Wikipedia

Search results

Friday, January 29, 2016

Nepal: Victim of Fights of Ideology-Article-198

विचारको युद्धमा चेपिएको नेपाल

प्रथम वा दोस्रो विश्वयुद्ध वा अन्य विभिन्न युद्धहरू विगतमा केवल शक्तिका लागि भएका थिए । युद्धमा संलग्न हुने वा युद्धनायकहरूले युद्ध गर्नुको प्रमुख उद्देश्य कुनै खास क्षेत्र वा विश्वभरि नै शक्तिशाली हुनु थियो । आफ्नो शक्तिले थिचोमिचो कायम गर्नु थियो । तर अहिले जे जति युद्धहरू विश्वभरि मच्चिएका छन, यी सबै प्राय:गरी विचारका युद्धहरू हुन् । विचारका युद्धहरू अस्त्र, शस्त्रका युद्धहरूभन्दा झन बढी घातक एवं बढी हताहत गर्ने किसिमका देखिएका छन् । विचारको युद्ध अफ्रिका, युरोप हुँदै एसियासम्म जुन किसिमले अहिले फैलिरहेको छ, त्यो हेर्दा लाग्छ यो युद्ध विगतका युद्धहरूभन्दा बढी विनाशकारी हुनेछ । यसले बढी हताहत गर्नेछ । ठूलो मात्रामा मानवविनाश गर्नेछ ।
के हो विचारको युद्ध भनेको ?    
आफ्नो विचार अरूमाथि लाद्नका लागि, आफूले लिएको विचार नै सही हो र अरूले लिएको विचार गलत हो भनी प्रमाणित गर्नका लागि, आफ्नो विचारका समर्थकहरूको सङ्ख्या तीव्र गतिमा विस्तार गर्नका लागि, आफ्नो विचारद्वारा सत्ता र शक्ति प्राप्त गर्नका लागि र आफ्नो विचारद्वारा अरूको बुद्धि भुट्नका लागि अहिले चारैतिर विचारयुद्ध घातक किसिमले फैलिरहेको छ । अफगानीस्तान र पाकिस्तानमा तालिबानीले गर्ने खुनी हमला, टर्कीमा कुर्दहरूको सङ्घर्ष, इरान र साउदी अरबियाबीच परोक्ष लडाइ वा शियासुन्नी सङ्घर्ष, नाइजेरियाको बोको हरामको ससस्त्र सङ्घर्ष, सोमालियाको अल सवाहको आतङ्क कोलम्बियाको फार्क विद्रोहीहरूद्वारा गरिएको गृहयुद्ध, भारतका नक्सलीहरूको हिंसक छापामारी, सिरिया र इराकको विभिन्न क्षेत्रमा आइएसले मचाएको खुनी आतङ्क सबै केवल विचारयुद्ध हुन् । विचार विस्तारका युद्ध हुन् । मेरो विचार सही अरूका विचार गलतसँग सम्बन्धित युद्ध हुन् । एउटा विचारमाथि अर्को विचारको विजय विचारद्वारा नै नभएर अहिले एउटा विचारमाथि अर्को विचारको विजय युद्धद्वारा, अस्त्रशस्त्रको प्रयोगद्वारा भइरहेको छ ।
नेपालमा विचार युद्ध
 नेपालमा ज्यादै जनधनको क्षतिसहित माओवादीहरूद्वारा मचाइएको घातक सङ्घर्ष पनि विचारयुद्ध नै थियो । प्रचण्ड, बाबुराम, किरण वैद्यजस्ता अति महत्त्वाकाङ्क्षी व्यक्तिहरूको विचारको गर्भबाट त्यो सङ्घर्षले जन्म लिएको थियो । नेपालको राजनीतिमा उनीहरूको वर्चस्व कायम गर्न उनीहरूद्वारा त्यो खुनी सङ्घर्षको थालनी भएको थियो । निरपेक्ष गरिब जनताको हित र सेवामा उनीहरूको सङ्घर्ष केन्द्रित थिएन । यदि त्यस्तो भएको भए अहिले जस्तो प्रचण्ड काठमाडौंको महलमा नबसेर रूकुम, रोल्पाको गरिबहरूको झोपडीमा हुन्थे, जसरी कलकत्ताको गरिब बस्तीमा मदर टेरेसा बसेकी थिइन् । तर प्रचण्डको उच्च महत्त्वाकाङ्क्षाको अर्थ नेपालको गरिब जनताले ज्यादै ढिलोगरी बुझ्यो । तर जब बुझ्यो तबसम्म १७ हजार भन्दा बढी नेपालीको ज्यान गइसकेको थियो ।
बाबुरामको विचारयुद्ध
किरण वैद्य र बाबुराम पनि जनसेवक भएको भए किरण वैद्य माओवादीबाट छुट्टिएर उनको दल नेकपामाओवादी भएपछि वैद्य काठमाडौंमा बसेर विभिन्न पत्रपत्रिकाहरूलाई अन्तर्वाता दिनुको साटो अनुराधा कोइरालाले गरेझैं गरिब बेसहाराहरूको सेवामा संलग्न हुन्थे । डा बाबुराम भट्टराईको त के, कुरा नै गरिसक्नु भो र ? बाबुराम त झन् विचार युद्धमा सबैभन्दा अगाडि छन् । एउटा विचार अगाडि ल्याउँछन्, त्यसले जनताको विचार भुट्छन् । त्यो विचार पुरानो हुन्छ, जनताको विश्वास त्यो विचारमाथिबाट उठ्छ बाबुराम अर्को विचार लिएर प्रस्तुत हुन्छन् । अनि अर्को नयाँ एवं ताजा विचार लिएर जनताको विचार भुट्न आरम्भ गर्छन् । नेपाली जनता पनि बाबुरामको विचारको पछाडि मौरीझै उड्न शुरु गर्छ । तर जनताले खोइ बुझेको यी विचारका व्यापारीहरूको नाफा कमाउने बुद्धि ? विचार बेच्नेहरूमा बाबुराम त झनै अग्रपङ्क्तिमा देखिएका छन् । कति सजिलो, बाबुरामको लागि ? उनको विचारको पछाडि लागेर १७ हजारले ज्यान गुमाए । अहिले आएर बाबुराम भन्दैछन् उनले पहिले लिएको विचारको सान्दर्भिकता अब रहेन । यो विशिष्ट ज्ञान पहिले किन उनको दिमागमा फुरेन ? अब बाबुराम फेरि अर्को विचार बोकेर नयाँ ग्राहकहरूको खोजीमा छन् । उनले धेरै ग्राहक पाइसके । अझै पाउने छन्, सन्देह नगरे हुन्छ । किनभने नेपालमा विचार बेचेर खान जति सजिलो काम कुनै छैन् । असल दूध, दही तरकारी बेचे भने किन्ने ग्राहकले अनेक प्रश्न गर्ला तर नेपालमा विचार किन्न जनताले कुनै पनि किसिमको कन्जुस्याइँ गर्दैन । फटाफट विचार किन्छ । त्यसैले होला बाबुराम अहिले सफलतापूर्क नयाँ विचार बिक्री गर्न अति व्यस्त छन् । हालै केही दिन पहिले मात्र बाबुरामले ३५ जना सदस्य सम्मिलित एउटा केन्द्रीय अन्तरिम परिषद्स्थापना गरिएको घोषणा गरेका छन् । चलचित्र क्षेत्रका चर्चित व्यक्ति, जातीय सङ्ठनका नेताहरू, सेवानिवृत्त कर्मचारी तथा प्रहरी, पूर्व माओवादी नेताहरू तथा अन्य चर्चित व्यक्तिहरू सम्मिलित उक्त परिषद्लाई नयाँ राजनैतिक शक्तिको नाम दिएका छन् उनले ।
मधेसी मोर्चाको विचार युद्ध
मधेसी मोर्चाको तराई केन्द्रित अहिलेको लामो सङ्घर्ष पनि विचारको युद्ध नै हो । मधेसी नेताहरूलाई अहिले उनीहरू मात्र मधेसको मसिहा, मुक्तिदाता र बाँकी सबै मधेसको शत्रु लागिरहेको छ । मधेसको सामाजिक र आर्थिक विकासका लागि उनीहरूले निर्माण गरेका नीति, नियम र योजनाहरू सही छन् बाँकी सबै गलत र बकवास भन्ने बलियो अडानमा छन् उनीहरू । आफ्ना ती विचारहरू सही छन् र अरूले पनि सही मानिदिनुपर्‍यो भनेर पाँच महिनादेखि बन्द, नाकाबन्दी, धर्नाजस्ता विरोधका कार्यक्रम चलाउन क्रियाशील छन् । मोर्चाका नेताहरूको सोच र विचार अहिले मुलुकभर विचारहरूको पिरामिडमा सबै भन्दा माथि छ । अर्थात् उनीहरूको विचार नै सर्वेसर्वा छ र सर्वेसर्वा हुनुपर्दछ पनि । उनीहरूको विचारबाहेक अरूको विचारले मधेसको हित हुन सक्तैनस कदापि हुन सक्तैन । यदि अर्को कुनै विचारले सच्चा रूपमा मधेसको हित गर्न खोज्छ भने त्यो विचार मधेसको शत्रु हो र मधेसको जनताले पनि त्यस्तो विचारलाई बलपूर्वक नै भए पनि शत्रु मान्नुपर्छ । अर्को विडम्बना! मधेसी मोर्चाका नेताहरूको विरोधको अनुभवहीन शैली र तरिकाले गर्दा मधेसका बासिन्दा नै बढी सङ्कट र पीडामा परेका छन् । मधेसका गरिबहरूको जीवन डरलाग्दो किसिमले कष्टकर हुन पुगेको छ । मधेसले ठूलो र अपूरणीय आर्थिक क्षति बेहोर्नुपर्ने भएको छ । मधेसको हित गर्ने भनेर थालिएको सङ्घर्षले झन् मधेसको नै ठूलो आर्थिक क्षति भएको छ । के ठूलो परिमाणमा आर्थिक क्षति हुनु नै मधेसको हित हो ? विकास हो ? तर मधेसमा जुन आर्थिक क्षति भएको छ त्यसको पूर्ति कहिले र कसरी गर्ने र यो क्षतिको लागि जिम्मेवार को हो ? यसबारे कसैसँग ठोस सोचाइ छ ? यो क्षतिको मधेसी मोर्चा वा सरकार, कुनै एक पक्षले त जिम्मेवारी लिनैपर्छ नि; कि त्यस्तो होइन ? के जस्तोसुकै अपराध गरे पनि उम्कन पाइन्छ ?
सरकारको विचार युद्ध
अर्कातिर सरकार धृतराष्ट्रको शैलीमा बसेको छ । सत्ता मोहमा उसले मानव मूल्यलाई बिर्सिरहेको छ । आफ्नो अडान ठीक छ, आफ्नै विचार ठीक छ भन्ने भ्रममा छ । सरकार पनि विचार युद्धमा नै छ । सरकारलाई लागिरहेको छ उसले लिएको विचार नै सही, बाँकी सबै विचार गलत हुन् । उनीहरूको विचार नै देशभरि चल्नुपर्दछ। जसरी पनि चल्नुपर्दछ ।
विचार युद्धको शिकार भने जनता     
अर्कोतिर विचार युद्धको शिकार जनता हुन पुगेको छ । महत्त्वाकाङ्क्षीहरू, राजनैतिक शक्तिहरू, जे जतिले विचार युद्ध गरिरहेका छन् ती सबै युद्धको डरलाग्दो परिणाम सामान्य नागरिकहरूले भोगिरहेका छन् । विभिन्न विचारयुद्धमा लाखौंको ज्यान गएको छ, करोडौ शरणार्थी भएका छन् । नेपालमा मचेको विचार युद्धहरूले पनि कम जनधनको क्षति गरेको छैन । त्यस कारण अहिलेको समयमा ठूलो चुनौती भनेको नै कसरी सही किसिमले विभिन्न विचारहरूको व्यवस्थापन गर्ने भन्ने हो ।


विश्वराज अधिकारी

प्रतीक दैनिकमा प्रकाशित Friday, January 29, 2016

Friday, January 22, 2016

Can A Nation Bear the Impunity? Article-197

के राज्य दण्डहीन हुन सक्छ ?

राष्ट्रको धर्म हुन्छ वा हुँदैन? यस प्रश्नमा विवाद हुन सक्छ। राष्ट्र लोककल्याणकारी छ कि छैन? यसमा पनि विवाद हुन सक्छ। राष्ट्र दण्डहीन हुन सक्छ कि सक्तैन? यसमा भने विवाद हुन सक्तैन। किनभने कुनै पनि अवस्थामा राष्ट्र दण्डहीन हुनै सक्तैन।
   
कुनै पनि राज्य कुनै पनि परिस्थितिमा दण्डहीन हुन सक्तैन। कुनै पनि राज्य दण्डहीन भएमा त्यस राज्यभित्र जनताको ज्यान हरपल जोखिममा रहने मात्र होइन, त्यस राज्यको अस्मितासमेत पनि नरहने भएको हुनाले नै कुनै पनि राज्य कुनै पनि समयमा दण्डहीन हुन सक्तैन। कुनै एक राज्य कुनै समयमा बरु निर्बल हुन सक्छ तर दण्डहीन भने हुन सक्तैन। त्यस कारण राज्यले राष्ट्र र जनतामाथि अन्याय गर्नेलाई, कानुनविरोधी वा खास किसिमको अपराध गर्नेलाई सजाय दिन्छ नै। अपराध गरेको समयमा नै नसके पनि, पछि नै भएपनि जनता र राष्ट्र विरोधी कार्य गर्नेलाई राज्यले न्यायको कठघरामा उभ्याउँछ नै। कानुन बमोजिमको सजाय दिन्छ नै। त्यस कारण कुनै पनि बहानामा न त कुनै पनि राष्ट्रको सरकार, न त राजनीतिक दल एवं नेताहरूले जनता एवं राष्ट्र विरोधी अपराध गर्न पाउँदैनन् वा सक्तैनन्। यी दुवै पक्षले कुनै पनि बहानामा नागरिकको हत्या गर्न पाउँदैनन्।
   
गएका दशकहरूमा, वर्षहरूमा विश्वभरिमा नै सरकार एवं राजनीतिक दलका नेताहरूले राष्ट्र र जनताको नाममा धैरै किसिमका अपराधहरू गरे। यी दुई पक्षले मुख्य गरी मानवताविरोधी अपराधहरू गरे। मानवताविरोधी अपराधमा पनि प्रमुख गरी जातीय सफाया एवं निर्दोष नागरिकको हत्या गर्ने कार्य गरे। सरकारहरूले देशको प्रचलित कानुनविरोधी कार्य गर्नेहरूलाई दण्ड गर्न आवश्यक रहेको भन्ने तर्क अगाडि सारेर आफ्ना विरोधीहरूको सफाया गरे भने नेताहरूले सरकारको जनविरोधी कार्यहरूको विरोध गर्न जनताको उपयोग गरिएको तर्क अगाडि सार्दै आफ्नो व्यक्तिगत लाभको लागि निर्दोष जनता मारिने वातावरण तयार पारे। अर्का शब्दमा भन्ने हो भने नेताहरूले आफ्नो व्यक्तिगत महत्त्वाकाङ्क्षा पूरा गर्नका लागि निर्दाष नागरिकको आफैले हत्या गरे वा सरकारद्वारा हत्या हुने अवस्था सृजना गरे। अहिले वर्तमानमा आईएस (IS-Islamic State) नाम गरेको एक धार्मिक अतिवादी जातीय सङ्गठनले इराक र सिरियामा आफ्नो हुकुम चलाउन, आफ्नो शासन व्यवस्था लाद्न कतै जातीय सफाया त कतै मानवताविरोधी अपराध गरिरहेको छ। बिना कुनै कारण केवल धर्मको नाममा यो कट्टर धार्मिक सङ्गठनले निर्दाष नागरिकको हत्या गरिरहेको छ। यो स·ठनले अहिलेसम्ममा हजारौं नागरिकको हत्या गरिसकेको छ भने एक जातीय समूह यजिदी को सफाया गर्दैछ भन्ने आरोप खेपिरहेको छ ।  
   
मानवताविरोधी अपराध गर्नेहरूले के उन्मुक्ति पाउनेछन्?  के उनीहरू सजायको भागीदारी हुने छैनन्? सरकार र नेताहरूले आफ्नो महत्त्वकाङ्क्षा पूर्तिका लागि नागरिकको उपयोग र हत्या गर्नुलाई के अपराध मानिनेछैन? जनताहित नामको आवरणमा लुकेको उनीहरूको स्वार्थ र त्यो स्वार्थपूर्तिका लागि उनीहरूद्वारा हुने अनेक अपराधहरू कालान्तरमा गएर के सुकर्ममा रूपान्तरित हुनेछन्? न्यायिक हुनेछन्?  राज्य कमजोर भएको बेला यी कुराहरू सम्भव हुन सक्ला तर पछि राज्य बलियो भएको बेलामा यी कुराहरू सम्भव हुन सक्दैन। राज्य सधैं कमजोर हुन सक्दैन पनि र राज्य बलियो हुनासाथ उसले मानवताविरोधी कार्य गर्नेहरू, हत्या र हिंसाका दोषीहरूलाई न्यायको कठघरामा उभ्याएर सजाय दिन्छ नै। सरकारमा रहेका प्रधानमन्त्री वा मन्त्री किन नहोऊन्, वा शक्तिशाली दलका नेता किन नहोऊन् राज्यले सजाय दिन्छ नै। राष्ट्रले नसके पनि अन्तर्राष्ट्रिय समुदायले नै भएपनि दिन्छ। अन्तर्राष्ट्रिय अदालतले नै भएपनि दिन्छ। तर दिन्छ नै। त्यसै कारण हिटलरको समयमा भएका अपराधका भागीदारहरूलाई अहिले पनि खोजीखोजी सजाय दिने कार्य भइरहेको छ। कट्टर धार्मिक सङ्गठन आईएसमाथि मानवताविरोधी अपराध गरेको भनी अन्तर्राष्ट्रिय अदालतमा मुद्दा चलाउन अन्तर्राष्ट्रिय समुदाय एवं विभिन्न सङ्गठनहरूले आवाज उठाइरहेका छन्।
   
विश्वभरि जातीय सफाया एवं मानवताविरोधी अपराध गर्नेहरूको लिस्ट लामो भए तापनि त्यस्तो कार्य गर्नेहरूलाई छोडिएको भने छैन। मानवताविरोधी अपराध गर्नेहरूलाई न्यायको कठघरामा ढिलो चाँडो उभ्याइएको भने अवश्य छ।
   
यस्तै मानवताविरोधी अपराध गर्नेहरूमध्ये एक थिएपहिले युगोस्लाभिया र पछि युगोस्लाभिया टुक्रिएर बनेको सर्बियाका राजनीतिज्ञ स्लोभोदान मेलोसोभिच। पछि यिनी सर्बियाको राष्ट्रपति पनि भए। मेलोसोभिचले जातीय सफाया गर्नमा ज्यादै ठूलो कुख्याति कमाएका थिए। तर यिनी न्यायको कठघराबाट उम्केर जान भने सकेनन्। यिनको विरुद्धमा अन्तर्राष्ट्रिय अदालतमा मुद्दा चल्यो। मुद्दा चलिरहेको समयमा नै नेदरल्यान्डको द हेगस्थित युद्ध अपराध अदालतको हिरासत केन्द्रमा मेलोसोभिचको मृत्यु भयो। मेलोसोभिच आफ्नो कोठामा मृत अवस्थामा फेला परेका थिए।
   
मानवताविरुद्ध अपराध गर्ने अर्का राजनीतिज्ञ हुन्, चाल्र्स टेलर। अफ्रिकी राष्ट्र लाइबेरियाका २२औं राष्ट्रपति टेलरले आफ्नो राष्ट्रपतीय कार्यकालमा छिमेकी राष्ट्र सिएरा लियोनमा सन् १९९१ देखि २००२ सम्म मचेको गृहयुद्धमा त्यहाँका विद्रोही सङ्गठनलाई सघाएर त्यहाँ भएको हत्या हिंसामा अप्रत्यक्षरूपले तर विशेष किसिमले सहभागी भएका थिए। एघार वर्षसम्म जारी सिएरा लियोनको गृहयुद्धमा ५० हजारभन्दा बढी व्यक्तिको हत्या भएको थियो। हत्या पनि अति नै विभत्स किसिमले भएको थियो। मानवताविरुद्ध अपराध गरेको अभियोगमा टेलर पक्राउ परे। मानवताविरुद्ध अपराध गरेको भन्दै इन्टरनेशनल क्रिमिनल कोर्टमा उनीमाथि मुद्दा चल्यो। मुद्दा खेप्न २० जनवरी २००६ मा उनलाई नेदरल्यान्डको द हेग पुर्‍याइयो। उनले आतङ्कवादी कार्य, हत्या, हिंसा, बलात्कार, यौन शोषण (Sexual slavery), व्यक्तित्वमाथि प्रहार, जीवन जोखिममा पारिदिनु, अन्य अमानवीय कार्य, बालसैन्य प्रयोग, दासताको प्रयोग, युद्धको समयमा लुटपाट गरी एघार अपराध गरेको ठहर अन्तर्राष्ट्रिय अदालतले गर्‍यो। अहिले टेलरले मानवताविरुद्ध र युद्ध अपराध गरेको सजाय स्वरूप ५० वर्ष जेलमा बिताउने भएका छन्। ३० मे २०१२ मा टेलरलाई ५० वर्षको जेल सजाय सुनाइएको थियो।
   
नेपालमा पनि विभिन्न आन्दोलनहरूको नाममा हजारौं नागरिकको हत्या भएका छन्। आन्दोलनको क्रममा आन्दोलनरत सङ्गठन एवं सरकार दुवै पक्षले नागरिकको हत्या गरेका छन्। नेताहरूले जनअधिकारको लागि सङ्घर्ष गरेको र सो उद्देश्यपूर्तिको क्रममा हत्या हिंसा भएको तर्क अघि सार्न सक्छन् भने सरकारहरूले जनताको जीउधनको रक्षा गर्न एवं देशमा अमनचयन कायम गर्ने सन्दर्भमा नागरिकको हत्या भएको तर्क अघि सार्न सक्छन्।
     
तर कुनै पनि बहानामा कुनै पनि पक्षले न त सरकार, न त राजनीतिक दलहरूले नै नागरिकको हत्या गर्न पाउँछन्। न त नागरिकको हत्या हुने अवस्था सृजना गर्न पाउँछन्। यो संसारभरि प्रचलित अन्तर्राष्ट्रिय नियम हो, मान्यता हो। यो अन्तर्राष्ट्रिय मान्यताको पालना गर्न सरकार र राजनीतिक दल वा विरोधी पक्ष दुवैथरी हरपल सचेत रहन आवश्यक छ। यी दुवै पक्षले यो बुझ्न आवश्यक छ कि कुनै पनि राष्ट्रमा दण्डहीनताको स्थिति रहिरहन सक्तैन र यदि छ भने पनि त्यो लामो समयसम्म रहन सक्दैन। राज्य बलियो भयो भने उसले मानवताविरोधी अपराध गर्नेहरूलाई न्यायको कठघरामा उभ्याउँछ नै। नेपालमा सरकार र राजनीतिक दलहरूले यो तथ्य गम्भीरतापूर्वक मनन गर्न आवश्यक छ।

विश्वराज अधिकारी

प्रतीक दैनिकमा प्रकाशित Thursday, January 21, 2016

Wednesday, January 20, 2016

A Surrogated Mother- A Short Fiction

A Surrogated Mother

I was working for a European based International Nongovernmental Organization in one of the south-east Asian countries. My job was to help sexually abused women and troubled surrogated mothers in a big city in the country. Rather than medicine, counseling was the best method to enable the victims to return to a normal life. I was a counselor.
The poverty prevailing in the county had forced women either to be involved in prostitution or to be a surrogated mother just to make a living. Many brothels, running illegally, were exploiting young women and making a huge amount of money by using the innocents’ body. A large number of women who were involved in prostitution were not happy to be in the profession and were seeking alternatives. Some aid agencies were helping them to get out of the brothels and away from the pimps and start a safer life. Many women were fighting with HIV and most of them were dying for lack of medicine that was very expensive.
One day a woman in her late twenties came to my office with tears in her eyes and requested help. She was a troubled surrogated mother. She agreed to be a surrogated mother for the intended parents for a large amount of money. The money she took was just for her survival. A couple from another country had just used her uterus because it was a gestational surrogacy. It was not a traditional surrogacy. In gestational surrogacy, the resulting child is not related to the surrogate. The gestational surrogate is referred to as gestational carrier.
I asked her, “Why are you crying. What is your main problem?”
She said, “I agreed to be a surrogated mother. Yes, I am a gestational carrier; however, I don’t want to sell my child. It is a part of my body. I don’t want him to go with them. They are forcing me to give up the child with the help of the law.”
“Why did you agree to be a surrogated mother?” I asked.
“It was my poverty that compelled me to do so.” she replied.
I asked, “What can I do for you?”
“Please convince the couple to leave the child with me. Please ask them to show mercy and not take any legal action to take the child. They are only biological parents but I am the real parent. I am the true mother. I have kept the baby in my uterus for nine months while they have done nothing. They just have given some chemicals which were inserted into my body. That is it.”   She began to cry.  
She continued, “I did a very shameful deed. I am regretting it, but at same time, I am finding no any reason to live.”
“If the couple agrees, and the legal case comes to an end, will you give up being a surrogated mother?” 
“I don’t know.” She said.”
“Why?”
“It is better to be a surrogated mother than starving. An empty stomach can kill any one and everything. It can kill religion, nationality, morality, humanity, and soul.”
She added, “This is my first child. I want to keep him with me. I love him deeply. Motherhood is stopping me from abandoning him. My request is only to leave this child with me.”
I remained silent.
She said, “You are rich people. You never have experienced the fire of hunger. This fire can burn anything without any mercy.”

I had no comments. 

Bishwa Raj Adhikari