नेपालमा कृति वा कृतिकार उत्कृष्ट भनी
निर्धारण गरिने केही आधारहरू
(पहिलो भाग)
नेपालमा ‘पठन संस्कृति’को विकास उचित
किसिमले नभएकोले ‘छापा बजार’को स्थिति दयनीय हुन पुगेको छ। छापा
बजारको स्थिति दयनीय भएकोले प्रतिस्पर्धा छैन। प्रतिस्पर्धा नभएको कारणले गर्दा
नेपालमा कस्तो कृतिकारलाई पुरस्कृत गर्ने वा कस्तो कृतिलाई उत्कृष्ट ठहर गर्नेबारे
एक व्यवस्थित र निष्पक्ष प्रणालीको स्थापना र विकास हुन सकेको छैन। यो कारणले
गर्दा नेपालमा कुन कृतिकार र कुन कृतिलाई पुरस्कार दिने भन्ने कुरा केही
व्यक्तिहरूको ‘निगाह’ हुन पुगेको छ। यस किसिमको परिपाटिले
धेरै नवोदित कृतिकारहरू हतोत्साहित हुने गरेका त छन् नै, साथै अनेक साहित्य
साधकहरू वितृष्णा लिएर बसेका छन्। कृति र कृतिकारलाई पुरस्कृत गर्ने एक स्वस्थ
परम्पराको अभावले उत्कृष्ट साहित्यको सृजनालाई पनि असर पारेको छ। धेरै
साहित्यकारहरू अति अध्ययनशील भएर उत्कृष्ट साहित्य सृजनामा लाग्नुको सट्टा चर्चामा
आउनका लागि प्रयासरत रहेको देखिएको छ।
नेपालमा पुस्तक र मुख्य गरी ‘साहित्य बजार’को स्थिति त झनै दयनीय छ। पाठकहरूले ‘पाठ्यपुस्तक’ त बाध्यताले खरिद गर्छन्। पाठ्यपुस्तक खरिद नगरेर, अध्ययन नगरेर, परीक्षा दिएमा असफल भइएला भन्ने भयले गर्दा विद्यार्थीहरूले पुस्तक खरिद गर्छन् र त्यो भयद्वारा आवश्यकता सृजना भएको कारणले नेपालमा पुस्तक बिक्री हुने गर्दछ। कतिपय विद्यार्थीले त केवल ‘गाइड’ पढेको भरमा मात्र पनि परीक्षा दिने गर्छन्। साहित्यको क्षेत्रमा यो ‘भय’ नियम पनि लागू हुँदैन। एकातिर पाठकहरूमा ‘भय’ नियम लागू हुँदैन भने अर्कातिर साहित्यिक पुस्तक खरिद गर्नु समय र पैसाको बर्बादी हो भन्ने ‘खास धारणा’ नेपाली समाजमा रहेकोले नेपालमा ‘साहित्य बजार’को स्थिति अति नै दुर्बल हुँदै गएको छ। साहित्यमा लागेर कृतिहरू सृजना गरी जीवननिर्वाह गर्न सक्छु भनी कसैले सोच्नु दिवास्वप्न हुन पुगेको छ।
यी यथार्थहरूको परिधिभित्र रहेर हेर्दा नेपालमा कस्ता कृतिहरू पुरस्कृत गरिन्छ भन्ने कुराहरू केही मान्यताहरूमा आधारित छन्। ती मान्यताहरूले यो कृति वा यो कृतिकार उत्कृष्ट भनी निर्धारण गर्ने निर्णयलाई प्रभावित गर्दछन्। ती मान्यताहरू यस प्रकार छन्–
नेपालमा पुस्तक र मुख्य गरी ‘साहित्य बजार’को स्थिति त झनै दयनीय छ। पाठकहरूले ‘पाठ्यपुस्तक’ त बाध्यताले खरिद गर्छन्। पाठ्यपुस्तक खरिद नगरेर, अध्ययन नगरेर, परीक्षा दिएमा असफल भइएला भन्ने भयले गर्दा विद्यार्थीहरूले पुस्तक खरिद गर्छन् र त्यो भयद्वारा आवश्यकता सृजना भएको कारणले नेपालमा पुस्तक बिक्री हुने गर्दछ। कतिपय विद्यार्थीले त केवल ‘गाइड’ पढेको भरमा मात्र पनि परीक्षा दिने गर्छन्। साहित्यको क्षेत्रमा यो ‘भय’ नियम पनि लागू हुँदैन। एकातिर पाठकहरूमा ‘भय’ नियम लागू हुँदैन भने अर्कातिर साहित्यिक पुस्तक खरिद गर्नु समय र पैसाको बर्बादी हो भन्ने ‘खास धारणा’ नेपाली समाजमा रहेकोले नेपालमा ‘साहित्य बजार’को स्थिति अति नै दुर्बल हुँदै गएको छ। साहित्यमा लागेर कृतिहरू सृजना गरी जीवननिर्वाह गर्न सक्छु भनी कसैले सोच्नु दिवास्वप्न हुन पुगेको छ।
यी यथार्थहरूको परिधिभित्र रहेर हेर्दा नेपालमा कस्ता कृतिहरू पुरस्कृत गरिन्छ भन्ने कुराहरू केही मान्यताहरूमा आधारित छन्। ती मान्यताहरूले यो कृति वा यो कृतिकार उत्कृष्ट भनी निर्धारण गर्ने निर्णयलाई प्रभावित गर्दछन्। ती मान्यताहरू यस प्रकार छन्–
१) फरक धार वा सर्वाधिक नौलो विषयवस्तु–
फरक धार वा नौलो विषयवस्तुमा लेखिएका पुस्तकहरू निकै चर्चामा आएका उदाहरणहरू धेरै छन् । यहाँ केवल केही उदाहरणहरू प्रस्तुत गर्न चाहन्छु । जे. आर. रोलिङग (J. R. Rowling ) द्वारा लिखित उपन्यास ‘हैरी पोटर’ पहिलोपटक सन् १९९७ मा प्रकाशति भएको थियो। सन् २०१३ सम्ममा यो पुस्तक ४५ करोड प्रति बिक्री भइसकेको थियो र अहिले पनि उत्तिकै चर्चामा छ। यो पुस्तक अति चर्चित भएको कारण विश्वको ७३ भाषामा अनुवादित छ। बेलायती लेखिकाद्वारा बालबालिका र युवाहरूको मनोविज्ञानलाई समातेर लेखिएको यो काल्पनिक उपन्यास व्यापारिकरूपमा अत्यधिक सफल मानिन्छ।
अति नै नौलो विषयमा लेखिएको हुनाले यो पुस्तकले अत्यधिक चर्चा पाएको हो। त्यस कारण अत्यधिक चर्चा पाउनका लागि कुनै सर्वाधिक नौलो विषयमा लेख्नुपर्ने हुन आउँछ। तर नेपालमा प्रायः एकै किसिमका विषयवस्तु वा धारमा लेख्ने गरिएको छ। लेखनमा विविधता छैन। विविधता नहुनुमा पाठकहरू पनि जिम्मेवार छन् किनभने सर्वाधिक नौलो विषयमा लेखिएका कृतिहरू नेपाली पाठकहरूले रुचाएको उदाहरण ज्यादै कम छ।
अर्का यथार्थ के छ भने नेपालमा पठन संस्कृतिको विकास हुन सकेको छैन। धेरै नेपालीहरू किताब किन्नु र पढ्नुलाई समय र पैसाको बर्बादी सम्झन्छन्। तर पश्चिमी मुलुकहरूमा बालबालिकाहरूलाई दुई वर्षको उमेरदेखि पुस्तकालय जान र पुस्तक पढ्न सिकाइन्छ। नगर पुस्तकालयहरूमा बाल शाखाको व्यवस्था गरिएको हुन्छ र त्यहाँ बालबालिकालाई सानो उमेरदेखि नै पढ्न सिकाइन्छ।
एक अर्का प्रसङ्ग, अङ्ग्रेजी भाषामा सन् १९५५ मा पेरिस, १९५८ मा न्युयोर्क सिटी, १९५९ मा लन्डन र रसियन भाषामा सन् १९६७ मा न्युयोर्कमा प्रकाशित भएको भ्लादमिर नाभाकोभ (सन् १८९९–१९७७)को पुस्तक ‘लोलिता’ले कुनै समयमा मात्र होइन, अहिले पनि चर्चा पाइरहेको छ। अहिले पनि पाठकहरूले उत्सुकताका साथ सो पुस्तक खरिद गरेर पढ्छन् र आफ्नो व्यक्तिगत लाइब्रेरीमा राख्छन्। नाभाकोभ तत्कालीन सोभियत रूसको सेन्ट पिटर्सबर्गमा जन्मेका थिए। उनको मृत्यु स्वीट्जरल्यान्डमा भएको थियो। ‘लोलिता’ एक अधबैंसे युरोपेली व्यक्ति र ज्यादै कलिलो उमेरकी एक १२ वर्षीया अमेरिकी युवतीबीचको प्रेमकथा हो। यस कथामा कथाका मुख्य पात्र ‘हम्बर्ट’ले आफ्नी सौतेनी छोरी डोलोरेस ‘लोलिता’ को एक किसिमले यौनशोषण गर्छन्। यौनलाई आधार मानेर लेखिएको यो पुस्तकलाई बीसौं शताब्दीको एक साहित्यिक उपलब्धि नै मानिन्छ। ‘लोलिता’ सर्वाधिक नौलो विषय लिएर प्रस्तुत भएको थियो।
चौथो शताब्दी (AD) का कवि एवं नाटककार कालीदासले यौनलाई आधार मानेर लेखेको नाटक ‘मेघदूतम्’ अहिले पनि चर्चाको शिखरमा नै छ। त्यस बेलाको बन्द समाजमा पनि यौन चाहना पूर्ति नभएपछि हुने पीडा वा आकर्षणलाई सूक्ष्म किसिमले अध्ययन गरेर शिष्ट किसिमले त्यसबारे चर्चा गरिएकोले यो पुस्तकले त्यो युगमा चर्चा त पायौ नै अहिले पनि चर्चा पाइरहेको छ। पत्नी वियोग (यौन पीडा) मा रहेको एक युवकले पत्नीसम्म आफ्नो खबर पठाउन बादललाई अनुरोध गरेको कथामा आधारित वा सर्वाधिक नौलो वस्तु (यौन पीडा) मा लेखिएकोले यो पुस्तक अहिले पनि उत्तिकै रुचिका साथ पाठकहरूले पढ्ने गर्छन्। प्राचीनकालमा यौनबारे सामाजिक धारणा कस्तो थियो भनी जान्न यो पुस्तक पढे हुन्छ। यस समीक्षाकारद्वारा नेपाली भाषामा लिखित पुस्तक ‘मेघदूतम्’ छिट्टै प्रकाशित हुन थालेको छ पनि। मेघदूतम् शिष्ट ढ·मा बयान गरिएको एक यौनकथा हो। प्राचीन युगमा यौन चाहनालाई साहित्यको माध्यमले कालीदासले कसरी अभिव्यक्त गरे भन्न जान्नका लागि यो पुस्तक पढे हुन्छ।
२) कुनै खास समयमा लेखिएको वा समयद्वारा प्रभाव पारिएको–
कृति कस्तो समयमा लेखिएको हो, त्यस समयले पनि कृतिलाई चर्चित वा लोकप्रिय तुल्याउनमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ। भारत, नेपाललगायत विश्वका विभिन्न राष्ट्रहरूमा ‘कम्युनिस्ट र कम्युनिस्ट व्यवस्था’ समाप्त पार्न विभिन्न मुलुकका सरकारहरू लागिपरेका बेलामा भारतीय लेखक अनिल बार्वेद्वारा लिखित पुस्तक ‘थ्याक्यू मिस्टर ग्लाड’ ले निकै चर्चा पाएको थियो। सो पुस्तक बार्वेले कम्युनिस्टहरूको समर्थनमा लेखेका थिए। सयम कस्तो थियो भने एकातिर कम्युनिस्टहरूमाथि भारी नियन्त्रण थियो भने अर्कातिर गरिबी बढेको हुनाले मानिसहरू कम्युनिस्ट व्यवस्थातिर ठूलो सङ्ख्यामा आकर्षित थिए। त्यस किसिमको समयले अनिल बार्वेको सो पुस्तकलाई निकै चर्चित गराएको थियो। यो पुस्तक विश्वका अनेकौं भाषामा अनुवादित छ। नेपालमा यो पुस्तक नेपाली र नेवारी भाषामा समेत अनुवादित भएको थियो। आङ सिरिङ पार्ने गरी लेख्ने कलाको विकास गर्न यो पुस्तक पढे हुन्छ। कथाको मुख्य पात्र वीरभूषण पटनायक एक मेडिकल डाक्टर हुन्छन्, जो पछि क्रान्तिकारी कम्युनिस्ट भएका हुन्छन्। उनले गम्भीर अपराध गरेको हुनाले मृत्युदण्डको सजाय पाएर एक जेलमा मृत्यु हुने दिन पर्खिरहेका हुन्छन्। त्यो पर्खाइको क्रममा नै उनको घनिष्टता ब्रिटिशकालीन भारतमा प्रशिक्षित भएका जेलर मिस्टर ग्लाडसँग बढ्छ। जेलर अति नै क्रूर हुन्छन् र पटनायकसँग पशुवत् व्यवहार गर्छन्। जेलरकी छोरी बुबालाई भेट्न केही महिनाका लागि जेल पुगेकी हुन्छिन् तर उनलाई त्यहीं बसाइको क्रममा सुत्केरी व्यथाले च्याप छ। तर त्यहाँ चिकित्सक हुँदैन र जेल भएको स्थानबाट जेलरको छोरीलाई सुत्केरी व्यथाले च्यापेको हुनाले अर्का शहरमा लग्ने स्थिति हुँदैन। यस परिस्थितिमा वीरभूषण पटनायकले जेलरको छोरीलाई सुत्केरी गराएर बचाउँछन्। पटनायकको त्यो सहयोगबाट मिस्टर ग्लाड यति बढी प्रभावित हुन्छन् कि उनले पटनायकको अनुरोधलाई स्वीकार गर्छन्। पटनायकले आफू अपराधी नभएकोले सम्मानपूर्वक व्यवहार गरेर फाँसीको सट्टा गोली ठोकेर मृत्युदण्ड दिन ग्लाडलाई आग्रह गर्छन्।
क्रमश:
विश्वराज अधिकारी
(प्रतीक दैनिकमा प्रकाशित Friday, November 19, 2016)
No comments:
Post a Comment