Wikipedia

Search results

Sunday, November 15, 2026

Foreign Investment in Nepal: Necessity and Prospects-Article-654

 नेपालमा वैदेशिक लगानी: आवश्यकता एवं सम्भावना

नेपालमा २०४७ सालमा राजनीतिक परिवर्तन भयो। पञ्चायती व्यवस्थाको समाप्ति भयो भने प्रजातन्त्रको पुन: स्थापन भयो। नेपालमा भएको यो राजनीतिक परिवर्तनसङ्गै नेपालले राष्ट्रिय अर्थ नीतिको सन्दर्भमा उदार अर्थ तन्त्र खुला बजार नीति अवलम्बन गर्ने घोषणा गर्यो। २०४७ साल पछि निर्माण भएका सबै सरकारहरूले उदार अर्थ तन्त्र तथा खुला बजार नीतिलाई नै निरन्तरता दिए। र त्यो क्रम अहिलेसम्म पनि जारि छ।

नेपालमा साम्यवादी व्यवस्था स्थापना गर्ने उद्देश्य बोकि मुलुकमा शसस्त्र संघर्ष गर्ने तत्कालीन माओवादीले बनाएको सरकारले पनि उदार अर्थ तन्त्र र खुला बजार नीतिलाई निरन्तरता दियो, मुखले हामी समाजवादी व्यवस्थामा विश्वास गर्छौ भनेता पनि।

नेपालले उदार अर्थ तन्त्र र खुला बजार नीति अबलम्बन गरेदेखि नै विदेशी लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न अनुरोध गर्दै आएको छ। उत्प्रेरित गर्दै आएको छ। नेपालमा अहिलेसम्म तिन अन्तरार्ष्ट्रिय लगानी सम्मेलन भइसकेका छन। पहिलो सम्मेलन २०७३ फागुनमा १९ देखि २० सम्म काठमाडौमा सम्पन्न भएको थियो। दोस्रो २०७५ चैत्रमा १५ देखि १६ सम्म काठमाडौमा सम्पन्न भयो थियो। यसैगरी तेस्रो सम्मेलन २०८१ वैशाखाम १५ देखि १५ काठमाडौमानै सम्पन भएको थियो।

२०४७ साल पछि बनेका अनेक सरकारहरूले अन्तरार्ष्ट्रिय लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न विशेष आग्रह गरेता पनि अन्तरार्ष्ट्रिय लगानीकर्ताहरूले नेपालमा किन लगानी नगरेका होलान? यो आलेखमा यस प्रश्नको उत्तर खोजौं।

अन्तरार्ष्ट्रिय लगानीकर्ताहरूले नेपालमा लगानी नगर्नु अनेक कारणहरू छन। ती अनेक कारणहरू मध्ये केही कारणहरू यस प्रकार छन:

१ नेपालमा स्थिर सरकार नहुनु तथा एउटा सरकारले पूर्ण कालसम्म काम गर्न नपाउनु।

२ नेपालमा राजनीति स्थिरता नहुन तथा राजनीतिक दलहरूबाट नै राष्ट्रिय राजनीतिलाई अस्थिर पार्ने काम हुनु।

३ राष्ट्रको आर्थिक विकासलाई प्राथमिकतामा राख्दै सबै राजनीति दलहरू मिलेर कार्य गर्नुको सट्टा सत्ता र शक्तिका लागि राजनीति दल तथा तिनाक नेताहरू बिच घोषित अघोषित संघर्ष हुनु।

४ राजनीतिक दल एवं तिनका नेताहरूमा सत्ता मोह अति तर राष्ट्रप्रति इमान्दार भावको अभाव हुनु।

५ राज्यका नीति निर्मातहरूले विदेशमा रहेका नेपालीहरूको भूमिकालाई वेवास्ता गर्नु तथा उनीहरूलाई दोहरो नागरिकता नदिनु।   

माथिका विभिन्न कारणहरूले गर्दा विदेशी लगानीकर्ताहरूले नेपालमा लगानी गर्न तत्परता देखाइ रहेका छैनन। परिस्थिति यस्तै रहने हो, र यो परिस्थितिमा सुधार नआउने हो भने अन्तरार्ष्ट्रिय लगानीकर्ताहरूले भविष्यमा पनि लगानी गर्ने इच्छा समेत पनि देखाउने छैनन। विगतको इतिहासले नै यो कुराको पुष्टि गर्दछ।

नेपालको अस्थिर राजनीति, सत्ता र शक्तिका लागि नेताहरू बिच संघर्ष र छिटो छिटो सरकार परिवर्तन जस्ता स्थितिहरूले अन्तरार्ष्ट्रिय लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न रोकिरहेका छन्। प्रोत्साहित गरि रहेका छैनन।

अन्तरार्ष्ट्रिय लगानीकर्ताहरूले विदेशमा रहेका नेपालीहरूप्रति नेपालका नीति निर्माताहरूले देखाएको व्यवहारलाई पनि गहिरो गरी मूल्यांकन गरि रहेका छन। आफ्नै नागरिक (विदेशी नागरिकता लिएका नेपाली) लाई नेपालले दोहरो नागरिकता दिइ रहेको छैन। विदेशको नागरिकता लिनसाथ कुनै पनि नेपालीको नागरिकता तत्काल समाप्त हुने व्यवस्थाले गर्दा अन्तरार्ष्ट्रिय लगानीकर्ताहरूको मनमा के शंका उब्ज्याएको छ भने जुन देशका नीति निर्माताहरूले आफ्नै देशका नागरिक (कारणवश विदेशको नागरिकता लिन बाध्य नेपाली) लाई पत्याउँदैन भने हामीलाई पत्याउने के ग्यारंटी हुन सक्छ? ठूलो मात्रामा हामीले नेपालमा गरेको लगानीबाट प्राप्त प्रतिफल आफ्नो देशमा वा आफूले लगानी गरेको अर्को देशमा ल्याउन सकिन्छ भन्ने के ग्यारंटी छ? जब नेपालका नीति निर्माताहरू आफ्नै नागरिक (विदेशी नागरिकता लिएका नेपाली) प्रति विभेद गर्दछ भने हामी प्रति कसरी सहानभूति राख्न सक्छ? यस्ता अनेक शंकाहरू विदेशी लागनीकर्ताहरूको मनमा छ।

कुनै पनि अन्तरार्ष्ट्रिय लगानीकर्ताले अर्को देशमा लगानी गर्दा दुई कुराको पूर्ण सुनिश्चितता खोज्छ- पहिलो हो, उक्त देशमा गरेको लगानीको सुरक्षाको सुनिश्चितता। दोस्रो हो, लगानी गरेको देशमा प्राप्त भएको प्रतिफल (मुनाफा) आफूले खोजेको समय र स्थान (देश) मा लैजान पाउने शुनिश्चितता। यस्तो सुनिश्चितता खोज्नुको कारण पनि छ। त्यो कारण के हो भने अन्तरार्ष्ट्रिय लगानीकर्ताले लगानी गर्दा प्राय: ठूलो रकम लगानी गरेको हुन्छ र साथै उत्त लगानीबाट पाउने प्रतिफलको दुई वा चार वर्ष भित्र मा प्राप्त हुने नभएर दसकौंमा प्राप्त हुने स्थिति रहेको हुन्छ।

अब यो समस्याको समाधनका कुराहरू गरौं। नेपालमा अन्तरार्ष्ट्रिय लगानीकर्ताहरूले तब मात्र लगानी गर्ने छन, जब राजनीतिक दलहरूले आफ्नो स्वार्थी बानीमा सुधार ल्याउने छन। देशको आर्थिक विकासका लागि अनेक मतभेदहरूलाई पन्छ्याएर एक जुट भएर काम गर्ने छन। नेपालका राजनीतिक दलहरूले माथिक दुई कार्यहरू गरे मात्र नेपालमा राजनीतिक स्थितरता आउन सक्छ। एउटा सरकारले पूर्ण अवधि भरि काम गर्न पाउन सक्छ र यस्तो भएमा मात्र नेपालमा लगानी गर्न अन्तरार्ष्ट्रिय लगानीकर्तामाहरूमा विश्वास जागृत हुन सक्छ।

अन्तरार्ष्ट्रिय लगानीकर्ताले विदेशमा लगानी गर्दा ठूलो जोखिम बोकेको हुन्छ। लगानी गरेको देशमा उसले करौडो मुद्रा खर्च गरेर कारखाना स्थापना गरेको हुन्छ। मेसीन एवं पार्टपूर्जामा ठूलो लगानी गरेको हुन्छ। जग्गा भाडामा लिएको हुन्छ। ठूलो लगानी गर्ने अन्तरार्ष्ट्रिय लगानीकर्ताले आफ्नो लगानीको सुनिश्चितता खोज्छ नै। तर हाम्रो राष्ट्रिय राजनीति नित्य अस्थिर रहन्छ। तोडफोड गर्ने, चक्का जाम गर्ने, हडताल गर्ने, प्रदर्शन गर्ने, सुरक्षाकर्मीहरूको हत्या गर्ने, लुटापाट गर्ने, भवन जलाउने जस्ता हाम्रो राजनीति संस्कृतिलाई हामीले समाप्त पार्ने पर्छ। राष्ट्रिय राजनीति स्थिर पार्ने पर्छ।

अन्तरार्ष्ट्रिय लगानी अभिवृद्धि गर्न हामीले जति जोड दिइरहेका छौ त्येतिकै जोड स्वावलम्बी अर्थतन्त्रको विकासमा जोड दिन आवश्यक छ। हामीले उपभोग गर्ने सबै वस्तुहरू स्वदेशमा उत्पादन गर्न सम्भव छैन, तर जति वस्तुहरू स्वदेशमा सजिलै (लागत र प्रविधिको हिसाबले) उत्पादन गर्न सकिन्छ ती वस्तुहरू उत्पादन गर्न आवश्यक छ। सामान्य उपभोग्य वस्तुहरू प्रति हाम्रो भारत एवं चीन प्रतिको अति निर्भरता समाप्त गर्ने पर्छ। यसै गरी, हाम्रो विदेशमा उपयोग भइरहेको श्रम स्वदेशमा नै प्रयोग गर्न आवश्यक छ। रोजगारीका लागि खाडीका लगायत अन्य देशहरू प्रतिको अति निर्भरता क्रमिक रुपमा समाप्त पार्नु पर्छ। युवाहरूलाई रोजगारीका लागि विदेश जान रोक्ने होइन, तर उनीहरूले स्वदेशमा रोजगारी पाउने वातावरण सृजना गर्नु पर्छ। स्वावलम्बी अर्थ तन्त्रको विकासमा जोड दिने हो भने लाखौ युवाहरूलाई नेपालमा नै रोजगारी दिन सकिन्छ।

अन्त्यमा, नेपालमा अन्तरार्ष्ट्रिय लगानीको खाँचो छ। अन्तरार्ष्ट्रिय लगानीको राम्रो उपयोग गर्ने हो भने त्यसबाट प्राप्त प्रतिफलबाट राष्ट्र र जनतालाई धनी पार्न सकिन्छ। तर सर्वाधिक महत्वपूर्ण कुरो, नेपालमा अन्तरार्ष्ट्रिय लगानीकर्ताले लगानी गर्ने वातावरणको निर्माण हुनु पर्यो।  र त्यस्तो वातावरण सृजना गर्ने प्रमुख दायित्व राजनीतिक दल र तिनका नेताहरूको हो।







विश्वराज अधिकारी  

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, November 13, 2026   

 

No comments:

Post a Comment