मोदी किन असफल हुँदैछन् ?
‘लुडो’ नामको एक खेलमा खेलाडीका सामु धेरै किसिमका स्थितिहरू आउँछन् । त्यसमध्येको एक स्थिति हो, खेलको क्रममा खेलाडी (गोटी) ज्यादै माथि पुगिसकेको स्थितिमा त्यहाँ रहेको सर्पले खाएर खेलाडीलाई केही तल वा ज्यादै तल पुर्याइदिनु । कहिलेकाहीं यति तल पुर्याइदिन्छ कि माथि आउन निकै ठूलो समस्या उत्पन्न हुन्छ । अहिले राजनीतिक जीवनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्थिति पनि लुडोको खेलाडीको गोटीको स्थिति जस्तो हुन थालेको छ । कुनै बेला चर्चाको शिखरमा पुगेको व्यक्ति अहिले चौतर्फी आलोचना खेपिरहेका छन् । नेपाल–भारतबीच उत्पन्न ताजा कटुताको कारण मोदीलाई नेपालको नजरबाट हेर्नेहरूले यो कुरा गरेका होइनन, मोदी आफ्नै देशमा पनि आलोचित हुन पुगेका छन् । भारतकै नेता, अधिकारकर्मी, बुद्धिजीवी (Think Tank) लगायत उनकै दलका केही नेताहरूले समेत पनि उनको ‘अति हिन्दूवादी सोच’ एवं छिमेकी देशहरूसँगको व्यवहारको सन्दर्भमा मोदी प्रशासनले लिएको अव्यावहारिक नीतिलाई लिएर उनको कटु आलोचना गरिरहेका छन् । भारतीय राष्ट्रिय काङ्ग्रेसलगायत अन्य विपक्षी दलहरूले मोदीको कार्यशैलीको आलोचना गर्नु त स्वाभाविक नै हो । प्रतिपक्षमा रहेकाहरूले त्यस्तो गर्छन् पनि।
मोदीको आलोचना गर्नेहरूले कल्पनाका आधारमा नभई उनका असफलताहरूलाई अगाडि सारेर उनको आलोचना गरेको दाबी गरिरहेका छन् । भारतका प्रख्याति प्राप्त एवं चर्चित व्यक्तिहरूले प्राप्त गरेका सम्मान एवं पुरस्कारहरू फिर्ता गर्ने घोषणा गर्नु, विहारमा सम्पन्न चुनावमा भाजपाको पराजय हुनु, भारतका अल्पसङ्ख्यक खासगरी मुस्लिम समुदायले आफ्नो असुरक्षा बढेको महसुस गर्नु, सदियौं पुरानो नेपाल–भारतबीचको सुमधुर सम्बन्ध अति नराम्रो स्तरमा बिग्रेर जानु, आम भारतीयहरूलाई गुजरातको आर्थिक प्रगति देखाएर अन्य राज्यहरूमा पनि त्यस्तै विकास हुनेछ भनी मोदीले चुनावको समयमा देखाएको सपना केवल ‘आकाशको फल’ मा रूपान्तरित हुनु जस्ता मुद्दाहरूलाई उनका आलोचकहरूले मोदीको व्यक्तित्वलाई तल झार्ने खुडकिलाहरूको रूपमा प्रस्तुत गरिरहेका छन् ।
मोदीले यस किसिमका आलोचनाहरू खेपिरहेको सन्दर्भमा नै मोदी प्रशासनलाई प्रतिकूल प्रभाव पार्ने किसिमको एक खबर भारतीय सञ्चारमाध्यमहरूले अहिले जोडतोडले छरिरहेका छन् । कतिपय फेसबुक प्रयोगकर्ताहरूले समेतले पनि त्यो खबरलाई सनसनीपूर्ण मान्दै आफ्नो ‘स्टेट्स’मा उल्लेख गरेका छन् । त्यो सनसनीपूर्ण खबर के हो भने भारतका चर्चित सिनेकर्मी आमिर खानले घुमाउरो पारामा तर उनकी पत्नी किरणले भने प्रत्यक्ष किसिमले, मुलुकमा बढ्दो असहिष्णुता (अल्पसङ्ख्यक मुस्लिमहरूमाथिको व्यवहार) को कारण आफूहरू र खासगरी आफ्नो सन्तानका लागि मुलुक असुरक्षित हुन पुगेको हुनाले उनीहरू कुनै अर्काे देशमा जाने सोचमा रहेको भनी उल्लेख गर्नु । भारतका सञ्चारमाध्यमहरूले यो खबरलाई प्रमुखताका साथ छापेका छन् । विदेशी सञ्चारमाध्यम बीबीसीलगायतहरूले पनि यो समाचार छापेका छन् ।
एक अर्काे प्रसङ्गमा, यसै वर्ष (सन् २०१५) को सेप्टेम्बर महिनामा प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त राज्य अमेरिकाको भ्रमणमा आएका थिए । भ्रमणको क्रममा उनी ‘सिलिकन भ्याली’ अवलोकन गर्न क्यालिफोर्निया पुगेका थिए । क्यालिफोर्नियाको भ्रमणको क्रममा नै मोदी फेसबुकको मुख्यालय पुगेर फेसबुकका प्रमुख मार्क जुकरबर्गलाई भेटेका थिए । भेटको क्रममा उनले जुकरबर्गसँग हात मिलाउँदा जुकरबर्ग निकै आलोचित हुन पुगेका थिए । आलोचक र खासगरी अधिकारकर्मीहरूले नरसंहारमा संलग्न रहेका हिन्दू अतिवादी मोदीसँग जुकरबर्गले हात मिलाएकोमा जुकरबर्गको अति आलोचना गरेका थिए । मोदीको हातमा रगत लागेकाले सो रगत जुकरबर्गको हातमा पनि सर्न पुगेकाले अधिकारकर्मीहरूले जुकरबर्गलाई ‘सेनेटाइजर’ले हात पुछ्न सल्लाह दिएका थिए । सेनेटाइजरका प्याकहरू जुकरबर्गकहाँ पुर्याउने घोषणासमेत पनि गरेका थिए । अधिकारकर्मीहरूले सन् २००२ मा भारतको गुजरातमा भएको जातीय दङ्गा, जसमा करिब २००० व्यक्तिहरूको हत्या भएको थियो र हत्या हुनेहरूमा प्राय: मुस्लिमहरू थिए, मा मोदीको पनि संलग्नता रहेको भनी मोदीको विरोध गरेका थिए । मोदीको विरोधमा भएको प्रदर्शनमा हिन्दूहरूसमेतले पनि भाग लिएका थिए । उनीहरूले मोदीले हिन्दूको आडमा रहेर हिन्दूहरूको बदनाम गरेको भनी आलोचना गरेका थिए ।
तर सन् २०१४ मा भारतमा भएको १६औं लोकसभाको चुनावमा मोदीले जुन चर्चा, ख्याति र सफलता पाएका थिए, त्यो आफैमा अभूतपूर्व त थियो नै साथै त्यो चुनावले उनलाई वायु वेगमा एक क्षेत्रीय नेताबाट राष्ट्रियस्तरको नेता तुल्याइदिएको थियो । प्रधानमन्त्री निर्वाचित हुनुपूर्व उनको राजनीति केवल गुजरातमा मात्र सीमित थियो । र, प्रान्तीय राजनीतिबाट माथि उठ्न सकेका थिएनन् । तर चुनावताका साउनको भेलझैं उर्लिंदो मोदीको ख्यातिले उनलाई विश्वस्तरको नेताको दर्जामा समेत पुर्याइदियो । मोदी भारतमा महात्मा गाँधीपछि दोस्रो ख्यातिप्राप्त व्यक्ति रहेको भनी भारतभित्र र बाहिर पनि चर्चा हुन पुगेको थियो । सन् २०१४ को चुनावताका, गुजरातमा मोदी नै मुख्यमन्त्री रहेको समयमा त्यहाँ सन् २००२ भएको त्यो जातीय दङ्गालाई मतदाताहरूले बिर्सेर मोदीप्रति ठूलो समर्थन देखाएका थिए । मोदीको राजनीतिक छवि कट्टर हिन्दूवादी भएता पनि गैरहिन्दूहरू, मुख्यगरी मुस्लिमहरूले, अभूतपूर्व किसिमले मोदीको समर्थन गरेका थिए । मोदीले आफ्नो जातीय छवि बिर्सेर आफूलाई आर्थिक विकासमा केन्द्रित गर्ने भनी आम भारतीयहरूले ठूलो आशा गरेका थिए । गुजरातको आर्थिक विकास जुन मोदीको योजना र नेतृत्वमा भएको थियो, त्यसले भारतीयहरूलाई ज्यादै नै आकर्षित एवं उत्प्रेरित गरेको थियो । तर प्रधानमन्त्री भएपछिको मोदीको कार्यशैलीले आम भारतीयहरूलाई निराश पारेको मात्र छैन, भारतीय अल्पसङ्ख्यकहरूले उनको कार्यशैलीलाई शङ्काको दृष्टिकोणले हेर्न पनि थालेका छन् ।
छोटो समयमा नै सफलताको शिखर चुम्ने, भारतीय राजनीतिमा दिग्गज कहलिएकाहरूलाई धेरै पछाडि पारेर सरल किसिमबाट उच्च सत्तारोहण (प्रधानमन्त्री पद ग्रहण) गर्ने मोदी यति छिट्टै नै किन असफलताको दिशातिर उन्मुख हुन पुगेका छन् त ? यस प्रश्नको उत्तर खोजौं ।
प्रधानमन्त्री मोदीले आफूलाई एक हिन्दूवादी नेताभन्दा माथि उठाउन सकेनन् । अति हिन्दूवादी सोचको घेरालाई तोड्न सकेनन् । भारत जस्तो अनेक धर्म, संस्कृति, भाषा आदि रहेको मुलुकमा त्यहाँका नेता (प्रधानमन्त्री) ले आफूलाई सबै नागरिकको प्रतिनिधि रहेको बोली मात्र होइन, व्यवहारद्वारा समेत देखाउनुपर्नेमा मोदीले सो गर्न सकेनन् । अति हिन्दूवादी सोचको कारण अति प्रतिभाशाली मोदी विश्वस्तरको नेता हुन सकेनन् ।
अमेरिकी राष्ट्रपति बाराक ओबामा, दक्षिण अफ्रिकका नेता नेल्सन मन्डेला, भारतका नै महात्मा गाँधी आदिले आफूलाई कहिले पनि केवल खास समूहको नेताको रूपमा प्रस्तुत गरेनन् । सबै धर्म, संस्कृति (काला र गोरा) का व्यक्तिहरूको नेताको रूपमा प्रस्तुत गरे, विश्वस्तरको नेता भए । मोदीले भने यस्तो गर्न सकेनन् ।
कुनै खास धर्मप्रतिको अति लगाव वा धार्मिक कट्टरताको कारण विश्वस्तरको नेता हुन सक्ने व्यक्ति कसरी केवल एक समूहको नेता हुन पुग्छ भन्ने कुराको उदाहरण अहिले मोदी हुन पुगेका छन् । लोकसभाको पछिल्लो चुनावताका भारतभित्र एवं अन्तर्राष्ट्रियस्तरमा अति प्रसिद्धि आर्जन गरेका मोदी, दोस्रो गाँधीको रूपमा उदाएका मोदी, खास धर्मप्रति अति झुकावको कारण आफ्नो त्यो पहाड जस्तो विशाल व्यक्तित्वलाई धान्न नसक्ने स्थितिमा पुगेका छन् ।
अब नेपालको सन्दर्भलाई जोडौं । महन्थ ठाकुर, उपेन्द्र यादव आदि यस्ता नेता हुन्, जसमा आम नेपालीले प्रतिभावान् राष्ट्रियस्तरको नेताको छवि देखेका थिए । राष्ट्रिय राजनीतिलाई हाँक्दै मधेसका समस्यालाई केन्द्रमा पुर्याएर मधेसीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास गरेका थिए । मधेसको गरिबी न्यूनीकरण गर्दै मधेसीहरूको आँगनमा खुशी छर्ने, उनीहरूलाई अधिकारसम्पन्न तुल्याउने आशा गरेका थिए । तर यी नेताहरूको कार्यशैली र केवल खास क्षेत्रको नेता हुने सोचले गर्दा यी नेताहरूलाई राष्ट्रियस्तरको नेता हुन दिएन । यी दुईलगायत अन्य नेताहरूको कार्यशैलीले गर्दा मधेशका नागरिक नै बढी पीडित हुन पुगेका छन् । यी नेताहरूमा राजनीतिक कुशलता कम क्षेत्रीयताको सोच बढी हावी हुन पुगेको छ । मोदीको सोचमा धर्मले बढी स्थान पाए जस्तो ।
म एक मधेसीको नाताले (पहाडीमूलको भए तापनि म मधेसी हुँ) हार्दिक आग्रह गर्छु– महन्थजी, उपेन्द्रजी आउनुस् राष्ट्रिय राजनीतिमा प्रवेश गरेर मधेसीहरूको मागलाई बुलन्द पार्नुहोस् । तपाईंहरूमा त्यो क्षमता छ । तर नाकाबन्दी गरेर, छेकेर मुख्यगरी मधेसको जनतालाई दु:ख दिने काम नगर्नुहोस् । आफूलाई केवल क्षेत्रीय नेता नतुल्यानुहोस् । जानुस्, बरु सिहंदरबारमा पसेर लबिङ गर्नुस्, मधेसको पक्षमा समर्थन बटुल्नुस्, सिंहदरबारलाई अति दबाब दिनुस् । सीमानाका बन्द गर्ने कार्यले तपाईंहरूको राजनीतिक उचाइ त घट्ने छ नै मधेसको माग पनि कमजोर भएर जानेछ । मधेसको राजनीतिले नेताहरूमा कूटनीतिको माग गरिरहेको छ, बलको होइन । कि कसो ?
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, November 27, 2015

No comments:
Post a Comment