नडराइ समस्याको
सामना गर्नु
सुत्र १६
“आए है हम दुनिया मे जिना हि पडेगा, जीवन है अगर जहर तो पिना हि पडेगा।” नडराइ समस्याको समाधन बारेको बयान यस पक्तिबाट शुरू गर्न चाहन्छु। यस पक्तिको शाब्दिक अर्थ हो, यो संसारमा आए पछि बाँच्नु नै पर्छ, यदि जिन्दगी विष हो भने पनि पिउनु नै पर्छ।”
माथिको पङतिको भावार्थ के हो भने यो जिन्दगीमा जस्तो किसिमको दु:खलाग्दो, डरलाग्दो, जटिल, निरस अवस्था आए पनि त्यस किसिमको अवस्थाको समना गर्नु नै पर्छ। समस्यासँग डराएर भाग्नु वा पन्छिन खोज्नु भन्दा समस्याको सामना गर्नु उत्तम हो।
समस्याबाट डराएर भाग्नु भन्दा आइ परेको समस्याको समाधान गर्नका लागि उत्तम तरिका वा विकल्प कुन हो त्यसको खोजी गर्नु पर्छ। अपवाद बाहेक हरेक समस्याले समाधन पनि साथै लिएर आएको हुन्छ। कुनै पनि समाधान नभएको समस्या केवल मृत्यु हो। साथै यस्तै केही अन्य उदाहरणहरू पनि छन। मृत्यु समाधान विहीन समस्या भएता पनि मृत्युलाई छल्ने वा टार्ने बाटाहरू पनि खोजिएका छन्। अर्थात क्यान्सर, हेपेटाइटिस बी, किडनी फेल्युर जस्ता रोगहरूसँग लड्ने औषधीहरूको आविष्कार गरिएका छन् जसको सेवनले आयुलाई लम्ब्याउन वा मृत्युलाई टाल्न सकिन्छ। एक किसिमले मृयुको पनि अस्थायी समाधान खोजिएको छ।
जसरी धेरै सम्पत्ति (पैसा) छ भने जीवनलाई सुखमय र सरल तुयाउने अनेक भौतिक वस्तुहरू खरिद गर्न सकिन्छ त्यसैगरी मानसिक सुख पाइने सबै किसिमका आनन्द (परिस्थिति) हरू प्राप्त गर्न सकिंदैन। यस्तो किन हुन्छ भने हाम्रो जीवनलाई प्रभावित गर्ने सबै घटनाहरू हाम्रो नियन्त्रणमा भित्र हुँदैनन। धरै घटनाहरू स्वतन्त्र किसिमका हुन्छन र ती घटनाहरूले निर्माण गरेको परिस्थिति अनुसार हामी चल्नु पर्ने हुन्छ। लोकप्रियता, सत्ता, सक्ति, कानून, पद, जुन सुकै कुरा द्वारा अति बलियो रहेको व्यक्तिलाई पनि समस्याले पन्छ्याउँछ नै। समस्याले कसैलाई पनि तिमी अति शक्तिसाली छौ भनेर छाडदैन। बीरेन्द्र (राजा), विधान, कानून, परम्परा (राजसंस्था) सबै तत्वहरू हातमा भएर निकै शक्तिसाली थिए। उनी राजा थिए, बाँकि सबै देशबासी उनका प्रजा थिए। तर उनी जस्ता शक्तिसाली व्यक्तिलाई पनि समस्याले छाडेको थिएन। उनको छोरा (युवराज) दीपेन्द्र उनको नियन्त्रणमा थिएनन्। दीपेन्द्र आफ्नो मनोमानी ढगले चल्ने गर्थ्ये। समाचारहरूमा उल्लेख भए अनुसार दीपेन्द्रले नै आफ्ना पिता, माता, भाइ, बहिनी लगायत अन्यहरूको पनि हत्या गरे। राजा बीरेन्द्र ठूलो समयस्या (छोरा आफ्नो नियन्त्रणमा नहुनु) को सिकार हुन पुगे। देशलाई निर्दैशित, अनुशासित गर्ने (राज परम्परा अनुरूपको शक्ति) व्यक्तिले आफ्नो छोरालाई अनुशासनमा राख्न सकेनन। राजा बीरेन्द्रको ठूलो समस्या (अनियन्त्रित छोरा दीपेन्द्र) ले उनको वंशको नै June 1, 2001 मा विनास गर्यो। जुन इतिहासमा “राज दरबार हत्या काण्ड” को नामले चर्चित छ।
नेपालका शाह वंशीय राजा सुरेन्द्र बिक्रम शाहले राज गद्दी प्राप्त गर्न आफ्ना पिता राजेन्द्र बिक्रम शाह (3 December 1813 - 10 July 1881) लाई जेलमा हालेका थिए। पछि जेलमा नै राजेन्द्रको मृत्यु भयो। केही इतिहासकारहरूको भनाइ अनुसार राजेन्द्रलाई जेल (घरमा नजरबन्द गर्न) हाल्न जङ्गबहादुरले सुरेन्द्रलाई दबाब दिएका थिए। यस्तो गरेर जङ्गबहारदुरले सत्ता प्राप्त गर्ने षडयन्त्र रचेका थिए।
(क) समस्याले कसलाई छाडेको छ र?
भारतका मुगल खान्दानका राजा शाह जहाँ (5 January 1592 – 22 January 1666) लाई उनका छोरा औरङ्जेब ( 3 November 1618 – 3 March 1707)) ले राजगद्दी प्राप्त गर्न जुलाई 1658 मा आफ्नै दरबार (आगरा किल्ला) भित्र जेलमा राखेका थिए। जेलमा नै शाह जहाँको जुलाइ 1666 मा मृत्यु भयो। औरङ्जेबले आफ्ना पितालाई जेलमा हालेर राजगद्दी मात्र प्राप्त गरेनन्, साथै पितालाई जेलमा हालैकै दिन (31 July 1658) आफैले श्रीपेंच लागाएर आफूलाई “आलमगीर” घोषणा गरे। सत्ता प्राप्त गर्नका लागि शाह जहाँका चार छोराहरूमा ठूलो मारकाट भएको थियो। पछि सो युद्ध औरङ्जेबले जितेका थिए। समस्याले त शाह जहाँलाई पनि पन्छ्याएको रहेछ। होइन र?
(ख) समस्यामा परेका भगवान् श्रीकृष्ण
पौराणिक युगमा जाऔ। भगवान् कृष्णले समेत पनि समस्या बेहोर्नु परेको थियो। एक पटक यादव वंशीयहरूमा भीषड युद्ध मच्चियो। त्यो मारकटमा एकले अर्कोको हत्या गर्दा सबै मारिए। युद्धदेखि विरक्त भएर एक रुखको तल एउटा खुट्टा माथि अर्को खुट्टा राखेर, खुट्टा हल्लाउँदै गरेर, कृष्ण बसेका थिए।
पर बाट कुनै सिकारीले मृग देखे छ। त्यो सिकारीले मृगमा माथि वाण प्रहार गरेछ। यथार्थमा त्यो मृग नभएर कृष्णको हल्लिरहेको खुट्टा थियो छ जसलाई सिकारीले मृग ठानेर प्रहार गरेको थियो। त्यो बाणले कृष्णको शरीरमा गहिरो घाउ पर्यो। त्यो घाउको पीडा र असरबाट नै कृष्णको मृत्यु भयो। मानव-शरीरधारी भगवान् श्रीकृष्णले पनि समस्या भोग्नु परेको थियो।

(ग) वनबासी
बने राम चौंध भुवनका पति
एउटा उखान वा भनाइ, “वनबासी
बने राम चौंध भुवनका पति” समाजमा निकै प्रचलित छ। भगवान् रामले पनि समस्या
बेहोर्नु परेको थियो। पिता दसरथको वचन राख्न, पिताको आज्ञा पालन गर्न उनले १४ वर्ष
जङ्गलमा जोगीको झै जीवन बिताउनु परेको थियो। त्यति मात्र होइन, नव विवाहित पत्नी
सीतालाई पनि साथमा वन लग्न बाध्य हुनु परेको थियो। राजा राम चौध भुवनका पति थिए। अर्थात
राजा राम ज्यादै ठूलो र अति शक्तिसाली देशका राजा थिए।
अर्कोतिर, रामका
पिता दसरथले समस्याबाट पिल्सिएर अर्थात पुत्र (राम) वनबास गएको शोकमा देह त्याग
गर्नु परेको थियो, मृत्यु वरण गर्नु परेको थियो। राजा दसरथले पनि समस्या बेहोर्नु
परेको थियो। समस्याले राजा दसरथलाई पनि छाडेन। र त्यो समस्या (जुन कैकयीलाई दिएको
वचन अनुसार रामलाई वनवास पठाएर उत्प्न्न भएको स्थिति) ले नै दसरथको प्राण लियो।
कतिपय व्यक्तिहरूमा
समस्या आउनासाथ अत्तिने प्रकृति हुन्छ। त्यस किसिमका व्यक्तिहरूले समस्या
समाधानतिर समय खर्च गर्नुको साटो आत्तिनमा नै बढी समय बरवाद गरेको देखिएको छ।
उदाहरणको लागि कुनै व्यक्तिको सडक दुर्घटना वा यस्तै किसिमको विपत्तिमा अङ्गभङ्ग
भएको छ भने त्यहाँ (दुर्घटना स्थलमा) रोइ कराइ गर्नुको साटो दुर्घटनामा परेको
व्यक्तिलाई यथासिघ्र् अस्पताल पुर्याउने तिर लाग्नु प्रभावकारी र उचित व्यवस्थापन
हो।
समस्याले कसैलाई पनि
छाड्दैन भनेर प्रख्यात साहित्यकार निदा फजलीको कविताले पनि भन्छ। उनको कविता यस
प्रकार छ,
“कभी किसी को
मुकम्मल जहाँ नहीं मिलता
कहीं जमीन कहीं
आसमान नहीं मिलता”
(भावार्थ: यो
संसारमा कसले सम्पूर्ण सुख प्राप्त गरेको छ र? कसैलाई केही कुराको सुख छ भने अर्को
कुराको दु:ख छ। हरेकले समान किसिमले सुख र दु:ख भोग्नु परेको छ।)
बुझा सका है भला कौन
वक़्त के शोले
ये ऐसी आग है जिसमे
धुआँ नहीं मिलता
(भावार्थ: समयको
परिवर्तन र असरलाई कसले रोक्न सकेको छ र? मानिस यति कमजोर छ कि समयको निर्दैशनमा
हिंड्नु बाहेक ऊ सँग अन्य कुनै विकल्प नै छैन। सयमले दिने गहिरो चोटलाई सबैले सहन
गर्नु नै पर्छ किन भने समय कसैको नियन्त्रणमा छैन।)
प्रख्यात कवि,
गीतकार एवं उपन्यासकार निदा फजलीको जन्म १२ अक्टोबर १९३८ मा भारतको दिल्लीमा भएको
थियो। मृत्यु ८ फेब्रुअरी २०१६ मा भारतको मुम्बईमा भएको थियो।
(घ) समस्या
के हो?
मानिसले सोंचो
अनुसारको परिस्थिति न हुनु समस्या हो। वातावरणमा हुने विभिन्न क्रियाहरू सोंच
अनुसार नहुन समस्या हो। नचाहेको घटना हुनु र त्यस घटनाले व्यक्तिलाई आर्थिक क्षति
वा मानिसक चोट पुग्नु समस्या हो। प्राय: समस्या विना अनुमान एवं कार्यको
सिलासिलामा आउने गर्दछ। कुनै एक व्यक्तिले जति बढी कार्य गर्यो त्यति नै बढी
समस्याहरू आउने गर्दछ, र उसले त्यति नै बढी समस्याहरूको सामना गर्नु पर्छ। केही न
गर्ने भन्दा बढी क्रियाशील व्यक्तिले धेरै समस्याहरू भोग्नु पर्ने हुन्छ। यो
कारणले गर्दा नै सत्तामा नभएका नेता भन्दा सत्तामा भएका नेताहरूको बढी आलोचना
हुन्छ। हुन पनि सत्तामा भएका नेताहरूले सरकारको निर्दैशन अनुसार विभिन्न कार्यहरू
गर्नु पर्ने हुन्छ।
समस्या केवल भौतिक
वस्तु अपेक्षा गरे अनुसार प्राप्त नभएमा मात्र उत्पन्न हुने होइन। समस्या अभौतिक
वस्तुसँग पनि सम्वन्धित छ। कुनै व्यक्तिले कसैबाट अपेक्षा गरे अनुसारको सम्मान वा
प्रेम पाउने सकेन भने त्यस किसिमको अनुभवलाई उक्त व्यक्तिले समस्याको रूपमा लिन
सक्छ। कुनै समस्याले केवल एक व्यक्तिलाई मात्र प्रभावित गर्छ भने कुनै समस्याले
वहुसंख्यक व्यक्तिलाई प्रभावित गर्छ।
तर अर्को रोचक कुरा
के छ भने समस्याले व्यक्तिहरूलाई अनुभवी, साहसी एवं रचनात्मक स्वभावको तुल्याउँछ।
समस्याले व्यक्तिको वौद्धिक क्षमता वृदधि गर्छ नै, साथै धैर्य धारण गर्ने दक्षता
पनि अभिवृदधि गर्छ। त्यसकारण केही परिस्थितिहरूमा, समस्या आउनु वा आइरहनु राम्रो
पनि हो।
(ङ) समस्या
कसरी उत्पन्न हुन्छ?
वातावरणमा विभिन्न
किसिमका क्रियाहरू हुन्छन। केही बाहेक अन्य क्रियाहरू कुनै पनि व्यक्तिको
नियन्त्रण भन्दा बाहिर हुन्छ। व्यक्तिले वातावरणमा हुने क्रियालाई नियन्त्रण गर्न
नसक्ने हुनाले समस्या उत्पन्न हुने गर्दछ। समस्या अनियन्त्रित घटनाहरूको नकारात्मक
परिणाम हो।
जीवनसँग सम्बन्धित
सबै घटनाहरू केवल व्यक्तिले चाहेको दिशातर्फ मात्र गमन गर्दैन। अर्कोतिर प्रत्येक
व्यक्तिले चाहन्छ घटनाहरू केवल उसले चाहेको दिशातर्फ मात्र गमन गरोस। यसरी
व्यक्तिले एक किसिमले सोंच्छ भने घटना विपरित दिशा तर्फ गमन गर्छ। यसरि समस्या
उत्पन्न हुन्छ। कुनै पनि व्यक्तिले चाहेको दिशातर्फ मात्र सबै घटनाहरू गमन गर्ने
नभएता पनि व्यक्तिले त्यस्तो होस भन्ने चाहन्छ र त्यस्तो नभए पछि पीडा बोध गर्छ। मेरो
शरीरमा कुनै पनि किसिमको रोग उत्पन्न नहोस भन्ने मेरो चाहना कुनै पनि हालतमा पूरा
हुन सक्तैन। मैले असल खानेकुरा खाएर र स्वस्थ्य जीवनशैली बाँचेता पनि मलाई रोग
लाग्न सक्छ किनभने यदि मैले पूर्खाहरूको कमजोर जिन लिएर आएको छु भने त्यतो जिनले
मलाई बिरामी पार्न सक्छ। यसरी म बिरामी हुने स्थितिलाई मैले नियन्त्रण गर्न
सक्तिन। तर पनि म चाहन्छु मेरो जीवनमा मेरो वरिपरि घटित घटनाहरूको परिणाम मेरो
पक्षमा होस। मेरो यो चाहना नै समस्या वा दु:खको कारण हुन पुग्छ।
प्रत्येक व्यक्तिको
लागि समस्या वा दु:ख उसको जीवनको एक अभिन्न अङ्ग हो।
(च) समस्याग्रस्त
इन्दिरा गाँधीको जीवन
समस्याले कसैलाई पनि
छोडेको छैन र छोड्दैन पनि। व्यक्ति जस्तो शक्तिसाली भएता पनि उसले आफूलाई समस्या
विहीन तुल्याउन सक्दैन। त्यस्तै स्थिति भारतको प्रम इन्दिरा गाँधीमा देखिएको थियो।
इन्दिरा गाँधीको परिवारबाट तिन जनाको अकाल मृत्यु भएको थियो। इन्दिरा गाँधी र उनको
जेठो छोरा राजीव गाँधीको हत्या भएको थियो भने उनको कान्छो छोरा सञ्जय गाँधीको
मृत्यु एक हवाइ दूर्घटनामा भएको थियो। तिनै जनाले दीर्घ जीवन प्राप्त गर्न सकेनन्।
के यो समस्या सानो तिनो हो?
(छ) इन्दिरा
गाँधीको हत्या
गणतन्त्र
भारतको तेस्रो प्रधान मन्त्री इन्दिरा गाँधीको हत्या ३१ अक्टोबर १९८४ मा नया
दिल्लीको सफदरजङ्ग रोड स्थित उनको निवासमा एको थियो। गाँधीको हत्या उनका दुई
अंगरक्षहरू; सतवन्त सिंह र बेअन्त सिंहले गरेका थिए। जुन १९८४ मा इन्दिरा गाँधीले
अमृतसर स्थित ‘गोल्डेन टेम्पल’ मा भारतीय सेनादवारा ‘अपरेशन ब्लू स्टार’ (सैनिक
कार्यवाही) गर्न लगाएकी थिन। त्यस कार्यवाही बाट उक्त मन्दिरमा ठूलो क्षति भएको
थियो। त्यो कार्यवाहीबाट रुष्ट भएका उनका अंगरक्षकहरूले हत्या गरेको खबर प्रकाशमा
आएको थियो। सतवन्त सिंहलाई ६ जुन १९८९ मा नया दिल्ली स्थित तिहाड जेलमा फांसी दिएर
मृत्यु दण्ड दिइएको थियो भने बेअन्त सिंहको मृत्यु इन्दिरा गाँधीका अन्य
अंगरक्षकहरूको गोली प्रहारबाट सो घटना भएको दिनमा नै भएको थियो। कान्छो छोरा सञ्जय
गाँधीलाई नियन्त्रणमा राख्न नसकेर पनि इन्दिरा गाँधीले ठूलो समस्या भोग्नु परेको
थियो।
(ज) भारतमा
आपतकाल घोषण
भारतीय प्रम इन्दिरा
गाँधीले आफ्नो कार्यकालमा, 25 June 1975 देखि 21 March 1977 सम्म, २१ महिने आपतकाल (The Emergency) लागू गरेर ठूलो अलोकप्रियता कमाएकी थिन। आपतकाल
घोषण गर्नुको प्रमुख कारण उनले ‘आन्तरिक समस्या’ उल्लेख गरेकी थिन। तर उनको
बरोधीहरूको भनाई अनुसार अरुको मतको कदर नगर्ने स्वभावकी इन्दिरा गान्धीले आफ्ना
विपक्षी एवं विरोधीहरूलाई जेल पठाउन एवं शक्तिहीन तुल्याउन आपतकाल घोषणा गरेकी
थिन। उक्त आपतकालमा गाँधीले सयौ नेताहरूलाई जेलमा थुनेकी थिन भने प्रमको अधिकारको
दुरुपयोग पनि ठूलो मात्रामा गरेकी थिन। स्वतन्त्र भारतको इतिहासमा ज्यादै विवादमा
परेको आपतकालले इन्दिरा गाँधीलाई इतिहासमा नै अलोकप्रिया प्रम बनाएको थियो।
आपतकालको प्रारम्भ सँगै इन्दिरा गाँधीका अनेक समस्याहरू एक पछि अर्को गरी आउन शुरू
गरेका थिए। आपतकाल पछि चुनावमा इन्दिरा गाँधी नेतृत्वको भारतीय कांग्रेस पार्टीले
लज्जाजनक किसिमले पराजय बेहोर्नु परेको थियो भने ‘जनता पार्टी’ को उदय अप्रत्यासित
किसिमले भएको थियो।
१९ नोभेम्बर १९१७ मा
जन्म भएको इन्दिरा गाँधी मृत्युको समयमा केवल ६६ वर्षकी थिन।
Source:
Wikipedia
(झ) राजिव
गाँधीको हत्या
आमा
इन्दिरा गाँधीको मृत्यु लगत्तै पछि राजिव गाँधी भारतको छैठौ प्रमको रुपमा नियुक्त
भएका थिए। उनको कार्यकाल सन् १९८४ देखि १९८९ सम्म रहेको थियो। आमाको मृत्यु पछिको
स्थितिले, जनताको सहानभूति पाएर, प्रम भएका राजिव गाँधी ज्यादै कम उमेर (४० वर्ष)
मा प्रम भएका थिए। उनी भारतको इतिहासमा ज्यादै कम उमेरका प्रम थिए।
राजिव गाँधीको मत्यु
एक आत्मघाती बम विष्फोटनबाट २१ मे १९९१ मा भएको थियो। ‘लिबरेशन टिइगर्स अफ तामिल
इलम’ की सदस्या, कलिलो उमेरकी एक युवती, थेनमोझी ‘गायत्री’ राजारत्नम् (उनलाई धानु
पनि भन्ने गरिन्थ्यो) ले उनलाई स्वागत गर्दा आफूले बोकेकी आत्मघाती बम बिस्फोटन गरेकी
थिन। गाँधीको हत्या तामिलनाडु राज्यको चेन्नाइ सहर नजिक रहेको स्थान
श्रीपेरुम्बुदुरमा भएको थियो जहाँ उनी एक चुनावी सभामा सहभागी हुन पुगेका थिए।
त्यस विष्फोटमा गाँधी, राजारत्नम् सहित अन्य १४ व्यक्तिहरूको मृत्यु भएको थियो।
श्रीलंकामा
तामिलहरूले सञ्चालन गरेका स्वतन्त्रताको आन्दोलन दबाउन राजिव गाँधीले श्रीलंका
सरकारलाई शैनिक सहयोग गरेको स्थितिबाट क्रुद्ध भएर राजारत्नम्ले गाँधीको हत्या
गरेको चर्चा खबरहरूमा प्रकाशित भएको थियो।
२० अगष्ट १९४४ मा
जन्म भएको राजिव गाँधीको मृत्युको समयमा उमेर केवल ४६ वर्ष थियो।
(ञ) सञ्जय
गाँधी र हवाइ दुर्घटना
सञ्जय
गाँधीको मृत्यु हवाई दूर्घटनामा भएको थियो। मनोरञ्जनातमक, जोखिमपूर्ण र साहसिक
किसिमले हवाई जहाज उडाउने सौख नै थियो, सञ्जय गाँधीको। अति साहसी, उदण्ड र हठी
स्वभावका सञ्जयको मृत्यु २३ जुन १९८० मा भएको हवाई दुर्घटना भएको थियो। जुन हवाई
दुर्घटनाम उनको मृत्यु भयो, त्यो हवाइ दुर्घटना पनि उनको अति जोखिमपूर्ण उडान
अभ्यासले गर्दा नै भएको थियो। २३ जुन १९८०, जुन दिन त्यो दुर्घटना भयो, सञ्जय
गाँधीले नया दिल्ली स्थित सफदरजङ्ग विमानस्थलमा जोखिमपूर्ण हवाई उडान गरि रहेका
थिए। ‘दिल्ली फ्लाइंग क्लब’ को नया हवाई जहाज उनले आफ्नै कार्यालयको माथि उडाइ
रहेको समयमा विमानमाथिको नियन्त्रण गुमाउन पुगेका थिए। भनिन्छ उनले ज्यादै तल (बस्तिको
केही माथि मात्र) विमान चलाएको हुनाले विमान माथिको नियन्त्रण गुमेको थियो र विमान
ठोकिएको थियो।
सञ्जय हठी र उदण्ड
स्वभावक थिए। सञ्जय गाँधीको स्वागतका लागि विभिन्न स्थानहरूमा स्वागत द्वारहरू उनका
दलका कार्यकर्ताहरूले निर्माण गरेर उनको स्वागतका लागि उपस्थित भएको समयमा ‘किन
यति साँघुरो स्वागत द्वार निर्माण गरेको? यी साँघुरो भएकोले मलाई तेज गतिमा कार
दौडाउन गार्हो भयो’ भनेर ती कार्यकर्ताहरूलाई उनले हप्काउँथे। १४ डिसेम्बर १९४६ मा
जन्मेका सञ्जय गाँधीको ३३ वर्षको कलिलो उमेरमा मृत्यु भएको थियो।
(ट) डर
के हो?
हरेक व्यक्तिमा
ठिक्क (reasonable)
मात्रामा डर हुन्छ।
ठिक्क मात्राको डरले व्यक्तिलाई बाँच्न वा जीवन रक्षा गर्न सिकाउँछ। त्यसकारण
ठिक्क मात्रामा डर हुन आवश्यक छ। तर कोही व्यक्तिमा आवश्यक वा ठिक्क मात्रामा
भन्दा बढी डर हुन्छ जसले उसको जीवनलाई नराम्रो गरी प्रभावित गर्छ। आवश्यक मात्रा
भन्दा बढी डर लाग्ने दुई कारणहरू हुन्छ। पहिलो, वंशाणुगत गुण। मातातिरका पुर्खाहरू
र पितातिरका पुर्खाहरू बाट प्राप्त गरेको गुणबाट पनि कोही व्यक्ति ज्यादै डराउने
स्वभावको हुन सक्छ। दोस्रो, वाह्य वातावरणमा घटित वा घट्ने घटनाहरूले पनि
व्यक्तिलाई धेरै डराउने स्वभावको तुल्याउन सक्छ। युद्ध, महामारी, बाढी, पैरौ,
भूइँचालो, आगलागी, गम्भीर रोग आदिले पनि व्यक्तिमा डराउने स्वभाव उत्पन्न गराउन
सक्छ। लालन पालन र व्यक्तिले अन्तरक्रिया गर्ने परिवेसले पनि उसलाई डरपोक तुल्याउन
सक्छ।
कोही कोही व्यक्ति नडराउने
(अन्यको तुलनामा) स्वभावका हुन्छन। यस्तो हुन पनि उनीहरूलाई वंशाणुगत गुणले सहयोग
पुर्याइको हुन्छ।
मनन योग्य कुरा त के
छ भने हाम्रा स्वभावहरू र प्रकृतिलाई खास किसिमको तुल्याउनमा हामीले पाएको
वंशाणुगत गुणहरुले महत्वपूर्ण भूमिका खेलेका हुन्छन। त्यसकारण, केही अवस्थाहरूमा,
हाम्रो प्रकृति खास किसिमको हुनुमा केवल हाम्रो दोष हुँदैन। हामीले हाम्रा सबै
कमजोरीहरूलाई आफ्नो दुर्वलता मान्नु हुँदैन। अर्थात कुनै व्यक्ति उसले पाएको
वंशाणुगत गुणको कारण ऊ ज्यादै डराउने प्रवृतिको हुन पुगेको छ भने उक्त व्यक्ति
त्यस्तो हुनु उसको आफ्नो दोष होइन। यो तथ्यलाई बुझेर त्यस किसिमको व्यक्तिले
लघुताभाष पाल्नु उचित हुँदैन। बरू त्यस किसिमको डरबाट छुटकारा पाउन चिकित्सकको
सल्लाह लिनु पर्छ। अर्थात इलाज गराउनु उचित हुन्छ।
Life is not easy for any of us. Marie Curie
No comments:
Post a Comment