ब्र्ह्मण्याधाय
कर्माणि सङ्गं त्यक्त्वा करोति य:।
लप्यते न स पापेन
पद्मपत्रमिवाSम्भसा।।१०।।
(जुन व्यक्तिले
कर्मप्रतिको आशक्तिलाई त्यागेर आफूले गरेका सम्पूर्ण कर्महरु मलाई समर्पित गर्दछ ऊ
पानीमाथि रहेको कमलको पात पानीबाट नछोइए झै पापहरुबाट मुक्त हुन्छ।)
कायेन मनसा बुद्धया केवलैरिन्द्रियैरपि।
योगिन: कर्म
कुर्वन्ति सङ्गं त्यक्त्वSSत्मशुद्धये।।११।।
(योगीहरुले चित्तशुद्धिका लागि आशक्ति त्यागेर
केवल शरीर, मन, बुद्धिका साथै इन्द्रियहरु द्वारा पनि कर्म गर्दछन्।)
युक्त कर्मफलं
त्यक्त्वा शान्तिमाप्नोति नैष्ठिकीम्।
अयुक्त: कामकारेण
फले सक्तो निबध्यते।।१२।।
(निष्काम कर्मयोगीले
कर्मफलको आशक्ति त्यागरे कर्म गरेको हुनाले मौक्ष प्राप्त गर्छ तर सकाम कर्मयोगीले
फलप्रति आशक्ति राखेर कर्म गरेको हुनाले मौक्ष प्राप्त गर्दैन, बन्धनमा नै रहन्छ।
सर्वकर्माणि मनसा
सन्नयस्याSSस्ते सुखं वशी।
नवद्वारे पुरे देही
नैव कुर्वन् न कारयन्।।१३।।
(इन्द्रियहरुमाथि बिजय प्राप्त गरेको प्राणी
मनद्वारा समपूर्ण कर्महरुलाई त्यागेर, न त आफूले कुन कर्म गरेर, न त अरुद्वारा नै
कुनै कर्म गराएर, यस नौद्वार भएको शरीरमा सुखपूर्वक अवस्थित रहन्छ।)
नोट: दुई आँखा, दुई
कान, नाकका दुई छिद्र, एक मुख, एक मलद्वार र एक यौन (प्रजनन अङ्ग) गरी यिनलाई नौ
द्वारा मानिएको छ। मानव शरीर यी नौ द्वारहरु भएको एक सहर हो।
आफ्ना पाँच इन्द्रिय
आँखा (दृश्य), कान (श्रव्य), जिब्रो (स्वाद), छाला (स्पर्स) र नाक (घ्राण) हरुलाई आफ्नो नियन्त्रणमा राख्ने व्यक्तिहरुले
सुखपूर्वक जीवन बिताउँछन्।) मानवीय पीडाहरुलाई यी इन्द्रियहरुले शरीरमा प्रविषठ
गराउँछन्।
न कर्तृत्वं न कर्माणि
लोकस्य सृजति प्रभु:।
न कर्मफलसंयोगं
स्वभावस्तु प्रवर्तते।।१४।।
(इश्वरले
मान्छेहरुको न त कर्तव्य, न त कर्म, न त कर्मफलको संयोगको श्रृजना गर्नु भएको हो।
कर्तव्य, कर्म र कर्मफल प्रकृतिको नियम अनुसार उत्पतित हुनछन्।
नाSSदत्ते कस्याचित् पापं न चैव सुकृतं विभु:।
अज्ञानेनाSSवृतं ज्ञानं तेन मुह्यन्ति जन्तव:।।१५।।
(परमेश्वरले न त कसैद्वारा गरिएको पाप न त
कसैद्वारा गरिएको पुन्य ग्रहण गर्नु हुन्छ। अज्ञानताको पर्दाले प्राणीहरुको अन्तर
ज्ञान ढाकिएको हुनाले उनीहरु भ्रमित/मोहित
भएका हुन।)
ज्ञानेन तु तदज्ञानं
येषां नाशितमात्मन:।
तेषामादित्यवज्ज्ञानं
प्रकाशयति तत्परम्।।१६।।
(तर जसको त्यो ज्ञान
भगवानको ज्ञानद्वार नष्ट भएको छ उसको त्यो ज्ञानले सूर्यको प्रकशलेझै सबै कुरालाई
देख्न सकिने गरि अवस्था सरह छर्लङ्ग पारिदिन्छ।)
नोट: जसको अज्ञानता
आध्यात्म ज्ञानले नष्ट भएको छ उसले यो मिथ्या संसारको सबै कुरालाई प्रष्ट गरी
बुझ्न सरल हुने गरी देख्छ।
तदबुद्धयस्तदात्मानस्तत्रिष्ठास्तत्परायणा:।
गच्छनत्यपुनरावृत्तिं
ज्ञाननिर्धूतकल्मषा:।।१७।।
(त्यो व्यक्तिले पुन: जन्म नलिनुपर्ने गरी मोक्ष
प्राप्त गर्दछ जसको बुध्दि इश्वरमा स्थिर छ, जसको मन केवल इश्वरको ध्यानमा मग्न छ,
जो जहिले पनि इश्वरप्रति निष्ठावान छ, जसले इश्वरको भजन किर्तन गर्छ र जसको अज्ञान
उसको ज्ञानद्वारा नष्ट भएको छ।)
विद्याविनयसम्पन्ने
ब्राह्मणे गवि हस्तिनि।
शुनि चैव श्र्वपाके
च पण्डिता: समदर्शिन:।।१८।।
(ज्ञानी व्यक्तिहरुले
विद्या र विन्रमताले भरिपूर्ण ब्राह्मण, चाण्डाल, गाई, हात्ति र कुकुरलाई समान
दृष्टिले हेर्दछन्।)
नोट: ज्ञानी
व्यक्तिहरुले सृष्टिका सम्पूर्ण प्राणीहरुलाई समान किसिमले व्यवहार गर्दछन्।
इहैव तैर्जित: सर्गो
येयां साम्ये स्थितं मन:।
नर्दोषं हि समं ब्रह्मा
तस्माद् ब्रह्माणि ते स्थिता:।।१९।।
(ती व्यक्तिहरुले यस लोकमा नै सम्पूर्ण संसार-
जीवन मृत्युको चक्र माथि विज्य प्राप्त गरिसकेका हुन्छन् जसको मन समत्वमा स्थिर छ।
मन समत्वमा स्थिर भएका व्यक्तिहरु ब्रह्म झैदोषरहित भएको हुनाले उनीहरु बह्ममा
अवस्थतिर रहन्छन्।)
न प्रहृष्येत्
प्रियं प्राप्य नद्विजेत् प्राप्य चाSप्रियम्।
स्थिरबुद्धिरसम्मूढो
ब्रह्मविद् ब्रह्माणि स्थित:।।२०।।
(ब्रह्ममा अवस्थित
ब्रह्मबेता पुरुष स्थिर बुद्धि भएका र मोहरहित हुन्छ। ब्रह्मबेता पुरुष न त
आन्दायी वस्तु पाएर हर्षित हुन्छ न त पीडादायी वस्तु पाएर दु:खी हुन्छ।)
बाह्यस्पर्शेष्वसक्तात्मा
विन्दत्यात्मनि यत् सुखम्।
स
ब्रह्ययोगयुक्तात्मा सुखमक्षयमश्नुते।।२१।।
(जसको चित्त विषय
सुखमा आसक्त छैन उसले आत्ममा जुन सुख छ त्यो सुख प्राप्त गर्दछ। ब्रह्मयोगले युक्त
व्यक्तिले भने कहिले समाप्त नहुने सुख प्राप्त गर्दछ।)
ये हि संस्पर्शजा
भोगा दु:खयोनय एव ते।
आद्यन्तवन्त:
कौन्तेय न तेषु रमते बुध:।।२२।।
(हे कौन्तेय, जो
व्यक्तिहरु सम्पूर्ण भोग विषयहरुको योगबाट उत्पन्न भएका हुन्छ तिनीहरु निश्चय पनि
दु:खको कारण बन्दछन्। ज्ञानी व्यक्तिहरु ती मध्ये पर्दैनन्।
शक्नोतीहैव य: सोढुं
प्राक्शरीरवोमोक्षनात्।
कामक्रोधोद्भवं वेगं
स युक्त: स सुखी नर:।।२३।।
(त्यो पुरुष योगी हो
र सुखी पनि हो जसले यस जन्ममा नै आफ्नो शरीर नष्ट हुनु हुन भन्दा पहिले काम र
क्रोधबाट उत्पन्न बेगलाई सहन सक्षम रहेको छ।)
योSन्त: सुखोSन्तरारामस्तथाSन्तर्ज्योतिरेव य:।
स योगी
ब्रह्मनिर्वाणं ब्रह्मभूSधिगच्छति।।२४।।
(त्यो व्यक्ति, जो आत्मसुखले सुखी छ, आत्माको
आनन्दले आनन्दित छ, तथा आत्म ज्ञानले प्रकाशित छ, त्यो व्यक्तिले ब्रह्मको रुप
प्राप्त गरेर ब्रह्मपदमा निर्वाण प्राप्त गर्दछ।)
लभन्ते ब्रह्मनिर्वाणमृषय:
क्षीणकल्मषा:।
छिन्नद्वैधा
यतात्मान: सर्वभूतहिते रता:।।२५।।
(निष्पाप, शंकारहित,
चित्त संयमित र सबै प्राणीको हितामा क्रियाशील रहेका ऋषीहरुले ब्रह्म निर्वाण
प्राप्त गर्दछन्।)
कामक्रोधविमुक्तानां
यतीनां यतचेतसाम्।
अभितो
ब्रह्मनिर्वाणं वर्तते विदिता SS त्मनाम्।।२६।।
(काम क्रोधबाट मुक्त भएर मनलाई जित्न सक्ने,
आत्मतत्वलाई जानेको ज्ञानी पुरुहरुले ब्रह्म निर्वाण प्राप्त गर्दछ।)
स्पर्शान् कृत्वा
बहिर्बाह्यांश्चक्षुश्र्चैवाSन्तरे
भ्रुवो:।
प्राणाSपानौ समौ कृत्वा नासाभ्यन्तरचारिणौ।।२७।।
यतेन्द्रियमनोबुद्धिर्मुनिर्मोक्षपरायण:।
विगतेच्छाभयक्रोधो
य: सदा मुक्त एव स:।।२८।।
२७-२८
(ती व्यक्तिहरु
नित्य मुक्त छन् जसले सब्द र स्पर्स आदि वाह्य विषयहरुलाई मनद्वारा भित्र आउन
दिएका छैनन्। दृष्टिलाई दुबै आँखिभूँइको बीचमा पारेर, उक्षबास र निश्वास रुपमा
दुबै नाकका छिद्रहरुमा आउने जाने गर्ने प्राण र अपान वायुको माथिल्लो र तल्तो
गतिलाई रोकेर समान गरेका छन्। इन्द्रियलाई जितेका, जित्ने मन र ज्ञान भएका
मोक्षपरायण तथा इच्छा, भय र क्रोधलाई आफ्नो नियन्त्रणमा राखेका छन्।)
भोक्तारं यज्ञतपसां
सर्वलोकमहेश्वरम्।
सुह्रदं सर्वभूतानां
ज्ञात्वा मां शन्तिमृच्छति।।२९।।
(मान्छेले मलाई सबै
यज्ञ एवं तपस्याहरुको भोग गर्ने, सबै लोकहरुको महा नियन्त्रण गर्ने र सबै जीवहरुको हित गर्ने जानेर मोक्ष प्राप्त गर्दछ।)
पाँचौ अध्यायको
व्याख्या
यस अध्यायमा भगवान् श्रीकृष्णले ज्ञानको बारेमा
अर्जुनलाई विभिन्न कुराहरू भन्नु भएको छ। साथै भगवान्ले कर्मयोग र कर्म सन्यासको
बारेमा पनि प्रष्ट पार्नु भएको छ। भगवान् भन्नु हुन्छ सांसारिक कार्यहरूबाट
मुक्त रहनु वा सांसारिक कार्यहरू न गर्नु कर्म सन्यास हो। सांसारिक कार्यहरू गरे
पनि त्यसबाट फलको आशा वा अपेक्षा नगर्नु कर्मयोग हो।
यस अध्यायमा कुनै पनि कर्म गर्दा यो मेरो कर्तव्य
हो र मैले गर्नु पर्दछ भन्ने भाव राखेर कर्म गर्नु पर्ने र कुनै पनि कर्मको फलको
अपेक्षा नराख्नु भन्ने कुरालाई अति महत्वका साथ प्रस्तुत गरिएको छ। हुन पनि यो
संसारलाई सुखमय पार्नका लागि प्रत्येक कर्ताले कर्मफलको अपेक्षा नगर्नु उचित
देखिन्छ किनभने कर्मफलको अपेक्षाले मानिसमा लोभको सृजना हुन्छ। लोभले ज्ञान नष्ट
हुन्छ र ज्ञान नष्ट भएपछि व्यक्तिले उचित
र अनुचित कार्य बीचको भेद छुट्याउने विवेक गुमाउँछ। विवेक गुमाएको व्यक्ति क्रोध र
महत्वाकाङ्क्षाद्वारा नियन्त्रित हुन्छ र ऊ अपराध कर्ममा लिप्त हुन पुग्दछ।
त्यसकारण सम्पूर्ण संसारलाई नै अपराध कर्मबाट जोगाउन, सबै व्यक्तिहरूमा प्रेम र
सद्भाव जागृत गराउन प्रत्येक नागरिकमा फलको इच्छा नराखी कर्म गर्ने भावना जागृत
हुन आवश्यक छ। हुन पनि यो संसार लोभ र मोहको सम्मिलनद्वारा निर्मित एक बलियो
पर्खालबाट घेरिएको छ। लोभ इँट हो भने मोह सिमेन्ट हो। यो पर्खालको निर्माण अति
बलियो किसिमले भएको हुनाले नै साधारण ज्ञान भएका व्यक्तिहरू यो अति बलियो पर्खाल
तोडेर बाहिर आउन सक्तैनन्। यो पर्खाल तोड्नका लागि मानिसमा उत्तम ज्ञान हुन आवश्यक
छ। यो अध्यायले व्यक्तिमा त्येही उत्तम ज्ञान हुनु पर्ने कुरामा सर्वाधिकजोड दिएको
छ।
यस अध्यायमा भनिएको छ- निष्काम कर्मयोगीले
कर्मफलको आसक्ति त्यागरे जीवनका अनेक
कार्यहरू गरेको हुनाले मौक्ष प्राप्त गर्दछ तर सकाम कर्मयोगीले फलप्रति आसक्ति
राखेर कर्म गरेको हुनाले मौक्ष प्राप्त गर्न सक्तैन। त्यसकारण सकाम कर्मयोगी
बन्धनमा नै रहन्छ। उसले कहिले पनि मुक्ति पाउन सक्तैन। यो भनाइको अर्थ के हो भने
कर्मफल वा लोभको अपेक्षासहित कर्म गर्ने व्यक्ति यो जीवन-मरणको चक्रबाट बाहिर आउन
सक्तैन र पटक पटक यो दु:खमय संसारमा आउन (जन्म लिन) बाध्य हुन्छ।
आध्यात्मिक चिन्तनले यो संसारलाई दु:खमय मान्दछ।
हुन पनि यो दुनियाको बनावटका विशेषताहरूलाई हेर्दा यो प्रष्ट हुन्छ कि यो दुनियामा
केवल बलियाहरू मात्र बस्न सक्ने स्थिति छ। बल प्रयोग र छलकपट गर्ने, स्वार्थी एवं
लोभीहरूको यो संसारमा बाहुल्यता छ। शारीरिक र बौद्धिक रुपमा कमजोर व्यक्तिलाई
प्रत्येक पल बाँच्न गार्हो छ। भन्ने हो भने यो पृथ्वी नै एक किसिमले बलियोहरूलाई
मात्र बाँच्न सजिलो हुने प्रकृतिको छ। साम्यवाद, समाजवाद, प्रजातन्त्र, गणतन्त्र,
जनतन्त्र, जुन सुकै किसिमको वाद वा तन्त्र भए पनि यो संसारमा सानो सङ्ख्यामा रहेका
बलियाहरू ठूलो सङ्ख्यामा रहेका कमजोरहरू माथि शासन गरेको प्रष्ट देख्न सकिन्छ। यो
संसार कमजोरहरूका लागि निर्वाह गर्न कठिन भएको हुनाले नै प्रत्येक व्यक्तिमा
विवेक, नैतिकता निस्वार्थ भाव हुनु पर्ने भनी गीतामा जोड दिइएको हो। गीताले
विश्वको प्रत्येक नागरिकलाई ज्ञानी, निस्वार्थी एवं निष्काम कर्मयोगी हुन प्रेरित
गर्दछ।
यसै गरी गीताम भनिएको छ- ब्रह्ममा अवस्थित
ब्रह्मवेत्ता पुरुष स्थिर बुद्धि भएको र मोहरहित हुन्छ। ब्रह्मवेत्ता पुरुष न त
आनन्ददायी वस्तुहरू पाएर हर्षित हुन्छ न त पीडादायी वस्तुहरू पाएर दु:खी नै हुन्छ।
यो अति ज्ञानमय उपदेशलाई पाँचौ अध्यायको सारको रुपमा लिन सकिन्छ। यहाँ
ब्रह्मवेत्ताको रुपमा अति विवेकी, त्यागी, एवं ज्ञानवान् व्यक्तिलाई प्रस्तुत गर्न
खोजिएको हो। विवेकी एवं त्यागी व्यक्ति निर्मोही हुन्छ। ऊ कुनै पनि किसिमको
सांसारिक मोहबाट बाँधिएको हुँदैन। केवल इन्द्रियहरूलाई हर्षित पार्ने वस्तुहरू,
जुन केवल क्षणिक हुन्छन्, को संग्रहमा सम्पूर्ण जीवन समाप्त गर्दैन। प्राण त्यागेर
संसार छोड्न लागेको बेला सम्म पनि केवल सम्पत्तिको मोहमा लिप्त हुँदैन।
पाँचौ अध्याय समाप्त
No comments:
Post a Comment