स्वरोजगारबारे सोच्न ढिलो नगरौं
केही
दिन पहिले (पुस २७, २०७९) कान्तिपुर दैनिकमा हरिराम उप्रेतीको एक सामग्री
‘पृथ्वीनारायणलाई पारिश्रमिक’ समाचारको रूपमा प्रकाशित भएको थियो। पृथ्वी जयन्तीको
अवसर पारेर प्रकाशित उक्त समाचारमा एक व्यक्ति– ओमबहादुर श्रेष्ठले गोरखा दरबारमा
पृथ्वीनारायण शाहझैं भेष धारण गरेर आफूलाई पृथ्वीनारायण शाह देखाउने गरेको र सो
कार्य गरेर दर्शकहरूलाई पृथ्वीनारायण शाहबारे जानकारी दिने प्रयास गरेको उल्लेख
गरिएको थियो।
सामान्य
किसिमको लाग्ने उक्त समाचार म एक अर्थ क्षेत्रको व्यक्तिको लागि भने विशेष महत्वको
थियो। विशेष महत्वको लाग्नुको खास कारण थियो– त्यस समाचारमा पृथ्वीनारायण शाहको
कथा मात्र थिएन, ओमबहादुर श्रेष्ठको कुरा मात्र थिएन, स्वरोजगारको कथा थियो। आफ्नो लागि
आफैंले कसरी रोजगार सृजना गर्न सकिन्छ उल्लेख गरिएको थियो । रोजगार सृजना गर्ने
तरीका देखाइएको थियो। त्यो समाचार आफैंमा स्वरोजगार–सृजनाको एक सुन्दर कथा थियो।
अब
सो समाचारमा उल्लेख भएका केही जानकारीहरूको अध्ययन गरौं।
गोरखा
— हातमा तरबार, टाउकामा श्रीपेंच, कालो दौरा–सुरूवाल,
कम्मरमा
खुकुरी र ढाल। गोरखा सङ्ग्रहालय अघि उभिएका अग्लो कदका पृथ्वीनारायण शाहसँग तस्बिर
खिचाउनेको ताँती सधैं देखिन्छ। पृथ्वीनारायणको भेषमा उभिने उनी हुन्,
गोरखा
नगरपालिका–६ का ६४ वर्षीय ओमबहादुर श्रेष्ठ –कान्तिपुर
बढ्दो
ख्याति देखेर गत भदौदेखि गोरखा सङ्ग्रहालयले उनलाई मासिक १८ हजार तलब दिएर
पर्यटकलाई मनोरञ्जन दिन परिसरमा तैनाथ रहने ड्युटी दिएको छ। ऐतिहासिक क्षेत्र
संरक्षण तथा विकास समितिले उनलाई सङ्ग्रहालयमा बस्न प्रबन्ध मिलाएको छ। अनि उनीसँग
तस्बिर खिच्नका लागि निश्चित शुल्क पनि समितिले तोकिदिएको छ,
विद्यार्थी
र स्थानीयलाई २०/२० रुपियाँ, पर्यटकको ५०,
सामूहिक
तस्बिर लिएको १०० रुपियाँ। –कान्तिपुर
मैले पनि पृथ्वीनारायण शाहबारे किताब
पढेर थाहा पाएको हो, उनले भने। –कान्तिपुर
माथिको जानकारीबाट के प्रस्ट हुन्छ भने एक सामान्य आम्दानी हुने (पृथ्वीनारायणको भेष धारण गर्ने) जागिर गर्नका लागि ओमबहादुरले कुनै ठूलो शैक्षिक प्रमाणपत्र लिनुपरेको छैन। एक सामान्य आम्दानी हुने अवस्था सृजना गर्न कुनै ठूलो पूँजी लगानी गर्नुपरेको छैन। जागीर पाउनका लागि कसैलाई गुहार गर्नुपरेको छैन। उल्टो उनले आफ्नो लागि आफैंले रोजगार सृजना गरेका छन्। रोजगार पनि यस्तो सृजना गरेका छन्, जसको आयु लामो छ। र यो रोजगार उनले आफ्ना लागि मात्र होइन आफ्नो शेषपछि अरूले पनि पाउनेगरी फराकिलो पारिदिएका छन्। ओमबहादुर श्रेष्ठले भविष्यमा त्यो कार्य गर्न नसक्ने स्थिति भएमा वा उनको शेषपछि अर्को व्यक्ति पृथ्वीनारायण शाहको भेषमा उक्त स्थानमा प्रस्तुत हुनेछ। र त्यो परम्परा अब अविछिन्नरूपमा जारी रहने छ। त्यो रोजगारले निरन्तरता पाउने छ।
ओमबहादुर
श्रेष्ठको पृथ्वीनारायण बन्ने कार्यले रोजगारको सम्भावनाको एपउटा थप ढोका
खोलिदिएको छ। कसरी? ओमबहादुर श्रेष्ठले झैं जनकपुरको जानकी मन्दिरमा कुनै व्यक्तिले राजा
जनकको भेष धारण गरेर आफ्नो लागि रोजगार सृजना गर्न सक्छ। कसैले अष्टाबक्र त कसैले
गार्गी, कसैले याज्ञवल्कझैं भेष धारण गरेर आफ्नो लागि रोजगार सृजना गर्न सक्छ।
वीरगंजको पर्यटकीय स्थलमा कसैले आफूलाई विद्यापतिको रूपमा प्रस्तुत गरेर आफ्नो
लागि रोजगार सृजना गर्न सक्छ।
हाम्रो
समाज परम्परागत समाज हो। हाम्रो समाजले व्यापारका नयाँनयाँ अवसर सृजना गर्न,
रोजगारका
नयाँनयाँ अवसर सृजना गर्न, आम्दानीका नयाँनयाँ तरीका सृजना गर्न
युवाहरूलाई ज्ञान दिदैन। उपायहरू देखाउँदैन। प्रोत्साहित पनि गर्दैन। उल्टो,
समाजले
युवाहरूलाई आफ्नो सपनाको भारी बोक्न लगाउँछ। शिक्षाका लागि,
रोजगारका
लागि हाम्रो समाजले युवाहरूलाई विदेश जान प्रोत्साहित गर्ने मात्र होइन,
बाध्य
नै पार्छ। बाबुआमा नै, भोलिका दिन राम्रो आम्दानी हुने, समाजमा इज्जत पाउने लोभमा सन्तानलाई
विदेश पठाउन लालायित हुन्छन्। परिवार, समाज र संस्कृतिले पनि हामीलाई
स्थानीयस्तरमा रोजगार सृजना गर्न, स्वरोजगार हुन सिकाउँदैन। त्यस्तो किन
भएको होला? आउनुहोस् यस प्रश्नको उत्तर खोजौं।
हाम्रो
समाज एक पुरातन एवं परम्परागत समाज हो। समाज पनि यस्तो,
जुन
तोकिएको वा खिंचिएको रेखाभित्र नै गमन गर्न रुचाउँछ। विगतमा हाम्रा युवाहरू
रोजगारको लगि बर्मा गए। पाकिस्तानको लाहौर गएर लाहुरे कहलिए। रोजगारको लागि नै
मलाया (मलेशिया) पुगे, ल्हासा पुगे। मोग्लान (मुगलहरूद्वारा शासित क्षेत्र) पुगे।
रोजगारका
लागि विदेश जाने परम्परा वर्षौंदेखि कायम छ। अहिले आएर यो परम्परा झनै मौलाएको छ।
हाम्रा युवाहरू अहिले ठूलो सङ्ख्यामा मलेशिया पसेका छन्। खाडीका देशहरूमा पसेका
छन्। अमेरिका, युरोप अस्ट्रेलिया पुगेका छन्। अफ्रिका पुगेका छन्। दक्षिण अमेरिका
पुगेका छन्।
स्वदेशमा
रोजगार सृजना गर्नेतर्फ हामीले गम्भीरतापूर्व सोचेनौं। रोजगार सृजना गर्ने कार्य
सरकारको हो भन्दै निष्क्रिय भए बस्यौं। परिणामतः अहिले नेपालको एकतिहाई जनसङ्ख्या
विदेशमा छ। केही वर्ष पछि ठूलो सङ्ख्यामा नेपालीहरू विदेशी नागरिकसमेत हुनेछन्।
नेपाल फर्किने छैनन्, विदेशमैं हराउने छन्।
व्यापार
सञ्चालन व्यक्तिको बौद्धिक क्षमता एवं कुशलताले हुने हो। कुनै परिवारमा जन्मेर
कुनै एक व्यक्ति व्यापारी हुने होइन। तर हाम्रो समाजले व्यापार गर्ने कार्य कुनै
एक वर्गलाई दियो र त्यो वर्गलाई बणिक वा बनिया भन्यो।
बनियाहरू
मात्र व्यापारमा शरीक हुने वातावरण बन्यो। केही बनियाका सन्तान,
व्यापारमा
रुचि नभए पनि बाध्य भएर व्यापार गर्नुपर्ने अनिवार्यता भयो भने व्यापार गर्ने रुचि
भएका तर गैरबनियाका सन्तान भएको कारण गर्दा उनीहरूले व्यापार गर्न नपाउने स्थिति
भयो। व्यापार गर्ने दायित्व केवल केही व्यक्तिलाई दिइयो। यो कारणले गर्दा पनि
हाम्रो दक्षिण एशिया क्षेत्रमा र खास गरी नेपालमा व्यापारको विकास व्यवस्थित
किसिमले हुन सकेन। व्यापार एक खास वर्ग (बनिया) मा सीमित भयो।
अहिले
भने युग फेरिएको छ । हामी अहिले वैश्य युगमा छौं। यो युगमा हरेक व्यक्ति व्यापारमा
संलग्न हुनु अनिवार्यता एकातिर छ भने हरेक व्यक्तिलाई व्यापारले प्रभावित गर्ने
स्थिति अर्कोतिर छ। व्यापारमा हामी संलग्न नभएमा बाँच्न सक्ने स्थिति छैन।
बहुसङ्ख्यक व्यक्ति अहिले श्रम मात्र उत्पादन गर्ने स्थितिमा छन्। आफूले उत्पादन
गरेको श्रम बिक्री गरेर उनीहरूले दैनिक उपयोगलगायत अनेक सामग्री खरीद गर्नु पर्नेछ।
अहिले बहुसङ्ख्यक व्यक्तिले कृषियुगमा जस्तो आफूलाई आवश्यक पर्ने लगभग सम्पूर्ण
वस्तु उत्पादन गरेझैं, गर्न सक्दैन। केवल श्रम मात्र उत्पादन गर्छ। अहिले बहुसङ्ख्यक
व्यक्ति केवल श्रम उत्पादन गर्ने हुनाले प्रत्येक व्यक्ति श्रम बजारमा पुगेर श्रम
बेच्न बाध्य छ भने सहज रोजगार पाउने स्थितिको अभाव छ। यस्तो अवस्थामा आफैंले
रोजगार सृजना गर्दा रोजगार पाउन सजिलो हुन्छ, गोरखा दरबारका ओमबहादुर श्रेष्ठले झैं।
विश्वराज अधिकारी
प्रतीक
दैनिकमा प्रकाशित: Friday, January 20,
2023
No comments:
Post a Comment