संस्कृति र
परम्पराहरू पनि आर्थिक विकासका बाधक हुन सक्छन
अर्थशास्त्रको मान्यता अनुसार शिक्षित, सुसंस्कृत र
परिश्रमी जनता पनि देशको सम्पत्ति हो,
राम्रो हावापानी वा मौसम अर्को महत्वपूर्ण
सम्पत्ति भए जस्तै। अर्थशास्त्रले देशको आर्थिक विकासका लागि धन सम्पत्ति, रुपियाँ पैसा, प्रशस्त जग्गा, खानीहरूलाई
मात्र महत्वपूर्ण तत्व मान्दैन। पूँजी वा धन सम्पत्ति आदिले आर्थिक प्रगति गर्न
सघाउ पुर्याउने मात्र हो,
आर्थिक विकासको आधारशिला नागरिकहरूको व्यवहार
नै हो भनी तर्क गर्ने अर्थशास्त्रीहरू धेरै छन् ।
आर्थिक विकास गर्ने इच्छा शक्ति बलियो र अटुट भएमा जस्तै कठोर बाधा भए पनि त्यसलाई पराजित गरेर जनताले आर्थिक विकास गर्छ, भौगोलिक आकारमा ज्यादै सानो भए तापनि बलियो इच्छा शक्तिले गर्दा इजराइलले चमत्कारी आर्थिक विकास गरेझैं। इजराइलका शत्रु मुलुकहरू चारैतिबाट ऊतिर बन्दुक तेस्र्याएर बसे तापनि, बन्दुक तेस्र्याउनेहरू नै हारेका छन्। इजराइल जहिले पनि जितेको छ।
इजराइलको ठीकविपरीत अफ्रिकाका अनेक मुलुकहरूसँग प्रशस्त जग्गा, खानी (तेल, सुन, कोइला) एवं अन्य विभिन्न किसिमका प्राकृतिक सम्पत्तिहरू भए तापनि यथेष्ट आर्थिक विकास गर्न सकेका छैनन्। कतिपय अहिले पनि गरिबीको जाँतोमा थिचिएका छन्। अफ्रिकाका धेरै राष्ट्रहरू अहिले पनि जातीयता, सामुदायिक पहिचान, धर्म, संस्कृति आदि जस्ता विषयहरूमा अल्झेका छन्। यी विषयहरूलाई प्रमुख मुद्दा बनाएर डरलाग्दा युद्धहरू लडिरेहका छन्। लाखौको ज्यान जाने गरी रवान्डामा भएको नरसंहारको मुख्य कारण जातीय (हुटु र टुट्सीबीचको) कलह थियो। सुडानको विभाजन पनि धार्मिक कारणले नै भएको हो।
त्यसकारण जनता शिक्षित, शान्ति प्रेमी र सुसंस्कृत हुनु देशका आर्थिक विकासको लागि अत्यावश्यक तŒव रहेको अर्थशास्त्रीहरूद्वारा मानिएको छ। नेपालमा भने यी तŒवहरूको सर्वथा अभाव छ। नेपालमा जनता गएको दुई दशकदेखि संस्कृति, पहिचान, समुदाय, परम्परा आदिको नाममा सङ्घर्षरत छ। आर्थिक विकासजस्तो प्रमुख मुद्दालाई बिर्सेर झिनामसिना कुराहरूमा अल्झेको छ। जनताको लागि आर्थिक विकासका मुद्दाहरू अहिले गौण हुन पुगेका छन्। परम्परा र पहिचान जोगाउन जनता अहिले कम्मर कसेर लागेको छ, अरू कुराहरूलाई बिर्सेर। पहिचानको ठूलो भूत सवार भएको छ। लाग्छ, नेपाली जनतालाई पहिचानले नै रोजगार, आम्दानी र आर्थिक खुशहाली दिन्छ।
तर कटु यथार्थ के हो भने समाज गतिशील हुन्छ। समाजको सोंच र विचार पनि गतिशील हुन्छ। समाज गतिशील भएको कारणले नै, यसमा आएको परिवर्तनसँगै पहिचान, संस्कृति र परम्परा पनि परिवर्तन हुँदै जान्छ। उन्नत समाजले असल र मानव उपयोगी पहिचान एवं परम्परालाई सबल तुल्याउँदै जान्छ भने खराब, अस्वस्थ, खर्चिलो, अव्यावहारिक पहिचान एवं परम्परा परित्याग गर्दै जान्छ ।
नेपालको मधेसी एवं पहाडी, दुवै समुदायका केही वर्गले धोतीलाई आफ्नो मौलिक पहिचान मान्दछ र त्यसको संरक्षण गर्नुपर्छ भन्ने कुरामा सर्वाधिक जोड दिन्छ। कुनै एक हावापानी तथा भूगोलमा रहँदा यो पहिचान कायम गर्न सकिएला। तर सार्वकालिक र सबै भूगोलको लागि यो पहिचान के सम्भब छ ? यदि कुनै नेपाली परिवार जसले धोतीलाई आफ्नो पहिचान मान्दछ, तर त्यो परिवार पेशाको कारण क्यानाडाको अति जाडो हुने शहर मोनट्रिएल पुगेको छ भने त्यस परिवारले धोती मेरो पहिचान हो भन्दै त्यो जाडो ठाउँमा धोती लगाएर बाँच्न सक्छ ? यदि लगाउँछु भन्दै अठोट कस्छ भने प्यान्ट वा कुनै न्यानो किसिमको पाइजामामाथि धोती लगाउनुपर्छ। त्यस्तो पहिरन कस्तो देखिएला?
जुन बेला केवल कपडा बुन्ने सीपको मात्र विकास भएको थियो र सिलाइ मेसिनको आविष्कार भएको थिएन, त्यो बेला धोती लगाउनुपर्ने बाध्यता थियो। तर अहिलेको स्थिति पृथक छ। अहिले दस मिनेटमा प्यान्ट वा सर्टको सिलाइ हुन्छ।
सबै परम्परा र पहिचानका कुराहरूलाई गर्वको विषय बनाएर त्यसलाई कायम गर्न सकिंदैन। ती विषयहरूलाई मूल मुद्दा बनाएर सङ्घर्ष गर्नु व्यावहारिक पनि हुँदैन। आर्थिक र सामाजिक विकास गरेर जीवन निर्वाहलाई सरल र सुखमय तुल्याउन विभिन्न अव्यावहारिक संस्कृति, परम्परा, पहिचान आदि समाप्त पार्दै लग्नुपर्छ।
एउटा त्यस्तै त्याग्नुपर्ने अव्यावहारिक संस्कृति, संस्कार वा परम्पराको यहाँ चर्चा गरौं।
अफ्रिकी मुलुक मलावीको समाजमा एउटा अनौठो धार्मिक (Ritual) संस्कार छ जस अन्तर्गत भरखरै विधवा भएकी महिलालाई पवित्र (Cleansing) पार्नका लागि भाडामा ल्याइएको पुरुषसँग यौन सम्पर्क गर्न लगाइन्छ। वा उक्त स्थितिको महिलाले पवित्र हुनका लागि कुनै पुरुषसँग सहवास गर्नुपर्छ। भाडामा ल्याइएको वा पेशेवररूपमा त्यो कार्य गर्ने व्यक्तिले प्रस्तुत विधवा महिलासँग यौन सम्पर्क गरेपछि ती महिला पवित्र हुन्छिन् र उनको ग्रह दशा समाप्त भएको विश्वास गरिन्छ । यदि भरखर विधवा भएकी महिलाले पवित्र हुन त्यो संस्कार नगरेमा उनको भाग्य खराब हुने, बिरामी पर्ने वा तत्काल मृत्यु हुने पनि हुन सक्छ। यति मात्र होइन, ती विधवा महिलाको वंशले नै पछि निरन्तर दुःख, कष्ट पाउने हुन सक्छ। यस्तो अन्धविश्वासले मलावी समाजमा बलियोगरी जरा गाडेको छ।
विधुवासँग सम्भोग गर्न तयार हुने व्यक्तिले पेशेवररूपमा त्यो कार्य गर्छ र उसलाई विभिन्न परिवारहरूले भाडा वा पारिश्रमिक भुक्तान गरेर त्यस्तो कार्य गर्न बोलाउने गर्छन्। पारिश्रमिक लिएर सम्भोग गर्ने व्यक्तिलाई मलावीको खास समाजमा ‘हाइना’ (ब्वाँसो) भन्ने गरिन्छ ।
यसैगरी पहिलो महिनावारी भएकी बालिकालाई पूर्ण वयस्क भएको भनी धार्मिकरूपमा मान्नका लागि पनि कुनै पुरुषसँग यौन सम्पर्क गर्न लगाइन्छ। र त्यस्तो गरेपछि ती बालिकाले पूर्णरूपमा स्त्रीत्व प्राप्त गरेको विश्वास गरिन्छ। यो अनिवार्य सम्पन्न गर्नुपर्ने सामाजिक संस्कार हो, त्यो खास समाजमा।
यस्तै किसिमको पुरुषतर्फको धार्मिक विश्वास पनि अनौठो छ। यदि कुनै पुरुष भरखरै विधुर भएको छ भने उसले पनि आफूलाई पवित्र पार्नका लागि कुनै महिलासँग सम्भोग गर्नुपर्छ। हुनत सरकारले यस्ता संस्कारहरूमाथि प्रतिबन्ध लगाएर त्यस्तो गर्नु वा गराउनुलाई अपराध घोषणा गरेको छ तर पनि जनताले यस्ता संस्कारहरूलाई निरन्तरता दिंदै आएको छ।
माथि वर्णित मलावीका सामाजिक संस्कार वा धार्मिक चलनहरूले भन्दा एउटा फरक मुद्दाले अहिले मलावीको सरकारको टाउको दुखाइरहेको छ। ‘हाइना’ (पारिश्रमिक लिएर विधवाहरूसँग सम्भोग गर्ने पुरुष) ले अहिले धेरैको ध्यान आफूतिर आकृष्ट गरेका छन्। धेरैलाई घोर चिन्तामा डुबाएका छन्। ‘हाइना’ भएर काम गर्ने मलावीका एकजना ‘एरिक अनिभा’ ले १०४ जना महिला एव बालिकाहरूसँग पनि ‘धार्मिक संस्कार’ का लागि सम्भोग गरेको स्वीकार गरेका छन्। अनिभाले केवल १२ वर्षकी बालिकासँग पनि सम्भोग गरेको स्वीकार गरेका छन्।
तर ज्यादै टाउको दुखाइ र अत्यधिक चिन्ताको विषय भने झन् अर्को छ। अति डरलाग्दो र दुःखद पनि छ। एरिक अनिभा एचआइभी सङ्क्रमित हुन् । आफूलाई एड्स लागेको थाहा पाउँदा पाउँदै पनि एरिक अनिभाले १०४ जना महिला र किशोरीहरूसँग असुरक्षित यौन सम्पर्क गरेका थिए। मलावीको समाजमा व्याप्त अन्धविश्वासले अहिले सयौंको ज्यान जाने स्थिति सृजना गरिदिएको छ। जनतामा चेतनाको स्तर उच्च हुनु आर्थिक विकासका लागि सर्वाधिक अनुकूल स्थिति हो।
नेपालमा जनताको चेतनाको स्तर उच्च भएको भए आर्थिक विकासका महत्वपूर्ण मुद्दाहरू परित्याग गरेर नागरिक नेताहरूको पछाडि हिंड्ने स्थिति उत्पन्न हुने थिएन। नेताहरूले आफ्नो स्वार्थका लगि जनतालाई आफ्नो पछि पछि दौडाउने स्थिति हुने थिएन। नेपालीहरू विभाजित मनस्थितिबाट ग्रसित भएर समुदाय, पहिचान, जातजाति, प्रदेश, क्षेत्र आदिको पछि लागेर आर्थिक विकासका अवसरहरू प्रयोग गर्नबाट वञ्चित भएका छन्। मुलुकमा विभिन्न किसिमका बौद्धिक, प्राकृतिक एवं अभौतिक साधन (मनोरम दृश्य, ऐतिहासिक स्थल) हरू भए तापनि आर्थिक विकास हुन सकिरहेको छैन। कारण महाभारतकालीन (निरन्तर युद्ध गर्ने र युद्धबाट नै समस्याको समाधान खोज्ने) मनोविज्ञानबाट हामी नेपालीहरू बाहिर आउन सकिरहेका छैनौं। त्यसकारण के विश्वास गर्न कर लाग्छ भने हामी पूर्वेलीहरू बौद्धिकताको स्तरमा पश्चिमेलीहरूभन्दा निकै पछाडि छौं। यो क्षेत्रको आर्थिक विकास हुन नसक्नु प्रमुख कारण पनि यो नै हा

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशति Friday, December 09, 2016
Thank you daju for an informative and interesting article. I do agree with you that we need to respect cultures or traditions but it is very important to understand its consequences and impact to its society( Sarala Thapa)
ReplyDelete