सामाजिक भेदभावले पनि गरिबी बढाएको छ
पश्चिमी समाजमा पाँचजना बसेर कुराकानी गरिरहेका छन् भने तीमध्ये को पाको हो वा को वरिष्ठ वा कनिष्ठ हो भन्ने तिनको उमेर हेरेर मात्र थाहा पाउन सकिन्छ, उनीहरूले कुराकानीमा प्रयोग गर्ने भाषाबाट थाहा पाउन सकिंदैन । त्यसरी छुट्टाउने आधार केवल उमेर हुन्छ । तर नेपाललगायत दक्षिण एसियाका राष्ट्रहरूमा पाँचजना बसेर कुराकानी गरिरहेका छन् भने को वरिष्ठ वा कनिष्ठ हो भन्ने कुरा उमेरका साथै उनीहरूले कुराकानीमा प्रयोग गर्ने भाषाबाट थाहा हुन्छ । अझै भाषाबाट त तुरुन्त र बिनाअनुमान थाहा हुन्छ । अर्थात् भाषाले को वरिष्ठ वा कनिष्ठ सजिलै छुटयाइदिन्छ ।
दक्षिण एसियाका राष्ट्रहरूमा कुराकानी गर्दा आफूभन्दा कम आर्थिक वा सामाजिक आर्थिक हैसियत भएकाहरूलाई तँ, तिमी भन्ने चलन छ । यसैगरी आफूभन्दा कम उमेरकालाई पनि तँ, तिमी भन्ने चलन छ । यो मभन्दा कम हैसियतको छ भन्ने प्रदर्शन गर्न मानिसहरू कुराकानीमा व्यापकरूपमा तँ, तिमीजस्ता अआदरार्थी शब्द प्रयोग गर्छन् । यसरी दक्षिण एसियाका विभिन्न समुदायमा बोलिने भाषाले नै सर्वप्रथम सामाजिक भेदभाव गर्न सिकाउँछ । भाषाले नै सामाजिक पर्खाल खडा गर्दछ । भाषाले नै एकथरीलाई उच्च र एक थरीलाई तुच्छ भनी बोध गर्न बाध्य पार्दछ । यसरी भाषाद्वारा अपहेलित व्यक्तिहरूमा सानैदेखि लघुताभास विकसित हुन्छ जसले पछि उसमा उत्पन्न हुन सक्ने सृजनात्मक क्षमता र्हास हुन्छ । उदाहरणका लागि एक सुंगुर वा गाई भैसी चराउनेले आफ्नो भाग्य नै त्यस किसिमको कार्य गर्ने रहेछ भन्ने बोध गर्छ र थप नयाँ वा अर्को कुनै नयाँ र बढी मुनाफा दिने उद्यम गर्न अघि सर्दैन, आँट गर्दैन । त्यस कारण नेपाल, भारत जस्ता मुलुकहरू जहाँ आर्थिक हैसियत र जातिको आधारमा सामाजिक विभेद डरलाग्दो स्थितिमा छ, त्यहाँ सानो जात वा दलित कहलिएका परिवारका सन्तानहरूले उच्च शिक्षा हासिल गर्ने, वैज्ञानिक, डाक्टर, इन्जिनियर, प्रोफेसर, वकिल वा उच्च सरकारी सेवामा पुग्ने सम्भावना ज्यादै क्षीण हुन्छ । यो कारणले गर्दा तथाकथित तल्लो जातिहरूमा बिपन्नताले बलियो जरो गाड्छ । परिवारहरू पुस्तादरपुस्ता गरिब हुन बाध्य हुन पुग्छन् ।
आफूलाई आफैंले सामाजिक हैसियतमा उच्च घोषित गरेका वा आर्थिक रूपले बलियो भएकाहरूले आफूभन्दा तल ठानेकाहरूलाई कुराकानीमा आफूलाई तपाईंदेखि हजूर, बक्स्योस् जस्ता आदरार्थी वा अतिआदरार्थी शब्द प्रयोग गर्न बाध्य पारेका हुन्छन् । समाजमा यस्ता व्यवहारहरू पनि प्रशस्त देखिएका छन् । आदरार्थी शब्दहरूमा पनि तिमी, तपाइँ, हजूर र बक्स्योस गरी चार तह छन् । अझै राजतन्त्रकालमा त बोलचालको क्रममा राजा वा राजपरिवारका सदस्यहरूले हामीबाट यस्तो गरिबक्सेका छौ, हामीबाट यस्तो गरिबक्सने छ जस्ता आफूले आफैंलाई सम्मान दिने र अरूबाट बलपूर्वक सम्मान लिने चलन थियो ।
हाम्रो समाजमा राजतन्त्र, जमिन्दारी प्रथा, सामन्ती संस्कृति, कुलीन वा संभ्रान्त परिवार, दासदासी आदिका अवशेषहरू अहिले पनि विद्यमान छन् । र यिनले सामाजिक र आर्थिक विकासमा ज्यादै नै प्रतिकूल प्रभाव पारिरहेका छन् । अहिले पनि समाजमा व्यक्तिहरू एक अर्कासँग व्यवहार गर्दा व्यक्तिलाई बिनाभेदभाव, पूर्ण सम्मान नदिएर उसको आर्थिक हैसियत वा सामाजिक पृष्ठभूमि अनुसार व्यवहार गर्छन्, वा सम्मान दिन्छन् । यसरी व्यक्तिलाई सम्मान दिने वा सम्मान पाउने प्रमुख आधार भने आर्थिक हैसियत हुन पुगेको छ । यसरी समाजमा ठूलो भेदभाव सृजना गर्न भाषाले निकै सघाएको छ । भाषाले नै भेदभाव गर्न, शोषण गर्न मदद गरेको छ । यो स्थिति नेपाल मात्र होइन, दक्षिण एसियाका प्राय: सबै समाजमा देख्न सकिन्छ । भाषाद्वारा सृजित यो भदभाव ब·लादेश, पाकिस्तान, भारत आदि सबै ठाउँहरू बोलिने विभिन्न भाषाहरूमा विद्यमान छ । यो क्षेत्र
(मुख्यत: दक्षिण एसिया) मा राजनैतिक व्यवस्थामा प्रजातन्त्र आए पनि भाषामा भने प्रजातन्त्र आउन सकेको छैन । जनसङ्ख्याको हिसाबले संसारको सबै भन्दा ठूलो प्रजातान्त्रिक मुलुक भारतमा त भाषाले गरिने सामाजिक भेदभाव अति नै डरलाग्दो छ । त्यस कारण दक्षिण एसियाका मुलुकहरूमा बोलिने अनेक भाषाहरूबाट यस किसिमका विभेदकारी, अआदरार्थी, शोषणकारी शब्दहरू हटाउन आवश्यक छ । भाषालाई पनि पूर्ण प्रजातान्त्रिक तुल्याउन आवश्यक छ ।
अर्कोतिर पश्चिमी समाजमा हेरौं– अङ्ग्रेजी भाषाको उदाहरण लियौं– अङ्ग्रेजी भाषामा प्रयोग गरिने शब्द यु (थ्यग) उमेरमा सानाठूला, आर्थिक र सामाजिक हैसियतमा सानाठूला सबैलाई एकै किसिमले प्रयोग गरिन्छ । बाबु आमाले आफ्ना सन्तानहरूलाई यु भन्छन् भने सन्तानहरूले पनि बाबुआमालाई यु नै भन्छन् । जुनसकै किसिमको आर्थिक वा सामाजिक हेसियत भएको व्यक्तिलाई यु नै भनिन्छ । एक कामदारले मालिकलाई यु भन्छ, मलिकले पनि कामदारलाई यु नै भन्छ । अस्सी नब्बे वर्षको व्यक्तिलाई भरखरै बोल्न थालेको बच्चाले पनि यु नै भन्छ । हेर्दा र सुन्दा यो चलन उटपट्या· लागे तापनि समानताको हिसाबले यो चलन अति मर्यादित र व्यवहारिक छ । न्यायपूर्ण छ । यो चलनले जुनसुकै उमेर, आर्थिक, सामाजिक हैसियतको व्यक्तिलाई पनि समान आदर दिन निर्देशित गर्दछ । भाषाले समाजमा समानताको बोध गराउँछ ।
पश्चिमी समाजमा भाषाले विभेद गर्दैन, शोषण गर्दैन । भाषाले एकथरीले उच्च वा कुलीन र अर्काेथरीले तल्लो वा अपहेलित बोध गर्नुपर्ने स्थिति सृजना हुन दिंदैन । भाषाले गरिबधनी भनेर वर्ग विभाजन गर्दैन । भाषाले आर्थिक र सामाजिक हैसियतलाई महत्त्व दिंदैन, व्यवहारको आधार मान्दैन । यसले गरिब र धनीबीच पर्खाल पनि खडा गर्दैन ।
यस क्षेत्रमा गरिबी बढाउने जिम्मेवार अर्को र महत्त्वपूर्ण तत्त्व हो– जातिप्रथा । नेपाललगायत दक्षिण एसियाका विभिन्न राष्ट्रहरूमा जातिप्रथा एउटा यस्तो गम्भीर बिमारीको रूपमा देखिएको छ जसले समाजलाई जहिले पनि रोगी तुल्याएको छ । जहिले पनि रोगी समाजले ठीकसँग काम गर्न सकेको छैन । उच्च जातिले साना जतिको श्रम शोषण गर्ने, उच्च जातिले पाउने सामाजिक हैसियत तल्लो जातिले नपाउने, एक जातिको विवाह अर्को जातिसँग नहुने, जातिबीच छुवाछूत आदि समस्याले गर्दा समाज आर्थिक विकासको पथमा तीव्र गतिका साथ अगाडि बढ्न सकेको छैन । वास्तवमा हिन्दू धर्मले जातिप्रथाको सृजना गरेको होइन । जातिप्रथाको सृजना हिन्दू धर्मका व्याख्या गर्नेहरूले पछि र आफ्नो सुविधा अनुसार गरेका हुन् । ब्राह्मण, क्षत्रिय, वैश्य, शुद्र गरी हिन्दू धर्मले गरेको वर्ण व्यवस्था जातिको आधारमा नभई प्रवृत्तिको आधारमा गरेको व्यवस्था हो । हिन्दू धर्म अनुसार समाजमा चार प्रवृत्तिका व्यक्ति हुन्छन् । यी चार प्रवृत्तिका मानिसहरू तथाकथित जुनसुकै जातिका पनि हुन सक्छन् । हिन्दू धर्मको व्यवस्था अनुसार जसले बौद्धिक कार्य गर्छ ऊ ब्राह्मण हो । जसले लड्ने, युद्ध गर्ने, बल र पराक्रमको कार्य गर्छ त्यो क्षत्रिय हो । जसले धन वृद्धि गर्ने कार्य गर्छ, व्यापार गरेर आफू, परिवार, देशलाई धनी तुल्याउँछ त्यो वैश्य हो । र जसले श्रम र सेवाद्वारा आफ्नो जीवनयापन गर्छ त्यो शुद्र हो । यसरी प्रवृत्ति वा अवस्था अनुसार गरिएको विभाजनले पछि जातीयताको रूप लियो । पछि गएर यो जातीतया नै सामाजिक र आर्थिक शोषणको माध्यम बन्यो । एउटा वर्ग तत्लो जाति कहलिएर सधैंभरि गरिब भएर बस्न बाध्य भयो ।
प्रवृत्ति अनुसारको विभाजन संसारको जुनसुकै समाजमा देख्न सकिन्छ । माथि उल्लेख गरिएका चार प्रवृत्तिका व्यक्तिहरू संसारको जुनसुकै मुलुकमा देख्न सकिन्छ ।
पश्चिमी समाज बिनाजातपात चलेको छ । यो समाज जातिविहीन छ । जुनसुकै व्यक्तिले पनि जोसँग पनि बैवाहिक सम्बन्ध कायम गर्न सक्छ । पश्चिमी समाज जातिविहीन भएकोले नै यसले तीव्र गतिमा आर्थिक प्रगति गर्न सकेको हो ।
हामी आर्थिक विकासको कुरा गर्दा ठूलो पूँजी, धेरै रुपियाँ–पैसा, भारी आम्दानी, बडेबडे योजना, आर्थिक नियम कानुन, यस्तोउस्तो अर्थव्यवस्था आदि ठूला–ठूला कुरा गर्छौं तर माथि उल्लेख गरिएका सामान्य कुराहरूलाई महत्त्व दिदैनौं । तर यस्ता झिनामसिना कुराहरूले मानिसको आर्थिक जीवनमा ठूलो प्रभाव पारेको हुन्छ । यसले व्यक्ति, परिवार, समाज र राष्ट्रलाई गरिब बनाउन महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । अबको समयमा भने भाषालाई पूर्ण प्रजातान्त्रिक बनाउने एवं जातीय प्रथालाई क्रमश: समाप्त पार्नेतर्फ गम्भीरतापूर्व लाग्नुपर्ने देखिएको छ ।
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, March 13, 2015

No comments:
Post a Comment