नेपालको आर्थिक विकास: भारतको बक्र दृष्टि
नेपालको आर्थिक विकासमा
भारतले कुन स्तरको भूमिका खेल्न सक्छ भन्ने तथ्य सहजै अनुमान गर्न सकिन्छ। नेपालको
ज्यादै नजिकको छिमेकी मात्र होइन, सन् १८१४ तिर बेलायती साम्राज्यले कोरिदिएको
सिमाना अनुसार भारतले नेपाललाई पूर्व, पश्चिम र दक्षिण गरी तीन तिरबाट र लामो
सिमाना सहित घेर्दछ। साथै भौगोलिक र सांस्कृतिक कारणले भारत नेपालको अति नै घनिष्ट
छिमेकी हुन पुगेको छ। यस्तो छिमेकी जोसँग धर्म, संस्कृति, परमप्परा, चलन, विश्वास,
रहन सहन आदि मिल्छ। यस्तो समानता उत्तरको अर्को घनिष्ट छिमेकी चीनमा भने देखिंदैन।
यसरी धेरै कुराहरू मिल्दैन। तर नेपाल भारतसँग जति नजिक, जति घनिष्ट छ त्यसै अनुसार
नेपालले भारतबाट न्यानो सद्भाव एवं इमान्दार सहयोग पाउन सकेको छैन। उल्टो भारतले
नेपालको भौगोलिक अवस्थितिलाई नेपालको कमजोरी मानेर, त्यस कमजोरीलाई “राजनैतिक
सौदेवाजी” को रुपमा प्रयोग गर्दै आएको छ। भारतले गर्ने यो सौदेवाजी वा उसको यो
बक्र दृष्टि नेपालको आर्थिक विकासको गतिलाई सुस्त पार्ने एक महत्वपूर्ण कारण हुन
पुगेको छ। नेपालले भारतलाई एक असल छिमेकीको रुपमा पाउन सकेको छैन। भारतले नेपाल
प्रति राखेको दृष्टिकोण र विगतका व्यवहारहरूले गर्दा नेपालले भारतलाई एक असल छिमेकीको
रूपमा वर्षौ वर्षदेखि अनुभव गर्न सकेको छैन। तर भारतले यदि सदिछा देखाउने हो भने
उसको त्यो सदिछाले नेपालको आर्थिक विकासको गतिले तिब्रता पाउनेमा रत्ति पनि संका
गर्न सकिंदैन। जसरी मेक्सिकोले नजिकको छिमेकी अमेरिकाबाट आर्थिक सहयोग प्राप्त गरि
रहेको छ त्यस्तै किसिमले सहयोग नेपालले भारतबाट कहिले पाउने होला?
तर भारतले एउटा तथ्य के
बिर्सन मिल्दैन भने यदि नेपालमा गरिबी र बेरोजगारी द्रुततर गतिमा बढेर नेपाल
आर्थिक रुपमा अस्त व्यस्त भयो भने त्यो स्थिति नेपालको लागि मात्र दुष्कर होइन
भारतको लागि पनि उत्तिकै दुष्कर हुनेछ। उदाहरणका लागि नेपालमा २०५२ सालमा जब
माओवादीहरूले देशका भौतिक संचरनाहरू ध्वस्त पार्दै प्रशासन र शान्ति सुरक्षालाई
कमजोर पारे, सिंगो मुलुकलाई अस्त व्यस्त पार्दै सरकारलाई दुर्वल तुल्याए, त्यो
स्थितिलाई भारतले आफ्नो लागि अति नै अनुकूल मान्यौ र त्यो अनुकूल स्थितिले
नेपाललाई आफ्नो प्रभाव क्षेत्रभित्र झन बलियो गरी राख्न सहयोग गर्ने एक ठोस औसरको
रुपमा देख्यो। यो स्थितिबाट फाइदा उठाउन भारतले माओवादीहरूका उच्च एवं प्रभावशाली
नेताहरूलाई भारतमा सुविधाहरू सहित संरक्षण मात्र दिएन साथै नेपालमा संघर्षरत
माओवादीहरूलाई हतियारसम्म पनि दियो। नेपाल अस्त व्यस्त हुनुमा भारत सरकारले आफ्नो
लागि ठूलो फाइदा देख्यौ। तर भारतले सोंचे जस्तो भएन। नेपालमा गरिएको संषर्षबाट
सरकार कमजोर भएको स्थितिलाइ नेपाली माओवादीहरूले ठूलो एवं ऐतिहासिक उपलब्धिको
रूपमा माने। आफ्नो त्यो खास रणनीतिको सफल भएको ठाने। त्यो रणनीतिलाई संघर्षको एक
मोडलको रुपमा परिभाषित गरे। पछि नेपालका माओवादीहरूले भारतका माओवादीहरूलाई त्यसै
मोडेलको रूपमा काम गर्न भने। नेपालका माओवादीहरूले प्राप्त गरेको सफलताले मारतीय
माओवादीहरूलाई निकै प्रोत्साहित गर्यो। भारतीय माओवादीहरुले पनि नेपालमा भए झै
छापामार सैलीमा ठाउँ ठाउँमा भारतका विभिन्न स्थानहरूमा आक्रमण गर्न थाले। स्थानीय
प्रशासन र सुरक्षालाई कमजोर तुल्याउन थाले। यो स्थितिबाट भारतीय प्रशसान झस्क्यो।
माओवादीको मुल थलो (नेपाल) मा नै नियन्त्रण गर्ने उद्देश्यका साथ नेपाली माओवादीहरुमाथि
अंकुस लगाउने रणनीति भारतले तयार पार्यो। नेपाली माओवादीहरुलाई नियन्त्रण गर्न
सरकारसँग शान्ति सम्झौता गर्न बाध्य तुल्यायो। नेपालीहरूले दु:ख पाएको कारणबाट
भारतले माओवादीहरूलाई सम्झौता गर्न बाध्य पारेको होइन, भारतमा माओवादी प्रभाव बढ्न
थाल्यो भनेर शान्ति सम्झौता गर्न लगाएको हो। यो रहस्य धेरैलाई थाहा न हुन सक्छ।
तर यस किसिमको कार्य गरेर भारतले
एक अशल छिमेकीको भूमिका प्रदर्शन गर्न सकेन। भारतले विगतमा यस्तो गल्ति धेरै पटक
गरि सकेको छ। र भविष्यमा पनि गरिनै रहेनछ। पाकिस्तान विभाजन र बंगलदेशको जन्म,
श्रीलंकामा तामिलहरूको आन्दोलन, पंजावमा खलिस्तानको लागि संघर्ष, यी सबै यस्ता घटनाहरू
हुन जसले भारत असल छिमेकी हुन नसकेको पुष्टि गर्दछन। सिक्किम विलय, भुटानमाथि बढ्दो
नियन्त्रण र पाकिस्तान भइ रहेको बलुचिस्तान-आन्दोलनलाई भारतले समर्थन गर्नुले दक्षिण
एशियामा छिमेकीहरू भारतबाट हरदम सशंकित हुनु पर्ने अवस्था सृजना गरि दिएको छ। भारतले
यस्तो गल्ति किन पटक पटक गरि रहेको छ त? वा भारतले छिमेकीहरू प्रति यस किसिमको
दृष्टिकोण किन राख्ने गर्दछ?
भारतको नेतृत्व पंक्तिमा
अहिले तिन थरिका नेताहरू छन। पहिलो, दोस्रो र तेस्रो। पहिलो थरिका नेताहरू जो
उमेरले पाको छन्, जसले भारतमा “अंग्रेज राज” देखेका छन उनीहरूमा अंग्रेजी राजको
प्रभाव प्रचुर मात्रामा छ। जसरी अंग्रेजहरूले विभिन्न राष्ट्रहरूलाई उपनिवेस बनाएर
राखेका थिए त्यसैगरी यी पहिलो थरिका भारतीय नेताहरूले आफ्ना छिमेकीहरूलाई उपनिवेस
बनाएर राख्न चाहन्छन। यिनीहरूले भारतको अमन चयन भन्दा पनि भारतको प्रभाव (अहम्)
विस्तारलाई प्रमुखता दिन्छन। यस किसिमका नेताहरूले काश्मिरको समस्याको समाधन केवल
युद्धमा मात्र देख्ने गरेका छन्। यी नेताहरूको रवैयाले गर्दा भारतको छिमेकी
राष्ट्रहरूसँगको सम्बन्ध राम्रो हुन सकेको छैन।
भारतको नेतृत्व पंक्तिमा रहेका
दोस्रो थरिका नेताहरू प्रभावविहीन छन्। यिनीहरूले आफ्नो वौद्धिकता एवं नेतृत्व कुसलता
स्वतन्त्र किसिमले प्रयोग गर्न पाएका छैनन र त्यस्तो हुनुको प्रमुख कारण दोस्रो
थरिका नेताहरू पहिलो थरिका नेताहरूको प्रभाव क्षेत्रबाट बाहिर आउन नसक्नु हो। उदाहरणका
लागि भारतका कांग्रेस पार्टीका दोस्रो थरिका नेताहरूले आफ्नो एक स्वतन्त्र
अस्तित्व बनाउन सकेका छैनन्।
नेतृत्व पंक्तिमा रहेका
तेस्रो थरिका नेताहरू भारतीय राजनीतिका यस्ता नेताहरू हुन जसले नेतृत्व कुशलताको
प्रयोग गर्ने अवसर नै पाएका छैनन। पहिलो र दोस्रो थरिका नेताहरुले यिनीहरूलाई केवल
आफ्ना कार्यकर्ताको रुपमा हेर्छन र नेतृत्व गर्ने औसर प्रदान गरेका छैनन। यी
तेस्रो थरिका नेताहरूले राम्रो शिक्षा दिक्षा पाएका छन, विदेशमा अध्ययन गरेर देश
दुनियालाई राम्रो गरि बुझेका छन। आफ्नो मुलुक धनी हुनका लागि छिमेकी मुलुकहरू पनि
धनी हुन आवश्यक छ। छिमेकीहरू शान्त नभएसम्म आफ्नो मुलुक पनि शान्त हुन सक्तैन
भन्ने यथार्थ पनि राम्रो गरि बुझेका छन। यिनीहरूले छिमेरकी राष्ट्रहरूसँग राम्रो
सम्बन्ध कायम गर्नु पर्छ ,उनीहरूको घरेलु मामिलामा हस्तक्षेप नगरेर उनीहरूको
सार्वभौमसत्ताको सम्मान गर्नु पर्छ भ्ने कुरामा विश्वस गर्छन। तर यी नेताहरूले
आफ्नो सोंच अनुससारको कार्य गर्न पाएका छैनन। परिरणाम; भारतले आफ्नो छिमेकीहरूलाई
उपनिवेस बानाएर आफ्नो प्रभाव लाद्ने परिपाटिको अन्त्य हुन सकेको छैन। भारतले आफ्नो
कुनै पनि छिमेकी मुलुक सँग मधु-सम्पर्क कायम गर्न सकेको छैन। यही दृष्टिको एक अंग
स्वरूप नेपाललाई भारतले आफ्नो एक बजारको रूपमा मात्र हेर्दछ। तर यस बजारको आर्थिक
विकास गर्न भने चाहँदैन।
आसियान (ASEAN-Association of Southeast Asian Nations
1967), इयु (EU-European Union ), नाफ्टा (NAFTA-North American Free Trade Agreement 1994) जस्ता आर्थिक संगठनहरूको स्थापना एक राष्ट्रको आर्थिक
विकासमा अर्को राष्ट्रले सक्रिय सहयोग गर्ने उद्देश्यका साथ भएको थियो। नाफ्टाको
स्थापना त छिमेकी राष्ट्रको आर्थिक विकासमा सहयोग पुर्याउने उद्देश्यका साथ भएको
थियो। अमेरिकाले सिमा जोडिएको घनिष्ट मित्र राष्ट्र मेक्सिकोको आर्थिक विकासमा सहयोग
पुर्याउने उद्देश्य राखेको थियो। सन् २०१५ मा अमेरिकाले मेक्सिको सँग ५८३.६ बिलियन डरल बराबरको
व्यापार गरेको थियो। यस मध्ये अमेरिकाले मेक्सिको तर्फ २६७.२ बिलियन डलर बराबर निर्यात
गरेको थियो भने ३१६.४ बिलियन डलर बराबर आयात गरेको थियो। यसरी अमेरिका जस्तो
विश्वको एक नम्बर महाशक्ति राष्ट्रले मेक्सिको संगको व्यापारमा त्यस वर्ष ४९.२ बिलियन डलर व्पापार घाटा
बेहोरेको थियो। सन् २०१५ मा नै मेक्सिको, अमेरिकामा सामाग्रीहरू निर्यात गर्ने तेस्रो
ठूलो देश हुन पुगेको थियो। अहिले पनि मेक्सिकोले ठूलो परिणाममा अमेरिकामा
सामाग्रीहरू निर्यात गर्छ।
भारतले अहिलेसम्म पनि
नेपालसँग को व्यापारमा, के कहिलै व्यापार घाटा बेहोरेको छ? अमेरिकाले मेक्सिकको
आर्थिक विकासमा उदारता देखाए झैं के कहिलै भारतले नेपालको आर्थिक विकासमा उदारता
देखाएको छ? छैन। बरु उल्टो अनेक थरिका व्यापार प्रतिवन्धहरू लगाएर, त कहिले
नाकाबन्दी गरेर भारतले नेपालको आर्थिक विकासमा बाधा हालेको छ। छिमेकीहरूको आर्थिक
स्थिति कमजोर भएमा आफ्नो देशको आर्थिक स्थिति पनि कुप्रभावित हुन्छ भनि विश्वास
गर्नेहरूको संख्या अमेरिकामा अति नै बाक्लो छ तर भारतमा भने विपरित छ। नेपाललाई आफ्नो नियन्त्रण भित्र
राख्न नेपालको आर्थिक विकास हुन दिनु हुँदैन भनी विश्वास गर्नेहरूको संख्या भारतमा
ठूलो छ। पहिलो थरिका भारतीय नेताहरूले त नेपाललाई आफ्नो एक प्रान्तको सरह नै व्यवहार
गर्छन। र नेपालको साना साना कुरामा पनि “माइक्रो मेनेजमेन्ट” गर्न खोज्छन।
मेक्सिको नाफ्टामा आवद्ध भए
देखि सन् १९९४ देखि २००१ को अवधिमा मेक्सिकोको कृषि निर्यात लगभग १० प्रतिशले
वृद्धि भएको थियो। यसै गरी मेक्सिकोको मकैको उत्पादन पनि बढेर गएको थियो। सन् २००१
मा भएको एक अध्ययन (Journal of
Economic Perspective) अनुसार नाफ्टाको
स्थापनाबाट तुलनात्मक रुपमा अमेरिका र क्यानाडा भन्दा मेक्सिको बढी लाभांदित भएको
देखिएको थियो। हुन पनि सन् २००३ मा मेक्सिकोले गरेको कुल ब्यारमा अमेरिकासँगको
व्यापारको हिस्सा ८० प्रतिशत थियो। नाफ्टामा आवद्ध भएदेखि मेक्सिको गरिबी घटन
थालेको छ। गरिब जनताको आयमा वृदधि भएको छ। मध्यम वर्गीय परिवारहरूको आर्थिक
स्थितिमा राम्रो सुधार आएको छ। दैनिक आवस्यकता वस्तुहरूमा केही वस्तुहरूको मूल्य
५० प्रतिशतले कम भएको छ। उच्च शिक्षाको स्थितिमा पनि सुधार आएको छ॥
अमेरिका मेक्सिकोको एक असल
छिमेकी भए झै भारत नेपालको एक असल एव भरपर्दो छिमेकी हुन सकेको छैन। कारण के होला?
कारण भन्नु पर्छ र? प्रस्तुत तथ्यहरूले
कारण भन्दैनन् र?
Bishwa Raj Adhikari
Published on Prateek Daily on Friday, March 10, 2017
No comments:
Post a Comment