Wikipedia

Search results

Showing posts with label Nepali Short Fiction. Show all posts
Showing posts with label Nepali Short Fiction. Show all posts

Friday, October 31, 2014

A short story "The attitudes" in Nepali

प्रवृतिहरु

(कथा)

रेल आफ्नो तिब्र गतिमा थियो। मेरो छेउमा बसेको यात्रीले भने मलाई पटक पटक हेरिरहेका थिए। म रेलमा सबार भएर रक्सौलदेखि बैरगनिया एक्लै जाँदै थिए। पिताजी गौरमा रहनु भएकोले उहाँलाई भेट्न म त्यसतर्फ जाँदै थिए। मेरो उमेर तेर्ह वा चौध वर्षको थियो। यो घटना आज भन्दा चालिस वर्ष पहिलेको हो।” काका दिनेशले आफ्नो कथा आरम्भ गर्नु भयो।
“घोडासहन आएपछि सूर्य अस्ताउन शुरु भयो। र त्यसै सँग शुरु भयो मलाई जाडो लाग्ने क्रम। मैले माथि एउटा आफ सर्ट बाहेक केही पनि लगाएको  थिन। चैत्र महिना भएकोले मौसममा अझै पनि जाडोको अवशेष थियो। गाडी घोडासहनमा निकै बेर रोकियो। मेरो अर्को छेउमा बसेको व्यक्ति भने झ्यालतिर बसेका थिए। रेल बाहिरबाट ठीक त्यही झ्यालको अगाडि एक नवयुवती देखा परिन र उनले हात झ्यालतिर उचालेर भनिन् बाबुजी, इस गरिब दु:खीयारी पर दया किजिए, दो चार पैसा दिजिए। त्यसरी भिख माग्ने ती नवयुवतीतिर हेर्दै झ्यालतिर बस्ने मेरा ती सहयात्रीले भने, देखो तुँ मेरी मजबुरी को सम्झो मै भि तुम्हारी मजबुरी समझ जाउँगा। ती सहयात्रीको यो कुरा सुनेर ती मगन्ते नवयुवती दृश्यबाट झ्वाट्ट हराइन। ती नवयुवतीले उनको भनाइको के अर्थ लगाइन र किन त्यसरी हराइन मैले बुझ्न सकिन।”
“गाडी बरगनियाको दिशातिर दौडियो। मेरो जिउमा जाडोले काँढा उम्रिन थाल्यो। मलाई घरि घरि हेर्ने ती सहयात्रीले मलाई प्रश्न गरे, बौआ, कहाँ तक जैबा? मैले भने, बरगिनिया तक जाए के बा। उनले पुन: प्रश्न गरे, ओढना तोढना न हौ, पास मे? मैलै भने,  गौर जाए के हुलबुली मे ओढना भोर परागेली। मेरो कुरा सुने पछि ती सहयात्रीले आफ्नो झोलाबाट ओढ्ने झिकेर मेरो जिउमा राखि दिए। मैलै खुसी र आशंका दुबै मिसिएको नजरले उनलाई हेरे। मेरो त्यस्तो गराइको प्रतिक्रियामा उनले भने, रिस्ता दिल से दिल का एताबार का जिन्दा है हमी से नाम प्यार का। उनले भनेको त्यो कुराको मैले केही अर्थ झिक्न सकिन।”
“बैरगनिया स्टेशन आए पछि रोकिनका लगि रेलले आफ्नो गति मन्द गर्न थाल्यो। रेलको गति अति नै मन्द भए पछि झ्यालतिर बस्ने मेरो सहयात्रीले झाल बाहिर आँखा गाड्ने थाले। उनले भने, अरे, क्या हुआ एक भि चिडिया नही दिखाइ दे रहा है?”
“रेल बरगनियामा टक रोकियो। म हत्तारिँदै रेल बाहिर आउन खोजे। साथै अति सचेततापूर्वक मलाई ओढ्ना दिने ती सहयात्रीलाई त्यो आफूले ओढेको ओढना जिउबाट झिकेर दिन खोजे। उनले भने, हम ढेंग तक जाएम। बहुत दूर जाएके न है। जाडा के समय है, यी ओढना अपना साथ मे लेजा, बौआ। मैले भने, हमर पिताजी के कहनाम है अनकर सम्पत्ति न लेबे के चाहि। यति भनेर म रेलको डब्बाट बाहिर निस्किन ढोकातिर लागे। तर दुई सहयात्रीहरुको भनाई मेरो मष्तिसष्कमा आइ नै रह्यो। तर अर्थ बुझ्न अति कोशिस गर्दा पनि बुझ्न सकिन।”
“आज उमेरको यो आधा सतक अगल्लो पहाड चढे पछि भने मैले ज्यादै छर्लङ्ग पारेर बुझे, रिस्ता दिल से दिल का एतबार का जिन्दा है हमी से नाम प्यार किन भनेका रहेछन ती सहयात्रीले। अनि यो पनि बुझे, मेरो अर्का सहयात्रीले देखो तुँ मेरी मजबुरी को सम्झो मै भि तुम्हारी मजबुरी समझ जाउँगा भने पछि ती नवयुवती किन एक छिन मै त्यसरी अलप भइन।”

दिनेश काकाले यो कथा समाप्त पारेपछि मेरो काँधमा हात राख्दै भन्नु भयो, “सौम्य बाबु, केही कुराहरुको अर्थ कुनै खास उमेरमा पुगे पछि मात्र खुल्छ।”

विश्वराज अधिकारी

Saturday, February 9, 2013

Mourning-Nepali short story-34


सम्वेदनाको मलामी

मेरो एक बयोवृद्ध छिमेकीको अन्तेष्टिमा भाग लिन म पशुपतिनाथ मन्दिर नजिक रहेको आर्यघाटमा पुगेको थिए। मृतकका पाँच छोराहरु सहित करिब ३० या ३५ का संख्यामा मलामीहरु उपस्थित थिए, त्यहाँ। चिता जलि रहेको थियो, अर्कोतिर मलामीहरु कुराकानि गर्दै थिए।
मृतकको जेठो छोरा ‘बुआले निकै दुख पाउनु भएको थियो। दश वर्षदेखि ओछ्यानमा नै हुनु हुन्थ्यो। दिसा पिसाब सबै ओछ्यानमा नै हुन्थ्यो। अब त्यो दुखबाट मुक्ति पाउनु भयो वहाँले।’
मृतकको कान्छो छोरा ‘उमेर पनि निकै भइ सकेको थियो बुआको। नब्बे पुग्न थाल्नु भएको थियो’।
मृतकको माइलो छोरा ‘निकै खर्चिलो हुँदै गएको थियो बुआको उपचार। महिनाको ५० हजार रुपैयाँ लाग्थ्यो, केवल औषधि र उपचारमा मात्रै। मैले नै बेहोर्दै आएको थिएँ त्यो खर्च, बुआ कान्छो भाईको घरमा बसेको भएता पनि।’
एक छिमेकी ‘काका जानु भयो, वहाँकै लागि राम्रो भयो। त्यस्तो जिन्दगी वहाँको लागि नै पनि निकै कष्टकर थियो। अब भने त्यो कष्टबाट सदाका लागि छुटकारा पाउनु भयो।’
अर्को एक छिमेकी ‘ठूलो बुआलाई स्यहार सुसार गर्ने, रेखदेख गर्नेलाई पनि निकै गार्यो भइ सकेको थियो, अनि झर्को लाग्दो पनि।’
तेस्रो छिमेकी ‘हुन पनि, अर्काका लागि बोझ बनेर कत्ति बाँच्नु……………………………………….?’
मलामीहरुको कुरा सुन्दा लाग्थ्यो त्यहाँ मानिसहरु मृत्यु-शोक होइन, मृत्यु-उत्सब मनाउन उपस्थित भए जस्तो। ती कुरा गर्नेहरुतिर मेरो कान बेला बेलामा आकृष्ट भएता पनि ध्यान भने जलि रहेको चितामा नै स्थिर थियो।
मृत्यु जुन सुकै अवस्थामा पनि दुखदायी हुन्छ। उपभोक्तावादीहरुले मृत्युको परिभाषा नया किसिमले दिएको मलाई भने पटक्कै मन परेन। एउटा जिवनको अन्त्य भएको स्थितिमा पूर्ण दुखी हुनुको सट्टा खुसी हुनु पर्ने कुनै पनि कारण र अवस्था मैले देखिन। म निकै दुखी थिए त्यो मृत्युबाट।
जलि रहेको चिताको नजिकमा चलिरेका ती सम्वादहरुले निकै पीडित बनायो मलाई। तर त्यो भन्दा पनि अति पीडित बनायो मलाई मानिसहरुमा मर्दै गएको सम्वेदनाले। त्यहाँ केवल एउटा लाश मात्र जलेको लागेन मलाई। अनगिन्ति सम्वेदनाहरु पनि जलि रहे झै लाग्यो मलाई, त्यो लाश सँग सँगै। अनि लाग्यो, सम्वेदनाको मलामी भए जस्तो। 

विश्वराज अधिकारी

प्रतीक दैनिकमा प्रकाशित Saturday, February 9, 2013

Saturday, January 26, 2013

Fault-Nepali Short Story-33


दोष

काकी म सँग अलि बढी नै खुल्ने गर्नु हुन्छ। कहिले काहिँ त आफ्नो पतिलाई नभनेका कुराहरु समेत मलाई सुनाउनु हुन्छ। वहाँले मलाई किन त्यति पत्याएको होला त्यो मलाई थाहा छैन र मैले वहाँलाई सोधेको पनि छैन। मेरो एउटा कमजोरीले गर्दा पनि वहाँले मलाई धेरै र अनेक कुरा सुनाउने गरेको होला। मेरो कमजोरी के हो भने म कोही सँग कुरा गर्दा, कुरा गर्नेले मेरो आलोचना गरि रहेको छ भने पनि चुप लागेर सुन्ने गर्छु प्रतिवाद गर्दिन। कुरा गर्नेले गलत कुरा गरि रहेको छ भने उसको भनाई काटि हाल्दिन। खै के गर्ने, बानी नै यस्तो पर्न गयो।
अँ, त म काकीको कुरा गर्दै थिएँ। काकी सँग अस्ति भएका कुराहरु बारे भन्छु म। अस्ति काकी सँग नया सडक, काठमडौमा भेट भयो। सँधै झै काकीले भन्न आरम्भ गर्नु भयो ‘ हेर न कुशल, मैले भनेको कसैले सुन्दैन, मान्दैन, मेरो घरमा। मेरो कुरालाई कसैले महत्व नै दिँदैन। यस्तो लाग्छ, मैले गर्ने सबै कुराहरु महत्वहीन छन्’।
काकी रोकिनु भएन, थप्नु भयो ‘छोरोलाई भन्यो टेर्दैन। साथीहरुमा मात्र ध्यान न दे, पढाइ पनि हेर भन्छु, सुन्दैन। कलेज पढ्छ, होम वर्क गरेको देख्दिन कहिले। समय भन्दा पहिले क्याम्पस जा भन्छु सुन्दैन। क्याम्पस जान जहिले पनि ढिलो गर्छ। छोरी पनि त्यस्तै छे। पढाइ भन्दा बढी टि भी मा ध्यान दिन्छे। फोनमा साथीहरु सँग घण्टौ कुरा गर्छे। घरको काममा यसो सहयोग गर्नु नि, पटक्टकै गर्दिन। छोरीले त झन मेरो कुरा एउटा कानले सुन छे, अर्को कानले उडाउँछे। पतिदेवको त कुरा गरेर साद्दे नै छैन। मेरो कुरा सुने पछि, भनेको माने पछि, तल परौला भन्ने पीर छ, तिम्रो काकालाई। वहाँले त बुझ्नु पर्ने हो मेरो कुरा, अरुले न बुझे पनि, नमाने पनि। वहाँको त झन……………….। वहाँलाई भन्छु अफिस सकिए पछि कतै न अलमलिएर घर आउनुस, समयमा घर कहिले आउने होइन। धेरै साथी भाईको पछि न लाग्नुस, साथी भाईले खान दिने होइन, खान दिने आफ्नो योग्यता, आफ्नो बुद्धिले हो, हजारौं पटक भनि सकें। कहिलै मेरो कुरा टेर्ने होइन। काम नकाज सँग साथीहरुको घर घरमा दौडिनु हुन्छ के के न पाउँला भने। हँदा हुँदा त अब घरका काम गर्नेहरुले समेत मेरो कुरा सुन्न छाडि सके। भनेको पट्टकै मान्दैनन्।  भन्यो एकथोक गर्छन अर्को थोक। तिम्रो काकाले नै मत्याएको हो सबैलाई। अगाडिको हलो सोझो चले पो पछाडिका पनि सोझो चलुन। अब त दिक्क लागेर आयो। कसैलाई केही नभनौ जस्तो लाग्छ।’
काकीको लामो कुरा सुने पछी मेरो मुखबाट झ्वाट्ट निसक्यो- हो काकी, कसैलाई केही नभन्नु होस। अहिले सम्म तपाँईले नै धेरै भन्नु भयो, जस्तो छ। अब तपाँईले उनीहरुले भनेको पनि सुन्ने गर्नुस। काकीले भन्ने मात्र गर्नु हुँदो रहेछ। खोइ, उनीहरुले के भन्छन, भन्नु भएन त? मेरो मुखबाट कसरी यी वाक्यहरु बाहिर आए मैले पनि थाहा पाउन सकिन। 

विश्वराज अधिकारी

Tuesday, January 22, 2013

Why I Always Go To See Him?Nepali Short Story-32


म वहाँलाई भेट्न किन जान्छु?

केशवले मलाई भने ‘काकाको छोरा भएर के गर्नु, अनि नातामा आफ्नै दाजु सरह भएर के गर्नु, वहाँको अगाडि पर्यो कि मलाई होच्याउने कुरा गर्नु हुन्छ, जहिले पनि, जहाँ भेट्दा पनि। पाँच वर्ष पहिलेको कुरा हो, त्यति बेला म यस यल सि को परिक्षा दिने तयारी गर्दै थिए, मलाई वहाँले एउटा वाक्यको अनुवाद गर्न दिनु भयो नेपालीबाट अंग्रेजीमा। अनुवादमा मैले एउटा सानो भूल गरेको थिए। एउटा शव्द भूतकालमा हुनु पर्नेमा वर्तमानकालमा हुन पुगेछ। मेरो त्यो सानो भूलको आलोचन वहाँले अति नै कस्सिएर गर्नु भयो, त्यो पनि धेरै जनाको अगाडि। त्यो घटनाले मलाई लज्जित मात्र होइन अपमानित पनि उत्तिकै पारेको थियो। मैले यस यल सी दिएकै वर्षको कुरा हो, आफूलाई प्रोफेरसर बन्ने ठूलो धोके रहेको वहाँलाई  एक पटक  सुनाएको थिएँ, थाहा छ वहाँलाई के भन्नु भएको थियो, मलाई? वहाँले भन्नु भएको थियो- धरतिमा बसेर आकासको सपना हेर्नु हुँदैन, बाबु’। 
केशवको कुरा सुनि सके पछि मैले प्रश्न गरे- किन त्यस्तो निच मान्छेसँग घरि घरि भेट्न जान्छौ त? त्यसरी लुत्रिएर जानु पर्दैन, के। आफ्नो स्वाभिमानको रक्षा गर्नु जान्नु पर्दछ पनि, बेझेऊ। मान्छेको बच्चामा इष र सर्पको बच्चमा बिष भएन भने काम लाग्दैन।
मेरो कुरा सुनेर केशव केही बेर घोरिए। केही क्षण पछि मतिर हेर्दै भने ‘मेरा ती दाजुले मलाई त्यसरी न होच्याएको भए, मेरो बेइज्जति घरि घरि न गरेको भए, म मा स्वाभिमान जागृत हुने थिएन। वहाँको त्यस्तो अपहेलनाले गर्दा नै म भित्र सुषुप्त अवस्थामा रेहेको मेरो स्वाभिमान जाग्यो। अहिले, म एक  अशल शिक्षक, वहाँको त्यस्तो अपहेलनाले गर्दा नै भएको हो। अहिले पनि म ती दाजुलाई भेट्न गइ नै रहन्छु र जाने क्रम रोकिंदैन पनि। पि यच डि गरेर, अर्थशासत्रको एक योग्य प्रोफेसर बन्ने धोको छ मेरो।’
केशवको त्यस किसमको धैर्यले मलाई निकै बेर घोरिएर सोंच्न बाध्य पार्यो।  

विश्वराज अधिकारी

Saturday, January 19, 2013

Self-respect-Nepali short story-31


स्वाभिमान

मैले उसलाई सोधे- बाबु तिमीलाई शहर लाने अंकलले खाने लगाउने राम्रो व्यवस्था मिलाइ दिएका थिए, होइन?
उसले उत्तर दियो ‘एक दमै राम्रो व्यवस्था गरि दिनु भएको थियो। आफ्नै सन्तान जस्तो गरेर राख्नु भएको थियो, मलाई। आफ्ना सन्तानहरु र म बीच वहाँबाट कुनै किसिमको भेद भएको थिएन। म वहाँका सन्तानहरु सुत्ने कोठामा नै सुत्थ्ये। एउटै भान्सामा खान्थ्ये।’
मैले थप प्रश्न गरे- अनि पढ्ने पनि गरेका थियौ, बाबु?
उसले भन्यो ‘त्यो शहरको एउटा अति नै राम्रो स्कूलमा दस कक्षामा भर्ना गरि दिनु भएको थियो। अनि अंग्रेजी र हिसाब का लागि ट्युशन राख्ने कुरा पनि गर्नु भएको थियो, मेरो लागि………….।’
उसले थप्यो ‘मैले कुनै घरायसी काम पनि गर्नु पर्थेन, अरुहरुले आफ्नो घरमा राखेकाहरुलाई भाँडा माज्न, लुगा धुन लगाए झै। म वहाँको छोरा झै थिएँ, त्यहाँ।’
मैले अर्को प्रश्न गरे- अनि बाबु, कहिले काहि कुट्ने वा गालि गर्ने गर्थ्ये कि तिमीलाई, शहर लाने ती अंकलले। अनि केही यता उति, यस्तो त्यस्तो ………………….?
मेरो प्रश्न पूरा नहुँदै उसले भन्यो ‘वहाँ जस्तो भद्र मान्छेबाट त्यस्ता कार्यहरु हुने कल्पना पनि गर्न सकिँदैन। त्यस्तो सज्जन मान्छे यो संसारमा पाउन गार्हो छ। वहाँलाई भगवान नै भन्न सकिन्छ।’
उसको यो कुराले मलाई अर्को प्रश्न गर्नदेखि रोक्न सकेन। मैले अन्तिम प्रश्न सोधे- अनि बाबु, त्यति राम्रो घरबाट किन भागेर आयौ त? किन गुमायौ त्यति राम्रो पढ्ने लेख्ने अनि राम्रो मान्छे बन्ने औसर? किन आयौ फेरि यै गरिबीको दलदलमा भास्सिन?
उसले जबाफ दियो ‘अरु सबै कुरा त ठिकै थियो। तर शहर लाने त्यो अंकलले जहिले पनि, जो सुकै वहाँको घरमा आउँदा, मेरो परिचय आउने मान्छे संग गराउँदा, यसरी भन्नु हुन्थ्यो- यो केटा पढ्नमा अति नै राम्रो छ, अनि भलादमी पनि उत्तिकै। यसका बाबु आमा अति नै गरिब भएको र पढाउन नसकेकोले मैले यसलाई यहाँ पढाउन ल्याएको। वहाँले जहिले पनि त्यसरी भन्ने यी वाक्यहरु सुन्दा सुन्दा मलाई दिक्क लाग्यो। त्यहाँ नबस्ने निधो गरे। अनि भागेर आएँ त्यो घरबाट,  आफ्नै घरमा।’

विश्वराज अधिकारी

प्रतीक दैनिकमा प्रकाशित Saturday, January 19, 2013

Tuesday, December 25, 2012

Marriage Is Not A Substance-Nepali Short Story-30


विवाह एक वस्तु होइन

मैले प्रष्ट गरि भनेको थिएँ, पहिलो भेटमा नै। कुनै कुरा लुकाएको थिन।  खुलस्त पारेको थिएँ- शर्मिला, म एक विवाहित पुरुष हुँ। मेरा सन्तानहरु पनि छन, तर तिनीहरु मसँग बस्दैन, हामी एउटै शहरमा बसेता पनि। मैलै उनीहरुलाई आफूसँगै बस्न कुनै दबाद दिन पनि। छोरी र छोरा छुट्टा छुट्टै अपार्टमेन्टमा बस्छन, अनि म छुट्टै अर्को अपार्टमेन्टमा।  मेरो र मेरो वाइफ कल्पना बीच असमझदारीले गर्दा हामी डिभोर्स गर्ने निर्णयमा पुगेका हौ र डिभोर्स भयो पनि। हामी सबै विदेशमा नै बस्छौ, मेरो इक्स वाइफ पनि। बीस वर्ष जति भयो विदेश बसेको।”
मैले यो पनि भनेको थिएँ- सर्मिला, तपाँई म भन्दा बीस वर्ष कान्छी हुनु हुन्छ। म आफू पचास वर्षको भएकोले, मैले मेरै उमेरको हारा हारीको महिला खोजेको थिएँ, तर के गर्न, सारा काठमाडौ खोज्दा पनि पाउन सकिन। तपाँईसँग बिहे गर्ने प्रस्ताब पनि मेरो दिदी मार्फत तपाईबाट नै आएको हो, यसमा मेरो कुनै पनि किसिमको प्रत्यक्ष वा अप्रत्यक्ष दबाब छैन।
मेरो कुरा सुनेर शर्मिलाले भनेकी थिन “मलाई तपाँईको विगतदेखि कुनै गुनासो छैन, भविष्यमा त्यस बारे मैले कुनै कुरा उठाउने छैन पनि। म विवाहलाई एक पवित्र सामाजिक र अझै बढी धार्मिक कारणबाट भएको एकीकरण मान्दछु। भन्छन, को कसको पति र को कसको पत्नी हुने भन्ने कुरा माथि, भगवानले नै निश्चित गरि दिएका हुन्छन। हामी आ-आफ्नो भाग्यको कारणले गर्दा पति पत्नीको रुपमा बाँधिएका हुन्छौ। कसैको भनाइमा त, इमान्दार पति-पत्नीको सम्बन्ध सात जन्म सम्म हुन्छ। तपाँईको पहिलो श्रीमती जस्तो म हुन्न। मेरा व्यवहारहरुले तपाँईलाई कुनै गुनासो गर्ने मौका दिने छैनन्। विवाह एक आत्मिय सम्बन्ध हो र हुनु पनि पर्दछ, जुन मेरो पनि मान्यता हो। धर्म र समाजलाई साक्षी राखेर, एक अर्काको भावनाको कदर गर्दै, सँगै जिवन बिताउँनै छौ भनी गरिएको एक मजबूत दुई पक्षिय सम्झौता पनि हो, यो।
उमेरको पहाड भरखरै चढ्दै गरेको भएता पनि शर्मिलाले सँगालेको त्यस्तो बौद्धिकतापूर्ण ज्ञानले निकै प्रभावित पारेको थियो, मलाई। तर पनि मैले भनेको थिएँ- हेर्नुस शर्मिला, म विवाहलाई सँगै बस्न गरिएको एक सहमति भन्दा बढी केही पनि मान्दिन। विवाह बन्धनमा बाँधिएका दुई पक्षहरु बीचमा राम्रो समझदी कायम हुन सक्यो, एकले अर्काको भावनाको कदर गर्यो, दुख दिने र ठग्ने, ढाँट्ने काम कुनै पक्षबाट भएन भने त्यो विवाहले दीर्घ जिवन पाउँछ, तर त्यस्तो हुन सकेन र दुई पक्षहरु छुट्टिए भने त्यसमा अचम्म मान्नु पर्दैन। कुनै एक पक्ष अर्को पक्षसँग शोषित र पीडित भएर बस्नु हुँदैन, यो मेरो मान्यता हो। जसरी मैले खरिद गरेको घरले मलाई सुविधा र सुरक्षा दिनुको साटो असुबिधा र असुरक्षा दिन्छ भने मैले त्यो घर फेर्नु पर्छ त्यसै गरी विवाह बन्धनमा बाँधिएकाहरुले पनि एकले अर्कोलाई छाड्न पाउनु पर्दछ, एक अर्कोबाट असुरक्षित र अपहेलित भएको अनुभूति भयो भने। त्यसकारण, विवाहलाई म एक वस्तु भन्दा बढी केही पनि मान्दिन। विवाहप्रति मेरो पूर्ण रुपमा वस्तुवादी दृष्टिकोण छ। जिवनका विभिन्न आवश्यकता पूरा गरि दिने अनेक वस्तुहरु झै विवाह  पनि एक वस्तु हो। र यो वस्तुले आफूलाई सुख र सन्तुष्टि दिनुको साटो दुख दिन थाल्यो भने या त यो वस्तु साट्नु पर्छ वा  त्यो वस्तु उपयोग गर्न बन्द गर्नु पर्दछ। विवाहलाई जुन सुकै अवस्थामा पनि कायम राख्नु पर्दछ भन्ने मान्यता पूर्णतया पुरातन हो, रुढिवादी हो। यी कुराहरु शर्मिलालाई सुनाउँदा मलाई अलिकति असजिलो महशूस भने भएको थियो। मलाई अहिले पनि राम्रो गरी याद छ, त्यो समय। तर पनि मैले प्रष्ट गरि भनेको थिएँ। मेरो इमान्दार स्वभावले त्यस्ता कुराहरु भन्न प्ररेति गरेको थियो, मेरो अन्तर आत्मालाई।
विवाहप्रति त्यस्तो दृष्टिकोण राख्ने शर्मिलाले मलाई डिभोर्स पेपरमा साइन गर्न आग्रह गरेकी छिन, आज, यो समय बिन्दुमा। त्यो पनि विवाह भएको एक वर्ष पनि नबित्दै। सम्बन्ध विच्छेदको कारणमा उनले लेखेकी छन् “तपाँईसँगको बसाईमा मैले आफूलाई सुखी रहेको पाउन सकिन।” उनको यो कदमले मलाई दुख भने पट्कै लागेको छैन। मेरो लागि त्यो अनपेक्षित थिएन पनि। बरु म अति अचम्ममा भने अवश्य परेको छु।

विश्वराज अधिकारी

प्रतीक दैनिकमा प्रकाशित Friday, December 21, 2012


Wednesday, December 19, 2012

Unidentified Death-Nepali Short Story-29


गुमनाम मृत्यु

अस्पतालका प्रशासकले विरक्तिएको स्वरमा भने ‘हल्दार सा’ब, यो लाशलाई त जसरी पनि लग्नु पर्यो यो मुर्दाघरबाट। न लग्ने हो भने एक त अर्को लाश राख्न सकिने छैन, दोस्रो धेरै दिन देखि यो लाश यो मुर्दाघरमा रहेकोले दुर्गन्ध फैलिएर छेउ छाउका मानिसलाई काम गर्न गार्हो हुनेछ।’
त्यो लाशको सद्गत गर्ने सन्दर्भमा आफू पनि क्रियाशील रहेको प्रदर्शित गर्दै प्रहरी हल्दारले जवाफ दिए ‘सर, यो लाशको सद्गत हिँजो अस्ति नै भइ सक्थ्यो तर के गर्नु यो लाश पर्यो बेवारिसे। आज एक दिन  कुर्ने कि, भन्दा भन्दै यत्रो दिन भइ सक्यो। लाश कुहिने स्थितिमा पुगि सक्यो, त्यैपनि यो वेवारिसे लाशको न त कोही आफ्न्त नै आयो, न त साथि वा परिचित नै। न त यो लाश बारे केही थाहा पाउने कुनै व्यक्ति नै। भोलि जसरी भए पनि यो लाश उठाउने व्यवस्था मिलाउँ छु, हुँदैन सर?’
केही मयालु प्रवृतिका अस्पताल प्रशासक भोलि पल्ट मुर्दाघरको अगाडि  फेरि देखा परे। हल्दारलाई उत्सुकताका साथ प्रश्न गरे ‘आज यो वेवारिसे लाश उठाउनु हुन्छ, हैन त? आज त सद्गत हुन्छ नै?
हल्दारले जवाफ फर्काए ‘आज त जसरी पनि हुन्छ, सर।’
प्रशासकले फेरि उत्सुकता साथ प्रश्न गरे ‘अनि यो वेवारिसे लाशको नाम, ठेगाना………., अरु कुनै जानकारी पत्ता लाग्यो त?’
‘लागने सर’, हल्दारले छोटो उत्तर दिए।
‘अनि………………….’ प्रशासकले हल्दारति हेर्दै भने।
हल्दारले प्रष्ट पारे ‘सर, हामीले सडकबाट उठार ल्याएको हो, यो लाश। लाश उठाउने बेलामा छेउ छाउका मानिसलाई मृतकको बारेमा सोधेका थियौं तर कसैले पनि केही जानकारी दिन सकेनन।’
प्रशासकले आश्चर्य मान्दै भने ‘त्यसो हो भने यो व्यक्ति बाँच्दा पनि गुमनाम अनि मृत्यु पनि गुमनाम….?’
प्राशासकको यो भनाइ पछि एकै छिन मौनता कायम रह्यो। एकै छिन पछि सम्बन्धित कर्मचारीहरु त्यो लाश ट्याक्टरमा राख्न लम्के।

 विश्वराज अधिकारी

Tuesday, February 7, 2012

The Expropriation-Nepali short story-Abhinaya-28


मुआब्जा

 यस ठाउँका केही पुराना घरहरु भत्किएपछि यो ठाउँको विकास मात्र होइन यो सडक पनि पहिलेभन्दा ज्यादै फराकिलो हुनेछ। तीनवटासम्म कार जीपहरु एकै पटक कुद्न सक्ने छन् यो सडकमा। तर तपाँइहरु ज-जसको घर यो सडक फराकिलो पार्न भत्काइनेछ, ले प्रशस्तै क्षतिपूर्ति पाउनुहुनेछ। अर्थात अधिग्रहण गरिएको जग्गाको मुआब्जा बढी भन्दा बढी दिइनेछ कार्यालय अगाडि उभिएकाहरुतिर हेर्दै एक सरकारी अधिकारीले यस्तो घोषणा गरे अनि मुआब्जा पाउनेहरुको सकारात्मक प्रतिक्रियाको प्रतीक्षा गर्न थाले।
सरकारी अधिकारीको यस्तो घोषणा सुनेपछि मुआब्जा पाउने मध्येको एकले अप्रशन्न हुँदै ती अधिकारीलाई प्रश्न गर्यो सर, मेरो घर पनि भत्किने भएको छ यो सडक चौडा गर्ने क्रममा। मेरो घर भत्किए पछि म यहाँबाट अवस्य पनि विस्थापित हुनेछु। शहरको मुटु मानिने अति व्यस्त व्यापारिक यो ठाउँबाट उठेर पुछार तिर घर बनाउनु पर्नेछ मैले, यो शहरको। शहरको मध्य भागबाट उठीबास भएर पुछार तिर जानुलाई विकास भएको कसरी मानौ मैले? अनि यो ठाउँको विकासबाट कसरी मेरो विकास भयो र? अर्को कुरा, यो स्थानमा रहेको मेरो घर भत्किए पछि शहरको मुटु मानिने ठाउँबाट मेरो बास सदाका लागि उठ्ने छ। यति मात्र होइन, यो शहरको मुटुमा मेरो घर छ भनी मैले भन्न पाउने अधिकार पनि समाप्त हुनेछ सदाका लागि। मेरो घर शहरको मुटुमा छ भनी मैले भन्न पाउने अधिकार मैले प्राप्त गर्ने मुआब्जा भन्दा धेरै बढी मात्र होइन अमूल्य नै छ। त्यसकारण मैले कसरी क्षतिपूर्ति बढी पाएँ? मेरो यो क्षतिको पूर्ति कहिल्यै हुन सक्तैन। होइन त? कि मैले बुझ्न नसकेको हो?
मुआब्जा दिइने घोषणाबाट अप्रशन्न भएको त्यो व्यक्तिको भनाइ सरकारी अधिकारी तथा मुआब्जा पाउने अन्यहरुले पनि बुझेको जस्तो भने देखिएन।


विश्वराज अधिकारी

Tuesday, January 31, 2012

Ingenious-Nepali short story-Abhinaya-27


समय सुहाउँदो

केही हप्ता पूर्व मात्र गाउँबाट शहर पसेको एक युवकले आग्रह शैलीमा भन्यो दाइ, म बागबजारबाट चढेर यहाँ (कोटेश्वर) सम्म आएको, पैसा कता खस्यो, बस भाडा दिन असमर्थ छु
त्यो युवकको कुरा सुनेपछि अति क्रुद्ध हुँदै कन्डक्टरले व्यङ्ग्यवाणी प्रहार गर्यो पैसा दिने इच्छा छैन, दस वटा बहाना …………। सोझै, पैसा दिन्न भने भइ हाल्यो नि ………..’
कन्डक्टरको प्रतिक्रियाबाट आफ्नो बेइज्जती भएको ठानी त्यो युवकले स्पष्टिकरण पेश गर्यो साँच्चै भनेको दाइ, ममाथि विश्वास गर्नुहोस, मैले कहिले कसैको एक पैसा खाएको छैन र झूठो पनि बोलेको छैन
आफू सज्जन भएको थप प्रमाण पेश गर्न त्यो युवकले फेरि भन्यो हेर्नुहोस, मैले तपाइँको मिनीबसको नम्बर टिपेको छु, आज त भ्याउँदिन तर भोलि भने जसरी पनि ल्याएर भाडा भुक्तान गरी छाड्छु, कुनै पनि हालतमा बांकी राख्दिन। यति भनेर त्यो युवक आफ्नो गन्तव्यतिर हतारिँदै लाग्यो।
त्यो मिनीबसको ड्राइभरले पछाडितिर हेर्दै सोध्यो कान्छा, त्यसले भाडा दियो?
अहँ, दिएन सालेले, भन्छ पैसा हरायो रे कन्डक्टरले उत्तर दियो।
ड्राइभर गर्जो उल्लू, मान्छे हेरेर चढाउनु पर्छ नि
कन्डक्टरले स्थितिलाई सामान्य देखाउन भन्यो त्यस्तो त कहिले काहीँ भइनै हाल्छ नि, दाइ। पैसा साँच्चिकै हराएको पनि हुन सक्छ नि त्यसको। कन्डक्टरको प्रतिक्रिया सुनेपछि ड्राइभरले गाडी अगाडि बढायो।
बागबजार बसपार्क पुगेर भाडा दिन असमर्थ त्यो युवकले  एक ड्राइभरलाई सोध्यो दाइ ०००१ नम्बरको मिनीबस कतै देख्नुभयो? एकदिन त्यो बस चढ्दा पैसा हराएर भाडा तिर्न सकेको थिइन, त्यै तिर्न भनी आएको
अगाडिको मिनी बसलाई हेर्दै त्यो युवकले फेरि भन्यो हो, ऊ, ठीक त्यस्तै मिनी बस थियो। पैसा दिन नसकेको भोलिपल्ट देखि नै खोज्दैछु। आज सात दिन भयो खोजेको
त्यो युवकले भन्ने क्रम जारी नै राख्यो हुन त दाइ , बिसौ ड्राइभर कन्डक्टरहरुलाई
भेटेर सोधिसकेँ त्यो मिनी बसको बारेमा, कसैले पनि भन्न सकेन। बरु मैले भेटेका ती बिसौले हाँसेर भने तिमी या त द्वापर युगको धर्मराज युधिष्ठिर हौ या त सत्य हरिश्चन्द्र। बाबु, यो त कलियुग हो। कलियुग भनेको थाहा छ? भाडा नतिरेर यात्रा गर्नेहरुको सङ्ख्या यहाँ कम छैन, त्यो पनि यो शहरमा। बाबु भाडा नतिर्नु कुनै ठूलो अपराध होइन। ठूला-ठूलाले पनि गर्छन यस्तो काम
भरखरै भेटेको ड्राइभर हेर्दै त्यो युवकले फेरि भन्यो तर म त कसैको एक पैसा पनि राख्न चाहन्न
युवकले लगाएको बेलिबिस्तार सुनेपछि त्यो ड्राइभरले व्यङ्ग गर्यो भरखरै शहर पसे जस्तो छ, गाउँबाट कहिले आएको? धेरै भए जस्तो छैन?
ड्राइभरले फेरि भन्यो पाँच रुपैयाँ बाँकी भाडा तिर्न पाँच सय खर्च नगर। मलाई त भन्यौ भन्यौ, अरुलाई यो कुरा नभन्नू, सुनेभने पाखे , उल्लू भन्ने छन्
त्यो युवक ड्राइभरको कुराबाट प्रभावित भएको पटक्कै देखिएन।
पाँच वर्षपछि
त्यो युवक मिनीबस चढेर यात्रा गरिरहेको थियो, उसले देख्यो आफू चढेको मिनीबस ठीक त्यही मिनीबस रहेछ। ड्राइभर पनि उही। कन्डक्टर पनि ठीक त्यही , जसलाई भाडा भुक्तान गर्न बाँकी थियो। बसयात्रा समाप्त गरेर ओर्लने क्रममा त्यो युवकसँग कन्डक्टरले भाडा माग्यो खोइ   ……….कहाँबाट ……..हो ….. भाडा .....?’
कन्डक्टर तिर हेर्दै त्यो युवकले खल्तीभित्र हात हाल्यो अनि भन्यो खोइ दाइ, पैसा त कता हराएछ। भयो अब ……….। के गर्ने लौ? कहाँ-कहाँ जानु थियो ……..’। भाडा नपाउने देखेपछि कन्डक्टरले गाडी अगाडि बढाउन बसमा हिर्काएर ड्राइभरलाई सङ्केत दियो। मिनी बसबाट ओर्लेर पेटीमा उभिएको त्यो युवक मुसुमुसु हाँस्दै थियो, पैसा खल्तीमा भएर पनि आफूले भाडा भुक्तान नगरेकोले।

विश्वराज अधिकारी

Tuesday, January 24, 2012

The Tiger-Nepali short story-Abhinaya-26


बाघ आयो 

बाघ आयो, बाघ आयो भनी कराएर गाउँका मान्छेहरुलाई झुक्याउने केटो एक दिन आफै बाघको शिकार भएको कथा अहिले कसैलाई नसुनाए हुन्छ। अहिलेको समयमा झूठो बोलेर सधैं मानिसलाई झुक्याउन सकिन्छ। सधैं झुक्किन मान्छेहरु तयार छन् पनि। र बाघ आउँदैन पनि किनभने बाघ जङ्गलमै बस्छ। आजभोलि नियम र अनुशासनको पालना जङ्गली जनावरहरुले गर्न थालेका छन्।

विश्वराज अधिकारी

Tuesday, January 17, 2012

The Successful Candidate - Nepali short story - Abhinaya - 25



सफल उम्मेदवार


अन्तरवार्ता लिने क्रम सकिएपछि  अन्तरवार्ता लिनेमध्येका एक, जो अन्तरवार्ता लिने सङ्गठनका प्रमुख पनि थिए, ले अन्तिम उम्मेदवारको सम्बन्धमा आफ्नो धारणा यस प्रकार राखे हाम्रो यो नयाँ उत्पादन बजारमा बढी भन्दा बढी बिक्री गर्न सक्ने क्षमता वा योग्यता यो अन्तिम उम्मेदवारमा मात्रै हुन सक्छ। बजार प्रबन्धक पदमा यो युवकलाई छनौट गर्नु उपयुक्त होला
सङ्गठन प्रमुखको कुरा सुनेपछि अन्तरवार्ता लिन बसेका अन्य कर्मचारीहरु आश्चर्यचकित भए। त्यो अन्तिम उम्मेदवारले सोधिएका अधिकांस प्रश्नको उत्तर गलत दिएको आफ्नै कानले उनीहरुले सुनेका थिए। आफूहरु त्यो अन्तिम उम्मेदवारलाई छनौट गर्ने पक्षमा नरहेको प्रदर्शित गर्न मुहारमा अप्रशन्नताको भाव अलि बढी नै पोखे।
त्यो युवकलाई छनौट गर्ने आफ्नो निर्णय सही रहेको बोध गराउन सङ्गठनका प्रमुखले यस किसिमको तर्क पेश गरे त्यो युवक अर्थात अन्तिम उम्मेदवारले दिएको लगभग सम्पूर्ण उत्तरहरु गलत थिए भन्ने कुरा मलाई राम्रो थाहा छ। तर उसले गलत उत्तर पनि आत्मविश्वासका साथ सही लाग्ने गरी भन्दा ती गलत उत्तरहरु सही प्रतीत भइरहेका थिए। अर्थात गलत कुरालई पनि सही लाग्ने गरी भन्ने दक्षता देखें मैले त्यो चतुर युवकमा। आजभोलि त्यस्तै मान्छेका कुरा धैरेले पत्याउँछन् पनि। त्यो अन्तिम उम्मेदवारभन्दा पहिले अन्तरवार्ता दिने एक व्यक्ति अति नै जानकार जस्तो देखिन्थ्यो र योग्य पनि। सोधिएका सम्पूर्ण प्रश्नहरुको उसले एकदम सही-सही उत्तर अति सभ्य र शिष्ट शैलीमा दियो। ती उत्तरहरु सुन्दा लाग्दथ्यो ती सही छैनन् गलत छन्। आजकालका मान्छेले त्यस्ताको कुरा पत्याउने गर्दैनन। त्यसकारण हाम्रो यो नयाँ उत्पादनको बजारीकरण गर्न त्यो अन्तिम उम्मेदवार सफल हुनेमा मलाई रत्ति पनि शङ्का छैन। यो जमानामा यस्तै मान्छे सफल हुन्छ पनि। मलाई त शत्प्रतिशत यो मान्छे  उचित लागेको छ। तपाइँहरुलाई भने कस्तो लाग्यो कुन्नि?’
त्यो अन्तिम उम्मेदवारको सम्बन्धमा आफ्ना प्रमुखले भनेका थप कुराहरु सुनेर अन्तरवार्ता लिन बसेका अन्य सबै कर्मचारीहरु केही बेर हाँसे अनि एक अर्कालाई केही बेर हेरे पनि। हाँसिरहेकै क्रममा उनीहरुले एकै चोटी भने सरको निर्णयमा हाम्रो सहमति छ। निर्णय समय सुहाउँदो भएकोले त्यसमा विवाद गर्ने ठाउँ नै रहेन, सर।

विश्वराज अधिकारी

Tuesday, January 10, 2012

The Fool and the Wise Person - Nepali Short Story - Abhinaya - 24



  मूर्ख र विद्वान

मूर्ख र विद्वानको बीचमा रहेको भिन्नता छोटकरीमा लेख्नुहोस एक परीक्षामा सामेल भएका विद्यार्थीहरुक लागि यो प्रश्न सोधिएको थियो।
त्यो प्रश्नका लागि लेखिएका विभिन्न उत्तरहरु मध्ये एक यो पनि थियो। एक मूर्ख बिग्रियो भने ऊ आफूमात्र बिग्रन्छ तर एक विद्वान बिग्रियो भने उसले अन्य हजारौलाई बिगार्न सक्छ। मूर्खसँग बुद्धि नभएर मूर्ख भएको हुन्छ र त्यसै कारणले उसले अरुलाई मूर्ख बनाउन सक्तैन पनि। अर्कोतिर, विद्वानसँग धेरै बुद्धि भएको हुनाले उसले सहजै अरुलाई बिगार्न सक्छ। विद्वानको कुरामाथि सुन्नेहरुले छिटै विश्वास गर्छन पनि। उसको तर्कलाई काट्न गार्हो हुन्छ। मूर्ख र विद्वानबीच रहेको भिन्नतालाई छोटकरीमा यसप्रकार प्रस्तुत गर्न सकिन्छ।'

विश्वराज अधिकारी

Tuesday, December 27, 2011

Logical Judgement - Nepali Short Story - 23 - Abhinaya


तर्क न्याय



छिमेकीको बारीमा फलेको अम्बा उसले चोरेको हुनाले छिमेकीहरुले उसलाई चोर भने। गाली गर्दै बेइज्जती गरे। गाली बेइज्जती गर्नेहरुसँग उसले प्रश्न गर्यो बारींमा फलेको अम्बा टिप्ने कार्य कसरी चोरी भयो? बाटोमा, पाकेको अम्बा देखेर जो सुकै पनि लोभिन सक्तैन र? एउटा जाबो अम्बा टिपेको त हो नि, सुन चाँदी रुपैयाँ पैसा हिरा जवाहरात चोरेको हो र? घर भित्र प्रवेश गरेर चोरी गर्ने पो चोर, मैले त बाटोमा हिँड्दा हिँड्दै टिपेको हो, चोरी गरेको हो र? घर भित्र पसेको छु? फलफूल जस्तो लोभिने कुरा सबैले देख्न सक्ने ठाउँमा फलाएर बाटो हिड्नेलाई लोभ्याउनु अनि टिपे पछि चोर्यो भनि उसलाई गाली गर्नु उचित हो? कसैले सजिलै देख्न सक्ने ठाउँमा फलफूल रोप्ने मान्छेको ठूलो भूल होइन र?
चोर भनी आरोप लागेको व्यक्तिको प्रश्न सुनेर उपस्थित सबै ऊसँग सहमत भए। अनि सन्तुष्ट पनि। त्यस्तो ठाउँमा अम्बा किन रोपेको भनी रुख रोप्नेलाई गाली गरे।
चोरीको आरोपबाट मुक्ति पाएको त्यो व्यक्ति खुसी हुँदै घरतिर लाग्यो। घरभित्र प्रवेश गरे पछि उसको बारीबाट तरकारी चोरी भएको थाहा पायो। घरको छेउमा उभिएको एक व्यक्तिमाथि शङ्का गर्दै ऊमाथि चोरी गरेको आरोप लगायो।
त्यहाँ उपस्थित भएका व्यक्तिहरु तिर हेर्दै उसले भन्यो यो चोर हो। यसले मेरो बारीमा फलेको तरकारी चोर्यो। यो मोरो चोरलाई यत्तिकैमा छाड्नुहुँदैन। छाडे भने यसको हिम्मत बढेर जानेछ। आज तरकारी चोर्यो, भोलि सुनचाँदी रुपैया पैसा, अनि पछि………….? यसको दुबै हात नै काटि दिनु पर्दछ। न हात रहन्छ न यसले चोरी गर्न सक्छ। हात रहे भने फेरि यसले …….। चोरी गर्नु ठूलो अपराध हो। अपराधीलाई कठोर सजाय दिनुपर्दछ, कानुनी राज्यमा, न्यायिक समाजमा। अपराधीलाई सजाय दिन नसक्नु पनि ठूलो अपराध हो। यति भनी सके पछि उसले आफ्नो हातमा रहेको खुकुरी माथि उचाल्दै त्यो व्यक्ति, जसलाई उसले चोर भनेको थियो, को दुबै हात काटि दियो। त्यहाँ उपस्थित सबै व्यक्तिहरु चोरले उचित सजाय पायो भनी सन्तुष्ट भए। हात काटे पछि त्यो व्यक्ति कार्यकर्ता भेलालाई सम्बोधन गर्नु पर्ने छ, ढिलो भयो भन्दै सडक तिर लम्क्यो।

विश्वराज अधिकारी 

Tuesday, December 20, 2011

Happiness - ( Nepali Short Fiction) 22 Abhinaya



पीडा अन्तर

हर्षबहादुर बैंकभित्र प्रवेश गर्ने बित्तिकै यन्त्र झै चल्ने गर्दछ। बैंकका कर्मचारीहरुका लागि चुरोट ल्याइदिने मात्रै होइन मुख नजीकै सलाई बालिदिने काम पनि उसैको हो। साब भित्र पसे की बाहिर निस्के, हर्षबहादुरले ध्यानपूर्वक हेर्नुपर्दछ अनि भित्र/बाहिर को साइनबोर्ड त्यसै अनुसार मिलाइदिनुपर्दछ। यसबाहेक रजिष्टरहरु यो टेबुलबाट त्यो टेबुलमा राखिदिनु पनि उसैको दायित्वभित्रको कार्य हो।
तोकिएका कार्यहरु गरिरहेकै क्रममा थकाइ लागेपछि हर्षबहादुर भर्याङ् मुनी बस्छ। चुरोटको लामो सर्को तान्छ अनि धूवाँ आकाशतिर फाल्दै केही सोच्नमा तल्लिनझैँ देखिने गर्दछ प्राय: सधैजसो। कसैले ऊतिर हेर्दा ऊ मुसुक्क हाँस्छ। सन्तुष्टिको मुहानबाट निस्केको उसको मुस्कानमा कुनै ग्लानी वा पीडा लुकेको लाग्दैन। दस ठाउँमा च्यातिएको कोट लगाउँदा देख्नेहरुलाई लाज लागे पनि उसलाई लाजमात्रै होइन असजिलो पनि लाग्दैन र कुनै पीडाले पनि छुदैन। ऊ जुनबेला पनि हाँसिरहेको हुनाले त्यस्तो अनुमान गर्न सकिन्छ।
को कति छिटै धनी भयो अनि कोसँग कति कस्ता सम्पत्ति छन् जस्ता डाहा र महत्वाकांक्षा मिश्रित कर्मचारीहरुको बकमफूसे गफमा उसको कुनै दिलचस्पी रहँदैन। आफ्ना अति दयनीय आर्थिक स्थितिलाई सार्वजनिक हुन दिएको छैन। बिहे भएकै महिनामा बाबुआमाले घरबाट निकालिएदिएपछि पाटीमा बस्दै आएको कुरा हाकिमबाहेक अरुलाई सुनाएको छैन उसले। हाकिमलाई पनि अरुलाई नभनीदिनू भन्ने शर्तमा भनेको छ।
हिजो बिहानै हाकिमले व्यङ्ग गरेका थिए हर्षे तिमीहरुले बच्चा उत्पादन गर्ने कारखान नै चलाएका छौ कि क्या हो? अस्ति जन्मेको बच्चा कतिऔ हो नि’?
हाकिमको प्रश्नको उसले लाज मान्दै उत्तर दिएको थियो पाँचौ सर
हाकिमले फेरि प्रश्न गरेका थिए होइन,  ए हर्षे, कसरी चलाउँछस् तँ घर खर्च यति थोरै आम्दानीले?
हर्षबहादुरले हाँस्दै उत्तर थियो भगवान् ले मुख भने एउटा हातचाहिँ दुई ओटा, सँगसँगै दिएर पठाएका हुन्छन्। कुनै उपाय त निस्किहाल्छ नि, सर
हाकिम, यो बैंकमा कार्यालय प्रमुख भइ सरुवा भएर आएको पाँच बर्ष भयो। यो पाँच बर्षमा, आफ्नो सामु पर्दा हाकिमले विभिन्न किसिमले हेरे हर्षबहादुरलाई।
कहिले, अति दु:खमा पनि हाँस्न सक्ने महामूर्ख,
कहिले दु:ख अनुभूत गर्न नसक्ने यन्त्रमानव,
कहिले, जसरी भए पनि कमाएर सुखी जीवन बिताउने चाहना नभएको स्वाँठ।
हर्षबहादुरको व्यक्तित्वको निष्कर्ष हाकिमले यस प्रकार निकालेका थिए- नालीको किरा, नालीमै जन्म हुन्छ, नालीमै हुर्किन्छ अनि नालीमै मृत्यु। सुख र दु:खबीचको अन्तर बोध नभएको। अर्थहीन जीवन।
यस बैंकमा, बिहान नौ-दस बजेदेखि नै खैलाबैला मच्चिएको थियो। कार्यालय प्रमुख अर्थात् हाकिम साहेबलाई बाहिरबाट आएका अधिकारीहरुले कार्यालय भित्र नै घुस लिँदै गर्दा समातेका थिए। र, यो खबर बैंकभरि एकै छिनमा फैलिएको थियो, जङ्गलमा लागेको आगोझैँ।
हाकिमले घुस खाएका प्रमाणहरु सङ्कलन भएपछि एघार बजेतिर उनलाई अघि लगाउँदै ती अधिकारीहरु भवन बाहिर निस्कन लम्के। हाकिमले देखे हर्षबहादुर पूर्ववत् ठाउँमा बसेर चुरोट तान्दै थियो। मुहारमा उसको कुनै किसिमको चिन्ता, फिक्री अनि डाहा थिएन सदाझैँ। त्यो दिन, त्यतिखेर भने हाकिमलाई हर्षबहादुरको हँसिलो मुहार र चिन्तामुक्त स्थिति अर्थहीन लागेन। अनि जीवन नै पनि।

विश्वराज अधिकारी


---

Tuesday, December 13, 2011

The Environment (Nepali Short Fiction) 21 Abhinaya



वातावरण


यो पाकडको रुखलाई काटेर खतम पार्नुपर्छ, राखेर बनाउनु छैन अब यसलाई भूतप्रेतको डेरा योगेन्द्रले उपस्थित व्यक्तिहरुतिर ज्यादै क्रोधित मुद्राले हेर्दै भन्यो अनि अरुको सकारात्मक प्रतिक्रियाको प्रतीक्षा गर्न थाल्यो पनि, आफ्नो उक्त प्रस्तावमाथि।
सडकको बीचोबीच रहेको यो रुख गुण्डा आबाराहरुको लागि खेल्न सुरक्षित ठाउँ हुन पुगेको छ। मेरो बस चले अहिले टाँगीले काटेर ढालिदिन्थे नन्दलालले रुखतिर हेर्दै घृणा मिश्रित स्वरमा भन्यो।
काका तिम्रो विचार के छ यस बारेमा? बर्सौ देखिको यो रुखलाई खत्तम पारिदिने रे! यो रुख यो गाउँको चिन्हासी होइन? गाउँका प्रौढहरुमध्ये एक सुकदेवतिर हेर्दे लालबाबुले प्रश्न गर्यो।
मलाई के मतलब यो रुखदेखि? जसको टोलमा पर्छ यो रुख उनीहरुले नै बिचार गरुन् यसको बारेमा। मलाई के मतलब, न उधको लेना न माधोको देना पाकडको रुखतिर उदासी मुद्राले हेर्दै सुकदेवले भन्यो।
थुप्रै मान्छेहरु भेला भएर के बिषयमा वादविवाद गर्दैछन् भनी थाहा पाउने प्रयास गर्दै प्रेमलाल त्यहाँ आयो। छलफलको विषयवस्तु थाहा पाएपछि ऊ पनि कुर्लियो यो पाकडको रुखलाई अब एक छिन पनि राख्नु ठीक छैन। चराचुरुङ्गीहरु आई बस्छन् अनि नजीकैमा रहेको मेरो बारीको सबै बाली खाइदिन्छन।
प्रेमलालको यस्तो भनाइबाट उत्तेजित हुँदै एक युवक आफ्नो घरतिर हतारिँदै लमक्यो, बन्चरो लिन। बाटोमा, नजीककाहरुले मात्र सुन्ने गरी बडबडायो उसले यो रुखको छायाँले गर्दा मेरो बारीमा राम्रो गरी तरकारी फल्न सकेको छैन्। अति राम्रो बेला छ अहिले यो रुख काट्ने। अहिले नै दुई टुक्रा पार्नुपर्छ यो अजङ्गको रुखलाई।
रुख काट्ने सम्बन्धमा उपस्थित व्यक्तिहरुको प्रतिक्रिया सुनेर भीडको छेउमा उभिएको सिकिन्दर ज्यादै खुसी भयो अनि मुसुमुसु हाँस्यो पनि। इँट पोल्न दाउरा अति आवश्यक थियो, अब उसको त्यो आवश्यकता पूरा हुने भयो भनी सन्तुष्ट भयो। फेरि मुसुमुसु हाँस्यो, उसले रुख काट्ने सम्बन्धमा निर्माण गरेको जनमत एकमत हुन थालेकोमा।

विश्वराज अधिकारी

Tuesday, December 6, 2011

The Meaning (Nepali Short Fiction) 20 Abhinaya


परिभाषा

कार्यक्रमको समाप्ति एक महिलाको नृत्यबाट हुन थालेको थियो। सङ्गीतको धुनमा ती महिला खुलेर नाच्न थालिन्। दर्शकहरु ज्यादै प्रभावित भए त्यो नृत्यबाट, ताली पनि बजाउन थाले, जोड जोडले। नृत्य गर्ने ती महिला ज्यादै प्रशन्न भइन् दर्शकहरुको प्रशंसा पाएर। झनै भाव विभोर भइ नाच्न थालिन्। ज्यादै खुसी भई आफूले लगाएको केही वस्त्र समेत खोलेर हुत्याइन् आफ्नो नृत्यलाई प्रभावकारी पार्न, ती महिलाले। दशर्कहरु झनै प्रशन्न भए अनि जोड जोडले ताली पिट्न थाले। नृत्य गर्ने महिलाले फेरि आफ्ना केही वस्त्र हुत्याइन, खुसी हुँदै, दर्शकहरुलाई थप आकर्षित पार्न। दर्शकहरु झनै प्रशन्न हुँदै जोड जोडले ताली पिट्न थाले, केहीले त उभिएरै पनि ……….. । नृत्य गर्ने ती महिलाले, नृत्य गर्दा गर्दै त्यसरी वस्त्र खोलेर पनि कुशलतापूर्वक आफूले नृत्य गर्न सकेको विशेष कला दर्शकहरुले निकै रुचाए भन्ने विश्वास गरी झनै नयाँ नयाँ किसिमले नृत्य गर्न थालिन, अनि लगाएको केही वस्त्र फेरि खोलिन्। दर्शकहरुले ती महिलालाई अझै प्रोत्साहित गर्न, प्रशंसास्वरुप झनै जोड जोडले ताली पिट्न थाले। नृत्य गर्ने ती महिलाले शरीरमा केही मात्र वस्त्र राखी लगभग निर्वस्त्र नै भइन, नाच्ने क्रममा।
कार्यक्रम सकियो। कार्यक्रम कक्षबाट निस्किने क्रममा एक दर्शकले आफ्नो साथी तिर हेर्दै प्रतिक्रिया व्यक्त गर्यो कस्ती निर्लज्ज आइमाई! छि, झण्डै निर्वस्त्र नै हुन आँटेकी। त्यस्तो ………। निर्बस्त्र नै भने पनि हुन्छ।
साथीको प्रतिक्रिया सुनेपछि त्यो व्यक्तिले आफ्नो त्यो साथीको अनुहार तिर हेर्दै प्रश्न गर्यो ती नृत्य गर्ने महिलाले आफूले लगाएको लुगा नृत्य गर्ने क्रममा खोल्दै, हुत्याउँदै गर्दा किन तिमीले ताली पिट्दै थियो त, त्यो पनि खुब उफ्री उफ्री, खुसी हुँदै।’
आफ्नो प्रतिक्रिया माथि साथीले गरेको थप प्रतिक्रिया सुने पछि नृत्य गर्ने ती महिलालाई निर्लज्ज भन्ने व्यक्तिले धेरै बेर घोरिएर केही सोच्यो। सायद निर्लज्जको’ को  हो, आफू वा नृत्य गर्ने ती महिला, घोत लिएर सोंचेको होला।

विश्वराज अधिकारी

Tuesday, November 29, 2011

A Serious Disease - Nepali Short Story - Abhinaya - 19


गंभीर रोग

यो बिरामीलाई डिस्चार्ज गरि सकिएको छ। रोग पनि……कुनै गम्भीर किसिमको रहेनछ। भोक भोकै धेरै दिन बसेको हुनाले शरीर कमजोर भएको ……। छिटै लग्नु पर्यो अस्पतालबाट, होइन भने अर्को गम्भीर बिरामीलाई बेड उपलब्ध गराउन गार्हो हुन्छ। बेड नपाएर त्यो गंभीर रोग लागेको बिरामीको ज्यानै पनि जान सक्छ अस्पताल प्रमुखले अर्ति-उपदेश सहित डिस्चार्ज भएको त्यो बिरामीको कुरुवाहरुलाई भने।
यो बिरामीको आफन्त , नातागोता कोही पनि छैन। कहाँ लैजाने यसलाई? हामीले त यो बिरामीलाई सडकमा लडिरहेको अवस्थामा उठाएर यो अस्पतालसम्म उपचारका लागि ल्याइदिएका हौ त्यो बिरामीलाई ल्याउने समाजसेवीहरुले जवाफ दिए।
यो बिरामीको व्यवस्था तपाँइहरुले नै जसरी भए पनि मिलाउनु पर्यो। हामीले त रोगीको शारीरिक रोगको इलाज गर्नु पर्ने हो, गर्यौ। गरीबी रोगको इलाज भने हामीसँग छैन केही क्रुद्ध देखिएता पनि मुहारमा सामान्य भाव प्रदर्शित गर्दै अस्पताल प्रमुखले पुन: भने।
समाजसेवीहरु तथा अस्पताल प्रमुखबीचको वार्तालाप सुनिरहेको त्यो बिरामी एउटा रोगवाट मुक्ति पाएकोमा केही प्रशन्न देखिन्थ्यो भने अर्को गम्भीर रोग आरम्भ हुन थालेकोमा ज्यादै चिन्तित।

विश्वराज अधिकारी

Tuesday, November 22, 2011

Tasteless Tea - Nepali Short Story - Abhinaya - 18


रंग नपुगेको चिया

ए ठूल्नानी दिदी, मिठो चिया पकाउन सिकाइ देऊ न। जति मेहनत गरेर पकाए पनि मिठो छैन, स्वादिलो भएन, रंग नै पुगेको छैन भन्छन् खान आउनेहरु मनमायाले रुन्चे स्वरमा आफ्नो गाउँले दिदीलाई दुखेसो सुनाई।
मनमायाले भन्ने क्रम जारी नै राखी तिमीले पकाएको चियामा के त्यस्तो स्वाद छ, जहिले पनि भीड देख्छु खान आउनेहरुको। पसलमा बस्ने ठाउँ नै हुँदैन। मैले त, बिहान पकाएको चिया दिउँसोसम्म बिक्री गर्नुपर्छ। साँच्चै, लौन। मलाई स्वादिलो चिया पकाउने तरिका सिकाइ देऊ न।
चियालाई स्वादिलो पार्न चियापत्ती ………… मात्र बढी हालेर राम्रो रंग आउँदैन, स्वादिलो पनि त्यति हँदैन। त्यसमा अलिकति जवानीको रंग पनि मिसाउनु पर्दछ। त्यसो गरि सके पछि हेर्नु, चिया स्वादिलो भएन, रंग पुगेको छैन भन्नेहरुकले स्वादिलो छ, रंग पुगेको छ भनी खान थाल्छन ठूल्नानीले मनमायाको शरीर त्यसपछि मुहारतिर सम्पुर्ण दृष्टि राख्दै सल्लाह दिई।

विश्वराज आधिकारी

Tuesday, November 15, 2011

Big House Small House - Nepali Short Fiction- Abhinaya - 17



सानो घर ठूलो घर


एउटा ज्यादै ठूलो घर थियो, पाँच सात तल्ले, एक व्यापारिक शहरमा। त्यो घरको छेउमा एउटा अर्को सानो, अति नै सानो भने पनि हुने, एक तल्ले ,एउटा मात्र कोठा भएको घर थियो। ठूलो घरमा सेठ गिरिधारीको बसोबास थियो भने सानोमा रामाको अर्थात रामानन्द झाको।
एक दिन ज्यादै ठूलो भूइँचालो आयो। त्यो शहरमा, अति नै ठूलो। लगभग सवै घरहरु भत्किए त्यो डरलाग्दो भूइँचालोमा। भोलिपल्ट एउटा प्रख्यात समाचारपत्रमा त्यो भूइँचालो सम्बन्धी एउटा खबर छापियो।

यस्तो पनि हुँदोरहेछ
……….संवाददाता।
यस शहरका एक ज्यादै नै धनी अनि अति नै ठूलो घरका मालिक सेठ गिरिधारीको घरबाट कसैलाई उद्दार गर्न सकिएन। लाससम्म पनि भेटिएन कसैको, ज्यादै ठूलो घर भएको हुनाले। कुन कोठामा को थियो थाहा हुन सकेन उद्दार दलका सदस्यहरुलाई। तर एउटा ज्यादै सानो घर जुन उनको घरको छेउमै थियो, त्यहाँबाट सबैलाई जीबित नै उद्दार गर्न सकियो। एकदम सकुसल। सानो घरको छत मात्र भत्किएको हुनाले जनधनको ठूलो क्षति हुन पाएन, त्यो घर ज्यादै सानो भएर त्यस्तो भएको हुनसक्छ। हिजोको भूइँचालोमा देखिएका अनौठा कुराहरुमध्ये एउटा यो पनि हो।
त्यो खबर पढेपछि झाजीले आफ्नो भत्केको त्यो घरलाई धेरै बेरसम्म हेरे। ज्यादै ठूलो घरको छेउमा आफ्नो अति नै सानो घर भएकोले झाजीले आफ्नो छाती भित्र लघुताभाषको एक ज्यादै ठूलो र बलियो घर जुन केही बर्ष पहिले उनले बनाएका थिए त्यो भने पूर्ण रुपमा भत्किएको थियो, त्यो ठूलो भूइँचालोमा।


विश्वराज अधिकारी