Wikipedia

Search results

Saturday, October 27, 2012

Why are you so cruel?-Poem of the week-44


Why are you so cruel?

Time, O cruel Time!
Why are you so heartless?
Why are you so callous?
Have you ever think on that?
With your sharp sword,
you cut my childhood.
You cut my youth so brutally.
You are waiting to kill me,
on the time you decided.
But I still respect you.
I respect you,
for your dutifulness,
for your sincerity.
I know, you are only,
honest and fair.

Bishwa Raj Adhikari

Saturday, October 20, 2012

The Time-Poem of the week-43



The Time

I asked a stranger who he was.
He said “I am close to you, not very far.”

“If you recognize me, I am worth million Dollars
If not just a lost sailor.”

“Try to use me now I am very perishable
I am not that which is reusable.”

"All know me, everywhere I am prime 
I direct and control all, my name is Time"



Bishwa Raj Adhikari

Friday, October 19, 2012

Why European Union Got The 2012 Nobel Peace Prirze?-Article-64


यूरोपियन यूनियनलाई किन दिइयो नोबेल पुरस्कार?

शान्तिका लागि यस वर्ष (सन् २०१२) को नोबेल पुरस्कार यूरोपियन यूनियनलाई दिइएको घोषणा गरिएको छ। पुरस्कार दिनुको कारणको रुपमा, यूरोपियन यूनियनले शान्ति, समन्वय, प्रजातन्त्र तथा मानवाधिकारको विस्तार एवं विकासमा उल्लेखनीय कार्य गरेको र मुख्य रुपमा यूरोपलाई युद्धग्रस्तबाट शान्त महादेशमा रुपान्तरण गर्नमा समन्वयकारी भूमिका खेलेको उल्लेख गरिएको छ। विगत साठ्ठी वर्ष अर्थात आफ्नो स्थापना कालदेखि  देखि नै निरन्तर रुपमा यूरोपियन यूनियनले यूरोपमा युद्धलाई शान्तिमा र घृणलाई एकतामा रुपान्तरित गर्न अति नै महत्वपूर्ण भूमिका खेलेको भनी प्रशंसा समेत गरिएको छ। यसै गरि, कुनै समयमा एक अर्काको सत्रु रहेका दुई राष्ट्रहरु- जर्मनी र फ्रान्स बीच बलियो मित्रता कायम गराउनमा पनि यूरोपियन यूनियनले अति नै बौद्धिक कुशलता देखाएको भनी यूनियनको प्रशंसा गरिएको छ। विगत ७० वर्षमा जर्मनी र फ्रान्स बीच तीन पटक युद्ध भइ सकेको छ तर अहिले भने यी दुबै राष्ट्रहरुले यूरोपको आर्थिक विकासका लागि मिलेर कार्य गरि रहेका छन। एक किसिमले भन्ने हो भने यूरोपियन यूनियनमा यी दुई राष्ट्रहरुको नै बढी प्रभाव रहेको देखिन्छ। अहिले जर्मनी र फ्रान्स बीच युद्ध होला भनी कल्पना पनि गर्न सकिंदैन। 
 यूरोपियन यूनियनको स्थापना जुलाइ २३, १९५२ मा पेरिस सम्झौता द्वारा भएको हो तर यसबेला यसको नाम यूरोपियन यूनियन थिएन। यसले, पछि सन् १९९३ मा भएको मास्ट्रिच सन्धीद्वारा यूरोपियन यूनियन भनी नाम पाएको हो। यूरोपियन यूनियनको स्थापना एक आर्थिक एवं राजनैतिक संगठनको रुपमा भएको हो तर यसको स्थापनाको पृष्ठभूमि हेर्दा यसको स्थापना प्रमुख रुपमा यूरोपमा कोइला र स्टिलको बजार विस्तार गर्न एवं यस क्षेत्रको आर्थिक विकासमा टेवा पुर्याउन हो भन्ने कुराको पुष्टि हुन आउँछ। यस अर्थमा यूरोपियन यूनियन एक आर्थिक संगठन हो। यूरोपको एक वृहत् बजार हो।   
यो पुरस्कार प्राप्त गरेर यूरोपियन यूनियनले आफ्नो दायित्व अझै बढेको अनुमान गरेको हुनु पर्दछ, खास गरी आर्थिक क्षेत्रमा। यसै गरी, आर्थिक क्षेत्रमा उपलब्धि हासिल नभइ शान्ति कायम हुन सक्तैन भन्ने यथार्थलाई पनि यूनियनले भलिभाँति स्मरण गरेको हुनु पर्दछ, यो पुरस्कारको घोषणा पछि। कुनै समयमा युद्धको दलदलमा अनावयश्य रुपमा भास्सिएर ठूलो धन जनको क्षति बेहोरेको र धेरै रचनात्मक समय युद्धमा बर्बाद गरेको यूरोपले दोस्रो विश्व युद्ध पछि आफ्नो क्षेत्रमा शान्ति स्थापना गर्न निकै संघर्ष गरेको थियो र त्यो संघर्ष अहिले पनि जारी छ। सबै भन्दा ठूलो कुरा त, आर्थिक विकासका लागि शान्ति अत्यावश्यक तत्व रहेछ भन्ने कुरा यूरोपले बुझेको मात्र होइन, त्यसलाई व्यवहारमा देखाउन समेत तत्पर रहेको संकेतको रुपमा पनि हेरिएको छ, यूरोपियन यूनियनले शान्तिका लागि नोबेल पुरस्कार पाएको घटनाले। यो पुरस्कार प्रदान गरेर यूरोपलाई, खास गरि यूनियनलाई यूरोपमा देखिन थालेको आर्थिक मन्दी प्रति समयमै सचेत हुन उत्प्रेरित गरिएको हो कि भन्ने प्रतीत हुन्छ। यसै गरी देखा पर्न थालेको आर्थिक मन्दीको कुप्रभावलाई कुन किसिमबाट कम पार्न सकिन्छ त्यस सम्बन्धमा प्रभावकारी विचारहरु समयमै पत्ता लगाउन पनि यूनियनलाई उत्प्रेरित गरिएको हो भन्ने प्रतीत हुन्छ। हुन पनि अहिले लगभग सिंगो यूरोपको आर्थिक स्थित ज्यादै खराब अवस्थामा छ। ग्रिस, स्पेन र आएरलैण्डको आर्थिक स्थिति त ठूलो ऋण भारले गर्दा झनै दयनीय हुन पुगेको छ। यूरोपको जनता र मुख्य गरी यस महादेशका आर्थिक समस्याको भूमरीमा निस्सासिएका राष्ट्रहरुको जनतामा चरम निराशा र अनौल छ। आर्थिक मन्दीको कारणले गर्दा उनीहरुको जिवन कष्टकर हुँदै गएको छ। केही समय पहिले जर्मन चान्सलर एन्जेला मर्केलले ग्रिसको भ्रमण गर्दा ग्रिसमा उनले केही प्रर्दशनकारीहरुको बिरोधको सामना गर्नु परेको थियो। ग्रिसका थुप्रै जनता आफूले आर्थिक कठिनाईहरु भोग्नुको मुख्य कारण ग्रिस यूरोपियन यूनियनमा रहनुलाई मान्दछ र जर्मनीको नीतिको कारण यूरोपियन यूनियन त्यस क्षेत्रको जनताको आर्थिक प्रगति गर्न सक्षम हुन नसकेको ठान्दछ। हुन पनि अहिले यूरोपेली राष्ट्रहरु त्यहाँ व्याप्त आर्थिक कठिनाइले गर्दा विभाजित मनस्थितिमा छन। यूरोपको मौजुदा आर्थिक समस्याको समाधान आर्थिक रुपमा बलियो रहेका त्यस महादेशका राष्ट्रहरुबाट समयमै नखोजिने हो भने यूरोपका विभिन्न राष्ट्रहरु अनेक किसिमका द्वन्दहरुको झमेलामा फँस्ने मात्र होइन गृह युद्ध नै भोग्नु पर्ने स्थिति पुग्न सक्छन। र त्यति मात्र होइन, आर्थिक समस्याहरुको समाधान उचित किसिमबाट हुन नसकेमा केही मुलुक टुक्रिन पनि सक्छन। यस किसिमका आशंकाहरु व्यक्त गर्न थालिएको छ।
शान्तिको मूल आधार आर्थिक खुसहाली हो। कुनै पनि समाज वा मुलुकमा शान्ति कायम गर्न आर्थिक विकासमा नै जोड दिनु पर्दछ। यस अर्थमा, यूरोपलाई अशान्त हुन नदिन यस महादेशका नेताहरु यस क्षेत्रका आर्थिक समस्याहरुको समाधान प्रभावकारी किसिमले गर्न  गंभिरतापूर्व लाग्नु पर्ने भन्ने शन्देस दिन खोजिएको प्रतीत हुन्छ, यूरोपियन यूनियनलाई शान्तिका लागि नोबेल पुरस्कार प्रदान गरिएको कार्यबाट। यो पुरस्कारले यूरोपियन यूनियनलाई यस क्षेत्रको आर्थिक विकासमा अझै सक्रिय भएर लाग्न र एक अर्को राष्ट्रसँग मिलेर कार्य गर्न अप्रत्यक्ष रुपमा दबाब दिइएको हो भन्ने पनि लाग्दछ।
यूरोपका नेताहरुले शान्तिको महत्वलाई समय मै बुझे पनि नेपालका नेताहरुले शान्तिको महत्वलाई नबुझेको जस्तो लाग्छ उनीहरुको व्यवहारको विश्लेषण गर्दा। नेपालका नेताहरुले राम्रो गरी बुझ्न आवश्यक छ कि मुलुकमा दिगो शान्ति कायम गर्न राष्ट्र र जनतालाई आर्थिक रुपमा सम्पन्न पार्नु पर्ने हुन्छ। आर्थिक सम्पन्नता हासिल गरेर नै मुलुकमा दीर्घकालिन शान्ति कायम गर्न सकिन्छ। मुलुकमा दीर्घ कालिन शान्ति भएमा मात्र नेताहरुको आफ्नै भविष्य पनि सुरक्षित हुन सक्छ, उनीहरुलाई राजनीति गर्न सजिलो हुन पुग्छ। मुलुक र जनताको आर्थिक प्रगति हुन नसकि राष्ट्र झन झन गरिबीको दल दलमा फँस्दै गएमा त्यस्तो स्थितिबाट सामान्य जनताले मात्र विभिन्न किसिमका द्वन्दहरुको सामान गर्नु पर्ने नभइ नेताहरुले पनि त्यस किसिमका द्वन्दहरुको सामना गर्नु पर्ने हुन्छ। त्यस किसिमको स्थितिले गर्दा नेताहरुको अस्तित्व विस्तारै समाजबाट समाप्त हुँदै जाने क्रम शुरु हुन सक्छ। ज्यादै द्वन्द ग्रस्त मुलुकहरुमा त्यस्तो अवस्था आएको देखिएको छ पनि। मुलुकमा द्वन्द बढ्दै गएमा मुलुकुको राजनीतिमा  अपराधिहरुको वर्चस्व कायम हुन थाल्छ एकातिर भने नेताहरु समाजबाट विस्थापित हुने पर्ने स्थिति उत्पन्न हुन्छ अर्कोतिर। यो तथ्यलाई बुझेर नेताहरुले दलगत स्वार्थ त्यागी नेपालको आर्थिक विकासका लागि मिलेर काम गर्न आवश्यक छ।

विश्वराज अधिकारी

Thursday, October 18, 2012

Happy Vijaya Dashami-2069 (2012)


विजया दशमीको हार्दिक एवं मंगलमय शुभ कामना



दसैंलाई धन सम्पत्ति र गर्व प्रदर्शनको
 होइन
माया
प्रेम 
श्रद्धा
सद्भाव 

आदान प्रदान गरिने चाडको रुपमा मनाऔ