आर्थिक विकासको
रहस्य
(अन्तिम भाग)
एशिया र अफ्रिका
परापूर्व कालदेखि नै आर्थिक रुपमा साधन सम्पन्न क्षेत्रहरु थिए। खनीज, कृषि र वन
सम्पदामा धनी थिए। दूर्भाग्य भनौ वा समाजमा व्याप्त अज्ञानता र अन्धविश्वासले
गर्दा यी दुवै महादेशको जनताले स्थानीय स्रोत र साधनहरुको भरपुर उपयोग गर्न सकेन। अन्धविश्वास र परम्परागत पद्धतिहरुद्वारा निर्मित
बलियो र अग्लो पर्खाललाई नाघ्न सकेन। ज्ञान र कर्म भन्दा बढी भाग्यमा विश्वास
गर्यो। उपलब्ध स्थानीय स्रोत एवं साधनहरुको उपयोग गरिबी कम पार्नमा गर्न सकेन।
सर्वप्रथम त यस क्षेत्रका बासिन्दाहरुले उपलब्ध स्रोत एवं साधनहरुको पहिचान नै
गर्न सकेनन्। स्रोत र साधनहरुको प्रचुरताको बाबजुत पनि यस क्षेत्रका बासिन्दाहरु अभाव
र विपन्नतामा बाँच्ने अवस्थामा पुगे। गरिबीको बिरुद्ध लडाइ गरेनन्। यसको एक उदाहरण
अहिले पनि देख्न सकिन्छ। नेपालको सन्दर्भमा, आम नेपालीहरु मुलुकमा व्याप्त दैनीय
गरिबी उन्मुलनमा केन्द्रित हुन पर्नेमा जातीय र क्षेत्रीय पहिचानमा अल्झेका छन।
यूरोपेली मुलुकहरुमा जातीय प्रथा नै छैन। न त जातीय पहिचानको नारा नै घन्केको छ। यूरोपेलीहरुले
आफूसँग भएको अदम्य साहस, अर्जित आधुनिक ज्ञान, अनुभव आदिको प्रयोग स्रोत र
साधनहरुको खोजीमा गरे, स्रोत र साधनहरुको पहिचानमा गरे।
यूरोपेलीहरुले आफ्नो
मुलुकका स्थानीय स्रोत एवं साधनहरुको पहिचान मात्र गरेनन्, तिनको उपयोग पनि जन
हितमा व्यापक मात्रमा गरे। ती स्रोत एवं साधनहरुको उपयोग गरिबी कम पार्नमा गरे नै
साथै तीनको उपयोग आर्थिक समृद्धि हात पार्नमा पनि गरे। दीर्घ कालीन धन बृद्धिमा
गरे।
साधन र स्रोतहरुको
खोजिको इच्छाले नै यूरोपेलीहरुलाई विश्वका अनेक भूभागहरुमा पुर्यायो। त्यस बेला,
हवाई यातायातको विकास नभएको अवस्थामा पनि, उनीहरु स्थल र जल मार्गहरुको उपयोग
गर्दै, कठिन र खतरनाक यात्राको जोखिम उठाउँदै, जीवनलाई दाउमा राखेर संसारका अनेक
ठाउँहरुमा पुगे। स्रोत र साधनहरुको खोजिको क्रममा संसारका अनेक स्थानहरुमा पाइला
टेके। जोखिमपूर्ण यात्रा गर्दै संसारका विभिन्न स्थानहरुमा पुग्ने क्रममा नै स्रोत
र साधनहरुले भरिपूर्ण रहेका राष्ट्रहरुमा उनीहरुले उपनिवेश खडा गरे। दक्षिण
अमेरिका, अफ्रिका र एशियाका अनेक राष्ट्रहरुमा यूरोपेलीहरुले स्थानीय स्रोत एवं
साधनहरु हात पार्नका लागि नै उपनिवेश खडा गरेका थिए। पोर्चुगल र स्पेनले दक्षिण
अमेरिकाका विभिन्न राष्ट्रहरुमा उपनिवेश खडा गरेका थिए। फ्रान्स र बेलायतले
अफ्रिकाका विभिन्न राष्ट्रहरुमा उपनिवेश खडा गरेका थिए। यसै गरी बेलायतले एशियाका विभिन्न राष्ट्रहरुमा उपनिवेश खडा
गरेको थियो। विभिन्न राष्ट्रहरुमा उपनिवेश खडा गरिएको अवस्थाले पनि यूरोपका अनेक
राष्ट्रहरुलाई आर्थिक र राजनैतिक, दुबै रुपमा सक्तिशाली हुनमा सहयोग पुर्यायो।
स्पेन, बेलायत, फ्रान्स आदिलाई, यी मुलुकहरुका उपनिवेश हुने राष्ट्रहरुका स्रोत
एवं साधनहरुले यिनलाई धनी तुल्याउनमा महत्वपूर्ण योगदान पुर्याए। यसप्रकार यूरोपेली राष्ट्रहरुलाई धनी तुल्याउनमा
स्रोत एवं साधनहरुको खोजि गर्ने उनीहरुको निरन्तर जारि इच्छाले महत्वपूर्ण भूमिका
खेल्यो।
पछिल्लो समयमा र खास
गरी औद्योगिक क्रान्ति पछि भने यूरोपेली राष्ट्रहरुले अनुसन्धान निकै जोड दिए। अनुसन्धान
नै आर्थिक समृद्धिको साँचो रहेको विश्वास गरे। अनुसन्धानलाई सर्वोपरि ठाने। उत्पादन
व्यवस्थामा कोरा मानवीय श्रमको प्रयोग कम गर्दै स्वचालित मेसिनहरुको विकास र उपयोगमा
बढी जोड दिए। अनुसन्धानद्वारा विभिन्न किसिमका स्वचालित मेसिन, औजार र उकरणहरुको
विकास गरे। यसैगरी ती आधुनिक किसिमका मेसिन, औजार र उपकरणहरु संचालन गर्न सस्तो र
प्रभावकारी किसिमको ऊर्जा विकासमा केन्द्रित भए। यही क्रममा जल विद्युत,
पेट्रोलियम पदार्थ, आणविक ऊर्जा आदिको विकास भएको हो। स्वचालित मेसिनहरुको विकासले
मानवीय श्रमको प्रयोगलाई कम त पार्यो नै साथै उत्पादन लागत पनि निकै तल झार्यो। यसै
गरी, बजारहरुमा वस्तु र सेवाहरुको मूल्य घट्न पुग्यो। परिणामस्वरुप सामान्य
व्यक्ति एवं परिवारहरुलाई पनि उनीहरुको आफ्नो सामान्य आम्दानीबाट पनि दैनिक गुजारा
गर्न सजिलो भयो। गरिबीमा कमी आयो। केही व्यक्ति एवं परिवारहरु त बचत गर्न पनि सफल
भए। व्यक्ति र परिवारहरुले गर्न सक्ने बचतको स्थितिले राष्ट्रहरुलाई एक बृहत्
राष्ट्रिय पूँजी निर्माण गर्न सजिलो भयो।
पश्चिमका राष्ट्रहरुले
अनुसन्धानको सहयोगबाट विभिन्न किसिमका स्वचालित मेसिनहरुको विकास गरे। उत्पादन व्यवस्थामा प्रयोग हुने कोरा मानवीय
श्रमलाई स्वचालित मेसिनहरुद्वारा क्रमिक रुपमा विस्थापित गर्दै लगे। खास गरी उत्पादन
लागत कम पार्ने विभिन्न किसिमका स्वचालित मेसिनहरुको विकास गरे। साथै मानव जीवनलाई
सरल पार्ने विभिन्न किसिमका वस्तुहरुको पनि विकास विकास गरे। अनुसन्धान द्वारा नै
नया नया किसिमका व्यापारहरुको विकास पनि गरे। यसरी अनुसन्धानलाई दैनिक जीवनको एक अति आवश्यीय कार्यको रुपमा स्थापित गरे। निष्कर्षमा
भन्ने हो भने पश्चिमी राष्ट्रहरुलाई धनी तुल्याउनमा अनुसन्धानको महत्वपूर्ण भूमिका
छ। दोस्रो विश्व युद्ध पछि त संयुक्त राज्य अमेरिका संसार भरिका लागि नै अनुसन्धानको
केन्द्र बन्यो। दोस्रो विश्व युद्ध पछि विज्ञान, स्वास्थ्य, व्यापार जस्ता
क्षेत्रहरुमा जति पनि महत्वपूर्ण एवं ठूला ठूला अनुसन्धान्/ आविष्कारहरु भएका छन् ती सबै अमेरिकामा नै भएका
छन्।
पूर्वका
राष्ट्रहरुले भने अनुसन्धानलाई महत्व दिएनन्। परम्परागत रुपमा चल्दै आएका पद्धति
वा कार्यहरुलाई नै निरन्तरता दिए। तिनमा परिवर्तन ल्याउने भगीरथ प्रयास गरेनन्।
विकासका लागि भाग्यमा भर परे। पराक्रम र क्रियाशीलतालाई थांति राखे। गरिबीलाई
पूर्व जन्ममा गरेको कर्मको फल माने। पूर्वका राष्ट्रहरुमा जुन बेला गोरुहरुलाई हलो
जोत्नमा प्रयोग गरिन्थ्यो त्यति बेला पश्चिमका राष्ट्रहरुमा घोडाहरु हलोमा प्रगोय
गरिन्थ्ये। तर जब पश्चिमका राष्ट्रहरुले अनुसन्धान द्वारा ट्रेक्टरको विकास गरेर
घोडालाई टेक्टरदावारा विस्थापित गरे पूर्वका राष्ट्रहरुले कृषि कार्यमा गोरुहरुलाई
प्रयोग गरिनै रहे। त्यस बेला मात्र होइन, अहिले पनि पूर्वका अनेक राष्ट्रहरुमा,
कृषिमा, गोरु वा पशुहरुको उपयोग भएको देख्न सकिन्छ। यो यथा स्थितिमा परिवर्तन आउन
सकेको छैन।
उत्पादन लागतलाई कम
पार्न वा श्रममा कुशलता प्राप्त गर्न अहिले पनि पूर्वका राष्ट्रहरुले कम्प्युटर
एवं स्वचालित मेसीनहरुको उपयोगलाई व्यापक पार्न सकेका छैनन्। नेपाल लगायत केही
छिमेकी राष्ट्रहरुको सन्दर्भमा, परम्परागत रुपमा चलि आएको हलो, राजा जनकको पालामा
जस्तो थियो, अहिलेको यो अति संचार वा अति आधुनिक युगमा पनि जस्ताको तस्तै छ। सम्पूर्ण
हलोहरुलाई ट्रेक्टर वा स्वचालित मेसिनहरुद्वारा विस्थापित गर्न सकिएको छैन। कृषि
उत्पादन व्यवस्थामा कुनै ठूलो परिवर्तन आउन सकेको छैन। यस्तो हुनुको मुख्य कारण नै
अनुसन्धानलाई महत्व नदिनु हो। अनुसन्धानद्वारा नया नया मेसिन, औजार, उपकरणहरुको
विकासमा ध्यान नदिनु हो। अर्को शब्दमा भन्ने हो भने काम गर्ने नया नया, प्रभावकारी
एवं कुशल तरिकाहरुको खोजि नगर्नु हो।
संक्षेपमा के भन्न
सकिन्छ भने पश्चिमका राष्ट्रहरुले आर्थिक समृद्धि हासिल गर्नमा अनुसन्धान गर्ने
उनीहरुको परम्परा वा संस्कृतिको महत्वपूर्ण योगदान छ। नया वस्तु वा पद्धिको खोजि
गर्न विभिन्न किसिमका अनुसन्धान गर्ने उनीहरुको समपर्णले नै उनीहरुलाई धनी तुल्याएको हो। पूर्वका राष्ट्रहरुले
अनुसन्धानमा जोड नदिने संस्कार एवं सोंचले नै उनीहरुलाई तुलनात्मक रुपम गरिब
तुल्याएको हो।
पश्चिमका
राष्ट्रहरुको आर्थिक विकासको रहस्य पश्चिमी समाजमा व्याप्त रहेको अनुसन्धान संस्कृति
नै हो।
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, January 9, 2015
No comments:
Post a Comment