Wikipedia

Search results

Monday, June 11, 2018

The Formulas of Success Part 11

सुत्र ११

मनोविनोद गर्नु

प्रत्येक व्यक्तिमा आफैमा वा समूहमा बसेर रमाउने क्षमता हुनु राम्रो कुरा हो। प्रत्येक पल मानिसले रमाउने कारणहरूको खोजि गर्नु पर्दछ। सानो वा सामान्य कुरामा पनि रमाउन सकिने विषयहरूको खोजि गर्नु पर्दछ। रमाउनु वा मनोविनोद गर्नुले मानिसलाई आरोग्य मात्र प्रदान गर्दैन साथै बाँच्नका लागि सकारात्मक ऊर्जा पनि प्रदान गर्दछ। दीर्घ जीवन प्रदान गर्छ। मनोविनोदले मानसिक र शारिरीक तनाव कम पार्छ र जीवनप्रति आशवादी बनाउँछ।


मनोविनोद गर्ने विभिन्न तरिकाहरू मध्ये एक हो हाँस्नु। शारिरीक र मानसिक रुपमा स्वस्थ्य रहनका लागि हाँस्नु  आवश्यक छ। हाँसोले आरोग्य र दीर्घ जीवन प्रदान गर्दछ। हाँस्नाका यी निम्न फाइदहरू रहेको विभिन्न प्रकाशनहरूमा उल्लेख गरिएको पाइन्छ।


हाँसोले-

ü  शारिरीक (रोग प्रतिरोधात्मक) शक्ति वृद्धि गर्छ।

ü  शारिरीक पीडा कम पार्छ।

ü  मांसपेसीहरूलाई खुकुलो (बलियो) बनाउँछ।

ü  हृदयरोग (हृदघातको सम्भावना) कम पार्छ।

ü  कैलोरी बर्न गर्छ।

ü  दीर्घ जीवन प्रदान गर्छ।

ü  उच्च रक्तचाप कम पार्छ।

(ख) हाँसोबाट पाइने मानसिक फाइदा:
हाँसोले-

ü  जीवनमा आनन्द र उत्साह भर्छ।

ü  चिन्ता र तनाब कम पार्छ।

ü  मानसिक पीडा कम पार्छ।

ü  मनलाई प्रफुल्लित तुल्याउँछ।

ü  दु:खदायी परिस्थितिबाट बाहिर आउन सहयोग पुर्याउँछ।
ü  क्रोध कम गर्छ।

ü  सकारात्मक सोंच ल्याउन सहयोग पुर्याउँ।

(ग) हाँसो बाट पाइने सामाजिक फाइदा:
हाँसोले-

ü  विभिन्न व्यक्तिहरूसँग गाँसिएको सामाजिक सम्बन्धलाई मजबूत तुल्याउँछ।

ü  अरुलाई आफूतिर आकार्षित गर्न सहयोग पुर्याउँछ।

ü  समूह कार्यको क्षमतामा वृद्धि गर्छ।

ü  मतभेद, संघर्ष, र द्वन्द समाधान गर्न सहयोग पुर्याउँछ।
ü  समूहहरू बीचको सम्बन्धलाई बलियो पार्छ।

ü  व्यक्तिहरूलाई आफू नजिक ल्याउन सहयोग पुर्याउँछ।

ü  घुलमिल हुन सहयोग पुर्याउँछ।

मनोविनोद गर्नका लागि आफूमा हँसाउने बानीको विकास गर्नु अति नै राम्रो हुन्छ। हँसाउने बानीले गर्दा आफूले त हाँस्ने मौका पाइन्छ नै साथै अरुलाई पनि हँसाएर उनीहरूलाई मनोरञ्जन प्रदान गर्न सकिन्छ। हँसाउन सक्नुलाई एक कलाको रुपमा लिने गरिन्छ। र व्यक्तिले चाहेमा आफूभित्र हँसाउने कलाको विकास गर्न सक्छ।

(घ) हँसाउने बानीको विकास कसरी गर्ने?

निम्न कार्यहरू गरेर हँसाउन सकिन्छ:

·         आफूमाथि नै हाँसेर अरूलाई हँसाउने।

·         व्यक्ति होइन कुनै अवस्था वा घटनालाई लक्षित गरेर हँसाउने।

·         हाँस्न प्रेरित वा स्मरण गराउने वस्तुहरू छेउछाउमा राख्ने।

·         नकारात्मक सोंच राख्ने व्यक्तिहरू बाट टाढा बस्ने किनभने उनीहरू स्वयंले नै हास्न जानेका हुँदैन।

·         हँसाउने वा उट्पट्यांग कुराहरू स्मरणमा राख्ने र बेला मौकामा अरूलाई पनि सुनाउने।

·         बच्चाहरू सँग कहिले काँहि बच्चझै भएर खेल्ने।

·         हास्य साहित्य अध्ययन गर्ने।

क्रोधित भएको बेलामा व्यक्तिको विवेक माथि बिर्को लाग्छ। यसको ठिक विपरित, हांसिरहेको समयमा क्रोध नियन्त्रित भएर व्यक्तिमा शुषुप्त अवस्थामा रहेको  विवेक जागृत हुन्छ। र हाँसोले जागृत त्यो क्रोधलाई नियन्त्रित गर्छ।

(ङ) नौ रसहरू

हाम्रो जीवनमा नौ रसको अति नै महत्व छ। ती नौ रसहरू हुन:

१) श्रृंगार रस- मनमा विपरित लिंगप्रति प्रेम भाव जागृत हुनु। प्रेम भावमा लिप्त हुनु।

२) रौद्र रस- मनमा क्रोध जागृत हुनु।

३) विभत्स रस- विशेष किसिमको मनोभाव जागृत भएर व्यक्तिमा विकृत भाव उत्पन्न हुनु।

४) भयानक रस- भयले व्यक्तिलाई अति नै भयभीत तुल्याउनु।

५) करुण रस- दया भाव उत्पन्न हुनु। कसैलाई दया गर्न उत्प्रेरित हुनु।

६) शान्त रस- शान्त भएर बस्नु। संघर्ष, द्वन्द, युद्धबाट बिमुख हुनु। शान्तिप्रति प्रेम जागृत हुनु।

७) हास्य रस- मन  प्रफुल्लित हुनु। खुसी हुने मनोवैज्ञानिक स्थितिमा रहनु।

८) वीर रस- मनमा वीर भाव उत्पन्न हुनु। संघर्ष, द्वन्द वा युद्ध गर्ने मनोवैज्ञानिक स्थितिमा पुग्नु। युद्द गर्न मन लाग्नु।

९) अद्भूत रस- अचम्म वा  पहिले नदेखिएको, वा अनौठो किसिमको मनोवैज्ञानिक स्थितिमा पुग्नु।
यी नौ रस भनेको कुनै पनि व्यक्तिमा हुन सक्ने नौ किसिमको मनोवैज्ञानिक स्थिति हो। सबै व्यक्तिहरूमा एकै साथ यी नौ रसहरू सक्रिय न रहेको हुन सक्छ तर कुनै पनि व्यक्तिमा नौ रसको उपस्थिति भने अवश्य हुन्छ। कुनै पनि व्यक्तमा नौ किसिमको मनोभाव हुन्छ भन्ने तथ्य बुझेमा व्यक्तिहरूको व्यवहार बुझ्न सजिलो हुन्छ। उदाहरणको लागि कुनै पनि व्यक्तिमा वीर रस जागृत रहेको बेलामा उसले युद्ध गर्न अथवा मारकाट गर्न खोज्छ। अर्थात उक्त समयमा उक्त व्यक्तिमा दया हुँदैन। केवल हत्या, हिंसा, संघर्ष गर्न खोज्छ। हामीले देखेको यथार्थ हो, माओवादी संघर्षको समय (२०५२-२०६२साल) मा नेपालीहरूले आफ्नै दाजुभाइ, दिदीबहिनीहरूको हत्या गरे। त्यसबेला युद्धरत दुबै पक्षहरू- सुरक्षाकर्मी (सेना र सिपाही) र विद्रोही, मा केवल वीर रस सक्रिय थियो। करूण रस अनुपस्थित थियो। माओवादी-संघर्षको समयमा महत्वपूर्ण भूमिका निर्वाह गरेका एवं त्यस संगठनका नेता रामबहादुर थापा पछि मन्त्री (नियुक्त: २६ फेब्रुअरी २०१८) भए। उनी केपी ओली  दोस्रो पटक प्रम हुँदा (नियुक्ती १५ फेब्रुअरी २०१८) गृह मन्त्री भएका थिए। सुरक्षाकर्मीहरूसँग संघर्ष गरेका व्यक्ति पछि सुरक्षाकर्मीहरूको नै प्रमुख हुन पुगेका थिए। अर्थात व्यक्तिहरूमा रस (भाव) परिवर्तन भइनै रहन्छ।

एक अर्को उदाहरणमा, नेपालमा सकृय राजतन्त्रको विरुद्धमा १८ फ्रेब्रुअरी १९९० मा, औपचारिक रुपमा, जन आन्दोलन प्रारम्भ भएको थियो। त्यस समयमा विभिन्न विभिन्न स्थानहरूमा प्रदर्शन, संघर्ष हुने गर्थ्यो। एक पटक एक घटनामा काठमाडौको कालीमाटीमा प्रदर्शनकारीहरूले प्रहरीका केही जवानहरूलाई कुटेर मारेका थिए। पाँच वा सात प्रहरीको मृत्य केवल कुटाइबाट भएको थियो। त्यसवेला प्रदर्शनकारीहरूमा वीर रस जागृत भएको हुनाले ती प्रहरी जवानहरू केवल प्रशासनका यन्त्र हुन भन्ने तथ्य प्रदर्शनकारीहरू बिर्सेका थिए। उनीहरूमा करूण रस थिएन।      
अचम्म! सन् १९९० मा जनबिद्रोह गरेर, सक्रिय राजतन्त्र समाप्त गरेर, राजा बीरेन्द्रलाई शक्ति हिन पारेर हर्षित भएको नेपाली जनता त्येही राजाको मृत्युमा धुरू धुरू रोएको थियो। यस्तो किन भएको होला? एउटै व्यक्ति (बीरन्द्र) एक समयमा असल र अर्को समयमा खराब कसरी भएको होला? उत्तर सरल छ। जन आन्दोलनको समयमा, राजा बीरेन्द्र अति शक्तिसाली भएको समयमा जनतामा वीर रस जागृत भएको थियो भने राजा बीरेन्द्रको रहस्यमी तरिकाले मृत्यु हुँदा जनतामा करूण रस जागृत भएको थियो।

हुन त सबै रसको महत्व उत्तिकै छ तर प्रेम र हास्य रसले भने हाम्रो जीवन ठूलो महत्व राख्ने गर्दछ। यी रस हामीले जीवनमा हर पल कायम राख्ने प्रयास गर्नु पर्छ।

प्रेम रसले गर्दा नै दुई विपरित लिंगका व्यक्तिहरूमा यौन भावना जागृत भएर उनीहरू बीच प्रेम सृजना हुन्छ र त्यो प्रेम परिवार निर्माणको आधार बन्दछ। व्यक्तिहरू (पति र पत्नी) सन्तान उत्पादन गर्न सक्षम हुन्छन। यसरी सृष्टिले निरन्तरता पाउँछ। प्रेम रसले गर्दा नै आमाबाबु, काका काकी, दिदी, बहिनी, दाजु भाइ जस्ता नाताहरूको विकास हुन्छ।

हास्य रसले हाम्रो जीवनमा श्रृंगार रस जति कै महत्व राख्ने गर्दछ।

हामीले सानो सानो कुरामा पनि ठूलो खुसीको खोजी गर्नु पर्छ। र यस्तो गरेर मनलाई आनन्दित पार्नु पर्छ। स्वस्थ्य रहन मनलाई आनन्दित राख्नु आवश्यक छ। सानो कुरालाई पनि यसरी ठूलो खुसी पार्न सकिन्छ। कुकिजको प्रयोग पनि सानो कुरालाई ठूलो खुसी तुल्याउने एउटा तरिका हो। एक उदाहरण हो।

(च) के हो फरचुन कुकिज?

फरचुन कुकिज एक यस्तो खोक्रो किसिमको बिस्कुट जस्तो खाद्य पदार्थ हो जसको भित्र राखिएको सानो कागजको टुक्रामा अनेक किसिमका भाग्य सँग सम्बन्धित कुराहरू मनोविनोदका लागि लेखिएका हुन्छन। कुकिजमा खास गरी भाग्यमानी सङ्ख्या (कुनै खास व्यक्तिको लागि जस्तै २,५,७,९ आदि), प्रचलित भनाइ, व्यक्तिको भविष्यवाणी आदि लेखिएको हुन्छ। फरचुन कुकिजहरू रेष्टुरेन्टहरूमा राखिएको हुन्छ। ग्राहकहरूले खाना खाइ सकेपछि उनीहरूलाई बिल दिंदा रेष्टुरेन्टले बील सहित प्रत्येक व्यक्ति (ग्राहक) लाई एउटा एउटा पुग्ने गरी फरचुन कुकिज दिने गर्दछ।
बिल सहित प्राप्त गरेको फरचुन कुकिज ग्राहकहरूले फोडेर हेर्छन र त्यस कुकिज भित्र राखिएको सानो कागजको टुक्रामा लेखिएका कुराहरू पढेर रमाउँछन। केहीले ती कुकिजहरू ‘डेजर्ट’ को रुपमा खान्छन पनि।

No comments:

Post a Comment