Wikipedia

Search results

Saturday, May 19, 2012

Like That-1-Poem of the week-29


यस्तो पनि (१) 

१
जिवनको पाइलाले जब उमेरको चुचुरो छुन्छ
आफ्नो सुकर्म र कुकर्म मान्छेले मनमनै गुन्छ

२
आफू बाहेक अरु सबैलाई मूर्ख देख्छ एक थरि मान्छे
होच्याउँदै अरुलाई ठान्छ सर्व श्रेष्ठ आफू अर्को थरि मान्छे

३
भीडमा कसैको पछि पछि लागेर जिन्दगी बिताउँछ एक थरि मान्छे
झुक्याएर सधैं भरि थुप्रैलाई आफ्नो पछि पछि लगाउँछ अर्को थरि मान्छे

४
कहिले दिन काट्नु पर्छ कहिले दिन आफै कट्छ
दिन त सबै उस्तै हुन भोगाईको अनुभूतिमा भर पर्छ

५
सुख सयल मात्रै नै भएको छ यो कारोबारी जिवनको सार
त्यसैले हुन थालेको छ आजभोलि भावनाको पनि व्यापार

क्रमश:

विश्वराज अधिकारी

2 comments:

  1. कहिले दिन काट्नु पर्छ कहिले दिन आफै कट्छ
    दिन त सबै उस्तै हुन भोगाईको अनुभूतिमा भर पर्छ .

    I like this segment more.
    Thanking you.

    Ishwar Pradhan

    ReplyDelete