समयको उचित
व्यवस्थापन गर्नु
सुत्र १०
समय सर्वाधिक नासवान
वस्तु हो। यो सर्वाधिक नासवान वस्तु भएकोले नै यसको व्यवस्थापन उचित किसिमले गर्नु
पर्दछ। समयलाई भण्डार गरेर राख्न सकिदैन। र आफूले चाहेको बेलामा त्यो समय
(बितिसकेको समय) को उपयोग गर्न सकिंदैन।
समय पैसा सरह पनि
हो। जसरी पैसा खर्च गर्दा किफाइती किसिमले खर्च गरिन्छ त्यसैगरी समय खर्च गर्दा,
खर्च गरिने समयबाट, बढी फाइदा आउने किसिमबाट खर्च गर्नु पर्दछ। समयको बारेमा
त्यसकारण विभिन्न भनाइहरू निकै प्रचलित छन्। समय र छालले कसैको प्रतीक्षा गर्दैन (Time and tide wait for none)। अर्थात समय कसैको नियन्त्रमा छैन। मान्छेले
समयलाई नियन्त्रण गर्ने होइन मान्छे समयबाट नियन्त्रित हुनु पर्दछ। कसैले यो कार्य
सम्पन्न गर्ला भनेर समयले प्रतीक्षा गरेर बस्दैन।
समयबारे अर्को
भनाइमा यसरी पनि उल्लेख गरिएको पाइन्छ। समय सिघ्र सकिन्छ (Time flies)। यो भनाइमा समयको पखेटा हुन्छ व्यक्त गर्न
खोजिएको हो। गतिवान हुन्छ भन्न खोजिएको छ। समय जतिको निरन्तर आफ्नो निर्धारित
गतिमा हिंड्ने यो धर्तिमा अर्को कुनै वस्तु छैन्।
समय कसरी सिघ्र
नाशवान वस्तु हो यसबारे छोटो चर्चा गरौ। फ्रिजमा नराखिएको खण्डमा वा सामान्य
अवस्थामा, माछा, मासु, साग, हरियो तरकारी, अण्डा, दुध, दही आदि सिघ्रनास हुन्छन
किनभने यिनीहरू प्रकृतिले नै सिघ्र नाशवान (वस्तु) हुन। (छोटो) समय भित्रमा यी
वस्तुहरूको उपभोग नगर्ने हो भने सडेर गलेर नास हुन्छन। उपभोग गर्न सकिने स्थितिमा
हुँदैनन। समय पनि यस्तै सिघ्रनासवान वस्तु हो। समय त अझै ज्यादै सिघ्र नासवान
वस्तु हो। हरियो तरकारी, फलफूल आदिलाई त एक घण्टा सम्म सङ्ग्रह गरेर राख्न सकिन्छ
तर समयलाई एक मिनेट त के एक सेकेन्ड पनि सङ्ग्रह गर्न सकिंदैन। मैले कुनै तोकिएको
समयमा कुनै काम गर्न सकिन भने त्यो तोकिएको समय (सूर्य उल्टो घुमेर) मेरो सामु
पुन: उपस्थित हुँदैन। समयले उल्टो हिंड्न जानेको छैन। समय निरन्तर अगाडि बढिनै
रहन्छ। मैले एक पटक उपयोग गर्न नसकेको समय (कार्य-श्रम) त्यसै खेर जान्छ र पुन:
उपयोग हुने किसिमबाट त्यो समय मेरो जीवनकालमा कहिले पनि फर्किंदैन। यसरी समय अति
सिघ्र नासवान भएकोले यसको व्यवस्थापन र उपयोग बुद्धिमता र कुसलताका साथ गर्नु
पर्द्छ।
समयलाई श्रमसँग
तुलना गरेरे हेरौं। किनभने श्रम पनि सिघ्र नासवान वस्तु हो। समय र श्रम बीच गहिरो
सम्बन्ध छ।
ब्यापार व्यवस्थानको
क्षेत्रमा प्राय: हरेक मुलुकमा मजदूरहरूलाई संगठित हुन, युनियन खोल्न, सभा,
सम्मेलन गर्न, जुलस, प्रदर्शन गर्न सरकारद्वारा छुट (अनुमति-कानूनद्वारा नै पनि)
दिइएको हुन्छ तर व्यवस्थापक वा पूँजीपतिहरूलाई त्यस्तो छुट दिइएको हुँदैन। किन
होला? यस्तो
किन भएको हो भने मजदूरहरूले अति सिघ्र नासवान वस्तु श्रम (तोकिएको समयमा श्रम
गर्नु पर्ने) बिक्री गर्छन भने व्यवस्थापक वा पूँजीपतिहरूले टिकाउ वस्तु
(ज्ञान-सिप र पूँजी) बिक्री गर्छन। यसरी बजारमा उपस्थित भएर (कुनै तोकिएको दिनमा)
श्रमिकले आफ्नो श्रम बिक्री गर्न नसकेमा (काम नपाएमा) उसको श्रम त्येतिकै खेर
जान्छ। उसले खेर गएको आफ्नो त्यो श्रम वा समयलाई आफ्नो जीवनकाल भरिमा कहिले पनि
पुन: उपयोग गर्न सक्दैन किनभने श्रम पनि समय जत्तिकै अति सिघ्र नासवान वस्तु हो।
तर व्यवस्थापक वा पूँजीपतिहरूले तोकिएको दिनमा आफ्नो वस्तु बिक्री गर्न नसकेता पनि
भोलि, पर्सी वा चाहेको समयमा (गुमेको दिनको पनि जोडेर ) एक मुष्ट बिक्री गर्न
सक्छन। यसरी उत्पादन व्यवस्थामा पूँजीपतिहरूको हात जहिले पनि माथि हुन्छ।
यस तथ्यलाई यसरी पनि
पुष्टि गर्न सकिन्छ। फर्निचर निर्माण गर्ने कुनै एक कारखानाको मालिकले कुनै
मजदूरलाई एक दिन (कार्य समय ८ घण्टा)
को रू ७०० पारिश्रमिक भुक्तान गर्ने सर्तमा कार्य गर्न
प्रस्ताब गर्छ। तर मजदूरले रू ९०० माग गर्छ। मालिकले दिंदैन। मजदूरले पनि त्यस दिन
कार्य गर्दैन। अब यस घटनामा कसलाई कति क्षति भयो हेरौ। त्यो मजदूरले त्यो दिन काम
गर्न नपाएको (अन्य कारखानमा पनि काम गर्न नपाएको स्थितमा) ले उसले त्यो दिनको
ज्याला पूर्ण रूपमा गुमाउँछ किनभने त्यो दिन काम नगरेर बितेको हुन्छ। उसले त्यो गुमेको
दिनको श्रमलाई भोलि पल्ट वा पछि उपयोग गर्न सक्तैन। यसरी त्यो श्रमिकले एक दिनको
पारिश्रमिक पछि कहिले पनि प्राप्त नहुने गरी गुमाउँछ। किनभने उसले गुमेको श्रमको
पुन: कहिले पनि क्षति पूर्ति गर्न सक्तैन। तर, अर्कोतिर भने पूँजीपतिले गुमेको
त्यो मुनाफ सोधभर्ना गर्न सक्छ। कसरी?
अब भोलिको दिनको
स्थिति हैरौ। भोलि पल्ट, हिँजो काम नगर्ने श्रमिक पुन: त्यस कारखानाको मालिक कहाँ
पुग्छ र प्रति दिन रू ७०० पारिश्रमिक लिने सहमतिमा काम गर्न तयार हुन्छ। कारखाना
मालिकले उक्त श्रमिकलाई काम दिन्छ। साथै कारखाना मालिकले थप अर्को पनि एक श्रमिक
राखेर हिँजोको गुमेको कार्य थप अर्को श्रमिकको कार्यबाट क्षतिपूर्ति गर्छ। यसरी
पूँजीपतिले गुमेको आम्दानी पुन: प्राप्त गर्न सक्छ। हो, यो कारणले गर्दा, उत्पादन
व्यवस्थामा पूँजीपतिहरूको हात माथि रहने भएकोले नै उनीहरूलाई प्राय: संगठन खोल्न
दिइएको हुँदैन। वा खोल्न प्रोत्साहित गरिदैन।
श्रमिक र मालिकको
सन्दर्भ समय महत्वपूर्ण हुन्छ भन्ने तथ्य दर्शाउनका लागि गरिएको हो। एक व्यक्तिलाई
सफल पार्नमा उसले गर्ने उचित किसमको समय व्यवस्थापनले महत्वपूर्ण भूमिका खेल्ने
गर्छ।
समय व्यवस्थापनका
लागि केही सल्लाहहरू यस प्रकार छन:
(क) कार्य योजना
निर्माण
१) एउटा साइनबोर्ड
सत्ने वा अध्ययन गर्ने कोठमा झुन्ड्याएर राख्ने र त्यसको एक भागमा (देब्रेतिर)
वर्ष भरिमा गरिने महत्व पूर्ण कार्यहरू लेख्ने। कुन कार्य कति दिन भित्रमा गरि
सक्ने हो सो पनि उल्लेख गर्ने।
२) बीचको भागमा (देब्रेतिर)
महिना भरिमा गरिने महत्वपूर्ण कार्यहरू लेख्ने र ती कार्यहरू कति दिन भित्रमा
गर्ने हो सो पनि उल्लेक गर्ने।
३) बीचको भागमा
(दाहिनेतिर) एक हप्ता भित्रमा गरिने महत्वपूर्ण कार्यहरू लेख्ने र ती कार्यहरू
कतिको समयावधिमा सम्पन्न गर्ने हो सो पनि उल्लेख गर्ने।
४) अर्को भागमा
(दाहिनेतिर) हरेक दिन विहान उठेर त्यो दिन के के कार्य गर्ने हो सो विस्तारमा
उल्लेख गरेर लेख्ने। र त्यसको उतार एक पानामा गरेर त्यो पाना दिनभरि आफ्नो खल्तिमा
राख्ने।
५) कार्यालयमा हुँदा
आफ्नो काममा केन्द्रित हुने केवल फुर्सतको समयमा दिन भरिमा के के कार्य गर्ने हो
भनी राखेको टिपोट खल्तिबाट झिकेर हेर्ने।
६) तोकिएको समयमा
कार्य सम्पन्न गर्ने र कार्य सम्पन्न गर्दा अन्य क्रियाकलाप (कुराकानी, भेटघाट,
मनोरञ्जन आदि) परित्याग गर्ने।
७) मनोरञ्जनका लागि
पनि समय छुट्याउने र त्यसरी छुट्याइएको समयमा अवस्य पनि मनोरञ्जन गर्ने। स्वस्थ्य
शरीर र मनको लागि मनोरञ्जन आवश्यक हुन्छ।
८) आलटाल नगर्ने।
भोलि गरौला, पछि गरौला भनेर कामलाई थांति न राख्ने। तोकिएको समयमा अवश्य पनि कार्य
सम्पन्न गर्ने।
९) प्रत्येक दिनको अनत्यमा के कति कार्य सम्पन्न
गर्न सकिएको समिक्षा गर्ने। गर्न नसकिएका कार्यहरू के कारणले गर्न सकिएन ज्यादै
छोटकरीमा उल्लेख गरेर अभिलेख राख्ने।
(ख) कार्य योजना तालिका
वार्षिक
|
मासिक
|
साप्ताहिक
|
दैनिक
|
(यो मिति भित्रमा)
उदाहरण:
भ्रमणका लागि बैकक जाने। स्वास्थ्य परीक्षण
गराउने। रू यति बचत गर्ने।
|
(यो मिति भित्रमा)
घरका लागि फर्निचर खरिद गर्ने। विभिन्न
कार्यालयहरूमा जागिरको लागि आवेदन दिने। यो भाषा सिक्ने।
|
(यो मिति भित्रमा)
इन्स्योरेन्सको प्रिमियम बुझाउने। बैंकमा रकम
जम्मा गर्ने वा झिक्ने।
|
(दिनभरिमा)
आफ्नो कार्यको प्रकृति अनुसार दिनभरिमा गर्ने
कार्यहरू बारे उल्लेख गर्ने
|
समयको उचित
व्यवस्थापनले निर्धारित उद्देश्य प्राप्त गर्न सहयोग गर्ने हुनाले नै समयको
व्यवस्थापन कुसलतापूर्वक गर्न आवश्यक छ। हामीले एउटा जीवन कालमा असीमित समय पाएका
हुँदैनौ। हामी सँग केवल तोकिएको समय हुन्छ र त्यो तोकिएको समय अवधिमा हामीले अनेक
कार्य सम्पन्न गर्नु पर्दछ।
(ग) कार्य
समय-सीमा
‘आज गर्छु, भोलि
गर्छु, भोलि नभ्याए पर्सी गर्छु।’ यस किसिमको मनोविज्ञान राख्नु उचित होइन। कुनै
काम गर्न भनी जति समय छुट्याएको हो त्यो समय भित्रमा र कहिले सम्ममा कार्य सम्पन्न
गरि सक्ने हो भनी समय सीमता तोकिएको छ त्यो समय सीमा भित्रमा कार्य सम्पन्न गर्न
आवश्य छ। अर्थात कार्य सम्पन्न गर्नको लागि समय अवधि र समय सीमा दुबै तोक्न आवश्यक
छ। यस्तो गर्न सकिएमा समयको सही किसिमले, उत्पादक किसिमले उपयोग गर्न सकिन्छ।
तोकिएको समय सीमा
भित्रमा कार्य सम्पन्न गर्न नसकिएमा त्यसको समिक्षा गर्नु पर्छ। र त्यस्तो हुनमा
आफ्नो कमजोरी मुख्य कारक थियो भने आफ्नो त्यो कमजोरीको सुधार गर्नु पर्छ।
(घ) जीवन-काल
वैदिक परम्परा
अनुसार यो जीवनलाई चार भागमा विभाजित गरिएको छ। र हरेक भागमा गर्ने भनी तोकिएका
कार्यहरू गर्न पनि सल्लाह दिइएको छ। ती भाग वा कालहरू यस प्रकार छन:
ब्रह्मचर्य- जन्मदेखि नव युवा सम्मको काल ब्रह्मचर्य काल
हो। यो कालमा अनुशासन सिक्ने, व्यवहार सिक्ने, जीवन यापनका लागि चाहिने अनेक सिप र
कलाहरू सिक्ने काल हो यो। यो कालमा मुख्य गरी एक्लो (अविवाहित) रहेर केवल अध्ययनमा
केन्द्रित रहने गर्नु पर्दछ। र सुखी र खुसीसँग जीवन यापन गर्न सकिने उपायहरूको
खोजि, तयारी एवं व्यवस्थापनका तरिकाहरू सिक्नु पर्दछ।
गार्यहस्थ- युवा देखि प्रौढसम्मको काल गार्यहस्थ काल हो।
यो कालमा गृहस्थी (विवाह) गर्ने, परिवार सृजना गर्ने, जीवन यापनका लागि आय आर्जन
गर्ने, पारिवारिक दायित्वहरू निर्वाह गर्ने, समाजिक सेवाहरू गर्ने आदि जस्ता
कार्यहरू गरिन्छ। यो कालमा प्रगतिका पथहरू खोज्ने पनि गरिन्छ।
वानप्रस्थ- यस शब्दको अर्थ वनतर्फ प्रस्थान गर्ने भएता पनि
र त्यसको आशय गृहस्थी त्यागेर वनमा जाने भएता पनि यस शब्दको मूल अर्थ गृहस्थी परित्याग
गर्नु हो। उहिले मानिसहरू जीवनको यो कालखण्डमा वनतर्फ जान्थे किनभने त्यहाँ ऋषि
मुनीहरूको वास हुन्थ्यो। वनमा पुगरे, लाभ हानीको संसारबाट छटुकारा लिएर केवल जीवन
निर्वाह गर्ने किसिमबाट तर सुख र शान्तिको खोजि गर्दै बस्थ्ये। यो समयको मूल आशय
जीवनको अति उतार र चढावबाट अलग रहनु हो र शान्तिपूर्वक बाँच्नु हो।
सन्यास- यो शब्दको अर्थ सन्यास धारण गर्नु हो, सन्यासी
वा साधु बन्नु होइन। गेरू वश्त्र धारण गरेर, भिक्षा माग्दै हुंड्नु होइन। जीवनको
यो चौथो एवम् अन्तिम काल खण्डमा आफूलाई ईश्वरको एउटा अंश मानेर ईश्वर भक्तिमा लीन
रहनु हो। जरा (बुढेस काल) र मरणको भयबाट मुक्त भएर मृत्युलाई सहज रूपमा स्वीकार
गर्नु हो।
सन्यास काल खण्डमा
आफूलाई पूर्ण रूपमा कारोबारी जीवनबाट मुक्त राख्ने शिक्षाको खोजी र अध्ययन गर्ने
कार्य गरिन्छ। सन्यास कालमा मरणलाई दु:खदायी होइन सुखदायी तुल्याउने दर्शनहरूको
खोज गरेर जरा, मरण कालमा पनि शान्ति र सुख पूर्वक बाँच्ने प्रयास गरिन्छ।
वैदिक संस्कृतिले
यसरी जीवनका विभिन्न समय (काल खण्ड) हरूलाई व्यवस्थित गर्न अनेक किसिमका दर्शनहरू
प्रदान गर्दछ।
We always
underestimate the future. Charles F. kettering
No comments:
Post a Comment