अन्तरार्ष्ट्रिय रोजगारी: हर्ष वा पीडा?
गत
भाद्र (२०८२) महिना मात्र १ खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ रेमिट्यान्सको रुपमा
प्राप्त भएको थियो। यो रेमिट्यान्समा गत साउन महिनाको रेमिट्यान्स समेत जोड्ने हो
भने, अर्थात गत दुई महिनामा नेपाललाई कति रुपैयाँ रेमिट्यान्सको रुपमा प्राप्त भयो
भनी हेर्ने हो भने, यस आर्थिक वर्षको विगत दुई महिनामा नेपाललाई ३ खर्ब ५२ अर्ब ८
करोड रुपैयाँ रेमिट्यान्सको रुपमा प्राप्त भएको देखिन्छ।
गएको
आर्थिक वर्षको साउन र भाद्रको तुलनामा यस आर्थिक वर्षको साउन र भाद्रमा
रेमिट्यान्स ३३.१ प्रतिशतले वृद्धि भएको पाइन्छ। यी
सम्पूर्ण जानकारीहरू हालै नेपाल राष्ट्रबाट प्राप्त भएको हो।
२०४७
साल देखि अन्तरार्ट्रिय श्रम बजारमा नेपालीहरूको प्रवेशलाई नेपाल सरकारले खुकुलो र
सहज पारेपछि, र अन्तरार्ष्ट्रिय श्रम बजारमा श्रमिकहरूको मागमा वृद्धि पनि हुनथाले
पछि, रोजगारीका लागि विदेश जाने नेपालीहरूको संख्यामा उल्लेखनीय किसिमले वृद्धि
भएको पाइन्छ।
माओवादी
बिद्रोह (साल २०५२-२०६३) पछि रोजगारीको लागि विदेश जानु पर्ने झनै बाध्यात्मक
स्थिति नै सृजना भयो। रोजगारीको लागि नेपाली युवाहरूलाई अन्तरार्ष्ट्रिय श्रम
बजारमा जान बाध्य पार्नमा केही स्वार्थी नेताहरूले आफ्नो लागि चलाएका माओवादी
बिद्रोहको ठूलो हात छ। हुन त पछि धेरै माओवादी योद्धाहरू स्वयं पनि रोजगारीका लागि
खाडीका मुलुकहरूमा जान बाध्य भए। नेताहरूबाट ठगिएर दु:ख पाए।
नेपालले
पाउने रेमिट्यान्सको परिमाणमा पनि क्रमिक रुपमा उल्लेखनीय वृद्धि भएको देखिन्छ। अहिले
नेपालको अर्थतन्त्र रेमिट्यान्समूखी हुन पुगेको छ। नेपालको कुल गार्यहस्थ् उत्पादनमा,
अहिले, रेमिट्यान्सको हिस्सा लगभग ३० प्रतिशत हुन पुगेको छ। यो सुखद स्थिति होइन।
हेर्दा मात्र सुखद हो तर यो अति नै दु:खद स्थिति हो। हावा भरेर बैलुन अति ठूलो
परिएझैं हो।
देशमा
रेमिट्यान्स ठूलो परिमाणमा भित्रिनु र प्रत्येक वर्ष रेमिट्यान्सको परिमाणमा
वृद्धि हुनु के देशको आर्थिक हितमा छ? छैन। आर्थिक मात्र होइन सामाजिक हितमा पनि
छैन। नेपालको वर्तमान सामाजिक स्थितिको परिप्रेक्ष्मया कुरा गर्ने हो भने त
वैदेशिक रोजगारीले वा वहुसंख्यक युवाहरूको विदेश जाने प्रवृतिले, नेपाली परिवारलाई
टुक्रा टुक्रा परिदिएको छ। एउट सिसाको गिलास ठूलो ढुँगामा खसे पछि त्यो सिंगो
गिलास सयौँ टुक्रामा बिभाजित भएझैं अहिले नेपाली परिवारहरू टुक्रा टुक्रामा
विभाजित हुन पुगेका छन। टुक्रा टुक्रा हुन अभिष्पत छन्।
नेपाली
युवाहरूको अन्तर्ष्ट्रिय श्रम बजारमा ठूलो संख्यामा प्रवेश पछि नेपाली परिवारहरू अभूतपूर्व
किसिमलले, भविष्यमा नजोडिने किसिमले, टुक्रा टुक्रामा विभाजित भएका छन। नेपाली दामपत्य
जीवनमा अतिनै अविश्वास र विचलन आएको छ। यौन अपराधमा व्यापक वृदधि भएको छ। वृदध
मातापिता वा अभिभावकहरूलाई हेर्ने व्यक्तिहरू पनि घरदेशमा छैनन। वैदेशिक रोजगारीले
नेपालको सामाजिक स्थितिमा ठूलो नकारात्मक प्रभाव पारेको छ। यो नकारात्मक प्रभावले
नेपाली समाजलाई भविष्यमा लामो अवधिसम्म घोर निराशा दिनेमा कुनै शंका छैन। यो पक्का
हो।
युवाहरू
ठूलो संख्यामा विदेश प्रस्थानले नेपालको राजीनितिमा पनि ठूलो प्रभाव परेको छ। युवाहरू
ठूलो संख्यामा विदेशमा रहेको हुनाले उनीहरूको मत राष्ट्रिय चुनावम सही अभिमतको
रुपमा नेपालमा प्रस्तुत हुन सकिरहेको छैन। विदेशमा बसोसबास रहेको कारणले गर्दा चुनावमा
युवाहरूको अनुउपस्थिति ठूलो संख्यामा हुने गरेकोले यी लोभी, पापी, स्वार्थी एवं
गैर जिम्मेवार नेताहरूलाई चुनावमा जित्न सजिलो भएको छ। पटक, पटक प्रधान मन्त्री र
मन्त्री हुन सजिलो भएको छ। झोलेहरूको सहयोगमा आफ्नो दलको नै पनि, दसकौंसम्म
अध्यक्ष हुन सजिलो भएको छ।
अब,
रेमिट्यान्स ठूलो परिमाणमा प्राप्त हुनु तथा देशको अर्थ व्यवस्था रेमिट्यान्समूखी
हुनुबाट देशको अर्थ व्यवस्था कसरी कुप्रभावित हुन्छ तथा देशको अर्थ व्यवस्था कसरी
क्रमिक रुपमा कमजोर हुँदै जान्छ त्यसबारे चर्चा गरौं।
रेमिट्यान्सको
सदुपयोग गर्न नसक्ने हो भने धमिराले काठ खाएझै रेमिट्यान्सले पनि देशको
अर्थतन्त्रलाई धमिराले झै खान्छ। देश आर्थिक रुपमा टाट पल्टिन सक्छ। यो देखिएको
कुरा हो। एक देशको कुरा होइन।
कुनै
पनि देशका नागरिकहरू विदेशमा रोजगारीको लागि ठूलो संख्यामा जानुको सोझो अर्थ हो
त्यस देशले आफ्ना नागरिकहरूको सृजनात्मक श्रमको उचित उपयोग गर्न नसक्नु हो। आफ्नो
देशको सृजनात्मक श्रम शक्ति खेर फाल्नु हो। देशमा उद्योग एवं व्यापारको स्थिति
कमजोर हुनु हुनु। देश भित्र कम उत्पादन हुनु हो।
देश भित्र उत्पादन कम भएर (ठूलो संख्यामा नागरिकहरू रोजगारीको लागि अन्य
देशहरूमा गएकोले) अर्को देशबाट दैनिक उपभोग्य वस्तुहरू समेत पनि ठूलो परिमाणामा
आयात गर्नु हो। नेपालमा अहिले त्येही भइरहेको छ। एउटा देशबाट आर्जन गरेर ल्याउने र
त्यो आर्जनबाट अर्को देशबाट सामानहरू खरिद गर्ने। अहिले हामी खाडीका देशहरूबाट
आर्जन गरेर ल्याइ रहेका छौ र त्यो आर्जनबाट मुख्य गरी भारतबाट ठूलो परिमाणमा
उपभोग्य समाग्रीहरू खरिद गरिरहेका छौ। आफ्नो देश भित्र खासै उत्पादन गरिरहेका
छैनौ। देशलाई क्रमिक रुपमा गरिब पार्दै छौ।
रेमिट्यान्सको
प्रयोग देश भित्र उद्योग एवं व्यापार विस्तार गर्नक लागि गर्ने हो। रेमिट्यान्सको
प्रयोग देशभित्र नै रोजागरी सृजना गर्नका लागि गर्ने हो भने रेमिट्यान्सले देशको
आर्थिक विकासमा केही योगदान पुर्याउन सक्छ। यो सत्य हो। यस्तो अनेक देशहरूले गरेका
छन् प नि, तर नेपालमा त्यस्तो भइरहेको छैन। रेमिट्यानसको प्रयोग उद्योगहरूको
स्थापना तथा विस्तारमा नभएर केवल दैनिक उपभोग्य वस्तुहरूको ठूलो परिमाणमा आयात
(खरिद) गर्नमा भइ रहेको छ।
वैदेशिक
रोजगारी कति जोखिमपूर्ण हुन्छ भन्ने विषयमा चर्चा नगर्ने हो भने यो आलेख अधुरो
हुनेछ। प्रत्येक वर्ष ठूलो संख्यामा जीवित नेपालीहरू खाडीका देशहरू पुगेर
त्यहाँबाट लाश बनेर, काठको बाकसमा बन्द भई नेपाल आएको हामीले देखेको कुरा हो। यो
दर्दनाक दृश्य हेर्न हामी बाध्य छौ।
केही
वर्ष पहिले (सन् २००४ मा) काम गर्न इराक पुगेका १२ नेपालीहरूलाई, त्यहाँका
आतंकवादीहरूले विभत्स किसिमले हत्या गरेको हामीले सामाजिक संजाल मार्फत देखेको नै
हो। यसैगरी हृदयहीन हमासका नरसंघारीहरूले अक्टुबर ७, २०२३ मा १० नेपालीहरुको हत्या
गरेको पनि हामीले सामाजिक संजाल मार्फत सुनेको नै हो। त्येति मात्र होइन, नरभक्षी
हमासले आफ्नो कब्जामा लिएको विपीन जोशीको हत्या गरेको पनि हामीले हिंजो अस्ति
मात्र सुनेको नै हो।
हमासलाई
नरभक्षी किन भनेको हो भने उनीहरूले निर्दोष व्यक्तिहरूको हत्या गरे। रोजगारीका
लागि इजराइल पुगेकाहरूको पनि हत्या गरे। हत्या त इजराइली सैनिकहरूले पनि गरे। तर
उनीहरूले केवल हमासलाई सयोग गर्ने फिलिस्तिन र हमासका लडाकूहरुको हत्या गरे।
इजराइलीहरूले केवल आफ्नो श्त्रुहरूको हत्या गरे। तर हमासका लडाकूहरूले आफ्ना गैर शत्रुहरुको
पनि, र जथभावी हत्या गरे। युद्दसङ्ग सरोकार नभएका व्यक्तिहरूको पनि हत्या गरे।
विदेशमा
रोजगारीका लागि पुगेर, त्यहाँ काम गर्ने क्रमम अंगभंग हुने नेपालीहरूको संख्या पनि
कम छैन। यसैगरी बिचौलियाहरूद्वारा रोजगारीका लागि विश्वका अनेक राष्ट्रहरुमा
पुर्याएका नेपालीहरूले त्यहाँ पुगेर रोजगारी पाउनु त परको कुरा भयो, भोक भोकै
बस्नु परेको दर्दनाक कथाहरू पनि हामीले सुनेको नै हो।
उत्तम
कुरा, हामीले आफ्नो देश भित्र नै रोजगारी सृजना गर्नु राम्रो हो। आफ्नो परिवार,
सामज र देश भित्र बसेर नै जीवन गुजार्न पाउनु हामी नेपालीहरूको लागि सुखद स्थिति
हो।
देशलाई
बर्वाद गर्ने यी पुराना भतुआ नेताहरूको शिघ्र पतन हुनेछ। अब नया नया नेतृत्वहरू
नेपालको राजनीतिलाई हाँक्न आउने छन। देशको आर्थिक विकासमा तिब्रता आउने छ।
रोजगारीका लागि बाध्य भएर विदेश जानु पर्ने स्थितिको अनत्य हुनेछ। यही कामना गरौं।
भवतु सब्ब मंगलम।
विश्वराज
अधिकारी
Published in Prateekdaily: Friday, October 17,
2025

अत्यन्त चित्त बुझ्दो यथार्थ परक विश्लेषण ।
ReplyDelete