू बेरोजगार थिए। केही दसक पहिलेसम्म पनि विश्व अर्थ व्यवस्थमा चीनको कुनै
हैसितय थिएन। सन् १९८० भन्दा पहिले चीन विश्व अर्थ व्यवस्थबाट अलग थियो। छुट्टिएको
अवस्थामा थियो। तर सन् १९८० पछि चीनले क्रमिक रुपमा आर्थिक प्रगति गर्न प्रारम्भ
गर्यो। र गएको ३०।४० वर्ष भित्रमा पहिलो संयुक्त राज्य अमेरिका पछि चीन विश्वको
दोस्रो ठूल अर्थ व्यवस्था हुन पुग्यो। जापान, जर्मनी, संयुक्त अधिराज्य, फ्रान्स
जस्ता विश्व महा आर्थिक महाशक्तिहरूलाई उछिनेर चीन अहिले विश्वको दोस्रो ठूलो
अर्थतन्त्र हुन पुगेको छ। सन् २०२१ को तथ्यांक अनुसार जापान, जर्मनी, सुंक्त
अधिराज्य, फ्रान्स, भारत, इटाली, ब्राजिल, क्यानाडा क्रमश:
विश्व तेस्रो, चौथो, पाँचौ, छैठौ, सातौ, आठौ, नवौं र दसौ ठूला अर्थतन्त्रहरू हुन। चीनको
कुल गार्यहस्थ उत्पादन विश्वको एक नम्बर आर्थिक महाशक्ति संयुक्त राज्य अमेरिकाको
हाराहारीमा पुग्न थालेको छ। अमेरिकाको कूल गार्यहस्थ उत्पादन २०. ४९
ट्रिलियन डलर छ भने चीनको १३. ४ ट्रिलियन डलर छ। चीनले कसरी
चमत्कारी किसिमले आर्थिक प्रगति गर्यो? चीनको अर्थतन्त्रलाई के कस्ता कुराहरूले
प्रगतिको सर्वाधिक उच्च शिषरमा पुर्याए। आउनु होस ती तत्वहरूको खोजि र चर्चा गरौ
जुन तत्वहरूले चीनलाई विश्वको दोस्रो ठूलो अर्थतन्त्र तुल्याए।
हुन त अर्थशास्त्री एवं विज्ञहरू चीनमा चमत्कारी
किसिमले आर्थिक प्रगति हुनुको कारण नेता देङ्ग सियायोपिंगको उदयलाई मान्दछन।
देङ्गले सर्वप्रथम चीनको राजनीतिमा आफूलाई सर्वाधिक शक्तिसाली तुल्याए। त्यस पछि
उनले माओ त्सेतुंगले चीनको अर्थतन्त्रलाई टाउको तल र खुट्टा माथि गरेको स्थितिमा
सुधार गरेर खुट्टा तल टाउको माथि पारे। देङ्गले चीनको अर्थ व्यवस्थालाई ठिक
स्थानमा ल्याए। देङ्गले चीनमा अनेक किसिमका आर्थिक सुधारहरू गरे। बन्द अर्थ
व्यवस्थमा रहेको चीनिया अर्थतन्त्रलाई उनले खुला बजार वा बजार अर्थ व्यवस्थमा लगे।
र सवार्धिक महत्वपूर्क कार्य देङ्गले चीनको अर्थ व्यवस्थालाई विश्व अर्थ
व्यवस्थासंग जोडे। देङ्गो उदार आर्थिक नीतिले गर्दा चीनका सामानहरू अहिले विश्व
अनेक मुलुकहरुमा पाउन सकिन्छ त्यो पनि अति सस्तो मूल्यमा।
चीनको आर्थिक प्रगति चमत्कारी किसिमले हुनका लागि
अनेक तत्वहरूले पनि काम गरेका छन तर ती चर्चामा छैन। ती तत्वहरूले चीनलाई तिब्र
गतिमा आर्थिक प्रगति गर्न सहयोग पुर्याए। जसरी गहिरो र होचो सतहले खोलालाई बग्न
सहयोग पुर्याउँछ त्यसै गरी चीनमा देखिएका ती तत्वहरुले चीनको आर्थिक प्रगति तिब्र
गतिमा हुन सहयोग पुर्याए। अर्थात देङ्गका उदार अर्थनीतिका सुत्रहरुलाई कार्यान्वयन
हुन ती तत्वहरुले भरपृर सहयोग गरे। ती तत्वहरूको भरपूर सहयोग नभएको भए देङ्गको
उदार आर्थिक नीतिले काम गर्न कठिन हुन्थ्यो र चीनले अहिलेझै तिब्र गतिमा आर्थिक
प्रगति गर्ने थिएन। आर्थात कुनै पनि आर्थिक नीतिले, त्यो नीति जति सुकै राम्रो
भएता पनि, राम्रो गरी काम गर्न देशको धार्मिक, सामाजिक, राजनीतिक, सांस्कृतिक
व्यवस्था पनि अनुकूल हुन आवश्यक छ।।
चीनमा रहेका यी तत्वहरूले वा यी स्थितिहरूलाई
चीनलाई तिब्र गतिमा आर्थिक प्रगति गर्न सहयोग गरेको देखिन्छ।
धार्मिक कट्टरता नहुन
पाकिस्तान, भारत, इरान, अफगानिस्तान जस्ता
देशहरूमा धार्मिक कट्टरता भएझै चीनमा धार्मिक कट्टरता छैन। कम्युनिष्ट समाजमा
हुर्केका चीनियाहरूमा धर्मान्धता छैन। चीनिया समाजले धर्मलाई भन्दा रोजगारी,
आम्दानी, व्यापार आदिलाई महत्व दिन्छ। भारतको गुजराती समाज कारोबारी भएझै चीनको
समाज पनि कारबारी हो। चीनमा धर्मको नाममा कारखाना बन्द भएको, कसैलाई कुटेर
मारिएको, धर्मेल व्यापारलाई प्रभावित गरेको देखिएको छैन। जुन मुलुकमा धर्मान्धता
बढी हुन्छ त्यस देशले आर्थिक प्रगति सुस्त गतिमा गर्छ, धर्ममा उदार भएको राष्ट्रको
तुलनामा। भारतीय समाज धर्ममा उदार भएको भए, धर्मको नाममा अनेक हिंसा नभएको भए भारत
अहिले विश्वको तेस्रो ठूलो आर्थिक महाशक्ति हुने थियो। तर भारतमा धार्मिक कट्टरता
पनि छ, धर्मान्धता पनि। धर्म मान्नु राम्रो हो। तर धर्मलाई जीवनशैली संग जोड्नु
पर्छ, व्यापारसँग होइन र यही कार्य विश्वका धनी राष्ट्रहरूले गरेका छन्।
राजनीतिक अस्थिरता नहुनु
मुलुकमा व्याप्त रहेको राजनीतिक स्थिरताले तिब्र
गतिमा आर्थिक प्रगति गर्न चीनलाई सहयोग पुर्याएको छ। हुन त त्यहाँ रहेको राजनीति
प्रणाली- कम्युनिष्ट व्यवस्था, ले चीनलाई राजनीतिक रुपमा स्थिर हुन सहयोग पुर्याएको
भन्ने हरू पनि छन। तर पनि चीनमा राजनीतिले उच्च बिन्दुमा स्थिरता पाएको छ।
भेनेज्युएलाले आफूलाई समाजवादी भन्छ र त्यहाँ पनि एक दलीय व्यवस्था छ, तर पनि त्यो
देशले राजनीतिक स्थिरता पाएको देखिंदैन। विश्वका धनी मुलुकहरूमा भन्दा पनि बढी
चीनमा राजनीतिक स्थिरता छ र यो ज्यादै महत्वपूर्ण कुरा हो कुनै पनि राष्ट्र धनी
हुनका लागि, त्यहाँको जनता सुखी हुनका लागि। नेपालमा यही राजनीतिक स्थिरता नभएको
कारणले गर्दा मुलुकले तिब्र गतिमा त परै जाओस बान्छित गतिमा पनि आर्थिक प्रगति
गर्न सकेको छैन। दक्षिण अमेरिका र अफ्रिका धेरै मुलुकहरूले राजनितक अस्थिरताको
कारण आर्थिक प्रगती गर्न सकेका छैन। अफगानिस्तान, हाइटी जस्ता राष्ट्रहरूमा त
राजनीतिक स्थिरता ल्याउन विदेशी सेनाहरू आउनु पर्ने स्थिति हामीले देखेकै कुरा हो।
केन्द्रीय राजनीति कमजोर नहुन
चीनको केन्द्रीय (शक्ति) राजनीति विश्वमा नै
सर्वाधिक बलियो छ। केन्द्रिय राजनीति यति बलियो कम्युनिष्ट व्यवस्थाले गर्दा भएको
हो र कम्युनिष्ट व्यवस्था आफैमा असल व्यवस्था होइन भन्ने हरू पनि लाखौमा छन। तर जे
जस्तो भएता पनि, आर्थिक विकासको दृष्टिकोणले हेर्दा, चीनको केन्द्रीय राजनीति
बलियो हुनुले चीनलाई आर्थिक प्रगति तिब्र गतिमा गर्न अति नै सहयोग पुर्याएको छ।
चीनको केन्द्रीय शक्ति वा राजनीति यतिसम्म बलियो छ कि देश भित्र हुने कुनै पनि
किसिमको राजनीतिक, सामाजिक, धार्मिक बिद्रोहलाई चीनले सजिले साम्य पार्न सक्छ।
आफ्नो देश भित्र हुने कुनै पनि किसिमको जनअसन्तोष दबाउन चीनले विदेश सेना वा
सरकारको सहयोग लिनु पर्दैन। चीनको केन्द्रीय राजनीति बलियो मात्र होइन स्वतन्त्र
पनि छ, उत्तर कोरिया जस्तो कमजोर छैन। नेपाल जस्तो कमजोर छैन। नेपालका नेताहरूले
मुलुकको केन्द्रिय राजनीतिलाई आफ्नो स्वार्थपूर्तिको कारणले गर्दा बलियो हुन दिएका
छैन। राजनीतिक दलहरू विपरित दिशातिर मुख फर्काएर बसेका छन। एउटै राजनीतिक दल दस
चोटी फुटेको छ, दस चोटी जुटेको छ। उदाहरणको रुपमा एमाले (समाजवादी) र
जसपा (लोकतान्त्रिक) को गठनलालई हेर्दा हुन्छ। नेपालका राजनीतिक दलहरुले आफ्नो
निरन्तरको कलहले गर्दा नेपालको केन्द्रिय राजनीतिलाई अति नै कमजोर तुल्याएका छन।
केन्द्रीय राजनीति कमजोरा भएको कारणले गर्दा नेपालको राजनीतिलाई अनेक विदेशी सरकार
र शक्तिहरूले नेपालमा प्रत्यक्ष रुपमा हस्तक्षेप गर्न पाएका छन्।
फितालो इच्छा शक्ति नहनु
आर्थिक विकासका लागि आवश्यक पर्ने दृढ र बलियो
इच्छा शक्ति चीनियाहरू आवश्यकता भन्दा अधिक रहेको पाइन्छ। बढी भन्दा बढी आर्थिक
प्रगति गरेर, धेरै पैसा कमाएर सुविधयुक्त जीवन बिताउनु पर्छ भन्ने भावना
चीनियाहरूमा उच्च रहेको पाइन्छ। कसैगरी पनि पैसा कमाउनु पर्छ भन्ने भाव
चीनियाहरूमा उच्च रहेकोले धर्म र राजनीति सर्वसाधारणको जीवन अहम् बन्न सकेको छैन।
धर्म र राजनीतिले चीनियाहरूलाई पिरोलेको छैन, सिरिया, यमन, भारत, पाकिस्तान,इरान
आदिलाई पिरोले जस्तो छ। खाउँ, पिउँ, मौज गरौ भन्ने भावले चीनियाहरू हर घडी
आम्दानीले डोर्याएको हुन्छ, उत्प्ररित गरेको हुन्छ। राम्रो आम्दानी भएको कारणले
अहिले मध्य वर्गिय चीनियाहरू पनि विश्वको अनेक मुलुकहरूमा घुम्न हिंड्न थालेका छन,
पैसा खर्च गर्न थालेका छन्। परम्परागतरूपमा भने चीनियाहरू पैसा खर्च गर्नमा उदार
होइनन।
कुनै पनि मुलुकले तिब्र गतिमा आर्थिक प्रगति गर्न
त्यस देशाका बासिन्दाहरूमा आर्थिक विकासप्रतिको इच्छा शक्ति बलियो हुनु पर्छ।
आर्थिक प्रगति प्रतिको इच्छा शक्ति बलियो भएमा मात्र राष्ट्रले आर्थिक विकास गर्छ।
यो कुराको पुष्टि चीनको अर्थिक विकासले गरेको छ।
कम जनसंख्या नहुनु
हुन त भोलिका दिनमा के होला भन्न सकिने स्थिति
छैन। चीनले अझै आर्थिक प्रगति गरेर, श्रमिकहरुको ज्याला पनि बृद्धि गर्नु पर्ने
स्थिति भएर, चीनमा उत्पादन लागत बढ्ने स्थिति आउन सक्छ। त्यो स्थितिले चीनिया
समानहरु महँगो हुन सक्छ। चीनका उत्पादनहरुको प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आउन
सक्छ। तर अहिलेको लागि भने अधिक जनसंख्या हुनुको फाइदा चीनले उठाएको छ। धेरै
जनसंख्या भएको कारणले, कम ज्याला भुक्तान गर्दा श्रमिकहरू उपलब्ध हुन सकेको
स्थितिले उत्पादन लागत कम पर्न गएको छ। चीने सस्तोमा सामान उत्पादन गरेर विश्वका अनके
बजारहरूमा सस्तोमा बिक्री गर्न सक्ने औसर पाएको छ। त्यसकारण अहिले मुलुकमा रहेको
ठूलो जनसंख्याले चीनलाई विश्वको दोस्रो आर्थिक महाशक्ति हुन सहयोग पुर्याएको छ।
ठूलो जनसंख्या भएको कारणले गर्दा नै चीनले सस्तोमा वस्तुहरू उत्पादन गर्न सकेको
हो। अनि ती सामानहरु विश्व-बजारमा बिक्री गर्न सकेको हो।
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित: Friday, August 20, 2021