परिवेस वा वातारवरण
सुत्र ६
कुनै पनि व्यक्तिलाई
सफल वा असफल गराउनमा ऊ बाँचिरहेको समयले अति नै महत्वपूर्ण भूमिका खेलेको हुन्छ।
अर्थात वर्तमान समयले कुनै पनि व्यक्तिको क्रियाकलापलाई प्रत्यक्ष र अप्रत्यक्ष
प्रभाव पारेको हुन्छ। समयको यस किसिमको महत्वपूर्ण भूमिका रहेको हुनाल नै कतिपय
अवस्थाहरूमा कुनै व्यक्तिमा सफल हुने अनेक विशेषताहरू हुँदा हुँदै पनि ऊ सफल हुन
सक्तैन। समय र परिस्थिले उसलाई सफल हुन दिंदैन। यस्तो अवस्थमा व्यक्तिले आफूलाई
निरास हुने स्थितिबाट जोगाउनु पर्दछ।
सफलता र मौजुदा
परिस्थिति बीच गहिरो सम्बन्ध हुन्छ।
तालिवान नियन्त्रित
अफगानीस्तानका अनेका स्थानहरूमा रहेका वालिकाहरूले पढ्न नपाउनुमा ती वालिकहरूको
दोष होइन, दोष ती महिला-शिक्षा बिरोधी कट्टर धार्मिक विचारका तालिवानहरूको हो।
यसैगरी बोको हराम नियन्त्रित नाइजेरियाका विभिन्न स्थानहरूमा वालिकाहरूले पढ्न न
पाउनु र यौनदासी हुनुमा दोषी बोको हरामका सदस्यहरू हुन, ती बालिकाहरू होइनन्।
खास किसिमको अवस्था
(एकान्त) पाएर कुनै युवकले कुनै युवतीको बलत्कार गर्दछ भने त्यस किसमको स्थितिमा
ती युवती पीडित हुन तर दोषी होइनन्। दोषी त्यो बलत्कारी हो। त्यस कारण बलत्कारमा
पर्ने ती युवती लगायत त्यस किसिमको बलत्कारका शिकार भएका अन्य सम्पूर्ण युवतीहरूले
बलात्कृत हुनुमा आफूलाई दोषी मान्नु हुन्न। आफूलाई दोषी मान्नु आफैमाथि अपराध
गर्नु हो।
व्यक्तिको सफलता वा
असफलतासँग समय (परिस्थिति) ज्यादै बलियोगरी जोडिएको हुन्छ। व्यक्तिको प्रयास भन्दा
पनि त्यो खास समयले व्यक्तिलाई सफल वा असफल पार्नमा उल्लेख्य भूमिका निर्वाह गरेको
हुन्छ। त्यसबेलाको नेपाल (दलीय राजनीतिमा लागेका दलहरू आम नेपाली जनतालालई सुशासन
दिन सफल हुन नसकेको, राजदरबार मौक छोप्ने स्थितिमा बसरे स्पष्ट हुन
नसकेको, आम जनताले माओवादीको केवल सुनौलो सपना सुनेको व्यवहार नदेखेको, माओवादीलाई
सरण दिएर उनीहरूलाई बलियो तुल्याने र सोहीद्वारा नेपालको सत्ता पक्षलाई धम्क्याएर
नेपाललाई आफ्नो सुरक्षा छाता भित्र राख्ने भारतको नीति रहेको- यी तत्वहरूको सक्रियतामा खास किसिमको परिस्थिति
बनेकोले ) को खास किसिमको समय परिस्थिति भएकोले नै पुष्पकमल दहाल प्रचण्डको रूपमा
सफल हुन सकेका हुन। अहिलेको जस्तो स्थिति रहेको भए प्रचण्ड कुनै पनि हालतमा यति
सफल हुने थिएन। नेपालका प्रधान मन्त्री हुने थिएनन। पुष्पकमल दहाललाई पुष्पकमलबाट
प्रचण्ड तत्कालीन समयले बनाएको थियो। यही यथार्थ बाबुराम भट्टराईमा पनि लागू
हुन्छ।
समय र परिस्थिले
मानिसलाई कस्तो तुल्याउँ भन्ने कुराको उदाहरण डरलाग्दो डाँकू रत्नाकरको जीवनीबाट
पनि थाह पाउन सकिन्छ।
(क) को थिए डाँकू रत्नाकर?
भारत वर्ष (हालको
दक्षिण एशिया) मा तेत्रायुगमा वाल्मिकीको जन्म भएको थियो जो पछि भगवान् रामको कथा
‘रामायण’ लेखेर प्रख्यात भए। रामायण संस्कृत भाषामा लेखिएको पहिलो कविता सङ्ग्रह
हो जसमा २४ हजार श्लोकहरू समाविष्ठ छन्। यो कृतिको कारणले पनि वाल्मिकी आदि कविको
रुपमा परिचित भए।
विद्वान र अदि कविको
रूपमा अति सम्मान पाएका वाल्मिकी भने जीवनको प्रारम्भ कालमा एक डाँकु थिए जो जङ्गलमा
बस्थे। बटोहीहरूको धन, सम्पत्ति लुटेर जीवन गुजार गर्थे। तर रोचक कुरा ता के छ भने
एक फरक परिवेश पाएर रत्नाकर नामले कुख्यात ती डाँकु पछि वाल्मिकीको नाम ले समाजमा
प्रतिष्ठित भए। वाल्मिकी ऋषि भए। परिवेशले
मानिसको मनोविज्ञान र व्यवहारमा कति सम्म परिवर्तन ल्याइ दिन्छ भन्ने कुरा डाँकु
रत्नाकरको कथाले पुष्टि गर्छ।
एक दिन रत्नाकार
आफ्ना सहयोगीहरू सहित बटोहरीहरूलाई लुट्न कुनै स्थानमा बटोहरीहरूलाई कुरिरहेको
समयमा देवऋषि नारदको त्यहाँ आगमन हुन्छ। रत्नाकर नारदलाई लुट्न अगाडि बढ्छ।
तर नारद भयभीत नभएको
देखेर आश्चर्य मान्दै रत्नाकरले प्रश्न गर्छ, “नारद, तिमीलाई थहा छ, म को हुँ? म
डाँकु रत्नाकर हुँ, नारद। म देखि तिमीलाई भय लाग्दैन?”
नारदले भने, “ म
नारद हुँ। म निर्भयी हु। मलाई जीवन र मृत्यु को भय छैन्। मलाई यस र अपयसको पनि भय
छैन।”
नारदले थपे,
“रत्नाकर बरू तिमीलाई भय लागेको छ जस्तो छ?”
“म डाँकु हुँ मलाई
राजा, सैनिक, कानून, विधान वा अन्य कुनै पनि शक्तिको भय छैन्।” रत्नाकरले जवाफ
दियो।
नारदले भने,
“रत्नाकर झूठ नबोल। तिमीलाई पापको भय छ, र त्यो भयले गर्दा नै तिमी यसरी लुकेर र
समाजलाई मुख नदेखाएर बसेको हो।”
नारदले एक प्रस्ताव
पनि राखे। भने, “हे रत्नाकर तिमी आफ्नी पत्नी, पिता र सन्तानहरूलाई के सोधेर आउ भने के तिमीले पाप गरि रहेका छौ। के तिमीले
गरेको पापमा उनीहरू पनि सहभागी छन?”
रत्नाकार केही समयका
लागि परिवार भएको स्थान (घर) पुग्छ र पत्नी र पितालाई नारदले भनेको प्रश्न सोध्छ।
रत्नाकरको पत्नीले भन्छिन, “स्वामी तपाइँ अहिले जे गरि रहनु भएको छ त्यो पाप कर्म
हो। त्यसकारण म तपाइँलाई तपाइँको सुख दुखमा साथ दिन्छु तर तपाइँ पाप कर्ममा म साथ
दिन सक्तिन।” रत्नकारको पिताल पनि सो कुरा भन्छन। उनले भन्छन् “रत्नाकर तेरो कर्म
तेरो सम्पत्ति हो र तेरो त्यो सम्पत्ति मैले बाढ्न सक्तिन।”
थकित, गलित र पराजित
(पहिले म निकै शक्तिसाली छु भन्ने विचारमा रहेको) रत्नाकर नारदको छेउमा पुगेर
समर्पण गर्छ र आफू आजदेखि नितान्त एक्लो भएको भन्छ।
नारदले भन्छन, “हे,
रत्नाकर कुकर्म गरेर यो कालखण्ड सम्म तिमीले कुख्याति कमायौ, अब सुकर्म गरेर
सुख्याति कमाऊ।”
नारदको भनाइबाट
प्रेरित भएर ज्ञान र पुन्य प्राप्त गर्न रत्नाकर तपस्यालीन हुन्छ। लामो समय
तपस्यामा बसेको कारणले उसको शरीरमा केलव हाड छाल मात्र बाँकि रहेर कमिलाले शरीरको
चारैतिर माटो थुपारेर ठूलो ढिस्को (बाँबी वा वल्मीक) बनाइ दिन्छ।
एक दिन नारद कतै गइ
रहेको बेलामा उनले रत्नाकरको उदधार गर्छन। अनि एक स्थानमा लगेर, “तिमीले पापबाट अब
मोक्ष पायौ” भन्छन। खुसी हुँदै नारदले, रत्नाकर जो तपस्याको समयमा बस्दा शरीर भरि
कमिलाले पुरि दिएकोले माटो को ढिस्को (वल्मीक) हुन पुगेका थिए, लाई रामागाथा भनेर
सुनाउँछन। पछि नारदबाट प्रेरित भएर नै वाल्मिकीले “रामायण” लेखेका थिए। तपस्याको
समयामा उनी वल्मीक हुने पुगेकोले उनको नाम वाल्मिकी हुन पुगेको थियो। यसरी रत्नाकर
आफ्नो सुकर्मबाट वाल्मिकी हुन पुगेका थिए। देवऋषि नारदले वाल्मिकीलाई ऋषिको संज्ञा
(परिचय) समेत पनि दिएका थिए।
एउटा खराब परिवेस
पाएर उनी ‘रत्नाकर डाँकू’ हुन पुगेका थिए भने अर्को असल परिवेश पाएर वाल्मिकी ऋषि
हुन पुगेका थिए। मानिसको जीवनमा परिवेसले कति ठूलो असर पार्दछ भन्ने तथ्य कुख्यात
डाँकु रत्नाकरको जीवनीले पुष्टि गर्छ।
रत्नाकर राज्यको
सैनिक थिए। सेनामा भएको अत्याचार सहन गर्न
नसकेर सेना, राजा र राज्यसँग बिद्रोह गरेर रत्नाकर जंगल पसेका थिए, डाँकु भएका
थिए।
(ख) को थिए सम्राट
अशोक?
कलिंगाको युद्धले
सम्राट अशोकको जीवनमा ठूलो परिवर्तन ल्याइ दियो। युद्धको भयावह परिवेश देखेर अशोक यस्तो विरक्त भए कि
उनले तरबार नै सदाको लागि फालिदिए र अव भविष्यमा कहिल पनि युद्ध र मानव-अपराध (निर्दोष नागरिकहरूको हत्या) नगर्ने
भन्ने शपथ लिएर बौध्द भीक्षु सरह भएर बाँचेका थिए। विश्व इतिहासमा अशोकको नाम अति
आदरका साथ लिने गरिन्छ।
कलिंगाको युद्ध
अशोकको लागि अन्तिम युद्ध थियो। उनले ३६ वर्षसम्म राज्य गरे। उनको मृत्यु इशापुर्व
२३२ मा भएको थियो। कलिंगा भारतको हालको उडिसा राज्यमा पर्दछ। उनको राज्य कालमा कलिंगाको युद्ध पछि, कहिले
युद्ध र अशान्ति भएन। राजा र प्रजा दुबैले अमन चैनको जीवन यापन गरे। सम्राट अशोक युद्धको विभिषिका देखेर, जुन उनले
कलिंगामा आफ्नै आँखाले देखेका थिए, इशापूर्व २६३ मा हिन्दुबाट बौद्ध धर्मावल्मी
भएका थिए।
अशोक जसको संस्कृतमा
अर्थ ‘पीडा वा शोक नभएको” हन्छ, एक ज्यादै लडाकू
र बहादुर राजा थिए। उनको राज्य विस्तार भारत वर्ष भरिनै फैलिएको थियो।
हालको श्रीलंका, पाकिस्तान, बंग्लादेश, अफगानीस्थान लगायत दक्षिण एशिका अन्य
भागहरू मौर्यवंशको अधिनमा थियो। कलिंगाको युद्धमा कलिंगाका नागरिकहरूलाई पराजित
गरेपछि पनि मौर्य सेनाहरूले निर्दयी किसिमले अनेकौको हत्या, लुटपाट गरेका थिए।
कतिपयलाई देश निकाला पनि गरेका थिए। कलिंगा एक अति नै धनी एवं अनेक विधामा कुसलता
हासिल गरेका नागरिकहरू बसोबास गरेको देस थियो। मौर्य सेनाहरूले इतिहासमा “लखनऊ
लुट” झै कलिंगामा पनि लुटपाट गरेका थिए। मौर्य सेनाहरूले कलिंगामा चढाइ गर्नु प्रमुख उद्देश्य नै आर्थिक कारण थियो। धन
सम्पत्ति हात पार्नु थियो।
राजा बिन्दुसारको
छोरा, चन्द्रगुप्त मौर्यको नाति सम्राट अशोक भारत वर्षका मौर्य वंशीय तेस्रो राजा
थिए। मौर्य वंशका पहिलो राजा यिनै चन्द्रगुप्तले चाणक्यको सहयोग र निर्दैशनमा
युद्ध र विजय गर्दै ‘मौर्य’ वंशको स्थापना गरेका थिए।
भारत वर्षको
इतिहासमा सर्वाधिक ठूलो युद्ध भनेर वर्णित ‘कलिंगाको युद्ध’ मा मौर्य पक्षको एक
लाख र कलिंगा पक्षको एक लाख गरी, दुई लाख भन्दा बढी व्यक्तिहरूको ज्यान गएको थियो। श्रुतिहरूमा वर्णनन भए अनुसार रणभूमिको नजिक
रहेको दया नामको नदीमा पानी होइन, रगत बगेको थियो। दया नदी, युद्धमा मृत्यु
हुनेहरूको आलो रगतले रातो भएको थियो।
कलिंगाको युद्ध
सम्राट अशोकको नेतृत्वमा इशा पुर्व (BCE-Before common era and before Christ) २६१ मा भएको थियो। त्यो युद्धमा जे जति हताहति
भयो, त्यसको जिम्मेवार केवल आफूलाई नै मानेका थिए अशोकले। अनि त्यो युदधवाट अति नै
विरक्त भएका थिए। भनिन्छ भारत वर्षमा महाभारत पछि त्यो नै सर्वाधिक ठूलो र धेरै
हताहति भएको युद्ध थियो।
कलिंगाको हृदय
विदारक युद्ध-परिवेशले अशोकलाई एक क्रूर योद्धाबाट एक शान्त बैद्ध भिक्षु तुयाइ
दियो। मानिसको मनोविज्ञानमा परिवेशको महत्व कति ठूलो र निर्णायक हुन्छ भन्ने कुरा
सम्राट अशोकमा आएको सकारत्मक परिवर्तनले पनि देखाइ दियो।
(ग) कसरी परिवर्तन
आयो अंगुलीमालमा?
परिवेसले मानिसको
जीवनमा अकल्पनीय परिवर्तन ल्याइ दिन्छ भन्ने कुराको उदाहरण हो अंगुलीमाल वा
अंगुलीमालाको कथा। अंगुलीमाल कुन कालखण्डमा थिए भन्ने बारे निकै विवाद छ तर पनि
विभिन्न सामाग्रीहरूको अध्ययन गर्दा उनी दक्षिण एशियामा र भगवान् गौतम बुद्धको
कालखण्डमा रहेको भन्ने बुझिन्छ। अंगुलीमालको कथा केवल पाली मात्र होइन, संस्कृत,
तिब्बती र चाइनिज भाषामा पनि वर्णित छ। यी विभिन्न भाषामा उनको जीवन वृतान्त
वर्णनन् भए अनुसार अंगुलीमालको कथा एशियामा नै अति चर्चित रहेको बुझिन्छ।
अध्ययनका लागि
विद्यालयमा भर्ना भएको बेला गलत साथीहरूको व्यवहारले गर्दा “कुख्यात लुटेरा” हुन
पुगेका अंगुलीमाल भगवान् गौतम बुध्दको सम्पर्कमा आएर, असल परिवेस पाएर, एक भीक्षु
हुन पुगेका थिए। एक सन्त हुन पुगेका थिए।
अंगुलीमालको कथा
निकै रोचक छ।
अंगुलीमालको
जन्मसंस्कार नाम ‘अहिमसक’ थियो। उनी ‘सभिथी’ भन्ने
स्थानमा अध्ययनका लागि बस्थे। उनको बसाइ
हालको भारतको, त्यस बेलाको मगध राज्यको सोनापुर (गाउँ) मा थियो।
ज्यादै तिक्ष्ण
दिमाग र शीलवान् भएको कारणले उनी गुरू (शिक्षक) को निकै प्यारो विद्यार्थी हुन
पुगेका थिए। अंगुलीमाल गुरुको ज्यादै प्रिय भएको स्थितिबाट क्रुद्ध भएर तथा उनको
लोक्रप्रियताप्रति इर्षा गर्दै उनका सहपाठीहरूले अंगुलमाललाई गुरूको विरुद्धमा
उचाले। गुरुले अंगुलीमाल आफू विरुद्ध रहेको थाहा पाए पछि उनी माथि क्रुद्ध हुँदै
एक डरलाग्दो र असम्भव कार्य सम्पन गर्न उनलाई पठाए। र त्यो सम्पन्न नगरेसम्म
दिक्षित नगर्ने धम्कि पनि दिए। अर्थात दिक्षित हुनका लागि उनले सम्पन्न गर्नु
पर्ने कार्य थियो ‘एक हजार व्यक्तिहरूको औला काट्नु पर्नै।’ गुरुले अहिमसक (अंगुलीमाल)
देखि छुटकारा पाउनका लागि त्यस्तो डर लाग्दो र कहिले पूरा हुन नसक्ने आदेश दिएका
थिए जुन आफैमा उटपट्याङ्ग थियो।
दिक्षित हुनका लागि
एवं गुरुको आदेश पालन गर्न उनी जङ्गलमा बस्ने र बाटो हिंड्नेहरूको हत्या गर्दै, हत्या
गरिएको व्यक्तिको औला काट्दै, काटेको औंलाहरूको माला बनाउन थाले। यसरी विभिन्न
व्यक्तिहरूलाई लुटपाट गर्दा गर्दै, बटोही हरूको औला काट्दा काट्दै अंगुलीमाल भयंकर
निर्दयी डाँकू (लुटेर) हुन पुगे। अति नै कुख्यात भए। पछि, भगवान् बुद्धसँग भेट
हुँदा उनले ९९९ जनाको हत्या गरेर उनीहरूको औलाको माला लगाइ सकेका थिए। थप एक जनाको
हत्या गरे हत्या गरिनेको संख्या एक हजार पुग्ने र गुरुको आज्ञाको पालना भएर
दिक्षित हुन पाइने भएकोले अंगुलीमाल आफ्नै आमाको हत्या गर्न तम्सिएका थिए। हत्या
गर्दा गर्दै अंगुलीमाल पूर्ण रूपमा विक्षिप्त मनस्थितिका हुन पुगेका थिए। एक
मेधावी विद्यार्थीलाई परिस्थितिले हत्यारा तुल्याइ दिएको थियो।
तर एक पटक अंगुलीमाल
भगवान् बुध्दको सम्पर्कमा आए। बुद्धयले उनलाई अहिंसाबारे धेरै कुरा हरू बताए।
बुध्दले दिएको ज्ञान पाएर उनी ठूलो सन्त एवं अहिंसाको पूजारी भए।
एक अर्को कथामा,
जन्म लिंदा नै अंगुलीमालले राम्रो ग्रह दसा लिएर आएका थिएनन। वाल्यकालदेखि नै खराब
स्वभावको हुँदै हुर्केको अंगुलीमाल जबान भए पछि एक ज्यादै क्रूर डाँकू हुन पुगेका
थिए।
जङ्गलमा बस्ने गरेको
अंगुलीमालले मानिसहरूलाई तर्साउने, लुटपाट गर्ने, र ज्यानै पनि लिन थाले।
अरूहरूलाई भयभीत तुल्याउन आफूले हत्या गरेका व्यक्तिहरूको हातको औला लगाउन थाले।
गाउँका बासिन्दाहरू अंगुलीमाल देखि ज्यादै भयभीत भएर उसले ढुक्ने बाटो भएर हिंड्न
छाड्न थाले। यो थाहा पाए पछि, अंगुलीमालले गाउँभित्र पसेर विभिन्न व्यक्तिहरूको
हत्या गर्न थाले। कतै भनिए अनुसार उनी नर-भक्षी अर्थात मान्छेको मासु खाने
गर्थ्ये। पछि, जुन गाउँमा आएर अंगुलीमालले विभिन्न व्यक्तिहरूको हत्या गर्थै त्यो
गाउँका सम्पूर्ण बासिन्दाहरूले त्यो गाउँ नै त्यागे, अंगुलीमालदेखि भयभीत भएर।
तर एक पटक यो खबर
भगवान् गौतम वुध्दकहाँ पुग्यो। बुद्ध त्यस बेला गाउँ गाउँमा गएर अहिंसाका
सन्देशहरू गाउँलेहरूलाई सुनाउँथे। बुद्ध जंगलतिर तर एक्लै अंगुलीमाललाई उसले
गरिरहेको क्रूर कार्य बन्द गर्न एवं अहिंसाको सन्देश सुनाउन प्रस्थान गरे। अब, अंगुलीमालले
बुद्धको हत्या गर्ने भयो भन्दै गाउँलेहरू भयभीत हुन थाले।
बुद्धले
अंगुलीमाललाई जङ्गलमा भेटे। हत्या हिंसा बन्द गर्न भने। तर अंगुलीमालले उल्टो
बुध्दलाई भयभीत बनाउने खोजे। बुद्धको हत्या गर्न जाइ लागे।
अंगुलीमालले
बुद्धलाई प्रश्न गरे, “तिमी मलाई चिन्छौ? म को हुँ थाहा छ? म अंगुलीमाल हुँ। म
निकै शक्तिसाली छु।”
बुध्दले भने,
“अंगुलीमाल, तिमी ज्यादै शक्तिसाली छौ भन्ने कुराको प्रमाण के छ?”
“म जे जस्तो कार्य पनि
गर्न सक्छु” अंगुलीमालले तत्काल जबाफ दिए।
बुध्दले भने, “तिमी
अति शक्तिसाली छौ भने ऊ त्यो रूखको दसवटा पात टिपेर ल्याऊ।”
अंगुलीमालले भने,
“यो त ज्यादै सरल कार्य हो, कुनै कठिन कार्य गर्न भन। यति सजिलो कार्य गर्न भनेर मेरो
शक्तिको उपहास नगर।”
बुद्धले त्येही आदेश
दोहर्याए। अंगुलीमालले तत्काल भनिएको रूखबाट दसवटा पात टिपेर ल्याए।
बुध्दैले हाँस्दै
भने, “यी पात जुन हाँगाहरुबाट तिमीले टिपेर ल्याएका छौ अब तिनै हाँगामा लगेर जोडेर
आऊ। यी पातहरूलाई पहिलेकै अवस्थामा पुर्याउ।”
अंगुलीमालले आश्चर्य
मान्दै भने, एक पटक टिपिसकेको पात अब कसरी हाँगाहरूमा जोड्न सकिन्छ?”
बुध्दले
विनम्रतापूर्वक भने, “तिमीले आफूलाई अति शक्तिसाली भनेको होइन? हो, त्यो शक्तिको
प्रयोग गर्द पातहरूलाई जोडेर आऊ। पूर्व अवस्थामा पुर्याउ।”
अंगुलीमाललाई किमकर्त्वयविमूढको
अवस्थमा देखे पछि बुद्धले भने, “जसरी तिमीले टिपिसकेको पतालाई पुन: जोड्न सक्तैनौ
त्यसैगरी तिमीले हत्या गरेका व्यक्तिहरूलाइ जीवन दिन सक्तैनौ। र जब तिमीमा जीवन
दिने शक्ति छैन भने, मार्ने शक्ति पनि छैन। र मार्न हुँदैन पनि।”
बुद्धको यो वचन सुने
पछि अंगुलीमालले तत्काल तरबार फाले। बुद्धको खुट्टामा खसे।
पछि, लामो लामो भएको
कपाल मुण्डन गरे। दाडी जुंघा पनि काटे। डाँकुको भेष त्यागेर अंगुलीमाल एक भीक्षु
भए। सदाका लागि अहिसक भए।
परिवेसले मानिसको
जीवनमा ठूलो परिवर्तन ल्याइ दिन्छ, अंगुलीमालको जीवनमा परिवर्तन ल्याइ दिए झै।
तर परिवेस दुई
किसिमको हुन्छ। एउटा परिवेसलाई हामीले नियन्त्रण गर्न सक्छौ तर अर्को परिवेसलाई
हामीले नियन्त्र गर्न सक्तैनौ। त्यो परिवेस अनुसार नै हामी चल्नु पर्ने हुन्छ।
उदारणका लागि युद्ध विभिषिका भोगि रहेका नागरिकहरूले त्यो परिस्थितिलाई नियन्त्रित
गर्न सक्तैनन। उनीहरूले युद्धको परिणामलाई भोग्नु पर्नै हुन्छ। अर्थात युद्धको
वातावरणले उनीहरुको मनोविज्ञानमा गहिरो असर पार्छ, अहिले सिरिया, यमन र गाजाका
नागरिकहरूलाई प्रभावित गरेझै। त्यस किसमको परिस्थितिले मानिसको मनोविज्ञानलाई खास
किसिमको तुल्याई दिन्छ।
परिवेस वा वातावरणको
प्रभाव हाम्रो जिन्दगीमा ठूलो हुन्छ। यसलाई एकातिर पन्छ्याएर हामी अगाडि बढ्न
सक्तैनौ।
(घ) माओवादी संघर्ष
र तत्कालिन समाजिक मनोविज्ञान
नेपालमा
माओवादी-संघर्ष (२०५२ देखि २०६२ साल) को समयमा आम नेपालीहरूको मनोविज्ञान अति नै हिंसक
हुन पुगेको थियो। यो यथार्थ सबै नेपालीहरूले देखेको र भोगेको हो। नेपाली
(सुरक्षाकर्मी-प्रहरी, शसस्त्र प्रहरी, सेना) नेपाली (माओवादी लडाकू) बीच ठूलो काट
मार भयो। एकले अर्को थरिलाई कांक्रो, मूला काटेझैं गरी काटे। भन्ने हो भने
माओवादी-सशस्त्र संघर्षकालमा नेपालीहरू हृद्यहीन नै भएका थिए। लडाकू र सुरक्षाकर्मीहरूमा माया, ममता र दया हराएको
थियो। आम नेपालीहरूको मनस्थिति पनि त्यस्तै भएको थियो। माओवादी-संघर्षले वहुसंख्यक
देशबासीहरूलाई ममताशून्य र क्रूर पारेको थियो। तत्कालिक परिस्थितिले नेपालीहरूलाई दयाहीन
पारेको थियो। अर्थात समय (परिवेस) ले नेपालीहरूको मनोविज्ञानमा त्यस किसिमको
प्रतिकूल प्रभाव पारेको थियो।
(ङ) राजा
बीरेन्द्रप्रतिको बदलिंदो समाजिक मनोविज्ञान
समय र परिवेशले
मानिसहरूको मनोविज्ञानमा कसरी गहिरो प्रभाव पार्दछ भन्ने तथ्य एक अर्को उदाहरण
राजा बीरेन्द्रको घटनाबाट प्रष्ट पार्ने सकिन्छ।
केही वर्ष् पहिले
(२०४६ सालतिर) मात्र नेपालका राजा बीरेन्द्र शाहलाई ‘बीरे चोर देश छोड” भन्ने
नेपाली नागरिकहरू तिनै राजा बीरेन्द्रको मृयुमा धुरू धुरू रोएका मात्र थिएनन,
कतिपयले सिर मुन्डन (काज-क्रिया गरेझै) समेत पनि गराएका थिए। ठूलो शोक मनाएका थिए।
(च) मन
ज्यादै परिवर्तनशील हुन्छ
सक्रिय राजतन्त्र र
निरंकुश पंचायती व्यवस्थाको विरुद्धमा नेपाली जनता एकजुट हुँदै थियो। दरबारको
मनोमानी र सक्रिय राजतन्त्रबाट रूष्ट जनताले राजतन्त्रको अन्त्यको माग गर्न
थाल्यो। निरंकुश राजतन्त्रको विरूद्धमा सर्वप्रथम औपचारिक रूपमा फेब्रुअरी १८,
१९९० जन आन्दोलन प्रारम्भ भयो। यस पछिका दिनहरूमा काठमाडौ लगायत नेपालका अनेक गाउँ
सहरहरूमा राजा बीरेन्द्रको विरुद्धमा ‘बीरे चोर देश छोड’ जस्तो चर्को नारा गुन्जिन
थाल्यो। राजा बीरेन्द्रको अति नै विरोध हुन थाल्यो। राजा बिरोधी आन्दोलनले एकातिर
अति हिंसक रूप लिदै थियो भने अर्कोतिर आन्दोलनमा जन सहभागिता दिन प्रति दिन झन झन
बढ्दै थियो। दरबारले आफू विरुदधको तिब्र जन असन्तोष चाहेर, सुरक्षा कर्मी र हतियार
प्रयोग गरेर पनि नियन्त्रण गर्न सकेन। हारेर, अप्रिल ८, १९९० मा दरबारले दलहरूमाथि
लगाएको प्रतबन्ध खारेज गर्यो। पछि जनताले राजा बीरेन्द्रलाई केवल सम्वैधानिक राजमा
सीमित पार्यो। राजा बीरेन्द्रलाई गद्दी (सक्रिय राजतन्त्र) बाट तल झार्यो। शक्तिहीन
पार्यो। तर त्येही जनता पुन: राजा बीरेन्द्रको मृयुमा धुरू धुरू रोयो। कसरी?
जुन १, २००१ मा अति
निर्दयी किसिमले नेपालमा दरबार हत्या काण्ड भएको थियो। नारायणहिटी राजदरबारमा भएको
सो हत्या काण्डमा तत्कालिन राजा बीरेन्द्रको मात्र हत्या भएको थिएन, साथै रानी
ऐश्वर्य, युवराज दिपेन्द्र, निराजन, श्रुती, धीरेन्द्र, शान्ति, शारदा र खड्ग
विक्रम शाहको पनि मृत्यु भएको थियो। सो हत्या काण्ड युवराज दीपेन्द्रले मच्चाएका
थिए। उनले नै आधुनिक मेसिनगन प्रयोग गरेर, अन्धाधुन्ध किसिमले आफ्नै आमाबाबु, भाइ,
बहिनी लगायत आफ्नै परिवारका अन्य सदस्यहरूको हत्या गरेका थिए। रात्रीको समयमा
पारिवारिक भेटघाटको मौका छोपेर दीपेन्द्रले नरसंहार गरेका थिए।
यो हत्याकाण्डले
नेपाली जनतालाई अति द्रवित तुल्यायो। खास गरी राजा बीरेन्द्रको हत्याले त नेपाली
जनतालाई एक किसिमले मानसिक आघात नै पुग्यो। राजा (बीरेन्द्र) को मृत्युको खबर
सुनेर जनता सडकमा आएर धुरु धुरु रोयो नै। बीरेन्द्रको दाह संस्कार, जुन पशुपति
आर्यघाटमा भएको थियो, हेर्न हजारौंका संख्यामा व्यक्तिहरू पशुपतिनाथ परिसर पुगे।
रोए।
राजा बीरेन्द्रको
मृत्युमा कतिपयले मुन्डन (काज क्रिया गरेझै) समेत पनि गरे। मुन्डन गर्नेमा यो
पुस्तकको लेखक पनि थियो। त्यसरी मुन्डन गराउनेमा नेपालमा लामो सयमदेखि बसेर चिकित्साको
क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने एक अमेरिकी डाक्टर पनि थिए। उनी पनि राजाको
मृत्युमा निकै दु:खी भएका थिए। सो कुरा उनले मसँग भएको कुराकानीमा सुनाएका थिए। मुण्डन
अर्थात उनले कपाल छोटो पारेका थिए। यसबारे पहिले पनि चर्चा भइसकेको छ।
यसरी परिस्थितिले
खास किसिमको मनोविज्ञान निर्माण गरि दिएकोले नेपालीहरूले जुन राजा (बीरेन्द्र)
को कुनै बेला विपक्षमा थिए तिनै राजाको पक्षमा
उत्रिए। पहिलो अवस्थामा, जुन राजालाई देश निकाल्न तयार भएका थिए, दोस्रो अवस्थामा
सोही राजाको मृत्युमा धुरु धुरु यसरी रोए, मानौ आफ्नै परिवारको सदस्यको मृत्यु
भएको होस।
अप्रिल २५, २०१५ मा
आएको करिब ८ रेक्टर स्केलको भूँचालोले करिब ९ हजार नेपालीहरूको ज्यान लिएको थियो।
यो अति विनासकारी भूँइचालोमा नेपालीहरूले एक अर्कालाई हृदय खोलेर सहयोग गरेका थिए।
कतिपय उद्दारकर्मीहरूले त पीडितको उद्दार गर्न आफ्नो ज्यानको बाजी नै पनि लगाएका
थिए। तर यही नेपालीहरूले, २०४६ सालमा भएको जन आन्दोलनमा, काठामाडौ कालिमाटी स्थित
पुलिसचौकीमा तोडफोट गरेर त्यहाँ रहेका पुलिसमाथि हात पात मात्र गरेको थिएन, केही
पुलिस जवानलाई कुटेर सिकिस्त पारेर, केहीलाई निर्घात कुटेर तिनको ज्यान नै लिएको थिए।
त्यो घटना विहान भएको थियो र दिउँसो तिर यो पुस्तकको लेखकले ती घाइते प्रहरीलाई
देखेको थियो। नागरिकहरूले प्रहरी जवानलाई कु कुटि मारेका थिए। जबकि प्रहरीहरूको
केही दोष थिएन, त्यो आन्दोलन दबाउनमा। उनीहरूले टित केवल आफ्नो “ड्युटी” निर्वाह
गरेका थिए। राज्यले दिएको “सुरक्षा गर्ने अभिभारा” पूरा गरेका थिए।
तत्कालिन
परिस्थितिले नेपालीहरूलाई अति हिंसक बनाएकोले नै निर्दोष प्रहरी जवानहरूको ज्यान
कुटपिटबाट गएको थियो। यसरी परिस्थिति र समयले मानिसलाई आफ्नो निर्दैशनम चल्न बाध्य
पार्छ। क्रूर पनि पार्छ।
जैसा भोजन खाइए,
तैसा ही मन होय।
जैसा पानी पीजिए,
तैसी बानी होय।। संत कबीर
(भावार्थ: मान्छे
माथि समाज, परिवेस, वातावरणले गहिरो प्रभाव पारेको हुन्छ।)
No comments:
Post a Comment