Wikipedia

Search results

Showing posts with label The Formulas of Success. Show all posts
Showing posts with label The Formulas of Success. Show all posts

Thursday, July 19, 2018

Formulas of Success Part 18


धेर्यवान् हुनु

सुत्र-१८

धैर्य प्रत्येक व्यक्तिको लागि सम्पत्ति हो। धैर्यले सफल हुन सहयोग गर्छ। सफल भए पछि सुखसँग बाँच्न ऊर्जा प्राप्त हुन्छ। धैर्यवान् व्यक्तिले प्रगति गर्ने सम्भावना उच्च हुन्छ भने अधैर्य व्यक्तिले अनेक किसिमका अनावश्यक समस्याहरूको सामना गर्नु पर्छ।

अधर्यवान् व्यक्तिका क्रियाकलापहरू कहिले उल्टो समस्या सृजना गर्ने स्रोत बन्न पुग्छन।
धैर्यले आशा जागृत गराउँछ। आशाले प्रगति पथतिर लाग्न सहयोग गर्छ। पूर्वीय संस्कृतिले धर्य र आशा माथि निकै विश्वास गरेको पाइन्छ।

भारतवर्षका कवि दुलसीदास धैर्य र आशालाई यस्तो भावद्वारा व्यक्त गर्छन,

“तुलसी भरोसे राम के, निर्भय हो के सोए।                   
अनहोनी होनी नही, होनी हो सो होए।।”

तुलसीदासको भनाइको भावार्थ के हो भने यो संसारमा धेरे कुराहरू छन जनु आफ्नै नियम र गतिमा सम्पादन हुन्छन। तिनलाई सम्पादित हुन देखि हामीले जति सुकै बल लगाएर पनि रोक्न सक्दैनौ। जस्तै जन्म लिए पछि कुनै पनि प्राणीले अवश्य पनि मृत्यु वरण गर्नु पर्छ। कुनै पनि व्यक्ति मृत्यु देखि जोगिन सक्तैन। जब मृत्यु देखि जोगिन सकिंदैन र मर्नु नै छ भने हरेक घणी किन मृत्युको चिंता लिएर वस्ने?

अर्को किसिमले हेर्दा जुन कुरा हुँदैन, त्यो हुँदैन, र जुन कुरा हुन्छ नै, त्यो हुन्छ नै, भने पछि हाम्रो नियन्त्रणमा केही पनि छैन र हामी केवल घटनाहरूको शाक्षी मात्र हौ भने, कुनै कुरा हुने वा न हुने बारे हामी किन चिंतित हुने? चितिंत भएर जीवनको प्रत्येक पललाई दु:खी किन तुयाउने? जे हुने हो त्यो हुन्छ नै, जुन हुने होइन त्यो हुँदैन भन्ने कुरामा बलियो गरी विश्वास किन नगर्ने? हो यस्तो सोंचेर चिन्तमुक्त भएर बाँच्नु पर्छ।  
  
एक अर्को प्रशंगमा तुलसीदास भन्नछन्, “होइहि सोइ जो राम रचि राखा।
                              को करि तर्क बढावै साखा।।”

माथिका पङ्कतिहरूको भावर्थ के हो भने भगवान्ले जसरी घटनाहरूको रचना गरेका छन् त्यसै किसिमले क्रियाहरू हुन्छन। त्यस कारण आज के होल भोलि के हुनेछ भन्ने सोंचेर तर्कहरू मात्र बढाउने कार्य हुन्छ। र बढेका तर्कहरूले चिंता र दु:खहरू मात्र दिन्छन। अर्थात आफ्नो नियन्त्रणमा नभएका घटनाहरूको बारेमा सोंचेर दु:खी हुनु उचित होइन।

पूर्वीय संस्कृतिले आश र धैर्यमा बलियो गरी विश्वास गर्छ। एक निश्चित स्तरसम्म आशा गर्नु राम्रो पनि हो। तर केवल आशा मात्र गरेर, परिश्रम भने नगरेर ठूलो प्रतिफलको अपेक्षा गर्नु उचित होइन। हाम्रो नेपाली समाजले विभिन्न अवस्थाहरूमा परिश्रम नगरेको र केवल अपेक्षा मात्र गरेको र अपेक्षा गरेको कुरा प्राप्त गर्न भगवान् को मन्दिर धाएको देखिएको छ। श्रद्धा भक्तिले भगवान्को मन्दिरमा नपुगेर केही कुरा पाउने लोभ लालचमा भगवानको मन्दिरमा पुगेको देखिएको छ। भगवान्को मन्दिरमा पुग्नेहरू मध्ये ज्यादै कम व्यक्तिहरू मात्र भगवान्प्रति हृदयभरिको श्रद्धा लिएर पुगेक हुन्छन्, बाकिँ भक्तजनहरू आफ्नो स्वार्थवाट निर्देशित र परिचालित भएर, केही माग्ने उद्देश्यका साथ भगवान्को मन्दिरमा पुगेका हुन्छन।

“धैर्य र आशा जीवन हो भने निराशा मृत्यु हो।” कुनै पनि व्यक्तिमा निराशाको मात्रा निरन्तर वृद्धि हुँदै गएमा  त्यो व्यक्ति मृत्युको मुखमा पुग्छ।

सन् १९६६ मा निर्मित, बहु चर्चित तथा पुरस्कृत फिल्म ‘तिसरी कसम’ का निर्माता एवं प्रसिद्ध भारतीय साहित्यकार एवं गीतकार शैलेन्द्र आफ्नो एक गीतमा भन्छन्,

“है बुझा बुझा सा दिल, बोझ सांस सांस पर
जी रहे हैं फिर भी हम, सिर्फ कल की आस पर”

उपरोक्त गीतको भाव

समयस्याले हामीलाई निरन्तर पछ्याइ रहेको हुन्छ जसरी आकासलाई बादलले पछ्याए जस्तो। बादल बिनाको आकासको हामी कल्पना समेत पनि गर्न सक्तैनौ। त्यसैगरी समस्या बिनाको मानिस पनि हामी कल्पना गर्न सक्तैनौ। तैपनि, समस्यासँग, समस्या भोगि रहेकाहरू डराएर भाग्दैनन् र समस्याको सामना यो विश्वासका साथ गर्छन कि भोलिक दिनहरू अर्थात भविष्यमा त्यस किसिमका समस्याहरू आउने छैनन् र भविष्य सुखमय हुनेछ। भोलि वा भविष्य अज्ञात हुन्छ तर आसा बोकेको हुन्छ र त्येही आसालाई मानिसहरूलाई बाँच्ने ऊर्जा दिन्छ। भोलि (भविष्य) को आसा वा भोलि सुख पाइएला भन्ने विश्वासले मनिसलाई जीवित र क्रियाशील राखेको छ।
हामी सबै भोलिक आसमा बँचेका छौ। त्यसकारण आसा गर्न छाड्न हुँदैन।

(क) आशा बलवती राजन ……..

महाभारत युद्धमा कौरव (दुर्योधन) पक्ष बाट निम्न व्यक्तिहरू सेनापति नियुक्त भएका थिए।

1.       भीष्म (भीष्म पितामह, वा देवव्रत) (१ देखि १०) १० दिन।
2.       द्रोण (आचार्य) (११-१५) ५ दिन।
3.       कर्ण (१६-१७) २ दिन।
4.       शल्य (१८- युद्ध समाप्त) १ दिन।
5.       अस्वत्थामा (१८ दिनको रात युद्ध रोकिएको समयमा)।

महाभारत युद्धलाई आशा र धैर्य सँग जोड्ने उद्देश्यका साथ यो युद्धबारे छोटो परिचर्चा गर्ने प्रयास गरेको छु। आशा कति बलियो हुन्छ भन्ने तथ्य दर्शाउने प्रयास गरेको छु।

महाभारत युद्ध जम्मा १८ दिन चलेको थियो र सो युद्ध लड्न कौरव पक्षबाट ५ सेनापतिहरू नियुक्त भएका थिए।

पहिलो सेनापति थिए भीष्म। उनले १० दिन युद्ध गरेका थिए। त्यसपछि बाँण लागेर रण भूमिमा ढलेका थिए।

दोस्रो सेनापतिको रूपमा द्रोणको नियुक्ति भएको थियो। ५ दिनसम्म युद्ध गरेपछि उनको पनि मृत्यु भएको थियो।

तेस्रो सेनापति थिए, कर्ण। कर्णले केवल २ दिन युद्धको नेतृत्व गरेका थिए। त्यसपछि उनको पनि मृत्यु भएको थियो।

यसरी एक से एक वीर, धीर र पराक्रमीहरू, जो सेनापति भएर युद्ध गरि रहेका थिए, को मृत्यु भइसकेको स्थिति थियो। युद्ध प्रारम्भ भएको पनि १७ दिन भइसेको थियो। कौरवहरूको स्थिति अति नै कमजोर हुँदै गइरहेको थियो। कौरवहरू विजयी हुने सम्भावना शून्यतातर्फ अग्रसर हुँदै थियो।

विजयी हुन नसक्ने लभगभ निश्चित भए पछि कौरव पक्षका केही प्रभावशाली व्यक्तिहरूले दुर्योधनलाई भने, “महाराजा एक से एक महान् योद्धाहरूको ज्यान गइ सक्यो। तिन सेनापतिरहरू पराजित भइ सकेका छन्। द्रोण र कर्ण जस्ता महारथीहरूको मृत्यु भइ सक्यो। इच्छा मृत्यु भएका भीष्म पनि पराजित भएर वाँण शैयामा मत्युको दिन गन्ति गरि रहेका छन। त्यसकारण यो स्थितिको समिक्षा गर्दै महाराजले, अब, यो नया परिस्थितिमा, शान्ति सम्झौता गर्नु उपयुक्त हुनेछ। शान्ति सम्झौता गरे भने यो अति विनाशकारी युद्ध पनि रोकिन्छ। हाम्रो राज्य पनि गुम्दैन। हामी पराजित भएको पनि देखिंदैन।”

सल्लाह दिनेहरूलाई दुर्योधनले जीवनमा आशाको महत्व दर्शाउँदै यसरी भने, “हेर, बडे बडे महारथीको मृत्यु भएर के भयो, यदि अब नियुक्त हुने सेनापति शैल्यले यो युद्धमा विजय हासिल गरे हाम्रो विजय भइ हाल्यो नि। आश गर्न कहिले पनि छाड्नु हुँदैन। अन्तिम घडिमा पनि हाम्रो विजय भयो भने हामी विजयी कहलिन्छौ। त्यसकारण आशा परित्याग नगरौ।”

विचार गर्ने कुरा के छ भने भीष्म (वाँण शैयामा), द्रोण, कर्ण जस्ता महान योद्धाहरूको मृत्यु भइसकेको स्थितिमा शैल्य जस्तो समान्य व्यक्तिको नैतृत्वमा त्यस्तो भीषण युद्धमा विजय हासिल गर्नु सम्भव थिएन। र पराजित हुने निश्चित थियो। तर पनि दुर्योधनले विजयको आश गर्न छाडेका थिएनन्। दुर्योधन भ्रममा नै भए पनि युद्धको अन्तिम दिन पनि उनले विजय हासिल गर्न सकिने भन्ने ‘आशा’ लिएर बसेका थिए। 

अर्कोतिर दुर्धोधनको युद्ध जित्ने आशा देखेर सञ्जयले धृतराष्ट्रलाई अचम्म मान्दै भने, “महाराज, आशामा कति बलियो शक्ति हुँदो रहेछ। त्येही आशाको बलमा शैल्य जस्तो सामान्य व्यक्तिलाई सेनापति नियुक्त गरेर महाभारत युद्ध जित्ने सपना दुर्योधनले देखिरहेको छन्। शक्तिसाली भगवान् श्रीकृष्ण र धनुर्धर अर्जुनलाई पराजित गर्ने आशा लिएर बसेको छन।”

धैर्यको एउटा प्रशंगलाई यहाँ जोडौ। भारतकी प्रधान मन्त्री इन्दिरा गाँधी हठी स्वभावका लागि जति चर्चित थिन त्येति नै साहस र धैर्यका लागि पनि। एक पटक उनेल एक उल्लेखनीय धैर्य धारणको प्रमाण आफनो व्यवहार द्वारा प्रदर्शित गरेकी थिन।

(ख) इन्दिरा गाँधीको धैर्य

इन्दिरा गाँधीका कान्छो छोरा सञ्जय गाँधीको मृत्यु नया दिल्लीमा एक हवाइ दुर्घटनामा भएको थियो। उक्त हवाइ दुर्घटनामा, हवाइ उडानको समयमा, सञ्जय गाँधीको साथ रहेका क्याप्टेन ‘सुभाष सक्सेना’ को पनि मृत्यु भएको थियो।

मृत्यु पश्चात सञ्जय गाँधीको पार्थिव शरीरलाई एकातिर राखिएको थियो भने सुभाष सक्सेनाको पार्थिव शरीरलाई अर्कोतिर। सञ्जयको मृत्युको खबर सुनेर छोराको ‘अन्तिम दर्शन’ गर्न हिंडेकी इन्दिरा गाँधी पहिले सुभाषको अन्तिम दर्शन गर्न पुगेकी थिन। सुभाषको पार्थिव शरीर नजिक पुगेकी थिन। सुभाषको अन्तिम दर्शन गरेर, उनको परिवारका सदस्यहरूलाई समवेदना व्यक्त गरेर, पछि मात्र आफ्नओ छोरा सञ्जयको अन्तिम दर्शन गर्न पुगेकी थिन।

इन्दिरा गाँधीको यस किसिमको धैर्यताले विभिन्न व्यक्तिहरूलाई आश्चर्य चकित तुल्याएको थियो। त्यस्तो किन गरेको भनी केहीले इन्दिरा गाँधीलाई प्रश्न पनि गरेका थिए। “सञ्जयको मृत्युले म जति दु:खी छु, सुभाषको मृत्युले पनि उनका परिवारका सदस्यहरू त्येतिकै दु:खी छन।” इन्दिराले प्रश्नकर्तालाई भनेकी  थिन। छोरा सञ्जयको पार्थिव शरीरलाई पहिले अन्तिम दर्शन नगरेर इन्दिरा गाँधीले ठूलो धैर्यता प्रदर्शन गरेकी थिन।

इन्दिरा गाँधी हठि स्वभावकी जति थिन त्येतिकै धैर्यवान स्वभाव की पनि थिन।

धैर्य महत्त्वपूर्ण छ। याद राख्नुस: एक गाग्री थोप थोपा हालेर भरिन्छ। भगवान् बुद्ध

There can be no progress unless people have faith in tomorrow.  John F. Kennedy
There’s no plance like hope.  Kobi Yamada

The Formulas of Success Part 17


खुसीपूर्वक बाँच्ने प्रयास गर्नु

सुत्र - १७

जीवन कला हो, जीवन विज्ञान होइन

विज्ञानको नियम हुन्छ र निर्धारित नियम अनुसार विज्ञान चल्छ। पानी जहिले पनि उँचो स्थानबाट तल्लो स्थानमा बग्छ। रूखमा फलेको आँप पाके पछि भूइँमा झर्छ, आकासतिर (जाँदैन) झर्दैन। पानीको आफ्नो निश्चित आकार हुँदैन। जस्तो भाँडोमा पानी राख्यो सोही भाँडो अनुरुपको आकार पानीले ग्रहण गर्छ। आगो स्वयं उत्पन्न हुँदैन। आगो उत्पन्न गर्न कुनै माध्यम (कपास, तेल, काठ आदि) अवश्य चाहिन्छ। यस्तो विज्ञानको नियमले गर्दा भएको हो। विज्ञानको आफ्नो निर्धारित नियमहरू छन। हरेक विहानी सूर्यदय हुनु विज्ञानको नियम हो। कसैले जति बल गरे पनि विहान (हुन) लाई उसले रोक्न सक्दैन। विज्ञानको नियम अनुसार २+=४ हुन्छ। ५ हुँदैन। कसैले जति सुकै बल प्रयोग गरे पनि ५ हुन सक्तैन।

तर जीवन विज्ञान होइन। जीवन एक कला हो। जीवन निर्धारित नियम अनुसार चल्दैन। उल्टो जीवनले समय समयमा विभिन्न किसिमका नियमहरू निर्माण गर्छ। जीवनको गणितमा २+=३ हुन सक्छ। ५ पनि  हुन सक्छ। जीवन कला भएकोले नै गौतम बुद्धले राजा हुने औसर त्यागेर भिक्षु हुने बाटो रोजे। भिक्षु भएर हिंडे। तर अन्य राजकुमार वा युवराज राजा भए। गौतम बुध्दले राजकुमारहरू राजा हुने नियम तोडे। यसरी उनले २+=३ हुन्छ, भनेर देखाइ दिए। अरू राजकुमारहरूले राजा भएर २+=४ हुन्छ भन्ने नियमलाई माने।

भारतीय इतिहासका एक प्रमुख पात्र मुगल युवराज सलिम, जो पछि सम्राट जहाँगीर (जन्म ३१ अगष्ट १५६९ मृत्यु २८ अक्टोबर १६२७) को नामले प्रख्यात भए, ले आफ्नो दरबार भित्रकी एक दासी युवती (अनारकली) सँग प्रेम गरेर राज परिवारले राज परिवारमा नै विवाह गर्नु पर्छ भन्ने मान्यता मात्र तोडेनन, साथै प्रेमले राजकुमारी र दासी बीचमा अन्तर देख्दैनन, केवल मन देख्छ भन्ने कुरा व्यवहारद्वारा प्रदर्शित गरेर प्रमाणित गरि दिए। उनले पनि दुई जोड दुई चार मात्र हुन्छ भन्ने विज्ञानको नियमलाई भत्काइ दिए।

माथिका वर्णनन् हरू जीवन एक कला हो भन्ने मान्यता पुष्टि गर्नका लागि प्रस्तुत गरिएका हुन। जीवन कला भएकोले नै आफ्नो ज्ञानको प्रयोग गरेर जहिले पनि सुखसँग बाँच्ने प्रयास गर्नु पर्छ। जसरी एउटा बगैचामा विभिन्न फूलहरू रोपेर, रंगी बिरंगी फूल फुलाएर, बगैचा सुन्दर, मोहक र आकर्षक तुल्याउन सकिन्छ त्यसैगरी विभिन्न कार्यहरू गरेर यो जीवनलाई सुखी तुल्याउन सकिन्छ।
केवल भौतिक सम्पत्तिले मात्र जीवन सुखमय हुन्छ भन्ने मान्यता गलत हो। गरिबीमा पनि व्यक्तिहरू खुसीपूर्वक बाँच्न सक्छन भने ज्यादै धन सम्पत्ति भएको व्यक्तिहरूको मनमा एक पल पनि शान्ति नभएको हुन सक्छ।

सम वा विषम, सरल वा कठिन जस्तो किसिमको अवस्थामा पनि प्रशन्नतापूर्वक बाँच्न सक्ने व्यक्ति सहजै सफल हुन सक्छ। अर्थात सफल हुने व्यक्तिमा सुखमय सँग बाँच्ने जीवनकला हुन आवश्यक छ। अर्को शब्दमा भन्ने हो भने हरदम सुखमय रहने कुनै व्यक्तिको मनोविज्ञानले उक्त व्यक्तिलाई सफल हुन सहयोग पुर्याउँछ। तर अब प्रश्न उठ्छ हरपल कसरी मनलाई प्रशन्न राख्ने? कसरी जुन बेला पनि प्रशन्न रहन सक्ने? मनलाई प्रशन्न राख्ने दुई तरिकाहरू बारे तल वर्णनन्  गरेको छु। अर्थात यी कार्यहरू गरेर, वा यसरी मनलाई हरफल प्रशन्न राख्न सकिन्छ।    

     ((क) उपलब्धि बढाएर 

आकांक्षा, उपलब्धि, सन्तुष्टि व्यक्तिहरूमा रहेका यस किसिमका मनोवैज्ञानिक स्थितिहरू हुन जसलाई संख्याद्वारा नाप्न र व्यक्त गर्न सकिंदैन। तर आंकाक्षां, उपलब्धि र सन्तुष्टिलाई एक अर्कासँग तुलना भने गर्न सकिन्छ। माथिको चित्रमा कुनै एक व्यक्तिको उपलब्धि, आकांक्षा र सन्तुष्टि देखाइएको छ। केवल बुझ्न सजिलो पार्नका लागि व्यक्तिको आकांक्षा, उपलब्धि र सन्तुष्टिलाई संख्यामा व्यक्त गरिएको छ। र आकांक्षा र उपलब्धि बीच तुलना गरेर सन्तुष्टि हेर्न खोजिएको छ।  
यो उदाहरण चित्रमा व्यक्तिले जति आकांक्षा राखेको छ त्यो आकांक्षाको तुलनामा धेरै उपल्बधि हासिल गरेको छ। उसले आकांक्षा भन्दा जति बढी उपल्बधि हासिल गरेको छ ऊ त्येति नै बराबर सन्तुष्ट छ। मानौ त्यो व्यक्तिले ८० प्रतिशत आकांक्षा गरेको थियो, चित्रमा त्यस्तै देखाइएको छ। उपलब्धि भने उसले सत प्रतिसत हासिल गरेछ। यो स्थितिमा, त्यो त्यक्तिमा २० प्रतिसत बराबर सन्तुष्टि रहेको छ। यो स्थिति व्यक्ति सन्तुष्ट रहेको स्थिति हो। सुखद मनोवैज्ञानिक स्थिति हो।
अर्को स्थितिमा, यो व्यक्तिले (यदि चाहन्छ भने) सुन्तुष्टिको मात्रा बढाउन उपलब्धि पनि बढाउँदै लग्नु पर्छ। यसैगरी (यदि) उसको आकांक्षाको तुलनामा उपलब्धि क्रमिक रूपमा कम हुँदै गएमा त्यो व्यक्तिमा रहेको सन्तुष्टि पनि क्रमिक रूपमा त्यसै अनुपातमा कम हुँदै जान्छ। तर उक्त व्यक्ति अहिलेको स्थितिमा (बिस प्रतिसत बराबर) जति सन्तुष्ट छ र उसले त्येही सन्तुष्टिको अनुपातलाई कायम राख्न चाहन्छ भने उसले अहिले रहेको आकांक्षा र उपलब्धीको सन्तुलनलाई कायम राख्नु पर्छ।
यदि व्यक्तिले उपलब्धि घटाउँदै गएको छ भने सोही अनुपातमा (स्थितिमा सन्तुलन ल्याउन) उसले आकांक्षा पनि घटाउँदै लग्नु पर्छ। यस्तो गरेमा व्यकति सन्तुष्ट रहन्छ र उ भित्र नैराष्यता उत्पन्न हुन पाउँदैन। यो तरिका वा यसरी गरेर कुनै व्यक्तिले आफूलाई हरदम प्रशन्न राख्न सक्छ वा आफ्नो जीवन निराशाको कुप्रभावबाट जोगाउन सक्छ। हरदम सन्तुष्ट रहनका लागि उपलब्धिलाई आकांक्षा जतिकै पार्न पर्छ।
  
(ख) आकांक्षा घटाएर

माथिको चित्रमा भने स्थिति पृथक छ। माथि देखाइएको चित्रमा व्यक्तिले जति आकांक्षा गरेको छ त्यसको तुलनामा उसले कम उपलब्धि हासिल गरेको छ। ऊ निराशाको स्थितिमा छ। कति निरास छ भन्ने कुरा यस चित्रमा मापन गर्न खोजिएको छ।

मानौ, उक्त व्यक्तिले एक सय प्रतिसत आकांक्षा गरेको छ, माथिको चित्रमा त्यस्तै देखाइएको छ। तर उसले केवल ८० प्रतिसत मात्र उपलब्धि हासिल गरेको छ। यसरी आकांक्षाको तुलनामा उसले जति कम उपलब्धि हासिल गरेको छ त्येही कम उपलब्धि बराबर उक्त व्यक्तिमा नैरास्यता रहने छ। माथिको काल्पनिक स्थितिमा उक्त व्यक्ति २० प्रतिसत बराबर नैरास्यताको स्थितिमा छ। यो स्थितिमा, उसले (यदि) नैराश्यता घटाउन चाहेमा आकांक्षाको तुलनामा उपलब्धि बढाउनु पर्ने हुन्छ।  
माथिको स्थितिमा, उक्त व्यक्तिसँग अनेक विकल्पहरू उपलब्ध छन्। यदि व्यक्तिले उपलब्धि बढाउन चाहँदैन भने उसले वर्तमानमा रहेको उसको आकांक्षाको मात्रा घटाएर, त्यसलाई उपलब्धि बराबर तुल्याएर, आफूलाई सन्तुलनको स्थितिमा राख्न सक्छ। अर्थात आकांक्षा (उपलब्धिको तुलनामा) घटाउनु पनि सन्तुष्टि तर्फ उन्मुख हुनु हो। वा उपलब्धि (आकांक्षाको तुलनामा) बढाउनु पनि सन्तुष्टि तर्फ उन्मुख हुनु हो।

(ग) सन्तुलनको स्थिति

माथिको चित्रमा देखाइएको स्थितिमा व्यक्ति सन्तुलनको स्थितिमा छ। सन्तुलनको स्थितिमा किन र कसरी छ भने यो उक्त व्यक्तिले जुन परिमाणमा अपेक्षा गरेको छ सोही परिमाणमा उसले उपलब्धि पनि हासिल गरेको छ। यसरी उसको आकांक्षा र उपलब्धि समान रहेकोले ऊ सन्तुलनको स्थितिमा छ। तर उक्त व्यक्तिले (यदि ) उपलब्धि घटाएमा उसको घटे जतिको उपलब्धि बराबर नैराश्यता बढेर जानेछ। अर्को स्थितिमा, उक्त व्यक्तिले (यदि) वर्तमानको उपलब्धिको अनुपातमा वृदधि गरेमा जुन अनुपातमा उपलब्धिमा वृद्धि हुन्छ सोही अनुसार उसको सन्तुष्टिमा पनि वृद्धि हुन्छ।

निष्कर्ष: व्यक्तिले जहिले पनि आफूलाई सन्तुलनको स्थितिमा राख्ने प्रयास गर्नु पर्छ। आफ्ना क्रियाकलापहरुलाई सन्तुलन प्राप्तिको दिशातर्फ निर्देशित गर्नु पर्छ।

यसरी कुनै पनि व्यक्ति कुन स्तरमा सन्तुष्ट  वा नैरास्य हुन्छ भन्ने कुरा उसले राखेको आकाक्षा र उसले प्राप्त गरेको उपलब्धिको अन्तर्क्रिया द्वारा निर्धारित हुन्छ। व्यक्तिलाई सन्तुष्ट वा निरास पार्नमा स्वयं व्यक्तिभित्र रहेको आकांक्षा पूरा गर्ने दृढ्ता र आफूलाई सन्तुष्ट राख्न सक्ने उसको क्षमता (उपलब्धि) मा निर्भर गर्दछ। र व्यक्ति जुन अनुपातमा सन्तुष्ट रहन्छ त्येही अनुपातमा उसले सफल हुनका लागि चाहिने ऊर्जा प्राप्त गर्दछ। अर्थात सफल हुनका लागि कुनै पनि व्यक्तिले ऊर्जा सन्तुष्टिबाट प्राप्त गर्दछ। सन्तुष्टि जीवन-ऊर्जा हो। हाम्रो जीवनमा सन्तुष्टिको भूमिका अत्यन्त महत्वपूर्ण छ। सन्तुष्टिले जीवन यापनलाई सरल तुल्याउँछ। सन्तुष्टिले व्यक्तिलाई सुखी पार्छ।
अनेक किसिमका सुख, सुविधाहरू पाउन सक्षम हुनु अर्थात धनी हुनु एउटा कुरा हो भने सन्तुष्ट हुनु वा खुसी हुनु अर्को कुरा हो। हरेक सन्तुष्ट व्यक्ति धनी हुनु आवश्यक छैन। यसैगरी हरेक धनी व्यक्ति सन्तुष्ट हुनु आवश्यक छैन। तर सन्तुष्ट व्यक्ति सुखी हुन्छ र त्यसरी प्राप्त भएको सुखले उसलाई सफल तुल्याउँ छ। यो भने निश्चित कुरा हो।

कुनै पनि व्यक्तिले आफ्नो जीवनकाल भरि आफूले राखेको महत्वाकांक्षा र त्यो महत्वाकांक्षालाई पुरा गरिने उपलब्धिसँग क्रिया गर्छ। जसले महत्वाकांक्षा र उपलब्धि बीच एक राम्रो सन्तुलन कायम गर्छ उसले यथार्थमा सन्तुष्टि प्राप्त गर्छ र त्यो सन्तुष्टिले उसलाई सफल हुन सहयोग पुर्याउँछ।

निष्कर्ष: सफल हुनका लागि सन्तुष्ट हुन आवश्यक छ।

तर कुनै व्यक्तिले आंकाक्षा भने ज्यादै बढी राख्छ र आकांक्षा राख्ने कार्यलाई केवल सोंचाइमा मात्र सीमित राख्छ तथा आकांक्षा पूरा गर्न क्रियाहरू गर्दैन भने त्यस किसिमको व्यक्तिलाई केवल नैराष्यता वा लघुताभाष (Inferiority complex) मात्र हात लाग्छ। कुनै पनि व्यक्तिले जन्म लिंदा नै लघुताभाष भावना लिएर आएको हुँदैन। सामाजिक परिवेश र व्यक्ति स्वयंको मनोविज्ञानले लघुताभाष सृजना गराउँछु। र खास गरी उच्च महत्वाकांक्षा राख्ने तर त्यो महत्वाकांक्षा पुरा गर्न ठोस कार्यहरू नगर्ने व्यक्तिमा लघुताभाष भाव अति उच्च हुन्छ।

(घ) जीवनमा सन्तुष्ट रहनका लागि केही सुझावहरू

यदि तपाइँ असामान्य परिस्थितिको पनि समना गर्न सक्नु हुन्छ र सानो सानो कुराले तपाइँलाई घोच्दैन भने र समुन्द्र जत्तिकै शान्त हुनु हुन्छ भने ठीक छ तर स्थिति पृथक छ, अरूले भनेको सानो कुराले पनि तपाइँलाई घोच्छ भने कृपया निम्न कार्यहरू नगर्नु होस। र यदि गर्नु भएको छ भने भने आफूमा परिवर्तन ल्याउनु होस। आफूलाई उदार तुल्याउनु होस।

·         आफू ज्यादै गरिब हुनु हुन्छ भने ज्यादै धनीहरूलाई साथी नबनाउनु होस। तपाइँका धनी साथीहरू तपाइँलाई नहेप्ने स्वभावको भएता पनि तपाइँलाई म गरिब भएको कारणले मेरा धनी साथीहरूले मलाई इज्जत दिंदैनन भन्ने मनोविज्ञानबाट ग्रसित रहनु हुनेछ।

·         आफू भन्दा ज्यादै पढे लेखेको व्यक्तिसँग विवाह नगर्नु होस। तपाइँको जोडीले तपाइँलाई असल व्यवहार गरेता पनि तपाइँ म कम पढेलेखेको भएकोले नै मेरो पति वा पत्नीले मलाई कदर नगरेको मनोविज्ञानबाट ग्रसित हुनु हुनेछ।

·         आफू भन्दा ज्यादै सुन्दर व्यक्तिसँग विवाह नगर्नु होस। तपाइँको जोडीको व्यवहार असल भएता पनि मेरो पति वा पत्नीले मलाई नराम्रो ठानेर हेप्ने गरेको छ भन्ने मनोविज्ञानबाट पीडित हुनु हुनेछ।

·         ज्यादै परिश्रम गर्न तपाइँको शरीर र मनोविज्ञान दुबैले दिंदैन भने ठूला ठूला आकांक्षा नपाल्नु होस। आकांक्षा पूरा नभएमा तिनले मानिसक पीडा दिन्छन र मानसिक पीडाले मानिसमा ‘डिप्रेसन’ हुने स्थिति सृजना गराउँछ।

·         आफू ज्यादै धनी हुनु हुन्छ भने ज्यादै गरिबसँग विवाह नगर्नु होस। तपाइँ असल स्वभावको भएता पनि तपाइँको पति वा पत्नीमा मेरो मेरो पति वा पत्नीले मलाई गरिब भनेर हेला गर्ने गरेको छ भन्ने मनोविज्ञान पलाउन सक्छ र त्यो मनोविज्ञानले तपाइँलाई पीडित गर्न सक्छ।

·         आफू ज्यादै गरिब हुनु हुन्छ भने धनीहरूको बस्तिमा नबस्नुहोस। तपाइँका धनी छिमेरकीहरू असल स्वभावको भएता पनि मेरा धनी छिमेकीहरूले मलाई चाहिने जति आदर दिंदैनन भन्ने मनोविज्ञानको सिकार हुन पुग्नु हुन्छ।

·         आफू पढाइमा कमजोर हुनु हुन्छ भने गार्हो विषय न रोज्नु होस। सफल नभएमा तपाइँलाई हरपल असफल मनोविज्ञानले पिरोल्ने छ।

·         यदि तपाइँलाई ज्यादै नै अल्छी लाग्छ र कामहरू गर्न मन लाग्दैन भने ठूला ठूला महत्वाकांक्षाहरू नपाल्नुस। किनभने तपाइँको अल्छी बानीले विभिन्न कार्यहरू गर्न दिदैन र तपाइँ निरासाको शिकार बन्न पुग्नु हुन्छ।

(ङ) गीताको सन्देश

श्रमद् भगवद् गीता केवल एक धर्मशास्त्र मात्र होइन, यो एक नीति शास्त्र हो, एक दर्शन शास्त्र पनि हो। यो जीवन सुखमय तरिकाले बाँच्नु पर्छ र बाँच्ने उपायहरू यी हुन भनेर गीतामा विभिन्न अध्यायहरूमा उल्लेख गरिएका छन्। एक प्रशंगमा गीतामा उल्लेख गरिएको छ, “जे भयो राम्रो नै भयो, जे हुने छ राम्रो नै हुनेछ।” यो भनाइको आशय वा भावार्थ के हो भने हाम्रो नियन्त्रणमा सबै कुरा नभएकोले जे जति कुराहरू भइ रहेका छन तिनलाई हामीले स्वीकार गर्नु उचित हुन्छ। प्रकृतिका नियमहरूलाई हामीले नियन्त्रण गर्न सक्तैनौ र ती नियम अनुसार क्रिया हुँदा उत्पन्न हुने परिणामहरूलाई पनि हामीले नियन्त्रण गर्न सक्तैनौ। जब क्रिया र तिनका परिणामहरू हाम्रो नियन्त्रणमा छैन भने, हाम्रो नियन्त्रणमा नभएका कुराहरूका लागि हामीले किन दु:ख मान्ने? जन्म, मृत्यु, सूर्योदय, वर्षा, भूँइचालो, बाढी आदि जस्ता प्राकृतिक घटनाहरू हाम्रो नियन्त्रणमा हुँदैन। त्यसकारण नियन्त्रणमा नहुने घटना र तिनले उत्पन्न गर्ने परिणामप्रति हामी दु:खी हुनु हुँदैन। उत्पन्न भएका सकारात्मक वा नकारात्मक घटनाहरूलाई समान किसिमले स्वीकार गरेर हामीले हाम्रो जीवनलाई सुखमय तुल्याउन सक्छौ। गीतामा भनिएको छ, जो व्यक्ति ज्यादै विपत्तिमा पनि विचलित हुँदैन र ज्यादै सुखमा पनि अति नै हर्षित हुँदैन, सुख र दु:खलाई समान देख्छ, सुख र दु:ख दुबै आफ्नो नियन्त्रण भन्दा बाहिर रहेकोले त्यसलाई आफूले भोग्नुको विकल्प देखदैन, यथार्थ त्यो नै योगी हो। ऊ यसकारण योगी हो किनभने सुख र दु:ख बोध गर्ने इन्द्रियहरू माथि उसले योगद्वारा नियन्त्रण कायम गरेको छ।   

(च) जीवन दर्शन

अजगर करे न चाकरी पंक्षी करे न काम
दास मुलुका कह गए सब का दाता राम।

प्रशिद्ध कवि, दार्शनिक एवं सुधारका मुलुक भन्छन, “अजगर र पंक्षी दुबैले कुनै पनि किसिमको काम गर्दैनन तर ती दुबैलाई खाने जोहो भगवान्ले पुर्याइ दिएका छन्। अर्थात मानिसले सन्तोषसँग बाँच्ने प्रयास गर्नु पर्छ र भगवान्माथि विश्वास गर्नु पर्छ।

हुन पनि यो संसारमा ८४ लाख जीव वा प्राणधारीहरू छन्। सबैको आयु छ र सबै बाँचिरहेका छन पनि। तर अचम्म! यी ८४ लाख जीवहरू मध्ये मनुष्य मात्र एक यस्तो जीव हो जसले धनको सृजना, सङ्ग्रह, उपयोग गर्दछ। बाँकि अरू प्राणीहरूलाई धनप्रति कुनै चाँसो छैन। धन सञ्चय गर्ने इच्छा पनि छैन। यसैगरी मनुष्य मात्र एक यस्तो प्राणी हो जसले जीविकाको लागि कार्य गर्दछ। कृषि कार्य गर्छ, बाली लगाउँउछ, अन्न उत्पादन गर्छ। गरिएको उत्पादन सञ्चय गरेर भविष्यका लागि राख्छ। र त्यही सञ्चयको आधारमा धनी र गरिब कहलिन्छ। मानिसलाई नै रूपैया, पैसा, सुन, चाँदी बैंक आदि चाहिएको छ। तर अरू प्राणीहरूलाई केही पनि चाहिएको छैन। अरू प्राणीहरूले भविष्यका लागि सञ्चय पनि गर्दैनन। ती प्राणीहरूले खेति गृहस्थी नगरे तापनि उनीहरूको गुजारा चलेको नै छ। भगवान्ले सबैको लागि अन्न वा खानेकुरा उपलब्ध गराइ दिएका छन। बरू मानिसले धन (रुपैंया) को आविष्कार गरेर उल्टो आफ्नै सृजना (रुपैया) दवारा दु:ख पाएको छ। संसारिक दु:ख (जीवन-मृत्यु) बाहेक थप दु:ख मनुष्य स्वयंले नै सृजना गरेको हो।  

Monday, June 11, 2018

The Formulas of Success Part 16

नडराइ समस्याको सामना गर्नु

सुत्र १६

“आए है हम दुनिया मे जिना हि पडेगा, जीवन है अगर जहर तो पिना हि पडेगा।” नडराइ समस्याको समाधन बारेको बयान यस पक्तिबाट शुरू गर्न चाहन्छु। यस पक्तिको शाब्दिक अर्थ हो, यो संसारमा आए पछि बाँच्नु नै पर्छ, यदि जिन्दगी विष हो भने पनि पिउनु नै पर्छ।”

माथिको पङतिको भावार्थ के हो भने यो जिन्दगीमा जस्तो किसिमको दु:खलाग्दो, डरलाग्दो, जटिल, निरस अवस्था आए पनि त्यस किसिमको अवस्थाको समना गर्नु नै पर्छ। समस्यासँग डराएर भाग्नु वा पन्छिन खोज्नु भन्दा समस्याको सामना गर्नु उत्तम हो।

समस्याबाट डराएर भाग्नु भन्दा आइ परेको समस्याको समाधान गर्नका लागि उत्तम तरिका वा विकल्प कुन हो त्यसको खोजी गर्नु पर्छ। अपवाद बाहेक हरेक समस्याले समाधन पनि साथै लिएर आएको हुन्छ। कुनै पनि समाधान नभएको समस्या केवल मृत्यु हो। साथै यस्तै केही अन्य उदाहरणहरू पनि छन। मृत्यु समाधान विहीन समस्या भएता पनि मृत्युलाई छल्ने वा टार्ने बाटाहरू पनि खोजिएका छन्। अर्थात क्यान्सर, हेपेटाइटिस बी, किडनी फेल्युर जस्ता रोगहरूसँग लड्ने औषधीहरूको आविष्कार गरिएका छन् जसको सेवनले आयुलाई लम्ब्याउन वा मृत्युलाई टाल्न सकिन्छ। एक किसिमले मृयुको पनि अस्थायी समाधान खोजिएको छ।

जसरी धेरै सम्पत्ति (पैसा) छ भने जीवनलाई सुखमय र सरल तुयाउने अनेक भौतिक वस्तुहरू खरिद गर्न सकिन्छ त्यसैगरी मानसिक सुख पाइने सबै किसिमका आनन्द (परिस्थिति) हरू प्राप्त गर्न सकिंदैन। यस्तो किन हुन्छ भने हाम्रो जीवनलाई प्रभावित गर्ने सबै घटनाहरू हाम्रो नियन्त्रणमा भित्र हुँदैनन। धरै घटनाहरू स्वतन्त्र किसिमका हुन्छन र ती घटनाहरूले निर्माण गरेको परिस्थिति अनुसार हामी चल्नु पर्ने हुन्छ। लोकप्रियता, सत्ता, सक्ति, कानून, पद, जुन सुकै कुरा द्वारा अति बलियो रहेको व्यक्तिलाई पनि समस्याले पन्छ्याउँछ नै। समस्याले कसैलाई पनि तिमी अति शक्तिसाली छौ भनेर छाडदैन। बीरेन्द्र (राजा), विधान, कानून, परम्परा (राजसंस्था) सबै तत्वहरू हातमा भएर निकै शक्तिसाली थिए। उनी राजा थिए, बाँकि सबै देशबासी उनका प्रजा थिए। तर उनी जस्ता शक्तिसाली व्यक्तिलाई पनि समस्याले छाडेको थिएन। उनको छोरा (युवराज) दीपेन्द्र उनको नियन्त्रणमा थिएनन्। दीपेन्द्र आफ्नो मनोमानी ढगले चल्ने गर्थ्ये। समाचारहरूमा उल्लेख भए अनुसार दीपेन्द्रले नै आफ्ना पिता, माता, भाइ, बहिनी लगायत अन्यहरूको पनि हत्या गरे। राजा बीरेन्द्र ठूलो समयस्या (छोरा आफ्नो नियन्त्रणमा नहुनु) को सिकार हुन पुगे। देशलाई निर्दैशित, अनुशासित गर्ने (राज परम्परा अनुरूपको शक्ति) व्यक्तिले आफ्नो छोरालाई अनुशासनमा राख्न सकेनन। राजा बीरेन्द्रको ठूलो समस्या (अनियन्त्रित छोरा दीपेन्द्र) ले उनको वंशको नै  June 1, 2001 मा विनास गर्यो। जुन इतिहासमा “राज दरबार हत्या काण्ड” को नामले चर्चित छ।

नेपालका शाह वंशीय राजा सुरेन्द्र बिक्रम शाहले राज गद्दी प्राप्त गर्न आफ्ना पिता राजेन्द्र बिक्रम शाह (3 December 1813 - 10 July 1881) लाई जेलमा हालेका थिए। पछि जेलमा नै राजेन्द्रको मृत्यु भयो। केही इतिहासकारहरूको भनाइ अनुसार राजेन्द्रलाई जेल (घरमा नजरबन्द गर्न) हाल्न जङ्गबहादुरले सुरेन्द्रलाई दबाब दिएका थिए। यस्तो गरेर जङ्गबहारदुरले सत्ता प्राप्त गर्ने षडयन्त्र रचेका थिए।

(क) समस्याले कसलाई छाडेको छ र?

भारतका मुगल खान्दानका राजा शाह जहाँ (5 January 1592  – 22 January 1666) लाई उनका छोरा औरङ्जेब ( 3 November 1618 – 3 March 1707)) ले राजगद्दी प्राप्त गर्न जुलाई 1658 मा आफ्नै दरबार (आगरा किल्ला) भित्र जेलमा राखेका थिए। जेलमा नै शाह जहाँको जुलाइ 1666 मा मृत्यु भयो। औरङ्जेबले आफ्ना पितालाई जेलमा हालेर राजगद्दी मात्र प्राप्त गरेनन्, साथै पितालाई जेलमा हालैकै दिन (31 July 1658) आफैले श्रीपेंच लागाएर आफूलाई “आलमगीर” घोषणा गरे। सत्ता प्राप्त गर्नका लागि शाह जहाँका चार छोराहरूमा ठूलो मारकाट भएको थियो। पछि सो युद्ध औरङ्जेबले जितेका थिए। समस्याले त शाह जहाँलाई पनि पन्छ्याएको रहेछ। होइन र?

(ख) समस्यामा परेका भगवान् श्रीकृष्ण

पौराणिक युगमा जाऔ। भगवान् कृष्णले समेत पनि समस्या बेहोर्नु परेको थियो। एक पटक यादव वंशीयहरूमा भीषड युद्ध मच्चियो। त्यो मारकटमा एकले अर्कोको हत्या गर्दा सबै मारिए। युद्धदेखि विरक्त भएर एक रुखको तल एउटा खुट्टा माथि अर्को खुट्टा राखेर, खुट्टा हल्लाउँदै गरेर, कृष्ण बसेका थिए।

पर बाट कुनै सिकारीले मृग देखे छ। त्यो सिकारीले मृगमा माथि वाण प्रहार गरेछ। यथार्थमा त्यो मृग नभएर कृष्णको हल्लिरहेको खुट्टा थियो छ जसलाई सिकारीले मृग ठानेर प्रहार गरेको थियो। त्यो बाणले कृष्णको शरीरमा गहिरो घाउ पर्यो। त्यो घाउको पीडा र असरबाट नै कृष्णको मृत्यु भयो। मानव-शरीरधारी भगवान् श्रीकृष्णले पनि समस्या भोग्नु परेको थियो।   

(ग) वनबासी बने राम चौंध भुवनका पति

एउटा उखान वा भनाइ, “वनबासी बने राम चौंध भुवनका पति” समाजमा निकै प्रचलित छ। भगवान् रामले पनि समस्या बेहोर्नु परेको थियो। पिता दसरथको वचन राख्न, पिताको आज्ञा पालन गर्न उनले १४ वर्ष जङ्गलमा जोगीको झै जीवन बिताउनु परेको थियो। त्यति मात्र होइन, नव विवाहित पत्नी सीतालाई पनि साथमा वन लग्न बाध्य हुनु परेको थियो। राजा राम चौध भुवनका पति थिए। अर्थात राजा राम ज्यादै ठूलो र अति शक्तिसाली देशका राजा थिए।  

अर्कोतिर, रामका पिता दसरथले समस्याबाट पिल्सिएर अर्थात पुत्र (राम) वनबास गएको शोकमा देह त्याग गर्नु परेको थियो, मृत्यु वरण गर्नु परेको थियो। राजा दसरथले पनि समस्या बेहोर्नु परेको थियो। समस्याले राजा दसरथलाई पनि छाडेन। र त्यो समस्या (जुन कैकयीलाई दिएको वचन अनुसार रामलाई वनवास पठाएर उत्प्न्न भएको स्थिति) ले नै दसरथको प्राण लियो।  
कतिपय व्यक्तिहरूमा समस्या आउनासाथ अत्तिने प्रकृति हुन्छ। त्यस किसिमका व्यक्तिहरूले समस्या समाधानतिर समय खर्च गर्नुको साटो आत्तिनमा नै बढी समय बरवाद गरेको देखिएको छ। उदाहरणको लागि कुनै व्यक्तिको सडक दुर्घटना वा यस्तै किसिमको विपत्तिमा अङ्गभङ्ग भएको छ भने त्यहाँ (दुर्घटना स्थलमा) रोइ कराइ गर्नुको साटो दुर्घटनामा परेको व्यक्तिलाई यथासिघ्र् अस्पताल पुर्याउने तिर लाग्नु प्रभावकारी र उचित व्यवस्थापन हो।

समस्याले कसैलाई पनि छाड्दैन भनेर प्रख्यात साहित्यकार निदा फजलीको कविताले पनि भन्छ। उनको कविता यस प्रकार छ,

“कभी किसी को मुकम्मल जहाँ नहीं मिलता
कहीं जमीन कहीं आसमान नहीं मिलता”

(भावार्थ: यो संसारमा कसले सम्पूर्ण सुख प्राप्त गरेको छ र? कसैलाई केही कुराको सुख छ भने अर्को कुराको दु:ख छ। हरेकले समान किसिमले सुख र दु:ख भोग्नु परेको छ।)

बुझा सका है भला कौन वक़्त के शोले
ये ऐसी आग है जिसमे धुआँ नहीं मिलता

(भावार्थ: समयको परिवर्तन र असरलाई कसले रोक्न सकेको छ र? मानिस यति कमजोर छ कि समयको निर्दैशनमा हिंड्नु बाहेक ऊ सँग अन्य कुनै विकल्प नै छैन। सयमले दिने गहिरो चोटलाई सबैले सहन गर्नु नै पर्छ किन भने समय कसैको नियन्त्रणमा छैन।)

प्रख्यात कवि, गीतकार एवं उपन्यासकार निदा फजलीको जन्म १२ अक्टोबर १९३८ मा भारतको दिल्लीमा भएको थियो। मृत्यु ८ फेब्रुअरी २०१६ मा भारतको मुम्बईमा भएको थियो।

(घ) समस्या के हो?  

मानिसले सोंचो अनुसारको परिस्थिति न हुनु समस्या हो। वातावरणमा हुने विभिन्न क्रियाहरू सोंच अनुसार नहुन समस्या हो। नचाहेको घटना हुनु र त्यस घटनाले व्यक्तिलाई आर्थिक क्षति वा मानिसक चोट पुग्नु समस्या हो। प्राय: समस्या विना अनुमान एवं कार्यको सिलासिलामा आउने गर्दछ। कुनै एक व्यक्तिले जति बढी कार्य गर्यो त्यति नै बढी समस्याहरू आउने गर्दछ, र उसले त्यति नै बढी समस्याहरूको सामना गर्नु पर्छ। केही न गर्ने भन्दा बढी क्रियाशील व्यक्तिले धेरै समस्याहरू भोग्नु पर्ने हुन्छ। यो कारणले गर्दा नै सत्तामा नभएका नेता भन्दा सत्तामा भएका नेताहरूको बढी आलोचना हुन्छ। हुन पनि सत्तामा भएका नेताहरूले सरकारको निर्दैशन अनुसार विभिन्न कार्यहरू गर्नु पर्ने हुन्छ।

समस्या केवल भौतिक वस्तु अपेक्षा गरे अनुसार प्राप्त नभएमा मात्र उत्पन्न हुने होइन। समस्या अभौतिक वस्तुसँग पनि सम्वन्धित छ। कुनै व्यक्तिले कसैबाट अपेक्षा गरे अनुसारको सम्मान वा प्रेम पाउने सकेन भने त्यस किसिमको अनुभवलाई उक्त व्यक्तिले समस्याको रूपमा लिन सक्छ। कुनै समस्याले केवल एक व्यक्तिलाई मात्र प्रभावित गर्छ भने कुनै समस्याले वहुसंख्यक व्यक्तिलाई प्रभावित गर्छ।

तर अर्को रोचक कुरा के छ भने समस्याले व्यक्तिहरूलाई अनुभवी, साहसी एवं रचनात्मक स्वभावको तुल्याउँछ। समस्याले व्यक्तिको वौद्धिक क्षमता वृदधि गर्छ नै, साथै धैर्य धारण गर्ने दक्षता पनि अभिवृदधि गर्छ। त्यसकारण केही परिस्थितिहरूमा, समस्या आउनु वा आइरहनु राम्रो पनि हो।  

(ङ) समस्या कसरी उत्पन्न हुन्छ?

वातावरणमा विभिन्न किसिमका क्रियाहरू हुन्छन। केही बाहेक अन्य क्रियाहरू कुनै पनि व्यक्तिको नियन्त्रण भन्दा बाहिर हुन्छ। व्यक्तिले वातावरणमा हुने क्रियालाई नियन्त्रण गर्न नसक्ने हुनाले समस्या उत्पन्न हुने गर्दछ। समस्या अनियन्त्रित घटनाहरूको नकारात्मक परिणाम हो।  

जीवनसँग सम्बन्धित सबै घटनाहरू केवल व्यक्तिले चाहेको दिशातर्फ मात्र गमन गर्दैन। अर्कोतिर प्रत्येक व्यक्तिले चाहन्छ घटनाहरू केवल उसले चाहेको दिशातर्फ मात्र गमन गरोस। यसरी व्यक्तिले एक किसिमले सोंच्छ भने घटना विपरित दिशा तर्फ गमन गर्छ। यसरि समस्या उत्पन्न हुन्छ। कुनै पनि व्यक्तिले चाहेको दिशातर्फ मात्र सबै घटनाहरू गमन गर्ने नभएता पनि व्यक्तिले त्यस्तो होस भन्ने चाहन्छ र त्यस्तो नभए पछि पीडा बोध गर्छ। मेरो शरीरमा कुनै पनि किसिमको रोग उत्पन्न नहोस भन्ने मेरो चाहना कुनै पनि हालतमा पूरा हुन सक्तैन। मैले असल खानेकुरा खाएर र स्वस्थ्य जीवनशैली बाँचेता पनि मलाई रोग लाग्न सक्छ किनभने यदि मैले पूर्खाहरूको कमजोर जिन लिएर आएको छु भने त्यतो जिनले मलाई बिरामी पार्न सक्छ। यसरी म बिरामी हुने स्थितिलाई मैले नियन्त्रण गर्न सक्तिन। तर पनि म चाहन्छु मेरो जीवनमा मेरो वरिपरि घटित घटनाहरूको परिणाम मेरो पक्षमा होस। मेरो यो चाहना नै समस्या वा दु:खको कारण हुन पुग्छ।  
प्रत्येक व्यक्तिको लागि समस्या वा दु:ख उसको जीवनको एक अभिन्न अङ्ग हो।

(च) समस्याग्रस्त इन्दिरा गाँधीको जीवन

समस्याले कसैलाई पनि छोडेको छैन र छोड्दैन पनि। व्यक्ति जस्तो शक्तिसाली भएता पनि उसले आफूलाई समस्या विहीन तुल्याउन सक्दैन। त्यस्तै स्थिति भारतको प्रम इन्दिरा गाँधीमा देखिएको थियो। इन्दिरा गाँधीको परिवारबाट तिन जनाको अकाल मृत्यु भएको थियो। इन्दिरा गाँधी र उनको जेठो छोरा राजीव गाँधीको हत्या भएको थियो भने उनको कान्छो छोरा सञ्जय गाँधीको मृत्यु एक हवाइ दूर्घटनामा भएको थियो। तिनै जनाले दीर्घ जीवन प्राप्त गर्न सकेनन्। के यो समस्या सानो तिनो हो?

(छ) इन्दिरा गाँधीको हत्या

गणतन्त्र भारतको तेस्रो प्रधान मन्त्री इन्दिरा गाँधीको हत्या ३१ अक्टोबर १९८४ मा नया दिल्लीको सफदरजङ्ग रोड स्थित उनको निवासमा एको थियो। गाँधीको हत्या उनका दुई अंगरक्षहरू; सतवन्त सिंह र बेअन्त सिंहले गरेका थिए। जुन १९८४ मा इन्दिरा गाँधीले अमृतसर स्थित ‘गोल्डेन टेम्पल’ मा भारतीय सेनादवारा ‘अपरेशन ब्लू स्टार’ (सैनिक कार्यवाही) गर्न लगाएकी थिन। त्यस कार्यवाही बाट उक्त मन्दिरमा ठूलो क्षति भएको थियो। त्यो कार्यवाहीबाट रुष्ट भएका उनका अंगरक्षकहरूले हत्या गरेको खबर प्रकाशमा आएको थियो। सतवन्त सिंहलाई ६ जुन १९८९ मा नया दिल्ली स्थित तिहाड जेलमा फांसी दिएर मृत्यु दण्ड दिइएको थियो भने बेअन्त सिंहको मृत्यु इन्दिरा गाँधीका अन्य अंगरक्षकहरूको गोली प्रहारबाट सो घटना भएको दिनमा नै भएको थियो। कान्छो छोरा सञ्जय गाँधीलाई नियन्त्रणमा राख्न नसकेर पनि इन्दिरा गाँधीले ठूलो समस्या भोग्नु परेको थियो।

(ज) भारतमा आपतकाल घोषण

भारतीय प्रम इन्दिरा गाँधीले आफ्नो कार्यकालमा, 25 June 1975 देखि 21 March 1977 सम्म, २१ महिने आपतकाल (The Emergency) लागू गरेर ठूलो अलोकप्रियता कमाएकी थिन। आपतकाल घोषण गर्नुको प्रमुख कारण उनले ‘आन्तरिक समस्या’ उल्लेख गरेकी थिन। तर उनको बरोधीहरूको भनाई अनुसार अरुको मतको कदर नगर्ने स्वभावकी इन्दिरा गान्धीले आफ्ना विपक्षी एवं विरोधीहरूलाई जेल पठाउन एवं शक्तिहीन तुल्याउन आपतकाल घोषणा गरेकी थिन। उक्त आपतकालमा गाँधीले सयौ नेताहरूलाई जेलमा थुनेकी थिन भने प्रमको अधिकारको दुरुपयोग पनि ठूलो मात्रामा गरेकी थिन। स्वतन्त्र भारतको इतिहासमा ज्यादै विवादमा परेको आपतकालले इन्दिरा गाँधीलाई इतिहासमा नै अलोकप्रिया प्रम बनाएको थियो। आपतकालको प्रारम्भ सँगै इन्दिरा गाँधीका अनेक समस्याहरू एक पछि अर्को गरी आउन शुरू गरेका थिए। आपतकाल पछि चुनावमा इन्दिरा गाँधी नेतृत्वको भारतीय कांग्रेस पार्टीले लज्जाजनक किसिमले पराजय बेहोर्नु परेको थियो भने ‘जनता पार्टी’ को उदय अप्रत्यासित किसिमले भएको थियो।
१९ नोभेम्बर १९१७ मा जन्म भएको इन्दिरा गाँधी मृत्युको समयमा केवल ६६ वर्षकी थिन।   
Source: Wikipedia  

(झ) राजिव गाँधीको हत्या

आमा इन्दिरा गाँधीको मृत्यु लगत्तै पछि राजिव गाँधी भारतको छैठौ प्रमको रुपमा नियुक्त भएका थिए। उनको कार्यकाल सन् १९८४ देखि १९८९ सम्म रहेको थियो। आमाको मृत्यु पछिको स्थितिले, जनताको सहानभूति पाएर, प्रम भएका राजिव गाँधी ज्यादै कम उमेर (४० वर्ष) मा प्रम भएका थिए। उनी भारतको इतिहासमा ज्यादै कम उमेरका प्रम थिए।
राजिव गाँधीको मत्यु एक आत्मघाती बम विष्फोटनबाट २१ मे १९९१ मा भएको थियो। ‘लिबरेशन टिइगर्स अफ तामिल इलम’ की सदस्या, कलिलो उमेरकी एक युवती, थेनमोझी ‘गायत्री’ राजारत्नम् (उनलाई धानु पनि भन्ने गरिन्थ्यो) ले उनलाई स्वागत गर्दा आफूले बोकेकी आत्मघाती बम बिस्फोटन गरेकी थिन। गाँधीको हत्या तामिलनाडु राज्यको चेन्नाइ सहर नजिक रहेको स्थान श्रीपेरुम्बुदुरमा भएको थियो जहाँ उनी एक चुनावी सभामा सहभागी हुन पुगेका थिए। त्यस विष्फोटमा गाँधी, राजारत्नम् सहित अन्य १४ व्यक्तिहरूको मृत्यु भएको थियो।
श्रीलंकामा तामिलहरूले सञ्चालन गरेका स्वतन्त्रताको आन्दोलन दबाउन राजिव गाँधीले श्रीलंका सरकारलाई शैनिक सहयोग गरेको स्थितिबाट क्रुद्ध भएर राजारत्नम्ले गाँधीको हत्या गरेको चर्चा खबरहरूमा प्रकाशित भएको थियो।
२० अगष्ट १९४४ मा जन्म भएको राजिव गाँधीको मृत्युको समयमा उमेर केवल ४६ वर्ष थियो।

(ञ) सञ्जय गाँधी र हवाइ दुर्घटना

 सञ्जय गाँधीको मृत्यु हवाई दूर्घटनामा भएको थियो। मनोरञ्जनातमक, जोखिमपूर्ण र साहसिक किसिमले हवाई जहाज उडाउने सौख नै थियो, सञ्जय गाँधीको। अति साहसी, उदण्ड र हठी स्वभावका सञ्जयको मृत्यु २३ जुन १९८० मा भएको हवाई दुर्घटना भएको थियो। जुन हवाई दुर्घटनाम उनको मृत्यु भयो, त्यो हवाइ दुर्घटना पनि उनको अति जोखिमपूर्ण उडान अभ्यासले गर्दा नै भएको थियो। २३ जुन १९८०, जुन दिन त्यो दुर्घटना भयो, सञ्जय गाँधीले नया दिल्ली स्थित सफदरजङ्ग विमानस्थलमा जोखिमपूर्ण हवाई उडान गरि रहेका थिए। ‘दिल्ली फ्लाइंग क्लब’ को नया हवाई जहाज उनले आफ्नै कार्यालयको माथि उडाइ रहेको समयमा विमानमाथिको नियन्त्रण गुमाउन पुगेका थिए। भनिन्छ उनले ज्यादै तल (बस्तिको केही माथि मात्र) विमान चलाएको हुनाले विमान माथिको नियन्त्रण गुमेको थियो र विमान ठोकिएको थियो।
सञ्जय हठी र उदण्ड स्वभावक थिए। सञ्जय गाँधीको स्वागतका लागि विभिन्न स्थानहरूमा स्वागत द्वारहरू उनका दलका कार्यकर्ताहरूले निर्माण गरेर उनको स्वागतका लागि उपस्थित भएको समयमा ‘किन यति साँघुरो स्वागत द्वार निर्माण गरेको? यी साँघुरो भएकोले मलाई तेज गतिमा कार दौडाउन गार्हो भयो’ भनेर ती कार्यकर्ताहरूलाई उनले हप्काउँथे। १४ डिसेम्बर १९४६ मा जन्मेका सञ्जय गाँधीको ३३ वर्षको कलिलो उमेरमा मृत्यु भएको थियो।

(ट) डर के हो?

हरेक व्यक्तिमा ठिक्क (reasonable) मात्रामा डर हुन्छ। ठिक्क मात्राको डरले व्यक्तिलाई बाँच्न वा जीवन रक्षा गर्न सिकाउँछ। त्यसकारण ठिक्क मात्रामा डर हुन आवश्यक छ। तर कोही व्यक्तिमा आवश्यक वा ठिक्क मात्रामा भन्दा बढी डर हुन्छ जसले उसको जीवनलाई नराम्रो गरी प्रभावित गर्छ। आवश्यक मात्रा भन्दा बढी डर लाग्ने दुई कारणहरू हुन्छ। पहिलो, वंशाणुगत गुण। मातातिरका पुर्खाहरू र पितातिरका पुर्खाहरू बाट प्राप्त गरेको गुणबाट पनि कोही व्यक्ति ज्यादै डराउने स्वभावको हुन सक्छ। दोस्रो, वाह्य वातावरणमा घटित वा घट्ने घटनाहरूले पनि व्यक्तिलाई धेरै डराउने स्वभावको तुल्याउन सक्छ। युद्ध, महामारी, बाढी, पैरौ, भूइँचालो, आगलागी, गम्भीर रोग आदिले पनि व्यक्तिमा डराउने स्वभाव उत्पन्न गराउन सक्छ। लालन पालन र व्यक्तिले अन्तरक्रिया गर्ने परिवेसले पनि उसलाई डरपोक तुल्याउन सक्छ।

कोही कोही व्यक्ति नडराउने (अन्यको तुलनामा) स्वभावका हुन्छन। यस्तो हुन पनि उनीहरूलाई वंशाणुगत गुणले सहयोग पुर्याइको हुन्छ।

मनन योग्य कुरा त के छ भने हाम्रा स्वभावहरू र प्रकृतिलाई खास किसिमको तुल्याउनमा हामीले पाएको वंशाणुगत गुणहरुले महत्वपूर्ण भूमिका खेलेका हुन्छन। त्यसकारण, केही अवस्थाहरूमा, हाम्रो प्रकृति खास किसिमको हुनुमा केवल हाम्रो दोष हुँदैन। हामीले हाम्रा सबै कमजोरीहरूलाई आफ्नो दुर्वलता मान्नु हुँदैन। अर्थात कुनै व्यक्ति उसले पाएको वंशाणुगत गुणको कारण ऊ ज्यादै डराउने प्रवृतिको हुन पुगेको छ भने उक्त व्यक्ति त्यस्तो हुनु उसको आफ्नो दोष होइन। यो तथ्यलाई बुझेर त्यस किसिमको व्यक्तिले लघुताभाष पाल्नु उचित हुँदैन। बरू त्यस किसिमको डरबाट छुटकारा पाउन चिकित्सकको सल्लाह लिनु पर्छ। अर्थात इलाज गराउनु उचित हुन्छ।

 Life is not easy for any of us. Marie Curie