सुत्र १५
खराब व्यक्तिहरूको
प्रभावबाट आफूलाई जोगाउनु
अमूल्य समयको नाश गर्नु भनेको नै खराब व्यक्तिहरूसँग संघत गर्नु हो। तर यहाँ प्रश्न उठ्छ असल र खरब व्यक्तिहरूको पहिचान कसरी गर्ने?
अमूल्य समयको नाश गर्नु भनेको नै खराब व्यक्तिहरूसँग संघत गर्नु हो। तर यहाँ प्रश्न उठ्छ असल र खरब व्यक्तिहरूको पहिचान कसरी गर्ने?
कुनै व्यक्ति खराब छ
भनी निर्धारण गर्ने केही आधारहरू यस प्रकार छन्:
१) आफ्नो सानो
फाइदाका लागि कसैको ठूलो क्षति गराउन पनि नहिच्किचाउने। जस्तै आफ्नो घरको केवल एक
स्क्वाएर मिटर जग्गा बढाउन (सीमाना मिच्न) अर्काको करोडौको घर भत्काउन तयार हुने।
२) कुनै पनि कुरा
(विकास, निर्माण, स्थापना, सञ्चालन) मा सबै भन्दा पहिले केवल आफ्नो स्वार्थ मात्र
देख्ने। आफ्नो स्वार्थसिद्धि नहुने तर समाजको कल्याण हुने भए पनि त्यस किसिमको
कार्यमा त्यस्तो कार्य हुन नदिने।
३) ज्यादै कृपण
व्यक्ति जसले आफूसँग रहेको अपार धन सम्पत्ति केवल आफ्नो वा व्यक्तिगत स्वार्थको
लागि मात्र प्रयोग गर्छ। संसारमा सर्वाधिक धनीहरूको सूचीमा परेको कुनै व्यक्तिले
समाज सेवामा एक पैसा पनि खर्च गर्देन भने त्यस्तो व्यक्तिलाई अनिवार्य रूपमा कृपण
भन्नु पर्छ। सन् २०१५ मा संसारका सर्वाधिक धनी व्यक्तिहरुको सूचीमा एक नम्बरमा
रहेका बिल गेट्सले समाज सेवामा लाखौ डरल खर्च गरिरहेका मात्र छैनन् साथै सामाजिक
सेवाका लागि ‘बिल एण्ड मिलिन्डा गेट्स फाउन्डेसन’ को स्थापना (२००० देखि सञ्चालन) समेत पनि गरेका छन्।
४) जुन बेला पनि
केवल आफ्नो फाइदको कुरा मात्र गर्ने। देश, समाज र कमजोरहरूको विकासमा पटक्कै रुचि
नदेखाउने।
५) मानवताभन्दा धन,
सम्पत्तिलाई ज्यादै महत्व दिने।
६) अरुलाई जहिले पनि
हतोत्साहित गर्ने वा अरूको जहिले पनि आलोचना गर्ने। कसैको हौसला बढाइ दिने किसिमको
कुरा नगर्ने।
७) जहिले पनि केवल
नकारात्मक कुरा गर्ने, सकारात्मक कुरा नगर्ने। सोंच, विचार, चिन्तन आदिमा आशवादी
विचार नराख्ने केवल निराशावादी कुरा गर्ने।
८) प्रेत्यक
व्यक्तिमा खोट देख्ने, प्रत्येक व्यक्तिमाथि अविश्वास गर्ने, संका गर्ने।
९) सँधै केवल आफ्नो
फाइदा मात्र सोंच्ने र आफ्नो स्वार्थलाई सर्वदा सर्वोपरि राख्ने।
१०) केवल आफ्नो
स्वार्थमा मात्र केन्द्रित रहने।
११) विवेक भन्दा
पहिले क्रोध आउने स्वभाव भएको व्यक्ति। अर्थात त्यस्तो व्यक्ति जो सँग कुरा गर्द उ
पहिले क्रोधको शिकार हुन्छ। क्रोधित भएर नराम्रो कुरा गरिसेक पछि मात्र उसले
विवेकी कुरा गर्छ। अर्थात त्यो व्यक्तिमा भएको ज्ञान उसको क्रोधद्वारा छोपिएको छ।
यस्तो व्यक्तिले जहिले पनि केवल आफू सही र अरूलाई गलत देख्ने गर्छ।
१२) आफू मात्र सही
अरूलाई सदा गलत देख्ने।
१३) अरूलाई यथोचित
आदर दिन नसक्ने।
१४) आफूलाई,
सर्वश्रेष्ठ, सर्वज्ञ र सर्वगुण सम्पन्न मान्ने।
१५) अधैर्य स्वभाव
भएको।
१६) आफ्ना वरिपरिका
सबै (धेरै) लाई आफ्नो शत्रु ठान्ने र तिनीहरूसँग प्रतिसोधको भाव राख्ने।
माथि बयान गरिएका
स्वभावहरू कुनै व्यक्तिमा देखिएमा वा माथि वर्णनन् गरिएका व्यवहारहरूको आधारमा
कुनै पनि व्यक्तिलाई खराब व्यक्ति भन्न सकिन्छ।
व्यक्तिहरूलाई दुई
किसिमका प्रभावहरूले खराब बनाउने गर्दछन्। पहिलो- भित्री प्रभाव, दोस्रो बाहिरी
प्रभाव।
भित्री प्रभाव- कुनै
व्यक्तिले जन्मदेखि नै विशेष किसिमको प्रकृति लिएर आएको हुन्छ। र त्यो प्रकृतिले
उसलाई खराब हुन प्रेरित गर्दछ, र खराब पार्छ पनि। जस्तै ज्यादै क्रोधित हुने,
ज्यादै लोभी, ज्यादै कन्जुस, ज्यादै जिद्दि, आफू ठूलो हुन खोज्ने जस्ता स्वभावहरू
केही व्यक्तिहरूमा जन्मजात देखिएको हुन्छ। उदाहरणका लागि एउटै बाबु आमाका विभिन्न
सन्तानहरूमा फरक फरक प्रकृति देखिने गर्दछ। व्यक्तिहरूले खास किसिमको प्रकृति
आमाको गर्भबाट नै लिएर आएको हुन्छ। त्यसकारण यस्ता स्वभाव लिएर आएका व्यक्तिहरू
पनि खराब प्रवृतिका हुन्छन। यस्ता प्रवृतिका व्यक्तिहरूको प्रकृति परिवर्तन गर्न
कठिन हुन्छ। व्यवहार विज्ञान विज्ञहरूको निरन्तरतको सहयोग भएमा मात्र केही
मात्रामा परिवर्तन गर्न सकिन्छ।
बाहिरी प्रभाव-
प्राकृतिक तत्वहरू (जाडो, गर्मी, हावापानी), सामाजिक तत्वहरू (शिक्षा, संस्कृति,
धर्म, परम्परा, परिवार आदि), राजनैतिक तत्वहरू ( प्रजातन्त्र, निरंकूश तन्त्र,
समाजवाद, साम्यवाद) र समग्रमा भन्ने हो भने यी तत्वहरूद्वारा निर्माण भएको एक खास
किसिमक वा बाहिरी वातावरणले कुनै व्यक्तिमा खास किसिमको मनोविज्ञान निर्माण गर्नमा
महत्वपूर्ण भूमिका खेल्ने गर्दछ। उदाहरणका लागि प्रजातन्त्रिक राजनैतिक वातावरणमा
हुर्केका व्यक्तिहरू खुला बिचारका हुन्छन, आफ्नो विचार भयविना स्वतन्त्र किसिमले
राख्न सक्छन। तर निरंकूश वा साम्यवादी राजनैतिक वातावरणमा हुर्केहरू बढी संकालु,
दाउपेंच खेल्ने, आफ्नो भित्र मनको कुरा राख्न हिचकिचाउनु स्वभावका हुन्छन। अर्को
उदाहरणमा, पाकिस्तान, अफ्गानीस्तानका तालिवानहरू, नाइजेरियाका र च्याडका
बोकोहरामहरू तथा अन्य अति जातीयवादी संगठनका सदस्यहरूले महिला शिक्षाको बिरोध
गर्छन।
धार्मिक
अन्धविश्वामा हुर्केका, उचित शिक्षा नपाएका, कुसंस्कारले जकडिएका व्यक्तिहरू त्यस
किसिमको वाह्य वातावरणले गर्दा खराब प्रवृतिका हुन पुगेका हुन्छन। यस किसिमका
मनोवृति भएका व्यक्तिहरूको मनोविज्ञान परिवर्तन गर्न ठूलो यत्न गर्नु पर्छ।
चन्दन आफू पनि सितल
हुन्छ र उसँग टाँस्सिन जाने वस्तु वा प्राणीलाई पनि सितलता प्रदान गर्छ। त्यसैगरी
विद्वान र सुशील व्यक्तिहरू आफू नै पनि असल हुन्छन र उनीहरूको सम्पर्कमा
आउनेहरुलाई पनि असल हुन प्रेरित र सहयो गर्छन। यस तथ्यको ठीक बिपरित; आगो आफू पनि
जेलर खरानी हुन्छ, उसले आफ्नो सम्पर्कमा आउनेलाई पनि जलाएर समाप्त पार्छ। अझै
ज्ञानी व्यक्तिहरू त रूख जस्तो हुन्छ। जसरी आफू घाममा जलेर आफ्नो ओत लाग्न आउनेलाई
रुखले छाहारी दिन्छ त्यसैगरी ज्ञानीले पनि आफूलाई घाटा लगाएर भए पनि अरूलाई लाभ
पुर्याउछ।
त्यसकारण खराब र
दुष्ट चरित्रका व्यक्तिहरूसँग टाढा बस्नु नै बेस। खराब स्वभावका व्यक्तिहरू भनेको
कुहिएका आलुहरु हुन। जसरी कुनै एक टोकरीमा राखिएको एउटा कुहिएको आलुले त्यस
टोकरीका बाँकि अन्य सबै आलुहरूलाई कुहिने स्थितिमा पुर्याइ दिन्छ त्यसैगरी खराब
व्यक्तिले पनि उसको सम्पर्कमा आउने व्यक्तिहरूलाई खराब प्रवृतिको तुल्याइ दिन्छ।
(क) वहुसङ्ख्यक
व्यक्तिहरू कमजोर हुन्छन
आम मानिसहरूले असल
कुरा ढिलो गरी सिक्छन तर खराब कुरा छिटै सिक्छन। त्यसकारण कुनै एक खराब मानिसको
सम्पर्कमा आउँदा उक्त खराब मानिसमा रहेका नराम्रा गुण (अवगुण) हरू सिक्ने सम्भावना
उच्च हुन्छ। अरूको स्वभाव छिट्टै ग्रहण गर्ने प्रवृति मानवीय कमजोरी पनि हो। र
मानिस मनोवैज्ञानिक रुपमा निकै कमजोर हुन्छ। केही अपवाद बाहेक, मानिसलाई छिटै खराब
कुरामा संलग्न गराउन सकिन्छ। यदि कुनै व्यक्तिमा अरूलाई खराब तुल्याउन सक्ने
क्षमता छ भने उसले कम समयमा अरुको दिमाग भुट्न सक्छ। हिटलरले यस्तै कुवौद्धिक
क्षमता प्रयोग गरेर धेरै जर्मन युवाहरूको दिमाग भुटेका थिए। युगान्डाका इदी अमिनले
पनि धेरैको दिमाग भुटेका थिए। पोलपोट, स्टालिन र रोबर्ट मुगाबे ले पनि धेरैको
दिमाग भुटेका थिए।
१ + ९ = २
मेरो गणितले भ न्छ १ जोड ९ बराबर २ हुन्छ? कसरी? सुन्दै आश्चर्य
लाग्ने यो गणित कस्तो होला?
उत्तर: एउटा बलियो
मान्छे एक बराबर हुन्छ भने अर्कोतिर नौ
जना कमजोर व्यक्तिहरू मिलेर बल्ल एक बराबर हुन्छन। यस्तो किन हुन्छ भने प्रकृतिले
नै एक जना बाठो मान्छे बाँच्न वा उसले बठ्याइँ गर्न उसँगै नौ जना सोझो व्यक्तिहरू
सृजना गरेर पठाए दिएको हुन्छ। यहाँ नौ भनेको ठ्याकै त्यही सङ्ख्या होइन। केवल बुझन
सजिलो होस भनेर मात्र सङ्ख्यामा व्यक्त गरिएको हो। यो उदाहरणको आशय के हो भने एउट
चलाख व्यक्ति बाँच्न का लगि प्रकृतिले नै उसँगै अनेकौ (धेरै) सोझा व्यक्तिहरु पठाइ
दिएको हुन्छ।
महाभारत युद्धमा दुर्योधनको पक्षबाट युद्ध गर्ने कौरव सेनाहरू त्येही
कमजोर व्यक्तिहरू थिए। ती कमजोर व्यक्तिहरूलाई बलपूर्वक युद्धभूमिमा दुर्योधनले
पठाएका थिए।
यसरी कमजोर
व्यक्तिहरू संख्या बढी हुने र खराब (बलियो) व्यक्तिहरूको संख्या कम हुने भएता पनि
खराबहरूले आफ्नो सम्पर्कमा आउनेहरूलाई छिटै खराब तुल्याउन सक्ने हुनाले खराब
व्यक्तिहरू सँग जोगिएर बस्नु पर्छ। आफ्नो विचार स्वतन्त्र राखेर अरूको विचारबाट
छिटो प्रभावित हुनु हुँदैन।
प्रकृतिले कमजोरहरूको
सृजना ठूलो संख्यामा गरेको हुन्छ भने बलियोहरुको कम संख्यामा। तर अचम्म! अल्प
सख्यक बलियोहरूले वहुसंख्यक कमजोरहरूमा माथि शासन गर्दछन। जंगलमा शक्तिसाली सिंह
वा बाधहरूको संख्या कम हुन्छ तर कमजोर मृगहरूको संख्या भने बढी हुन्छ। तर पनि
वहुसंख्यक मृगमाथि अल्प संख्यक बाघले शासन गर्छ। हाम्रो राजनीति शास्त्रमा पनि
त्येही स्थिति देखिन्छ।
बलियाहरूले यसरी कमजोरहरूको दिमाग भुट्ने गर्छन। नेपालमा
पनि अल्प संख्यक नेताहरूले वहुसंख्यक कमजोर नेपालीहरुको दिमाग भुटे, अहिले पनि
भुट्दै छन्। नेपालमा अनेक किसिमका आन्दोलनहरू भए तर फाइदा नेताहरूलाई बढी भयो। यो
परम्परा सक्रिया राजतन्त्रदेखि नेपालमा चल्दै आएको छ। सक्रिय राजतन्त्रको समयमा
भने राजा र दरबारको नाममा चाटुकार, अठपहरिया, हुक्के, ढोके, पाले (परजिवि तर
शक्तिसाली तत्वहरू) आदिले नेपालीहरूको दिमाग भुटे। पछिल्लो समयामा भने सबै भन्दा
बढी कम्युनिष्ट र मधेसी नेताहरूले जनताको दिमाग भुटे। जनतालाई ठगे। जनतालाई
झुक्याए। कसरी भुटे भन्ने कुरा जनता सामु प्रष्ट छ। होइन र?
हामी सामान्य
व्यक्तिहरू कमजोर हुने हुनाले हामीले खराब ब्यक्तिहरु सँग प्रत्येक पल सजग रहन,
अलग रहन आवश्यक छ।
(ख) अप्ठ्यारो
व्यक्ति
केही व्यक्तिहरू
सामान्य व्यक्तिहरू भन्दा पृथक हुन्छन। उनीहरू यसरी पृथक भएकोले उनीसँग व्यवहार
गर्न सजिलो हुँदैन। त्यस्ता अप्ठ्यारा व्यक्तिहरूसँग व्यवहार गर्दा निकै सजगता
अपनाउनु पर्ने हुन्छ। अप्ठ्यारा व्यक्तिहरू निम्न किसिमका हुन्छन।
खराब
प्रवृति: खराब प्रवतिका
व्यक्तिहरूले जीवन र जगत्मा भएका केवल नराम्रा कुराहरू मात्र देख्छन। अरूहरूको
व्यवहारमा भएका राम्रो पक्षबारे चर्चा नगरेर केवल खराब पक्षहरू मात्र खोजी खोजी
चर्चा गर्ने यी खराब प्रवृतिका व्यक्तिहरू कुरा गर्नका लागि जहिल पनि केलव खराब
कुराहरू मात्र हुन्छन, असल कुराहरू हुँदैनन। अरूको आलोचना गर्न रमाउनै र खुट्टा
तान्नमा आनन्द लिने प्रवृतिका यी व्यक्तिहरूलाई खुसी तुल्याउन लखभग असम्भव नै
हुन्छन। यिनीहरुले जन्मजात ‘विरोधी विचार’ लिएर आएका हुन्छन।
अभिमानी: म सर्वज्ञ छु र मलाई जति अरू कसैलाई थाहा छैन
भन्ने अभिमान पालेका व्यक्तिहरू यो श्रेणीमा पर्दछन। आफ्नो परिवार, वंश, परम्परा,
ज्ञान, शिक्षा, स्थान, समाज, संस्कृति, भाषा आदिलाई सर्वदा उच्च देख्ने तर हरूका
यी कुराहरूलाई तुच्छ देख्ने प्रवृतिका यी व्यक्तिहरू एक किसिमको ‘म नै ठूलो’ भन्ने
भ्रममा बाँचेका हुन्छन। अरूलाई तुच्छ र आफूलाई जहिले पनि उच्च देख्ने यी
व्यक्तिहरूको अभिमानी स्वभावले गर्दा यिनीहरूसँग व्यवहार गर्न सजिलो हुँदैन। यथार्थ
भन्दा बढी प्रदर्शनमा विश्वास गर्ने यी अभिमानीहरूलाई सत्य, तथ्य कुराहरू भनेर पनि
सहमति गराउन सकिंदैन।
अल्छी: आफ्नो अडान नभएको, अरूको विचारद्वारा निर्दैशित,
डरपोक, दोधारे, अरुबाट प्रभावित भएर शिघ्र आफ्नो विचार परिवर्तन गर्न सक्ने
व्यक्तिहरू भरपर्दो हुँदैनन र त्यो बानीले गर्दा यस्ता व्यक्तिहरूसँग व्यवहार
गर्नु जहिले पनि जोखिममा रहनु बराबर हुन्छ। यस्ता व्यक्तिहरुसँग व्यवहार गर्दा एक
किसिमको जोखिम लिनु पर्ने भएकोले नै यिनीहरूलाई अप्ठ्यारो व्यक्ति भनिएको हो। यस
किसिमका स्वभाव भएका व्यक्तिहरू कामचोर पनि हुन्छन। आफू सिन्का न भाँच्ने र ठूला
एवं कठिन कार्यहरू अरूले नै गरिदेओस भन्ने ताकमा रहने यी व्यक्तिहरू एक किसिमको
समस्या नै हुन।
म नै
हुँ: यस किसिमका प्रवृति भएका व्यक्तिहरूले जहिले पनि
अरूलाई आफ्नो नियन्त्रणमा राख्न खोज्छन। यस्ता, म नै हुँ भन्ने व्यक्तिहरूले भनेको
अरूले मान्नु पर्ने हुन्छ भने यिनीहरूले आफूलाई जहिले पनि नेतृत्वकर्ताको
भूमिमकामा देख्न चाहन्छन। ‘हाकिम’ प्रवृति यी व्यक्तिहरूले जहिले पनि आफूलाई उच्च
देख्ने त हुन्छन नै, साथै आफूलाई सबैले उच्च मर्यादा देओस भन्ने अपेक्षा गर्ने पनि
हुन्छन। यिनीहरूलाई ‘मास्टर स्वभाव’ को पनि भन्ने गरिन्छ। यिनीहरूले बाँकि सबै भीड
केवल म मात्र नतृत्वकर्ता हुँ भन्ने घातक सोंच पालेका हुन्छन।
(ग) अप्ठ्यारो
व्यक्तिसँग कसरी व्यवहार गर्ने?
अप्ठ्यारा
व्यक्तिहरूसँग व्यवहार गर्न सजिलो छैन। यस किसिमका व्यक्तिहरूको स्वभावमा परिवर्तन
ल्याउन खोज्नु समय वरवाद गर्नु सरह हो। त्यसकारण यिनीहरूसँग खास किसिमको व्यवहार
गर्नु पर्छ। अप्ठ्यारा व्यक्तिहरूसँग दुई तरिकाले व्यवहार गर्न सकिन्छ।
१. सहमति: कतिपय अप्ठ्यारा व्यक्तिहरूको कुरा मानेर पनि
उनीहरूलाई आफ्नो कुरामा सहमत गराउन सकिन्छ। उनीहरूको कुरा न काटेर बरू उनीहरूको
कुरालाई सही हो भनेर उनीहरूलाई आफ्नो विरोधी हुनबाट रोक्न सकिन्छ। यस्ता
व्यक्तिहरूलाई आफ्नो कुराको खण्डन गरेको मन नपर्ने भएकोले उनीहरूको कुरालाई माथि
राखेर मात्र सहमत गराउनु पर्छ।
२. दूरी: केही अप्ठ्यारा व्यक्तिहरू जति जे गरे पनि
नलाग्ने स्वभावका र उनीहरूले भनेका गलत कुरालाई पनि अरूले सही भन्नु पर्ने
प्रवृतिका हुन्छन। त्यसकारण यस किसिमक प्रवृति भएक व्यक्तिहरूसँग एक निश्चित दूरी
राखेर व्यवहार गर्नु पर्ने हुन्छ। निश्चित दुरी भन्नाले कति अवस्थामा यस्ता
व्यक्तिहरूसँग संघत नै नगर्नु उपयुक्त हुन्छ। अर्थात केही अवस्थाहरूमा यिनीहरूलाई
परित्याग नै गर्नु पर्छ।
खराब व्यक्तिहरूले
अरूको जीवन वरवाद गरि दिने हुनाले खराब व्यक्तिहरूको प्रभावबाट आफूलाई जोगाउनु
वुद्धिमानी हुन्छ।
व्यक्ति खराब छ वा
असल छ भनी छुटयाउन मानव मनोविज्ञानको पनि अध्ययन हुन आवश्यक छ। कुनै व्यक्ति किन
असल स्वभावको भयो र कुनै किन खराब स्वभावको भयो भन्ने विषयमा जानकारी राख्न मानव
मनोदसा थाहा पाउन आवश्यक हुन्छ। मानव मनोवज्ञानको अध्ययन ज्यादै जटिल भएको र यो अध्ययन
आफैमा वृहत् क्षेत्र रहेकोले यहाँ मानव मनोविज्ञानबारे केवल छोटो चर्चा मात्र गर्न
खोजिएको छ। मानव मनोविज्ञान वा मनोदसा निम्न किसिमको रहेको पाइन्छ।
(घ) मनोविज्ञानको
किसिम
(१)
उच्चताभाष (Superiority Complex): व्यक्तिहरूमा हुने यो त्यस्तो मनोविज्ञान हो जुन
मनोविज्ञानले ग्रसित व्यक्तिले अन्यलाई सामान्य र आफूलाई असामान्य देख्छ। जीवनको
हरेक क्षेत्रमा आफू अगाडि र बाँकि सबै पछाडि रहेको महसुस गर्छ। साथै यो विषय
अर्थात आफू उच्च रहेको अभिमान आफ्नो सम्पर्कमा आउने व्यक्तिहरूलाई अनेक अनावश्यक
सन्दर्भसँग जोडेर ज्ञात पनि गराउँछ। उच्चताभाष एक किसिमको मनोवैज्ञानिक रोग (Mental disorder) हो। उच्चताभाषबाट ग्रसित व्यक्तिहरूसँग (सम्पर्क
गर्नु परे मात्र नभए स्वेच्छाले होइन) अन्य व्यक्तिहरू सम्पर्कमा आउन चाहँदैनन।
उच्चताभाषबाट पीडीत व्यक्तीहरूले अरूलाई इज्जत दिने गर्दैन उल्टो आफूले चहिने
भन्दा बढी इज्जत पाउन खोज्छन। उच्चताभाषले ‘हाँसीखुसी’ जिन्दगी बाँच्न दिंदैन।
उच्चताभाष हुनेहरूले आफ्नो सम्पर्कमा आउनेहरूलाई बढी क्षति पुर्याउने गर्छन किनभने
आफ्नो सम्पर्क आउनेहरूको मनोबल वा आत्मविश्वास घटाइ दिने गर्छन। त्यसकारण
उच्चताभाष भएका व्यक्तिहरूसँग सावधानीपूर्वक व्यवहार गर्नु पर्छ। यिनीहरूसँग
व्यवहार गर्न सर्वोत्तम उपाय यस किसिमक व्यक्तिहरूले भनेका सबै कुराहरू पत्याउनु
हुँदैन र यस्त व्यक्तिहरूलाई आदर्श व्यक्ति पनि मान्न हुँदैन।
(२)
लघुताभाष (Inferiority Complex): यो मनोदसा उच्चताभाषको विपरित स्थिति हो। यस्तो
मनोविज्ञान भएका व्यक्तिहरूले आफ्नो सम्पर्कमा आउनेहरूलाई नभइ स्वयं आफूलाई नै अधिक
क्षति पुर्याउँछन। यस्तो मनोदसको अवस्थमा रहेकहरूले आफ्नो त्यस्तो मनोदसामा आवश्यक
नियन्त्रण गर्न नसकेमा समाजमा एक्लो हुँदै जान्छन र पछि आत्म हत्या गर्ने स्थितिमा
समेत पनि पुग्न सक्छन।
लघुताभाषको मनोदसमा
रहेका व्यक्तिहरूले आफूलाई तुक्ष र अरूलाई उच्च देख्छन। यस्ता व्यक्तिहरूले आफूलाई
हरेक क्षेत्रमा पछाडि देख्छन। अरूलाई भने आफूभन्दा योग्य एवं कुसल ठान्छन।
लघुताभाषबाट ग्रसित व्यक्तिहरूमा आत्मविश्वासको कमी हुन्छ र यो कमजोरीले गर्दा
यिनीहरूमा जीवनप्रति आशा कम निराशा बढी देखिन्छ। लघुताभाषले आफू अपहेलित रहेको
अनुभव गर्न व्यक्तिहरूलाई बाध्य पार्छ।
(३) सम स्थिति
(
Reasonable Person): सम स्थितिको मनोदसामा रहेको व्यक्तिले सन्तुलित
किसिमले व्यवहार गर्छ। यस किसिमको व्यक्तिमा न त उच्चताभाष न त लघुताभाष नै हुन्छ।
यस्तो मनोविज्ञान भएको व्यक्तिलाई समाजमा ‘व्यवहारिक’ व्यक्ति पनि भन्ने गरिन्छ।
सम स्थितिको व्यक्ति व्यवहार कुसल हुन्छ र यस किसिमको व्यक्तसँग अन्य व्यक्तिहरू
सम्पर्कमा आउन इच्छुक पनि हुन्छन। यो मनोवैज्ञानिक स्थितिमा रहेको व्यक्तिले आफूले
पनि प्रगति गर्छ र अरूलाई पनि प्रगति गर्न उत्प्रेरित गर्छ। सम स्थितिमा रहेका
व्यक्तिहरूमा आत्म विश्वास हुन्छ।
(ङ) आत्म
केन्द्रीकरण के हो (Narcissicm )?
आत्म केन्द्रीकरण
यस्तो मनोवेज्ञानिक स्थिति हो जसले व्यक्तिलाई अनौठो किसिमको व्यवहार गर्न बाध्य
तुल्याउँछ। आत्म केन्द्रीकरण मनोविज्ञानबाट पीडित व्यक्तिले आफूलाई जहिले पनि
राम्रो देख्छ, व्यवहार कुशल मान्छ, सर्वज्ञ देख्छ र महान् ज्ञाता ठान्छ। शरीरिक
कुरा हो भने आफूलाई रुपवान् वा रुपवती देख्ने मनोदसाबाट पीडित हुन्छ। केवल आत्मरतिमा
रमाउने स्वभावका व्यक्तिहरू आत्म केन्द्रीत हुन र यिनीहरूमा अरूको कुरा सुन्ने
धर्य ज्यादै कम हुन्छ। यिनीहरूसँग जहिले पनि केवल आफ्नो कुरा मात्र सुनाउने दाउ
रहन्छ। यो कारणले गर्दा यिनीहरू वक्ता बढी र स्रोता कम हुन्छन। यिनीहरूलाई
निष्क्रिय स्रोत पनि भन्ने गरिन्छ। अरूको कुरा यिनीहरुले ध्यान पूर्वक सुन्दैनन
किनभने अरूको कुरालाई महत्व दिने गरेका हुँदैनन।
आत्म
केन्द्रीकरणका केही लक्षणहरू
१. मेरो मात्र सुन्नुस: आत्म केन्द्रितहरूले अरुको कुरा पटक्कै सुन्न
चाँहदैनन किनभने अरुलाई जानकार नै मान्दैनन र जहिले पनि केवल मेरो कुरा मात्र
सुन्नुस भन्ने मनोविज्ञानमा हुन्छन। म जान्ने भएकोले अरुले केवल मेरो कुरा मात्र
सुनुन भन्ने गलत मनोविज्ञानले पीडित हुन्छन।
२. म नै हुँ: म बाहेक अरूलाई के थाहा होला र? म पो जानकार
हुँ। मलाई मात्र राम्रो गरी थाहा छ, अरू हरू गलत छन। मेरो विचार र दृष्टिकोण ठीक
छ। म नै हुँ भन्ने हरूले जहिले पनि यस किसिमले सोंच्ने गर्छन।
३. म प्रतिष्ठित हु: मलाई नै सबैले मर्यादा दिनु पर्छ। सामाजिक
नियमहरू ममाथि होइन अरूहरू माथि लाद्नु पर्छ। म त यो समाजको प्रतिष्ठित व्यक्ति
हो। यस किसिमको मनोविज्ञानबाट पीडित व्यक्तिहरूले प्रतिष्ठा लिनु पर्छ भन्ने
सोंचाइ राखेका हुन्छ।
४. म योग्य छु: म योग्य र कुसल भएकोले मेरो आलोचना हुन सक्तैन।
म आलोचनादेखि माथि छु किनभने मैले आलोचना योग्य कार्य गरेको नै छैन। म व्यवहार
कुसल भएकोले मेरो कसरी आलोचना हुन सक्छ? यस्तो सोंचाइबाट म योग्य छु भन्ने
व्यक्तिहरू पीडित हुन्छन। मेरो योग्यताको कदर हुनु पर्छ भन्ने कुरा यिनीहरूले
प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आफ्नो सम्पर्कमा आउनेहरूलाई बोध गराउँछन्।
५ म
शान्त छु: म शान्त छु। मलाई
रिस उठ्दैन। यदि रिस उठ्यो भने त्यो अरूको कारणले गर्दा रिस उठेको हो। अर्थात
अरूले रिस उठ्ने कुरा गरेर मलाई रिस उठाइ दिएको हो। यस्तो सोंचाइ म शान्त छु भन्ने
मनो दसामा रहेका व्यक्तिहरूको मष्तिष्कमा हरपल घुम्ने गर्छ। यसरी सोंच्नेहरूले
आफूलाई सर्वदा सही देख्छन।
६ म असल
वक्ता हुँ: म असल ववक्ता हँ।
अरूलाई राम्रो गरी बोल्न पनि आउँदैन। त्यसकारण मैले बोल्नु पर्ने हुन्छ। म असल
वक्ता हुँ भन्ने मनोविज्ञानबाट पीडितहरूले यस्तो सोंच्छन। आफूलाई अति नै व्यवहार
कुसल मान्छन।
Surround yourself with people who respect you and treat you well.
Claudia Black
No comments:
Post a Comment