किन हुन्छ ठूलो संख्यामा स्थानान्तरण?
प्रत्येक वर्ष
विश्वभरि ठूलो संख्यामा स्थानान्तरण हुन्छ। र स्थानान्तरण दुई किसिमले हुन्छ।
पहिलो स्थानान्तरण स्थानीय वा राष्ट्रिय हुन्छ जस अन्तर्गत व्यक्तिहरू स्वदेशकै एक
स्थानबाट अर्को स्थानमा बसाई सर्छन। स्थानान्तरण गर्छन। दोस्रो स्थानान्तरण
अन्तरार्ष्ट्रिय हुन्छ जस अन्तर्गत व्यक्तिहरू स्वदेशबाट विश्वका अनेक
राष्ट्रहरूमा पुग्छन। अनुमान गरिए अनुसार सन् २०२० मा विश्वभरिबाट २८ करोड
ब्यक्तिहरूले स्वदेश छाडेर विदेशको लागि प्रस्थान गरेका थिए। जीवनको बाँकि काल
विदेशमा बिताउने उद्देश्यका साथ त्यहाँ पुगेका थिए। संयुक्त राज्य अमेरिका,
फ्रान्स, जर्मनी, ग्रेट ब्रिटेन जस्ता राष्ट्रहरू आप्रवासीहरूको लागि महत्वपूर्ण
गन्तब्यको रुपमा रहेका छन्। यी राष्ट्रहरूमा वर्षेनी लाखौं व्यक्तिहरूले कानूनी
एवं गैर कानूनी रुपमा प्रवेश गर्ने प्रयास गर्छन।
यस आलेखमा
अन्तरार्ष्ट्रिय स्थानान्तरणबारे चर्चा गरिने छ। अन्तरार्ष्ट्रिय स्तरमा ठूलो
संख्यामा हुने स्थानान्तरणबारे चर्चा गरिने छ।
अमेरिकामा,
विश्वभरिमा नै सर्वाधिक आप्रवासीहरूको बसोबास रहेको विश्वास गरिन्छ। सन् २०२३ मा
संयुक्त राज्य अमेरिकमा बस्ने आप्रवासीहरूको संख्या ४ करोड ७८ लाख थियो जुन अमेरिकाको तत्कालीन कुल जनसंख्याको
१४.३ प्रतिशत थियो। सन् २०२२
मा अमेरिकामा गैर कानूनी रुपमा बस्ने आप्रवासीहरूको संख्या १ करोड १० लाख थियो जुन
अमेरिकाको तत्कालीन कुल जनसंख्याको ३.३ प्रतिशत
थियो। अमेरिकाको दक्षिणी निकट छिमेकी राष्ट्र मेक्सिको र त्यस वरपरका अनेक
राष्ट्रहरू- ग्वाटेमाला, होण्डुरस, यल साल्भाडोर, क्युवा, भेनेजुएला, कोल्मबियाबाट
ठूलो संख्यामा प्रत्येक दिन हजारौं व्यक्तिहरूले अमेरिका बसाई सर्ने उद्देश्यका
साथ गैर कानूनी रुपमा अमेरिका प्रवेश गर्ने प्रयास गर्छन। यसैगरी दक्षिण एशियाको
भारत, बंगलादेश, पाकिस्तान, नेपालबाट पनि ठूलो संख्यामा आप्रवासीहरूले गैर कानूनी
रुपमा अमेरिका प्रवेश गर्न प्रयास गरेको पाइन्छ। अफ्रिकाका देशहरूबाट पनि ठूलो
सख्यामा व्यक्तिहरुले गैर कानूनी रुपमा अमरिका प्रवेश गर्ने प्रयास गरेको पाइन्छ। मेक्सिको
हुँदै गैरकानूनी रुपमा अमेरिका पस्न खोज्ने बाटो जुन तल्लो बाटो’ को रुपमा पनि
चर्चित छ, ज्यादै दर्दनाक रहेको सुनिएको छ। यो बाटो हुँदै, अनेक देशहरूबाट गैर
कानूनी रुपमा अमेरिका पस्न खोज्नेहरू मध्ये सयौं अमेरिका आउन नपाएर बाटोमा अलपत्र
परेको, सयौंको ज्यान समेत गएको समाचारहरूमा उल्लेख गरिएको पाइन्छ। माथिको विवरण त
गैर कानूनी रुपमा अमेरिका पस्नेहरूको रहेको पाइयो। कानूनी रुपमा पनि वर्षेनी हजारौ
व्यक्तिहरू विश्वका अनेक देशहरूबाट अमेरिका प्रवेश गर्छन।
युरोपको कथा
पनि त्येतिकै दु:खान्त छ। इटालीको एक सानो टापु लाम्पेडुसा, जुन उत्तर अफ्रिकाबाट
केवल १०० किलोमिटर पर छ, मानव तस्करीका लागि जहिले पनि चर्चामा रहने गरेको छ।
अफ्रिकी मानव तस्कहरूले ठूलो संक्यामा अफ्रिकाका अनेक देशहरूबाट अनेक व्यक्तिहरूलाई
‘युरोपका अनेक देशहरूमा पुग्ने लोभमा’ लाम्पेडुसा पुर्याउछन। लाम्पेडुसाबाट सजिलै
युरोपका देशहरूमा ‘सरणार्थी’ भएर पुग्न सकिने लोभ देखाउँछन। यी मानव तस्करहरूले एक
जनालाई अफ्रिकाको नाकाबाट लाम्पेडुसा पुर्याए बापत हजारौं डलर लिन्छन। मानव
तस्कारहरूले तिन वा चार सय जना अटाउने डुंगमा एक हजार जति मानिसहरुलाई सबार गराएर
लाम्पेडुसा पुर्याउन खोज्दा डुंगाको क्षमताले नभ्याएर, डुंगा समुन्द्रमा डुबेर,
बर्षेनी हजारौ व्यक्तिहरूको ज्यान जानेक गरेको छ। सन् २०२३ यसै किसिमले अफ्रिकी
मानव तस्करहरूले विभिन्न अफ्रिकीहरूलाई लाम्पेडुसा पुर्याउँदा डुंगा पल्टेर २ हजार
अफ्रिकीहरूको ज्यान गएको थियो। मानव तस्करहरूको यस्तो कुकृत्यले गर्दा लाम्पेडुसा
‘मृत्युघाट’ हुन पुगेको छ। अफ्रिकी मानव तस्करहरूले एकजनाई लाम्पेडुसा पुर्याए
बापत दुई देखि १० हजार डलरसम्म लिने गर्दछन रे।
यस आलेखमा
व्यक्तिहरूले विश्वभरिबाट नै आफ्नो देश त्यागेर अन्य देश पस्ने इच्छा किन राख्छन
त्यस बारे विशेष चर्चा गर्न खोजिएको छ। ज्यान नै जोखिममा राखेर किन आप्रवासी हुन
रुचाउँछन त्यसबारे विशेष चर्चा गर्न खोजिएको छ।। उन्नतिको बाटो केवल स्वदेश
परित्याग हो भन्ने निर्णय किन गर्छन त्यसबारे विशेष चर्चा गर्न खोजिएको छ।
अन्तरार्ष्ट्रिय
स्थानान्तरणको प्रमुख कारण आर्थिक नै हो। आर्थिक लोभलेले गर्दा नै वर्षेनी हजारौं,
लाखौंको संख्यामा व्यक्तिहरूले स्वदेस परित्याग गर्छन। परिवार, समाज र राष्ट्र
परित्याग गरेर विदेशमा बस्न रुचाउँछन। प्रवासी जीवन रोज्छन।
विदेशमा पुगेर
आर्थिक सम्पन्नता हासिल होला। धन आर्जन गरिएला। जीवन सरल होला। राम्रो घरमा बस्न
पाइएला। आफ्नै मोटर कारमा घुम्न पाइने सपना पूरा होला। यस्तै यस्तै सपनाका साथ
आप्रवासीहरू विदेशका विभिन्न राष्ट्रहरूमा पुगेको पाइन्छ। हुन त केहीले स्वदेशमा
भएको हत्या, हिंसा र अनवरत संघर्ष छल्न व्यक्तिहरूल स्वदेश परित्याग गरेको भन्ने
गरेका छन्। यसैगरी गृह युद्ध छल्न पनि धेरैले स्वदेश परित्याग गरि विदेशको जीवन
रोजेको सुनिएको छ। तर यथार्थमा अन्तरार्ष्ट्रिय स्थानान्तरणको ठूलो कारण आर्थिक
लाभ नै हो। स्वदेश भन्दा बढी आर्जन होला। जीवन सुखमय एवं सरल होला भन्ने
उद्देश्यका साथ नै ठूलो संख्यामा व्यक्तिहरूले स्वदेश परित्याग गरेर विदेशी जीवन
रोजेको पाइन्छ। वर्तमान अनुभवले त्येही देखाइरहेको छ।
तर विदेश पुगेर
के साँच्चिकै आप्रवासीहरूले सोच जस्तो, योजना गरे जस्तो, सपना देखे जस्तो, धन
आर्जन गर्न सकेका छन् त? यो प्रश्नको स्पष्ट उत्तर छ, छैनन।
केही
आप्रवासीहरूले विदेशी-भूमिमा प्रशस्त धन कमाएको र आरामको जीवन बिताएको उदाहरणहरू
भने छन्। तर वहुसंख्यक आप्रवासीहरूको स्थिति भने त्यस्तो छैन। वहुसंख्यकले केवल
स्वदेश भन्दा विदेशमा आर्थिक जीवन केही सरल भएको अनुभूत मात्र गरेका छन। आर्थिक
जीवन केही सजिलो भएको पाएका छन्। स्थिति यस्तो हुँदा हुँदै पनि किन लाखोंको संख्यामा
व्यक्तिहरूले स्वदेश परित्याग गरिरहेका छन् त? किन आप्रवासी जीवन रोजिरहेका छन् त?
गुमनाम भएरनै पनि विदेशमा बस्न किन रुचाइरहेका छन् त? यी प्रश्नहरूको अनुसन्धानमा
आधारित उत्तर त छैन। तर आप्रवासी हुने प्रवृतिको प्रकृति अनुसार माथिका
प्रश्नहरूको उत्तर के होला भनी अनुमान भने लगाउन सकिन्छ। र त्यो अनुमानले के भन्छ
भने वर्षेनी लाखौ व्यक्तिहरूले केवल लहैलहैमा लागेर स्वदेश परित्याग गरिरहेका छन्।
केवल देखासिकी गरेर स्वदेश परित्याग गरिरहेका छन्। केवल रहरमा स्वदेश परित्याग गरिरहेका
छन। स्वदेश भन्दा विदशमा मज्जाको जीवन बाँच्न पाइएला भन्ने आशमा स्वदेश परित्या गरिरहेका
छन। र यो अनुमान विश्वभरिका अन्तरार्ष्ट्रिय रुपमा स्थानान्तरण गर्ने व्यक्तिहरूमा
लागु हुन्छ। लहैलहैमा लागेर संसार भरिका लाखौ व्यक्तिहरूले स्वदेश परित्याग
गरिरहेका छन्। प्रवाशी जीवन रोजिरहेका छन।
भएको भन्दा
होला भन्ने मा रमाउने मानिसमा पाइने एक विशेष किसिमको प्रवृति हो। कुनै व्यक्ति
आफ्नो देशमा रहँदा आफूलाई खुसी र खुसी पाउँदैन। विदेश पुगेपछि मात्र सुखी हुने
विश्वास लिन्छ। र यो विश्वासले नै उक्त व्यक्तिलाई ‘रकेट लन्चर’ ले झै विदेशी
भूमिमा हुत्याएर पुर्याउँछ। वर्तमान विश्वमा व्यक्तिहरू आफ्नो इच्छाले भन्दा
देखासिकीले गर्दा विश्वका अनेक देशमा पुगिरहेका छन्। बाध्यताले गर्दा होइन,
स्वेच्छा प्रवाशी जीवन रोजिरहेका छन्। सुखी र खुसी जीवनका लागि विदेश जानु पर्छ
भन्ने अहिले एक किसिमको ‘अन्तरार्ष्ट्रिय मनोविज्ञान’ हुन पुगेको छ। यो
अन्तरार्ष्ट्रिय मनोविज्ञानले अहिले विश्वभरिका नागरिकहरूलाई शान्तिसङ्ग बस्न
दिएको छैन।
दक्षिण
एशियालाई अहिले ‘स्वदेश परित्याग’ गर्नु पर्छ, यदि आर्थिक प्रगति गर्न हो भने,
भन्ने मनोविज्ञानले बढी सताएको छ। नेपाललाई त झनै बढी सताएको छ। अति नै सताएको छ।
अहिले नेपालीहरूले स्वदेशमा आफ्नो भविष्य सुरक्षितसम्म पनि देखिरहेका छैनन। अनुमान
गरिए अनुसार अहिले १ करोड नेपालीहरूले स्वदेश परित्याग गरिसकेका छन। यो ज्यादै
दु:खद स्थिति हो।
जुन देशको
नागरिक जति ठूलो संख्यामा विदेशतिर लाग्छन त्यो देशको आर्थिक विकासको गति त्येति
नै मन्द हुन पुग्छ। उत्तम कुरा आफ्नो देशको आर्थिक विकास गरेर आफ्नो देशमा नै
बस्नु हो। अहिले हामी नेपालीहरूलाई हाम्रो गरिबीले होइन विदेश जानु पर्छ भन्ने
मनोविज्ञानले विश्वका अनेक राष्ट्रहरूमा पुर्याइ रहेको छ।
दुई कुराहरू
राम्रो गरी मनन गर्न आश्यक छ। ती हुन्- जति सुकै ठूलो परिमाणमा रेमिट्यान्स कुनै
देशमा आए पनि त्यो रेमिट्यान्सले त्यस देशको आर्थिक विकास हुन सक्तैन। कुनै
राष्ट्रको जनसंख्याको ठूलो भाग विदेश
पलायन भएमा त्यस देशले आर्थिक विकास गर्न सक्तैन।
अन्तिम
महत्वपूर्ण कुरा- आप्रवासीहरूको आगमनले धेरै देशहरू धनी भएका छन। तर जुन देशका
नागरिकहरुले, ठूलो संख्यामा आप्रवासी भएर विदेशी जीवन बिताइरहेका छन, उनीहरूको देश
गरिब हुन पुगेको छ।
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित: Friday, February 7,
2025
No comments:
Post a Comment