Wikipedia

Search results

Wednesday, November 7, 2012

The Party is Continue-Story 28


पार्टी चलिरहेछ

‘पार्टी चलिरहेछ, तिमी एक्लो यहाँ?’ निताको यो प्रश्नले रविलाई झस्क्यायो।
‘किन एक्लो बसेको?’ यो अर्को प्रश्नले अलि असहज स्थितिमा नै पुर्यायो, रविलाई। आफूलाई अलि व्यवस्थित पार्दे रविले भने ‘त्यता अलि हुने खानेहरुको मपाईँ गफ सुन्न मन नलागेर यता आएको। त्यता कि त ठूलो पदमा पुगेका घुस्याहा कर्मचारीहरु छन कि त टन्न कमाएका व्यापारीहरु, अनि उनीहरुको म यस्तो म उस्तो, मेरो यस्तो मेरो उस्तो किसिमका गफहरु। तिनीहरुका झ्याउ गफ सुन्न नसकेर यसो वाइन खाँदै सोच्दै बसेको यता।’
‘अनि, तिमी किन यता आएकी नि? सोमेश आइ पुग्ला, मेरो वाइफ कता हराई भन्दै, यता’ रविले हल्का मजाक गरे।
‘के को यता आउनु? एउटी केटीसँग गफ गर्नमा मस्त छ। दुई घण्टा भइ सक्यो गफ गरेको उसले, म छेउमै थिए, एक चोटी फर्केर पनि मतिर हेरेन, झुक्यिएर नै भए पनि। पार्टीमा आए पछि, वाइफलाई लाई पनि समय र साथ दिनु पर्छ नि। त्यसरी लठ्ठिनु हुन्छ केटी देख्ने वित्तिकै। बानी यस्तै हो जहिले पनि उसको, जहाँ पनि। उसको त्यस्तो चाला देखेर म पनि हिंडे यो चोटि’ निताले रवि नजिक आउनुको कारण प्रष्ट पारिन।
रवि उठे। निताको काँधमा हात राख्दै भने ‘वाइन ल्याइ दिउँ, आधा गिलास? दिमाग अलि हल्का पारि दिने छ……………।’
‘के को वाइन? ल्याउने हो भने ह्विस्की नै ल्याइ देउ, दुई पेग।’
***
ल्याएको ग्लास रविले नितालाई दिए अनि भने पनि ‘ह्विस्की नै हो, अलि बिस्तारै खानु, झ्याम्म लाग्ला फेरि।’
‘लाग्न देउ, त्यसरी नै लाग्नु परेको छ पनि।’
‘होइन, आज किन तिमी अलि फरक देखिएकी हँ, निता।’
‘यस्तो स्थितिमा पनि कसैले सामान्य भएर व्यवहार गर्न सक्छ त? हेर त, यहाँ आएर मैले तिमी सँग गफ गर्न थालेको पनि तीन घण्टा भइ सक्यो, सोमेश एक चोटी फर्केर पनि आएको छैन यता, मलाई खोज्दै। त्येता नदेखे पछि यता आउनु पर्ने होइन, ऊ?’
रविले भने ‘म त्यता गएर भनौं, सोमेशलाई, निता बाहिर, मेन गेटको नजिक छिन् भनेर।’
‘भयो, भन्नु पर्दैन। बरु एउटा कुरा भन्छु, मान्छौ।’
तिमी जस्तो घनिष्ट साथीले भनेको नमाने कसले भनेको मान्ने? भनेर हेर।’
‘आज म तिम्रो कोठामा सुत्छु, हुँदैन? तिमी अविवाहित मान्छे, एक्लै त होलाउ नि, कसो।’
निताको यो प्रस्तावले रविलाई अलि असहज स्थितिमा पुर्यायो। केही सोँच्न तल्लिन भए जस्तो देखिए उनी।
‘सोमेशले म सँग त्यस्तो गर्न हुने, अनि मैले किन नहुने उसँग त्यस्तो गर्न? अझै बढी नै गरेर देखाई दिन्छु उसलाई।’ निताको यो भनाइले रविलाई केही प्रभाव पार्यो। उनले भने ‘हुन्छ हिँड जाउँ, मेरो डेरा नजिकै छ यहाँबाट, पाँच मिनेटको बाटोमा। एउटा कुरा चाहिँ याद राख तर, म तिमीहरु-हसबेन्ड बाइफ बीचको टसलमा पर्न चाहन्न, है।’
***
पार्टी चलिरहेको घरबाट अदृश्य भएका रवि र निता, रातिको करिब बार्ह बजे रविको डेरामा प्रकट भए। दुई बजेसम्म एउटै बेडमा रहेर उनीहरु बीच धेरै कुराहरु भए। स्कूल जिवनदेखि कलेजबाट छुट्टिने बेलासम्मको, वर्तमान समयदेखि मौजुदा परिस्थितिसममको। कुरा गर्दा गर्दै कुन बेला निदाए, दुबैले पत्तो पाएनन। त्यस्तो हुनुमा अल्कोहलको हात पनि थियो।  
***
निता चार बजे विहान रविको डेराबाट फर्किदासम्म पार्टी चलिनै रहेको थियो। र त्यो भन्दा पनि अचम्मको कुरा सोमेश पुर्ववत गफ गर्नमा तल्लिन थिए, उही व्यक्ति सँग जो सँग घन्टो पहिले देखि गफ गरि रहेका थिए। गफ गर्ने पात्रहरु उही थिए, केवल समय बदलिएर साँझबाट बिहान भएको थियो। तर यो बदलिएको समयमा धेरै अरु कुरा हरु पनि बदलिएका थिए।
निता आफू नजिक उभिएको देखेर सोमेश झस्किए। नितालाई एक पटक हेरे तर बोलेन, पूर्ववत नै रहे। तर एक छिन पछि कुरा गरि रहेको व्यक्तिको काँधमा हात राख्दै भने ‘रन्जु, पछि फेरि फेटौला। यसो मलाई फोन गरे हुन्छ नि, है।’
सोमेशति हेर्दै निताले भनिन् ‘बल्ल सकियो कुरा, बाँकी भए अझै गरे हुन्छ। छ्यांग विहान भएको छैन क्यारे।’
रवि चर्किए ‘संकाको घेरा भन्दा बाहिर निस्केर पनि कुरा गर्ने गर न कहिले काहिँ,  निता।’ रविले थपे ‘हामीले गरेको कुरा कति गंभिर थियो थाहा छ तिमीलाई? अन्दाजसम्म पनि गर्न गार्हो हुने छ तिमीलाई।’
‘के थियो त्यस्तो, के थाहा हामीलाई? मैले सुनेको भए पो ………….’।
मैले जोसँग रात भरि कुरा गरे उनको नाम हो कमला। हामी कलेजमा सँगै पढ्ने गर्थ्यौ। उनलाई क्यान्सर भएको छ, ब्रेस्ट क्यान्सर। एउटा ब्रेस्ट काटेर फाल्नु पर्छ, डाक्टरको भनाई अनुसार। अविवाहित छिन। निरास भएर, आत्म हत्या गर्छु भन्छिन्। रात भरि सम्झाए पछि अलि आँट बढेको छ उनको । कमलालाई मैले राति नसम्झाएको भए…………….. त्येही रात आत्म हत्या गर्ने सुर थियो उनको, बुझेउ’
रविको भनाइले सत्य बोल्न उत्प्रेरित गर्यो नितालाई। निताले पश्चाताप बोध गर्दै भनिन ‘मलाई माफ गर, सोमेश। मैले रात भरि अनेक कुराहरु सोँचि रहे, उल्टो उल्टो, तिम्रो बारेमा। तिमीले रात भरि त्यसरी कुरा गरेको देखेर मैले न सोंच्नु पर्ने कुरा सोंचे अनि तिमीले गरेको त्यस्तो कार्यको बदला लिन म पनि हिँडे रविसँग।’
‘अनि, कहाँ नि…………………..।’
‘एक छिन पार्टी मै रहेर हामी लाग्यौ……….।’
‘कता नि………।’
‘रविको कोठामा।’
रविले अलि झोक्किएर भने ‘साँझ देखि नै रविको कोठामा बसेउ त?’
‘होइन, म र रवि उसको कोठामा राति बार्ह बजेतिर पुगेका थियौ। हामी त्यहाँ चार घण्टा जति बसेर पार्टी चलिरहेको ठाउँमा, यहाँ, आयौ फेरि।’
‘रविको कोठामा बस्नु बाहेक अरु पनि काम गरेउ। के गरेउ……..?’
 ‘सोमेश, म तिमीलाई सत्य कुरा भन्न चाहन्छु। रवि र म, एउटै खाटमा सुत्यौ अनि …………..
‘भो, भो, त्यो भन्दा अगाडि सुन्न चाहन्न म। सायद अब हामी सँगै बस्न सक्तैनौ होला।’
‘मैले सत्य बोल्नुको यत्रो ठूलो सजाए? खासमा, मेरो यसमा कुनै गल्ति नै छैन, सोमश।’
निताले आफ्नो भनाइ अझै प्रष्ट पार्न भनिन् ‘तिमीले त्यति लामो कुरा कमला सँग नगरेको भए मैले तिमीहरु बीच यस्तो त्यस्तो कुरा भइ रहेको भन्ने संका नै गर्ने थिन्। अनि तिमीले पनि त मलाई, कमलासँग कुरा भइ रहेकै क्रममा, एकै छिनका लागि भए पनि, आएर भनेनौ कि हामी बीच कुनै अरु कुरा होइन, जिवन मृत्युको कुरा भइ रहेको छ। तिमीले पनि संका लाग्ने गरी कमला सँगै कुरा गरेको गरै गरेउ, मलाई चटक्क पार्टीमा एकातिर एक्लै छाडेर। पार्टीमा त्यसरी एक्लिएर बस्ता रीस उठ्दैन त? अरु सँग कति कुरा गर्नु त, मैले? हुन त अरु सँग कुरा गर्न नै भनेर म रवि नजिक पुगेको थिए। रविको नजिक पुगे पछि नै, झन, मलाई पनि ड्रिंक गर्न मन लाग्यो। ड्रिंक गरे पछि, त्यो ड्रिंकले कता कता पुर्यायो, यो बरालिने मन कता कता गयो, कता कता, मात सँगै बहकेर।’
सोमेश मौन भएर सुन्दै थिए। प्रतिक्रियामा उनले कुनै पनि भनाइ राखेनन्। निताले नै भनिन् ‘एउटा कुरा भनौ सोमेश, यस्तो हुनुमा न त मेरो, न त तिम्रो, न त रविको नै कुनै गल्ति छ। रविलाई त मैले नै उसको डेरामा मलाई लिएर हिँड भनेको हो, तिमीले त्यस्तो गरेको रोषमा, आफूले ड्रिंक गरेको झोकमा। त्यसैले, रवि, म र तिमी यस्तो हुनुमा समय दोषी छ।’
निताले थपिन ‘हेर रवि, समय पनि एक व्यक्ति सरह हो। यसले पनि गल्ति गर्छ। अर्थात समयले व्यक्तिहरुलाई परिबन्धमा पार्छ। समयको दबाबमा आएर व्यक्तिहरुले नचाहँदा नचाँहदै पनि गल्ति गर्न पुग्छन। तर मानिसहरुले समयलाई दोष दिनुको साटो दोष व्यक्ति विषेश माथि नै थुपारी दिन्छन। समय चोखिएर बस्छ। त्यस्तो होइन। समय दोषी हुन्छ। समयलाई हामीले सजाए दिन सक्तैनौ, समयलाई नियन्त्रणमा राख्न पनि सक्तैनौ, समयले जे भन्छ त्यो गर्न बाध्य हुन्छौ, त्यो बेग्लै कुरा हो तर समयलाई हामीले प्रष्ट रुपमा भन्न सक्छौ, र भन्नु पर्छ पनि, एक व्यक्तिलाई भने जस्तो- समय, तँ दोषी होस् र तेरो दोष यो हो। समयले नै तिमीलाई मैले संकाको घेरामा राख्नु पर्ने स्थितिमा पुर्योयो, मलाई पर पुरुषकसँग रात बिताउन बाध्य तुल्यायो। त्यति मात्र होइन, रविलाई समेत पनि समयले गलत काम गर्न उत्प्रेरित गर्यो। त्यसैले यो सारा घटनाको दोष समय माथि लाग्नु पर्दछ। म निर्दोष माथि होइन। हामी सबै निर्दोष घोषित हुनु पर्दछ।’।
लामो समयको मौनता पछि सोमेशले मुख खोले। क्रोध मिश्रित स्वरमा भने ‘भो बन्द गर तिम्रो यो पट्यार लाग्दो लामो भाषण। भो ………….. भो……..।’
निताले रुँदै भनिन ‘अहिलेको यो घटनालाई हटाएर हेर, मैले कहिले पनि यस्तो त्यस्तो काम गरेको छु, यो भन्दा पहिले? छैन ……। मैले गरेको यो ……………समयले गराएको हो। त्यसैले म भन्छु, यस्तो हुनमा पूर्ण दोषी समय नै हो।’
यता सोमेश र निताको  कुरा चलिनै रहेको थियो, टुँगिएको थिएन। उता पार्टी पनि चलिनै रहेको थियो, विहान हुँदासम्म पनि, रोकिएको थिएन। 

Bishwa Raj Adhikari

Friday, November 2, 2012

Changes in Cuba-Article-65


क्युबामा घट्दो कम्युनिज्मको प्रभाव

 संसारमा अहिले कम्युनिष्ट राष्ट्रहरुको संख्या साँघुरिँदै गइ रहेको छ। कम्युनिष्ट राष्ट्रहरु औंलामा गन्न सकिने स्थितिमा पुगेका छन्। चीन, क्युवा, लाओस र भियतनाम गरी अहिले केवल चार राष्ट्रहरु मात्र कम्युनिष्ट राष्ट्रको रुपमा रहेका छन। हुन त केहीले उत्तर कोरिया (Democratic People’s Republic of Korea) लाई पनि कम्युनिष्ट राष्ट्रको रुपमा लिन्छन तर त्यहाँको शासन व्यवस्थामा कम्युनिज्मका सिद्धान्तहरु भन्दा पनि वंश परम्परा हाबि भएकोले उत्तर कोरिया कम्युनिष्ट राष्ट्र हो भन्ने कुरामा विवाद रहेको पाइन्छ। उत्तर कोरियाको राजकीय शासन व्यवस्थामा अहिले एउटै परिवारका सदस्य (बाबु, छोरा र नाति) हरुको पकड कामय रहँदै आएको छ। सन् १९४८ देखिनै उत्तर कोरियाको शासन व्यवस्थामा किम परिवारको हालि मुहाली रहँदै आएको छ। २८ वर्षिय किम जोंग-उन (किम जोंग-इलको छोरा तथा किम इल- सुंगका नाति) अहिले उत्तर कोरियाका प्रमुक नेता (Supreme Leader of North Korea) को पदमा आसिन छन्। उत्तर कोरियामा अहिले कम्युनिज्म भन्दा पनि एक निश्चित परिवारको अधिनायकत्व छ भन्दा अनुपयुक्त नहोला।
चीनमा पनि केवल राजनैतिक क्षेत्रमा मात्र कम्युनिज्म छ, आर्थिक क्षेत्रमा भने पूँजीवाद चारैतिर व्याप्त छ। चीनको आर्थिक क्षेत्रमा देखिएको परिवर्तन राजनैतिक क्षेत्रमा पनि त्यसै किसिमबाट हाबि हुँदै जाने हो भने केही वर्ष पछि चीनमा कम्युनिज्मको केवल अवशेष मात्र बाँकी रहने छ, त्यो पनि पुस्तकहरुमा।
कम्युनिज्मको डोरीलाई तुलनात्मक रुपमा बलियो सँग समातेर राखेको क्युवालाई भने त्यो डोरी चिर कालसम्म त्यसै किसिमबाट बलियो गरी समाति राख्न गार्हो हुँदै गएको संकेत मिल्न थालेको छ, त्यहाँ भइ रहेका सुधारका कार्यक्रमहरुको मूल्यांकन गर्दा। हुन पनि संसारका बाँकि राष्ट्रहरुले एकातिर तर क्युवाले भने अर्कोतिर मुख फर्खाउन खोज्नु सजिलो कार्य होइन पनि। क्युवाको कम्युनिष्ट सरकारलाई देशबासी र अन्तरार्ष्ट्रिय बिरादरीको दबाब खेप्न गार्हो परिरहेको छ, वर्तमान विश्व परिस्थितिमा। सामाजिक संजालहरुले विश्वलाई अति सानो गाउँको रुपमा परिणत गर्न अति प्रभावकारी किसिमले कार्य गरि रहेको मौजुदा परिस्थितिमा कुनै पनि राष्ट्र विश्वका बाँकी राष्ट्रहरु सँग अलथलग भएर बस्न गार्हो मात्र होइन असम्भव नै छ। वर्तमान विश्व, सुगम एवं प्रभावकारी संचार व्यवस्थाले युक्त रहेको मौजुदा परिस्थितिमा कम्युनिज्मको नाममा कुनै पनि राष्ट्रले आफूलाई विश्वका बाँकि राष्ट्रहरुसँग अलग थलग राख्न यस हुनाले पनि असम्भव छ कि अब कुनै पनि महत्वाकांक्षी नेताले देशबासीहरुलाई लामो समयसम्म मूर्ख बनाएर राख्न सक्दैन, गरिबहरुलाई झुक्याउन सक्दैन, गरिबहरुको गरिबी समाप्त पार्छु भन्ने झूठो सपना देखाएर। अहिले सम्म विश्वका अनेक राष्ट्रहरुमा भएका कम्युनिज्मको व्यवहारिक प्रयोगहरुको मुल्यांकन गर्दा के ज्ञात हुन्छ भने कम्युनिज्मको व्यवहारिक प्रयोगले  न त जनता, न त राष्ट्र नै धनी हुन सकेको छ। कम्युनिज्मले गर्दा उल्टो गरिब जनता झन झन गरिब भएर गरएका छन। धनीहरु भने झनै धनी भएर गएका छन, खास गरी नेताहरु। गरिबहरुको भागमा भने हिंसात्मक द्वन्द र ती द्वन्दका पीडादायी प्रभावहरु पर्न गएका छन।
कम्युनिज्मले विशेष गरी देशको अर्थ तन्त्रलाई ज्यादै नै प्रतिकूल प्रभाव पार्ने गरेको छ। यो यथार्थलाई क्युवाका कम्युनिष्ट नेताहरुले बुझ्न थालेका छन जस्तो देखिन थलेको छ। क्युवाका नेताहरुले कम्युनिज्मका कडा नियमहरुमा केही लोचता ल्याउन तत्पर रहेको देखाउन थालेका छन। हालै क्युवाको सरकारले त्यहाँका जनताले देश छाड्नका लागि अनिवार्य रुपमा लिनु पर्ने प्रस्थान अनुमति ( Exit permit ) को व्यवस्था हटाउने घोषणा गरेको छ। सन् २०१३ को जनबरी १४ देखि क्युवाका नागरिकहरुले देश छाड्नका लागि प्रस्थान अनुमति लिनु पर्ने छैन। पहिले भने क्युवा छाड्नेहरुले सरकारसँग अनुमति लिनु पर्ने मात्र होइन त्यस किसिमको अनुमति खोज्नेहरुलाई विश्वासघाती, देशद्रोही वा क्रान्तिको सत्रुको रुपमा हेर्ने गरिन्थ्यो। तर अब भने त्यो हेराइमा सुस्तरी नै भए पनि सुधार आउन थालेको छ। विदेश जान सजिलो पारिने व्यवस्थाले गर्दा स्वदेश फर्किने क्युबाका नागरिकहरुले विदेशबाट अनुभव, ज्ञान र सिपका साथै पूँजी समेत पनि ल्याउने विश्वास गरिएको छ। विदेशमा आर्जन गरेर स्वदेशमा खर्च गर्नेहरुको संख्या समेत पनि ठूलो हुन आशा गरिएको छ। आर्थिक कारणले क्युवा छाड्न चाहनेहरुको संख्या पनि कम छैन। हुनत क्युवा छाड्न कडा नियमहरुको सामना गर्नु पर्ने बेलामा पनि धेरै क्युवालीहरु गैर कानूनी रुपमा नै भए पनि विदेशतिर पलाएन हुन्थ्ये। अहिले लगभग १५ लाख क्युबालीहरु विदेशमा बसोबास गर्छन।
क्युवाको आर्थिक स्थिति राम्रो छैन। सोभियत यूनियन अस्तित्वमा हुँदा क्युवाले त्यहाँबाट निकै आर्थिक सहयोग प्राप्त गर्थ्यो। सोभियत यूनियनको अस्तित्व समाप्त भए देखि क्युबाले आर्थिक समस्याहरुको सामना गर्दै आउनु परेको छ। राष्ट्रिय अर्थ तन्त्रमा निजी क्षेत्रको अनुपस्थितिले गर्दा राष्ट्रले आर्थिक प्रगति गर्न सकेको छैन। अहिले क्युबाले भेनेजोएलाबाट आर्थिक सहयोग प्राप्त गरि रहेको छ। आर्थिक कारणले गर्दा नै पनि क्युवाका कम्युनिष्ट शासकहरु मौजुदा रहेको राज्य नियन्त्रित अर्थ व्यवस्थामा सुधार ल्याउन बाध्य भएका हुन। क्युबाले विगत पचास वर्षदेखि राज्य नियन्त्रित अर्थ व्यवस्था अभ्यास गर्दै आएको छ। राज्य नियन्त्रित अर्थ व्यवस्थाले न देश न त देशबासीलाई नै धनी पार्न सकेको छ, न त देशलाई आर्थिक रुपमा स्वाबलम्बी नै पार्न सकेको छ।
क्युबाको राजकीय शासन व्यवस्था दाजु फिडेल कास्ट्रोकोबाट सन् २००८ मा आफ्नो हातमा लिए देखि नै राष्ट्रपति राउल कास्ट्रोले राजनीति, सामाजिक र आर्थिक क्षेत्रमा सुस्त रुपमा नै भए पनि सुधार गर्दै लगेका छन। तर केही आलोचकहरुको भनाइमा राष्ट्रपति राउलका यी सुधार कार्यहरु केवल कम्युनिष्ट व्यवस्थालाई क्युबामा टिकाइ राख्नका लागि मात्र गरिएका  हुन, देशमा आर्थिक र राजनैतिक स्वतन्त्रता ल्याउनका लागि भने होइनन्। अर्को थरिको बिचारमा भने मौजुदा विश्व परिस्थितिमा कम्युनिज्म टिकाइ राख्न असजिलो मात्र होइन असम्भव नै छ। र यो कारणले गर्दा पनि राष्ट्रपति राउलले सुस्त रुपमा नै भए पनि कम्युनिष्ट शासन प्रणालीमा सुधार गर्दै लगेको हुनु पर्दछ।
यी सबै घटनाहरुको सेरो फेरोमा एउटा तथ्य प्रष्ट रुपमा के देखिन थालेको छ भने कम्युनिज्म प्रतिको आम आकर्षण विकर्षणको रुपमा परिणत हुन थालेको छ, मुख्य गरी गरिबहरुको माझमा।
कम्युनिज्म किन यसरी, यति छिटै पलायनतर्फ लागेको होला त? किन यसले गरिबहरुलाई आकर्षित गर्न छाड्यो? यी प्रश्नहरुको उत्तर खोज्न अध्ययन र अनुसन्धानहरु भइ नै रहने छन्, आउँदा दिनहरुमा। सरसर्ति हेर्दा भने कम्युनिज्मको तिब्र पतनका केही कारणहरु यस प्रकार रहेका देखिन्छन्, ती हुन: १. महत्वाकांक्षी एवं व्यक्तिवादी नेताहरुले कम्युनिज्मको प्रयोग आफ्नो स्वार्थ पूर्तिका लागि गर्नु र गरिब जनतामाझ केवल समृद्धिको सपना बाँडेर उनीहरुको गरिबीको उपयोग गर्नु। २. नेताहरुले गरिबहरुको गरिबीलाई भर्याँगको रुपमा प्रयोग गरेर सत्ता र स्वार्थको सिखर चढ्नु र चिरकाल सम्म पनि शक्तिसाली पद ओगट्नु। ३. उत्पादनका साधनहरु- भूमि, पूँजी, श्रम र संगठन माथि राज्यको अति नियन्त्रण हुनु र उत्पादन एवं वितरणमा निजी क्षेत्रको महत्वलाई पूर्णरुपमा वेवास्ता गर्नु। ४. नेताहरुले गरिबहरुलाई उत्पादनमूखि कार्यमा संलग्न गराउनुको साटो आफ्नो स्वार्थ सिद्धिका लागि उनीहरुलाई हतियार बोक्न लगाएर हिंसक बिद्रोह गर्न उत्प्रेरित गर्नु। ५. गरिबहरुलाई हिंसक बनाएर मारकाट गर्ने मनस्थितिमा पुर्याउनु तर स्वावलम्बी हुने वातावरण सृजना नगरि दिनु। यस किसिमका अवस्थाहरु खास गरि नेपाल लगाएत अन्य विकासशील राष्ट्रहरुमा देख्न सकिन्छ।  

Bishwa Raj Adhikari

Published in Prateekdaily on Friday, November 2, 2012

Saturday, October 27, 2012

Why are you so cruel?-Poem of the week-44


Why are you so cruel?

Time, O cruel Time!
Why are you so heartless?
Why are you so callous?
Have you ever think on that?
With your sharp sword,
you cut my childhood.
You cut my youth so brutally.
You are waiting to kill me,
on the time you decided.
But I still respect you.
I respect you,
for your dutifulness,
for your sincerity.
I know, you are only,
honest and fair.

Bishwa Raj Adhikari

Saturday, October 20, 2012

The Time-Poem of the week-43



The Time

I asked a stranger who he was.
He said “I am close to you, not very far.”

“If you recognize me, I am worth million Dollars
If not just a lost sailor.”

“Try to use me now I am very perishable
I am not that which is reusable.”

"All know me, everywhere I am prime 
I direct and control all, my name is Time"



Bishwa Raj Adhikari