Wikipedia

Search results

Sunday, December 14, 2014

Geeta Chapter-1

श्रीमद्भगवद्गीता




अध्याय १




धर्मक्षेत्रे कुरुक्षेत्रे समवेता युयुत्सव:।
मामका: पाण्डवाश्चैव किमकुर्वत सञ्जय।। १।।

(धृतराष्टले भने: हे सञ्जय युद्धका इच्छाद्वारा धर्मभूमि कुरुक्षेत्रमा जम्मा भएका मेरा र पाण्डु पुत्रहरुले के गरे?)

दृष्ट्वा तु पाण्डवानीकं व्यूढं दुर्योधनस्तदा।
आचार्यमुपसंगम्य राजा वचनमब्रवीत।। २।।

(सञ्जयले भने: महाराज, त्यस समयमा पाण्डवका व्युहाकारमा तयार सेना देखेर द्रोणाचार्यको नजिक पुग्दै दुर्योधनले यी शव्दहरु भने।)

पश्यैतां पाण्डुपुत्राणामाचार्य महतीं चमूम्।
व्यूढां द्रुपदपुत्रेण तव शिष्येण धीमता।। ३।।

(हे आचार्य, हजूरको बुद्धिमान शिष्य द्रुपदपुत्र धृष्टद्युम्नले रचना गरेका व्यूह सहितको पाण्डुपुत्रको महान सेनालाई हेर्नुहोस।)

अत्र शूरामहेष्वासा भीमार्जुनसमा युधि।
युयुधानो विराटश्च द्रुपदश्च महारथ: ।।४।।

(यस सेना समूहहरुमा युद्ध गर्नमा भीम र अर्जुन समान महान धनुधारीहरु युयुधान, विराट, द्रुपद छन्।)

धृष्टकेतुश्चेकितान: काशिराजश्च वीर्यवान्।
पुरुजित् कुन्तिभोजश्च शैब्यश्च नरूपंगव:।।५।।

(अनि धृष्टकेतु, चेकितान, अति पराक्रमी काशीराज, पुरुजीत, कुन्तिभोज, मनुष्यमा उत्तम शैव्य पनि छन्।

युधामन्युश्च विक्रान्त उत्तमौजाश्च वीर्यवान्।
सौभद्रो द्रौपदेयाश्च सर्व एव महारथा:।।६।।

(पराक्रमी युद्धामन्यु, बलशाली उत्तमौजा, सुभद्राका पुत्र, द्रोपदीका पुत्रहरु छन्। यी महान् महान् महारथीहरु छन्।)

अस्माकं तु विशिष्टा ये तान्निबोध व्दिजोत्तम।
नायका मम सैन्यस्य संज्ञार्थ तान् ब्रवीमि ते।।७।।

(हे ब्राह्मणणमा उत्तम, मेरो सैन्यसक्तिलाई नेतृत्व गर्न हामी बीच जो जो विशेषयोग्य छन, म तिनको नाम भन्छु, कृपया अवगत गर्नु होला।)

भवान् भीष्मश्च कर्णश्च कृपश्च समितिञ्जय:।
अश्वत्थामा विकर्णश्च सौमदत्तिस्तथैव च।।८।।

(विभिन्न व्यक्तिहरु हुनुन्छ जस्तै तपाइँ, भिष्म, कर्ण, युद्धमा सँधै विजयी कृपाचार्य, अश्वत्थामा, विकर्ण, सोमदत्तका छोरा भूरिश्रवा।)

अन्ये च बहव: शूरा मदर्थे त्यक्तजीविता: ।
नानाशस्त्रप्रहरणा: सर्वे युद्धविशारदा: ।।९।।

(मेरो लागि जीवन त्याग्न अरु पनि शूरवीरहरु तत्पर छन्। ती सबै विभिन्न किसिमका  अश्त्रहरुद्वारा सज्जित भएका छन्। र युद्वकलामा अनुभव प्राप्त गरेका छन्।)

अपर्याप्तं तदस्माकं बलं भीष्माभिरक्षितम् ।
पर्याप्तं त्विदमेतेषां बलं भीमाभिरक्षितम् ।।१०।।

(पितामह भिष्मको शक्तिद्वारा रक्षित हाम्रो सेनाको शक्ति असीमित छ तर भीमद्वारा रक्षित पाण्डवको शक्ति सीमित छ।)

अयनेषु च सर्वेषु यथाभागमवस्थिता:
भीष्ममेवाभिरक्षन्तु भवन्त: सर्व एव हि ।।११।।

(अब तपाइँहरु सबैले आफ्नो आफ्नो रणस्थानमा रहेर चारैतिरबाट भिष्म पितामहलाई सम्पूर्ण सुरक्षा प्रदान गर्नु पर्नेछ।)

तस्य संजनयन्हर्ष कुरुवृध्द पितामह:।
सिंहनादं विनद्धच्चै: शङ्खंदध्यौ प्रतापवान्।।१२।।

(तब कौरवहरुमा वृद्ध प्रतापी पितामह, भिष्मले दुर्योधनको उत्साहमा अभिवृद्धि गर्न सिंहको जस्तै ठूलो गर्जन गर्दै शंख बजाए।) 

तत: शङ्खाश्र्च भेर्यश्र्च पाणवानकगोमुखा:।
सहसैवाभ्यहन्यन्त स शब्दस्तुमुलोSभवत् ।। १३।।

(ततपश्चात शंख, सहनाइ, पणव, आनक गोमुखहरु अचानक एकैपटक बजे र यिनको सामुहिक धव्नि डलरलाग्दो सुनियो)

तत: श्र्वेतैर्हयैर्युक्ते महति स्यन्दने स्थितौ।
माधव: पाण्डवश्र्वैव दिव्यौ शङ्खौ प्रदध्मतु:।।१४।।

(त्यसपछि स्वेत अस्व जोतिएको भव्य रथमा बसेका भगवान श्री कृष्ण र अर्जुनले दिव्य शंख बजाउनु भयो)

पाञ्चजन्यं हृषिकेशो देवदत्तं धनंजय:।
पौण्ड्रं दध्मौ महाशङ्खं भीमकर्मा वृकोदर:।।१५।।

(भगवान श्री कृष्णले आफ्नो पाञ्चजन्य, अर्जुनले आफ्नो देवदत्त, धेरै खाने र अतिशक्तिसाली भीमसेनले आफ्नो पौण्ड्रक नामक शंख बजाउनु भयो

अनन्तविजयं राजा कुन्तीपुत्रो युधिष्ठिर:।
नकुल: सहदेवश्र्च सुघोषमणिपुष्पकौ।। १६।।

(कुन्तीका पुत्र राजा युधिष्ठिरले अनन्त-विजय, नकुलले सुघोष र सहदेवले मणिपुष्प नामक शंख बजाउनु भयो)

काश्यश्र्च परमेष्वास: शिखण्डि च महारथ:।
धृष्टधुम्नो विराटश्र्च सात्यकिश्र्वापराजित:।। १७।।

(महाधनुर्धारी काशीराज, महारथी शिखण्डि, धृष्टद्युम्न, विराज, अजेय-)

द्रुपदो द्रौपदेयाश्र्च सर्वश: पृथिवीपते
सौभद्रश्र्च महाबाहु: शङ्खान्दध्मु: पृथक्पृथक्।। १८।।

(पराजित गर्न नसकिने सात्यकि, द्रुपद, द्रौपदीका छोरा, महाबाहु अभिमन्यु, सबैले, हे राजन! आ-आफ्नो शंख बजाए।)

स घोष धार्तराष्ट्राणां हृदयानि व्यदारयत्।
नभश्र्च पुथिवीं चैव तुमुलो व्यनुनादयन्।।१९।।

(शंख बजाउँदा उत्पन्न आकाश र पृथ्वीबाट प्रतिध्वनीत अति चर्को आबाजले कौरवहरुको छाती चर्किन थाल्यो।)

अथ व्यवस्थितान्दृष्ट्वा धार्तराष्ट्रान् कपिध्वज:।
प्रवृत्ते शस्त्रसंपाते धनुरुध्यम्य पाण्डव:।
हृषीकेशं तदा वाक्यमिदमाह महीपते।।२०

(महाराज, त्यसपछि अर्जुन, जो हनुमानको चित्र अंकित ध्वजतल रहेका थिए, ले जब युद्धका लागि तयार भइ हतियार प्रहार गर्न तयार रहेका धृतराष्ट्रका पुत्रहरुलाई हेरे आफ्नो धनुष उठाउँदै भगवान श्री कृष्णलाई यी शब्दहरु भने।)

अर्जुन उवाच
सेनयोरुभयोर्मध्ये रथं स्थापय मेSच्युत।।२१।।

(अर्जुनले भने, हे अच्युत, मेरो यो रथलाई दुबै तर्फका शैन्यका बीचमा लगि खडा गरिदिनु होस)

यावदेतान्निरीक्षेSहं योद्धुकामानवस्थितान
कैर्मया सह योद्धव्यमस्मिन् रणसमुध्यमे।।२२।।

(म यो हेर्न सकौं कि युद्ध गर्ने उद्देश्यका साथ यस रणभूमिमा उपस्थितहरु मध्ये मैले को को सँग युग्द्ध गर्नु पर्नेछ।)

तोत्स्यमानानवेक्षेSहं य एतेSत्र समागता:।
धार्तराष्ट्रस्य दुर्बुध्देर्युध्दे प्रियचिकीषर्व:।।२३।।

(दुर्बुद्धि दुर्योधनको अशल चिताएर यस संग्राममा युद्ध गर्न आएका योद्धाहरु मलाई हेर्न दिनुहोस।)

सञ्जय उवाज
एवमुक्तो हृषीकेशो गुडाकेशेन भारत।
सेनयोरुभयोर्मध्ये स्थापयित्वा रथोत्तमम्।।२४

(सञ्जयले भने, हे धृतराष्ट्र महोदय, अर्जुनको अनुरोध अनुसार भगवान श्री कृष्णले सर्वोत्तम रथ दुई सेना समूहरुको मध्यमा लग्नु भयो।)

भीष्मद्रोणप्रमुखत: सर्वेषां च महीक्षिताम्।
उवाच पार्थ पश्यैतान्समवेतान्कुरुनिति।।२५।।

(भीष्म, द्रोण एवं विश्वका अन्य नायकहरुको सामुन्ने भगवान श्री कृष्णले भन्नु भयो यो रणभूमि उपस्थित भएका यी कुरुवंशीहरुलाई हेर।)

तत्रापश्यत्स्थितान्पार्थ: पितृनथ पितामहान्।
आचार्यान्मातुलान् भ्रातृन् पुत्रान् पौत्रान् सखींस्तथा।
श्वशुरान् सुहृदश्र्चैव सेनयोरुभयोरपि।।२६।।

(तत् पश्चात त्यहाँ रहेका अर्जुनले दुबै सैन्य पक्षमा सम्मिलित पितासरहका अग्रजहरु, पितामहसरहका अग्रजहरु, गुरु, आमा पट्टिका काकाहरु, भाइहरु, छोराहरु, नातीहरु, मित्रहरु, ससुराहरु एवं सुभ चिन्तकहरुलाई देख्न सके।)

तान्समीक्ष्य स कौन्तेय: सर्वान्बन्धूनवस्थितान्।
कृपया परयाविष्टो विषीदन्निदमब्रवीत्।।२७।।

(त्यहाँ उपस्थित सबै आफ्नै नातेदार एवं बन्धुहरु भएको कुन्तीपुत्र अर्जुनले जब देखे दया गर्दै आत्तिएर दु:खी भइ यो भने।)

अर्जनु उवाच
दृष्ट्वेमं स्वजनं कृष्णा युयुत्सुं समुपस्थितम्।
सीदन्ति मम गात्राणि मुखं च परिशुष्यति।।२८।।

(अर्जुनले भने, हे कृष्ण, युद्ध गर्ने उद्देश्यले तयार भइ जम्म भएका मेरा आफ्ना यी नातेदारहरु देखेर मेरा शरीरका अंगहरु कमजोर हुँदैछन्, र मेरो मुख पनि सुखिरहेको छ।)

वेपथुश्र्च शरीरे मे रोमहर्षश्र्च जायते।
गाण्डीवं स्त्रंसते हस्तात्त्वक्चैव परिदह्यते।।२९।।

(मेरो सम्पूर्ण शरीरमा कंपन हुँदैछ। रोमांचकताको अनुभव गर्दैछु। हातबाट गाण्डिव खस्दै छ, अनि छाला पनि पोल्दै छ।)

न च शक्नोम्यवस्थातुं भ्रमतीव च मे मन:।
निमित्तानि च पश्यामि विपरीतानि केशव।।३०।।

(म अब उभिएर रहन सक्ने स्थितिमा छैन। म भ्रमित भएर आफूलाई नै बिर्सने स्थितिमा पुगेको छु। केसी राक्षशको संघारकर्ता, हे केशव, म केवल दुर्भाग्यका लक्षणहरु मात्र देखिरहेको छु।

न च श्रेयोSनुपश्यामि हत्वा स्वजनमाहवे।
न काङ्क्षे विजयं कृष्ण न च राज्यं सुखानि च।।३१।।

(हे कृष्ण, यस युद्धमा आफ्नै नातेदारहरुको हत्या गरेर म केही फाइदा देखिरहेको छैन्, न त म विजयको चाहना नै छ, न त मलाई राज्य नै चाहिएको छ अथवा खुसी चाहिएको छ।)

किं नो राज्येन गोविन्द किं भोगैर्जीवितेन व।
येषामर्थे काङ्क्षितं नो राज्यं भोगा: सुखानि च।।३२।।

त इमेSवस्थिता युद्धे प्राणांस्त्यक्त्वा धनानि च।
आचार्या: पितर: पुत्रास्तथैव च पितामहा:।।३३।।

मातुला: श्वशुरा: पौत्रा: श्याला: सम्बन्धिनस्तथा।
एतान्न हन्तुमिच्छामि ध्नतोSपि मधुसूदन।।३४।।

अपि त्रैलोक्यराज्यास्य हेतो: किं नु महीकृते।
निहत्य धार्तराष्ट्रान्न: का प्रीति: स्याज्जनार्दन।।३५।।

३२-३५ ((हे गोविन्द, राज्य, सुख र जीवनको नै के महत्व रह्यो यदि जसका लागि ती कुराहरुको हामीले कामना गरेका छ तिनीहरु नै रणभूमिमा उपस्थित भएका छन् भने। हे मधुसुधन, गुरुहरु, पिताहरु, पुत्रहरु, पितामहहरु, मामाहरु, ससुराहरु, नातिहरु, सालाहरु र अन्य नातेदारहरु जब आफ्नो जीवन र सम्मत्तिको मोहत्यागेर मेरो अगाडि पक्तिवक्ध भएका भने म कसरी तिनहरुको ज्यान लिने कामना गरौ यदि तिनीहरुले मेरो ज्यान लिन सक्ने भएता पनि। हे सम्पूर्ण जीवनहरुका रक्षक, तिनीहरुसँग युद्ध गर्दा बदलामा मैले तिनै लोक पाएता पनि म युद्ध गर्न तयार हुन सक्तिन। धृतराष्ट्रका पुत्रहरुको हत्या गरेर हामीले के आनन्द पाउने छौ?)  

पापमेवाश्रयेदस्मान् हत्वैतानाततायिन:।
तस्मान्नार्हा वयं हन्तुं धार्तराष्ट्रान् सबान्धवान्।
स्वजनं हि कथं हत्वा सुखिन: स्याम माधव।।३६।।

(हे माधव, यी आक्रमणकारीहरुको हत्या गरेर हामी निश्चय पनि पापको भागेदार हुनेछौ। त्यसकारण धृतराष्ट्रका पुत्रहरुका साथै हाम्रा परिवारका सदस्यहरुको हत्या गर्नु हाम्रो लागि उचित होइन। तसर्थ आफ्नै नातेदारहरुको हत्या गरेर हामी कसरी सुखी हुन सक्ने छौ?)

यद्धप्येते न पश्यन्ति लोभोपहतचेतस:।
कुलक्षयकृतं दोष मित्रद्रोहे च पातकम्।।३७।।

कथं न ज्ञेयमस्माभि: पापादस्मान्निवर्तितुम्।
कुलक्षयकृतं दोषं प्रपश्यद्भिर्जनार्दन।।३८।।

३७-३८ (हे कृष्ण, लोभले हृद्य भरिएका यी व्यक्तिहरुले आफ्नै परिवारको बध गर्नु र मित्रहरुसँग कलह गर्नुलाई दोष नदेखे तापनि हामी जसले परिवारको हत्या गर्नुलाई अपराध देख्छले यो पाप कर्म किन गर्ने?

कुलक्षये प्रणश्यन्ति कुलधर्मा: सनातना:।
धर्मे नष्टे कुलं कृत्स्नमधर्मोSभिभवत्युत।।३९।।

(कुलको विनासबाट परिवारको आध्यात्मिक परम्परा सदको लागि नष्ट हुन्छ। जब आध्यात्मिक मुल्यहरु समाप्त हुन्छन् तब सम्पुर्ण समाजलाई पापले छोप्छ।)

अधर्माभिभवात् कृष्ण प्रदुष्यन्ति कुलस्त्रिय:।
सत्रीषु दुष्टासु वार्ष्णेय जायते वर्णसंकर:।।४०।।

(हे कृष्ण, जब पाप व्याप्त हुन्छ तब वंशका स्त्रीहरुहरुमा सदाचार नाश हुन्छ। हे वार्ष्णेय, सदाचार नभएका स्त्रीत्वबाट वर्णसंकरको जन्म हुन्छ।)

संकरो नरकायैव कुलघ्नानां कुलस्य च।
पतन्ति पितरो ह्येषां लुप्तपिण्डोदकक्रिया:।।४१।।

(वर्णसंकर कुलघातकहरुलाई र अन्य कुललाई नरकमा लग्छन। पिण्ड दान आदि कार्य लुप्त भएका यिनक पितृहरु पनि खराब हुन्छन्।)

दोषैरेतै: कुलघ्नानां वर्णसंकरकारकै:।
उत्साद्धन्ते जातिधर्मा: कुलधर्माश्र्च शाश्र्वता:।।४२।।

(वंश नाश गर्ने उनीहरु सबैका ती पापी कार्यहरुले गर्दा वर्ण संकर उत्पत्तिमा वृद्धि हुन्छ जसले गर्दा समय मर्यादित वंश परम्पराको नष्ट हुन्छ।

उत्सन्नकुलधर्माणां मनुष्याणां जनार्दन।
नरके नियतं वासो भवतीत्यनुशुश्रुम।।४३।।

(हे जनार्दन, पालनकर्ता, जो व्यक्तिहरुको आध्यात्मिक वंश परम्परा नष्ट भएर जान्छ ती निर्वाध रुपमा नर्कमा पुग्दछन् भन्ने कुरा मैले विद्वानहरुले भनेको सुनेको छु।)

अहो बत महत् पापं कर्तुं व्यवसिता वयम्।
यद् राज्यसुखलोभेन हन्तुं स्वजनमुद्धता:।।४४।।

(ओहो! यो कति अनौठो छ कि हामीले महान पाप गर्ने विचार गरेका छौ। केवल राजकीय सुख भोग गर्नका लागि हामी आफ्नै नातेदारहरुको वध गर्न तयार भएका छौ।

यदि मामप्रतीकारमशस्त्रं शस्त्रपाणय:।
धार्तराष्ट्रा रणे हन्युस्तन्मे क्षेमतरं भवेत्।।४५।।

(मानौ यदि हातमा अश्त्र भएका धृतराष्ट्रका छोराहरुले म रणभूमिमा अश्त्रहीन र प्रतिरोध गर्न नसक्ने अवस्थामामा रहेको बेला  मेरो हत्या गरेता पनि  त्यसलाई राम्रो नै मानिने छ।)

सञ्जय उवाज
एवमुक्त्वार्जुन: संख्ये रथोपस्थ उपाविशत्।
विसृज्य सशरं चापं शोकसंविग्नमानस:।।४६

(सञ्जयले भेन,  यसरी यो भनेर अर्जुनले आफ्नो रणभूमिमा धनु र वाण एकतिर पन्छ्याए अनि आत्तिंदै मनाम गहिर दु:खका साथ रथमा बसे।)



प्रथम अध्यायको व्याख्या
गीताको यो प्रथम अध्याय, जसमा जम्मा ४६ स्लोकहरु छन्, मा मुख्य गरी तीन विषयहरु वर्णनन् गरिएका छन। तयारी सहित युद्धको प्रारम्भको अवस्था पहिलो विषयको रुपमा देखिएको छ। युद्धमा के कस्ता तयारीहरु गरिएको छन्, को र कति सक्षम योद्धाहरु रणभूमि युद्ध गर्ने दृढताका साथ उपस्थित भएका छन् दोस्रो विषयको रुपमा देखिएको छ। आफ्नो पक्षसित युद्ध गर्न आफ्नै नातेदार, मित्र एवं परिचितहरु तत्पर भएको तेस्रो विषयको रुपमा देखिएको छ।
आफ्नै नातेदारहरुसँग युद्ध नगर्ने अर्जुनको मनसायको वर्णनन् यसै अध्यायबाट आरम्भ हुन्छ। युद्धका लागि आवश्यक सामाग्री सहित भारि अश्त्र र शस्त्र बोकेर रणभूमि उपस्थित आफ्नै नातेदार देखेर अर्जुन एकातिर आश्चर्यमा पर्छन भने अर्कोतिर त्यस्तो स्थिति देखेर अर्जुनमा वैराग्य पनि उत्पन्न हुन्छ। अर्जुन धनु र वाण परित्याग गरेर, तिनलाई एकतिर फालेर रथमा चिन्तामग्न भएर बस्छन। युद्ध नगर्ने विचारमा पुग्छन्। युध्दबाट आफ्नो वंश एवं मानव समुदायलाई कुनै फाइदा न हुने देख्छन्।
यस अध्यायमा अर्जुनको चिंता एक अर्को पक्षमा पनि देखिएको छ। यस महायुद्धमा आफ्नो वंशको सम्पूर्ण पुरुषहरुको मृत्यु भएमा आफ्ना वंशका स्त्रीहरुमा अपचलन पैदा हुने र त्यसबाट आध्यात्मिक वंश परम्परामा घात पुग्ने र सम्पूर्ण समाज नै भ्रष्ट हुनेमा अर्जुन चिंतित देखिएका छन्।
गीता मुल रुपमा भवगान श्री कृष्ण र अर्जुको वार्तालापमा आधारित रहेको छ। सम्पूर्ण गीतमा नै अर्जुनले आफ्ना चिंता, जिज्ञासा, नैराश्यता, वैराग्य आदिलाई भगवना श्री कृष्ण समक्ष राख्छन। भगवानले उनका प्रत्येक प्रश्नको जवाफ मात्र दिनु हुन्न साथै असल उद्देश्य रहेको कर्म गर्नका लागि ज्ञान दिनु हुन्छ र त्यो कर्म गर्न अर्जुनलाई भौतिक र मानसिक रुपमा तयार समेत पार्नु हुन्छ।
भगवान श्री कृष्णले अर्जुनलाई माध्यमको रुपमा लिएर सम्पूर्ण मानव समुदायलाई नै सन्देश दिनु भएको छ। यस भौतिक संसारमा बाँच्ने मार्ग दर्शन गराउनु भएको छ। सत्य र न्यायको पक्षमा रहन मानव समुदायलाई प्रेरण दिनु भएको छ। सत्य र न्यायको अभावमा मानव जीवनले निरन्तरता पाउन नसक्नेमा भगवानले प्रष्ट पार्नु भएको छ।
प्रथम अध्यायमा, मुख्य रुपमा भने, अर्जुन आफ्नै वन्धु बान्धवको हत्या गर्ने तयार नरहेको भन्ने वारे व्याख्या छ। यस अध्यायमा कौरवहरुले विवेक गुमाएर अर्थहीन कार्य गर्न खोजेको भए तापनि आफू विवेकी भएर त्यस्तो युद्ध नगर्न अर्जुनले बढी जोड दिइएको कुरालाई उल्लेख गरिएको छ।  



(समाप्त)




No comments:

Post a Comment