ऊर्जा: नेपालमा महँगीको कारण
अन्न भएर भोको, लुगा भएर नाङ्गो
हाम्रो नियति दिन प्रतिदिन यस्तै हुँदै गइरहेको छ। हाम्रो नियति अफ्रिकाको ती गरिब
मुलुकहरूजस्तो हुन गइरहेको छ जहाँ आर्थिक विकासका लागि आवश्यक अनेक साधनहरू त छन्
तर ती मुलुकहरूले विकास गर्न सकिरहेका छैनन्। दिन प्रतिदिन त्यहाँ गरिबी बढ्दै
गइरहेको छ। यमन, दक्षिण सुडान, एरिट्रियालगायत केही
यस्ता अफ्रिकी मुलुकहरू छन् जसले आउने दिनमा डरलाग्दो भोकमरीको समस्या
बेहोर्नुपर्ने स्थिति छ। सधैंको लडाइँ–झगडाले यी राष्ट्रको अर्थ व्यवस्थाले
भुइँ छाडन सकिरहेको छैन। यमनको स्थिति त झन् भयावह छ। इरान र साउदी अरेबियाको लागि
यमन ‘मसल’ देखाउने ठाउँ भएको छ। अनि नेपालमा पनि स्थिति त्यस्तै देखिन थालेको
छ। सधैंको सङ्घर्ष र द्वन्द्वले नेपाललाई गरिबीको खाडलतिर लग्दैछ। विभिन्न
देशहरूको ‘मसल’ देखाउने ठाउँ नेपाल पनि हुन पुगेको छ। तर अचम्म १ यस्तो स्थिति
ल्याउनमा जनता नै जिम्मेवार छ, किनभने जनता स्वार्थी
नेताहरूको गलत एजेन्डाहरूको पछाडि त्यसरी नै दौडिरहेको छ जसरी अफ्रिकी देशको जनता
दौडिरहेको छ। जातीय र क्षेत्रीय नाराले नेपाललाई नराम्रो गरी छोपेको छ, अफ्रिकालाई छोपेझैं।
तर युरोपमा भने स्थिति विपरीत छ। त्यहाँको जनताले लडाइँ–झगडाको परिणाम
राम्ररी बुझेको छ। जातीय र क्षेत्रीय नाराले केवल विखण्डनको विचार मौलाउँछ, विकास हुँदैन भन्ने
कुरा उनीहरूलाई थाहा छ।
आर्थिक विकास गर्नका लागि एउटा मुलुकलाई चाहिने आवश्यक सबै किसिमका स्रोतहरू नेपालमा विद्यमान छ। कुनै पनि मुलुकको आर्थिक विकासका लागि अत्यावश्क मानिने ऊर्जाको नेपालमा कमी नै छैन। हामीले जल विद्युत्को कुरा गरेको पनि धेरै भयो। नेपालले ८३ हजार मेगावाट उत्पादन गर्ने क्षमता राख्छ भनी कुरा गरेको पनि धेरै भयो। जलविद्युत् त ठूलो लगानीको कुरा भयो, साना–साना लगानीमा उत्पादनगर्न सकिने ऊर्जाहरू पनि उत्पादन गर्न सकेका छैनौं।
कुनै पनि मुलुकको आर्थिक विकासको लागि ऊर्जा किन र कसरी आवश्यक पर्दछ र यसले कसरी आर्थिक विकासमा योगदान पु¥याउँछ त्यसबारे छोटो चर्चा गरौं। कुनै पनि राष्ट्रमा वस्तु वा सेवाहरू उत्पादन गर्न, उत्पादित वस्तुहरूको भण्डारण गर्न, तिनको वितरण गर्न र उपभोक्ताहरूले खोजेको स्थान, समय, मौसम, गुण, परिमाण र मूल्यमा ती वस्तुहरू उनीहरूको हातमा पुर्याउन ऊर्जाको आवश्यकता पर्दछ। ऊर्जा जति सस्तो र सुलभ हुन सक्यो उत्पादन र वितरण लागत पनि कम खर्चिलो भएर वस्तु एवं सेवाको मूल्य सस्तो हुन पुग्छ। सं रा अमेरिकाका बजारहरूमा उपलब्ध हुने उपभोग्य वस्तुहरू संसारभरि नै सस्तो मानिन्छ र सस्तो हुनुको कारण हो अमेरिकाले अति सस्तोमा ऊर्जा उत्पादन गर्न सक्नु। अमेरिकाले अति सस्तोमा ऊर्जा उत्पादन गर्न सकेकोले नै क्रेताहरूले पनि सस्तोमा ऊर्जा खरिद गर्न पाएका छन्। परिणामतः उत्पादकहरूले सस्तोमा ऊर्जा खरिद गर्न पाएकोले सस्तोमा वस्तु र सेवाहरू उत्पादन र वितरण गर्ने अवसर पाएका छन्। अमेरिकामा ऊर्जा महँगो भएको भए स्थिति विपरीत हुने थियो।
अमेरिकामा अन्य मुलुकभन्दा ऊर्जाको उत्पादन सस्तो भएको हुनाले नै अमेरिकीहरूको क्रय शक्ति बलियो हुन पुगेको हो। अमेरिकामा यहाँसम्म कि केवल एक डलरमा मात्र पनि एक छाकका लागि पेट भर्ने खाने कुरा खरिद गर्न सकिन्छ। एक डलरको पनि यति बलियो क्रयशक्ति छ। प्रत्येक सामान, केवल एक डरलमा पाउने, ‘डलर ट्रि’ नामको एउटा प्रख्यात खुद्रा भण्डार नै छ, अमेरिकाभरि। सबैभन्दा कम आम्दानी गर्नेले पनि दुई छाक पेट भर्ने चिन्ता गर्नुपर्दैन। अमेरिकामा यो स्थिति सस्तोमा ऊर्जा उत्पादनले गर्दा ल्याइदिएको हो।
अमेरिकाले ऊर्जा, नेपालजस्तो केही सीमित होइन, विभिन्न स्रोतहरूबाट प्राप्त गर्छ। सन् २०१४ मा अमेरिकाले प्राप्त गरेको कुल ऊर्जामध्ये पेट्रोलियमको ३५५, पुनर्नवीकरणीय ऊर्जाको १०५, न्युक्लियर इलेक्ट्रिक पावरको ८५, कोइलाको १८५ र प्राकृतिक ग्याँसको २८५ योगदान रहेको थियो। पुनर्नवीकरणीय ऊर्जामा भने सौर्य ऊर्जाको ४५, जियो थर्मलको २५, विन्ड (बतास) को १८५, बायोमास वेस्टको ५५, बायोप्mयुल्सको २२५, काठको २३५ र जलविद्युत्को २६५ योगदान रहेको थियो। यसरी अमेरिकाले सम्भाव्य हरेक स्रोतबाट ऊर्जा प्राप्त गर्दछ साथै सस्तोमा ऊर्जा उत्पादन गर्न हरसम्भव प्रयास पनि गर्दछ। सस्तोमा ऊर्जा उत्पादन गर्नुको महत्व के हो, अमेरिकालाई राम्ररी थाहा छ। अमेरिकाजस्तो कुशल व्यापारी राष्ट्रलाई यो तथ्य थाहा नहुने कुरै भएन।
नेपालमा ऊर्जा उत्पादनको स्थिति र उपलब्धता जान्न अमेरिकाको ऊर्जा उत्पादनको स्थिति र खपतको प्रसङ्ग जोडन खोजिएको हो। नेपालमा ऊर्जाका अनेक स्रोत छन् तर तिनको भरपर्दो, सस्तो, वैज्ञानिक र व्यवस्थित प्रयोग गरिएको छैन। यस आलेखमा भने केवल दुई पुनर्नवीकरणीय ऊर्जाका स्रोतहरू, जो नेपालमा उपलब्ध छन्बारे चर्चा गरौं।
वन–जङ्गल पुनर्नवीकरणीय ऊर्जाको एउटा भरपर्दो स्रोत हो। खुशीको कुरा, वन–जङ्गलको स्थिति नेपलामा त्यति खराब पनि छैन। वन मास्ने काम रोक्न नसके तापनि अझै पनि नेपालमा वन क्षेत्र राम्रो स्थितिमा नै छ। एक सर्वेक्षण (२०६७–२०७१ साल) का अनुसार नेपालको कुल भूभागमध्ये ४४.७४ प्रतिशत भूमि वनले ढाकेको देखिएको थियो। त्यसमध्ये ४.३८ प्रतिशत साना बिरुवा एवं घाँसपातले ढाकेको देखिएको थियो। यति राम्रो वन सम्पदालाई हामीले ऊर्जाको भरपर्दो स्रोत तुल्याउन सकेका छैनौं। रूख काट्यौ र बालेर सक्यायौं। पुनः रूख रोप्न सकेनौ र उर्जा नवीकरण गर्न सकेनौं। अहिले पनि रूख काटिरहेका छौं तर रोपिरहेका छैनौं। नेपालमा वन सम्पदाको मात्र पनि राम्ररी उपयोग गर्ने हो भने ऊर्जा (मट्टीतेल, पेट्रोल, डिजेल, ग्याँस) को लागि भारतमाथि अति निर्भरता कम गर्न सकिन्छ। नेपाललाई चाहिने ऊर्जा आफ्नो नियन्त्रणमा रहेको भय देखाएर भारतले गर्ने राजनैतिक दादागिरी पनि कम पार्न सकिन्छ। उन्नत किसिमका चुल्होहरू बनाएर, कम दाउरामा बढी आगो दिने प्रविधि प्रयोग गरेर वनलाई हामीले भरपर्दो ऊर्जाको स्रोत तुल्याउन सक्छौं। ऊर्जाको मूल्य कम पार्न सक्छौं। विदेशमा अहिले पनि सुधारिएको चुल्हो प्रयोग गरिन्छ र त्यसका लागि काठको उपयोग हुन्छ। माथि देखाइएको तथ्याङ्कले पनि भन्छ, अमेरिकाले १० प्रतिशत ऊर्जा पुनर्नवीकरणीय ऊर्जाबाट प्राप्त गर्छ। र सो १० प्रतिशतमा काठ–दाउराको अंश २३ प्रतिशत रहेको छ। यसरी के देखिन्छ भने अमेरिकाजस्तो धनी र विकसित मुलुकमा पनि ऊर्जाको लागि काठ–दाउराको उपयोग ठूलो मात्रामा हुन्छ। नेपालमा भने हुन सकेको छैन। किन होला, यस्तो?
नेपालले प्रयोग गर्न नसकेको अर्को भरपर्दो ऊर्जाको स्रोत हो ‘बायोमास वेस्ट’ (Biomass waste) अर्थात पशुजन्य अवशेष, खासगरी गोबर। नेपालमा पशुहरूबाट प्राप्त हुने गोबरको व्यवस्थित उपयोग हुन सकेको छैन। र यस्तो हुन नसक्नुको मुख्य कारण हामीले विभिन्न किसिमका अनुसन्धानहरू गरेर पशुजन्य अवशेष, मुख्यगरी गोबरको प्रयोगलाई सरल र सुरक्षित तुल्याउन नसक्नु हो। गोबरलाई ऊर्जाको राम्रो स्रोत बनाउन नसक्नु हो। गाउँघरमा उहिले गोहरा, चिपरी र गुइँठी बनाउने चलन थियो। त्यो चलनलाई अहिले अस्वस्थकर र फोहरी भनियो र परिणामस्वरूप त्यो कार्य अब केवल गरिब परिवारहरूमा मात्र सीमित हुन पुगेको छ। केही गरिब परिवारले मात्र गोहरा, चिपरी, गुइँठी बनाउँछन्। गोबरबाट तयार पारिने गोहरा, चिपरी, गुइँठीजस्ता पुनर्नवीकरणीय ऊर्जाका स्रोतहरूलाई परित्याग गर्दै हामीले पेट्रोलियम पदार्थमा निर्भरता बढाउँदै लग्यौं। आफ्ना स्रोतहरूको आधुनिक किसिमले सुधार गरेनौं, उल्टो अरू देशबाट आयात गर्नुपर्ने ऊर्जाका स्रोतप्रति निर्भरता झन्झन् बढाउँदै लग्यौं। नेपालको स्थिति हेर्दा यो मुलुक ऊर्जाको लागि पूर्णतया भारतमाथि निर्भर छ भन्ने कुरा छर्लङ्ग छ। भारतले एक हप्ता पनि पेट्रोलियम पदार्थ नेपालतर्फ निर्यात गर्न बन्द गर्ने हो भने नेपालका चुल्हाहरूमा खाना पाक्न सक्तैन। यस्तो स्थिति नेपाल भित्र रहेका अनेक ऊर्जाका स्रोतहरूको व्यवस्थित विकास गर्न नसकेर उत्पन्न भएको हो।
अहिले पनि हामीले पशुजन्य अवशेष र खासगरी गोबरको वैज्ञानिक किसिमले प्रयोग गरेर यसलाई एउटा भरपर्दो र सस्तो ऊर्जाको स्रोत बनाउन सक्छौं। यो कार्यले पशुपालनलाई पनि फाइदा पुग्नेछ । यस किसिमको ऊर्जा नेपालको आप्mनै ऊर्जा उत्पादन हुनेछ। सस्तो र सुलभ हुनेछ। ऊर्जाका लागि नेपालको भारतप्रति अति निर्भरता सानो मात्रामा भए पनि घटने छ।

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, February 3, 2017
No comments:
Post a Comment