नयाँ वस्तु तथा सेवाको विकास किन आवश्यक?
संसारमा
सबैभन्दा गतिशील केही छ भने त्यो हो, व्यापार। व्यापार–संसार अति गतिशील भएको हुनाले नै यसको प्रकृति
अनिश्चित र पूर्व अनुमान गर्न नसकिने किसिमको हुन्छ।
व्यापार–संसारमा
आफ्नो अस्तित्व कायम राख्न ज्यादै कठिन भएको हुनाले नै यो संसारमा संलग्न हुने
(व्यापारी) हरूले आफ्नो उपस्थिति बजारमा निरन्तर कायम राख्न ठूलो सङ्घर्ष
गर्नुपर्छ। अर्कोतिर बहुसङ्ख्यक व्यक्ति यो संसारमा अनिवार्यरूपमा संलग्न
हुनुपर्ने हुन्छ।
कृषि–स्वावलम्बनको
युग अब नाम मात्रको रहेको र कृषिमा संलग्न व्यक्तिको सङ्ख्या न्यून हुँदै गएकोले
बहुसङ्ख्य व्यक्तिले, बाँच्नका
लागि श्रम बजारमा पुगेर, आफ्नो
श्रम अनिवार्यरूपमा बिक्री गर्नुपर्ने हुन्छ। आफूले बिक्री गरेको श्रमबाट पाप्त
आयले जीवन धान्नुपर्ने हुन्छ। अर्थात् प्रायः सम्पूर्णले व्यापार–संसारमा संलग्न
हुनैपर्छ। व्यापार संसारमा प्रवेश गर्नु व्यक्तिका लागि ऐच्छिक नभएर अनिवार्य हुन
पुगेको छ। त्यस कारणले पनि यो युगलाई वैश्य युग भनिएको हो।
व्यापार–संसार
ज्यादै अस्थिर प्रकृतिको हुने गरेकोले यसलाई युद्ध मैदान पनि भन्ने गरिन्छ। र यो
युद्ध मैदानमा आफ्नो अस्तित्वलाई निरन्तरता दिन अनिवार्यरूपमा विजय हासिल
गर्नुपर्छ। अनिवार्यरूपमा विजय हासिल गर्न युद्धका नयाँनयाँ दाउ पत्ता लगाउनुपर्छ।
र कुशलतापूर्वक ती दाउको प्रयोग गर्नुपर्छ। सफल व्यापारीहरूले अहिलेको यो वैश्य
युगलाई युद्ध मैदानको रूपमा लिएका छन्।
व्यापार–संसारमा
युद्धका नयाँनयाँ दाउ पत्ता लगाउनु भनेको नै नयाँनयाँ वस्तु एवं सेवा विकास गर्नु
हो। नयाँनयाँ वस्तु एवं सेवाको विकास गरेर राम्रो मुनाफा हात पार्ने अवसर सृजना
गर्नु हो। बजारमा आफ्नो उपस्थितिलाई निरन्तरता दिन नयाँनयाँ वस्तु एवं सेवाको
विकास गर्नु व्यापारीहरूका लागि अहिले बाध्यात्मक हुन पुगेको छ।
विश्वका
अन्य भागभन्दा नयाँनयाँ वस्तु एवं सेवाको विकास वा जन्म युरोप र अमेरिकामा हुन्छ।
त्यसमा पनि नयाँ वस्तु एवं सेवाको विकास सर्वाधिक अमेरिकमा हुने गर्छ। अमेरिकामा
प्रत्येक वर्ष सयौंको सङ्ख्यामा नयाँनयाँ वस्तु एवं सेवाको विकास हुन्छ। नयाँनयाँ
वस्तु एवं सेवाको विकास गरेर नै अमेरिकी व्यापारीहरूले, एकथरीले ठूलो आम्दानी हात पारेका छन्
भने अर्को थरीले आफ्ना प्रतिस्पर्धीहरूलाई पछाडि पार्न सफलता प्राप्त गरेका छन्।
भएकै
वस्तुमा सुधार (product
modification) गरेर
वा नितान्त नौलो वस्तुको विकास गरेर प्रतिस्पर्धीहरूलाई पछाडि पार्न सर्वाधिक सफल
अमेरिकी कम्पनीको नाम एपल हो। एपलले अनेक किसिमका वस्तु निर्माण गर्छ।
सेलफोन, लैपटप, नाडी घडी भने एपलका अति नै लोकप्रिय र मुनाफा बढी दिने उत्पादन हुन्।
एपलले अटुटरूपमा एकसे एक आकर्षण थपेर आफ्नो वस्तुलाई निरन्तर (प्रत्येक वर्ष) नौलो
बनाउने खास उत्पादन भने सेलफोन वा आइफोन हो। प्रत्येक वर्ष आफ्नो सेल फोनमा
उपभोक्ताहरूको मनोविज्ञान तथा आवश्यकता हेरेर एपलले नयाँनयाँ विषेशता थप्ने गर्दछ।
एपलको पछिल्लो सेलफोन, आइफोन
१२ प्रो (iPhone
12 Pro) हो र यो अमेरिकी उपभोक्ताहरू माझ निकै
लोकप्रिय छ।
एपलको
नयाँ मोडेलको फोन (सेलफोन) खरीद गर्न वा एपलको नयाँ फोनले बजारमा प्रवेश गरेकै दिन
त्यो नयाँ मोडेल त्यसै दिन खरीद गर्ने उपभोक्ताहरूको पङ्Íि लामै हुने गर्दछ। स्टोर (बिक्री हुने
पसल) हरूको अगाडि एपलको फोन खरीद गर्न उपभोक्ताहरूको लामोलामो पङ्क्ति बन्नुले
एपलको सेलफोन बजारमा कति लोकप्रिय छ भन्ने अनुमान लगाउन सकिन्छ। एपलका उत्पादन
जहिले पनि नयाँ विशेषतासहित बजारमा आउनु नै एपलका उत्पादन लोकप्रिय हुनुको प्रमुख
कारण हो। अर्थात् नयाँनयाँ वस्तुको विकास गर्नु नै एपलको लागि सफलताको मूलमन्त्र
हो। तीव्र प्रतिस्पर्धामा पनि टिक्न सक्ने बल हो, हतियार हो।
एपलका
अति लोकप्रिय वस्तुहरूमध्ये अर्को वस्तु हो नाडी–घडी। यो घडी परम्परागत घडी नै हो
तर यसमा यति धरै विशेषताहरू समाविष्ट छन् कि यो घडीलाई एपलको नयाँ वस्तु
मान्नुपर्ने हुन्छ। बजारमा आएको एउटा नयाँ वस्तुको रूपमा स्विकार्नुपर्ने हुन्छ।
यो घडीले परम्परागत घडी (केवल समय र दिन देखाउने) को मागमा नै व्यापक कमी हुने
स्थिति ल्याइदिएको छ।
हुन
पनि यो घडीमा फोन गर्न सकिने, नाडीको स्थिति थाहा पाउन सकिने, हृदयको चाल थाहा पाउने सकिने, कति पाइला हिंडियो (total steps) थाहा पाउन सकिने आदि विशेषता जडित छन्। यसबाहेक अन्य विशेषता पनि यो
घडीमा समाविष्ट गरिएको छ। निष्कर्षमा भन्ने हो भने एपलको यो घडी (smart watch) आधुनिक वैश्य युगको एक महान चमत्कार नै
हो। नाडी घडीबाट फोन गर्न सक्नु र बाहिरबाट आएको फोन सुन्न सक्नु आफैंमा अनौठो
चमत्कार होइन र?
एपलले
सदा नयाँनयाँ वस्तुको विकास गर्नुको प्रमुख उद्देश्य बजारमा आफ्नो वर्चस्व कायम
राख्नु हो। आफ्नो बजार अंश वृद्धि गर्नु हो। वृद्धि गर्न नसकिने स्थिति छ भने कम
हुन नदिनु हो। एपलको यो कार्यबाट प्रमाणित हुन्छ कि नयाँनयाँ वस्तु एवं सेवा
विकासको, बजार व्यवस्थामा कति महŒव छ।
अमेरिकी
अर्थतन्त्रलाई संसारभरिकै सर्वाधिक ठूलो अर्थतन्त्र बनाउन यहाँ हरेक वर्ष नयाँनयाँ
वस्तु र सेवाले जन्म लिनुले पनि महŒवपूर्ण भूमिका खेलेको छ, ठूलो सहयोग पु¥याएको छ। नयाँनयाँ वस्तु एवं सेवा विकास गर्ने व्यवसायीहरूको कार्यले
अमेरिकी बजारहरूमा इन्धन भर्ने कार्य गरेको छ। र त्यो इन्धनले वाहन रूपी बजारलाई
गति दिएको छ।
बजारमा
मागले गति पाएको छ। आपूर्तिले पनि गति पाएको छ। समग्रमा बजार गतिशील हुन पुगेको छ।
रोजगार बढेको छ। व्यक्तिको आम्दानी (ज्याला वा तलब) स्थिर एवं नियमित हुन पुगेको छ।
अब
आउनुहोस् हाम्रो सन्दर्भमा, नेपालको सन्दर्भमा, नयाँ वस्तु एवं सेवाको विकास कुन किसिमले भइरहेको छ त्यसबारे चर्चा
गरौं।
नेपाली
बजार पूर्णरूपमा परम्परागत बजार हो। नेपाली बजारमा नयाँनयाँ वस्तु एवं सेवाको
विकास भएको बिरलै पाइन्छ । हाम्रा बजारमा विदेशमा जन्मेका नयाँनयाँ वस्तु एवं
सेवाको खरीद–बिक्री भएको पाइन्छ। हाम्रो बजारले नयाँनयाँ वस्तु एवं सेवा उत्पादन
गरेको पाइँदैन। तर हामीले नयाँनयाँ वस्तु एवं सेवाको विकास गर्नु आवश्यक छ। भएकै
मागमा वृद्धि गर्न, नयाँ
माग सृजना गर्न तथा उपभोक्ताहरूले वस्तु एवं सेवा खरीदमा बढी खर्च गर्ने वातावरण
सृजना गर्न नयाँनयाँ वस्तु एवं सेवा विकास गर्न आवश्यक छ।
उपभोक्ताहरूले
जति बढी बजारमा खर्च गर्छन्, सोही अनुसार बजारले गति प्राप्त गर्छ। देशको अर्थतन्त्रले विकास गर्छ।
त्यसकारण उपभोक्ताहरूले बढी खर्च गर्ने वातावरण सृजना गर्न नयाँनयाँ वस्तु एवं
सेवाको विकास आवश्यक छ।
उदाहरणको
लागि वीरगंजमा वा अन्य कुनै स्थानमा सर्वाधिक अग्लो टावर बनाएर, त्यस टावरबाट वीरगंज वा त्यो शहरको
सम्पूर्ण दृश्य देखिने पारेर अनि त्यो टावरमा रेस्टुरा सञ्चालन गरेर नयाँ व्यापार
(सेवा) को विकास गर्न सकिन्छ।
अर्थात्
भइरहेका व्यापारभन्दा छुट्टै किसिमको व्यापार (सेवा) को विकास गर्नु नयाँ वस्तु वा
सेवाको विकास गर्नु हो। नयाँनयाँ वस्तु एवं सेवाको विकासले व्यापारको परिमाणमा
वृद्धि ल्याउँछ,
रोजगार
बढ्छ। थप व्यक्तिले रोजगार पाएर उनीहरूको आय वृद्धि हुन्छ। त्यसले शहर धनी हुन
सहयोग पुग्छ। देशलाई धनी बनाउन सहयोग पुग्छ।
स्थानीय, प्रान्तीय एवं सङ्घीय सरकारले व्यापारीहरूलाई
नयाँनयाँ वस्तु एवं सेवा विकास गर्न प्रोत्साहित गर्नुपर्छ। नयाँनयाँ वस्तु एवं
सेवा विकास गर्ने व्यवसायीहरूलाई पुरस्कृत गरेर पनि थप नयाँ वस्तु एवं सेवाको
विकास हुने वातावरण सृजना गर्न सकिन्छ।
बजारहरूलाई
धनी तुल्याएर समग्र राष्ट्रलाई नै धनी तुल्याउन नयाँनयाँ वस्तु एवं सेवाको विकासमा
नेपाली व्यवसायीहरूले जोड दिन आवश्यक छ।
नेपालमा
राष्ट्रिय शिक्षा नीतिमा सुधार गरेर शिक्षा नीतिलाई व्यापार–मैत्री पार्न आवश्यक छ।
व्यापार विषयमा,
उच्च
माध्यमिक र उच्च शिक्षा प्राप्त गरेका विद्यार्थीहरूलाई पनि नयाँ नयाँ वस्तु एवं
सेवा विकासमा लाग्न अभिप्रेरित गर्न आवश्यक छ। र यो अभिप्रेरित गर्न कार्य शिक्षा
नीति र समाज दुवैले गर्नुपर्छ।
नयाँ
वस्तु एवं सेवा उत्पादनको क्षेत्रमा नेपाल निकै पछाडि छ। पछिल्लो समयमा आएर भने
नेपालमा, सीमित सङ्ख्यामा नै भए पनि, केही नयाँ वस्तु एवं सेवाको विकास भएको
पाइन्छ। त्यस्तै सीमित सङ्ख्यामा विकास भएका वस्तु तथा सेवाहरूमध्ये एउटा रिसोर्ट
हो। रिसोर्टहरूको स्थापनाले गर्दा उपभोक्ताहरूमा मनोरञ्जनका लागि घर वा शहर बाहिर
जाने प्रवृत्ति बढेर गएको छ।
Bishwa
Raj Adhikari
Published
in Prateekdaily.com on Friday, July 17, 2021
No comments:
Post a Comment