के पूर्वीय समाज
अगाडि छ ?
हामीलाई केवल स्याउ खान दिएर स्याउको तुलना सुन्तलासँग गर्न भनियो।
हामीले गर्यौं पनि त्यही। स्कूलदेखि कलेजसम्म हामीले केवल स्याउ मात्र खाएर
त्यसको तुलना नखाएको सुन्तलासँग गर्यौं। अनि सधैं भन्यौं–स्याउ सुन्तलाभन्दा निकै
स्वादिलो हुने रहेछ। कस्तो अचम्म! सुन्तला कहिले पनि नखाएर स्याउ, सुन्तलाभन्दा स्वादिलो हुन्छ
भन्यौं।
यो प्रसङ्ग हो पूर्वी समाज र पश्चिमी समाजको गरिने तुलनाबारे। पश्चिमी समाजलाई नदेखेर, नभोगेर, न राम्ररी अनुभूत गरेर, हामीले जहिले पनि पूर्वीय समाज अगाडि छ भन्यौं। ज्ञान र नैतिकताको क्षेत्रमा पूर्वीय समाज त पश्चिमी समाजभन्दा अब्बल नै छ भनेर घोषणासमेत पनि गर्न चुकेनौं। यस्तो गर्नु स्वाभाविक थियो, किनभने हामीलाई यस्तै सुनाइएको थियो। परिवार, सङ्गत र समाजले हामीलाई यस्तै भनेको थियो। हिन्दी सिनेमा जसको कथा, गीत र संवाद आदिले हाम्रो विचार निर्माणमा ज्यादै ठूलो भूमिका खेलेको छ, हामीलाई यस्तै भनेको थियो। राज कपुरले एउटा फिल्ममा गीत गाउँदै भनेको–होठों पे सच्चाइ रहती है जहाँ दिल में सफाइ रहती हम उस देश के वासी है, जिस देश में गङ्गा बहती है। कुछ लोग जो ज्यादा जानते है इन्सां को कम पहचान ते हैं हम पूरब है पूरवबाले हर जान कि किम्मत जानते हैं, अहिले पनि हाम्रो मस्तिष्कमा ताजा नै छ।
तर के यथार्थमा हामी पूर्वीयहरू पश्चिमी समाजभन्दा निकै अगाडि छौं? माया, ममता र नैतिकतामा के साँच्चीकै पश्चिमेलीहरू हामीभन्दा पछाडि छन्? ज्ञान, विज्ञान र प्रविधिमा के पश्चिमी समाजले पूर्वेलीको प्रतिस्पर्धा गर्न कठिन छ?
पश्चिमी समाजको समीप पुगेपछि, पश्चिमी समाजको गहिरो अध्ययन गरेपछि र यो समाजसँग गहिरिएर अन्तक्र्रिया गरेपछि पश्चिमी समाज पूर्वीय समाजभन्दा हरेक क्षेत्रमा धेरै अगाडि रहेछ भन्ने निष्कर्षमा म निस्सन्देह पुगें। ज्ञान, विज्ञान र प्रविधिमा पश्चिमी समाजको समग्रतामा, हाराहारीमा पुग्न पूर्वीय समाजलाई पचास वर्ष त लाग्नेछ नै, नैतिकता, प्रेम र दयाको हाराहारीमा पुग्न पनि वर्षौ लाग्नेछ। अब मलाई यो पनि लाग्न थालेको छ कि राज कपुरको गीतले केवल फिल्मका दर्शकहरूको सङ्ख्या सिनेमा हलभित्र बढाउने काम गरेको रहेछ आम पूर्वीयहरूको मनोविज्ञानको प्रतिनिधित्व गरेको रहेन छ। कपुरको गीतको आशयले दर्शकहरूको केवल गर्व बढाउने कार्य मात्र गरेको रहेछ, सद्व्यवहार निर्माणमा सघाउ पुर्याएको रहेन छ। जबकि केवल गर्वले असल समाज निर्माण हुँदैन।
हिन्दी वा नेपाली सिनेमाले नेपाली वा भारतीय दर्शकहरूको असल एवं जीवन उपयोगी मनोविज्ञान निर्माण गर्न उल्लेखनीय भूमिका खेलेको छैन पनि। अमिताभ बच्चन नायक रहेको फिल्म त्रिशूलमा नायक रातारात खाकपतिबाट करोडपति बनेको अति काल्पनिक सफलता देखेर सिनेमा हलबाट फर्किने दर्शकले इमानदारी र परिश्रमद्वारा धन आर्जन गर्न सकिन्छ भन्ने कुरा चटक्कै बिर्सेर अपराध कर्म गर्न आरम्भ गर्छ, नायक अमिताभ बच्चनले गरेझैं । सिनेमामा देखाइने यस किसिमका गलत सपनाहरूले पनि पूर्वीय समाजको नैतिकता र ज्ञानको स्तरलाई तल खसालेको छ। सिनेमाहरूमा देखाइने त्यस्ता दृश्यले आम नागरिकहरूको चरित्र प्रतिविम्बित गर्छ कि गर्दैन?
पूर्वीय समाजलाई पश्चिमेली समाजभन्दा ज्ञान, विज्ञान र प्रविधिको क्षेत्रमा अगाडि पुग्न कसरी लामो समय लाग्नेछ त्यसबारे चर्चा अर्को लेखहरूमा गरौंला। यस आलेखमा भने माया, ममता र नैतिकताको क्षेत्रमा पश्चिमी समाज पूर्वभन्दा कसरी र कति अगाडि छ, त्यसबारे कुनै आग्रह–पूर्वाग्रहबिना चर्चा गरौं।
हामी पूर्वेलीहरू आफूलाई नैतिकवान, शान्तिप्रेमी, दयावान मान्छौ। के व्यवहारमा हामी साँच्चै त्यस्तो छौं त? ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्टलाई मात्र पनि हेर्ने हो भने नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश भ्रष्टाचारमा कति अगाडि र नैतिकतामा कति पछाडि छन् भन्ने कुरा प्रस्ट हुन्छ। ट्रान्सपरेन्सी इन्टरनेशनल (सन् २००९–२०१३) का अनुसार संसारका सय भ्रष्ट देशहरूको सूचीमा नेपाल ३९, भारत ९६, पाकिस्तान ४३ र बङ्गलादेश ४५ औ स्थानमा रहेको देखिन्छ। यी चार देशमध्ये नेपालमा अझै बढी भ्रष्टाचार रहेको ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्टले भन्छ। तर अर्कोतिर ज्यादै कम वा नगण्य सरह भ्रष्टाचार हुने देशहरू प्राय: युरोपकै छन्। ट्रान्सपरेन्सी इन्टरनेशनल (२०१५) का अनुसार विश्वका सर्वाधिक कम भ्रष्टाचार हुने देशहरूमा क्रमश: फिनल्यान्ड, स्वीडेन, न्युजिल्यान्ड, निदरल्यान्ड र नर्वे पर्दछन्। माथिको तथ्यले हामी पूर्वेली समाज नैतिकताको क्षेत्रमा कति अगाडि वा पछाडि छौ भन्ने तथ्य ऐनाले झै छर्लङ्ग पार्दैन?
अब कुरा गरौं माया र ममताको, दया र प्रेमको। पश्चिमका राष्ट्रहरूमा व्यक्तिको जीवन, स्वास्थ्य र ज्यानलाई सर्वाधिक महत्त्व दिइन्छ। कुनै अति सामान्य व्यक्ति सिकिस्त बिरामी परेर अस्पताल जान खोजेको वा कुनै दुर्घटनामा परेर उपचार वा सहयोग खोजेको छ भन्ने सम्बन्धित निकायमा फोन गर्नासाथ दमकल, प्रहरी, एमबुलेन्स एकैपटक सेवा प्रदान गर्न घटनास्थल आइपुग्छ। घटना स्थलमा यी तीनै कुरा आवश्यक पर्न सक्ने विश्वासमा दौडेको हुन्छ। बाटोमा एमबुलेन्स, प्रहरी र दमकललाई अन्य गाडीहरूले आफ्नो सवारी रोकेर वा गति सुस्त पारेर पहिले र प्राथमिकताका साथ जान दिन्छन्। यी उद्धारका गाडीहरूलाई कुनै पनि जाम वा अन्य तरिकाबाट रोक्न वा सुस्त गर्न पाइँदैन। तर नेपाल, भारत, पाकिस्तानको स्थिति हेरौं। नेपालमा जुलुस, हडताल हुँदा एम्बुलेन्सलाई पनि उद्धारका लागि जान नदिनु त सामान्य कुरा भयो, एमबुलेन्सलाई तोडफोड गर्ने र चालकलाई कुट्नेसम्मको कार्य हुन्छ। एमबुलेन्समा सवार बिरामीलाई अलपत्र पार्ने काम समेत हुन्छ। आफ्नो राजनैतिक अभीष्ट पूरा गर्नका लागि बिरामीप्रति पनि पटक्कै मायादया नराख्ने समाजलाई दया र मायाको कुन श्रेणी राख्ने? अनि राज कुपरले गीतमा गाएजस्तो कुछ लोग जो ज्यादै जानते हैं इन्सान को कम पहचानते हैं, हम पूरब है पूरब वाले हैं हर जान की किम्मत जानते है, को के अर्थ रहयो?
दोस्रो विश्वयुद्धमा ठूलो जनधनको क्षति भएको थियो। भनिन्छ त्यो युद्धमा लगभग ६ करोड मानिसको ज्यान गएको थियो। दोस्रो विश्वयुद्धपछि युरोपका देशहरूले ठूलो पाठ सिके। यो विश्वयुद्ध पछि युरोपका देशहरूले लडाइँ–झगडा बन्द गरे, आर्थिक विकासलाई अति नै महत्त्व दिए। आर्थिक विकासमा नै आफूलाई केन्द्रित पारे। तर पूर्वका राष्ट्रहरू अहिले पनि लडाइँ–झगडा बन्द गरेका छैनन्। इरान र इराकबीच दस वर्षे युद्ध सकिएको धेरै भएको छैन। भारत र पाकिस्तान विभाजन हुँदा विभिन्न परिवारले कस्तो पीडा भोगे त्यो भोग्नेहरूलाई नै थाहा छ। भारत–चीन, भारत–पाकिस्तान युद्ध धेरै पुरानो भएको छैन। अहिले पनि भारत–पाकिस्तान युद्ध भइ नै रहेको छ। विभाजित कोरियाहरू (उत्तर र दक्षिण कोरिया) बीच अहिले पनि ‘पानी बाराबार’ छ । यी दुवै देशका टुक्रिएका परिवार नियन्त्रित किसिमले बेलाबखतमा दु:खद किसिमले भेट्न पाउने प्रावधान छ।
अब कुरा गरौं नेपालको। यो स्तम्भकारको उमेर साठी नजिक पुग्न थाल्यो। उमेरको यो लामो यात्रामा यो स्तम्भकारले नेपालमा शान्ति, अविरल र अविचलितरूपमा कहिले पनि देख्ने अवसर पाएन। आम नेपालीको अनुभव पनि मेरैजस्तो हुनुपर्दछ। नेपाल जहिले पनि कुनै कुनै ‘इसु’मा संलग्न रहेर अनेक किसिमका मदभेद, झगडा, हिंसा र युद्धमा होमिंदै आएको देखिएको छ। २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्र समाप्त पारेर पञ्चायती व्यवस्था लागू गरेपछि, बहुसङ्ख्यक नेपालीको ध्यान, समय र ऊर्जा पञ्चायती व्यवस्था समाप्त पार्न झगडा गर्दै बित्यो। २०१७ देखि २०४७ सालको समय विकास र शान्तिमा बितेन। २०४७ सालमा भने नेपालले ठूलो गृहकलह देख्यो। र त्यो गृहकलहको सिलसिला पछिसम्म टुटेन। सत्ता र शक्ति तानातानमा राजनैतिक दलहरूले अनेक किसिमका कलह र खुनी सङ्घर्ष गरे। २०५२ सालमा माओवादीद्वारा मचाइएको रक्तरञ्जित गृहकलह त सबैभन्दा डरलाग्दो रहयो। यो खुनी सङ्घर्षले अनेका भौतिक संरचनाहरू मात्र नष्ट पारेन, १७ हजार नागरिकको ज्यान पनि लियो। शान्त नेपालीलाई हिंसक बनायो। २०६३ सालमा त नेपालमा ठूलो उथलपुथल नै भयो। तर यो उथलपुथल पछि शान्ति कायम होला भन्ने अपेक्षा गरिएको थियो। त्यस्तो हुन सकेन। २०६३ सालपछि अनेक बहानामा अनेक किसिमका सङ्घर्षहरू जारी नै रहे। अहिले थालिएको मधेसी मोर्चाको आन्दोलनले त नेपाललाई ‘आँधीले हल्लाएको रूख’ झै आर्थिकरूपमा ज्यादै कमजोर हुनेगरी हल्याएको छ। रूखका जराहरू बाहिर आएर रूख नै ढल्ने स्थितिमा पुगेझैं नेपालको स्थिति हुन पुगेको छ। आर्थिकरूपमा नेपाल अहिले ज्यादै कमजोर भएको छ। रेमिट्यान्सले न धानेको भए नेपालको स्थिति टाट पल्टेको व्यापारीझैं हुने थियो।
एक अर्कोलाई शत्रु देक्ने मानसिकताबाट नेपालका नेताहरू अहिले पनि मुक्त हुन सकेका छैनन्।
यी विभिन्न स्थितिलाई मध्यनजर गर्दे, नेपालको स्थितिलाई हेर्दै हामी पूर्वेलीहरू दया, माया, लडाइँ–झगडा, शान्ति र स्थिरताको हिसाबले पश्चिमी समाजभन्दा कति अगाडि वा कति पछाडि छौं भन्ने कुराको अनुमान आफैं गरौं। के हामी पूर्वेलीहरूले ज्ञान, विवेक, शान्ति, स्थिरता, बन्धुत्व आदिलाई बोझ ठान्न थालेको हो त?

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, February 05, 2016
No comments:
Post a Comment