Wikipedia

Search results

Sunday, February 26, 2012

The Perception-Fiction of the week-26

The Perception

Standing at the corner of Ratna Park some boys were saying, “How foolish the person was? He didn’t notice when we picked his pocket up.”
“Stupid.”
“Silly.”
“Seems, he just came from a village.”
“But his dress up seems as if he from a city.”
“Any way, I picked up Rs. 5,000 from his pocket very skillfully.”
“I covered you with my body taking high precaution so that nobody could see you while you were putting your fingers in his pocket. If someone would have seen that you might have been beaten ruthlessly.”
 “My part was also crucial. I had engaged those people who were around.”
“Listen, I cut his pocket. That job requires skill and is risky too. That is why I will take 3 thousand Rupees first then you all divide the rest equally.” 
An old person was standing little far from the boys. He stepped close to them and said “I was hearing your arguments  from the place I was standing. I am not so stupid to allow you to take my wallet from my pocket. The money you stole is my one month’s salary. I could have shouted and told people that you are stealing my money. Even I could have beaten you ruthlessly. But I didn't do so. Do you know why I did so? I was trying to protect you from the severe punishment. If I would have shouted and informed people that you are stealing my money many of them would have  started breaking your hands and legs. My silence was to protect you. My silence is not outcome of foolishness. I am not a stupid person. And, please, you three people take the money equally. The money you have stolen is not five thousand Rupees, it is fifteen thousand. And lastly, don’t tell me stupid. Don’t give the name stupid to my gentleness.”
After listening to the old person the boys ran away in different directions. But they met at the same place after few days. One of them said, “In such a selfish world there are still some people who act foolish to help poor people like us and give something to other making themselves empty.  

Bishwa Raj Adhikari 

Friday, February 24, 2012

Power Greed Threat for Poverty Alleviation-Article-32


सत्ता लिप्सा गरिबी निवारण लागि खतरा

अफ्रिकी र अरब राष्ट्रका जनतामा आएको प्रजातन्त्र र थप स्वतन्त्रताप्रतिको चाहनाले ती क्षेत्रका  नाताशाहहरुलाई विस्तारै सत्ताच्युत गरि रहेको छ। ट्युनिसिया, लिबिया, इजिप्टमा ठूला ठूला परिवर्तनहरु नै भए। केवल सक्तिका लागि मात्र भोका नेताहरुलाई जनता सत्ताको कुर्सीमा लामो समयसम्म हेर्न चाहि रहेका छैनन, अब। लामो समयसम्म सत्तामा बसेर देश र जनताका लागि के गर्यौ, त्यसको हिसाब किताब खोजि रहेका छन जनताले नेताहरु सँग। नेताहरुले सक्तिको उपयोग केवल आफू र आफ्नो परिवारका लागि गरि रहेका छन भन्ने यथार्थबाट अब जनताहरु अनभिज्ञ छैनन। राष्ट्रलाई गरिब पार्नमा नेताहरु जिम्मेबार रहेको कुरा बुझ्न थालेका छन, जनताले। अनेक बहानामा नेताहरुले जनतालाई ठग्ने दिनको समाप्ति अब हुन थालेको संकेत मिल्न थालेको छ अफ्रिक्री र अरब राष्ट्रहरुमा भएका परिवर्तनहरुलाई मध्य नजर गर्दा।  
लिबियाका, तानाशाह, सन्की र लहडीको उपनाम समेत पाएका मुआम्मर गद्दाफी, जसले लिबियाको राज्य सत्ता ४२ वर्षसम्म आफ्नो हातमा लिएर मुलुकमा निरंकुश शासन चलाए, लाई जनताद्वारा संचालित आन्दोलनले सत्ताच्युत मात्र गरेनन् साथै उनको ज्यानै पनि लियो। मनोमानी ढंगले शासन गर्ने गद्दाफीले केवल सत्ता टिकाउने तिर मात्र आफ्नो ध्यान केन्द्रित गरे तर राष्ट र जनताको गरिबी कम पार्नेतिर ध्यान दिएनन।
सिरियामा झन्डै एक वर्षदेखिको संचालित जन आन्दोलनले असाद परिवारको हुकुमी शासनलाई यति कमजोर पारि सकेको छ कि अब केवल ढल्न मात्र बाँकी छ। चार दसकदेखि सिरियाको शासन व्यवस्था केवल असाद परिवारको हातमा मात्र सीमित रहँदै आएको छ।
यसै गरि अर्का तानाशाह, इजिप्टका राष्ट्रपति होस्नी मुबारकले ३० वर्षभन्दा बढी समयसम्म इजिप्टको शासन व्यवस्था केवल आफ्नो हातमा मात्र सीमित राखे। मुबारकले पनि देशमा बिद्यमान गरिबी कम पार्न ध्यान केन्द्रित गर्नु भन्दा आफ्नो शासन कसरी लामो समयसम्म टिकाउन सकिन्छ भन्ने तर्फ मात्र ध्यान केन्द्रित गरे। तर पनि मुबारकमा अरु तानाशाही शासन चलाउन खोज्ने नेताहरु भन्दा केही पृथक देखिए। यिनको बिरोधमा जनताको आबाज बुलन्द हुन थाले पछि शक्ति हस्तान्तरण गरे। मुबारक भने गद्दाफी र असादले जस्तो जनताको आबाजलाई केवल दमनद्वारा नै ठीक पार्छु भन्ने तिर लागेनन।
लगभग इजिप्ट, लिबिया र सिरियामा भएको जस्तै स्थिति देखिएको छ पश्चिमी अफ्रिकी देश सेनेगलमा। हुन त सेनेगल अफ्रिकी मुलुकहरु मध्ये बढी प्रजातान्त्रिक देश मानिन्छ। सेनेगलमा सेनाले सत्ता आफ्नो हातमा लिएको इतिहास पनि छैन। सेनेगलको शासन व्यवस्था अहिले राष्टपति (पहिलो पटक सन् २००० मा निर्वाचित) अब्दुलाइ वादको हातमा छ। राष्टपति वाद पनि अन्य राष्ट्रका ती नेता (शासक) हरु जस्तो देखिन थालेका छन, जसले आफ्नो शासन काल लम्ब्याउन जनताको बिरोधको बेवास्ता र दमन गरे। सत्ताको लागि बढी भोको देखिन थालेका छन, वर्तमान राष्टपति वाद। दुई पटक राष्टपति भइ सकेका ८५ वर्षिय वाद पुन: राष्ट्रपति निर्वाचित हुनका लागि चुनाव लड्दै छन, आगामी आइतबार हुने चुनावमा कस्सिएर भाग लिँदै छन। तर जनता उनको उम्मेदबारीबाट पटक्कै प्रशन्न छैनन। उनको उम्मेदबारीको बिरोधमा राजधानी डकारमा व्यापक प्रदर्शन गरि रहेका छन।
सेनेगल अहिले अशान्त छ। हुन त राष्ट्रपति वादको शासन व्यवस्थाको बिरोध पहिलेदेखि नै हुँदै आइ रहेको छ। यस वर्ष भरिमा उनको बिरोधमा भएका प्रदर्शनहरुमा ६ जनाको ज्यान गइ सकेको छ। गत आइतबार पनि एक जनाको ज्यान गएको छ, उनको बिरोधमा भएको प्रदर्शनमा।
सेनेगलका जनताले राष्ट्रपति वादको उम्मेदवारीको व्यापक बिरोध गरि रहेका छन। राजधानी डकार तनावग्रस्त छ। दंगा नियन्त्रण गर्ने प्रहरीमाथि प्रदर्शनकारीहरुले ढुंगा हानि रहेका छन। सेनेगलको जनतामा व्यापक असन्तोष छ, राष्ट्पतिका वाचालाई लिएर। उनले मुलुकको गरिबी कम पार्न ध्यान केन्द्रित गर्ने छु, स्वास्थ्य र शिक्षाको क्षेत्रमा व्यापक सुधार गर्ने छु भनी चुनावताका जनतासँग वाचा गरेका थिए। र वाचाको आधारमा राम्रो समर्थन पाएका थिए पनि जनताबाट। तर उनले आफ्नो वाचा पुरा गर्ने तर्फ ध्यान दिएनन बरु छोरालाई राजनीतिमा बढी सक्रिए गराउने आधार भूमि तयार पारे आफ्नो यो १२ वर्षे कार्यकालमा। जनताले यस्ता किसिमका आरोपहरु लगाइ रहेका छन उनी माथि। जनतालाई, उमेरले ८५ वर्ष पुगेका वाद राजनीतिमा सक्रिय हुन सक्तैनन भन्ने पनि लागेको छ र यो कुरालाई पनि बिरोधका स्वरहरु मध्ये एउटा बनाएका छन। फ्रान्स लगाएत अन्य राष्ट्रहरुले राष्ट्रपति वादलाई राजनीतिबाट सन्यास लिन दवाब दिइ रहेका छन तर उनले अन्तरार्ष्ट्रिय दबाबतिर कान दिएका छैनन। अहिले संकटको स्थितिमा छ, सेनेगल।
लिबिया, सिरिया, इजिप्ट, सेनेगलमा नेताहरुले सत्ता प्रति देखाएका आशक्ति केवल प्रतिनिधि उदाहरणहरु मात्र हुन नेताहरुको जसरी पनि सत्तामा बस्ने मनोवृतिको। विश्वका अन्य विभिन्न राष्ट्रहरुमा शासक हुन पुगेका त्यस्ता धेरै नेताहरु छन जसले सत्ता छोड्न चाहेका छैनन। अनेक किसिमका दाउपेंचहरु लगाएर सक्तामा पुगेका छन र सक्तामाथिको आफ्नो पकडलाई बलियो बनाएका छन। जनतालाई विभिन्न किसिमका नारा दिएर आफ्नो पक्षमा पारेका छन र जनतालाई गुमराह गरेर सदाकाल सक्तामा बस्ने आफ्नो लोभी इच्छा पुरा गरेका छन, गरि रहेका छन र भविष्यमा पनि गरि नै रहने छन। प्रजातन्त्रको लागि ठूलो खतरा हुन पुगेको छ, अहिलेको यो समयमा, नेताहरुको जसरी पनि सक्तिमा रहि रहने प्रवृति। खास गरि विश्वका गरिब मुलुकहरुमा, कसरी गरिबी कम पार्ने कुरा झन झन चुनौतिपूर्ण हुँदै गइ रहेको छ, नेताहरुको सत्ता लिप्सा प्रवृतिलाई हेर्दा। पहिले राजा, महाराजाहरुले मुलुकको शासन व्यवस्थालाई आफ्नो सम्पत्ति मानेर आफ्ना सन्तानहरुमा हस्तान्तरण गर्दथ्ये, अब नेताहरुले मुलुको शासन व्यवस्थालाई आजिवन उपयोग गर्न र आफ्ना प्रिय पात्र र नातेदारहरुमा हस्तान्तरण गर्न खोजि रहेका छन, पहिलेका राजा महाराजाहरुले झै। यो तथ्य नेपालमा झनै प्रष्ट गरि देखिन थालेको छ।
तर एउटा सुखद पक्ष के पनि देखिन थालेको छ भने अब जनताले नेताहरुको सत्ताप्रतिको मोहलाई बुझ्न थालेका मात्र छैनन् त्यसको व्यापक विरोध पनि गर्न थालेका छन। नेताहरुले जातीयता, क्षेत्रीयता, सामप्रदायिकता, राष्ट्रियता जस्ता संवेदनशील विषय उठाएर जनताको समर्थन प्राप्त गर्ने र त्यो समर्थनको उपयोग आफ्नो स्वार्थको पक्षमा गर्ने खेल अब जनतामा प्रष्ट भएको छ। नेताहरुले सत्ताका लागि गर्ने यस्ता जाल झेललाई प्रष्ट संग बुझ्न थालेका छन, जनताले। अब जनताहरुले त्यस्ता नेताहरुको खोजिमा ध्यान दिन थालेका छन जसले आफ्नो छविलाई सँधै स्वच्छ राखुन, देश र जनताको सेवा गरुन र आफ्नो कार्यकाल पूरा गरे पछि राजनीतिबाट सन्यास लिउन तर राजनीतिलाई व्यापार नबाउन। न त राजनीतिलाई सँधै भरि शक्ति र सत्तामा रहि रहने माध्यम नै।

विश्वराज अधिकारी 

Sunday, February 19, 2012

The Successful Candidate-Fiction of the week-25


The Successful Candidate

The interview which was set to select a marketing manager ended. The chief of the company who was also in the chair of the interview committee said ‘The last candidate whom we interviewed little in depth than others seemed to have the skill and ability we are looking for. He can sell the new product launched by our company very successfully. So we need to select the last candidate. My view about him is appropriate I guess.”
The view expressed by the chair put in a great surprise to the rest of the members of the interview committee. All the members had heard the most of the answers given by the last candidate were gone wrong. One could see the anger in their faces; it showed their unhappiness on the selection.
The chair tried to justify his decision. He said “the answers given by the young man, I meant the last candidate were mostly wrong. I knew that fact very well. The last candidate was giving wrong answers so confidently as if they were correct ones. His strong confidence was making wrong answers look correct. The last candidate could make the wrong seem right. He is a very smart guy. These days the society likes people like the last candidate, and not only that they trust them as well. The second candidate was very knowledgeable and talented too. He gave all the answers correctly and very gently. But the way he gave the answers was making them as if they were wrong. Now a day’s people don’t like that approach and never believe as well. That is why I can say that the last candidate can sell the new product of our company. I have no any doubt and I am fully confident on his ability. He is hundred percent appropriate. But how you all think about him? I meant the last candidate.”
All the members of the committee laughed at a time after listened to the chair’s concluding remarks. The members saw each other’s face meaningfully too. All the members said at a time in a similar tone "Sir, you are correct. Your decision is unanimous and as per time’s need."

Bishwa Raj Adhikari  



Saturday, February 18, 2012

The Curse-Poem (song) of the week-18


श्राप भएँ म 

उज्यालो नभएको दिन म
जुन नभएको रात म
सुन्न नचाहने कसैले
कस्तो भएँ बात म

परिस्थितिको आँधिमा उडेर म
नचाहेर कता कता पुगें म
आफ्नो एउटा थलो नभएको
सुकेको भएँ पात म

यसको लागि त्यहाँ पुगे म
त्यसको लागि कहाँ कहाँ पुगें म
मतलब पुगे पछि तर
छोडिएको भएँ साथ म

ऊ हाँस्दा हाँस्ने म
ऊ रुँदा रुने म
उसको लागि स्वर्ग नै धरतिमा ल्याउँदा पनि तर
नजरमा उसैको भोग्नु पर्ने कस्तो भएँ श्राप म

विश्वराज अधिकारी