सुत्र २
अर्कोको दोषको लागि
आफूलाई दोषी मानेर दु:खी नहुने
यदि तपाइँ जीवनमा
सफल हुन चाहन्छु भने अरूको दोषका लागि आफूलाई दोषी नमान्नु होस। व्यवहारमा मानिसले
यस्तो गर्छन्। तर अरूले गरेको त्रुटीको लागि आफूलाई जिम्मेवार किन मान्ने? धेरै
व्यक्तिहरूमा यस किसिमको त्रुटी देखिएको छ। अरूको दोषको लागि आफूलाई जिम्मेवार
बनाउने, अनि लघुताभाषको सिकार भएर आफ्नो सुखी र सरल जीवनलाई दु:खी र कष्टमय
तुल्याउने। जीवनको अन्त्य समेत पनि गर्ने।
उदाहरणका लागि,
नेपालको शिक्षा नीति जुन त्यसबेलामा गलत थियो, त्यो गलत शिक्षा नीतिको कारणले
गर्दा धेरै विद्यार्थीहरूले आत्महत्या गरे। अर्काको दोषीको लागि आफूलाई दोषी माने।
यसयलसी परीक्षामा
असफल भएर नेपालका कलिला उमेरका विद्यार्थीहरूले गरेका आत्महत्याहरूको कथा यस्तो छ।
कुरा २०३० देखि २०४०
साल सम्मको हो। यो समयलाई मैले आधार किन मानेको हो भने यो समयमा मैले यसयलसीको
परिक्षाको नतिजा र आत्महत्या विषयलाई गम्भीरतापूर्वक अध्ययन गरेको थिए। हुन्थ्यो
के भने प्रत्येक वर्ष यसयलसीको नतिजा प्रकाशित भएपछि केहीले सो परिक्षामा असफल भएर
आत्महत्या गर्थ्ये। असफल हुनुमा पूर्ण रूपमा आफूलाई जिम्मेवार ठान्थे। उनीहरूको
ध्यान शिक्षा नीतितिर जाने गर्थ्येन केवल आफूलाई मात्र दोषी देख्ने पट्टी
जान्थ्यो। प्राय: विद्यार्थीहरू अंग्रेजी र गणित विषयमा असफल हुनथ्ये। तर
विद्यार्थीहरू असफल हुनमा शिक्षा नीति र पद्धति जिम्मेवार थियो। कसरी?
त्यसताका,
स्कूलहरूमा अंग्रेजी र गणित विषय अध्यापन गर्ने धेरै शिक्षकहरू आफू स्वयं नै दक्ष
हुन्थेनन् र साथै उनीहरूले अध्यापन गर्ने तरिका पनि प्रभावकारी हुन्थेन। ज्यादै नै
त्रुटीपूर्ण हुन्थ्यो। कक्षामा अभ्यास कम गराउथे र विद्यार्थीहरूको समस्याप्रति
चाँसो राख्थेनन। गणितमा कमजोर हुने विद्यार्थीहरूले त शिक्षकहरूबाट कुटाइ समेत पनि
खानु पर्थ्यो। यस्तो स्थितिमा अध्ययन गरेका व्यक्तिहरू विभिन्न विषयमा कमजोर
हुन्थे अनि फेल हुन्थे।
यसयलसीमा धेरै
विद्यार्थीहरू फेल हुने समस्या बढी मात्रामा ग्रामिण क्षेत्रहरूमा विद्यमान थियो।
हुन पनि सहरका भन्दा ग्रामिण क्षेत्रका बढी विद्यार्थीहरू असफल हुन्थे।
शिक्षा नीतिमा एक
अर्को पनि ठूलो समस्या थियो। वर्षभरि पढाईएका अभ्यासहरूको केवल एक दिनमा,
परीक्षाका दिनमा, र त्यो पनि तोकिएको दुई वा तीन घण्टा भित्रमा, समाधानका रूपमा
उत्तरहरू लेख्नु पर्थ्यो। वर्षभरि पढेका कुराहरू एक दिनमा त्यो पनि तोकिएको
निश्चित अवधिमा कलिलो उमेरको व्यक्तिले कसरी स्मरण गर्नु?
यसयलसी परीक्षा दिने
भवनलाई पनि “परीक्षा केन्द्रको” नाम दिएर एकदम त्रासपूर्ण र भयावह तुल्याइनथ्यो।
परीक्षास्थलमा प्रहरीको कडा पहरा हुन्थ्यो। अर्कोतिर समाजले यसयलसी परिक्षालाई
कलेज जाने दिशामा “आइरन गेट” को रूपमा दर्शाउने गर्थ्यो। यस किसिमको स्थितिमा
विद्यार्थीहरू परीक्षा दिउनजेसम्म “अति त्रसित मनोविज्ञान” मा हुन्थे। अनि त्रसित
मनोविज्ञानमा कसरी विद्यार्थीहरूले सही सही उत्तर लेख्न सकुन?
अर्को एक तथ्य पनि
स्पष्ट गर्नु उपयुक्त होला। त्यसबेला नेपालको तराइ क्षेत्रमा, नेपालमा नै
शिक्षकहरू उपलब्ध नभएर भारतबाट ल्याउनु पर्थ्यो। शिक्षकहरू स्वयं नै अयोग्य
हुन्थे।
यसयलसीका
विद्यार्थीहरूले दिएका परिक्षाको कपी जाँच्ने काम भने केवल काठमाडौमा हुन्थ्यो।
कपी जाँच्ने शिक्षकहरूले भने स्तरयुक्त उत्तर खोज्ने मात्र होइन, विद्यार्थीहरूलाई
कसरी फेल गर्ने भन्ने ध्येह राखेर उत्तर पुस्तिका जाँच्ने गर्थे। कपी जाँच्ने ती
शिक्षहरूको बुझाई के हुनथ्यो भने ‘धेरै जना पास हुनु फितलो रिजल्ट र थोरै जना पास
हुनु राम्रो रिजल्ट’। यो कारणले गर्दा पनि धेरै विद्यार्थीहरू फेल हुन्थे।
पासमार्क ३२ छ भने ३० मात्र दिएर फेल गरिदिने शिक्षकहरू पनि हुन्थे। यस किसिमले
गलत शिक्षा नीति, गलत पद्धतिले गर्दा यसयलसी परीक्षामा अनुतिर्ण हुनेहरूले
सम्पूर्ण रुपमा आफूलाई दोषी देख्थे र केहीले आत्महत्या समेत गर्थे। यसरी अरूको
दोषमा आफूलाई दोषी मानेर आत्महत्या गर्नु उपयुक्त हो?
माथिको उदाहरणले के
यो प्रष्ट गर्दैन कि अरूको त्रुटीले गर्दा आफू असफलत भएकोमा आफूलाई असफल मान्नु
हुँदैन भन्ने यथार्थ?
मैले अमेरिकाका
कलेजहरूमा अध्यापन गरे। अमेरिकामा अध्यापनको क्रममा प्रष्ट थाहा भयो हाम्रो शिक्षा
नीति, त्यस बेला र अहिले पनि त्रुटीपूर्ण छ।
कहिलेकाहिं सम्पूर्ण
समाज नै गलत मनोविज्ञानम बाँचिरहेको हुन्छ। त्यस्तो गलत मनोविज्ञानलाई आफूले
तिरष्कार गर्नु पर्छ। उदाहरणको लागि, घटना २०५१ सालको हो। म काठमाडौको नया
वानेश्वरस्थित एक घरमा डेरा गरेर बस्थ्ये। त्यस घरकी घरधनीका छोराले यसयलसी
परीक्षा दिएका थिए। एक दिन परिक्षाको नतिजा प्रकाशित भयो। घर धनीका छोरा प्रमोद
(नाम परिवर्तन) परिक्षा फल गोरखा पत्रमा प्रकासित हुने भएकोले गोरखापत्र खरिद गर्न
वानेश्वरचौक तिर जाने लागे। छोरा परीक्षाफल लिन गएको देखेर आमाले छोरातिर हेर्दै
भनिन्, “पास भए घर आउनु, फेल भए बागमतीतिर जानु”। आमाको भनाइको आशय थियो, फेल भए
बागमतीमा डुबेर मर्नु। यसयलसीलाई ज्ञान होइन, इज्जतको रुपमा हेर्ने चलन थियो, त्यो
चलन अहिले पनि कायम छ। अहिले पनि शैक्षिक परीक्षा उतिर्ण हुँदा अभिभावकहरूले आफ्नो
सन्तानको प्रगति सार्वजनिक गर्छन, त्यसमा गर्व गर्छन। परीक्षामा सफल हुनेहरूको यति
कदर हुन्छ कि फेल हुनेले मुख लुगाएर हिंड्नु पर्छ।
अमेरिका एवं विकसित
देशहरूमा आमा बाबुसमेतले पनि कलेजमा पुगेर, आफ्ना सन्तानको मार्कसिट वा
ट्रान्सक्रिप्ट हेर्न पाँउदैनन। विद्यार्थीको गोपनियताको संरक्षण गरेको भन्दै
कलेजले विद्यार्थी बाहेक अरूलाई मार्कसिट हेर्न वा लिन दिंदैन।
यसरी समाजको गलत
मनोविज्ञानले पनि व्यक्तिहरूलाई सफल र सन्तुष्ट भएर बाँच्न दिंदैन। यस्तो अवस्थामा
आफूले समाजका कमजोरीहरूलाई बुझ्नु पर्छ। त्यस्तो समाजिक मनोविज्ञानको पछाडि लाग्नु
हुँदैन। यसरी समाज वा शिक्षा नीतिको कमजोरीलाई वद्यार्थीहरूले आफ्नो कमजोरी मानेर
आत्म हत्या गर्नु पूर्ण रूपमा गलत थियो। निष्कर्ष: अरूको गलतिलाई आफ्नो गलति मानेर
आफूलाई दोषी मान्नु हुँदैन।
एक अर्को प्रशङ्गमा,
पहिले रौतहट तर अहिले सर्लाहीमा गाभिएको छतौनाको पहाडी टोलमा एक बुहारीले
आत्महत्या गरिन र आत्महत्या गर्नुको कारण थियो बढी बेसार हालिस भनेर उक्त बोहारीले
सासुबाट गाली खानु। यो घटना २००० साल भन्दा पनि पहिलेको हो। सासु किचकिचे र छुच्चो
स्वभाव की थिइन र एकपटक सासुले ती बोहारीलाई किन बढी बेसार हालिस भनेर बेस्सरी
गाली गरिन। त्यस किसिमबाट गरेको गाली र सासुको किचकिचे स्वभाव सहन गर्न नसकेर सो
बोहारीले आत्म हत्या गरिन। अर्थात त्यस्तो स्थितिको लागि दोषी सो बोहारीले सासुलाई
मान्नुको साटो आफूलाई मानेर आत्म हत्या गरिन। अर्काको दोषको लागि आफूलाई दोषी
मानिन। जबकि त्यसरी कोचकिच गर्ने सासु दोषी थिन्, त्यस घटनाका लागि।
माथिको घटनाको
मूल्यांक गरौ। दुष्ट स्वभावकी सासुको लागि सरल स्वभावकी बोहारीले ज्यान दिनु वा
अरुको गलतिको लागि आफ्नो प्राण त्याग गर्नु उपयुक्त थियो?
बलत्कारको सिकार
भएका कतिपय युवतीहरूले आत्म हत्या गरेका छन्। यसरी बलत्कारीको दोषका लागि आफूलाई
दोषी देखेर ज्यान दिएका छन। जबकी ती युवतीहरू बलात्कृत हुनुमा उनीहरूको कुनै दोष
थिएन।
भारतका विभिन्न
सहरहरूमा धेरै युवतीहरूले आफ्ना निर्धन माता पितालाई दाइजो दिन कठिनाई होला भनेर
आत्म हत्या गरेका छन र यो क्रम अहिले पनि जारि छ। स्मरण रहोस, भारतका केही
सहरहरूमा अहिले पनि, कन्या पक्षले विवाहको बखतमा वर पक्षलाई ठूलो रकम दाइजो (दहजे,
तिलक, वा दाउरी) दिनु पर्छ। निर्धन परिवारले दाइजो दिन नसके छोरीको बिहे न हुने
स्थिति हुन्छ। यस किसिमको परिस्थितिमा युवतिहरूले आफूलाई दोषी मानेर आत्म हत्या
गर्नु गलत हो। युवतीहरूको दाइजो दिन नसकेको कारणबाट विवाह हुन सक्नुमा उनीहरूको
कुनै दोष छैन। दोष समाजको छ जसले दाइजो दिने लिने प्रथा बनायो। त्यसकारण समाजले
गरेको गलतिको लागि ती युवतीहरूले किन आत्म हत्या गरेका होलान?
यसैगरी नेपालमा नै
पनि बेरोजगारी र गरिबीबाट निरास भएर केही युवकहरूले आत्म हत्या गरेका छन। तर
उनीहरू बेरोजगार हुनुमा उनीहरूको कुनै दोष छैन। उनीहरू बेरोजगार त राज्यको राजनीति
र अर्थ् व्यवस्थाले गर्दा भएका हुन।
We must find time to stop and thank the people who make a difference
in our lives. Dan Zadra
There are people who take the heart out of you, and there are people
who put it back. Elizabeth David
No comments:
Post a Comment