आफैलाई चिन्नु
सुत्र ९
अंग्रेजीमा यसलाई
आफैले आफूलाई राम्रो गरी चिन्नु (Know yourself)
भन्छन्। यस भनाइको अर्थ विस्तृत र गहिरो छ।
सामान्य किसिमले
बुझ्नका लागि, यदि हाम्रो शरीरलाई दुई भागमा विभाजित गर्ने हो भने एउटा (पहिलो)
भागलाई हामी हाम्रो चेतनाद्वारा नियन्त्र गर्न सक्छौ भने भने अर्को (दोस्रो)
भागलाई हामी हाम्रो चेतनाद्वारा नियन्त्रण गर्न सक्तैनौ।
कुन बेला खाने, कुन
बेला सुत्ने, कुन बेला कार्यालय जाने, आज दिनभरिमा के के काम गर्ने आदि आदि जस्ता
क्रियाहरूलाई हामी नियन्त्रण गर्न सक्छौ। यी हाम्रा नियन्त्रण भित्रका कृयाहरू
हुन। यो शरीरको पहिलो भागले गर्दछ। अर्थात यो भाग हाम्रो चेतनाद्वारा नियन्त्रित
हुन्छ।
अति भयानक (युद्ध,
हत्या, हिंसा, दुखदायी दैवीय विपत्ती-बाढी, पैरो, आगली, भूइँचालो जातीय दंगा,
डरलाग्दो दूर्घटना) दृश्य देखेपछि कस्तो क्रिया गर्ने, ज्यादै शोकपूर्ण समाचारमा
कसरी प्रतिकृया व्यक्त गर्ने, भोक लाग्ने, खुसी हुने, दु:खी हुने खाना पचाउने,
दिसा गर्ने, पिसाब गर्ने जस्ता क्रियाहरू हाम्रो शरीरको दोस्रो भागले गर्दछ। र यी
क्रियाहरू हाम्रो चेतनाद्वारा नियन्त्रित हुँदैनन। आर्थात हाम्रो शरीरको दोस्रो
भाग हाम्रो चतनाद्वारा नियन्त्रित हुँदैन। यसले एक किसिमले स्वतन्त्र रहेर कार्य
गर्दछ। अर्थात यो भागको स्थिति कुनै पनि मुलुकमा रहेको स्वतन्त्र न्यायिक संस्था
जस्तो हुन्छ जुन त्यस देशको सरकारको नियन्त्रणमा हुँदैन।
यस भनाइलाई यस
किसिमबाट प्रमाणित गर्न सकिन्छ। भोक हडतालमा बसेको कुनै व्यक्तिलाई उसको हडताल
तोडन उसलाई केही कुरा ख्वाउन खोज्दा उसले खाँदैन। बल प्रयोग गर्ने हो भने उसले मुख
थुन्छ। यस्तो किन गर्छ भने उसको मुखलाई उसको चेतनाले न खा भनेर आदेश दिएको हुन्छ।
मुख (अंग) चेतनाको नियन्त्रण भित्र पर्छ।
तर सोही व्यक्तिलाई
उसको हडताल तोडन उसको हात खुट्टा बाँधेर उसको शरीरको नशा (हात) बाट केही तरल
पदार्थ (इन्टर भेनस फ्लुड) दिने हो भने उसको शरीरले ग्रहण गर्छ। विरोध गर्दन।
यस्तो हडताल तोडनका लागि गरिएको हो नखा
भनेर उसको चेतनाले दिएको आदेश मान्दैन। किनभने नसाले स्वतन्त्र भएर कार्य गर्दछ।
उस (नशा) ले हाम्रो चेतनाले दिएको आदेश मान्दैन। उसले स्वतन्त्र किसिमले कार्य गर्दछ।
यसरी शरीरका विभिन्न भागहरूले स्वतन्त्र भएर कार्य गर्छन। र त्यसरी कार्य गर्ने ती
भागहरूलाई हाम्रो चेतनाले नियन्त्रण गर्न
सक्तैन।
यसैगरी, यदि
झुक्किएर ज्यादै तितो कुरा खान पुगिएको छ भने तितो मान्दै मुखले तत्काल थुकि
दिन्छ। तर यदि कुनै गुलियो खाने कुरा छ भने मुखले बिना विरोध खान्छ, त्यो गुलियो
पदार्थमा विष नै मिसिएको भएता पनि। अर्को परिस्थितिमा गुलियो पेय पदार्थमा विष
मिसिएको छ भन्ने थाहा पाउन साथ हाम्रो मुखले तत्काल थुकि दिन्छ। खाँदैन। अर्थात
हाम्रो चेतनाले दिएको आदेशलाई हाम्रो मुखले मान्दछ। तर, अर्कोतिर, थाहा नपाइ विष
मिसिएको तरल पदार्थ खाए पछि हाम्रो पेट (पाचन प्रणाली) ले यो विष हो भनेर तत्काल
दिशाद्वारा फाल्न सक्तैन। बरू उसले आफ्नो धर्म (पचाउने कार्य गर्नु) पालन गर्छ।
खानाम विष छ भने पनि नपचाउने कार्य गर्देन। यसरी हाम्रो पटले पनि स्वतन्त्र रहेर
कार्य गर्दछ। पेट हाम्रो चेतनाद्वारा निर्दैशित हुँदैन किनभने पटे (पाचन प्रणाली)
ले स्वतन्त्र भएर कार्य गर्दछ।
यो सन्दर्भ यहाँ किन
उल्लेख गर्न खोजेको हो भने चेतनाद्वारा निर्देशित भएर केही कार्यहरू हामीले गर्न
खोज्दा पनि हाम्रो शरीरले गर्न नदिने भएकोले शरीरले गर्न नदिएको कार्य आफूले गर्नु
हुँदैन। उदाहरणको लागि केही व्यक्तिहरू मानवीय रगत देख्ने बित्तिकै अति द्रवित भएर
त्यो दृश्य देख्न सक्तैनन। यस किसिमका व्यक्तिहरूले डाक्टर (सर्जन) नपढेको नै बेस।
यस किसिमका उदाहरणहरू धेरै छन्।
जुन कुरा हाम्रो
चेतनाद्वारा नियन्त्रण हुँदैन र केवल शरीरद्वारा मात्र नियन्त्रण हुन्छ, जस्तै
पाचन प्रणाली, त्यस्ता कुरा हामीले बलपूर्वक गर्नु हुँदैन। किनभने ती कुराहरू
हाम्रो शरीरले स्वीकार गर्न सक्तैन र हामीले बलपूर्वक गरेमा हामी मानसिक आघातको
सिकार हुन सक्छौ।
एक प्रशङ्ग जोडौ।
मैले काठमाडौ उपत्यका स्थित पाटन अस्पतालमा दस वर्ष ( २०४८ देखि २०६० साल सम्म)
भन्दा बढी कार्य गरे। म त्यस अस्पतालको प्रशासन शाखामा अधिकृत स्तरको कर्मचारी थिए
र मेरो पदीय दायित्व कार्यकारी एवं प्रशासकीय अधिकृतलाई सघाउनु थियो। यस सन्दर्भमा
मैले अनेक किसिमका कार्यहरू पनि गर्नु पर्थ्यो जस मध्ये एक थियो मूर्दा घर (Mortuary or morgue) को सरसफाई तिर ध्यान दिनुका साथै समयमा नै
पोस्मार्टम (autopsy) गर्न सम्बन्धित विभागलाई आवश्यक सहयोग (Coordinate) गर्नु। यस सन्दर्मा, यदि कुनै पोस्मार्टम गर्नु
पर्ने भन्ने खबर आएको छ भने डाक्टर कविता (नाम परिवर्तन) लाई मैलो सो जानकारी (फोन
वा मौखिम रूपाम) दिएर पोस्टमार्टम गर्न सूचित गर्नु पर्ने हुन्थ्यो। एक दिन
पोस्टमार्टम गर्ने सम्बन्धमा डाक्टर कवितालाई भन्दा उनले, “कुनै पुरूष डाक्टरलाई
भन्नुस वा मैलै नै गर्नु पर्ने भएमा साथमा कुनै अन्य पुरुष डाक्टर पनि भइ दिने
व्यवस्था गरि दिनु होस। मैले एक्लै पोस्टमार्टम गर्दा मलाई डर लाग्छ” भनिन। यो
कुरा सुनेर एक छिन त म अक्मकिए। डाक्टरहरू- महिला वा पुरूष भएता पनि, डर लाग्दैन
भन्ने मेरो सोंचाइ थियो। कविता पेशाले डाक्टर भएता पनि कमलो मनको थिइन। त्यसकारण
उनलाई एक्लै पोस्टमार्टमा गर्न भय लागेको हुन सक्छ। भयभीत हुने उनको बानीलाई उनले
नियन्त्रण गर्न सकेकी थिनन, जुन हुन पनि सक्थेन।
रात्रीको समयमा पाटन
अस्पतालका धेरै कर्मचारीहरू मुर्दा घरको नजिक जान डराउने गर्थ्ये। स्वास्थ्य
क्षेत्रमा कार्यरत व्यक्तिहरू मुर्दा मूर्दाघर देखेर नडराउनु पर्ने हो नि? तर
त्यस्तो हुँदो रहेनछ।
म पाटन अस्पतालमा नै
कार्यरत हुँदा, सन १९९७ को घटना हो, यो। काठमाडौ उपत्यका (जावलाखेल, ललितपुर)
स्थित सेन्ट जेभिएर सामाजिक सेवा केन्द्र (St. Xavier’s Social Service Center, Est. 1970) का संस्थापक फादर थोमस इ गाफ्ने (Father Thomas E Gaffney) को हत्या भएको थियो। हत्या गर्ने व्यक्तिले कुनै
धारिलो हतियार (खुकुरी?) द्वारा उनको घाँटी रेटेर हत्या गरेको थियो। उनको हत्या
उनकै निवासमा डिसेम्बर १३, १९९७ मा भएको थियो। फादर गाफ्नेको पार्थिव शरीरलाई
पोस्टमार्टम गर्नका लागि पाटन अस्पतालको मुर्दा घरमा राखिएको थियो। हत्या र
हत्याको प्रकृति सुनेर म ज्यादै भावुक भए। मुर्दा घरको सरसफाइको जिम्मा लिएका
अस्पतालका कर्मचारी (Sweeper ) हरूलाई मुर्दा
घरको ढोका खोलेर फादर गाफ्नेको लाश देखाउन अनुरोध गरे। उनीहरूले मेरो अनुरोध
स्वीकार गरे। मैले फादर गाफ्नेको पार्थिव शरीर, केही बेरसम्म नियालेर हेरे। उनको
शरीरको स्थिति हेर्दै अति डर लाग्दो थियो। घाँटी रेटिएको, छाती र शरीरभरि रगतको
छिटा फैलिएको थियो। उनको मृत शरीर, हेर्नलाई भयभीत तुल्याउने प्रकृतिको थियो।
अति डराएर, फादर
गाफ्नेको मृत शरीर देखेको एक हप्तासम्म मलाई रातमा राम्रो गरी निद्रा परेन। मस्त
सुतेको बेलामा सपनमा गाफ्नेको लाश देख्थ्ये। त्यसपछि मैले त्यस मुर्दा घरमा आउने
विभत्स किसिमको लाश कहिले हेरिन। मेरो शरीरले त्यस किसिमको दृश्य हेर्ने क्षमता
राख्दो रहेनछ भन्ने कुरा मलाई पूर्ण रूपले विश्वास भयो। म कोमल हृदयको रहेछु भन्ने
कुरामा मलाई कुनै शंका रहेन।
एक अर्को घटना र
त्यसले मेरो मनोविज्ञानमा कस्तो भप्रभाव पार्यो त्यसबारे पनि छोटो चर्चा गरौ। रौतहट
जिल्लाको भवानीपुरमा सेनाको उस्थितिले पनि मेरो मनोविज्ञानलाई अति भयभीत तुल्याएको
थियो।
२०२८
सालतिर नेपालको रौतहट जिल्लाको भुसाहा भन्ने गाउँबाट हिन्दु मुसलमान जातीय दंगा
सुरू भएको थियो। त्यसबेला हामी सपरिवार सो भुसाहा गाउँदेखि करिब १० किलोमिटर टाढा
रहेको भवानीपुर गाउँमा स्थाइ बसोबास गरी बस्थ्यौ। उक्त गाउँको स्कूलमा मेरो पिता
देवराज उपाध्याय प्रधान अध्यापक हुनु हुन्थ्यो। त्यो जातीय दंगा आरम्भ भएको भोलि
पर्सि पल्ट देखि हाम्रो गाउँबाट सबै भयभीत भएर हिन्दु वाहुल्य भएको गाउँ उत्तरमा
सन्तपुर दक्षिणमा पिपरा भलोहिंआ आदि गाउँतिर बसोबास सर्नथाले। हामो गाउँको छेउमा
जयराजपुर र जोगौलियामा मुसलमानहरूको संख्या तुलतान्तमक रूपमा बढी रहेकोले ती
गाउँबाट मुसलमानहरू आएर वरपरका गाउँका हिन्दुहरूको हत्या गर्ने छन भन्ने हल्ला
चलेको थियो। मुसलमानहरू बिहान आउँदै छन, दिउँसो आउँदै छन, राति आउँदै छन हिन्दुहरूको
हत्या गर्न भन्ने हल्ला हरेक दिन र दिनभरि जसो चल्ने गर्थ्यो। रातिको समय झन
भयपूर्ण हुन्थ्यो। रातिको समयमा मुसलमानहरू हिन्दुको हत्या गर्न आउँदै छन भन्ने
हल्लाले हामीलाई झनै त्रसित तुल्याउँथ्यो। यसरी मैले त्यस किसिमक त्रासदीपूर्ण
स्थितिमा निकै समय (पाँच सात दिन) बिताएँ। र त्यो बेलाको डर मेरो मनमा पसेको पस्या
नै भयो। मेरो उमेर त्यो समयमा ११ वा १२ वर्षको हुँदो हो। त्यस बेला म डराउँछु
भन्ने वोध हुन्थ्यो तर आफू कोमल हृद्यको हो भन्ने निश्चित हुन सकेको थिएन।
अर्कोतिर
हिन्दुहरूले खोजि खोजि मुसलमानहरूको हत्या गर्दै छन् भन्ने खबर उत्तर-पश्चिमी
रौतहट भरि फैलिएको थियो। यस बीच वीरगञ्जको सैनिक व्यारेकबाट दंगाग्रस्त (क्षेत्र)
निन्त्रण गर्न सेनाको एक ठूलो समूह चन्द्रनिगाहपुर हुँदै भवानीपुर आयो। त्यो
सेनाको समूह भवानीपुरमा एक दिन बस्यो। सेनाको बसाइको क्रममा उनीहरूको वायरलेसको
तार माथि तान्नु पर्ने थियो, म रूख चढ्न निकै सिपालु भएकोले मैले नै गाउँको
स्कूलको छेउमा रहेको कदमको रूखमा चढेर त्यो वायरलेसको तार तानेको थिएँ। सेना
हाम्रो गाउँको स्कूलमा छाउनी लगाएर बसेको थियो। सेनालाई खानको लागि चामल, दाल,
तरकारी लगायत एक खसी भवानीपुर गाउँ कै केवल चौधरीले दिनु भएको थियो। केवल चौधरी
२०१५ सालमा भएको संसदीय चुनावमा रौतहट क्षेत्रबाट स्वतन्त्र उम्मेदवार भएर विजयी
हुनु भएको थियो। पछि पञ्चायतकालमा राज सभा स्थाइ समितिको सदस्य पनि हुनु भयो।
सेना एक दिन बसेर
भोलि पल्ट भुसाहातिर प्रस्थान गर्यो। यता भवानीपुर र वरपरको हिन्दु बहुल गाउँमा
हरेक दिन मुसलमान सँग लड्न जाने भनेर पुरूषहरू हातमा भाला, फर्सा, बन्चरो, गँडास,
लठ्ठी लिएर गाउँमा चलहल पहल गर्दै, कतै गएको जस्तो देखिन्थ्ये। केही हाम्रो
गाउँवाट दंग्राग्रस्त क्षेत्र (भुसाहाको वरपर) तिर पनि जाने गर्थ्ये। सेना
भवानीपुरबाट गएको दोस्रो वा तेस्रो दिन हुनु पर्छ, दंगा रोक्न सेनाले भुसाहा वा
त्यस वरपरको क्षेत्रमा गोली चलायो। मुसलमानको विरूद्धमा लड्न हाम्रो गाउँबाट गएको
गुदर महरालाई टाउकोमा गोली लाग्यो। तर संयोग! गोली उनको कानको छेउ भएर गयो, टाउको
भित्र पसेन। गुदरको कानको केही भाग क्षतिग्रस्त भयो तर उनको ज्यान गएन। गुदर रूदै
कराउँदै भवानीपुर फर्के। भवानीपुर फर्केपछि केही व्यक्तिहरूले उनलाई ‘नायक’ (Hero) झै गरेर गाउँ घुमाए। उक्त हिन्दु-मुसलमान
दँगामा एक जना मुसलमान हिन्दुद्वारा कुटेर मारिएको हाम्रो गाउँमा हल्ला चलेको
थियो। त्यसको पछि पुस्टि पनि भयो किनभने पछि गौरबाट प्रहरीको एकटोली सर्जमिन गर्न
भवानीपुर आएको थियो। कुलमा कति जना मारिए भन्ने कतै भरपर्दो तथ्यांक छैन। मेरो
आन्दाजमा हिन्दु मुसलमान गरेर दस वा सो भन्दा कम व्यक्तिहरू जातीय हिंसाद्वारा
मरिएको हुन्छ। पछि सम्म गाउँहरूमा यस किसिमको गाइँ गुँइ चर्चा हुन्थ्यो।
गुदर रूदै गरेको र उनको त्यो रक्ताम्म शरीर धेरै
दिनसम्म मेरो आँखा चलिरह्यो। म निकै दिनसम्म भयभीत भएँ। अर्थात त्यो स्थिति र
दृश्यलाई मेरो मेरो शरीर (मनोविज्ञान) ले सरल किसिमले ग्रहण गर्न सकेन।
मेरो पिताजीले त्यस
ताका धानको व्यापार पनि गर्नु भएको थियो। भवानीपुर र वरपरका गाउँहरूबाट धान किनेर
वीरगञ्ज स्थित वृजलाल केडियाको चामल कारखानाम बिक्री गर्नु हुन्थ्यो। किनेर राखेको
धान करिब दस दिनदेखि घरमा ठूलो परिमाणमा थन्क्याएर राखिएको थियो किनभने
मसुलमानहरूले ठाउँ ठाउँमा लुट छन भन्ने अनेक हल्ला चलेकोले बयलगडी जोतेर
चन्द्रनिगापुर जाने हिम्मत कसैले पनि गर्न सकि रहेको थिएन। लामो अवधि गुज्रे पछि
मेरो पीता जीले करिब दस बैलगडी र दस बार्ह जनाजति गडबान तयार गर्नु, भवानीपुरबाट चन्द्रनिगाहपुर जान।
बयलगाडी जोतेर बहलमानहरू भवानीपुरबाट चन्द्रनिगाहपुर जान तयार त भए तर दई शर्तहरू
राखे। पहिलो सर्त थियो बालचनपुर, डुमरिया हुँदै चन्द्रनिगाहपुर नगएर बहुअरी,
वनबहुअरी हुँदै जंगलै जंगले चन्द्रनिगाहपुर जाने, मुसलमानहरूबाट जोगिने।
मुसलमानहरू जंगलमा छैनन् भन्ने उनीहरूको विश्वास थियो। दोस्रो सर्त थियो सुरक्षाको
कडा व्यवस्था मिलाउनु पर्ने। पिताजीले दुबै शर्त मान्नु भयो। कडा सुरक्षाका लागि
सिकारी पेसा अपनाएका दौलत चौधरी जसलाई सिकारी दौलत पनि भन्ने गरिन्थ्यो, लाई
बन्दुक बोकेर गडीवानहरू सँग हिंड्न लगाउनु भयो। यसरी विभिन्न गडवानहरू सहित दौलत
चौधरीको साथमा धान चन्दनिगापू पुग्यो। त्यो टोलीमा म मेरो पिताजी पनि थियौ।। बाटो
भरि त्रसित मनोविज्ञान लिएर मैले त्यो जंगलको यात्रा समाप्त पारे। बाटो भरि
मुसलमानहरूले आक्रमण गर्ने हुन कि भन्ने भयले मलाई त्रसित गरि रह्यो।
यस्ता अनेक
मनोवैज्ञानिक घटनाहरूको म सकिकार हुन पुगेकोले अहिले पनि मलाई भय लाग्ने गर्छ। ती
विभिन्न घटनाहरूले मलाई नराम्रो गरी पिरोलछन। आज भोलि, यो ६० वर्षे उमेरमा, म राति
सुतेको बेलमा कराउने, बड वडाउने गर्छु। तर अव मैले आफूलाई चिनि सकेकोले र मेरो मन
कमलो रहेको पूर्ण रूपेण थाइ पाइ सकेको हुनाले ठूलो खतरायुक्त वा मलाई डराउने
किसिमक कार्यहरू गर्न छोडेको छु। आर्थत अब मैले आफूले आफैलाई चिनेको छु।
सन्दर्भ परिवर्तन
गरौ। कुनै व्यक्ति अति नै डराउने स्वभाव हुन्छ। अति रिसाउने पनि हुन्छ। तर त्यस्तो
हुनुमा, सबै अवस्थाहरूमा, उक्त व्यक्तिको मात्र दोष हुँदैन। त्यो व्यक्तिले आफ्ना
माता मिता (वा पूर्खाहरू- माता र पिता दुबै पट्टिका) बाट कस्तो जिन लिएर आएको छ
उक्त जिनको पनि दोष हुन्छ। उसले डराउने जिन लिएर आएको छ भने उसमा डराउने प्रकृति
हुनु अति नै स्वभाविक हो। यस्तो अवस्थामा उक्त व्यक्तिले आफूलाई दोषी मानेर लज्जित
हुनु भन्दा आफ्नो जिनलाई डराउनका लागि दोषी मान्नु पर्दछ। आफ्नो डराउने बानीलाई
आफ्नो दोष मानेर लघुताभाष वा मानसिक विषादको सिकार हुनु हुँदैन।
हाम्रो सरीरमा अनेक
क्रियाहरू हुने गर्दछन्, ती सबै क्रियाहरूलाई हामीले नियन्त्रण गर्न सक्तैनौ। उदाहरणका
लागि कुनै व्यक्तिले अति नै सुस्त किसिमको वौद्धिक क्षमता आफ्ना बाबु आमाबाट पाएको
जिनको आधारमा लिएर आएको छ, वा जहिले पनि रोगी रहने जिन लिएर आएको छ भने उसले आफ्नो
वौद्धिक क्षमता सुस्त रहनमा वा निरन्तर रोगी हुनुमा आफूलाई दोषी मान्न हुदैन।
त्यसकारण हामीले हाम्रो व्यवहारलाई खास
किसिमको तुल्याइ दिने जिनको भूमिकालाई पनि बुझ्नु पर्दछ। हाम्रो शरीरमा रहेको जिनले
हाम्रो प्रकृति निर्धारित गरि दिने र हामीले त्यसमा कुनै किसिमको परिवर्तन गर्न
नसक्ने यथार्थलाई हामी स्वीकार गर्नु पर्दछ। हाम्रो मानसिक अवस्थाका केही पक्षहरू
र शरीरको आकार (अग्लो, होचो, दुब्लो, मोटो) एवं रङ्ग (गोरो, कालो आदि) लाई हामीले
कुनै पनि अवस्थामा, जे जस्तो प्रयत्न गरेर पनि, परिवर्तन गर्न सक्तैनौ।
(क) दयालु मनोविज्ञान
यो घटना करिब चार दशक पहिले जतिको हो। वीरगंजमा
एक युवती (नातामा मेरो बहिनी पर्ने) को विवाह थियो। विवाह सम्पन्न भएर (विदा गर्ने
समयमा) बेहुली (सरिता-नाम परिवर्तन) लाई पतिको घर पठाउने तयारी हुँदै थियो।
पूर्वीय संस्कृतिमा र खास गरी दक्षिण एशियामा बेहुलीलाई बिदा गर्दा वा घर पठाउँदा
बेहुली पक्षकाहरू रुने गर्छन। बेहुलीहरू त रुन छन नै। केही बेहुलीहरू ज्यादै नै
रुन छन्।
बिदा गर्ने समयमा सबै बेहुली पक्षीय र खास गरी
महिलाहरू रुन थाले। बेहुली भने रोइ रहेकी थिइनन। उनको मुहारमा पीडा होइन, एक
किसिमको प्रशन्नता थियो। तर बेहुलीको एक दिदी (टाढाको नातामा) ज्यादै मार्मिक
किसिमले जोड जोडले रुन थालिन। पछि त रुंदा रुंदा बेहोस नै भइन। उनको शरीरमा पानी
हालेर होसमा ल्याउनु पर्यो। त्यो परिस्थितिमा बेहोस हुने महिला त्यसरी रुनु आवश्यक
नै थिएन। किनभने विवाहमा प्राय: वेहुलीका परिवारकाहरू बढी रुने गर्छन। तर ती महिला
बेहुलीको परिवारको थिइनन। ती महिला ज्यादै नै कमजोर मनोविज्ञानकी भएको हुनाले रोएर
नै बेहोस हुन पुगिन। यसरी कुनै व्यक्तिमा रहेको कमजोर मनोविज्ञानले उसलाई खास
किसिमको व्यवहार गर्न निर्देशित गर्छ।
निष्कर्षमा, हरेक
व्यक्तिले आफ्नो मनोविज्ञानालाई अर्थात आफूले आफैलाई राम्रो गरी चिन्नु पर्छ। र
आफ्नो मनोविज्ञान अनुसार कार्य गर्नु पर्दछ। सफल हुन र सुखपूर्वक बाँच्न प्रत्येक
व्यक्तिले आफुले आफैलाई राम्रो गरी चिन्न आवश्यक छ।
मन के हारे हार
है, मन के जीते जीत।
कहैं कबीर गुरु
पाइये, मन ही के परतीत।। संत कबीर
(भावार्थ:
मान्छेले बलियो इच्छा शक्ति राख्ने हो भने जस्तो सुकै कठिन कार्य पनि गर्न सक्छ।)
No comments:
Post a Comment