अवजानन्ति मां मूढा मानुषीं तनुमाश्रितम्।
परं भावमजानन्तो मम भूतमहेश्वरम्।।११।।
ती जो अनन्य भावका भक्तहरु छन्, ले मेरो चिन्तन गर्दै निष्काम भावले मलाई
भज्छन्। तिनीहरु, जसको मन म विलिन छ,
लाई म उनीहरुसँग नभएको, भएको र जुन पहिले देखि भइ राकेको छ त्यो दिन्छु।
नबौं अध्यायको
व्याख्या
गीताको यस अध्यामा गोप्य वा अति महत्वपूर्ण
ज्ञानहरूका बारमे वर्णन गरिएको छ। सत्यनिष्ठ भएर बाँच्न अर्जुनलाई भगवान्ले जीवन
उपयोग उपदेशहरू दिनु भएको छ। हुन त भगवानले युद्ध गर्न तत्पर भएर रणभूमिमा उपस्थित
अर्जुन आफ्नै परिचित, सम्बन्धित एवं नजिकका नातेदारहरूमाथि हतियार प्रहार गर्न पछि
हटेपछि उनलाई धर्मयुद्ध लड्न र रणभूमिबाट नभाग्ने मनस्थितिमा पुर्याउन विभिन्न
सर्वकालीन सत्य उपदेशहरू श्रीकृष्णले दिनु भएको हो। सत्य र न्यायको पक्षमा कार्य
गर्दा आफ्नै सहोदर दाजु, भाइ, दिदी, बहिनी, बन्धु बान्धव पनि यदि दुराचारी भएमा
उनीहरूलाई दण्डदिन नहिचकिचाउन भगवान्ले अर्जनुलालई सम्झाउनु भएको हो। र खासमा
सम्पूर्ण गीता नै भगवान् र अर्जुन बीचको अर्थपूर्ण सम्वाद हो। तर अर्जुनलाई माध्यम
बनाएर भगवान्ले लोक कल्याणका लागि अनेक सर्वकालीन उपयोगी कुराहरू भन्नु भएको छ। यो
सृष्टिको प्रकृति, जीवन र मृत्यु लिला एवं मानव स्वभावहरूको गहिरो अध्ययन गर्दा भगवान्द्वारा
कहिएका सत्य वचनहरु प्रत्येक कालमा लागू र उपयोगी हुने देखिन्छन्। सृष्टिमा,
प्राणीहरू मध्ये सर्वाधिक स्वार्थी र केवल
आफ्नो मात्र स्वार्थको वरिपरि घुम्न अति रमाउने मानव समुदायलाई यो भन्न आवश्यक
थियो पनि। त्यसकारण अर्जुनलाई माध्यम बनाएर भगवान्ले सबैलाई असल आचरण गरेर निर्धा एवं
बलिया सबै किसिमका मानिसहरू यो पृथ्वी अटाउन सक्ने तुल्याउन उपदेश दिनु भएको हो।
गीताको प्रत्येक अध्यायमा नै मनिसलाई असल
चरित्रको भएर बाँच्न अनेक किसिमका शिक्षाहरू दिइएका छन्। त्यसै अनुरुप यस अध्यायमा
पनि अनेक किसिमका
सबै कालहरूमा सत्य हुने ज्ञानहरू दिइएका छन्।
गीताले लोभ, मोह, क्रोध आदि त्यागेर एक योगी भएर बाँच्न प्रेरित गर्दछ। हुन पनि
मानिस असीमित असन्तुष्टिहरूको ज्यादै ठूलो एक पोको नै हो। यो पोको भित्र गणना गर्न
नसकिने असन्तुष्टिहरू खाँदिएका छन्। मानिसले एउटा असन्तुष्टि पूरा गर्दछ उसको शिरमाथि
तत्काल अर्को असन्तुष्टि सबार हुन्छ। असन्तुष्टि मानिसको शिरमाथि चढ्ने सिलसिला
उसको जीवनभर चलिनै रहन्छ। र यो सिलासिला मानिस मेरपछि मात्र समाप्त हुन्छ। यदि
मानिस मेरर पनि आफ्नो असन्तुष्टि साथमा लग्न सक्ने भइदिएको भए, मानिसलाई सुख दिने
विभिन्न भौतिक सामाग्रीहरू उसले साथमा लग्न सक्ने भइदिएको भए, मृत्यु पश्चात पनि
मानिसले यो पृथ्वीबाट असन्तुष्टिका साथै अनेक भौतिक सामाग्रीहरू आफ्नो साथमा लिएर
जान्थ्यो होला।
सभ्यता विकासको क्रममा यस्तो भएको पनि छ। जब
प्रचीन इजिप्टका बादशाहहरूको मृत्यु हुन्थ्यो तब उनीहरूको अन्तिम संस्कार गर्दा
मृत्यु पछि पनि उनीहरूलाई अनेक वस्तुहरू चाहिने विश्वास गरेर मृत बादशाहहरूको मृत
शरीरसँगै अनेक थरीका भौतिक समाग्रीहरूका साथै सयौ दास, दासी, कारिन्दा, रानी,
पटरानीहरूलाई पनि जिउँदै मृत्य बादशाहहरूको कब्र (चिता) मा पुरिन्थ्यो। यति ठूलो
संख्यामा त होइन तर यस्तै अमानवीय एवं क्रूर प्रथा नेपालमा पनि कुनै समयमा प्रचलित
थियो। शाह-राणाकालीन नेपालमा राजा महाराजहरूको मृत्यु हुँदा उनका रानी, पटरानी र
रखैलहरूले राजसँगै चितमा जलेर अनिवार्य रुपमा “सती” जानु पर्थ्यो। केही अवस्थाहरूमा,
सामान्य नागरिहरुका पत्नीहरुले पनि पतिको चितासँगै जलेर सती जानु पर्ने अनिवार्यता
थियो। नेपालमा ‘सतीप्रथा’ को अन्त गरिएता पनि भारतका केही सुदूर गाउँहरुमा अहिले पनि सतीप्रथा
कामय नै छ। महिलाहरू पतिको मृत्युमा सती जानु पर्ने अनिवार्यता अहिले पनि छ। तर यस्तो
किसिमको अमानवीय व्यवहार गर्न, सतीप्रथा प्रचलनमा ल्याउन, जातीय विभाजन गर्न,
मानवीय व्यवहारमा क्रूर हुन गीतामा कहि कतै भनिएको छैन्। गीतामा सती प्रथाबारे
कहिँ कतै उल्लेख गरिएको छैन्। गीताले सद् बुद्धि, सद् विचार राख्न प्रेरित गरेको
छ। सभ्यताको विकाससँग सँगै, मानव चेतना विकासको सँग सँगै, मानवीय समवेदनालाई सूक्ष्म
किसिमले बुझ्ने अभ्यास सँग सँगै, युरोपका कतिपय देशहरू लगायत अमेरिकाका केही राज्यहरूमा
एउटै लिङ्गका व्यक्तिहरु बीच बिवाह ( Same sex marriage ) हुने कानून निर्माण समेत गरिएको छ।
मानव अधिकार, मानव मूल्यलाई हृदयगंम गरिएको छ। पुरुष शरीरमा स्त्रीगुणहरू विकास
हुनुलाई त्यस्तो हुने व्यक्तिको त्रुटी मानिएको छैन। बरु त्यस्तोलाई ईश्वरीय लिला
मानेर त्यस्तो व्यक्तिलाई समाजमा समान किसिमले बाँच्ने अधिकार प्रदान गरिएको छ।
आफ्नी भाउजू (द्रौपदी) लाई धेरै व्यक्तिहरूद्वारा
भरिएको सभामा नाङ्गो बनाउन खोज्ने दु: शासन र यस घटनाका मतियारहरू धृतराष्ट्र,
दुर्योधन, शकुनि, कर्ण आदिलाई दण्ड दिन ‘महाभारत युद्ध’ गर्न गीतामा अर्जुनलाई
भनिएको छ। त्यो सभा स्थलमा वस्त्रसहित भगवान् श्रीकृष्णको उपस्थिति नभइदिएको भए
त्यो सभामा द्रौपदी सम्पूर्ण रुपमा नाङ्गो हुनु पर्ने स्थिति उत्पन्न भएको थियो। श्रीकृष्णको
उपस्थितले गर्दा नै एक स्त्री, जसलाई त्यसकालमा शोषण मात्र गरिने होइन ज्यादै
दुर्बल पनि सम्झिने गरिन्थ्यो, फकत भोग विलासको साधन सम्झिने गरिन्थ्यो, को
इज्जतको रक्षा भएको छ। यस अर्थमा श्रीकृष्ण एक अति नारीवादी देखिनु भएको छ। नारीको
इज्जत रक्षाका लागि अगाडि सर्नु भएको छ। तर त्येही सभामा धर्मराज युधिष्ठिर,
धनुर्धर अर्जुन र पितामह भीष्म थिए तर कसैले पनि अगाडि बढेर दु:शासनलाई त्यस्तो दुराचार
गर्नबाट रोक्न सकेनन्। केही अल्पज्ञानीहरू र केही भौतिकवादीहरूले भगवान्
श्रीकृष्णलाई केवल गोपिनीहरूको पछि लाग्ने एक रंगीन मिजाजका, मौज मस्तीमा रमने
युवकको रुपमा लिन्छन्। ज्ञानको दायरालाई फराकिलो पार्ने हो भने मात्र श्रीकृष्णका
अनेक अनेक लिलाहरू वा यस्ता अर्थपूर्ण कुराहरूको गहिरो आशय बुझ्न सकिन्छ।
केही अज्ञानीहरूले ईश्वरको पनि परिभाषा दिन्छन्। तर ईश्वरको
परिभाषा दिन, श्रीकृष्णको अर्थ लगाउन सम्भव छैन्। हामी, हाम्रो उपलब्ध बौद्धिक
क्षमता जति छ त्यो बौद्धिक क्षमता भित्र रहेर अर्थात हाम्रो बुद्धि र ज्ञान जति
फराकिलो छ त्येतिबाट र हाम्रो चिन्तनको पर्खाल जति फैलिएको छ त्येही पर्खाल भित्र
रहेर ईश्वरको दिन खोज्दछौ। यसरी ईश्वरको
परिभाषा दिने कार्य सर्वथा गलत छ। भगवान् वा ईश्वर हाम्रो ज्ञान, वुद्धि,
चिन्तनबाट ज्यादै पर हुनुहुन्छ। त्यसकारण भगवनाको उचित परिभाषा के हो भने, “जसलाई
मानवीय ज्ञानद्वारा व्याख्या गर्न सकिँदैन ती भगवान् हुन्।”
मानिस यति स्वार्थी र असन्तोषी छ कि जन्म लिनासाथ
नै उसले असन्तोषको सिलसिला आरम्भ गर्दछ। उदहारणका लागि, जन्म लिनासाथ केवल मानिसको
बच्चाले मात्र रुने गर्दछ तर यस सृष्टिका अन्य प्राणीहरूले जन्म लिनासाथ रोएको
देखिएको छैन्। र मान्छेले आफ्नो स्वार्थको लागि रुने सिलसिला जीवनभर नै कायम
राख्छ। केवल भोग विलासका भौतिक वस्तुहरू मात्र उसको वरिपरि नाचिरहन्छ। एक व्यक्ति साधारण
फोनबाट सन्तुष्ट हुँदैन, उसले समार्ट फोन राख्छ। तर दीर्घकालमा त्यसबाट पनि
सन्तुष्टि पाउँदैन। यसै कारणले यो संसारलाई अति नै दु:खमय मानिएको छ। अति दु:खमय
मानिएको हुनाले नै गीताले यो संसार र जीवनलाई सुखमय बनाउन अति लोभ नराख्न, मोह
त्याग्न ज्ञान दिन्छ।
यस अध्यायमा भगवान भन्नु हुन्छ, “हे परन्तप, मेरो
भक्तिरुपमा र यो धर्ममा आस्था र श्रद्धा नराख्नेहरू ममा प्राप्त हुँदैनन् र
तिनीहरू यो भौतिक संसारको जीवन मृत्युको मार्गमा फर्किन्छन्।
मेरो यो अव्यक्त स्वरुपमा म यो सम्पूर्ण जगतमा
सर्वत्र व्याप्त छु। सम्पूर्ण जीवहरू मभित्र अवस्थित छन् तर म भने उनीहरूमा
अवस्थित छैन्। जसरी नित्य
बहने महान् वायु सर्वदा आकाशमा स्थित छ त्यसै गरी नै सम्पूर्ण जीवहरु ममा अवस्थित
छन्, यो थाहा पाउ। हे कौन्तेय, कल्पको अन्तमा सम्पूर्ण
प्राणीहरु मेरो प्रकृतिमा मिल्दछन् र कल्पको प्रारम्भमा म पुन: तिनीहरूको सृजना
गर्दछु। आफ्नो
प्रकृतिलाई अङ्गिकार गरेर प्रकृतिद्वारा परतन्त्र भएका यी सम्पूर्ण प्राणीहरूको म
पुन: पुन: सृजना गर्दछु। हे कौन्तेय, मेरो अध्यक्षतामा मेरो बाहिरी माया शक्ति वा
प्रकृति, जुन मेरो विभिन्न शक्तिहरू मध्ये एक हो, ले चर अचर जगत्को सृजना गर्दछ। त्यसकारण
सृजना र विनाशको क्रम चलिनै रहन्छ। तर हे पार्थ,
महात्माहरूले दैवीय प्रकृतिको शरणमा परेर मलाई सम्पूर्ण प्राणीहरूको आदि कारण तथा
अविनाशी मानेर अनन्य मनले निरन्तर मेरो भजन गर्दछन्।
अन्य कसैले ज्ञान यज्ञले यज्ञ गर्दै, कसैले भने
अभेदभावले, कसैलै भने पृथक भावले, कसैले अनेक देवताहरूका रुपमा त कसैले सर्वात्मक
भावले मेरो पूजा गर्दछन्। म सबैको कर्मफलरुप गति, पोषक, प्रभु,
साक्षी, निवास, शरण, मित्र, उत्पत्ति, प्रलय, स्थिति एवं क्रिया हुँ। आधार एवं
अव्यय बीज पनि म नै हुँ। हे अर्जुन, म यस प्रथ्वीमा ताप
दिन्छु, वर्षा गराउँछु र वर्षा रोक्छु। म अमृत, मृत्यु, सत्, र असत् पनि हुँ।
ती जो अनन्य भावका भक्तहरू छन् तिनीहरूले मेरो
चिन्तन गर्दै निष्काम भावले मलाई भज्छन्। तिनीहरू जसको मन ममा विलीन छ तिनीहरूलाई म
उनीहरूसँग नभएको, भएको र जुन पहिले देखिनै भइरहेको अर्थात साथ रहेको छ त्यो
दिन्छु। देवताहरूको पूजा गर्नेहरू देवलोक,
पितृहरूको पूजा गर्नेहरू पितृलोक, भूतहरूको पूजा गर्नेहरू भूतलोक र मेरो पूजा
गर्नेहरू परमधाम अर्थात मलाई नै प्राप्त हुन्छन्। म सबै प्राणीहरूका
लागि भेदभाव रहित भएर समान छु। मेरो न त कोही प्रिय छ न त कोही अप्रिय नै छ। म
कसैको पक्षपाति पनि छैन्। तर जसले मलाई भक्तिपूर्वक भज्छन र जो ममा जुन किसिमले
आसक्त हुन्छन् म पनि तिनीहरुमा त्यसै किसिमले आसक्ति राखेर रहने गर्दछु।”
भगवान्का माथिका भनाइहरूको सार के हो भने
प्रकृतिको रुप धारण गरेर भगवान्ले लिला गर्नु हुन्छ। असल र खराब चरित्र जुन
प्राणीहरुले प्रस्तुत गर्छन, कुकर्महरु जुन व्यक्तिहरुद्वारा हुन्छन् ती भगवान्का
लिलाका अंश हुन। तर भगवान् मानव समुदाय लगायत सम्पूर्ण जीवहरूलाई सत् कर्ममा लागेर
मोक्ष प्राप्त गर्न वा असल मृत्यु वरण गर्न भन्नु हुन्छ। र असल मृत्यु वा शान्त
मृत्यु केवल असल कर्महरू गरेर मात्र प्राप्त हुन्छ।
यस अध्यायको सर्वाधिक महत्वपूर्ण पक्ष के हो भने
यस अध्यायमा पृथ्वीको आयु तोकिएको छ। यस अध्यायमा के भनिएको छ भने ४ अरब ३२
करोड वर्षहरु मिलेर एक कल्प हुन्छ। एक कल्प पछि प्रलय हुन्छ र अर्को कल्पको
प्रारम्भमा भगवानबाट सृष्टि आरम्भ हुन्छ र त्यो सृष्टि एक कल्प रहन्छ। यो क्रम
चलिनै रहन्छ। माथिको भनाइको आशय- यस पृथ्वी, जहाँ मर्यादा पुरूषोत्तम रामको जन्म
भएको थियो (त्रेता युग) जहाँ महाभारत युद्ध भएको थियो (द्वापर युग), को आयु ४ अरब
३२ करोड रहेको छ।
No comments:
Post a Comment