नेपालमा व्यवसायिक पशुपक्षी पालनको प्रचुर सम्भावना
नेपाली
समाजमा मांसाहारीहरूको सङ्ख्या ठूलो छ । अर्काे शब्दमा भन्ने हो भने नेपाली समाज
मांसाहारी हो । हिमाल, पहाड
र तराईगरी तीनै क्षेत्रमा माछा मासुको खपत ठूलो परिमाणमा हुन्छ । विजया दशैं र
फागु जस्ता चाडहरूमा माछामासुको माग र आपूर्ति पनि ठूलो परिमाणमा हुन्छ ।
माछामासुको बजार यति ठूलो हुँदाहुँदै पनि यसलाई व्यवस्थित गर्न भने सकिएको छैन ।
ठूलो मात्रामा असङ्गठित र अस्वस्थकर माछामासुको उत्पादन एवं उपभोग हुन्छ ।
माछामासुको बजारलाई हामीले व्यवस्थित गर्न सके अन्नमाथिको निर्भरता घटाउन सकिन्छ ।
भारतबाट आयात हुने माछामासु (खसी, बोका) को परिमाणमा कमी ल्याएर भारतसँग व्यापारमा प्रत्येक वर्ष हुने
ठूलो व्यापार असन्तुलन थोरै मात्रा भए पनि कम गर्न सकिन्छ । यसैगरी नेपालमा
उत्पादन भएको माछामासु ठूलो परिमाणमा नेपाली बजारहरूमा आपूर्ति गरेर
मुद्रास्फीतिमा पनि कमी ल्याउन सकिन्छ ।
नेपालको
तराई क्षेत्रमा ठूलो मात्रामा पशुपक्षी पालन हुन्छ । गरीब परिवारले जीवन निर्वाहका
लागि अव्यवस्थित किसिमले उल्लेख्य सङ्ख्यामा बाख्रा, बंगुर पालन गरेको पाइन्छ । यसैगरी कुखुरा, हाँस, परेवा आदि पनि उल्लेख्य सङ्ख्यामा पालन गरेको देखिन्छ । अव्यवस्थित
किसिमबाट हुने पशुपक्षी पालनलाई व्यवस्थित गर्ने हो भने नेपालमा ठूलो मात्रामा
माछामासु उत्पादन गर्न त सकिन्छ नै, ठूलो परिमाणमा उत्पादित ती माछामासु भारतमा समेत निर्यात गर्न सकिन्छ
। हामीलाई ठूलो आय आर्जन गर्न सहयोग पु¥याउने माछामासुको बजार हामीले उपयोग गर्न सकेका छैनौं ।
खासगरी
तराई क्षेत्रमा माछामासुको उत्पादन व्यवस्थित गर्न प्रत्येक पालिकामा एउटा वधशाला
र शीतभण्डारको व्यवस्था गर्नुपर्ने देखिन्छ । यसैगरी पशु स्वास्थ्य केन्द्रहरूको
व्यवस्था पनि प्रत्येक पालिकामा हुनुपर्ने देखिन्छ । यस्तो गर्न सके हामीले
स्थानीयस्तर रोजगार पनि वृद्धि गर्न सक्छौं ।
यसैगरी
ग्रामीण क्षेत्रहरूमा गरिने पशुपक्षी पालनलाई पनि व्यवस्थित गर्नु पर्ने देखिन्छ ।
अर्थात् विभिन्न परिवारले ठूलो सङ्ख्यामा र पेशेवर किसिमले पशुपक्षी पालन
गर्नुपर्ने देखिन्छ । पशुपक्षी पालन कार्यलाई पालिकाहरूले पनि प्रोत्साहित
गर्नुपर्छ । पालिकाहरूले विभिन्न किसिमका कार्यक्रम निर्माण एवं तर्जुमा गरेर
पशुपक्षी पालकहरूलाई संरक्षण र प्राविधिक सहयोग प्रदान गर्नुपर्छ । पशुपक्षी पालन
ग्रामीण क्षेत्रमा गरीब परिवारका लागि आयको राम्रो स्रोत हुन सक्छ ।
कृषि
कार्यका लागि चाहिने दक्ष र अदक्ष जनशक्ति अहिले नेपालबाट ठूलो सङ्ख्यामा रोजगारको
लागि विदेशिएको अवस्था छ । कृषि क्षेत्रमा अहिले ठूलो सङ्ख्यामा जनशक्तिको माग छ ।
नेपालको कृषि क्षेत्रमा कुशल जनशक्तिको अभाव भएकोले पनि हाम्रो कृषि क्षेत्र
उत्पादक हुन सकेको छैन । ठूलो परिमाणमा हामीले भारतबाट अन्न आयात गर्नुपरेको छ ।
भारतबाट आयात गरेको अन्नको लागि हामीले विदेशबाट कमाएर ल्याएको विदेशी मुद्रा
(भारतीय मुद्रा होइन) भुक्तान गर्नुपरेको छ । भारतबाट गरिने आयातको मूल्य र परिमाण
हामीले गर्ने निर्यातभन्दा ज्यादै उच्च रहेकोले हामीले आर्जन गरेको भारतीय
मुद्राले भारतलाई भुक्तान गर्न नपुग्ने हुनाले हामीले भारतलाई विदेशी मुद्रामा
भुक्तानी गर्नुपर्ने हुन्छ । यसरी केवल अन्न खरीद गर्न हामीले दुःखजिलो गरी कमाएको विदेशी मुद्रा भुक्तान गर्नुपर्छ ।
विदेशबाट कमाएर ल्याएको विदेशी मुद्रा हामीले हाम्रो देशको विकास एवं निर्माणमा
खर्च गर्न पाएका छैनौं । हामीसँग रहेको विदेशी मुद्राको उपयोग केवल भारतबाट अनेक सामग्री
खरीद गर्नमा खर्च भइरहेको छ ।
कुनै
पनि कृषि बालीबाट आम्दानी लिन लामो समय पर्खनुपर्छ । खासगरी धान, गहुँ, मकै,
जौ, दलहनजस्ता बालीबाट आम्दानी लिन महीनौं
कुर्नुपर्छ । यी बाली लगाउँँदा उच्च प्रविधिको प्रयोग गर्न सके र ठूलो क्षेत्रफलमा
बाली लगाउन सके मात्र लागतको हिसाबले सस्तोमा उत्पादन गर्न सकिन्छ । अर्काेतिर
नेपालमा कृषिमा उच्च प्रविधि प्रयोग गर्न सकिने स्थिति अहिलेसम्म पनि आउन सकेको
छैन । कृषि कार्यमा कृत्रिम वर्षा, वंशाणुगत गुण परिवर्तन न्भलभतष्अ भलनष्लभभचष्लन, न्भलभतष्अ mयमषष्अबतष्यल, न्भलभतष्अ mबलष्उगबितष्यल जस्ता उच्च प्रविधि
प्रयोग गर्न सकिएको छैन । वंशाणुगत गुण परिवर्तन गरेर ज्यादै ठूलो आकारको आलु, प्याज, फर्सी, काउली
आदि उत्पादन गर्न सकिएको छैन । यसैगरी छिटै नकुहिने, बीउ नहुने, ठूलो
आकारको स्याउ, सुन्तला आदि उत्पादन गर्न सकिएको छैन ।
तर विकसित देशहरूले वंशाणुगत गुण परिवर्तन गरेर आफूले चाहेको आकार, स्वाद र प्रकृतिमा अन्न, फलफूल, तरकारी आदि उत्पादन गर्न सकेका छन् । स्थिति यस्तो रहेकोले नै हाम्रो
कृषि क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता ज्यादै कमजोर हुन पुगेको छ । र हामीले
उत्पादन गरेर बजारमा पु¥याउँदा
हाम्रा कृषि उत्पादनहरू भारतको कृषि उत्पादनभन्दा महँगो हुने स्थिति उत्पन्न भएको
छ ।
आकार
र क्ष्Fेत्रफलको हिसाबले हाम्रा कृषियोग्य
पहाडी क्षेत्रहरू तराईभन्दा ज्यादै ठूला छन्, तर अनेक समस्याले गर्दा कृषि कार्यको लागि नाफामूलक किसिमले प्रयोग
गर्न सकिएको छैन । पहाडी कृषियोग्य भूमिहरू स्थानीय कृषकहरूबाट केवल निर्वाहका
लागि उपयोग भएका छन् । उच्च मुनाफाका लागि भएका छैनन् ।
तराईका
कृषियोग्य भूमिहरूमा पनि अहिले जनसङ्ख्या वृद्धिको उच्च चाप परेको छ । ग्रामीण
क्षेत्रमा ठूलो क्षेत्रफलमा रहेका कृषियोग्य भूमिहरू अहिले घडेरीमा रूपान्तरित
भएका छन् । अनेक गाउँँले अहिले शहरको रूप धारण गरेका छन् । ग्रामीण बजारहरू अहिले
शहरी बजार (होटल,
लज, अस्पताल, व्यापारिक भवन आदि) मा परिवर्तन हुने क्रम जारी छ । शहरी बजारहरूले
ठूलो मात्रामा कृषियोग्य भूमि अतिक्रमण गरिरहेका छन् । यो क्रम तराईमा चिन्ताजनक
देखिएको छ । स्थिति यस्तै रहने हो भने तराईका कृषियोग्य भूमि ठूलो परिमाणमा
घडेरीमा परिवर्तन हुनेछ । कृषिको लागि चाहिने भूमिको ठूलो अभाव हुनेछ । यस कुराको
ज्वलन्त उदाहरण काठमाडौंलाई लिन सकिन्छ । काठमाडौंका कृषियोग्य भूमि अहिले केवल घर
एवं घडेरीमा रूपान्तरित भएका छन् । विकासको यो ढाँचा (ःयमभ)ि प्रत्योत्पादक हो ।
यस्तो ढाँचाले देश र जनतालाई लाभ पुग्दैन ।
माथि
बयान गरिएका तथ्यहरूको आधारमा के भन्न सकिन्छ भने नेपालमा ठूलो मात्रामा माछामासु
तराई क्षेत्रमा उत्पादन हुन सक्नु राष्ट्रिय अर्थ व्यवस्थाका लागि ज्यादै नराम्रो
हो । तराईका गाउँँहरूमा पेशेवर किसिमले ठूलो सङ्ख्यामा सुंगुर, बंगुर, खसी आदि पालन गर्न सके देशले राम्रो आय प्राप्त गर्न सक्नेछ । अनेक
किसिमका माछा पालन गर्न सके देशले राम्रो आय प्राप्त गर्न सक्नेछ । यसैगरी ठूलो
सङ्ख्यामा कुखुरा,
हाँस, बत्तख, परेवा पालन गर्न सके देशले राम्रो आय प्राप्त गर्न सक्नेछ ।
नेपालमा
पशुपक्षी पालनको प्रचुर सम्भावना छ । केवल यो सम्भावनालाई कसरी लाभदायक अवसरमा
परिवर्तित गर्न सकिन्छ, हामीले
गम्भीरतापूर्वक त्यस कुराको खोजी गर्नुपर्छ । पशुपक्षी पालनलाई हाम्रो जलवायु र
भूगोलले पनि उत्तिकै अनुकूल स्थिति प्रदान गरेको छ । यो हाम्रो लागि ठूलो अवसर हो
।
देशको
आर्थिक विकास अर्थशास्त्रका ठूला–ठूला सिद्धान्तले मात्र हुने होइन । ठूला–ठूला
अर्थशास्त्रीहरूको लामो–लामो भाषणले पनि हुने होइन । देशको आर्थिक विकास माथि
भनिएका सामान्य कार्यहरू गरेर पनि गर्न सकिन्छ ।
No comments:
Post a Comment