व्यक्तिगत वा सरकारी खर्चमा रुद्राक्ष खरिद भएको थियो?
प्रधानमन्त्री पुष्पकमल दहाल (प्रम) को चारदिने
औपचारिक भारत भ्रमण समाप्त भएको छ। तर यस भ्रमणले उत्पन्न गरेरका कम्पनहरूको असर
भने अहिलेसम्म पनि समाप्त भएको छैन। नेपालीहरूको दिमागमा घुमिरहेको छ।
भ्रमणको क्रममा दहालले गरेका अपरिपक्व, अनुभवहीन
र परिवार केन्द्रित व्यवहारहरू नेपालीहरूको स्मरणमा अहिले पनि ताजा नै छ। केवल
आफ्नो मात्र, निहित स्वार्थको लागि छेपारोलेझैं क्षण क्षणमा रङ्ग परिवर्तन गर्ने
दहालले त्यस्तो गर्नु उनको नजरमा ठूलो कुरा होइन अति सामान्य कुरा हो। तर
नेपालभित्र नभएर, नेपालबाहिर, भारत भ्रमणको क्रममा उनले अनेक अनेक अपरिपक्व
व्यवहार प्रदर्शन गर्नु अशोभनीय कुरा हो। नेपाल र नेपालीको बेइज्जति हो। भारत
भ्रमणको क्रममा उनले अनेक अपरिपक्व व्यवहार प्रदर्शन गरे। ती सबै यहाँ उल्लेख गर्न
सम्भव छैन। त्यसमध्ये केवल एउटा मात्र यहाँ
उल्लेख गर्नु उपयुक्त होला।
प्रम दहालको भारत भ्रमणको क्रममा, सरकारी स्तरमा,
भारतबाट मूल्य भुक्तान नगरी नेपालमा मुर्रा भैंसी ल्याउनु देशको बेइज्जती थियो।
नेपालभित्र यसरी भैंसी ल्याउने कार्य निजी स्तरमा र दुई देश (नेपाल र भारत) का
ब्यापारीहरू बिच खरिद बिक्री भएर ल्याउनु राम्रो हुन्थ्यो। भारतले अनुदान, उपहार,
वा जुन नाम दिएर, ती भैसीहरू नेपाललाई दिने सदासयता देखाएता पनि, भ्रमणमा रहेका
उच्च अधिकारी (प्रम) ले त्यो उपहार अस्विकार गरेर, त्यसको मूल्य चुक्ता गरेर मात्र
लिनु देशको सम्मान र स्वाभिमानको पक्षमा हुन्थ्यो। तर दहालले त्यस्तो गरेनन। आफ्नो
जीवनको लामो समय बिध्वंस र हिंसामा बिताएका दहालको सोंचमा यो कुरा आउन सकेन।
भारतीय मुर्राहरू कुनै उपहार नभएर, घरको कोठा वा
कार्यालयामा राख्ने सम्झना-सन्देश नभए, केवल ब्यापारिक वस्तु भएको र नेपालमा
तिनलाई ल्याउनुको उद्देश्य व्यापारिक भएकोले नेपालले तिनको मूल्य भारतलाई चुक्ता
गर्नु उपयुक्त हुन्थ्यो, कुनै समान्य वस्तु खरिद गरेझैं। दहालले भ्रमणको क्रममा
केवल केही भैंसीहरू मात्र पनि अनुदानको रुपमा ग्रहण गर्नुले नेपालको बेइज्जति हुन
पुगेको छ। नेपाल यतिसम्म गरिब छ कि राम्रो प्रजातिको केही भैंसीसम्म पनि खरिद
गर्ने आर्थिक हैसियत राख्दैन भन्ने सन्देश अहिले राजनीतिवृतमा छरिएको छ।
नेपाली आधिकारीहरू भारतसमक्ष केवल माग्न (अनुदान,
सहयोग) आउँछन। सित्तैमा मुर्राहरू ल्याउनुले अति गरिब नेपाल मगन्ते हो भन्ने
कुराको पुष्टि भएको छ। हुनत मुर्राहरू ल्याउनेबारे सात बर्ष पहिलेनै नेपालमा सहमति
भइसकेको थियो भनेर दहाल यो प्रकरणबाट पन्छिन खोजेका छन। तर उनी पन्छिन मिल्दैन
किनभने मुर्रा प्रकरणलाई सामान्य पार्न नेपाली व्यापारीहरूलाई ती भैसीहरू खरिद
गर्न दहालले आग्रह गर्न सक्थे। तर उनले त्यस्तो गरेनन। आफ्नो फाइदाका लागि, भारतको
लागि आफू एक भरपर्दो मित्र हो भनी भारतका उच्च प्रशासकहरूलाई देखाउन, दहालले यस्तो
हास्यासपद कार्य गरे।
प्रम दहालको भारत भ्रमण, भ्रमणपूर्व जति चर्चा र
विवादमा थियो, भ्रमण पछि पनि त्येति कै चर्चा र विवादमा छ। किन होला? यस प्रश्नको
उत्तर अति नै सजिलो छ। प्रम दहालले भारत भ्रमण केवल आफ्नो हितका लागि गरेका थिए। र
यो कुरा प्रमाणित पनि भइसकेको छ। नेपाल र भारत बिच सम्वाद हुँदा, महत्वपूर्ण दुई
पक्षीय वार्ताका समयमा, दहाललले आफ्नो साथमा परराष्ट्र मन्त्रालयका कर्मचारी वा
राजनीतिक, कुटनीतिक, आर्थिक विषयका विज्ञहरूलाई राख्नुको सट्टा आफ्नी छोरीलाई
राख्नु, विज्ञहरू भन्दा आफ्नो छोरीलाई अति महत्व दिनु र उज्जैनको महाकालेश्वर मन्दिरमा भव्य
पूजा आफ्नो स्वार्थका लागि गर्नुले यो भ्रमण दहाल र उनको पारिवारका सदस्यको हितका
लागि थियो भन्ने कुराको पुष्टि हुन्छ।
भारतको
औपचारिक भ्रमणको तेस्रो दिन प्रम दहाल उज्जैन
स्थित महाकालेश्वर ज्योतिर्लिंग पुगेका थिए। त्यहाँ पुगेर उनले गेरुवस्त्र धारण गरेर, विधिपूर्वक
अनुष्ठान गरेर, पूजा आराधना गरेका थिए।
त्येति मात्र होइन उनले १०८ किलो रुद्राक्ष ज्योतिर्लिंगमा चढाएका पनि थिए। के देश
र जनताले प्रमलाई यसरी पूजाआजा गर्न पठाएको हो? वा उनको भारत भ्रमणको उद्देश्य
त्यसरी पूजाआजा गर्नु थियो?
प्रम
दहालको भारत भ्रमणको उद्देश्य, देशले अपेक्षा गरे अनुसार, नेपाल र नेपालीहरुको
हितमा, राजनीतिक, आर्थिक क्षेत्रमा विभिन्न महत्वपूर्ण वार्ताहरू गर्नु थियो। पूजाआज
उनेल व्यक्तिगत भ्रमणको समयमा वा प्रम नभएको बेला गर्न सक्थ्ये। त्यो उनको
स्वतनत्रताको कुरा हो। आफू खुसी जुनबेला जहाँ गएर पनि जे पनि गर्न सक्छन। तर यसरी
औपचारिक भमणमा गएको बेला लाबा लस्कर लिएर पूजाआजा गर्न जानु, अनेक वस्तुहरू
चढाउनुले दहाल देशको राजनीतिप्रति चिन्तित नभएको र उनले यो भ्रमणलाई हल्का रुपमा
लिएर केवल तीर्थवर्त र सामान्य भेटघाटमा सीमित पारेको प्रस्ट हुन्छ। हनु पनि
दहालको भ्रमणबाट नेपालले कुनै ठोस उपलब्धि हासिले गर्ने किसिमका कुनै पनि सहमति वा
सम्झौता भएका छैन। सीमा विवाद बारे भारतले केही पनि उल्लेख भएको छैन भने हवाई
रुटप्रति भारतको भित्री इच्छा स्पष्ट हुन सकेको छैन।
यो
लेखको आशय भने दहालका कमजोरीहरू एक एक गरी खोजेर, उनको खोइरो खनेर उनलाई असफल
प्रमको रुपमा प्रस्तुत गर्नु होइन। उनको राजनीतिक भविष्यलाई क्षति पुर्याउनु पनि
होइन। यो लेखको मूल उद्देश्य दहालको भारत भ्रमणको क्रममा जे जे भए त्यो कुरा बिना
कुनै पूर्वाग्रह जन समक्ष राख्नु हो।
प्रतीक दैनिकका पाठकहरूलाई सुसूचित गर्नु हो।
अब
मूल विषयमा प्रवेश गरौ। प्रम दहालले भारतको राजकीय भ्रमणको क्रममा उज्जैन स्थित
महाकालेश्वर ज्योतिर्लिंगमा १०८ किलो रुद्राक्ष चढाए। यदि उनले रुद्राक्ष आफ्नै
पैसाले खरिद गरेर ( दहालका अनुसार परराष्ट्रमन्त्री
एनपी साउदले खरिद गरेको) चढाएका हुन भने ठिकै छ। तर पनि, यो कार्य नेपालीहरूको लगि
चाँसोको विषय हो। दहाल एवं अन्य अधिकारीहरू सरकारी खर्चमा तिर्थ गर्न, पूजाआजा
गर्न, रुद्राक्ष चढाउन जान मिल्दैन। आफ्नो निजी खर्चमा जानु पर्छ। यसरी सरकारी
खर्चमा जान पाइँदैन। सरकारी धन खर्च गरेर आफ्नो हितको कार्य (पूजाआजा) गर्नु पनि
एक किसिमको भ्रष्टाचार नै हो। हामीले त्यस अर्थमा बुझ्नु पर्छ। तर यदि सरकारी
रमकबाट १०८ किलो रुद्राक्ष खरिद गरिएको हो भने त्यो त झनै ठूलो आर्थिक भ्रष्टाचार
हो। आफ्नो स्वार्थका लागि सरकारी रकम खर्च (रुद्राक्ष खरिद र तिर्थाटन) गर्नु ठूलो आर्थिक भ्रष्टाचार हो। यस्तो भ्रष्टाचार
गरे बापत, अन्य देशमा भए, त्यस्तो गर्ने
अधिकारी जतिसुकै उच्च पदमा भए पनि, दोषी ठहर हुन्छ र उसले जरिवाना तिर्नु पर्छ।
आफ्नो स्वार्थको लागि राज्यको धन (रुपैयां) कुनै पनि हालतमा उपयोग गर्न पाइँदैन।
त्यसरी उपयो गर्नु अपराध गर्नु हो।
हाम्रो
देशमा, वर्तमान स्थितिमा, गठवन्धन-सरकार रहेको अवस्थमा, प्रम लगायत मन्त्रीहरूलाई
हामी सर्वेसर्वा हौ र हामीलाई जे पनि गर्न छुट छ। हामी आफ्नो इच्छा अनुसार जे पनि
गर्न सक्छौ। हामीलाई कानून लाग्दैन भन्ने आँट र विश्वास दुबै छ। संसदमा विपक्षीहरू
पनि यस्ता कुरामा मिल्ने हुनाले अहिले संसद नै पनि अति कमजोर हुन पुगेको छ।
यहाँ
एउटा प्रशंग जोडौं। सन् २०२० को घटना हो। त्यो घटनामा, बेलाततका तत्कालीन
प्रधानमन्त्री बोरिस जोन्सनले कोभिड १९ को विस्तार रोक्न बेलायत सरकारले बनाएको एक
नियम तोडेका थिए। सीमित व्यक्तिहरू जम्मा हुनु पर्नेमा त्यो जमघटमा बढी
व्यक्तिहरूको उपस्थिति हुन पुगेको थियो र त्यस जमघटमा बोरिस जोन्सनको सहभागिता
थियो। बोरिस जोन्सनले सरकारकले बनाएको त्यो नियम उक्त जमघटमा तोडेको हुनाले
मेट्रोपोलिटन पोलिसले उनलाई जरिवाना गरेको थियो। तत्कालीन प्रम बोरिसले बिनाकुनै ढिलाई यथासिघ्र सम्बन्धित निकायलाई
तोकिएको जरिवाना भुक्तान गरे। साथै आफूले त्यस्तो भूल गरेकोमा माफि पनि मागे। र
आफूले जरिवाना तिरेको तथा माफी मागेको कुरा तत्काल मेडियालाई भने पनि।
कुनै
पनि देशको सर्वोच्च पदमा जनता हुन्छ। जनता संसद र अदालत भन्द पनि ठूलो हुन्छ।
अहिले त्येही सर्वोच्च नेपाली जनताले प्रश्न गरिरहेको छ- प्रम दहालले उज्जैन स्थित
महाकालेश्वर ज्योतिर्लिंगमा चढाएको १०८ किलो रुद्राक्ष दहाल वा साउदको व्यक्ति
व्यक्ति रकमबाट खरिद गरिएको थियो वा जनताले तिरेको करबाट खरिद गरिएको थियो?
जनतालाई यो प्रश्नको उत्तर चाहिएको छ।
यदि
उज्जैन स्थित महाकालेश्वर ज्योतिर्लिंगमा प्रम दहालद्वारा चढाइएको १०८ किलो
रुद्राक्ष जनताले तिरेको कर (सरकारी खर्च) बाट खरिद गरिएको हो भने बोरिस जोन्सनझै
प्रम दहालले पनि जरिवाना तिर्नु पर्छ किन भने राष्ट्रको कोष आफ्नो फाइदाको लगि
उपयोग गर्न पाइँदैन। त्यसरी उपयोग गर्नु भ्रष्टाचार गर्नु हो।
प्रमले
चढाएको १०८ किलो रुद्राक्ष कुन किसिमबाट खरिद भएको थियो? यसको गम्भीर छानबिना हुनु
पर्छ। यो साधारण विषय होइन। यदि निजी खर्चमा खरिद भएको हो भने अलग कुरा हो तर
राज्यको कोषमाबट खरिद भएको हो भने यो खरिद आर्थिक भ्रष्टाचार हो।
यदि
यो कार्य भ्रष्टाचार ठहर भएमा प्रमले
जरिवाना भुक्तान गर्नु पर्ने छ वा गर्नु पर्ने छैन। यदि गर्नु पर्ने भएमा दहालले
भुक्तान गर्ने छन वा छैनन, भविष्यले नै भन्ने छ।
नेपालको
राजनीतिलाई सदा अस्थिर पार्ने, हत्या र हिंसामा विश्वास गर्ने, सत्ता र शक्तिमा
रहन जे पनि गर्ने मनस्थितिका दहालबाट के नै आशा गर्न सकिन्छ र?
नेपालको
वर्तमान राजनीतिको प्रमुख समस्या र समाधान पनि, पुष्पकमल दहाल ‘प्रचण्ड’ को
व्यवस्थापन गर्नु हो। दहालको उचित व्यवस्थापन नभएसम्म नेपालको राजनीति स्थिर हुन
सक्तैन। देशको आर्थिक विकास पनि हुन सक्तैन।
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, June 09, 2023
No comments:
Post a Comment