Wikipedia

Search results

Showing posts with label Interview. Show all posts
Showing posts with label Interview. Show all posts

Monday, November 6, 2023

Interview With Mahesh Poudyal

 महेश पौडेलसङ्ग कुराकानी

चर्चित साहित्यकार महेश पौडेल अहिले अमेरिकाको भ्रमणमा हुनु हुन्छ। यसै क्रममा उहाँ अहिले ओक्लहोमा आइ पुग्नु भएको छ। उहाँको परिचय केवल एक चर्चित साहित्यकार मात्र होइन, एक असल ब्यक्ति पनि हो। प्रस्तुत छ विश्वदर्पणका लागि ब्लगर विश्वराज अधिकारीले महेश पौडेलसङ्ग गरेको संक्षिप्त कुराकानी।

. केही हप्तादेखि अमेरिकाको भ्रमणमा हुनु हुन्छ। अमेरिकाको विभिन्न शहरहरूमा पुग्नु भएको छ। अमेरिकाको नेपाली साहित्यिक वातावरण कस्तो रहेको अनुभव गर्नु भयो?

अमेरिकामा नेपाली साहित्यको वातावरण निकै उर्वर रहेको पाएँ। व्यक्तिगत र संस्थागत दुवै तहमा साहित्यिक कार्यहरू भइरहेका रहेछन्। पेन्सिल्भेनियको ह्यारिसबर्गजस्तो सानो ठाउँमा मात्रै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, त्रिवेणी साहित्यिक मन्च, स्वीकारोक्ति फाउण्डेसन, ग्लोबल भुटानी साहियिक संघ, मातृभाषा संरक्षण मान्च आदि अनेक संस्था नेपाली भाषासाहित्यकै कार्यमा लागिरहेको पाएँ। टेक्ससमै पनि अनेसास, स्रष्टा साँझ अमेरिका, ग्लोबल नेपाली स्कुल, नेप्लिज सोसाइटी अफ डालस, डालस एभरेष्ट लायन्स क्लब आदि संघसंस्था यस दिशामा अग्रसर रहेछन्। मलाई अहिल्यै थाहा छ, मेरै भ्रमणताका ओक्लाहोमा सिटी, न्यु ह्यामसायर, भर्जिनिया र ओहायोमा पनि कार्यक्रम हुँदैछन्। अमेरिकाबाट संस्थागत र व्यक्तिगत प्रयासमा भएका प्रकाशन र कार्यक्रमहरूबारे पनि म धेरेथोर जानकार छु। यसै आधारमा मैले भनेको, यहाँको नेपाली साहित्यिक धरातल ज्यादै उर्वर छ।

. साहित्यका अनेक विधाहरू मध्ये कुन विधामा बढी लेख्न रुचाउनु हुन्छ?

लेखाइका हिसाबले त म धेरै विधामा विभक्त छु, यद्यपि सिर्जनाको क्षेत्रमा मैले सबैभन्दा बढी माया कथाकारको रूपमा पाएको छु। प्रौढ र बाल पाठकका लागि गरेर मेरा ७ कथासंग्रह रहनुले पनि कथातिर मेरो झुकाउ बढी रहेको प्रस्ट हुन्छ। तर पनि, कविता, समालोचना, गीत, अनुवाद र सैद्धान्तिक लेखनमा पनि मेरो धेरथोर समय व्यतीत भइरहेकोछ।

. साहित्यिक श्रृजना स्रष्ठाले आफ्नो सन्तुष्टिको लागि लेख्नु पर्ने हो वा लोक हितका लागि लेख्नु पर्ने हो?

यसमा दुवै खाले मतहरू छन्। समाजवादी चिन्तकहरू लेखन समाजकै लागि हुनुपर्छ भन्ने सोच्छन्, तर स्वच्छन्द चिन्तकहरू सिर्जनालाई विचार वा भावको विरेचन मान्छन्, जसले मनोभावको प्रकटीकरण हुँदाहुँदै पनि समाजको पनि भावलाई सम्बोधन गर्छ। म यो दास्रो कित्ताको लेखक हुँ।

. साहित्य अराजक हुन्छ भनिन्छ। त्यस्तो हो?

सहमत छु। मान्छेको व्यक्तिगत वा समूहिक स्वतन्त्रतालाई कुण्ठित तुल्याउने कुनै पनि व्यवस्थाको उच्छेदन गर्छ सिर्जनाले। राज्य वा शासक वर्गले कुनै न कुनै बहानामा मान्छेको स्वतन्त्रतालाई सीमित वा बाधित तुल्याने उपक्रम गरिरहेको हुन्छ। यो राज्यको प्रपञ्च तोड्ने अर्थमा सिर्जना अराजक हुने हो। तर यो अराजकता त्यस्ता प्रपञ्चको विरोधको अर्थमा हो, जीवनको सम्पूर्ण व्यवस्था वा मूल्यविधान तोड्ने अर्थमा होइन। अँ, कतिपय सन्दर्भमा, लेखकहरूले आफूलाई प्राप्त अराजकताको लाइसेन्सको दुरूपयोग गरेर स्वस्थ्य मूल्यहरूको विरोधमा पनि आफूलाई उभ्याएको पाइन्छ, तर त्यस्तो अराजकता टक्दैन पनि, र त्यसले अनुयायी भेट्न पनि सक्दैन।

. अध्ययन, मनन र चिन्तनको आधारमा नेपाली लेखकहरू र अमेरिकी लेखकहरूमा के कस्ता लेखन-विविधताहरू देख्नु भयो?

नेपाली भाषी लेखकहरूकै कुरा गर्दा, नेपाल र अमेरिकाका सर्जकहरू उस्तै उस्तै पाएँ। विधागत रूपमा पनि उस्तै छन्। अँ, अमेरिकी नेपालीहरूसँग आप्रवासनका, डायस्पोरा हुनुका, क्रमिक रूपले मौलिक संस्कृतिसँग टाढिँदै जानुका र अमेरिकाभित्रको विकसित र विविध संस्कृतिको ज्ञान र अनुभवको कुरा अतिरिक्त विषयवस्तुका रूपमा विद्यमान छन्। जहाँसम्म यहाँकै रैथाने लेखक र हामी नेपाली लेखकको लेखनको प्रश्न छ, त्यहाँ तात्तिवक भिन्नता छ। यिनीहरू विश्वका नवीनतम घटनापरिटनाहरूलाई तत्काल लेखको विषय बनाइदिन्छन् र वैश्विक ध्यानलाई आकृष्ट गर्छन्। हामी, धेरैजसो, परम्परित विषय लेख्छौँ, अथवा पुराना भइसकेपछि त्यतातिर लम्कन्छौँ। यहाँको ठूलो लेखन समुदाय मूलधारकै विधाहरू, यानि कविता, कथा वा उपन्यासतिर बढी केन्द्रित छ, ताकि एउटा ठोस सामुदायिक कथा भन्न सकियोस्। यहाँका अश्वेत, आप्रवासी चाइनिज वा हिस्पोनिकको साहित्यले पनि समूहकै कथा भनिरहेको पाइन्छ, र तिनको सिर्जनालाई समग्रमा हेर्ने हो भने त्यसले अमेरिकको सरकारी इतिहासले छुटाएको अर्को इतिहास भनिरहेको हुन्छ। हामी नेपाली साना आकारका र भावप्रधान विधाहरूमा बढी व्यस्त छौँ कि जस्तो लागिरहेको छ। त्यसले गर्दा, हाम्रो मूल कथा कतै छुटिरहेको छ। उदाहरणका लागि भुटानी नेपालीले भुटान छोड्नु र अमेरिका आइपुग्नु सामान्य कथा होइन। तर आजसम्म पनि यस कथाको सटीक, गहन र आधिकारिक प्रकटीकरण गर्ने सिर्जना आएन भन्दा पनि हुन्छ। नेपालकै पनि, यतै जन्मिएको र हुर्किएको दोस्रो वा तेस्रो पुस्ताको यथार्थ बोक्ने मूलधारको लेखन आएको पाउँदिनँ। यी मूलभूत भिन्नता म प्रस्टै देखिरहेको छु।

. नेपाली लेखकहरू नया नया मुद्दा भन्दा केवल पुराना, पारम्परिक कुराहरू लेख्न रुचाउन छन्। अनि पाठकहरू पनि केवल पारम्परिक सोंच भएका साहित्यिक सामाग्री पढ्न मन पराउँ छन। के यी आरोपहरू सत्य हुन्?

लेखहरूको हकमा यो कुरा साँचो हो, तर पाठकहरूको होइन। पाठकहरू सदैव नवीन विषयको खोजीमा हुन्छन्, र लेखकहरूले दिन सकेनन् भने उनीहरू क्रमशः ती लेखकहरूलाई पढ्न छोड्छन् र अन्य भाषाका साहित्यतिर उन्मुख हुन थाल्छन्। त्यसैले, सोच्नुपर्ने लेखकले हो । विविध भाषा जानेका लेखकहरूसँग त अनेक विकल्प हुन्छन् नि।

. अर्थ साहित्य बिच तालमेल मिलाउँदा अमेरिकीहरूले साहित्यलाई कति महत्व दिनु भएको पाउनु भयो?

यो केही अहदसम्म सत्य रहेको पाइरहेको छु। मैले भ्रमणताका मेरा केही सहपाठी र सहकर्मी पनि भेटेँ। मजस्तै ती पनि साहित्य पढेका हुन् र साहित्यिक रुझान् भएकै हुन्। तर, अमेरिका आएपछि उनीहरूको साहित्यिक रुझान् कतै छुटिसकेको पाएँ। नेपाल हुँदै केही नाम कमाएका लेखकहरू निरन्तर लेखिरहेका भेटेँ, तर यतै हुर्केको नयाँ पुस्ताले साहित्यलाई त्यति प्राथमिक रुचिको विषय बनाएको पाइनँ। उसको अभीमूखीकरण नै पढाइ, जागिर र पैसा भएको छ। अमेरिकी जीवन छ नै यस्तै। स्वाभाविक पनि हो। अँ, संघसस्थाहरूले बालबच्चामा नेपाली भाषा र साहित्यिको ज्ञान र रुचि बढोस् भनेर विशेष प्रयास र पहल गरेको पनि पाएँ। तर यसको परिणाम ठोस रूपमा देखिन त समय लाग्छ।

. आफ्नो अनेक अमेरिकी सहरहरूको भ्रमणको क्रममा, यात्रामा हँदा, अमेरिकीहरूले फुर्सतको क्षण अध्ययन गरेर बिताएको कत्तिको पाउनु भयो?

श्वेत अमिरिकीहरू त जाइँताइँ किताबै बेकेर उभिएका भेटिन्छन्। तर हामी, स्वभावैले निश्चित ठाउँ र परिवेशमा मात्रै पढ्छौँ। यसलाई म अन्यथा लिन्नँ पनि। म आफैँ पनि बाहिर, वा भीडभाडमा पढ्दिनँ। यो त हाम्रो जातीय स्वभाव हो। अमेरिकावासी नेपालीहरूको हकमा फुर्सदको क्षण भन्ने नै खासै नदेखिने रहेछ। तर पनि, पढाइप्रति तीव्र रुचि र अनुराग भएका पाठकहरू निरन्तर पढिरहेकै हुँदारहेछन्। यात्राकै क्रममा मैले भर्खरै आएका राम्रा नेपाली पुस्तक मगाएका र पढिसकेका पनि साथीहरू भेटेँ। कतिपय साथीहरू यहीँ बसेर समीक्षा लेखिरहनुभएको छ, बोलिरहनुभएको छ। यसको अर्थ, पढिरहने एउटा समूह पनि छ। तर यो समूह निकै सानो छ, र यसमा नयाँ पुस्ताको उपस्थिति ज्यादै पातलो छ।

. तपाइँको अमेरिकी भ्रमणको उद्देश्य के हो? त्यो उद्देश्य पूरा भएको पाउनु भयो?

मलाई अमेरिका आउने बाटो खोलिदिएको त अनेसासको पुरस्कार वितरण कार्यक्रमले हो, जसका लागि मेरो पुस्तक अपरिचित अनुहार पनि छानिएको छ। तर यस कार्यक्रमको मितिभन्दा करिब डेढ महिनाअघि नै म अमेरिका आएँ। मलाई, मैले पढेका वा पढाएका कतिपय विषयहरूलाई नजिकबाट बुझ्नु थियो। विशेषतः अमेरिकाका दक्षिणी राज्यमा विद्यमान अश्वेत अमेरिकीहरूको दारुण कथालाई नजिकबाट जान्न मन थियो। मेरो अलाबमा यात्राले मलाई त्यो अवसर दियो। न्युयोर्कमा मैले विश्वशक्तिका कतिपय केन्द्र र स्तम् देखेँभ, जो मेरो लागि रोमाञ्चक अनुभव रह्यो। टोनी मोरिशन तथा जोन स्टनेबेकका रचनामा पढिने दक्षिण अमेरिकी ग्रामिण परिवेश र यहाँको अश्वेत समाजलाई पनि जान्ने मौका पाएँ। यहाँ बसिरहनुभएका नेपाली, तथा नेपाली भाषी भूटानीहरूको कथाव्यथालाई पनि नजिकबाट बुझ्न पाएँ। मजस्ता अध्येताका लागि हार्वार्ड यनिभर्सिटी, मार्टिन लुथर किङको घर तथा रोजा पार्क्स आन्दोलनस्थलमा पुग्न पाउनु निकै ठूलो उपलब्धि हो।  सपनाको अमेरिका र यथार्थको अमेरिकाका बारेमा म थप प्रस्ट भएको छु। डेढ महिनाको छोटो अवधिमा अमेरिकाका करिब १२ राज्यका केही विशेष स्थानको भ्रमण, मलाई लाग्छ, निकै हो।

१०. नेपालमा साहित्य लेखनको कुरा गर्दा, नेपालका साहित्यकारहरूको चिन्तन धारा कत बगेको जस्तो लाग्छ?

पछिल्लो समयको नेपाली लेखनमा अभूतपूर्व राजनैतिक सामाजिक सचेतता पाइन्छ। विभिन्न जात, जाति र वर्गका अधिकारका कुरा आजको लेखनका मूल मुद्दा बनिरहेका छन्। सीमान्नकृतलाई मूल धारमा ल्याउने उपक्रम नै आजको नेपाली साहित्यको केन्द्रीय विषय बनेको छ। साथै, वातावरण संरक्षण, युद्ध, पलायनजस्ता विषय पनि सहायक धारा बनेर बगिरहेको देख्छु। कतिपय आख्यानकारहरू प्राचीन र मिथकीय विषयहरूको पुनरपठनतिर पनि लागेका देखिन्छ। अँ, पुरानो आर्दवाद, एक वा दुई जातिका मूल्यविधानको पृष्ठपोषण र सत्ताको प्रसस्तिगान जस्ता विषय भने करिब करिब नामेट नै बनेर गए।

११. अन्त्यमा, विदेशमा बसेका नेपालीहरूले आफू जहाँ बसेको हो त्यहाँको बारेमा सोंचे हुन्छ। विदेशमा बसेर यता नेपालमा हामी (नेता) हरूलाई यसो गर, त्यसो गरे भन्ने होइन। नेपालको बारेमा सोंच्न हामी छौ। अमेरिकाको भ्रमण गरिसके पछि त्यस किसिमक नेताहरूको भनाइ तपाइँलाई कस्तो लाग्यो?

नेपालको बारेमा हामी सोच्छौँ भन्ने नेताले देशको बोरेमा सोचे? म कलेज र विश्वविद्यालयहरूमा पढाउँछु। मेरो कुनै पनि विद्यार्थी नेपालमा भविष्य छ, नेपालमै बस्छु भन्ने सोच्दैन। किन? यो निराशाको कारण देशको नेतृत्व र सत्ता होइन? नेपालका छिमेकीले ८ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर हाँसिल गरिरहँदा हामी ५ भन्दा कममा रहेको वर्षौं भयो। नेपाली विश्व वा ब्रह्माण्डको जुनसुकै कुनामा रहेको होस्, उसले स्वदेश वा पितृभूमिको चिन्ता गर्छ। माया गर्छ। सहयोग गर्ने, आलोचना गर्ने, बोल्ने, सुझाव दिने र चिन्ता प्रकट गर्ने अधिकार राख्छ। गैरआवासीय नेपालीहरूको मनोलोक, देशप्रतिको माया, आपदविपदमा उनीहरूले देखाएको तदारुकता र सहयोगी भावना, देशभित्रका दलहरूलाई देशबाहिरबाट दिइरहेको आर्थिक र नैतिक सहयोग, देशका ठूला साना परियोजनाहरूमा यिनका लगानी, र कुनै कारण विदेश आइपुगेर समस्यामा परेका नेपालीको सहयोगआदि बारे जानकारी नराख्ने अदूरदर्शी, गैर जिम्मेवार र आलाकाँचा नेताहरूले यस्ता असंवेदनशील कुरा बोल्छन्।

अमेरिका आएपछि थाहा पाएँ — यहाँ बस्ने नेपालीहरूमा नेपालप्रति अगाध माया छ। समर्पण छ। यसको वर्तमान र भविष्यप्रति चिन्ता छ। मातृभूमिको लागि केही गरौँ भन्ने भावना पनि छ। अँ, ससाना मतभिन्नता प्रजातान्त्रिक समाजको चरित्र हो। त्यसबाट अमेरिका वा विदेश पनि अछुतो छैन। यो गौण कुरा हो। देशभित्र रहेर देशको नेतृत्व गर्छु भन्नले विदेशमा रहेका आफ्ना नागरिक वा परिजनबाट सक्दो प्रेम र सहयोग जित्ने वातावरण बनाउनु जरुरी छ।

१२. उक्त नेताहरूले भनेझै के नेपालीहरू विदेश केवल सेवा, सुविधा उपभोग गर्न आएका हुन्छन?

नेपालीहरूलाई विदेशिने वातावरणसम्म हुत्याएको यस्तै आलाकाँचा नेताहरूले हो। धेरै बाध्यताले, र कलिकति रहरले विदेशिएका छन् नेपालीहरू। आखिर, देशमा जीवन सहज भएन, र सरकार अभिभावकको रूपमा उभिन सकेन भने आजको भूमण्डलीकृत समयमा एउटा मान्छे राष्ट्रवाद राष्ट्रवाद भन्दै देशभित्रै झुण्डिरहन्छ भन्ने मलाई लाग्दैन। कोरा भावुकताभन्दा निकै पृथक् छ आजको यथार्थ। मानिसहरू आफ्नो मात्रै होइन, आफ्ना सन्ततिको भविष्यप्रति पनि चिन्तित छन्। देशले दशकौँ दशकमा पनि विकासको एउटा सम्मानजक गति समात्न नसकेको सन्दर्भमा  पलायन अवश्यंभावी हुन पुग्छ।

१३. विदेशमा रहेका (नेपाली) हरूले स्वदेशप्रति देखाउने माया कित्रिम हो वा अर्थहीन हो?

साँचो अर्थमा माया कहिल्यै क्रितृम वा अर्थहीन हुँदैन। र, आजको समयमा मान्छे जहाँ बसोस्, उसले आफ्नो मातृ वा पितृभूमिप्रति माया देखाउने, त्यसप्रति चिन्ता प्रकाट गर्ने र परेका बखत त्यसलाई सहयोग गर्ने पूरापूर अधिकार राख्छ। भावनाको कुरालाई यो हुन्छ वा हुँदैन भनेर तर्क गुर्न अर्थहीन छ। यो आस्था हो, र आस्थामा तर्क गरिन्न।

एकदुई जना अपरिपक्व र अनुभवहीन नेताको भनाइलाई बेवास्ता गरेर आफ्नै लयमा अघि बढौँ भन्न चाहन्छु। तिनका भनाइहरूको कुनै तुक वा आयु हुँदैन, यद्यपि चित्त भने ज्यादै दुखाउँछ। 

Monday, November 6, 2023

Norman, Oklahoma, USA

साहित्यकार महेश पौडेल


 

Saturday, September 2, 2023

Interview With Desh Subba On Fearmorphosis

                The cause of Metamorphosis is Fear 


Desh Subba

Desh Subba is a contemporary philosopher. He has written several books on Fearism. Some of the books he has written with co-authors and some of the books sole. He is a founder of 1. Philosophy of Fearism (2014), 2. Trans Philosophism (2021), 3. Fearmorphosis (2023). He was born in Nepal and now lives in Hong Kong with his family. For Bishwa Darpan, Bishwa Raj Adhikari has interviewed him regarding his new book Fearmorphosis. 

 

 1. You have done a lot of research on Fearism. What is Fearism?

 

Fearism is a philosophy which centralizes civilization, philosophy, society, literature, ecology, economics, language, criticism, religion, and politics on a fear basis. It looks very different when we look at our life, society, ecology, literature, religion, philosophy, criticism, politics, language, dark age, modernism, postmodernism Marxism, Existentialism, colonization, subaltern, hegemonize, and feminism from it. It is an eye. In the past, thinkers, authors, and spiritual leaders interpreted fear as a negative emotion, we (Fearists) are looking for it positively.

 

2. How Fearism works on our general life?

 

Fear is the first consciousness. Every step of life we are very conscious because of fear. For example, at home we use everything for safety purposes like doors, windows, locks, alarms, CCTV, passwords, healthcare, dieting, rules, discipline, laws, morality, doing job, educating children, physical fitness, savings, insurance, ambulance, fire brigade, hospital, investment, police, army, corruption control, border control and immigration all are doing because of fear. Its philosophical analysis is Fearism.

 

3. You have written a book and is published recently “Fearmorphosis” . What is it all about?  

 

This book reanalysis concept of Sisyphus (Camus), Panopticon ideas (Jeremy Bentham, and Michel Foucault), introduces Scapegoats theory (Eastern and Western), Metamorphosis (Kafka), Hell is other people (Sartre) and Das Kapital from Fearmorphosis. The cause of the metamorphosis of living things, languages, society, politics, civilization, our job nature and migration are fear. The definition of metamorphosis is unclear. I needed to define the cause. We are always pushing our life, society, capital, language, literature, and politics as Sisyphus. We fear that a boulder of these at any time falls. Thus, we are Fear Sisyphus. Fear Sisyphus is a subtitle of book.

 

4. What is Fearmorphosis?


Fearmorphosis is a new term in English. No one has used it before. I used it for the first time in Biswa Darpan’s interview. Later on, I developed it in the book. The cause of metamorphosis is Fear (Fearmorphosis) because the reason for it is fear of dying (extinction).

 

5. Does Metamorphosis not carry a meaning?


Metamorphosis gives meaning to the bodily transformation process of creatures. For example, egg, larva, pupa, and butterfly are the metamorphosis of a butterfly. Including human beings, living things and cultures, religions, languages, races, and civilizations do the same process. What is the cause of it? It is not given by Kafka and other thinkers. Does metamorphosis carry the meaning? I think not. So what word can carry? I couldn't find any appropriate word for it. Therefore, I coined Fearmorphosis. Fearmorphosis is the right word and meaning for Metamorphosis.

 

6. Do you disagree with Hell is other people?


Of course. If we see the practical way, is Hell of Hitler by other people? Jean-Paul Sartre has looked at the second part of ‘No Exit’. He hid the first part. In the first part, Garcin, Inez, and Estelle are the criminals. They had crimes and were sent to Hell. The jail was Hell. Right, but they went there because of crime. Meantime, he contradicted himself. Before he said, Existence Precedes Essence. Now he said Hell is other people. My point is Fear Precedes  Essence and Hell is no other people. Hell is by themselves.

 

7. Strongly you have rejected the Kafkaesque of Franz Kafka. How can you justify it?


I did not reject the Kafkaesque of Franz Kafka. After reading about him, I reached a new conclusion. Victims of Kafkaesque are powerless, dominated, fearful, and marginal. They have been tortured by their Father, Manager, and the state. But the father, manager, and the head of state have not been punished. The positions of Kafkaesque, marginal, subaltern, woman, untouchable, and colonized are always exploited, dominated, and punished though they are innocent. So, I redefined it in the name of a Super Scapegoat Structure (SSS). They are unknowingly being a scapegoat. Karl Marx explained it in Super Structure (SS). I examined his idea. What happens if fear is removed? Obviously, it doesn’t work. So, I reformed it previously in the name of Super Fear Structure (SFS). We can find it in Trans Philosophism book. Later on, I rewrote it, in Super Scapegoat Structure. In all these formations, the victim doesn’t know what his crime is but gets punished. Kafka himself got retribution when he was 9 years old though he was innocent. But he never knew the reason for his chastising. He scapegoated in the name of beliefs, morality, and discipline. So, I reached the conclusion that they are under Super Scapegoat Structure, not merely Kafkaesque.

 

8. Can we look at society, myth, religion, politics, economics, and ecology from scapegoat theory?


Yes, we have two kinds of scapegoats a. self-made b. made by others. The self-made reference I have taken from the Bible. In the Bible, it is written, that Jesus Christ also did no wrong but willingly gave Himself to die for the sins of mankind ([1Timothy 2:6] [3] [66]). He was self-made. Political leaders, business tycoons, social leaders, spiritual speakers, patriots, martyrs, and employees are self-made scapegoats. Nelson Mandela, Gandhi, and Aung San Suu Kyi are self-made like

Christ. Four famous patriots and martyrs of Nepal Shukraraj Shastri, Dharma Bhakta Mathema, Dashrath Chand, and Gangalal Shrestha were given the death penalty by the dictator Rana regime of Nepal. They were fighting for democracy. Their sacrifice was for democracy. Some sacrifice for democracy, some for independence, and some for social reform. When India was colonized by the British, not only scapegoated civilians, they scapegoated nature too. Helen was scapegoated in Troy, Draupadi was in Mahabharat and Sita was in Ramayana. Sati system was not exceptional. We have many examples of this theory. Hence, it is time to see history, culture, ecology, and politics from this latest lens.

 

9. I read a new approach in Panopticon. Can you tell me about it?


The Panopticon is an eye. The eye can be visible or invisible.  In the myth, it came from the state of nature. Theoretically, Jeremy Bentham, Michel Foucault, and I (Subba) have defined it. CCTV is its present form. My analysis is scientific and practical. I have shaped it in a new dimension. For instance, General Panopticon, Special Panopticon, Direct Panopticon, Indirect Panopticon, Spiritual Panopticon, and Materialistic. These are watching eyes. It is in the beginning. After some time, its effects can be seen.

 

10. How can we understand the Metamorphosis in Fearmorphosis term?


The Metamorphosis is a Novella of the Samsa Family. Gregor Samsa is an employee. He has been working for fifteen years as a salesboy. For five years he didn’t take a holiday. He was sacrificing for his family’s happiness. He was a lovely son to mom and dearest brother to sister because he was earning. One morning when he woke up, he found metamorphosed into vermin. Vermin cannot go to work and income. Slowly, he became a burden to his family, and they wished for him to die. Gregor was transformed into an insect, but family members changed their behaviour.  It gives a lesson that our every relationship is based on money and money is based on fear. Fear is invisible in Novella but it was the reason for their transformation. That’s why, I look at it from Fearmorphosis point of view.

 

11. Lots of Das Kapital effects can be seen in your book. Does it have any relation with Sisyphus?


Excellent, do we find any difference between the boulder of Sisyphus and the capital of capitalism? Both are pushing the rock. The icon is different. Every day Sisyphus heaved up his stone to the mountaintop. From the top again fell. When it fell, he had a fear of crushing and dying. Likewise, the capitalist pushes his capital to the peak. He never stops. He regularly pushes and pushes his it, but the summit never comes. He is afraid that if not properly pushed, it may fall. It can be applicable to all professions including students. That’s why I said Fear Sisyphus.

 

12. Why you are so interested in Fearism?

 

Fearism is a foundation of education, healthcare, civilization, philosophy, politics, society, literature, language, ecological crisis, psychology, and economy. No one has seen its beauty. Reality was shadowed by illusion in many spares of life. Simple example is, Communist Manifesto was written about the fear of capitalist. Karl Marx and Friedrich Engels first sentence is; “A spectre is haunting Europe- the spectre of communism. All the powers of old Europe have entered into a holy alliance to exorcise this spectre; pope and tsar, Metternich and Guizot, French Radicals and German police-spies.” Is it not a misinterpretation? Fearism entered this intellectual world to show the right light.

 

13. Do you have anything to tell readers?


Among my three ideas, some readers told me Fearmorphosis is the best. I am not sure which is the best. It is the free will of readers. They have the right to decide and mark. The product of Fearism school is spread to different parts of the faculty and the world. Still, most scholars are not familiar with it. Readers can pass the message to them. It gives good tips for life. 


Interview by Bishwa Raj Adhikari

Monday, April 11, 2022

Interview With Desh Subba On Trans Philosophism

 

Trans Philosophism Is A Terminator

Desh Subba

Desh Subba was born in Nepal and lives in Hong Kong. He has been writing various books in 'Philosophy of Fearism'. His book 'Trans Philosophism' published in 2021. He is a founder of 'Philosophy of Fearism'. On its base, several books and articles have been written. Bishwa Raj Adhikari has interviewed him for Bishwa Darpan:

1. May we start the interview with the introduction of your writings?

I am Desh Subba. I have written different genres of literature. Since 1999, I have been concentrating on the 'Philosophy of Fearism'. It took a long time to shape a philosophy. I researched; consulted with professors and studied to support it. It was hard to find a clear outline. In the beginning, Fearism was a matter of mocking concept because it was hard to accept as philosophy. No one thought and heard such Fear+ism before. As for them, fear was an average thought as others’ emotions. It was true in a sense. It was the reason that it became a joke. It was not happening to me only. Most of the philosophers faced such difficulties. In my experience, people learn a piece of philosophy. A piece of learning cannot complete the learning process. We cannot understand if we start from the middle. It is the same as watching a movie after one minute or starting to read a book from the 2nd page. When we miss the beginning, then we get lost somewhere. It is the trend of our academic research and study. Suppose, somebody read Marxism and said I know Marxism. At least to know Marxism needs to reach to Socrates and Plato because thesis, antithesis, and synthesis came from Meno and 'The Republic'. Once Meno asked Socrates,

Meno: "Can knowledge (virtue is written in Wikipedia) learn and teach?"

Socrates: "Cannot because it exists within us".

Meno: "How to draw it out?"

Socrates: "Through dialectic method."

He was talking about conceptual knowledge. Until the synthesis, dialect must continue.

Similarly, word communism first came from Plato. He used it in how to rule Athens. He said, "Ruler and warrior class are not permitted to keep the private property because if they acquire private property, they can be corrupted." He had a fear of corrupting the state. In a social measure, he preferred the communist system. We are playing a role like scholars of Socrates. After conversing with scholars, he said, "We do not knowneither the sophists, nor the orators, nor the artists, nor Iwhat the True, the Good, and the beautiful are. But there is this difference between us: although they believe they know something; whereas, I, if I know nothing, at least have no doubt about it."

2. 'Philosophy of Fearism' is now widely read. Can you explain it in the simplest form? 

It is a philosophy as other philosophies. Its primary subject is fear. It looks at life and the world on its basis. It is my understanding; most of the influential philosophies have come from suffering, pain, pleasure, happiness, will, desire, etc. Fear was left behind, even some philosophers had given the place but it was negative, harmful, and secondary. We (fearists) are giving full focus on it. Its major quotes are "life is conducted, directed, and controlled by fear", and the "(Existence of) fear precedes essence". At present, politics, economics, education, healthcare, entertainment, and relation is conducted, directed, and controlled by fear of Covid19. It is very practical. It is not negative; it is the most positive motivator. We see the fear of pandemic activated government, scientists, and medicines. If it was not spread, it would not require the invention of medicine, insulin and issue the laws. We are not doing it just for Corona, we did since early civilization. The bottom line of our invention, development, and construction is fear.

3. End of last year, your new book 'Trans Philosophism' was published. Can you say some words about it?

It is a metamorphosis of 'Philosophy of Fearism' in one sense and terminator in another sense.  By name, if we go through, it has four words Trans+Philo+sophy+ism=Trans Philosophism.  It argues that the later philosophies have to turn on 'Trans Philosophism' way. It has operated, refuted, criticized, and fearmorphosed (metamorphosed) the political theory of Thomas Hobbes, Communist Manifesto, Of Grammatology of Derrida, postmodernism, the subaltern studies, ecological crisis and Existentialism. 

4. How can it be metamorphosis and terminator?

When the variant of philosophy comes that is a metamorphosis; if it strongly refutes and takes into an advanced level that is the terminator. Das Capital is an offspring of the Communist Manifesto. Several philosophies are in metamorphosis form. It is in Communism, Existentialism, modernism, postmodernism, etc. Some parts of Hegelian idealism (idea, or mind, or reason, spirit, or and Giest) is the metamorphosis of Purush and Prakriti of Sankhya philosophy. The spirit of Hegel and Purush of Sankhya has a common base; it has the potential to create matter. Similarly, the political theory of Hobbes, Locke, and Rousseau is a kind of metamorphosis because their first form is the state of nature. An animal is a living thing, so the same animal changes in different forms. An idea needs to change through philosophers. We cannot ignore the metamorphosis structure of the Communist Manifesto, Das Capital, Leninism, Maoism, and some other communists. If we see in the context of Nepal, there are plenty of metamorphosed offspring of communists. They are metamorphoses in the 'Trans Philosophism' terminology. 'Trans Philosophism' is a terminator because it terminates the previous meaning. In reality, fear is a terminator. It terminates other emotions. To look from a fearism point of view is fearmorphosis.

5. How is the development of Philosophy of Fearism?

It is growing to the adolescence stage. It will grow into teenagers and adults. On its base, almost 20 books and lots of articles have been written. Trans Philosophism is among them. Dr. Bhawani Shankar Adhikari has applied it in his Ph.D. dissertation. It is a healthy symptom. In some books, I involved myself. Several universities have kept it in reference lists. Within 8 years, its progress is zeal.

6. Do you have some words for readers?

It is my experience, if we want to learn philosophy, we must go back to 570 BC, and nevertheless, we miss the page. Around 600 BC is its beginning. As I said, reading from the 2nd page misguides our knowledge. 


Presented by: Bishwa Raj Adhikari



Thursday, March 25, 2021

Interview With Teertha Adhikari

 तीर्थराजसँग विश्वदर्पणले लिएको अन्तर्वाता 

नेपालमा लामो समयसम्म सरकारी सेवामा रहेर सेवानिवृत हुनु भएका तिर्थराज अधिकारी हाल ओहाओ, अमेरिकामा हुनु हुन्छ। नेपालमा हुँदा उहाँले विभिन्न कृतिहरूको लेखन एवं प्रकाशन गर्नु भएको पाइन्छ। १. जूनकिरी-कविता सङ्ग्रह २०५३, २. ऐना-कविता सङ्ग्रह २०५७, ३. तीन लय तेर्ह गीत-गीति सङ्ग्रह २०६०, ४. झटारो-मुक्तक सङ्ग्रग २०७०, ५. यो कस्को हात-कविता सङ्ग्रह २०७०, ६. बिरिमफुल-मुक्तक सङ्ग्रह सन् २०१६  उहाँका प्रकाशित कृतिहरू हुन्।

तीर्थराज अधिकारी, साहित्यमा एक सुपरिचित नाम भएता पनि मुक्तक-साहित्यमा भने उहाँको नाम विशेष किसिमले लिने गरिन्छ। उहाँलाई “मुक्तक मणि” भन्ने गरिन्छ। मुक्तक लेखनमा उहाँको महत्वपूर्ण योगदान छ। अधिकारीका मुक्तकहरू पाठकहरूबाट अति नै रुचाइएका छन।

प्रस्तुत छ विश्वदर्पण ब्लगका लागि विश्वराज अधिकारीले तीर्थराज अधिकारीसङ्ग लिएको अन्तरवार्ता 

 

1.      साहित्य के हो? मुक्तक र कविता बिच के अन्तर छ? साहित्यमा कविको दायित्व विषयमा प्रकाश पारिदिनु हुन।

कुनै लेखन वा पङ्तिहरुबाट जिन्दगीलाई स्पर्स हुनुनै साहित्य हो। साहित्यलाई हामीले पानी जस्तै निर्मल बनाउनु पर्दछ,जस्तो पानी जस्ले पिउँछ उसैको तृष्णा मेटिन्छ ,त्यस्तै साहित्य पनि जसले पढ्यो उसैको जीवन बोल्नु पर्दछ। यदि कुनै साहित्यकार आफ्नो भाषाको आग्रह गर्दछ भने ऊ आफ्नो सारा स्मृति तथा संस्कारको आग्रह गर्दछ,स्वतन्त्र राष्ट्रको आफ्नो भाषामा विशुद्ध अस्मिता बाँचेको हुन्छ।
   भनिन्छ,मानव चेतनाको वाणीनै साहित्य हो,आधुनिकता समय सापेक्ष माग हो। साहित्य विशिष्ट मानसिकताको उपज हो। साहित्यमा नवीनता आउन भाषामा विचलन आउँछ। साहित्य मनोरञ्जनको लागि पढिन्छ भने शास्त्र ज्ञानको लागि। साहित्यले हार्दिकता दिन्छ भने शास्त्रले बौधिकता । कवि केवल आफ्नो लडाईँ मात्र लड्दैन,नत आफ्नै मात्र कथा ब्यथाको लेखा जोखा गर्दछ। कवि त बिउँझन्छ,हिँड्छ हर घडी हर पल नगिच वा टाढा हर मौसम,हरेक संबन्धको भाग र गुणाको साथ ,इतिहासको फैसला र फासलाको साथ। साहित्यकार आफ्नो भूमिकाबाट कदापि विचलित हुँदैन। अब रह्यो कुरा कविता र मुक्तकको सम्वन्ध। मुक्तक काव्य कविताको एक शूक्ष्म रुप हो जसमा प्रबन्धकीयता हुँदैन। यो आफैं स्वतन्त्र रहन्छ। अर्थात मुक्तक काव्यको त्यो विधा हो जसमा कुनै कथानकको पूर्वापर संवन्ध रहँदैन, स्वपूर्ण हुन्छ।

 

2.      मुक्तक लेखनको कुनै सिद्धान्त छ?

मुक्तक चार पदको रचनाहो,जसको पहिलो ,दोश्रो र चौथो पद तुकान्त र तेश्रो पद अतुकान्त हुन्छ। मुक्तकको केन्द्रबिन्दु अन्तिम दुई पंक्तिमा रहन्छ। मुक्तक यस्तो रचना हो जसले आफ्नो अर्थ आँफै लगाउँछ। अन्य कुनै पनि सहयोगी साधनको भर पर्नु पर्दैन। यो देख्नमा सानो ,मर्मपर्शी र चोटिलो हुन्छ। त्यसैले मुक्तकलाई तिखो र प्रहारिलो भन्ने गरिन्छ।
मुक्तकका चारै पङ्क्ति पढेपछि यस्को अर्थ लगाइरहनु पर्दैन,आँफै प्रष्ट भैहाल्छ। प्रथम पङ्क्तिले विषय प्रवर्तन (भाव विचारोद्घाटन), द्वितीय पङ्क्ति प्रवर्तित वा उद्घाटितले भाव विचारको सम्बर्धन गर्दछ भने तेश्रो पङ्क्तिले एउटा सोपान तयार गर्दछ र चौथो पङ्क्ति पुरा मुक्तकको प्राण बन्दछ। यही चौथो पङ्क्तिलाई प्राण दिन अरु तिनवटा पङ्क्तिले तयारी गरेका हुन्छन्।जस्तै-
न रोएर मुक्तक बन्दो रहेछ
न धोएर मुक्तक बन्दो रहेछ
बाँधेर होइन भित्री मनलाई
फोएर मुक्तक बन्दो रहेछ।

 

 3. यहाँलाई मन परेको क्षेत्र कुन हो? अर्थात कविता वा मुक्तक?

मुक्तकको उत्तमता र अनुत्तमता फेला पार्न बुद्धिको प्रयोजन खासै रहँदैन। एउटा सुन्दर मुक्तक पाठक वा श्रोताको मनोवेग उत्तेजित पार्न प्रयाप्त हुन्छ। यसले पाठकको उच्छवासित जीवनमा एउटा नयाँ अंग स्थापित गरिदिन्छ। जीवनलाई उन्नत बनाउँछ। उत्कृष्ट तथा अलौकिक आनन्द सित परिचित गराउँछ। कुनै पनि मुक्तकको शिष्टता,सरलता र मारक क्षमताले पाठकलाई सहज बनाउँछ। एक सानो मुक्तकमा पूर्ण भाव समाहित हुन्छ। गुम्फित हुन्छ। र अभिव्यक्तिको शैली पनि अति प्रभावपूर्ण हुन्छ। यसैले गर्दा कुनै साहित्य संमेलन वा साँस्कृतिक प्रदर्शन हुँदा आरम्भमानै कुनै आकर्षक मुक्तक वाचन गरेर सुरुवात गर्ने प्रचलन रहेको थियो जस्ले गर्दा आमन्त्रित महानुभावहरुको ध्यान आकर्षण गरोस। यिनै कारणले गर्दा म स्वयम पनि मुक्तक विधा सित आकर्षित भएको हुँ।

 

 4. मुक्तकलाई परिभाषित गर्नु पर्दा के भन्नु पर्ने हुन्छ?

शब्द र अर्थको बिचको भावनै मुक्तक हो।” प्रबन्ध काव्य एक वनस्थली हो भने मुक्तक एक फूल गुच्छा भनिन्छ। मुक्तक काव्यको यस्तो बिधान छ जस्मा कुनै कथाको पूर्बापर सम्बन्ध हुँदैन,प्रत्येक बनावट आँफै पूर्णत स्वतन्त्र र सम्पूर्ण अर्थ दिन सक्ने हुन्छ। वास्तविक मुक्तकमा जीवनको कुनै रुप वा प्रकृतिको कुनै पक्ष विशेषको चित्रमात्र उपस्थित हुन्छ। कुनै मार्मिक दृश्य वा अनुभूतिलाई सफलता पूर्वक प्रस्तुत गरिएको रचनालाई मुक्तक भनिन्छ। कौशलता पूर्वक सृजन गरिएको स्वयंमा पूर्ण, अपेक्षकृत लघु रचनालाई मुक्तक भनिएको छ। ”मुक्तकंश्लोक एबैकश्चमत्कारक्षमःसताम्”, अर्थात चमत्कार पूर्ण क्षमता राख्ने एउटा श्लोकलाई मुक्तक भनिन्छ।

 नेपालको मुक्तक जगत् अहिले सुरक्षित हातमा पुगेको छ। गंभीर र संप्रेषण युक्त मुक्तकहरु आउन थलेका छन्। पुरानो वर्जना (पावन्दी) तोडेर नयाँ आयम थपिएका छन्। यो पुस्ताले मुक्तकको सृजनामा बुद्धिको भन्दा हृदयलाई बढी महत्व दिएका छन्। नेपाली मुक्तक संहिताबध्द नहुँदा सम्म सबै प्रकारका छोटा छोटा कविता पनि मुक्तक भनिए। तर हाल नेपाल मुक्तक प्रतिष्ठान स्थपना भएर सबै मुक्तकको बनाबटमा पनि संहितीकरण भैसकेको छ।
 मुक्तकका विशिष्ट गुणहरुः-

(१)-काव्यको एक लघु परिक्षेत्र हो।

(२)-साहित्यमा काव्यको एक विशिष्ट विधा हो। यस्को विशिष्टता यस्कै पूर्णतामा हुन्छ।

(३) “मच धातुमा “कन प्रत्यय लागेर मुक्तक शब्दको ब्युत्पत्ति भएको हो।

(४) मुक्तकलाई चोइटा, टुक्रा,झुल्का,उद्वेग,ठून्का,चुड्का,छिर्का,झड्का,केस्रा ,मट्याङ्ग्रा आदि नामले पनि पुकारिन्छ।

(५)-जुन वाक्यांश पढ्दा पाठकको अन्तस्करणमा रस-सलिला प्रभाहित हुन्छ त्यही मुक्तक हो।

(६)-जव एक पद अर्को पद संग मुक्त रहन्छ अनि मुक्तक हुन्छ।

 

5. मुक्तक लेख्नका लागि अन्य साहित्य (पुस्तकहरू) पनि पढ्नु पर्छ कि केवल अनुभव मात्र प्रस्तुत गरे हुन्छ?

निरन्तर साधनारत हुँदा लेखनमा परिपक्कता विकसित हुन्छ।  आफ्नो वरपरको जीवनबाट प्रेरणा लिनु अति आवश्यक छ। जीवनमा अध्यायन,विचार विमर्श,अनुभव र यात्रा मुक्तक वा कविता रचनाका महत्वपूर्ण सामाग्री हुन्। जतिजति अध्यायनको दायरा फराकिलो बनाउन सक्यो उतिनै लेखनमा प्रवीणता निखरित हुँदैजान्छ।

 

 6. मुक्तक किन बढी अर्ति उपदेशतिर केन्द्रित रेहको पाइन्छ?

कुनै पनि कविको आत्माभिब्यक्ति चाहे त्यो मुक्तक होस वा कविता,सृजन र प्रकृति फरक हुन सक्छ,आकार फरक हुन सक्छ,प्रस्तुति फरक हुन सक्छ,पहुँच र प्रभाव फरक हुन सक्छ तर आफ्नो परिवेशको प्रभाव साहित्यमा परेकै हुन्छ। आफ्नो जीवन सम्वन्धित भोगाइनै मुक्तक रचनाको सामाग्री हुन सक्छ। आन्तरिक प्रेरणा,स्व विचार,अनुभव,आरोह अबरोह, दुःख तथा निराशाको झलक मुक्तकमा प्रतिबिम्बित हुन्छनै। युवा पिँढीका रचनामा अनुराग, वयस्कका रचनामा लहर र प्रौढहरुको रचनामा यथार्थ झल्किएको हुन्छ। सीर्जना आन्तरिक अनुभूतिको अभिव्यक्त रुप हो।

 

 7. मुक्तकलाई ब्यंग भन्न सकिन्छ?

  भनिन्छ “व्यङ्ग्य मानव सहानुभूतिबाट उत्पन्न  हुन्छ र यसले मानिसको जीवनलाई उत्तम बनाउने उद्देश्य राखेको हुन्छ”। व्यङ्ग सार्थक र परिपक्क हुनु जरुरी  छ। गहन मानवीय संवेदना,विसंगति ,विडम्वनाले निम्त्याएको खाडलबाट उम्रिएको विषय हो, व्यङ्ग। तसर्थ मुक्तकमा व्यङ्ग समावेश हुँदा संवेदनशीलता, विसंगति प्रति असन्तोष र फलदायी परिवर्तनको अपेक्षा गर्न सकिन्छ। सबै मुक्तकहरु व्यङ्ग्यात्मक हुन्छन् भन्ने सोचाई भ्रममात्र हो।

 

 8. आजभोलि मुक्तक भन्दा लघुकथा लोकप्रिय भएको हो?

  विशेषत, बाल मनोभवना आकर्षित हुने एउटा माध्यम लघुकथा पनि हो। हुनत रामायण तथा महाभारत ग्रन्थ पनि लघुकथाहरुको संग्रह हो भन्ने प्रसङ्ग पनि उठ्न थालेको छ। पौराणिक कथा वा आख्यानले बाल मस्तिष्कलाई सहजै प्रभाव पार्दछ। यसको अतिरिक्त वर्तमान कम्प्यूटर युगमा लामा तथा भद्दा सामाग्री भन्दा छोटा र मिठा लघुकथाहरु प्रासंगिक बन्दै गइरहेका छन्। अर्कोतर्फ साहित्यमा प्रबन्ध काव्य वा लामा आकारका कविता भन्दा मुक्तक बिधाले ठाउँ लिंदै आएको छ। वर्तमान समयमा मुक्तकको महत्व बढ्दै गएको भान हुन्छ। मुक्तक यस्तो बिधा हो, कवि सम्मेलन, फेसबुक, कुनै सभा सम्मेलन,बनभोज,पार्टी अत्रतत्र मुक्तकको वर्चस्व बढ्दो छ। कुनै सभामा श्रोतालाई आकर्षित गर्न चोटिला मुक्तकको प्रयोग गरिन्छ। सफलतापूर्वक सृर्जना गरिएको मुक्तकले श्रोताको मनमस्तिष्कमा एउटा उच्छवास पैदा गर्दछ । तुलनात्मक रुपमा हेर्दा मुक्तक र लघुकथाले समाजमा आआफ्नो प्रतिष्ठा कायम गर्दै आएको आभास पाउन सकिन्छ।

 

9. मुक्तक पढ्ने कुनै खास समूह छ जस्तै, उमेर, शिक्षा, मनोविज्ञान?

मुक्तक यस्तो काव्य विधा हो जुन विश्वभरमानै सर्वाधिक लोकप्रिय भएको छ। मुक्तक लेखनमा आदर्श,उपदेश,मायाप्रिति,अनुराग,दर्शन आदि विषय समेटिने हुँदा सवै उमेर समुहका पाठकहरु मुक्तकसङ्ग जोडिएको महसुस हुन्छ। मुक्तकको वर्चस्व सर्वत्र देख्न सकिन्छ।

 

10. लघुकथा भन्दा मुक्तक कम लेखिने गरेको हो?

  वास्तविक कुरा गर्दा लघुकथा मइक्रोस्कोपिक दृष्टिको उपज हो। यो कथाको छोटो अंश होइन,कथानै छोटो हो। वर्मान विश्वको विद्यूतीय रफ्तारले अनुत्पादक क्षेत्रमा अधिक समय खर्चगर्ने धेरैको मनसाय हराउँदै गएको भेटिन्छ। यसै परिप्रेक्षमा लघुकथाको पठनपाठन लोकप्रिय हुन पुगेको ठान्दछु। यस्तै मुक्तक पनि कविताको सूक्ष्म रुप हुनु ,अभिव्यक्तिमा प्रभावकारिता र चोटिलो तथा प्रहारिलो प्रकृतिको हुँदा युवा वर्गमा फराकिलो आयतन स्थापित गरेको छ। खास गरेर भन्दा मैले वास्तविक मापन त गरेको छैन तैपनि मुक्तक लेखनमा शिथिलता आएजस्तो लाग्दैन।

 

11. अनुभव र लेखन दुबै किसिमले अग्र पङ्कतिमा रहनु भएको आधारमा साहित्य साधनारत नयाँ पिढीलाई केही भन्न चाहनु हुन्छ?

  एउटा साहित्यकार वैचारिक रुपबाट प्रतिवध्द हुनै पर्दछ।वैचारिक प्रतिवध्दताले लेखकीय स्वतन्त्रतामा कुनै आँच आउँदैन। यदि कुनै साहित्यकार आफ्नो भूमिकाको पालना गर्दछ भने उसको विचार सबै सभ्य समाजको लागि सहज रुपमा ग्राह्य हुन जान्छ। अन्यथा लेखकीय स्वतन्त्रतामा प्रतिघात उत्पन्न हुने सम्भावना बढेर जान सक्दछ। साहित्यकारले सामाजिक न्याय,आस्था ,विस्वास एवं दर्शनको हस्तान्तरण गर्दै आएको हुन्छ। ऊ कहिल्यै पनि आफ्नो भूमिकावाट चिप्लिएको हुदैन। यसकै निरन्तरता स्वरुप वर्तमान समयका साहित्यकारहरु समाज र राष्ट्रको सच्चा पहरेदार बनेर सुदृढ समाज निर्माणमा समर्पित हुन सकेका देखिन्छन्।
साहित्यमा पहुँच र प्रभाब दुई कुराको ठूलो महत्व रहेको हुन्छ। सानो संख्यमा रहेका भाग्यमानी साहित्यकारहरुलाई छाडेर अधिकांश साहित्यकारहरुको भावना र विचार पाठक समक्ष पुग्न सकेका हुदैनन्। थोरैले मात्र सरकारी तथा संचार माध्यमको मलजल पाएका हुन्छन्। सबैले समान रुपमा सहुलियत पाउन नसके पनि केवल हौसला मात्र पाए पनि, रोयल्टी र सरकारी सहायता नभए पनि आप्नो कटिवध्दता हराउने थिएन। बजार खोज्दै हिड्नु पर्ने अबस्था आउने थिएन। आफ्ना सृजना बाकसमा बन्द गरेर राख्न मन लाग्ने थिएन।

हाम्रो समाजमा प्रबुध्ध पाठकको एउटा जमात तयार भैरहेको अबस्था छ। शब्दहरु खतराको मापदण्डबाट छुटकारा पाइरहेछन्। यस घडीमा प्रत्येक शब्दबाट स्वर निस्कनु पर्दछ। कविता सत्य र सुन्दरताको बयान हो।
साहित्य आन्तरिक अनुभूति र संवेदनाको अभिव्यक्त रुप हो। मान्छेका आन्तरिक भावहरु समान हुन्छनन्प्रकट गर्ने, महसुस गर्ने र सोच्ने तरिका फरक भए पनि घृणा, मोह,प्रेम र वात्सल्यता जस्ता भाव मानव जातिमा समान रुपमा पाइन्छ। तसर्थ साहित्यको मूल भाव पनि समान छन्। हाम्रा भावनाहरु पनि समान छन्।

 

12. यहाँको चर्चित मुक्तक सङ्ग्रह ‘बिरिमफुल’ को माध्यमबाट कुनै खास किसिमको सन्देश दिने उद्देश्य राख्नु भएको छ?

  कविको संवेदनशीलता पाठकको संवेदनशीलता भन्दा केही अगाडि हुनु पर्दछ। साहित्य अभिब्यक्त मात्र हुँदैन यो संप्रेषित पनि हुन्छ। जहिलेसम्म साहित्य पाठक वर्गसम्म पुग्दैन तबसम्म अधुरो रहन्छ। पाठक वर्गले सहज अनुभूत गर्न सक्ने साहित्यनै खास साहित्य हो। कविले केवल कविताको लागि मात्र लेख्नु हुँदैन। कविता समाजको लागि लेखिनु पर्दछ। मानवताको लागि लेखिनु पर्दछ। समाज भित्र प्रिय कविता संकलन गर्नु पर्दैन,आँफै संकलित हुन्छ। कहिले कहिँ आँफैले बनाएको घर बाहिरबाट हेर्न जरुरत पर्दछ। त्यस्तै कहिले कहिँ साहित्यिक जगत्लाई गैह्र साहित्यिक आँखाले हेर्न जरुरत हुन्छ। अन्याय, भेदभाव र कुरीतिको विरुध्द लेखिएको साहित्य जनप्रिय हुन्छ।

 

13. मुक्तक नेपालको मौलिक विधा हो वा ऊर्दूमा लेखिने शेर वा गजलको नेपाली रुप हो?

 मुक्तक शब्दको शुरुवात संस्कृत भाषाबाट भएको हो। यद्यपि रुबाई शैली भने फारसी, अरवी, हिन्दी हुँदै नेपालीमा अवतरण गरेको हो। नेपालीमा मुक्तकको शुरुवात १८३९ साल तिर शक्तिबल्लभ अर्यालले गरेको भन्ने देखिन्छ। त्यसपछि मोतिराम भट्टको नाम आउँछ। नेपाली साहित्यकाशमा २०३० साल पछि मुक्तक रचनामा निकैनै प्रचुरता आएको देखिन्छ। यस अबधिमा कृष्ण प्रसाद पराजुली,भूपि शेरचन,हरि भक्त कटुवाल,यादव खरेल, ज्ञान उदास,ज्ञानु वाकर पौडेल,तीर्थ श्रेष्ठ,सरु भक्त आदि कविहरु सकृय रहे। साँच्चै भन्दा मुक्तकको श्रीबृद्धिमा अग्रिम कलम चलाउनेहरुमा लेखनाथ पौडेल, केदारमान व्यथित,बालकृष्ण सम,लक्ष्मी प्रसाद देबकोटा,भीम दर्शन रोका, सिद्धि चरण श्रेष्ठ,माधव घिमिरे,रत्न शम्शेर थापा,टेक बहादुर नवीन आदि हुन।

मुक्तकको,परिचय,प्रकार,प्रवृत्ति र प्राप्तिको विषयमा व्यापक जानकारी गराउने माथि उल्लेखित नामहरुको अतिरिक्त मात्सुओ वासोले जापानमा हाइकुको विकास गरेको पाइन्छ। संस्कृत साहित्यमा भर्तृहरि र अमरुक (सातौँ ,आठौ शताब्दी) ले विकास गरेको पाइन्छ। यसैगरी फारसीका विद्वान उमर खैयाम (११रौ शताब्दी का) ले विकास गरेको पाइन्छ। ब्रिटिश लेखक फिट्जजेराल्डले १८रौ शताब्दीमा खैयामका रुबाईहरू (मुक्तकहरु) अंग्रेजीमा अनुवाद गरेर मुक्तकलाई विश्व प्रशिध्द बनाए। भरतमा हरिवंश राय वच्चन-कृत “खैयामकी मधुशाला” प्रशिद्ध तथा लोकप्रिय भएको छ। मैथिली शरण गुप्ताले पनि खैयामको रुबाईको अनुवाद गरेका छन्।

त्यस्तै नेपालमा पनि तीर्थराज अधिकारी द्वारा लिखित “झटारो” नामक मुक्तक संग्रहको विद्वान् एवं शिक्षा विद् श्री भोजराज नेउपानेले अङ्ग्रेजी अनुवाद गर्नु भएर लेखकलाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउनु भएको हो। यसको फलस्वरुप मुक्तककार अधिकारीले “मुक्तक मणि” उपाधि प्राप्त गर्नु भयो।

केही तथ्यगत जानकारी

(क) पहिलो पुस्तकाकार मुक्तक संग्रह “चोइटा” (२०१६ साल) हो र यसका लेखक टेकबहादुर नवीन हुन।
(
ख) पहिलो अंग्रेजीमा अनुदित मुक्तक संग्रह “झटारो” हो र यसका लेखक तीर्थराज अधिकारी हुने भने अनुवादक भोजराज नेउपाने हुन।

तीर्थराज अधिकारी