सुत्र ४
निर्धारित लक्ष
जीवनमा सफल हुनका लागि एक
निर्धारित लक्ष्य हुनु पर्ने मैले अनुभव गरेको छु। तर लक्ष्य भने यथार्थवादी हुनु
पर्छ, काल्पनिक वा महत्वाकांक्षी
हुनु हुँदैन। व्यक्तिले कुनै खास लक्ष्य निर्धारित गरेको छ भने उसले निर्धारित
गरेको लक्ष्यले नै उसलाई लक्ष्य प्राप्त गर्न क्रियाशील गराउँछ। सफलताको दिसातर्फ
निरन्तर अग्रसर गराउँछ। सफलता प्राप्त गर्न उत्प्रेरित गर्छ। ऊर्जावान् तुल्याउँछ।
(क) स्मार्ट
व्यवस्थापनको क्षेत्रमा लक्ष्य
स्मार्ट (SMART-
Specific, Measurable, Achievable, and Time Limit) हुनु पर्दछ भन्ने पनि
गरिन्छ। व्यवस्थापन विज्ञहरूले यसलाई लक्ष्यप्रतिको स्मार्ट दृष्टिकोण भन्ने गर्दछन।
लक्ष्यलाई स्मार्ट
तुल्याउनका लागि निम्न कुराहरू गर्न आवश्यक हुन्छ।
१ तोकिएको (Specific): कुनै पनि लक्ष्य तोकिएको (Specific) वा
स्पष्ट हुन पर्छ। जस्तै कुनै व्यक्तिले लक्ष्य निर्धारण गर्दा म शिक्षित हुन्छु भनेर यदि लक्ष्य निर्धारण
गर्छ भने त्यो लक्ष्यलाई स्पष्ट मान्न सकिंदैन। उसले निर्धारण गर्ने त्यस किसिमको
लक्ष्यमा स्पष्ट गरी भन्नु पर्छ कि माष्टर्स वा पियचडी के गर्ने हो भन्ने कुरा। उसले लक्ष्य किटान
गरेर तोक्नु पर्छ। तर केवल शिक्षित हुन्छु वा धेरै पढ्छु भनेर उसले लक्ष्य तोकेको
छ भने त्यस्तो भन्नुलाई स्पष्ट किसिमले लक्ष्य तोकिएको भनी भन्न मिल्दैन। अर्को एक
उदाहरणमा, यदि कुनै
व्यक्तिले म दुब्लो हुन्छु वा तौल घटाउँछु मात्र भन्छ भने उसको त्यो लक्ष्यलाई
तोकिएको मान्न सकिंदैन। यदि उसले आउँदो छ महिना भित्रमा दस किलो तौल घटाउँछु भने
पछि मात्र उसको लक्ष्यलाई तोकिएको मान्न सकिन्छ। यसैगरी बिक्री वृद्धि गर्छु भन्ने
लक्ष्य राखेर हुँदैन। आउने वर्ष (अर्को वर्ष) गत वर्षको तुलनामा २५ प्रतिशतले
बिक्री वृद्धि गर्ने भनी तोक्नु पर्दछ। यसरी लक्ष्य तोकिदिनाले निरन्तर लक्ष्य
प्राप्तितिर मात्र केन्दित रहन व्यक्ति वा संस्थालाई सजिलो हुन्छ।
२ मापन गर्न सकिने (Measurable): यसैगरी लक्ष्य यस्तो तोक्नु
पर्छ जसलाई मापन (Measure) गर्न
सकियोस। लक्ष्य पुरा भयो भएन थहा पाउन सकियोस। मापन गर्न नसकिने लक्ष्यलाई उपयुक्त
मान्न सकिंदैन। माथिको उदाहरणमा,
पियचडी गर्ने लक्ष्य भयो। त्यसलाई प्राप्त गरेको प्रमाण-पत्र एवं
उपाधिद्वारा नाप्नु पर्ने हुनु पर्छ। अर्को एक उदाहरणमा, यदि कुनै कम्पनीले आउने वा अर्को साल ५ प्रतिशतले
बिक्री वृदधि गर्ने लक्ष्य निर्धारण गरेको छ भने उक्त वर्षको अन्तमा ५ प्रतिशसतले
बिक्री वृद्धि भएको कि भएन भनेर नाप्नु पर्दछ। लक्ष्य मापन गर्न सकिने हुनु पर्दछ।
लक्ष्यलाई सङ्ख्या वा प्राप्ति द्वारा मापन गर्न सकिन्छ।
३ प्राप्त गर्न सकिने (Achievable): लक्ष्य निर्धारण गर्दा
यस्तो लक्ष्य निर्धारण गर्नु पर्दछ जुन (लक्ष्य) प्राप्त (Achieve) गर्न सकियोस। प्राप्त गर्न
नसकिने किसिमको लक्ष्य निर्धारण गर्नु हुँदैन। प्राप्त गर्न नसकिने लक्ष्यले केवल
पीडा, निरासा र लघुताभाष मात्र
उत्पन्न गराउँछ। त्यस्तो किन हुन्छ भने प्राप्त गर्न नसकिने किसिमको लक्ष्य
यथार्थमा प्राप्त गर्न सकिंदैन र त्यस्तो लक्ष्य प्राप्त गर्न नसकिएको कारणले गर्दा सङगठन वा
व्यक्तिलाई मानसिक पीडा मात्र हुन्छ। व्यक्तिहरूको आआफ्नै किसिमको प्रतिभा, रूचि, विशेषता, शिक्षा, ज्ञान, अनुभव आदि हुन्छ र यी
कुराहरूले कुनै एक व्यक्तिलाई सफल हुनमा सहयोग पुर्याउँछ। त्यसकारण आफ्नो क्षमता, योग्यता र वातावरण अनुसारको
लक्ष्य निर्धारण गर्नु पर्छ। जस्तै कुनै सामान्य लेखपढ गर्न जानेको व्यक्तिले म
दुई वर्ष भित्रमा प्रोफेसर बन्छु भन्नु, प्राप्त गर्न सकिने किसिमको लक्ष्य होइन। किनभने प्रोफेसर बन्नका
लागि एक निश्चित योग्यता हुनु आवश्यक हुन्छ। वरू त्यस्तो व्यक्तिले म व्यापारी
हुन्छ, करोडपति हुन्छ भन्ने लक्ष्य
राख्नु उपयुक्त हुन सक्छ।। हुन पनि करोडपति वा व्यापारी हुनका लागि कुनै पनि
किसिमको शैक्षिक योग्यता चाहिंदैन। त्यसकारण भन्ने पनि गरिन्छ “एक वैज्ञानिक पैसा
पाएर कुनै पनि बेला करोडपति व्यापारी बन्न सक्छ तर एक व्यपारीले अरबौं रूपैयाँ
खर्च गरेर पनि सोंच्नासाथ वैज्ञानिक बन्न सक्तैन। सफलताको कामना गर्दै अगाडि बढ्नका
लागि प्राप्त गर्न सकिने किसिमको लक्ष्य राख्न आवश्यक हुन्छ। जस्तै कसैले आकाससम्म
पुग्न सिंढी निर्माण गर्छु भन्नु समयको बरवादी मात्र हो। तर कसैले आकासमा तिब्र
गतिमा उड्ने हवाइ जहाज बनाउँछु भन्छ भने त्यस्तो लक्ष्यलाई प्राप्त योग्य भन्न
सकिन्छ। तर केही व्यवस्थापन विज्ञ र व्यवस्थापनको क्षेत्रमा अनुसन्धान गर्ने
व्यक्तिहरुको भनाइ अनुसार जति कठिन किसिमको लक्ष्य राख्यो व्यक्ति त्येति नै साहसी
र कुसल हुन पुग्छ र त्येही साहस र कुसलताले उसलाई सफल हुन सहयोग पुर्याउँछ।
४ समय सीमा (Time Limit): निर्धारित गरिएको लक्ष्य एक
निर्धारित समयमा पूरा गर्ने अठोट पनि गरिएको हुनु पर्छ। समय व्यवस्थापनले हाम्रो
जीवनमा महत्वपूर्ण कार्य गर्ने हुनाले कुनै पनि कार्य गर्दा त्यो कार्य
कहिलेसम्ममा सम्पादन गर्ने भनी प्रष्ट रूपमा एक समय सीमा निर्धारण गर्नु पर्दछ र
त्यो सीमा भित्रमा त्यो निर्धारित गरिएको कार्य अनिवार्य रूपमा सम्पन्न गर्न
पर्दछ। समयले एक स्पष्ट सीमा निर्धारण गरिदिने भएको हुनाले तोकिएको अवधिमा काम
गर्न व्यक्ति वा संगठन बाध्य हुन्छ। तोकिएको समय सीमाले नै व्यक्तिलाई अन्त कतै
नअल्मलिएर केवल लक्ष्यतिर अग्रसर हुन निर्दैशित र नियन्त्रित गर्दछ।
जसरी मोटर कारलाई इन्धन
(पेट्रोल, डिजेल, विद्युत, गैस) ले गति प्रदान गर्छ
त्यसै गरी निर्धारित समय सीमाले व्यक्तिलाई लक्ष्यसँग सम्बन्धित अनेक क्रियाहरू
गर्न प्रेरित गर्छ। अर्को शब्दमा भन्ने हो भने, समय सीमाले व्यक्तिलाई निर्धारित मार्गमा गमन गर्न वाध्य पार्छ।
निर्धारित मार्गमा गमन गर्दा व्यक्ति सफल हुन्छ।
समय सीमा भनेको रेलको लिक
जस्त हो। जसरी रेलको लिकले रेललाई केवल लिकमा मात्र दौडिन बाध्य पार्छ त्यसैगरी
समय सीमाले पनि केवल लक्ष्यतिर गमन गर्न नियन्त्रित गर्छ।
यसरी लक्ष्यले व्यक्तिलाई
सफल हुन प्रत्यक्ष रूपमा सहयोग गर्छ।
लक्ष्य हासिल गर्नका लागि
अनेक क्रियाहरू गर्नु पर्ने हुन्छ। क्रिया भनेको काम गर्नु हो। कामको आफ्नै महत्व
पनि छ।
कामले व्यक्तिलाई
१) अन्य विभिन्न व्यक्तिहरू
सँग सम्पर्क गराउँछ।
२) ज्ञान वृद्धि गर्न सहयोग
पुर्याउँछ।
३) मानवीय व्यवहार बुझ्न
सहयोग गर्छ।
४) घुलमिल हुन सिकाउँछ।
५) रचनात्क कार्य गर्न
प्रेरित गर्छ।
६) स्वस्थ्य राख्छ।
७) अनेक सहज एवं असहज
वातावरणसँग अन्तरक्रिया गर्न सहयोग पुर्याउँछ।
कुनै पनि काम प्राय: धेरै
जनासँग मिलेर गर्नु पर्ने हुन्छ। यसरी धेरै जनासँग मिलेर कार्य गर्नु पर्ने भएकोले
कुनै पनि किसिमको काम गर्दा अनेक व्यक्तिहरूसँग मिलेर कार्य गर्नु पर्छ र यसरी
अनेक व्यक्तिहरूसँग मिलेर कार्य गर्दा असल व्यक्तिहरूसँग पनि संघत गर्न पाइन्छ। यो
संसारमा असल व्यक्तिहरूको कमी छैन। त्यस्तै असल व्यक्तिहरू मध्ये एक थिए महात्मा
गाँधी।
(ख) महात्मा गाँधी
महात्मा गाँधीले परिवारबाट
पाएको नाम मोहनदास करमचन्द गाँधी हो। ठूलो आत्मा र अहिंसाका कट्टर समर्थक भएको
हुनाले उनलाई महात्मा गाँधी भनिएको हो।
उनको जन्म भारतको
पोरबन्दरमा २ अक्टोबर १८६९ मा भएको थियो भने मृत्यु ३० जेनुअरी १९४८ मा एक
हत्यादवारा भएको थियो। एक हिन्दु कट्टर पन्थी नाथुराम विनायक गोड्सेले उनको हत्या
नया दिल्ली स्थित ‘बिडला भवन’ (अहिलेको गाँधी स्मृति) परिसरमा गोली प्रहार गरी ३०
जेनुअरी १९४८ मा गरेका थिए। गाँधीले
प्रार्थना गरेर हिंडिरहेको अवस्थमामा
गोड्सेले उनीमाथि तिन पटक गोली प्रहार गरेका थिए। गाँधीले प्रत्येक साँझ विभिन्न
धर्ममा आस्था राखेर विभन्न धर्म अनुरुप प्रार्थना गर्थ्ये। गाँधी वहुधर्मी थिए।
सबै धर्मप्रति उनी आदरभाव र प्रेम राख्थे।
नाथुरामद्वारा प्रहार भएको
गोलीद्वारा घाइते भएर भूँइमा ढले पछि गाँधीले नाथुरामप्रति इंगित गर्दै भनेका थिए, “हे राम, यिनालई माफ गरि देऊ, यी अज्ञानी छन।” आफ्नो
हत्यारालाई पनि माफि दिने क्षमता गाँधीमा थियो।
गाँधीको हत्या गरेको
अपराधमा गोड्सले मृत्यु दण्डको सजाय पाएक थिए। गोड्सेलाई अम्बालाको जेलमा १५
नोभेम्बर १९४९ मा फाँसी दिइएको थियो।
आफ्नो पुन्य कार्यले गर्दा
गाँधी अहिले केवल भारतमा मात्र होइन संसारमा नै प्रख्यात छन। उनी अब केवल भारतीय
मात्र होइन विश्व नागरिक हुन पुगेका छन।
भनिन्छ, यो संसारम केवल दस प्रतिसत
जति व्यक्तिहरू मात्र सज्जन हुन्छन र उनीहरूले बनाएको आदर्शमा नै अन्य सबै
व्यक्तिहरू हिंड्छन। यो संसारक बाँकि नब्बे प्रतिसत व्यक्तिहरू केवल लोभी पापी
मात्र हुन्छन। र ती लोभी पापीहरूले केवल आफ्नो स्वार्थ मात्र सोच्छन।
यसरी कर्म (कार्य) गरेर
हिडिरहँदा असल व्यक्तिहरू भेटिन्छन। तर कुनै पनि कार्य नगरेर घर वा निवासमा एक्लै
बसिरहँदा असल व्यक्तिहरूसँग को सम्पर्कबाट वञ्चित भइन्छ। त्यसकारण कार्य र सक्रिय
जीवनको यो संसामा ठूलो महत्व छ। शारीरिक
अपाङ्गता भएता पनि परिस्थितिसँग संगर्ष गर्दै एवं शरीर कमजोर भएता पनि विभिन्न सहाराहरू
लिएर भएता पनि कार्य गर्नु पर्छ। निष्कृय बस्नु हुँदैन। निष्कृय जीवनले व्यक्तिमा
नैराष्यता, क्रोध, लघुताभाष आदि मात्र उत्पन्न
गराउँछ।
(ग) अर्जुनको जस्तो लक्ष्य
भनिन्छ लक्ष्य अर्जुनको जस्तो हुनु पर्छ। अर्जुनले लक्ष्यलाई केवल
लक्ष्य (सफलता) को रूपमा हेर्थ्ये। अर्जुनले कार्य सम्पादन गर्दा केलव लक्ष्यतिर
मात्र ध्यान दिन्थे र लक्ष्य कसरी प्राप्त गर्न सकिन्छ त्यस कुरामा मात्र
केन्द्रित हुन्थे। लक्ष्य र अर्जुन बीचको एक रोचक कथा यस्तो छ:
पाण्डवहरूलाई युद्ध कला गुरू द्रोणले सिकाएका थिए। त्यस बखत
युद्धकलाको रूपमा मुख्य गरेर धनुष-वाण विद्या अर्थात धनुष प्रहार गर्न र धनुषको
प्रहार छल्न सिकाउने गरिन्थ्यो। द्रोण, आचार्य (शिक्षा-अहिलेको स्नातकोत्तर वा मास्टर्स) भएको
हुनाले उनलाई द्रोणाचार्य भनिएको हो।
कुरू राजकुमारहरूलाई युद्ध कला सिकाइ रहेको समयमा एक पटक
द्रोणाचार्यले कुरू राजकुमारहरुलाई आफू समक्ष बोलाए अनि उनीहरूको योग्यताको
परीक्षण गर्न खोजे। योग्यता परीक्षणका लागि उनले एक पोखरीमा रहेको एउटा वृक्षको
हाँगामा एउटा काठद्वारा निर्माण गरिएको माछाको आँखमा बाण प्रहार गर्न भने। तर सर्त
के राखे भने माछाको आँखमा वाण सोझो किसिमले होइन रूखको तल रहेको पानीमा माछाको
छाया देखिएको आधारमा त्यस माछाको आँखामा वाण प्रहार गर्नु पर्ने। उनका सबै कुरू
शिष्यहरू धनुषमा बाँण हालरे प्रहार गर्न पालो पर्खेर बसे।
द्रोणले पानीमा देखिएको माछाको छायातिर देखाउँदे सर्व प्रथम
युधिष्ठिरलाई प्रश्न गरे, “तिमीले के देख्यौ?”
युधिरष्ठिरले भने, “मैले आकास अनि वृक्ष देखे।”
द्रोणले फेरि भीमलाई प्रश्न गरे, “तिमीले के देख्यौ?”
भीमले भने, “मैले वृक्षको हाँगा र त्यो माछा देखे।”
द्रोणले यसै गरी अन्य राजकुमारहरूलाई बोलाए अनि प्रश्न गरे।
द्रोणले पछिल्लो पटक धनुर्धर अर्जुनलाई बोलाए अनि प्रश्न गरे, “तिमीले
के देख्यौ, अर्जुन?”
अर्जुनले एक क्षण पनि विलम्ब नगरेर भने, “मले त्यस माछाको केवल आँखा
मात्र देखे, गुरुवर।”
द्रोणले अर्जुनलाई माछाको आँखामा वाँण प्रहार गर्न भने। अर्जुनको
निशाना अचुक भयो। उनले प्रहार गरेको बाणले माछाको आँखाम भेदन गर्यो।
माथिको कथाले के पुष्टि गर्छ भने लक्ष्य पुरा गर्नु पर्छ। केवल
लक्ष्यमा केन्द्रित हुनु पर्छ। जसरी अर्जुनले केवल लक्ष्य देखे, माछाको केवल आँखा
मात्र देखे, त्यसै गरी हामीले पनि केवल लक्ष्य मात्र देख्नु पर्छ। जीवनमा सफल
हुनका लागि केवल लक्ष्यमा केन्द्रित हुन आवश्यक छ।
Small deeds done are
better than great deeds planned. Peter
Marshall
No comments:
Post a Comment