Wikipedia

Search results

Tuesday, January 17, 2012

The Successful Candidate - Nepali short story - Abhinaya - 25



सफल उम्मेदवार


अन्तरवार्ता लिने क्रम सकिएपछि  अन्तरवार्ता लिनेमध्येका एक, जो अन्तरवार्ता लिने सङ्गठनका प्रमुख पनि थिए, ले अन्तिम उम्मेदवारको सम्बन्धमा आफ्नो धारणा यस प्रकार राखे हाम्रो यो नयाँ उत्पादन बजारमा बढी भन्दा बढी बिक्री गर्न सक्ने क्षमता वा योग्यता यो अन्तिम उम्मेदवारमा मात्रै हुन सक्छ। बजार प्रबन्धक पदमा यो युवकलाई छनौट गर्नु उपयुक्त होला
सङ्गठन प्रमुखको कुरा सुनेपछि अन्तरवार्ता लिन बसेका अन्य कर्मचारीहरु आश्चर्यचकित भए। त्यो अन्तिम उम्मेदवारले सोधिएका अधिकांस प्रश्नको उत्तर गलत दिएको आफ्नै कानले उनीहरुले सुनेका थिए। आफूहरु त्यो अन्तिम उम्मेदवारलाई छनौट गर्ने पक्षमा नरहेको प्रदर्शित गर्न मुहारमा अप्रशन्नताको भाव अलि बढी नै पोखे।
त्यो युवकलाई छनौट गर्ने आफ्नो निर्णय सही रहेको बोध गराउन सङ्गठनका प्रमुखले यस किसिमको तर्क पेश गरे त्यो युवक अर्थात अन्तिम उम्मेदवारले दिएको लगभग सम्पूर्ण उत्तरहरु गलत थिए भन्ने कुरा मलाई राम्रो थाहा छ। तर उसले गलत उत्तर पनि आत्मविश्वासका साथ सही लाग्ने गरी भन्दा ती गलत उत्तरहरु सही प्रतीत भइरहेका थिए। अर्थात गलत कुरालई पनि सही लाग्ने गरी भन्ने दक्षता देखें मैले त्यो चतुर युवकमा। आजभोलि त्यस्तै मान्छेका कुरा धैरेले पत्याउँछन् पनि। त्यो अन्तिम उम्मेदवारभन्दा पहिले अन्तरवार्ता दिने एक व्यक्ति अति नै जानकार जस्तो देखिन्थ्यो र योग्य पनि। सोधिएका सम्पूर्ण प्रश्नहरुको उसले एकदम सही-सही उत्तर अति सभ्य र शिष्ट शैलीमा दियो। ती उत्तरहरु सुन्दा लाग्दथ्यो ती सही छैनन् गलत छन्। आजकालका मान्छेले त्यस्ताको कुरा पत्याउने गर्दैनन। त्यसकारण हाम्रो यो नयाँ उत्पादनको बजारीकरण गर्न त्यो अन्तिम उम्मेदवार सफल हुनेमा मलाई रत्ति पनि शङ्का छैन। यो जमानामा यस्तै मान्छे सफल हुन्छ पनि। मलाई त शत्प्रतिशत यो मान्छे  उचित लागेको छ। तपाइँहरुलाई भने कस्तो लाग्यो कुन्नि?’
त्यो अन्तिम उम्मेदवारको सम्बन्धमा आफ्ना प्रमुखले भनेका थप कुराहरु सुनेर अन्तरवार्ता लिन बसेका अन्य सबै कर्मचारीहरु केही बेर हाँसे अनि एक अर्कालाई केही बेर हेरे पनि। हाँसिरहेकै क्रममा उनीहरुले एकै चोटी भने सरको निर्णयमा हाम्रो सहमति छ। निर्णय समय सुहाउँदो भएकोले त्यसमा विवाद गर्ने ठाउँ नै रहेन, सर।

विश्वराज अधिकारी

Sunday, January 15, 2012

The Lethal Portray - Fiction of the week - 20


Lethal Portray


“Mom, you always favored him. You always admired him too. You loved him more than me as well.  To show people off you pretend to love him more than me so people thought you do not care for me. I am your own son whereas he is your sister’s son. The love which comes from a mother cannot be shared with another child. The love should be for me than him. Am I right? But I don’t mean that you should neglect him. My only concern is that you don’t ignore me in front of him.” 
After listening to her son the mother was not only disappointed but also got very serious. She was surprised at the reluctance of her son to understand her love towards him. She never thought she would get such a negative reaction from her son. She was utterly surprised. She said to her son “my child, there is no doubt that you are my son. You are the sound of my heart. My love for you and your love for me is natural. My love for you, which comes from my heart, does not need to be exhibited to other people. It is not necessary. He is not my own but my sister’s son. That is why I need to show off people I love my sister’s child more than my own, even though I don’t love him as much as I love you. I need to portray the fake love as a real one, especially in front of his parents. You should understand this, my child. Why are you so innocent with the transactional life and the world where we live in?”
His mother’s explanation could not make him content. He looked angry. He asked his mother “Mom, what is the proof that you love me more than him and your love for him is only a show off? How can I believe you? If your love for him is only a show off then how can I believe that your explanation of love for me is true? It might also be show off and false. Isn’t it? Mom, please tell me the truth.”
The son’s allegation pulled his mother back to the past. She started recalling her behavior towards her son.

 Bishwa Raj Adhikari

Saturday, January 14, 2012

Why Do We Revolt - Poem of the week - 13


हामी किन आन्दोलन गर्छौ

आन्दोलनको हावा पानीमा हुर्केको हामी
हामीलाई आन्दोलन मन पर्छ
त्यसैले हामी जहिले पनि आन्दोलन गर्छौ
बुझेर आन्दोलन गर्छौ
न बुझेर पनि आन्दोलन गर्छौ।

ज्यान दिएर आन्दोलन गर्छौ
ज्यान लिएर आन्दोलन गर्छौ।

कहिले पाउनका लागि आन्दोलन गर्छौ
कहिले गुमाउनका लागि आन्दोलन गर्छौ
कहिले त त्यसै त्यसै रमाउनका लागि पनि आन्दोलन गर्छौ।

कहिले कसैले उचालेको भरमा आन्दोलन गर्छौ
कहिले कसैले थचारेको रीसमा आन्दोलन गर्छौ
कहिले त आफ्नै बन्धु बान्धवको घाँटी रेट्न पाउँ भनी पनि आन्दोलन गर्छौ।

कहिले सपनाको पछि लागेर आन्दोलन गर्छौ
कहिले कल्पनाको पछि लागेर आन्दोलन गर्छौ
कहिले भने भावनामा बगेर
आफ्नै हतियारले आफ्नो घाँटी रेट्न पाउँ भनी पनि आन्दोलन गर्छौ।

शान्तिका लागि आन्दोलन गर्छौ
क्रान्तिका लागि आन्दोलन गर्छौ
कहिले त केही नबुझेरै 
भ्रान्तिमै पनि आन्दोलन गर्छौ।

कहिले जातीयताको बिरोधमा आन्दोलन गर्छौ
कहिले सामप्रदियकताको बिरोधमा आन्दोलन गर्छौ
कहिले भने जातीयताको समर्थनमा त
कहिले सामप्रदायिकताको समर्थनमा पनि आन्दोलन गर्छौ ।

कहिले अहम् का लागि आन्दोलन गर्छौ
कहिले बहममा आन्दोलन गर्छौ
कहिले कुनै विषय नभएमा
आन्दोलनका लागि नै भए पनि आन्दोलन गर्छौ।


विश्वराज अधिकारी

Friday, January 13, 2012

Problems in Nigeria - Political or Financial - Article 26


नाइजेरियाको समस्या- आर्थिक कि राजनैतिक?


अफ्रिकी राष्ट्र नाइजेरियाले अहिले दुई किसिमका तर भिन्न भिन्न प्रकृतिका समस्याहरुको सामना गर्नु परि रहेको छ। एउटा आर्थिक समस्या, जुन इन्धनको मूल्य सँग सम्बन्धित छ। सरकारले इन्धनका लागि दिएको अनुदान हटाएको छ। र सरकारको यो कदमबाट इन्धनको मूल्य दोब्बरले बढेको छ। सरकारले इन्धनका लागि दिएको अनुदान हटाउनाले इन्धनको मूल्यमा अत्यधिक वृद्धि भएको छ र जनताले त्यसको व्यापक बिरोध गरि रहेका छन। सरकारको उक्त निर्णयको बिरोधमा भएका प्रदर्शनहरुमा अहिले सम्ममा पन्द्र भन्दा बढी व्यक्तिहरुको ज्यान गई सकेको छ भने सयौंको संख्यामा व्यक्तिहरु घाइते समेत भएका छन।
अर्को राजनैतिक समस्या, जुन सामाजिक सद्भाव सँग सम्बन्धित छ। नाइजेरियाका विभिन्न क्षेत्रहरुमा दुई समुदाय- इस्लाम र क्रिस्चियनहरु बीच भएका झडपहरुमा बीस भन्दा बढी व्यक्तिहरुको ज्यान गइ सकेको छ। १६ करोड ७० लाख (सन् २०११ को अनुमान अनुसार) जन संख्या भएको नाइजेरियामा करीब करीब आधा जन संख्या इस्लाम धर्म मान्नेहरु छन् भन्ने त्यतिकैको संख्यामा क्रिस्चियन धर्म मान्नेहरु छन। कतिपय व्यक्तिहरुको बिचारमा नाइजेरियामा खलबलिएको जातीय सद्बावको कारण धार्मिक नभएर, आर्थिक हो। उनीहरुको बिचारमा देशमा व्याप्त आर्थिक असमानता र गरिबीले गर्दा जनतामा असन्तोष छ र त्यो असन्तोषले जातीय दंगाको रुप लिएको हो। नाइजेरियामा अहिले पनि वहु संख्यक व्यक्तिहरुको दैनिक आम्दानी २ डलर भन्दा कम छ। स्रोत र साधनले व्याप्त नाइजेरिया राजनैतिक अनिश्चितता र भ्रष्टाचारका कारण अपेक्षित किसमले विकास पथमा दौडिन सकि रहेको छैन।
वर्तमानमा भने अपेक्षित किसिमले नाइजेरियाले आर्थिक प्रगति गर्न सकिरहेको छैन र यसका लागि राष्ट्रपति गुडलक जोनाथन र उनको सरकार जिम्मेबार रहेको छ। यस्तो विश्वास गर्नेहरु पनि धेरै छन। उनीहरुको बिचारमा राष्ट्रपति जोनाथनमा अनुभवको कमी छ जसले गर्दा उनले देशमा रहेका विभिन्न शक्ति समूरहरुको बीचमा राम्रो सम्वन्य कायम गरी देशलाई आर्थिक प्रगतिको दिशा तर्फ दौडाउन सकि रहेका छैनन्।
पश्चिम अफ्रिकामा अवस्थित नाइजेरियाको पूर्वमा चाड र क्यामेरुन पर्दछन भने पश्चिममा बेनिन पर्दछ । यसै गरी उत्तरमा नाइजर पर्दछ। मुख्य गरी तीन ठूला जातीय समुदारहरु- हाउसा, लोगो र ओरुबा बसोबास रहेको नाजेरिया जन संख्याको हिसाबले अफ्रिका महादेशको सबै भन्दा ठूलो  देश हो। जन संख्याको हिसाबले नै विश्वको सातौ ठूलो देश पनि हो। मिश्रित अर्थ तन्त्र अंगालेको यो राष्ट्रले वीत्त, संचार, यातायात, स्टोक एक्सचेन्ज आदि जस्ता क्षेत्रहरुमा राम्रो प्रगति गरेको मानिन्छ। नाइजेरिया संयुक्त राज्य अमेरिकाको ठूलो ब्यापारिक साझेदार पनि हो । संयुक्त राज्य अमेरिका सँगको व्यापारमा यसले ब्यापार बचत समेत गरेको छ। संयुक्त राज्य अमेरिकाबाट नाइजेरियाले ठूलो मात्रामा आयात मात्र गर्दैन साथै लगानी पनि उत्तिकै भित्र्याएको छ। नाइजेरियामा सबै भन्दा बढी वैदेशिक लगानी संयुक्त राज्य अमेरिकाको रहेको छ। अन्तरर्ष्ट्रिय मुद्रा कोषको प्रक्षेपण (सन् १९११) अनुसार यो राष्ट्रले ८ प्रतिशतले आर्थिक वृद्धि गर्ने भनिएको छ। साउथ अफ्रिका पछि नाइजेरियालाई अफ्रिकाको दोस्रो ठूलो अर्थ तन्त्र मानिन्छ। आउने वर्षहरुमा यो मुलुकले तिब्र गतिमा आर्थिक विकास गर्ने विश्वास समेत गरिएको छ।
साधन र स्रोतको पर्याप्तता भएता पनि  विगतमा राजनैतिक उथल पुथल, सैनिक शासन, भष्ट्राचार, अदक्ष प्रशासन जस्ता समस्याहरुले गर्दा तिब्र गतिमा आर्थिक प्रगति गर्न नसकेको  नाइजेरियाले अब, प्रजातन्त्रको पुनर्वहाली पछि, तिब्र गतिमा आर्थिक विकास गर्ने अपेक्षा गरिएको छ।
विश्वमा तेल उत्पादन गर्ने ठूला राष्ट्रहरु मध्ये नाइजेरियाको स्थान १२ औ र तेल निर्यात गर्ने राष्ट्रहरु मध्ये ८ औ पर्दछ र यसै गरी विश्वमा बढी तेल भण्डार रहेका राष्ट्रहरुमा यसको स्थान १० औ रहेको छ।
नाइजेरियाले उपलब्ध रहेका थुप्रै स्रोतहरुको अझै व्यापक उपयोग गर्न सकेको छैन। देशमा उपलब्ध रहेका प्राकृतिक गैस, कोइला, बक्साइट, टेन्टालिट, सुन, टिन, फलाम, लाइमस्टोन, नियोबियम, लिड, जिन्क जस्ता खनिज स्रोतहरुको ब्यापक उपयोग गर्ने हो भने नाइजेरियाले तिब्र गतिमा आर्थिक प्रगति गरेर देशमा व्याप्त रहेको गरिबी कम पार्न सक्ने विश्वास गरिएको छ।
नाइजेरियाले ज्यादै प्रगति गरेको अर्को एउटा क्षेत्र पनि छ र त्यो हो फिल्म उद्योग। फिल्म उद्योगबाट यो मुलुकले राम्रो आम्दानी प्राप्त गरि रहेको छ। नाइजेरियामा उत्पादन भएका फिल्महरुले अन्तरार्ष्ट्रिय बजार पाएका छन। खास गरी, अफ्रिकी मुलुकहरुमा र साथै अफ्रिकी आप्रवासीहरु रहेका यूरोपेली मुलुकहरु नाइजेरियाली फिल्महरु निकै लोकप्रिय छन।
देशलाई आर्थिक समृद्धिको दिशा तर्फ डोर्याउने मुख्य अभिभारा भने राजनैतिक नेतृत्वको हो। राजनैतिक नेतृत्व सक्षम र इमान्दार भएमा देशले तिब्र गतिमा आर्थिक प्रगति गर्दछ तर नेताहरु स्वार्थी र शक्ति लोलुप भएमा मुलुकमा साधन र स्रोतहरुको पर्याप्तता भएता पनि राष्ट्रले आर्थिक प्रगति गर्न गार्हो पर्दछ। र त्यसको उदाहरणको रुपमा नेपाललाई पनि लिन सकिन्छ। नेपालको जस्तै स्थिति नाइजेरियामा पनि छ। यो मुलुकले पनि, स्रोत र साधनको पर्याप्तता भएता पनि अपेक्षित मात्रामा प्रगति गर्न सकि रहेको छैन। राजनैतिक नेतृत्व मुलुकलाई आर्थिक समृद्धिको दिशा तर्फ डोर्याउन सक्षम देखिएका छैन। नाइजेरियामा अहिले देखिएका राजनैतिक तथा आर्थिक समस्याहरुलाई कुशलतापूर्व सामाधान गरी देशलाई आर्थिक समृद्धिको दिशातर्फ डोर्याउन राष्ट्रपति गुडलक जोनाथन र उनको सरकार कति सक्षम हुने हो आउने समयहरुले देखाउने छन।
९ लाख २३ हजार ७ सय ६८ वर्ग किलोमिटरमा फैलिएको नाइजेरिया अक्टोबर १, १९६० मा बेलायतको उपनिवेशबाट मुक्त भएको थियो। सन् २०११ को अनुमान अनुसार नाइजेरियाको कुल गार्यहस्थ उत्पादन (PPP), डलरमा, ४१५.१३२ बिलियन र प्रति व्यक्ति आय, डलरमा २,५८९ रहेको उल्लेख गरिएको पाइन्छ।


विश्वराज अधिकारी